Tuesday, January 11, 2011

मेस्सी बने वर्षका उत्कृष्ट फुटबल खेलाडी

जुरिच, पुस २७- अर्जेन्टिनी खेलाडी लायोनेल मेस्सी यस वर्ष पनि फिफा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। बार्सिलोनाका जाभी हर्नान्डेज र आन्द्रेस इनियस्टालाई पछि पार्दै मेस्सीले दोस्रो पटक यो अवार्ड जितेका हुन्।
रोनाल्डिन्होले सन् २००४ र २००५ मा जिते यता दुई पटक अवार्ड जित्‍ने उनी नै पहिला हुन्।
राष्ट्रिय टिमका प्रशिक्षकहरु र कप्तानहरु तथा केही छानिएका खेल पत्रकारहरुले गरेको मतदानमा मेस्सीले २२.६५ प्रतिशत मत पाएका थिए। इनियस्टाले १७.३६ र जाभीले १६.४८ मत पाए। तीनै खेलाडी बार्सिलोनाको ला मासिया युथ एकेडेमीका उत्पादन हुन्।
फिफाका पछिल्ला २० अवार्ड मध्ये ८ अवार्ड बार्सिलोनाका खेलाडीले जितेका छन्। (एपी)

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top