Tuesday, May 31, 2011

न्यूरोडवाट ६ जोडी आपत्तिजनक अवस्थामा पक्राउ


१६ जेठ, काठमाडौं । प्रहरीले राजधानीको न्युरोडस्थित अशोका गेष्ट हाउसमा छापा मारी ६ जोडी युवा युवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ ।

छिमेकीले उजुरी गरेपछि आइतबार दिउँसो छापा मार्दा ६ जोडी युवा युवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महिलाहरु पेशेवर जस्तै देखिएको र अनुसन्धान जारी रहेको न्यूरोड प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले जनसेवा प्रहरी विशालबजारमा राखिएको छ ।

उनीहरुसँगै गेष्टहाउस सञ्चालक शान्ति ठकुरीलाई पनि पक्राउ गरिएको छ । उनीहरुविरुद्ध छिमेकीले जाहेरी दिने तयारी गरेका छन् ।

Onlinekhabar.com
अरु यता >>

Monday, May 30, 2011

श्रीमतीमाथि बन्चरो प्रहार

                            सुर्खेत अस्पतालमा अचेत अवस्थामा हस्ता

जिल्लाको गुठु-४ भापरमा एक व्यक्तिले सुतिरहेको अवस्थामा श्रीमतीमाथि बन्चरो प्रहार गरेर हत्याको प्रयास गरेका छन् । शनिबार राति सुतिरहेको केशर थापाले श्रीमती हस्ता थापालाई बन्चरोले हानेका हुन् ।

केशरले हस्ताको टाउको, गाला र घाँटीमा बन्चरो हानेका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते हस्ताको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । हत्याको प्रयास गर्ने केशरलाई प्रहरीले पक्राउ गरेको छ । 'घरमा जहिल्यै झगडा गर्थे,' हस्ताकी आमा अमृता माझीले भनिन्, 'यसरी मार्ने प्रयास गर्लान् भन्ने त लागेको थिएन ।' माइतीले हस्तालाई दिएको घरमा एक वर्षदेखि यो परिवार बस्दै आएको थियो । 'मेरो घर र छोरीको घर थोरै टाढा छ ।

शनिबार बिहान साढे नौ बजेतिर नातिनी -अमृताकी जेठी छोरी) ले बुबाले कुट्नुभएर आमा बिरामी छन् भनी,' अमृताले सुनाइन्, 'हेर्न जाँदा त वरिपरि रगतको अहाल नै बनेको थियो ।' उनले सो घटना देखेर आफू पनि बेहोस भएको बताइन् ।

अमृताले नजिकै रहेको प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरी घटनास्थलमा आएको थियो । हस्तालाई नजिकैको मेडिकलमा उपचारका लागि गाउँलेले पुर्‍याएका थिए ।

इलाका प्रहरी कार्यालयबाट डिएसपीको नेतृत्वमा गएको टोलीले केशरलाई भाग्दै गर्दा नजिकैको जंगलबाट पक्राउ गरेको थियो । पक्राउ परेका केशरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

नयाँ पत्रिका
अरु यता >>

Sunday, May 29, 2011

ढुङ्गा हिडन थालेपछि बैज्ञानिक पनि छक्क


ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन् । अब निर्जीव मानिएको यस्तो वस्तु आफै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, बैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितीका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । ग्रीष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउँदमा हिँउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहाँ पुगिसकेको छ ।


विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउँछन् अनुसन्धानमा संलग्न भूगर्भशास्त्रीहरु । जसमध्ये केहि भन्छन्- ‘समथर भूभागमा माटो अलि नरम हुँदा र हल्का हिँउ परेपछि ढुङ्गा हिड्ने गर्छ ।’ तर अर्का थरी भूगर्भविदहरु भने यस्तो निष्कर्षमा सहमत छैनन् । ग्रीष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुँदा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्विकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू-दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासँग समानान्तर भएर अघि बढेको पाइन्छ ।


वर्ष बित्दै जाँदा ती ढुङ्गाहरुले पनि आफ्नो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आँखाले हिडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् ।


२ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।


Onlinekhabar.com
अरु यता >>

Thursday, May 26, 2011

विद्यालय ड्रेस मै सुई हान्दै गरेका विद्यार्थी पक्राउ

विद्यालय पोशाकमै सिरिञ्जबाट लागुऔषध सेवन गर्दै गरेको अवस्थामा एक निजी विद्यालयका विद्यार्थीहरु समातिएका छन्। धरान-९ स्थित समिट उच्च माविमा अध्ययनरत ६ विद्यार्थीहरुलाई शुक्रबार करिब ११ बजे प्रहरीले समातेको हो। पक्राउ पर्नेहरु वर्ष १८ का दिनेश भनिने तेज लिम्बु, पवन राई, १९ वर्षका अनुस कार्की, १६ वर्षका सोयम राई, १७ वर्षका डेबिट तामाङ र १५ वर्षका दिपेश राई रहेका छन्। पक्राउ परेकाहरु कक्षा ११ का साइन्स र व्यवस्थापन संकायका विद्यार्थीहरु हुन्। उनीहरुलाई धरान ७ शान्तिपथस्थित खहरे नजिकै सुई हान्दै गरेको अवस्थामा सिभिल प्रहरीले रंगेहात पक्राउ गरेको वडा प्रहरी कार्यालयका इञ्चार्ज एवं सई कुमार भण्डारीले जानकारी दिए। पक्राउ परेकाहरुबाट एक थान सिरिञ्ज र करिब २० ग्राम गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धान र आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालयमा बुझाइने सई भण्डारीले बताए। विद्यालयमा भोलि शनिबार आयोजना हुन लागेको एक सेमिनारको तयारी गर्न निर्देशन दिएविपरित बाहिरिएको प्लस टु इञ्चार्ज नरेन्द्र लिम्बुले बताए। ‘सेमिनारको तयारी गर्न काममा खटाएका थियौँ, हामी अन्यत्र ब्यस्त भएको मौकामा यिनीहरु बाहिरिएछन्, एक्कासी प्रहरीबाट फोन आयो'—उनले भने। लागुऔषध प्रयोग गरिरहेको अवस्थामा रंगेहात भेटिएको प्रमाणित भएमा विद्यालयबाट निष्काशनसम्मको कारबाही हुने उनले बताए।
अरु यता >>

इन्टरनेटको जादु...............

तल दिइएको कोडलाई कपी गरेर आफ्नो कुनै वेवसाइटको एड्रेसबारमा लगेर पेष्ट गर्नुहोस् । सामान्यतः तपाइले अरुले बनाएको वेवसाइटमा भएका कुनैपनि कुरा डिलिट गर्न वा फेरबदल गर्न सक्नुहुन्न नि हैन ? अव भने तपाइले अचम्म देख्नुहुनेछ किनकी त्यो कोडले तपाइको बेवसाइटलाई परिमार्जन गर्न मिल्ने(Editable) बनाइदिन्छ । अव तपाइले आफुलाई नचाइएका कुराहरु Delete गर्न र आफुलाई मन परेका कुरा भप्न सक्नुहुन्छ ।

javascript:document.body.contentEditable='true'; document.designMode='on'; void 0




Meromaya.net
अरु यता >>

कैटरीना फर्किइन् सलमानतिरै


लिउड सेलिब्रिटीहरुको सम्बन्ध कहिले जुट्छ र टुट्छ भन्ने यकिन गर्नै गाह्रो ! मौसम बदलिएझै‌ उनीहरुको सम्बन्ध पनि छिन्‌छिन्‌मै परिवर्तन हुन्छ । विभिन्न विवाद र मनमुटाबका कारण मिडियामा चर्चामा आइरहने जोडीमा सलमान खान र कैटरीना कैफ पनि पर्दछन् । सलमान र कैटरीनाबीच चिसिएको सम्बन्ध फेरि विस्तारै तातिदैं गएको छ । कुनै समय प्रेमी जोडी कहलिएका सलमान र कैटरीनाबीच पछिल्लो समयमा तनाब आएको थियो । अब उनीहरु चाँडै एउटै फिल्ममा देखिने भएका छन् ।

यशराज फिल्मस्को प्रडक्सन र कबीर खानको निर्देशनमा बन्न लागेको ‘एक था टाइगर’ नामक फिल्ममा दर्शकले सलमान र कैटरीनालाई प्रमुख भूमिकामा देख्न पाउनेछन् । ‘म र सलमान यशराजको फिल्ममा सागै काम गर्दैछौ । सलमानको लागि यशराजको फिल्म पहिलो हो,’ कैटरीनाले बताइन् ‘तर मैले त पहिले नै यशराजको फिल्ममा खेलिसकेको छु ।

त्यसवेलादेखि नै मलाई खानसाग फेरि काम गर्ने इच्छा थियो । नयाँ बन्ने फिल्ममा पनि कबीर खानले नै निर्देशन गर्ने भएका छन् । आउने फिल्म लिएर म निकै उत्साहित बनेको छु ।’ फिल्मको शुटिङ जुलाईबाट सुरु हुने बुझिएको छ । यसअघि सलमान र कैटले पहिलो पटक सुभास घईद्वारा निर्मित फिल्म ‘युवराज’ मा सागै अभिनय गरेका थिए ।

फिल्म करियर नै आफ्नो लागि सबैथोक रहेको बताउने कैटरीनाले आगामी दिनमा अरु केहि पृथक गर्ने बताएकी छिन् । आफ्नो सुन्दरता र आत्मविश्वासमा विस्वास गर्ने कैटरीनाले अब कुनै कुराले पनि चिन्तित वा उदासी नबन्ने खुलासा गरिन् । मोटो वा दुब्लो जे भए पनि दर्शकले आलोचना गर्न नछाड्ने भएकाले आइन्दा आफ्नो फिगरबारे चिन्ता नलिने उनले बताइन् । अहिले कैटरीनाले आफ्नो वजन मात्र घटाएकी छैनन्, साथमा सलमानसागको दुरी पनि कम गरेकी छिन् । सलमान र कैटरीना फेरि बलिउडमा जम्ने दर्शकहरुले आशा गरेका छन् ।

Onlinekhabar
अरु यता >>

अमेरिका जान पाएनन् राजेश


अमेरिका यस्तो देश हो जहाँ पुग्न हरेक व्यक्तिले सपना देखेका हुन्छन् । एक पटक मात्र त्यहाँ पुग्न पाए स्वर्ग नै पुगेको अनुभव गर्छ उनीहरू । यहि सपना बुनेर अमेरिका जाने तयारी गरेका चर्चित गायक राजेश पायल राईलाई अमेरिकन राजदूतावासले भिषा नदिएको खबर प्राप्त भएको छ ।

थुप्रै देश भ्रमण गरिसकेका गायक राई अमेरिकामा हुने भनिएको एक साँगितीक कार्यक्रममा भाग लिन जान लाग्दा भिषा नपाएका हुन् । हजारौं गीत गाईसकेका यि गायकलाई अमेरिकाले किन भिषा दिन मानेन त ? स्रोत भन्छ, 'नेपालका थुप्रै गायकहरू कार्यक्रम गर्ने भनि अमेरिका जान्छन् अनि उतै हराउँछन् । त्यसैले गायकहरू माथिको अबिश्वासले गर्दा राजेशले भिषा नपाएका हुन् ।'

यस अघि थुप्रै कलाकारहरू कार्यक्रम गर्ने भनि अमेरिका पुगेर उतै हराएपछि अहिले अमेरिकन राजदूतावासले कलाकारहरूलाई भिषा दिन हिचकिचाउने गरेको छ । उखानै छ नि 'धान खाने मुसो चोट पाउने भ्यागुतो' । यस्तै भएको छ राजेशलाई । गल्ति अरूले गरे तर त्यसको असर अहिले राजेशलाई परेको छ । भिषाकै लागि भनेर राजेशले थुप्रै कसरत पनि गरे तर सफल हुन सकेनन् । राजेशसँगै उनको साथमा जान लागेका थुप्रै कलाकारहरूले पनि भिषा पाएका छैनन् ।

अमेरिकन राजदूतावासले यस अघि महानायक राजेश हमाललाई पनि भिषा दिएको थिएन । राजेश मात्र हैन नायक निखिल उप्रेतीले पनि लाखौं कोसिस गरेका थिए अमेरिका जान । उनको पनि सपना सपनामा नै सिमित हुन पुगेको थियो । तर नायिका ऋचा घिमिरेले भने एक बर्ष अघि सजिलै भिषा पाएकी थिईन् । जे होस् केहि व्यक्तिले गर्दा आफ्नो कला प्रस्तुत गर्न जान खोज्ने कलाकारहरूले भिषा नपाउनु पक्कै पनि दु:खको कुरा हो ।

फिल्मीखबर
अरु यता >>

घिनलाग्दा सभासद.......................

