Sunday, January 9, 2011

समीक्षकको नजरमा 'सुपरहिट' नो वन किल्ड जेसिका

मुम्बई, पुस २४ -रानी मुखर्जी र विद्या वालनको फिल्म नो वन किल्ड जेसिकाले बक्स अफिसमा जे जस्तो सफलता पाउला तर समीक्षकको नजरमा यो सिनेमा 'सुपरहिट' भइसकेको छ। राजकुमार गुप्ताको निर्देशनमा रहेको यो फिल्म बक्स अफिसमा जम्ने हो भने भारतीय सिनेमामा महिलालाई प्रमुख पात्र बनाइएका थोरैमात्र सफल फिल्ममा यसले अग्रस्थान हासिल गर्ने छ। फिल्म समीक्षक मयांक शेखरले सिनेमालाई ३ स्टार दिएका छन्। उनले यतिधेरै स्टार दिएको तीन महिना यताकै पहिलो भारतीय फिल्म हो। फिल्ममा कडा आलोचना गर्ने शेखरेले यो फिल्मलाई हेर्नैपर्ने बताएका छन्। अखबारमा आएका हेडलाइनलाई फिल्ममा ढाल्नेक्रममा निर्देशक सफल रहेको उनको ठम्याई छ।
फिल्म सन् १९९९ मा मारिएकी भारतीय मोडल जेसिकाको हत्याकाण्डमा आधारित छ। जेसिका हत्याकाण्ड र त्यसको न्यायको खोजीमा सिनेमा आधारित छ। यो फिल्मलाई समीक्षक तरन आदर्शले ४ स्टार दिएका छन्। सामाजिक र थ्रिलर 'जेनर'को नो वन किल्ड जेसिकाबारे आदर्शले फिल्म हिट हुने दावी गरेका छन्। अर्का समीक्षक निखत काज्मीले पनि यो फिल्मलाई ४ स्टार दिएका छन्। उनले फिल्ममा अहिलेको भारतीय समाजको सजिव चित्रण गरिएको उल्लेख गरेका छन्। - एजेन्सी

No comments:

Post a Comment

^ Scroll to Top