Tuesday, January 11, 2011

श्रीमान् हत्याको आरोपमा श्रीमती गिरफ्तार

बर्दिया, २४ पुस
श्रीमान् हत्यामा संलग्न रहेको आरोपमा गाउँलेले एक महिलालाई प्रहरीमा बुझाएका छन् । जिल्लाको ठाकुरद्वारा-६ का ५५ वषर्ीय छविलाल उपाध्याय -जैसी) को हत्यामा उनकै श्रीमती रत्ना जैसीको संलग्नता रहेको आशंकामा स्थानीय गाउँले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएका हुन् ।
गत बुधबार मृतककी श्रीमती रत्ना आफ्नो घरको सरसामान लिई अन्यत्र जान लागेको अवस्थामा स्थानीयवासीले उनलाई नियन्त्रणमा लिएका थिए । घटनामा मृतक उपाध्यायकै श्रीमतीको संलग्नता हुन सक्ने आशंकामा उनलाई प्रहरीमा बुझाइएको स्थानीय रुद्र खड्काले बताए । उनले भने, 'हत्याको सम्बन्धमा प्रहरीले निष्पक्ष छानबिन नगरेको हुँदा मुख्य दोषी उम्कन सक्ने भएकाले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरीमा बुझाएका हौं ।'
'विगतका दिनहरूमा उनीहरूको घरायसी क्रियाकलाप र घटनाको प्रकृत्ति हर्ेदा पनि हत्यामा घर परिवारकै व्यक्तिको संलग्नता रहेको शंका गर्ने थुप्रै ठाउँ छ,' स्थानीय ठाकुरद्वाराका बड्घर रामप्रसाद चौधरीले भने ।
घटनाको केही दिन पहिले उपाध्यायले आफूलाई श्रीमतीबाट हुने गरेको दर्ुर्व्यवहारबारे पटक-पटक गुनासो सुनाउने गरेको स्थानीय वृद्ध भक्तिप्रसाद उपाध्यायले बताए । शारीरिक रूपमा कमजोर उपाध्यायले करिब तीन महिनाअघि श्रीमतीले आफूलाई खानामा विष हालेर खुवाउन खोजेको समेत दुःखेसो गरेको उनले बताए । उपाध्यायको शव चार दिनपछि उनकै घर छेवैमा रहेको परालको थुप्रोमा पुरेर राखेको अवस्थाम फेला परेको थियो । लोग्ने हराएको सम्बन्धमा परिवारले छिमेकलगायत कहींकतै खोजी गरेको थिएन । घटना सुनियोजित भएको गाउँलेको भनाइ छ ।

शव बरामद भएकै दिन प्रहरीलेे सोधपुछका लागि श्रीमती रत्ना, बुहारी चेतना र स्थानीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, घटनामा संम्लग्नता नदेखिएको भन्दै प्रहरीले रत्नालाई तत्कालै छाडेको थियो । बुहारी चेतना र छिमेकी र्सर्ूयप्रसाद उपाध्यायलाई नियन्त्रणमा राखेको छ । हत्याको सम्बन्धमा प्रहरीले घटनास्थलमा आएर कुनै छानबिन नगरी हचुवाको भरमा अन्य व्यक्तिलाई नियन्त्रणमा लिई दुःख दिइरहेको स्थानीयवासीको आरोप छ । मृतकका छोरा वेनीप्रसादको दबाबमा आएर प्रहरीले रत्नालाई छाडेको स्थानीयवासीको आरोप छ । मृतकका छोरा पोखरामा कार्यरत सशस्त्र प्रहरी जवान हुन् । घटनामा मृतकको श्रीमती रत्नाको संलग्नता रहेको भन्ने कसैबाट उजुरी नपरेकाले उनलाई छाडिएको प्रहरीको भनाइ छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top