बाटोघाटोमा हिंड्दा कसैले चिन्ने हुन् की भनेर धेरै सभासद हिजोआज आफ्नो लोगो छोपेर हिंड्छन् । केही सभासदको खराब आचरण र व्यववहारका कारण संविधानसभामा रहेका सबै सभासदले बदनामी खेप्नुपरेको छ । संविधान बनाउन जनताले भोट हालेर पठाएका यिनै सभासद्का घिनलाग्दा आचरण र अपराधिक क्रियाकलापले सभासद् त बदनाम भएकै छन् स्वयं संबिधानसभा र राज्यब्यबस्थाप्रति पनि जनता क्रुद्द बन्न थालेका छन् । पासपोर्ट बेच्ने, बिजुली र जंगलको काठ चोर्ने, जाँड पिएर एकाबिहानै सार्बजनिक चोकमा तमासा देखाउने, पुलिसमा भर्ना गरिदिन्छु भनेर सर्वसाधारणबाट घुस लिने, यौनकर्मी महिलासँग रात बिताउने मात्रै हैन संबिधानसभा हलभित्रै अमर्यादित गतिबिधिमा पनि सभासदहरुनै संलग्न भए । संबिधानसभाको चुनावयता सभासद्ले देखाएका चर्तिकला कस्ता थिए त ?

पासपोर्ट बेच्ने सभासदः

संविधानसभाको दोस्रो कार्यकाल सकिनै लाग्दा सभासद्द्वय गायत्री शाह र बीपी यादव कुटनीतिक राहदानी दुरुपयोग अभियोगमा जेलमा पुगे । १५ लाख धरौटीमा अदालतले रिहा गर्ने आदेश दियो । रातो पासपोर्ट बेचेको अभियोगमा अरु ६ जना सभासद पनि छानवीनको दायरमा छन् ।

जँड्याहा सभासदः


२०६७ बैशाख २४ गते माले सभासद शारदा नेपालीले नेपालगंजको सडकमा मदिरा सेवन गरेर तमासा देखाईन् । मदिराले लट्ठ भएर दिउँसै उनी सडकमा लर्बराउँदै र बर्बराउँदै हिंड्दा रमिता हेर्नेहरुको भीड नै लाग्यो । उनले गत साउनमा दुईपटक विष सेवन गरेर आत्महत्यको प्रयाससमेत गरेकी थिईन् ।

चोर सभासदः


२०६७ पुसमा माओवादी सभासद खड्कबहादुर विश्वकर्मा चोरीको गाडी प्रयोग गरेको अभियोगमा समातिए । २०६८ बैशाखमा माओवादी सभासद ईन्द्रमति यादवले कपिलवस्तु हरिहरपुर स्थित आफ्नो घरमा बिजुली चोरेर बाल्ने गरेको पाईएपछि प्रहरीले नियन्त्रणमा लिई जम्मा ३ हजार जरीवाना गरेर छाड्यो । २०६६ माघमा माओवादी सभासद चन्दा देवी सहित अरु केही सभासद् रुख काट्दाकाट्दै पर्सा वन्यजन्तु आरक्ष क्षेत्रबाट पक्राउ परे । फोरमका सभासद मोहम्मद इस्तियाक राईले रुख काट्न पाउनुपर्ने माग गर्दै जिल्ला वन कार्यालय बाँकेमा नाराजुलुस गरे ।

कामातुर सभासदः

२०६५ फागुनमा कांग्रेस सभासद कृष्णप्रसाद यादव यौनकर्मी महिलाहरुसँग भेटिए । काठमाण्डौ महाराजगंजको एउटा घरमा प्रहरीले छापा मार्दा उनी कपडा सम्हाल्दै कुलेलम ठोके । उनको रसिक कहानी निकै चर्चित बन्यो, पछि यो यत्तिकै सेलायो ।

घुस्याहा सभासदः


२०६७ भदौ २५ मा एमाले सभासद डोलबहादुर कार्की प्रहरीमा भर्ना गरिदिने भन्दै एकलाख रुपैंया घूस लिंदालिंदै पक्राउ परे । पछि उनलाई पार्टीले पनि कार्वाही गर्यो । सभासद पद पनि गुम्यो ।

जुवाडे सभासदः


२०६७ भदौमा कांग्रेस सभासद अच्युतराज पाण्डे जुवा खेलिरहेका बेला समातिए । जुवा खालबाट समातिएका पाण्डेको पनि निकै चर्चा भयो । तर यो काण्ड पनि त्यसै सेलायो । कसैले कार्वाही पनि गरेन । उनी अहिले पनि छाती फुलाएर हिंडिरहेका छन् ।

थप्पड हान्ने सभासदः

समयमा संविधान नबनाएको भन्दै अहिलेका प्रधानमन्त्री झलनाथ खनाल र माओवादी सभासद झक्कु सुवेदीलाई सर्वसाधरणले थप्पड हाने जत्तिकै चर्चा भयो सभासदले अरुलाई हानेको थप्पड पनि । २०६५ जेठ १५ मा संविधानसभाको पहिलो बैठककै दिन एमाले सभासद कमला शर्माले अर्का सभासद पूर्णबहादुर खड्कालाई चप्पलले हानिन् । २०६६ कात्तिक २४ मा फोरम लोकतान्त्रिककी सभासद करिमा वेगमले सिमरा विमानस्थलमा आफूलाई लिन नआएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यालय परिसरमै पुगेर गालामा थप्पड् हानिन् । त्यतिबेला उनी कृषि राज्यमन्त्री थिईन् ।

हतियार प्रेमी सभासदः


प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका बबन सिंहले भूमिगत अवस्थामै संविधानसभाको चुनाव जिते । र, जितेको डेढ महिनापछि सार्वजनिक भए । माओवादी सभासद लोकेन्द्र विष्ट हतियार सहित संविधानसभा भवन प्रवेश गरेको विषय पनि निकै चर्चित भयो । डेढ वर्षअघि सद्भावनाका सभासद खोभारी राय अवैध हतियार सहित बानेश्वरबाट पक्राउ परे ।

अमर्यादित सभासदः

२०६७ मंसिर ३ मा संसदमा बजेट पेश गर्न खोज्दा तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादी सभासदहरुले लछारपछार पारे । संविधानसभाको शासकीय स्वरुप निर्धारण समितिमा भएको निर्णय चित्त नबुझेपछि कांग्रेस सभासद प्रकाशशरण महतले निर्णयपत्र च्याते । सभासद् विश्वेन्द्र पासवानले त झन् संवैधानिक समितिको बैठकदेखि संसद बैठकसम्म निकै चर्तिकला देखाईसकेका छन् । कुर्सी फाल्ने, माईक फोड्ने, आफ्नै लुगा च्यात्ने गरेर उनले निकै हंगामा मच्चाईसकेका छन् ।

Onlinekhabar.com
अरु यता >>

Wednesday, May 25, 2011

ऐश्वर्या झन सेक्सी बन्दै

मुम्बई । बलिउडकी सबैभन्दा राम्री नायिका मानिने ऐश्वर्या राय अहिले फिल्मी क्षेत्रमा हुने गरेका सुख–दुःख तथा संघर्षमा आधारित फिल्म हिरोइनको विषयलाई लिएर चर्चामा छिन्।

चाँदनी बार, फेसन, पेज थ्रीलगायतका चर्चित तथा नेसनल अवार्ड विजेता मधुर भण्डारकरले निर्देशन गर्ने हिरोइन विगत दुई वर्षदेखि निर्माणको क्रममा छ। आफ्ना फिल्मबाट सधैं चर्चामा आइरहने मधुरले हिरोइनमा करिना कपुरलाई नायिका लिने बताउँदै सो प्रस्ताव लगेका थिए। करिनासँगको कुराकानीमा विश्वस्त हुँदै मधुरले त्यसै किसिमको स्त्रि्कप्ट पनि लेखे। तर अन्तिम समयमा आएर करिनाले हिरोइन फिल्ममा खेल्न नसक्ने जनाएपछि मधुर तनावमा परें। अहिलेसम्मकै सबैभन्दा कामुक र सेक्सी नायिकाको रूपमा मधुरले करिनालाई खेलाउन चाहेका थिए। आफ्नो काममा कम्प्रोमाइज नगर्ने मधुरले हिरोइनमा करिनालाई न्यूड (नांगो) सिन दिनुपर्ने बताएपछि करिनाले सो फिल्म नखेल्ने भएकी हुन्।

आफ्ना प्रायः फिल्ममा प्रियंका चोपडालाई लिने मधुरले हिरोइनमा उनलाई नलिई ऐश्वर्या रायकहाँ प्रस्ताव लगे। लामो समयदेखि हिट फिल्म दिन नसकेकी ऐश्वर्या उपयुक्त मौकाको पर्खाइमा थिइन्। उनले मधुरको प्रस्ताव तत्कालै स्वीकार गरिन्। तर अहिले हिरोइन फिल्मको कथावस्तु ऐश्वर्याकै जीवनसँग मिल्दोजुल्दो रहेको निर्देशक मधुरले बताएपछि ऐश्वर्या चर्चामा छिन्।

अहिलेसम्म आफूले अभिनय गरेको फिल्ममा न्यूड सिन नदिएकी ऐश्वर्याले हिरोइनमा भने केही न्यूड सिन दिनुपर्ने भएको छ। न्यूड सिनकै कारण अहिले ऐश्वर्याको बलिउडमा व्यापक चर्चा सुरु हुन थालेको छ। हिरोइन फिल्ममा बलिउडमा नायिका बन्न एउटी युवतीले के कस्ता शारीरिक शोषण, संघर्ष र मानसिक तनाव झेल्नुपर्ने हुन्छ भन्ने विषयवस्तुलाई उजागर गर्दा न्यूड सिन पनि समावेश गरिएको जनाइएको छ। हालसम्म सुन्दर नायिकाको छवि बनाएकी ऐश्वर्याले हिरोइन फिल्मबाट सेक्सी नायिकाको छवि बनाउने बताइन्छ। हुन त यसअघि उनले धूम–२ मा नायक ऋतिक रोशनसँग टङ किस दिएको घटनाले उनलाई धेरै चर्चा र विवादमा ल्याएको थियो।
अरु यता >>

Sunday, May 22, 2011

चुम्बकिय शक्तिका चमत्कारी बालक


फलामका टुक्रा या यस्तै अन्य धातुहरुलाई चुम्बकले तानेको पहिलो पटक देख्ने जो कोहीको अनुहारमा आश्चर्यको भाव झल्किन्छ नै । धेरै केटाकेटीहरु त चुम्बक र फलामको टुक्राहरु खेल्दै रमाउँछन् पनि । स्कुले शिक्षाका कारण आजभोलिका साना केटाकेटीहरुमा भने चुम्बक र चुम्बकिय शक्तिबारे ज्ञान सामान्य भैसकेको छ । तर मानिसको शरिरमा पनि चुम्बकिय शक्ति हुन्छ भन्दा चाहि धेरैलाई पत्यार नलाग्ला । यो अब कुनै काल्पनिक र मनगढन्ते कुरा नभई वास्तविकता बनेको छ । क्रोसियाका एक ६ वर्षे बालकको शरिरमा चुम्बकिय शक्ति भएको समाचारले विश्वका लाखौ जमातलाई तिन छक बनाइदिएको छ ।

इभान स्टोल्जकोभिक नामका बालकको शरिरमा चुम्बकिय शक्ति भएकै कारण उनको शरिरमा किचनका चम्चा, काटा, फ्राइङ प्यान, मोबाइल, चक्कुलगायत अन्य धातुका घरेलु सरसामान टासिने गरेको परिवार स्रोतलाई उधृत गर्दै बेलायती पत्रिका मिररले जनाएको छ । बालकको छातीमा २५ किलो वजनसम्म धातुहरु टाासिने थाहा भएको छ ।

यति मात्र हैन, इभानको हातमा हिलिङ पावर -रोग निको पार्ने क्षमता) समेत रहेको परिवारको दाबी छ । एक पटक हजुरबुबाको पेट दुखेको र पछि इभानले आफ्नो हात उहाँको पेटमा राख्दा तातो भई निको भएको परिवारका सदस्यहरुको दावी छ । चमत्कारी यी बालकले संसारका धेरै बैज्ञानिकहरुको ध्यान आफूतिर खिच्न सफल भएका छन् । रहस्य र चमत्कारै चमत्कारले भरिपूर्ण यो ब्रम्हृाण्डमा इभान अहिले बैज्ञानिक अनुसन्धानको विषय बनेका छन् ।

Onlinekhabar.com
अरु यता >>

Wednesday, May 18, 2011

३९ श्रीमतीका एक्ला पति


एउटा व्यक्तिका कति श्रीमती हुन सक्छन् ? साधरणतया एक जना, बहुविवाह गर्नेका दुई जना, त्योभन्दा धेरै गर्नेले तीन जना । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, तर

सबै खुशी खुशी । भारत बारकोफ्टाका ड्याड जिओनाको साथमा अहिले ३९ वटा श्रीमती मात्र छैनन, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना पनि छन् । सबैभन्दा रमाइलो त के छ भने यी सबै एउटै घरमा एउटै छानोमुनी बस्छन् ।

सम्भवतः विश्वको सबैभन्दा ठूलो परिवार मानिएको ड्याड जिओनाको चार तले घरमा एक सयवटा कोठा छन् । पुरै परिवार यही घरमा अटाएको छ ।
पुरै परिवारका साथ जिओना

परिवारका मुली ६७ वषिर्या जिओना यो परिवारदेखि खुशी छन् । भन्छन्, ‘मलाई भगवानको आर्शिवाद छ, त्यसैले त मेरो विशाल परिवार पनि छ । आज मलाई लागेको छ म भगवानको एउटा विशेष बच्चा हुँ । भगवानले मलाई यति धेरै परिवार हेर्ने जिम्मेवारी दिएका छन् ।’

जिओना आफूलाई भाग्यमानी ठान्दै भन्छन्, ‘म आफूलाई अझै भाग्यमानी पति मान्छु, किनभने म ३९ महिलाको एक्लो पति र ठूलो परिवारको घरमूली ।’

परिवारको पुरै पुरुष सदस्यहरुले काठको काम गर्छन, यसैले त जिओना गर्विलो हुँदै भन्छन्, मलाई सरकारको कुनै पनि सहयोग चाहिंदैन । यी सुपरपति कुनै समय वर्षमा १० वटासम्म विवाह गरेका थिए ।

यो परिवार बस्दै आएको घरलाई उनीहरुकै भाषामा ‘छुन्तार रन’ अर्थात नयाँ पिंढीको घर भनिन्छ । उनीहरुको आफ्नो विद्यालय छ, आफ्नो खेल्ने ग्राउण्ड, काठको काम गर्ने कारखाना, सुँगुर गोठ, कुखुरा फार्म, खेती गर्न खेत र तरकारीका लागि ठूलो वारी। यो सम्पत्तिले पुरै परिवारलाई सहजै पाल्न सकिन्छ ।

परिवारमा खाना खानेवेला लाग्छ, यो आर्मी मेसमा खान खाईंदैछ, परिवारका पुरै महिला सदस्य खाना बनाउने र खुवाउने काममा घण्टौं विताउने गर्छन । एक पटकमा उनीहरुको परिवारलाई ३० वटा कुखुरा, १३२ पाउण्ड तरकारी र २२० पाउण्ड चामल चाहिन्छ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ । जहाँ २४ सै घण्टा आगो बलिरहन्छ ।

जिओनाकी ६९ वर्षे जेठी श्रीमती जाठियाङ्गीले अरु श्रीमती, छोरी र बुहारीका लागि दैनिक कामको बाँडफाँड गर्छिन । हरेक दिन परिवारले खाएका भाँडा र लगाएका लुगा धुनका लागि एउटा सानो पहाड नै खडा हुन्छ र यो सबै काम हातैले गर्छन ।

जिओनालाई परिवारका सबै सदस्यहरु ‘का पा’ अर्थात बाबुजी भनेर सम्बोधन गर्छन् । यी जिओनाले जाठीयाङ्गीसँग विवाह गर्दा जम्मा १७ वर्षका थिए । जिओना वंशाणुगत रुपमा परिवारका मुली हुन, उनलाई लाग्छ, उनीहरु एकदिन पुरै विश्वलाई क्राइस्ट धर्ममार्फत नियमन गर्नेछन् ।

चालिएन चाना परिवारमा हजुरबुबा जिओनाले जस्तै बहुविवाह गर्न स्वीकृति प्रदान गरिएको छ । उनीहरुले जति धेरै श्रीमती ल्याए पनि पाउने व्यवस्था मिलाइएको छ ।

जिओना पुरै ३९ श्रीमतीसँग समय विताउँछन, जति समय उनी जेठी श्रीमतीसँग विताउँछन् त्यति नै समय गतवर्ष मात्र विहे गरि ल्याइएकी कान्छी श्रीमतीसँग पनि ।


जिओना परिवारको सयन कक्ष



जिओना परिवारको घर



३९ श्रीमतीहरुका साथ जिओना

जिओना परिवारलाई चाहिने एकपटकको खाद्यन्न

Onlinekhabar.com
अरु यता >>

५२ वर्षपछि पुनर्मिलन



५२ वर्षपछि घर आएका किमबहादुर श्रीस(तेस्रो सर्ट) श्रीमती चन्दि्रका र छोरा सूर्यप्रसाद(निलो सर्ट) र परिवारका साथ ।

गुल्मी, जेष्ठ ४ - 'राम्ररी बस्नू, आफ्नो र बच्चाको राम्रो ख्याल गर्नू, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु,' २५ वर्षे किमबहादुर श्रीसले श्रीमती चन्दि्रकालाई भनेका थिए । त्यही विश्वासमा चन्दि्रका कहिले श्रीमान् आउलान् भन्दै दिन गन्न थालिन् । तर दिन हैन, वर्षौं बित्यो पति फर्किएनन् । २४ वर्षको छँदा छाडेका पति आफू प्रौढावस्थामा पुग्दा पनि नफर्केपछि उनले फेरि भेट हुने आसै मारिसकेकी थिइन् । तर अचम्म, ५२ वर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो- पति घरमा टुप्लुक्किए । चलचित्रको कहानीझैं लाग्ने हाडहाडे-५ को यो जोडीको अहिले अथार्थमै पुनर्मिलन भएको छ ।

२५ वर्षको लक्का जवान छँदा बिछोडिएका जीवनसाथी किमबहादुर यतिबेला ७९ पुगेका छन् भने एक वर्ष कान्छी चन्दि्रका ७८ की भइन् । राम्ररी पैसा कमाउने उद्देश्यले यो जोडी बिछोडिएको थियो । छुट्टनिे बेला गर्भमा रहेका उनीहरूका कान्छा छोरा सूर्यप्रकाश अहिले ५२ वर्षका भए । उनले शनिबार पोखरामा पहिलो पटक आपmना बाबु फेला पारेका हुन् ।

पैसा कमाएर श्रीमती र छोराछोरीलाई सुख दिलाउने आशामा भारत पसेका किमबहादुर गरिबीकै कारण घर र्फकन सकेनन् । घरबाट हिँड्दा सोचेजस्तो कमाउन नसकेपछि विरक्तिएका उनले कोलकाता, सिलाङ र असममा जवानीका ३५ वर्ष बिताए । कतैबाट पनि पैसा कमाउन नसकेपछि नेपाल फर्केका उनलाई त्यसपछि पनि घर जान मन लागेन । त्यसपछिका १७ वर्ष परिवारसँग सम्पर्कविहीन भएर पोखरामा बिताएको उनले बताए ।

पोखरानजिकै राम्दीको सुस्तमनस्थिति केन्द्रमा उनलाई छोराले फेला पारेका हुन् ।

पहिला पैसा कमाउन नसकेपछि घर आउन मन लागेन,' घर र्फकन नसक्नुको पीडा पोख्दै किमबहादुरले भने, 'नेपाल आएपछि पनि पागलजस्तै भइयो र घर नै बिर्सिन थालियो ।' अहिले श्रीमती, छोरा र भाइसमेत खोज्दै पोखरामै पुगेकाले आएको उनले सुनाए । बेपत्ता बाबुलाई तम्घासकै भरत भलामीको सहयोगमा उनीहरूको परिवारले फेला पारेको हो । किमबहादुर पोखरामा रहेको र हाडहाडेकै हुन सक्ने भन्ने खबर पाएपछि छोरा सूर्य, आमा चन्दि्रका र साइँला बाबु दलबहादुर उनलाई भेट्न त्यहाँ पुगेका थिए । 'देख्नासाथ आमाले तेरो बाबु यिनै हुन् भनेपछि म एकैछिन बोल्न र हेर्न पनि सकिनँ,' सूर्यले भने ।

पाँच दशकभन्दा बढी समय जीवनसाथी बिनै बिताएकी चन्दि्रकाले खुसी व्यक्त गर्दै भनिन्, 'ढिलै भए पनि श्रीमान्सँग भेट हुन पायो ।' घर छाड्नासाथ सम्पर्कविहीन भएकाले यति लामो समयसम्म कतै खोज्न नसकिएको उनले बताइन् । पहिलो पटक पोखरा पुगेर बाबु भेटेका सूर्यप्रकाशले भने आफूलाई सपना हो कि विपनाजस्तो भएको बताए । 'म आफैं नातिनातिनाको हजुरबुबा भैसकें,' सूर्यप्रकाशले भने, 'देख्छुजस्तो लागेको थिएन तर अहिले सपना हो कि विपना छुट्टयाउनै गार्‍हो भएको छ ।' परिवारमा अहिले खुसीको कुनै सीमा नरहेको उनले बताए ।

भेट्नासाथ परिवारले उनीहरूलाई पोखरामै अबिर जात्रा गरेका थिए । 'दोस्रो विवाहजस्तै गरियो,' भाइ दलबहादुरले भने । किमबहादुरका दुई छोरा, ६ नातिनातिना र ३ पनातिपनातिना भइसकेका छन् । उनीहरू पोखराबाट सोमबार साँझ तम्घास आएको खबर पाएपछि हाडहाडेबाट त्यहीं भेट्न पुगेका आफन्तको होटलमै भीड लागेको थियो ।

ekantipur.com

ekantipur.com
अरु यता >>

Tuesday, May 17, 2011

एकान्तमा पोर्नोग्राफी हेर्थे लादेन


संसारकै कुख्यात आतङ्ककारी नेता ओसामा बिन लादेन लुकी बसेको घरमा के हुनसक्छ ? धेरैको अनुमानमा गोला, बारुद, बम, आधुनिक हातहतियार । यदि तपाई पनि यस्तै सोच्नु हुन्छ भने यो भ्रम हुनेछ । पाकिस्तानको राजधानी नजिक एबोटाबाद शहरमा रहेको एक रहस्यमय घरमा भएको अमेरिकी सैन्य कारबाहीमा मृत्यु भएपछि लादेनबारे धेरै रोचक कुराहरु बाहिर आएका छन् ।

विश्वका एक नम्बर आतङ्ककारी लुकिछिपी बसेको घरमा ठूलो परिमाणमा पोर्नोग्राफीका भिडियो र अन्य सामाग्रीहरु भेटिएको अमेरिकी अधिकारीहरुले खुलासा गरेका छन् । हुन त लादेनले आफ्नो कामुकतालाई कायमै राख्न विभिन्न औषधी प्रयोग गर्ने गरेको समाचारले मिडियामा राम्रै चर्चा पाएको थियो । अस्लिल भिडियोको बरामत र बहुश्रीमती प्रेमले लादेनको कामुकता अहिले सबैसामू छर्लङ भएको छ ।

स्रोतका अनुसार लादेन बस्दै आएको घरमा भेटिएको पोर्नोग्राफी ‘आधुनिक, विद्युतिय माध्यामबाट रेकर्ड गरिएका भिडियो’ हुन् । लादेन बसेको एकान्त घरमा इन्टरनेट सुविधा थिएन । तर त्याहाँ भिडियो मेसिन रहेको खुल्न आएको छ । एक भिडियोमा लादेन स्वयंम् विभिन्न तस्विरहरु हेरिरहेको देख्न सकिन्छ ।

यद्यपी अस्लिल भिडियो लादेन स्वयंम्ले हेरेका थिए वा थिएनन् भन्नेबारे यकिन नभएको अमेरिकी अधिकारीहरुले जनाए । त्यस्तै, घरको कुन स्थानबाट उक्त पोर्नोग्राफी भेटिए भन्ने विषय पनि अहिले खुलाइएको छैन् ।

Onlinekhabar.com
अरु यता >>

Monday, May 16, 2011

२६ पाउण्डको स्तन.........


विश्वका सबै महिलाको भन्दा ठूलो स्तन बनाएर चर्चा बटुल्ने प्रयासमा रहेकी स्ट्रिपर चेल्सी सायद यस्तो पहिलो अमेरिकी मोडेल हुन् । हरेक मोडेल आफ्नो जिरो फिगरबारे अति सजग हुन्छन् । शरिरको सुन्दरतामा कमी आउन नदिन मोडेलहरु कुनै कसुर बाँकि राख्दैनन् । स्ट्रिपर भने यसमा अपवाद बनेकी छिन् ।

एक अमेरिकी टेलिभिजन कार्यक्रममा उपस्थित भएकी स्ट्रिपरको भयानक स्तनको दृश्यले धेरैलाई आश्चर्यचकित बनाएको छ । प्रत्येक स्तन २६ पाउण्ड रहेको बताउने मोडेले आफ्नो बुबलाई अहिलेको आकार दिन धेरै सर्जरी गर्नु परेको बताइन् । फिलिप शोफिल्डद्वारा सञ्चालित उक्त कार्यक्रममा अतिथीको रुपमा उपस्थित मोडेलले आफ्ना दुई स्तनलाई इट्सी र बिट्सी नाम दिएकी छिन् । यी मोडललाई पोर्नस्टार भन्दै दर्शकले भने दिउँसै उनलाई अन्तरवार्ता लिएकोमा टेलिभिजन च्यानलप्रति आक्रोश जनाएका छन् ।

स्ट्रिपरले सुरुको ‘डि कप’ साइजको स्तनमा अहिले रोक लगाइएको पोलिप्रोफिलिन लगायत अनेक मेडिकल सर्जरी गरेको दि सनले जनाएको छ । झण्डै ५ फिट अग्ली ३५ वषिर्य मोडेलले आफ्नो स्तन अझै बढ्दै गएको खुलासा गरिन् । खान, हिडडुल गर्न त असजिलो छ नै, शरिरै कुरुप बनेको छ । यद्यपी अजङ्गको छाती भएकोमा स्ट्रिपर गर्व गर्छिन्, बिना कुनै हिनताबोध ।

हालसम्म कुनै आधिकारिक तथ्याङ्क नभएकोले उनको स्तन नै संसारको सबैभन्दा ठूलो हो भन्नेवारे यकिन भैसकेको छैन । कत्तिको ढाड दुख्छ ? भन्ने प्रश्नको जवाफमा नियमित अभ्यास गर्ने हुनाले यस्तो समस्या नरहेको उनले बताइन् । ‘यस्तो ठूलो स्तन बनाउने मेरो कुनै सोंच थिएन । मेरा स्तन आफै ठूला हुँदै गए,’ मोडेलले भनिन्, ‘तर पछि फिचर डान्सर बन्ने चाहानाले ठूलो बनाउन मन लाग्यो ।’



टीभी कार्यक्रम संचालक फिलिप सोफिल्डसँग

धेरैको चर्चाको विषय बन्न सफल भएकोमा खुसी ब्यक्त गर्दै मोडेलले आफ्नो स्तन स्कुल पढ्ने बेलादेखि नै अस्वभाविकरुपमा ठूलो भएको बताइन् । कहिलेकाहि हवाइजहाजको ट्वाइलेटजस्तो साघुरा ठाउँहरुमा आवतजावतमा अलि गाहृो हुने उनेको अनुभव छ । साथै अन्य दैनिक कार्यहरु गर्न पनि असजिलो भएको उनको भनाई छ । ‘खाना खान पनि समस्या बनेको छ किनभने खानाभन्दा निकै टाढा बस्नु पर्ने बाध्यता छ,’ मोडेलले गुनासो गर्दै थपिन्, ‘म चाडै यि ठूला स्तनलाई घटाउने छु । तर पहिलेको आकार त अवश्य नै हुने छैन ।’


Onlinekhaber.com
अरु यता >>

भुवन केसीको आक्रोश अनि गुनासो


नायक भुवन केसी अहिले मिडियाहरू प्रति निकै आक्रोशित भएका छन् । फिल्मीखबर डटकम लगायतका केहि मिडियाहरूमा भुवनले कुटाई खाएको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

शनिबार दिउँसो कोटेश्वर चोक नजिकै भुवनकी गर्लफ्रेण्ड भनिएकी शर्मिला डंगोलका श्रीमानले दिन दहाडै सडकमा कुटेको खबर आएको थियो । तर भुवनले भने सो खबरको खण्डन गर्दै आफूले कुटाई नखाएको दाबी गरेका छन् । तर प्रत्यक्षदर्शीहरूले भने भुवनले कुटाई खाएको बताएका छन् । आफ्नो इज्जत माथि दाग लगाउने गरि मिडियाले समाचार सम्प्रेशण गरेपछि भुवन केहि मिडियाको अफिसमा स्पष्टिकरण माग्न समेत पुगेका थिए तर प्रत्यक्षदर्शी नै साक्षी भएपछि भुवनको पनि के लागोस् ? तर पनि उनी दुई जना बिच मुठभेड भएपनि हात हालाहाल भने नभएको दाबी गर्छन् ।

भुवनले निर्माण गरेको चलचित्र 'साथी म तिम्रो' प्रदर्शनको संघारमा आएको अवस्थामा यस्तो घटना घट्नु उनका लागि पक्कै पनि दुर्भाग्य हुन सक्छ । सायद त्यसैले पनि उनले आफ्नो इज्जत जोगाउन कुटाई नखाएको दाबी गरेको हुन सक्छ । तर सत्य यो हो की उनले शर्मिलालाई आफ्नो गर्लफ्रेन्ड भएको बताउँदै आएका छन् र शर्मिला बिबाहिता नारी हुन् । आफ्नी श्रीमती कुनै पर पुरूषसँग नारिएर हिंडेपछि कुन श्रीमानको मन दुख्दैन र ? रिस कस्लाई उठ्दैन होला र ? त्यसैले रिसको झोंकमा भुवनले कुटाई खानु पनि कुनै नौलो कुरा नहुन सक्छ ।

भुवन जी आफ्नी श्रीमतीसँग डिभोर्स गरेर अर्काकी श्रीमतीलाई लिएर हिंड्दा कुटाई त खाईहालिन्छ नि ! त्यसैले अब देखि यस्तो कुरामा ध्यान पुर्‍याउनु होला है । नत्र हामी फेरि पनि कुटाई खाएको समाचार लेख्न बाध्य हुन्छौं ।


फिल्मीखबर
अरु यता >>

Sunday, May 15, 2011

'गर्लफ्रेन्ड’का पतिले बीच सडकमै कुटे भुवन केसीलाई


फिल्मको पर्दामा गुन्डाहरूलाई 'रामधुलाइ' गर्दै आएका अभिनेता भुवन केसीले शनिबार बीच सडकमा वास्तविक 'धुलाइ' भेटेका छन् । 'रिल लाइफ'मा झगडापछि कुर्सीमा आराम गर्ने भुवनले 'रियल लाइफ'मा कुटाइ खाएर भाग्नुपर्‍यो ।

भुवनलाई बाटो छेकेर, गाडीबाट तानेर कुट्ने व्यक्ति उनकै नयाँ 'गर्लफ्रेन्ड' का पति हुन् । सम्पत्तिका लागि आफ्नी श्रीमती शर्मिला डंगोललाई बरालेको भन्दै उनका पतिले भुवनलाई हातपात गरेका हुन् ।

दोस्री श्रीमती सुस्मितासँग सम्बन्ध तोडेको घोषणापछि भुवनले २ वैशाखमा वरदान फिल्मको मुहूर्तमा ललितपुर कुपन्डोलमा बुटिक चलाउँदै आएकी शर्मिलालाई आपनी 'लेटेस्ट गर्लफ्रेन्ड' भनेर चिनाएका थिए । उनैै 'लेटेस्ट गर्लफ्रेन्ड' का पतिले भुवनलाई शनिबार दिउँसो ११:४५ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका हुन् ।

भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन्, छेउमा भुवन थिए । तर, उनीहरूको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो ।

मोटरसाइकलमा सवार पुरुषले आक्रोशित स्वरमा शर्मिला र भुवनलाई 'गाडी रोक' भन्दै कराइरहेका थिए । शर्मिलाले ती पुरुषको आदेशको वास्ता नगरी गाडी हाँकिरहेकी थिइन् ।

केही बेरपछि ती पुरुषले गाडी अगाडि लगेर मोटरसाइकल तेस्र्याए । शर्मिलाले बाध्य भएर गाडी रोकिन् । मोटरबाइकबाट झरेर ती पुरुषले हेल्मेटले भुवन बसेको गाडीको सिसा फुटाउन थाले । आत्तिएका भुवनले सिसा खोले । यही मौकामा उनले गाडीभित्र हात छिराए र भुवनको कपाल भुत्ल्याउँदै चिच्याए, 'साले झर, तँसँग हिसाबकिताब गर्नु छ ।'

भुवन पनि 'नायक' हुन्, झट्ट किन मान्थे ? शर्मिलाले मोटरबाइक तर्काएर गाडी हाँक्न खोजिन् । तर, ती पुरुषले दिएनन् । उनी भुवनलाई समातेको समात्यै भए । त्यसपछि भुवन गाडीबाट झरे । ती पुरुषले भुवनको टाउकोमा लगातार हेल्मेटले हाने । एक, दुई, तीन । प्रत्यक्षदर्शीले ६ गन्न भ्याएका थिए, भुवन भाग्न सफल भए ।

तर, यतिन्जेल शर्मिलाका पतिले भुवनलाई हेल्मेटले मात्रै होइन, चार-पाँच मुक्का र दुई-तीन लात्ता पनि हानिसकेका थिए ।

घटनाका प्रत्यक्षदर्शी बालकोटनिवासी राजन ढुंगानाका अनुसार शर्मिलाका पतिले भुवनलाई तथानाम गाली गर्दै पिटेका थिए । भुवन भने 'यो बेबकुफ हो, यो पागल हो' भन्दै कराइरहेका थिए ।

शर्मिलाका पतिले भुवनलाई हेल्मेटले टाउकोमा हानिरहँदा भुवनले हातले छेक्ने कोसिस गरेका थिए । तर, उम्कन उनलाई झन्डै पन्ध्र मिनेट लागेको थियो । त्यसैबीच सडकछेउ रहेका ट्राफिक प्रहरी पनि 'द्वन्द्वस्थल' मा आइपुगे । ट्राफिक प्रहरीलाई भुवनले यो साले बेबकुफ हो, यो बहुलाएको छ भन्दै भागेका थिए । 'भुवन भीडबाट निस्किएर कोटेश्वर चोकतिर भागे,' प्रत्यक्षदर्शी राजनले भने ।

भुवन भाग्नुअघिसम्म भीडले के भएको हो भन्ने ठम्याउनै सकेको थिएन, गाडीले कतै दुर्घटना गराएर भागेकाले झगडा भएको होला भन्ने अनुमान मात्र थियो । तर, शर्मिलाका पतिले नै सबै कुरा बताएपछि भीड छक्क परेको थियो ।

भुवन भागेपछि शर्मिलाका पति हेल्मेट बोकेर गाडीमा चढेका थिए । उनले पत्नी शर्मिलालाई सम्झाउने कोसिस गरेका थिए । तर, शर्मिला सुन्न तयार थिइनन् । सार्वजनिक स्थलमा झगडा भएको भन्दै ट्राफिकले सो गाडी महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वर लगेको थियो ।

'पछि पनि गाडी शर्मिलाले चलाइन् । उनका पति पहिला अभिनेता भुवन बसेको सिटमा बसे । ट्राफिक प्रहरी पछाडिको सिटमा बसे,' प्रहरी वृत्तसम्म पुगेका प्रत्यक्षदर्शी राजनले भने, 'ट्राफिक प्र्रहरीमा पुगेपछि ट्राफिकले डंगोल दम्पतीको लाइसेन्स लिए । शर्मिलाको लाइसेन्सबाट ती पुरुष उनका पति हुन् भन्ने पुष्टि भएपछि प्रहरीले तत्कालै छाडिदियो ।' केही बेरपछि दुवैजना प्रहरीबाट बिदा भए ।

महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वरका प्रहरी निरीक्षक प्रेमराज जोशीले भने घटनाको विस्तृत विवरण दिन चाहेनन् । 'पति-पत्नीको झगडा रहेछ । पछि मान्छे पठाएर गाडी लगे,' उनले भने, 'हामी पुग्दा पिटाइ खाने मान्छे भागिसकेको थियो । हामीले देख्न पाएनौँ । तर, प्रत्यक्षदर्शीले अभिनेता भुवन केसी हुन् भन्दै थिए ।' यससम्बन्धमा अभिनेता भुवनसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

नयाँ पत्रिका
अरु यता >>

प्रियंका लाई केटो चाहियो !!!!!!!! K ६ B ४


नयाँ दिल्ली, वैशाख ३१ (बीबीसी) हिराका गहना मन पराउने प्रियंका चोपडासँग विहे गर्न चाहनेहरुको सूचि लामै बन्छ होला। तर प्रिंका जसको पर्खाइमा छिन त्यो उनले अझै भेटेकै छैनन्। भन्छिन्- ‘म त आजै बिहे गर्न चाहन्छु; केटो त भेटौं।' बलिउडकी बोल्ड हिरोइनलाई कस्तो वर चाहिएको होला ? ‘त्यस्तो खास केही पर्दैन', पूर्व मिस वर्ल्डले भनिन्- ‘जसले दिल र ज्यानले चाहन्छ। बस्।' प्रियंकाको माग सामान्य भए पनि उनीसँग विहे गर्नलाई कुनै वर छैन। तै पनि उनी गहनाका कुरा गर्न रुचाउँछिन्। ‘हर केटीहरुसँग जस्तै म पनि हिरा मन पराउँछु।'

एक गहनाको ब्रान्डको प्रवर्द्धनका लागि दिल्ली आएकी उनले आफ्नो गहना रोजाइ खुलस्त सुनाइन्। जहाँ प्रियंका छिन् त्यहाँ फिल्मको कुरा नउठ्ने त कुरै भएन। ‘धेरै फिल्ममा व्यस्त छु एउटा हो डन-२' उनले सुनाइन्। डन २ को सुटिङ सकाएर भर्खरै प्रियंका बर्लिनबाट फर्किएकी हुन्। शाहरुख खान, फरहान अख्तरका साथ काम गर्दा रमाइलो लागेको उनको अनुभव छ। डन २ का साथ अनुराक बसुको फिल्म बर्फीमा पनि उनले काम गरिरहेकी छन्।

Nagariknews
अरु यता >>

Wednesday, May 11, 2011

अब तपाईंको कम्प्युटरले त्यही बोल्छ जुन तपाईंले लेख्नुहुन्छ।

आज मैले तपाईंहरुलाई एउटा यस्तो अचम्मको ट्रिक्क लेख्न गइेरहेको छु जुन कि तपाईंले जे लेख्नु भयो तपाईंको कम्प्युटरले त्यही बोल्छ। यो ट्रिक्क सबै microsoft operating system मा काम गर्छ। यसको लागि तपाईं ले केही step हरु follow गर्नुहोस सफ्टवयर आफ्फै बन्नेछ। यदी तपाईंले यो सफ्टवयर तपाईंले आफ्नो साथीहरुलाई देखाउनु भयो भने तिनीहरु तपाईं सग impressed हुनेछन।यस्को लागि तपाईंले तलको step हरु follow गर्नुहोस्।

1. सुरुमा आफ्नो Notepad खोल्नुहोस् र तल दिएको कोड् कपि गरेर पेस्ट गर्नुहोस्।


Dim message, sapi
message=InputBox("What do you want me to say?","Speak to Me")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message

2. अब यो नाम speak.vbs राखेर फाइल डेस्कटप मा save गरिदिनुहोस्।

3. अब डेस्कटपमा गएर speak.vbs लाई dubbele क्लिक गर्नुहोस् र बक्स भित्र तपाईं आफ्नो कम्प्युटरले जे बोलोस भन्न चाहनुहुन्छ त्यही लेख्नुहोस्।









dipakbhattarai.blogspot.com
अरु यता >>

नवविवाहित महिलाको पतिद्वारा निर्मम हत्या

सुरेश यादव, जनकपुर, वैशाख २७- दुई महिनाअघि मात्र विवाह गरेकी एक महिलालाई उनका पतिले घाँटी थिचेर निर्ममतापूर्वक हत्या गरेका छन्। धनुषा यज्ञभूमि-५ किसानपुरका २० वर्षीय रामदुलार मण्डलले १८ वर्षीया पत्‍नी रञ्जिता मण्डललाई सोमबार राति करिब १२ बजे घरमै घाँटी थिचेर हत्या गरेका हुन्।

आफ्नै भाउजुसँग अनैतिक सम्पर्क राख्दै आएका पतिलाई सम्झाउन खोज्दा भाउजुकै सहयोगमा पत्नीको हत्या गरेको स्थानीय एक महिलाले जानकारी दिए।

रञ्जितालाई हत्या गरी रातिमै घरबाट करिब पाँच सय मिटर दक्षिण तरकारीबाली लगाइएको खेतमा जमिनमुनि पुरिदिएका थिए। घटनाबारे छिमेकमा चर्चा चलेपछि स्थानीयले प्रहरीलाई खबर गरी मंगलबार दिउँसो ११ बजे शव उत्खनन् गरिएको छ। मृतकले लगाएको सारीको केही भाग बाहिर देखिएको आधारमा शव गाडिएको ठाउँ फेला परेको स्थानीय पवन मण्डलले जानकारी दिए।

प्रहरीले मृतकका पति रामदुलार र जेठानी २८ वर्षीया सीतादेवी मण्डललाई पक्राउ गरेको छ। अहिले शवको पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याइएको छ भने पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय धारापानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा झटियाहीकी रञ्जिता गत फागुन महिनामा रामदुलारसित वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। पतिको अनैतिक व्यवहारबाट पीडित रञ्जिता र रामदुलारबीच विवाह भएको एक महिना नबित्दै खटपट शुरु भएको स्थानीयले बताए।

Nagariknews.com
अरु यता >>

Tuesday, May 10, 2011

तपाइको कम्युटर महिला हो कि पुरुष थाहा छ ?


तपाइलाई अचम्म लाग्न सक्छ कि तपाइको कम्प्युटर महिला वा पुरुष के हो भनेर छुट्टाउन सकिन्छ भन्दा । अच्चम्मा नपर्नुस् म तपाइलाई एउटा तरिका दिन्छु यो तरिका अपनाउनु भयो भने तपाइको कम्प्युटर स्त्री हो या पुरुष चिन्न सक्नुहुन्छ ।

विधी :
#सर्बप्रथम आफ्नो कम्प्युटरमा Notepad खोल्नुहोस् ( Start>>Runमा गएर notepad टाइप गरेरEnter दवाउनुस्)
#त्यहाँ यो कोड कपि गरेर पेष्ट गर्नुस् । CreateObject("SAPI.SpVoice").Speak"Hi welcome to meromaya network"
#अव त्यो फाइललाई सेभ गर्नुस्, सेभ गर्दा फाइलको नाम computer_gender.vbs दिनुहोला । (सेभ गर्न सिधै ctrl+s गर्न पनि सक्नुहुन्छ ।
#अव सेभ भएको फाइलमाDouble Click गर्नुहोस्

यदी तपाइले महिलाको आबाज सुन्नुभयो भने तपाइको कम्प्युटर 'स्त्रीजाती' हो र पुरुषको आवाज सुन्नुभयो भने 'पुरुषजाती' हो ।

चिन्नुभएन त तपाइको कम्प्युटर कुन लिङ्गको रैछ ?

Meromaya.net
अरु यता >>

Sunday, May 8, 2011

२ लाख २० हजार भोल्टको करेन्ट लाग्दा पनि जिवितै ! (फोटो फिचर सहित)

सुन्दा र पढ्दा विश्वास नलाग्न सक्छ, ५०० वाटको विजुली झट्का लाग्दा मानिस मर्ने खतरा हुन्छ । तर यदि कसैलाई २ लाख २० हजार भोल्टको करेन्ट लाग्यो भने के होला ? अनुमान गर्न सक्नुहुन्छ ?पक्कै पनि त्यो मानिस एकै सेकेन्डमा रहेन भन्नुहुन्छ, तर चीनको एक प्रान्तमा २ लाख २० हजार भोल्टको करेन्ट लाग्दा पनि एक महिला जिवितै छिन्, उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ स्थीर अवस्थामा ।

घटना ९ दिन पहिलेको हो । चीनको टाङ्गुडोङ्जियाङ शहरको एउटा विद्युत टावरमा एउटी निर्वस्त्र अधवैशे महिला जो मानसिक रुपमा अलि विरामी थिइन, चढेकि थिइन तर हाइ भोल्टेज विद्युत प्रवाह भैरहेको तारमै सुतेकि थिइन ।
झण्डै जमिनबाट २० मिटर माथी टावरमा चढेकि उनलाई करेन्ट लाग्यो तर उनी मरिनन्,
अर्धचेत अवस्थामा प्रहरीले उनलाई उद्धार गर्यो । अहिले उनलाई अस्पतालमा राखिएको छ ।
प्रहरीले गरेको उनको उद्धारको फोटो हेर्नुस् ।




kuwaitnepal.com
अरु यता >>

'पागल प्रेमी’ सभासद्ले गरिन् सडकमा तमासा


करिब २५ हजार जनताको मत प्रतिनिधित्व गर्ने सभासद् शारदा नेपालीले कसैको माया नपाएपछि 'पागल प्रेमी' बन्नुपरेको गुनासो गरेकी छन् । दुःख पोख्न उनले दिउँसै रक्सी पिएर नेपालगन्ज चोकमा तमासा गरेकी छन् ।

माले समाजवादीकी सभासद् शारदा शुक्रबार साँझ श्रीमान् रविलालसहित नेपालगन्जको पुष्पलाल चोकस्थित न्यु नेपाल गेस्ट हाउसमा बसेकी थिइन् । तर, रातभरि श्रीमान्सँग झगडा गरेर शनिबार बिहानै उनी रक्सीले लटि्ठएर सडकमा आएकी थिइन् । 'श्रीमान्बाट असुरक्षित रहेको' भन्दै उनले सडकमै श्रीमान्लाई गालीगलौज पनि गरिन् ।

सभासद् नेपाली रक्सीले मातेर अर्धबेहोस अवस्थामा थिइन् । घरी रिक्सामा बस्ने र झर्ने गरेकी उनी मोबाइलमा नम्बर डायल नै नगरी कुरा गरिरहेकी थिइन् । फोनमा धेरैजसो समय उनले मिडियालाई गाली गरिरहेकी थिइन्, बचेको समय चाहिँ उनी आफ्नै श्रीमान्लाई गाली गरिरहेकी थिइन् ।

'म बर्दियाकी सभासद् हुँ । तर, मलाई श्रीमान्बाटै असुरक्षा छ,' चोकमा जम्मा भएका पत्रकार र सर्वसाधारणसँग उनको गुनासो थियो । उनले नजिकै रहेको प्रहरी व्यायामशालाको गेटमा पुगेर सुरक्षा मागेकी थिइन् ।

व्यायामशालाको प्रहरीले खबर गरेपछि आएको जिल्ला प्रहरी कार्यालयको टोलीले ११ बजेतिर सभासद् नेपालीलाई सुरक्षा दिँदै लगेको थियो । प्रहरीसित पनि सभासद् नेपालीले आफू श्रीमान्बाट असुरक्षित रहेको बताएकी थिइन् । 'श्रीमान्/श्रीमतीबीच विवाद रहेछ,' जिल्ला प्रहरी कार्यालयका एसपी महेशविक्रम शाहले नयाँ पत्रिकासित भने ।

सभासद् नेपाली शुक्रबार बर्दियाबाट नेपालगन्ज आउँदा नै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट सुरक्षाका लागि एक प्रहरी सँगै लिएर आएकी थिइन् । तर, शनिबार बिहान उनका श्रीमान् रविलालले गाली गरेपछि प्रहरी फर्किएका थिए । त्यसपछि उनी सडकमा आएर बरबराउन थालेकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले सभासद् नेपालीलाई जानुपर्ने ठाउँतर्फ सुरक्षित पठाइदिन निर्देशन दिएपछि प्रहरीले टिकट काटेर सभासद् नेपालीलाई साँझ ६ बजेको काठमाडौं जाने बसमा चढाएको थियो । तर, बसबाट पनि ओर्लिएर उनी श्रीमान्सहित सुजेगाउँस्थित छोरीको घर गएकी छिन् । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका एक प्रहरी पनि सँगै छन् ।

सभासद् नेपालीले आफू रक्सी खाएर होइन, प्रेम नपाएर तनावमा आएको बताइन् । 'म रक्सीले मातेकी होइन, प्रेम नपाएर पागल बनेकी हुँ, म पागल प्रेमी हुँ,' शनिबार राति उनले नयाँ पत्रिकासित भनिन् ।

उनले आफूले धेरै माया गरेको श्रीमान्बाटै असुरक्षित भएको पनि बताइन् । 'मैले श्रीमान्लाई धेरै माया गरेँ, तर मैले माया पाउन सकिनँ,' उनले भनिन् । श्रीमान्ले आफूसित सात लाख रुपैयाँ मागेर तनाव दिएको पनि उनले बताइन् ।

Naya patrika
अरु यता >>

Friday, May 6, 2011

टाइसुटमा सजिएर लुटपाट र ठगी

काठमाडौँ, वैशाख २१ गते । राजधानीमा लुटपाट, चोरी, डकैती र ठगीका अपराधहरू एकपछि अर्कोसँगै रोचक र रहस्मयढङ्गले हुने गरेका छन् । यस्तो ठगीधन्दा पनि सामान्य व्यक्तिले चर्चित होटल तथा रेष्टुराको नाममा गर्ने गरेको पाइएको छ ।

होटल तथा रेष्टुराको कर्मचारी हुँ भन्दै सुरुमा सरसामानको 'अर्डर' लिएर जाने ठगहरूले अडर्र अनुरूप सामान तयार भएपछि भाडाको ट्याक्सी तथा गाडी नै प्रयोग गरी होटल तथा रेष्टुराको आगमनमा ल्याई रोचक ढङ्गले व्यापारी तथा उद्योगी व्यवसायीलाई ठग्ने गरेको बताइएको छ ।

त्यस्तै, ठगीधन्दामा संलग्न दुईजना अभियुक्तलाई बुधबार पक्राउ गर्न सफल महानगरीय प्रहरी प्रभाग दरबारमार्गले अन्नपूर्ण होटलका लागि भन्दै भक्तपुर इनाचोस्थित हरिकृष्ण ताम्राकारबाट १२५ वटा कासा -चरेस) को थाल ठगी तथा चोरी गरी फरार ती अभियुक्तलाई सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे धुसिनी घर भई हाल कालिमाटी बस्ने ३४ वषर्ीय राजु चौलागाइर्ं र तनहुँ गेरलुङ घर भई हाल बागबजार बस्ने ४० वषर्ीय भीम अधिकारी रहेका छन् । यी अभियुक्तहरूले सर्वसाधारणलाई रोचक र रहस्यमय ढङ्गले ठगी तथा लुट्ने गरेको पीडितहरूले बताएका हुन् ।

पीडित ताम्राकारका अनुसार केही दिनअघि टाइसुटमा चिटिक्क परेर आएका ती दुईजनाले होटल अन्नपूर्णका लागि भन्दै तत्कालै १२५ वटा कासाको थालको माग गरी पाँच सय रुपियाँ अगि्रम बैना बुझाएका थिए । सोही बैना अनुरूप गत मङ्गलबार थाल लिन भक्तपुर पुगेका अभियुक्तहरूले ताम्राकारलाई होटल अन्नपूर्ण परिसरमै पुर्‍याएर ठगेका हुन् ।

थालको मोलमोलाई गर्ने क्रममा एक लाख ८० हजार रुपियाँको बिल बनेपछि अभियुक्त दुवैजनाले पैसा होटलबाटै चुक्ता हुन्छ भन्दै ताम्राकारलाई ट्याक्सीमा चढाएर होटल अन्नपूर्ण पुर्‍याएका थिए । होटल आँगनमा ट्याक्सी पार्किङ गर्ने क्रममा एकजनाले ताम्राकारलाई एकाउन्ट सेक्सनमा जाउँ भन्दै होटलभित्र छिराएका थिए भने एकजना ट्याक्सीभित्रै बसेका थिए ।

पीडित ताम्राकार घटना विवरण सुनाउँदै भन्नुहुन्छ, तपाइर्ं यहीँ बस्नुहोस् भनेर मलाई 'सोफासेट'मा बस्न लगाएर गएको आधा घण्टा बितिसक्दा पनि त्यो व्यक्ति नआएपछि बाहिर आउादा थाल बोकेको ट्याक्सी पनि छैन । धन्न ट्याक्सी नम्बर थाहा भएकाले तत्कालै प्रहरीलाई खबर गरेपछि ट्याक्सी पक्राउ परेको उहाा बताउनुहुन्छ ।

प्रहरी प्रभाग दरबारमार्गले ट्याक्सी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा थाल सुन्धारामा झारेको सूचना दिएपछि ती थालहरू एउटा होटलमा राख्न लगाएर ग्राहक खोज्न हिाडिरहेको अवस्थामा ती अभियुक्तहरू पक्राउ परेका हुन् । प्रभागका प्रहरी निरीक्षक कृष्ण कोइराला ठगी र लुटपाट नाटकीय शैलीमा हुने गरेको बताउनुहुन्छ ।

ती दुईजनाले यसअघि पनि धेरैजनालाई लुटपाट तथा ठगी गरिसकेको दाबी प्रहरीको छ । सात दिनअघि होटल हायातका लागि भन्दै मच्छिन्द्र बहालस्थित एक व्यापारीबाट समेत यही समूहले ११० वटा थाल ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । प्रहरी निरीक्षक कोइराला ती दुईजना पेसेवर ठग भएको बताउनुहुन्छ ।

यसअघि होटल याक एण्ड यतिका लागि भनेर बल्खु खसी बजारबाट ल्याइएका आठवटा खसी र ग्यासको सिलिन्डर बोकेको गाडी चोरी तथा ठगीमा समेत ती अभियुक्तहरूको संलग्नता रहेको जनाएको छ । सो समूहले यसअघि होटल याक एण्ड यतिको गेटमा खसी पुर्‍याई पैसा लिन जाउा भन्दै खसी साहुलाई होटलभित्र बस्न लगाई फरार भएका थिए ।

गोरखापत्र
अरु यता >>

Thursday, May 5, 2011

भुवनकी ‘नयाँ गर्लफ्रेन्ड’का श्रीमानले गुहारे पुलिस


नायक भुवन केसीले आफ्नी नयाँ गर्लफ्रेन्ड भन्दै परिचय गराइएकी शर्मिला डंगोलका यसअघि नै श्रीमान र दुई छोरी रहेको खुलासा भएको छ ।

शर्मिला र भुवनवीचको सम्बन्धबारे मिडियामा चर्चा आएपछि उनका पति रन्तसिंह डंगोलले शर्मिलाबिरुद्ध प्रहरीमा उजुरी गरेका छन् । आफ्नो सम्पूर्ण सम्पत्ति शर्मिलाको नाममा रहेकाले त्यसको सुरक्षा गर्न भन्दै डंगोलले ललितपुर प्रहरीमा उजुरी दिएका हुन् । डंगोलको उजुरीपछि ललितपुर प्रहरी परिसरले शर्मिलालाई मंगलवार पक्राउ गरेको छ । दिनभर प्रहरी नियन्त्रणमा रहेकी शर्मिलालाई राती पतिकै जिम्मा छाडिएको थियो । यस्तै बुधबार पनि प्रहरीले शर्मिलासँग बयान लिएको छ ।

प्रहरीस्रोतका अनुसार रत्तसिंहले आफ्नो सम्पत्ति सुरक्षाको माग गर्दै उजुरी दिएपछि प्रहरीकै रोहवरमा रत्न र शर्मिलावीच वार्ता भएको थियो । शर्मिलाले आफ्नो नाममा रहेको सवै सम्पत्ति एकसाताभित्र पति रत्न,आफु र दुई छोरी गरि चार भाग लगाउने वाचा गरेकी छन् । छलफलमा शर्मिला र रत्नवीच सम्पत्ति बाँडफाँड र सम्बन्धबिच्छेदको लिखित सहमति भएको छ ।

यो सहमतिपछि प्रहरीले शर्मिलाको नाममा रहेको बैंक खाता रोक्का लागि राष्ट्रबैंकसंग प्रकृया थालेको छ । शर्मिलाको साथमा रहेको रत्नको सम्पत्ति हिनामिना हुनसक्ने भएकाले खाता रोक्का गर्न लागिएको बताइएको छ ।

onlinekhabar.com
अरु यता >>

सभासदले कति-कति पढेका ?


संबिधान लेखन प्रक्रिया, देशको एउटा मूल कानून बनाउने कार्य भएकोले हामीले यहाँ कानुन बिषय र अन्य बिषयलाई छुट्टाई प्रस्तुत गरेका छौं। ल जान्नुहोस संबिधानसभामा प्रतिनिधित्व भएको औपचारिक शैक्षिक योग्यताको ब्रिस्तित विवरण :

बिद्धाबारिधि (Ph.D.) तर्फ :

* सैन्य बिज्ञान : १ जना
* ईन्जीनियरिंग : १ जना
* ब्यबस्थापन : २ जना
* समाजशास्त्र : १ जना
* अर्थशास्त्र : ७ जना
* राजनीतिशास्त्र : १ जना
* बौद्ध फिलोसोफी : २ जना
* मनोविज्ञान : १ जना
* बायो- क्यामेष्ट्री : १ जना कूल Ph.D : १७ जना

मेडिकल (M.D.) तर्फ :

* मेडिकल : २ जना

स्नातकोतर तर्फ :

* अन्य तर्फ : १०९ जना
* कानुन तर्फ : ५ जना कूल स्नातकोतर : ११४ जना

( अन्य बिषयमा स्नातकोतर गरेका तर कानुनमा पनि स्नातक गरेका
व्यक्तिहरुको विवरण यहाँ दोहोरिएको छ। यसलाई सोहि बमोजिम बुझ्नुहोला। )

स्नातक तर्फ :


* अन्य तर्फ : १४६ जना
* कानुन तर्फ : ४५ जना कूल स्नातक : १९१ जना

( अन्य बिषयमा स्नातकोतर गरेका तर कानुनमा पनि स्नातक गरेका
व्यक्तिहरुको विवरण यहाँ दोहोरिएको छ। यसलाई सोहि बमोजिम बुझ्नुहोला। )

प्रविणता प्रमाण पत्र तह तर्फ :


* अन्य तर्फ : १०२ जना
* कानुन तर्फ : ४ जना कूल प्रविणता प्रमाण पत्र : १०६ जना

माध्यमिक तह तर्फ :


* कक्षा ९ ,१० र SLC तर्फ : १२७ जना

साधारण तर्फ :

* साधारण साक्षर : ६९ जना

साभार : 'माननीय सभासद' नामक ऐतिहासिक पुस्तकबाट
अरु यता >>

Wednesday, May 4, 2011

letter to Bill Gates,

Dear Mr Bill Gates,

This letter is from Sunil Adhikari from Kathmandu. We have bought a computer for our home and we encountered some problems, which I want to bring to your notice.

1. After connecting to internet we planned to open e-mail account and whenever we fill the form in Hotmail in the password column, only ****** appears, but in the rest of the fields whatever we typed appears, but we face this problem only in password field.

We checked with hardware vendor Ram krishna and he said that there is no problem in keyboard. Because of this we open the e-mail account with password *****.

I request you to check this as we ourselves do not know what the password is.

2. We are not able to enter anything after we click the 'shut down 'button.

3. There's a button 'start' but there is no "stop" button. We request you to check this.

4. We find there is 'Run' in the menu. One of my friend clicked 'run' has ran up to Amritsar! So, we request you to change that to "sit", so that we can click that by sitting.

5. One doubt is that any 're-scooter' available in system? As I find only 're-cycle', but I own a scooter at my home.

6. There is 'Find' button but it is not functioning the right way. My wife lost the door key and we tried a lot for tracing the key with this ' find',but not able to trace. Is it a bug??

7. Every night I am not sleeping as i have to protect my 'mouse' fromCAT, So i suggest u to provide one DOG to protect from the cat.

8. Please confirm when u are going to give me money for winning 'HEARTS' (playing cards in games) and when are you coming to my home to collect ur money.

9. My child learn 'Microsoft word' now he wants to learn 'Microsoft sentence', so when u will provide that?

10. Hey, I brought computer, cpu, mouse and keypad there is only one icon with 'MY Computer', where is remaining ?

11. And in 'MY Pictures' there is not even single photo of mine, So when u will keep my photo in that.

Thanks
Sunil Adhikari
अरु यता >>

लादेनपछिको विश्वका चुनौती



वासिङटन डिसी (एजेन्सीहरू)- टाइम म्यागेजिनका संवाददाता टोनी क्यारन २००१ डिसेम्बरमा दक्षिण अफ्रिका घुम्न जाँदै थिए। सम्पादकले भने, 'बिदामा बस्नुअघि ओसामा बिन लादेनको अबिच्युरी (समवेदना-लेख) लेखेर जानू।'

उनलाई डर थियो, कतै टोनी केपटाउनको समुद्री तटमा सयर गरिरहेका बेला अफगानिस्तानमा अमेरिकी सेनाको आक्रमणबाट लादेन मारिए भने! सम्पादकले भनेअनुसार लादेनको अबिच्युरी लेखेर टोनी छुट्टी मनाउन निस्के। तर, त्यो लेख पाठकसम्म पुग्न १० वर्ष लाग्यो। त्यो पनि उनकै संस्मरणका रूपमा मात्र।
सोमबार बिहान पाकिस्तानको एबट्टाबादको एउटा सुरक्षित र सुविधासम्पन्न घरमा अमेरिकी सेनाले गरेको आक्रमणमा अमेरिकाका 'मस्ट वान्डेट आतंकवादी' ओसामा बिन लादेन मारिए। त्यसलगत्तै टोनीले टाइम डट कममा आफूले दस वर्षअघि लेखेको अबिच्युरीका अंशसहित घटना विश्लेषण गरेका छन्। उनले लेखेका छन्, 'त्यो बेला लादेन पक्राउ पर्नु वा मारिनुलाई अमेरिका र आतंकवादविरुद्धको युद्धमा निर्णायक घडी भन्न सकिन्थ्यो, तर आज यो घटना समग्र आतंकवादविरोधी लडाइँको एउटा सानो प्रसंगभन्दा बढी केही होइन।'

बिन लादेनको मृत्युपछि विभिन्न कोणबाट घटना विश्लेषण गरिरहेका अमेरिकी, युरोपेली तथा अन्य अन्तर्राष्ट्रिय अखबारमा टोनीको विचारसँग मिल्दोजुल्दो विश्लेषण बढी प्रवाह भइरहेको छ।

सेप्टेम्बर ११ मा अमेरिकामाथिको आतंककारी हमलापछि संसारभरि अलकायदाको परिचय शिरमा सेतो फेटा गुथेका, लामो कालो दारी र जुंगा पालेका, लाम्चो अनुहारका व्यक्तिको तस्बिरसँग आएर जोडिन पुग्यो। बेलाबेला अलजजिरालगायत अरबी टेलिभिजन च्यानलमार्फत् भिडियो सार्वजनिक गरेर अमेरिका र अमेरिकीविरुद्ध 'जेहाद' घोषणा गर्ने तिनै व्यक्ति थिए, ओसामा बिन लादेन।

यसबीच लादेन अफगानिस्तानको तोराबोरा क्षेत्रको गुफामा लुकेर बसेका छन् भन्ने शंकाका आधारमा अमेरिकी सेनाले बम खसाल्यो। त्यही बमबारीमा लादेन मारिएको प्रचार पनि भयो। तर, उनी सुटुक्क अफगानिस्तानको सीमा नाघेर पाकिस्तान छिरिसकेछन्।
यसबीच अमेरिका र उनको समर्थक नेटो सैनिक गठबन्धनको टोली अलकायदा भनेको लादेनमात्रै हो भनेजस्तै गरी उनको पछाडि कुदिरह्यो। उता अलकायदाका यी नेतालाई इस्लामिक कट्टरपन्थीहरूका साथै अमेरिकाप्रति अलिकति पनि मनमा द्वैष भएकाहरूले 'हिरो'जस्तै ठाने। लादेनको तस्बिरअंकित टिसर्टले चे ग्वेभाराजत्तिकै तहल्का पिट्यो।
तर, यी सब हिजोका कुरा हुन्। आज अलकायदाको परिचय लादेनको व्यक्तित्वमा निर्भर छैन, त्योभन्दा माथि उठिसकेको छ। उतिबेला आतंकवाद भनेकै लादेन भन्ने थियो, अहिले लादेनको सोच र राक्षसी योजनाहरूलाई कार्यान्वयनमा ल्याउन एउटा ठूलो जत्था शारीरिक र मानसिक रूपमा तयार भएर बसेको छ, जो 'इस्लामिक जेहाद' का नाममा आफ्नो ज्यान 'उत्सर्ग' गर्न तयार छन्।

त्यही भएर टोनी लेख्छन्, 'ओसामाको मृत्युले अमेरिका र उसका सहयोगी देशहरूको चुनौती अलिकति घटाएकोमात्र छ, अन्त्य गरेको छैन।'

अमेरिकी राष्ट्रपति बाराक ओबामाको भाषणमा पनि यो आशंका केही हदसम्म झल्किएको छ। दोस्रो कार्यकालका लागि चुनावी दौडाहा सुरु गरिसकेका ओबामाले टेलिभिजन सन्देशमार्फत् लादेन मारिएको खबरसहित 'हामीले न्याय गर्‍यौं' भन्ने उद्घोष गरेर अमेरिकीहरूलाई रातारात विजयोत्सव मनाउन सडकमा त ओराले, सँगसँगै यो पनि भन्न चुकेनन्, 'हामीले अझै पनि देशभित्र र बाहिर सतर्क रहनुपर्छ।'

ओबामाको भाषणको यो अंशलाई न्यूयोर्क टाइम्सको सम्पादकीयमा 'खतरा टरिसकेको छैन भन्ने सन्देशसहितको महŒवपूर्ण चेतावनी' भनी टिप्पणी गरिएको छ। 'हामी अलि खुकुलोसँग सास फेर्न सक्ने भएका छौं, तर अतिवादीविरुद्धको लडाइँको अन्त्यबाट आज पनि निकै टाढा छौं भन्ने हामीले बिर्सनु हुँदैन,' सम्पादकीयमा भनिएको छ, 'अलकायदाले प्रतिशोधपूर्ण आक्रमण गर्नसक्छ वा अन्य समूहले उनीहरूको बढ्दो शक्तिमा खेल्ने प्रयास गर्न सक्छन्।'

हुन पनि अलकायदा र तालिबानले लादेन मारिएको पुष्टि गर्दै यसको बदलामा अमेरिकी र पाकिस्तानले आगामी दिनमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइसकेका छन्। यी दुवै देशका उपल्लो दर्जाका नेताहरूको 'सफाया' गर्ने घोषणा अलकायदा र तालिबानले गरेका छन्। यसले लादेनको मृत्यु आतंकवादविरोधी लडाइँको एउटा सानो कडीमात्र भएको छर्लंग पार्छ।

अर्को अमेरिकी दैनिक 'वासिङटन पोस्ट'को सम्पादकीयमा पनि यो हमलाको व्यवहारिक महŒव राजनीतिक तथा नैतिक महŒवसँग मेल खाँदैन भनी टिप्पणी गरिएको छ। त्यसमा भनिएको छ, 'सेप्टेम्बर ११ पछि अमेरिकाले दक्षिण एसियामा जुन समस्या झेल्दै आएको थियो, त्यसको एक दसकपछि बिन लादेनमाथिको कारबाहीले त्यो अझ गहिरिनसक्छ।'


'लादेनको मृत्युले अलकायदाको कारबाही कुन हदसम्म प्रभावित हुनेछ स्पष्ट भइसकेको छैन। पछिल्ला वर्ष धेरैले अनुमान गरेजस्तै अलकायदाले योजना र कार्यान्वयन गर्ने आतंककारी गतिविधिमा बिन लादेन प्रत्यक्ष रूपमा संलग्न थिएनन् भन्ने साँचो हो भने उनी अलकायदाका निम्ति पहिल्यै मरेतुल्य भइसकेका रहेछन्। त्यसमा उनको मृत्युले वास्तवमा अलकायदालाई घाटाभन्दा फाइदै बढी हुनसक्छ। चे ग्वेभारा र लियोन ट्रत्स्कीजस्तै दुश्मनको हातबाट मारिएकाले उनी आफ्ना लडाकु साथीहरूमाझ अझ ठूलो प्रेरणा बनेर जीवित रहनसक्छन्। त्यसैले, आतंकवादविरुद्धको कारबाहीले केही हदसम्म कमजोर भए पनि अलकायदा अझै चुनौतीपूर्ण संगठन हो, जसका सयौं सहयोगी संस्थाहरू पाकिस्तानमा क्रियाशील छन्। र, त्यत्तिकै संख्याका स्वायत्त शाखाहरू यमन, उत्तर अफ्रिका र युरोपमा सक्रिय छन्। उनीहरूले आफ्ना संगठनका संस्थापक नेताको मृत्युको बदला लिनसक्ने ठूलो सम्भावना रहेकाले आगामी साता र महिनाहरू थप खतरापूर्ण हुनसक्छन्।'
वासिङटन पोस्टको यो सम्पादकीयलाई अमेरिकी राष्ट्रपतिका आतंकवादविरोधी सल्लाहकार जोन ब्रोनानको अभिव्यक्तिले पनि केही हदसम्म पुष्टि गर्छ। उनले भनेका छन्, 'लादेन एबट्टाबादस्थित घरबाट पछिल्लो पाँच वर्षयता एकचोटि पनि बाहिर निस्केको संकेत फेला परेको छैन।' तर, यसबीच संसारका विभिन्न ठाउँमा अलकायदाले आतंककारी गतिविधि जारी राख्यो। यसले अलकायदाका कारबाहीहरूमा वास्तवमै लादेनको भूमिका घट्दै गएको थियो वा थिँदै थिएन भन्ने संकेत गर्छ।

अर्कोतिर, अमेरिकी सेनाले लादेनको मृत्युलगत्तै उनको शव समुद्रमा बगाउनुका पछाडि पनि लडाकुमाझ उनी प्रेरणाको स्रोत बन्नसक्ने डरले काम गरेको हुनसक्छ। उनको शवलाई इस्लामिक परम्पराअनुसार कुनै निश्चित ठाउँमा गाडिएको भए, त्यो ठाउँ पछि गएर अलकायदाका लडाकु, समर्थक वा अन्य कट्टरपन्थी इस्लामिक संगठनहरूको निम्ति एउटा महŒवपूर्ण 'तीर्थस्थल' बन्नसक्थ्यो। जहाँ उभिएर नयाँ लडाकुहरू इस्लामिक जेहादका नाममा बन्दुक उठाएर संसारभरि आतंक मच्चाउने बाचामा बाँधिनसक्थे। त्यसो भइदिएको खण्डमा लादेनको मृत्यु वास्तवमै अमेरिका वा शान्ति चाहने विश्व समुदायको निम्ति जीत होइन, ठूलो हार हुने थियो। यही सम्भावनायुक्त भय टार्न अमेरिकी सेनाले हतारहतार उनको शवलाई समुद्रमा बगाएको आंकलन गरिएको छ, ताकि उनको नाममा कुनै स्मृतिस्तम्भ खडा हुन नपाओस्।

वासिङटन पोस्टको सम्पादकीयले त्यही भएर 'लादेनको मृत्युकै आधारमा अमेरिकी प्रशासन वा कंग्रेसले अफगानिस्तानबाट फर्कने निर्णय गर्नु घातक हुने' टिप्पणी गरेको छ। 'ओबामाले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना कुन हदसम्म फिर्ता गर्ने भन्नेबारे छिट्टै निर्णय लिनेछन्। केही विश्लेषकहरूको तर्क हुनसक्छ, लादेनको मृत्युपछि अफगानिस्तान युद्धको उद्देश्य 'अलकायदाको पराजय'को अभियान पुरा भयो। तर, आज अलकायदा मात्र वा ऊ एक्लो प्रमुख खतरा हुँदै होइन। यहाँ तालिबान कारबाहीको अर्को खतरा पनि छ, जो सोमबार बिन लादेनको मृत्युमा शोक मनाइरहेका थिए। बदलिँदो परिवेशमा अफगानिस्तान, पाकिस्तान वा दुवै देशमा आफ्नो नियन्त्रण जमाउन तालिबान सफल हुने सम्भावना पनि उत्तिकै छ,' सम्पादकीयमा उल्लेख छ।

वासिङटन पोस्टले लेखेअनुसार बिन लादेन जुन घरमा बसिरहेका थिए, त्यसैबाट पनि पाकिस्तानका अगाडि चुनौती तेर्सिएको स्पष्टै देखिन्छ।

सन् २००५ मै त्यो घर निर्माण भएको थियो। त्यो पाकिस्तानको सैन्य क्याम्प नजिकै थियो। पाकिस्तानका केही विश्लेषकले भनेका छन्, पाकिस्तानी सेनालाई बिन लादेनको यो बसाइबारे पहिल्यै थाहा थियो कि थिएन भन्न गाह्रो छ। ह्वाइट हाउसका आतंकवादविरोधी सल्लाहकार ब्रेनानले पनि सोमबार भनेका थिए, 'लादेन बसेको ठाउँले धेरै प्रश्न जन्माउँछ।'
हुन त पाकिस्तान सरकारले आफ्नै देशको मध्यभागमा रातारात विदेशी सेनाबाट भएको हवाई र स्थल आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरिसकेको छ। तैपनि, लादेनलाई एबट्टाबादमा वर्षौंदेखि सुरक्षित आश्रय दिएर राख्नमा पाकिस्तानको संलग्नता सोझै नकार्न वा त्यसलाई कार्पेटमुनि लुकाएर राख्न सकिँदैन भनी वासिङटन पोस्टले टिप्पणी गरेको छ।
पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीले भने मंगलबार वासिङटन पोस्टमै लेख लेखेर लादेनलाई लुकाएर राख्नमा पाकिस्तानको भूमिका हुनसक्छ भन्ने शंकाको खण्डन गरिसकेका छन्। 'यो संयुक्त हमला थिएन, तर अमेरिका र पाकिस्तानको एक दसक लामो सहकार्य र साझेदारीबाटै ओसामा बिन लादेनको अन्त्य सम्भव भएको हो,' जर्दारीले भनेका छन्, 'अलकायदाको सन्देशवाहक पहिचान गर्नमा पाकिस्तानले गरेको सहयोगबाट यो नतिजा आएको हो। हामीलाई यसमा सन्तुष्टि छ।'

पाकिस्तानले आतंकवादविरुद्ध अडानका कारण आफूले ठूलो मूल्य चुकाउनुपरेको उनले बताएका छन्। 'नेटो सैनिक टोलीले समग्र रूपमा बेहोरेको नोक्सानभन्दा हाम्रा सैनिक बढी मारिएका छन्। दुई हजार प्रहरी, ३० हजारभन्दा बढी निर्दोष नागरिक र सामाजिक रूपान्तरणमा भूमिका खेल्नसक्ने पुस्ता हामीले गुमाएका छौं।

'र, मेरो लागि बिन लादेनविरुद्धको न्याय राजनीतिकमात्र होइन, व्यक्तिगत पनि हो। किनकि, यी आतंकवादीले हाम्रा ठूला नेता र मेरा छोराछोरीकी आमा (बेनजिर भुट्टो) को हत्या गरेका थिए। दुईचोटि मेरी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए। सन् १९८९ मा उनको पहिलो सरकार गिराउनका लागि अविश्वासको प्रस्ताव ल्याउनमा उनले ५ करोड अमेरिकी डलर खन्याएका थिए। मेरी श्रीमती सधैं भन्ने गर्थिन्, उनी बिन लादेनको सबभन्दा तारो हुन्, किनकि उनी प्रजातान्त्रिक रूपमा निर्वाचित, प्रगतिशील, बहुलवादी र सबभन्दा महŒवपूर्ण कुरा महिला नेतृ थिइन्। उनको त्यो अनुमान सही साबित भयो। उनले आफ्नो ज्यान दिएर त्यसको मूल्य चुकाइन्।

जर्दारीले ओबामाको भाषणलाई पाकिस्तान सरकारले अनुमोदन गर्नुका साथै सोमबारको हमलालाई लिएर पाकिस्तानलाई पनि जस दिइएकोमा धन्यवादज्ञापन गरेका छन्। उनले भनेका छन्, 'हामीले यो लडाइँ जितिसकेका छैनौं, तर हामी अब यसको अन्त्यको सुरुवात स्पष्टसँग देख्न सक्छौं।'

'हामी त्यो सबै थोक हासिल गर्नसक्छौं, जसलाई लिएर अलकायदा र तालिबान त्रसित हुन्छन्- आधुनिक इस्लामिक भविष्यको अवधारणा। हाम्रा जनता, हाम्रो सरकार, हाम्रो सेना र हाम्रा गुप्तचर निकायहरू सबै एकजुट छन्। कोही यसलाई सत्य मान्दैनन् भने उनीहरू गलत छन्। पाकिस्तान एकगठ छ,' उनको लेखमा छ।

यसबीच भारतले पाकिस्तानी भूमिमा लादेन मारिएको घटनाबाट पाकिस्तानमा विभिन्न आतंकवादी समूहले सुरक्षित आश्रय पाउँदै आएको पुष्टि गर्ने बताएको छ।

लादेनको मृत्युबारे प्रतिक्रिया दिँदै गृहमन्त्री पी चिदम्बरमले मुम्बईमा भएको आतंकवादी हमलामा संलग्न, त्यसका सञ्चालक र नियन्त्रक आतंकवादीहरू अझै पाकिस्तानी भूमिमा सुरक्षित रहेको बताए। 'सोमबार बिहानै अमेरिकी सरकारले पाकिस्तानको भित्री भागमा ओसामा बिन लादेन मारिएको खबर नयाँ दिल्लीलाई दियो,' उनले भने, 'यसबाट हामीले लामो समयदेखि उठाउँदै आएको कुरा पुष्टि हुन्छ। विभिन्न संगठनमा आबद्ध आतंकवादीले पाकिस्तानी भूमिमा आश्रय पाइरहेका छन्।'

भारतको अंग्रेजी दैनिक 'टाइम्स अफ इन्डिया'को सम्पादकीयमा यो घटनालाई 'ऐतिहासिक' भनिए पनि अलकायदा वा अन्य जेहादी आतंकवादी संगठनको अन्त्य भएको अनुमान गर्नु हतार हुने उल्लेख छ। आगामी दिनमा सुरक्षा व्यवस्था अझ सतर्क राख्नुपर्ने सम्पादकीयमा लेखिएको छ।

टाइम्स अफ इन्डियाको सम्पादकीयअनुसार लादेनको मृत्युले अफगानिस्तानको सुरक्षा स्थितिमा थप प्रभाव पार्नसक्छ। अमेरिकी सैनिक-गुप्तचर निकायले लामो समयदेखि अफगानिस्तानमा आफ्नो मुख्य निसाना अलकायदा भएको बताउँदै आएको थियो।
ओबामाले अब लादेनको मृत्युपछि सन् २०१२ को राष्ट्रपति निर्वाचनको सन्दर्भमा अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती प्रक्रियालाई तीव्रता दिन सक्छन्। यसले भारतलगायत यो क्षेत्रकै सुरक्षा व्यवस्थामा थप जटिलता उत्पन्न हुनसक्ने उसको भनाइ छ।

'लादेनको मृत्युपछि उत्पन्न हुनसक्ने स्थितिमा भारतीय कूटनीतिले काम गर्नुपर्छ,' सम्पादकीयमा छ, 'बिन लादेन मर्न सक्छन्, तर आतंकवादको विश्वव्यापी खतरा जारी रहनेछ।'
Nagariknews
अरु यता >>

Tuesday, May 3, 2011

ओसामा बिन लादेन

आतंकवादी यात्रा


ओसामा बिन लादेनको १० मार्च १९५७ मा साउदी अरबको एक धनी परिवारमा जन्मे । मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी । मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन् । उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो । जब लादेनका बाबुको १९६८ मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे ।
साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजिकिए ।
अनेकाँै बहस र अध्ययनपछि पश्चिमी देशमा बढेको सामाजिक र पारिवारिक मूल्यको पतनविरुद्धमा देखापरे । त्यसअघि आफ्नो परिवारसँग युरोप घुम्न जाँदा 'फेसेनेबेल ड्रेसअपु मा देखिएका थिए । तर जब १९७९ मा सोभियत संघले अफगानिस्तानमाथि हमला गर् यो ओसामाले सुख-सुविधाको जीवन त्यागे र मुजाहिद्दिनसँग हात मिलाए ।

१९९४ मा अमेरिकी दबाबका कारण साउदी अरबले उनको नागरिकता खारेज गरेको थियो । त्यसपछि उनी सुडान हँुदै १९९६ पुनः अफगानिस्तान पुगे ।
१९९८ मा केन्या र तान्जानियाका अमेरिकी दूतावासमा भएको बम हमलामा दुई सय २४ मारिए भने पाँच हजार घाइते भए । अमेरिकाले त्यो हमलाको मुख्य योजनाकार बिन लादेन भएको अमेरिकाले आरोप लगायो ।
यसपछि अमेरिकाले ओबामालाई दुस्मनका रुपमा हेर्न थाल्यो । अमेरिकी गुप्तचर संगठनले उनलाई समाप्त गर्न दुई करोड पचास लाख अमेरिकी डलरको पुरस्कार राशिसमेत तोक्यो ।
पूर्वी अफगानिस्तानमा ६ प्रशिक्षण शिविरमा अमेरिकाले ओसामालाई मार्न ७५ वटा क्रुज मिसाइल हान्यो तर एक घन्टाअगावै बिन त्यहाँबाट फरार भइसकेका थिए ।
विन अपि्रुकामा बम विस्फोट १९९३ मा वल्र्ड ट्रेड सेन्टरमा बम विस्फोट १९९५ मा रियादमा कार बम विस्फोट र साउदी अरबमा ट्रक बम हमलाको दोषी पाइए ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टर ध्वस्त पारेपछि बिन लादेन विश्वका सबै मानिसले चिन्ने पात्र भइसकेका थिए ।त्यो हमलापछि बिन लादेन अनेकौँ पश्चिमी देशका लागि अन्तर्राष्ट्रिय आतंकवादी थिए भने केही मानिसका लागि इस्लाम धर्ममा श्रद्धा राख्ने महान् नायक पनि । उनले जिहादको नाममा विश्वका महाशक्ति राष्ट्रलाई तसा्रइरहे ।

हिटलर र लादेनको अन्त एकै दिनअफगानिस्तानमा अरबी मानिससँग मिलेर अभियान चलाउने समयमा उनले अलकायदाको मूल संगठन स्थापना गरे । अफगानिस्तानबाट फर्केपछि उनले साउदी अरबका शासकको विरोध गर्नसमेत भ्याए । ओसामा भन्थे ुसाउदी अरबको शासकले नै अमेरिकी सेनालाई साउदी अरबमा िभœयाएका हुन् ।ु मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितिलाई लिएर असन्तुष्ट लादेनले १९९८ मा अमेरिकाको विरुद्धमा युद्धको घोषणा गरेका थिए ।

दोस्रो विश्वयुद्धमा युरोपलाई तहस-नहस बनाउने योजनाकार जर्मन तानाशाह हिटलर र बिन लादेनको मृत्यु एकै दिन भएको छ । हिटलरको पनि मे १ मा मृत्यु भएको थियो । कतिले यसलाई संयोग मानेका छन् भने उनीहरुको अन्त्यलाई सत्यको विजय ठानेका छन् । मानव विनाश र आतंकारी कदम रच्ने दुवै उस्तै नियतधारी हुन् ।
दोस्रो विश्वयुद्धमा जर्मनीको नराम्रो हार भएपछि हिटलरले आत्महत्या गरेका थिए । १९४५ मे १ मा उनको मृत्युको खबर सार्वजनिक भएको थियो । उनले ३० अपि्रलको दिन आत्महत्या गरेको दाबी गरिन्छ । बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानको राजधानी इस्लामावादबाट एक सय ५० किलोमिटर दूरी रहेको एबटावादमा मारेको जनाइएको छ । अमेरिकी साचारमाध्यमले राष्ट्रपति बाराक ओबामाको हवाला दिँदै स्थानीय समयअनुसार रातको साढे ११ बजे बिन लादेन मारिएको घोषणा गरेका छन् । अब अमेरिकाको टाउको दुखाइ कम भए पनि आतंवादविरुद्धको कारबाही अन्त्य भने नभएको जनाएका छन् । लादेनको खोजी अमेरिकी र नेटोका सेनाले गरिरहेका थिए ।
ज्योतिषशास्त्रीहरुले मारिने दिन दशा ठीक नभएको बताएका छन् । मे १ र २ मा लादेनको मीन राशीलाई ठीक थिएन । आइतबार राति मीन राशीसँग चार ग्रह रहेकाले त्यसबाट बन्न ुचतुगर््रहीु योगलाई अशुभ मानिन्छ । मीन राशीमा बुध शुक्र मंगल र वृहस्पति एकसाथ छन् । मीनमा रहेको मंगल उग्र हुनुलाई ज्योतिषहरुले िहंसाको कारक माने । ज्योतिषशास्त्रका अनुसार वृहस्पतिलाई धर्मी ग्रह मान्ने गरिन्छ । वृहस्पति सँगै मीन मिलेको योग नै लादेनका लागि खराब थियो । उनीहरुको भनाइ छ ुत्यही नै उनको मृत्यु कारक बन्यो ।ु
यसरी थालियो महलमा कारबाही
इस्लामावादबाट ५० किलोमिटर उत्तर-पूर्व ऐबटावादमा आइतबार अचानक एउटा हेलिकोप्टर देखियो । जुन निकै तेज गतिमा थियो । पाकिस्तानी टिभी च्यानल ुएक्सप्रेसुले यसको पुष्टि गर्दै हेलिकोप्टर एबटावादस्थित बिलाल कोलनी पुग्यो र करिब तीस हजार गज परको तीनतले मन्जिललाई निशाना बनायो । मन्जिलमा चारैतिर काँडेतार लगाएर १२ फुट अग्लो पर्खालले घेरिएको थियो । साथै पर्खालमा सिसी क्यामेरासमेत जोडिएको स्थानीय बासिन्दाले बताएका छन् । शनिबार राति साढे १२ बजे अभियान सुरु हुँदा आकाशमा एकाएक हेलिकोप्टर देखेपछि स्थानीय बासिन्दाले आतंकित महसुस गरेका थिए ।
पाकिस्तानी टेलिभिजन एक्सप्रेसले प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै दुइटा हेलिकोप्टर घरबाहिर उत्रिएका र त्यसबाट निस्किएका मानिसले पाकिस्तानी भाषामा स्थानीय बासिन्दालाई टाढा जान भन्दै मन्जिलभित्र पसे । त्यसपछि तुरुन्तै गोली चलेको आवाज सुनियो । त्यसपछि उनीहरुले एकजना मानिसलाई बाहिर लिएर आए । कारबाही करिब ४० मिनेट चलेको थियो । घरमा दुइटा सुरक्षा गेट थिए । त्यहाँ टेलिफोन र इन्टरनेटको व्यवस्था भने थिएन ।
स्थानीय बासिन्दाका अनुसार यसबीचमा आएको तेस्रो हेलिकोप्टरले घरमा मिसाइल हान्न सुरु गर् यो । जवाफमा घरभित्रबाट समेत गोली चलेको र हेलिकोप्टर बंगलाभित्रै दुघटना भयो । त्यसमा कतिको मृत्यु भयो भन्ने अझै खुलेको छैन ।
स्थानीय समाचार च्यानलहरुले लादेनसहित उनका तीन छोरा र तीन सहयोगी पनि मारिएका छन् ।
स्थानीय समयअनुसार राति साढे एक बजे कारबाही सकियो । त्यसपछि पाकिस्तानी सेना घटनास्थल पुगेर इलाकालाई आफ्नो कब्जामा लियो । तालिवान र अलकायदाका सदस्यले पनि बिन लादेनको मृत्युको पुष्टि गरेका छन् । उनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुले जनाएका छन। ।

खोजेको दस वर्षमा मारिए
अमेरिकाले आतंकवादी घोÈणु गरेको संगठन अलकायदाका मास्टर माइन्ड लादेनको खोजी थालेको दस वर्षमा मारिए । सेप्टम्बर ११ मा ट्विन टावर हमलापछि अमेरिकाले विश्वभरि उनको खोजी तीव्र बनाएको थियो । आतंकवादविरोधी कारबाहीमा तीन हजारभन्दा बढीको मृत्युपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन् । लादेन मारिएकोमा अमेरिकाभरि खुसियाली मनाइएको छ । लादेनको मृत्युपछि विश्वभरिका अमेरिकी कार्यालयमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । अलकायदाका सदस्यहरुले प्रतिकार गर्नसक्ने खतरालाई ध्यान दिँदै यस्तो निर्देशन गरिएको अमेरिकी साचारमाध्यमहरुले
जनाएका छन् ।

बुसले भने- जित्यौँ
अमेरिकी सैनिक आक्रमणमा मारिएका लादेनको समुद्रमा अन्त्येष्टि गरिएको अधिकारीहरुले जनाएका छन् । लादेनको शवलाई मिुस्लम परम्पराअनुसार नै अन्त्येष्टि गरिएको र त्यसबारेमा थप विवरण्ँ आउन नसकेको साचारमाध्यहरुले जनाएका छन् । लादेन मारिएकोमा खुसी प्रकट गर्दै अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले यो अमेरिकी जित भएको टिप्पण्ँी गरेका छन् ।

पाकिस्तानको स्वर्गमा मारिए लादेन

बिन लादेन पाकिस्तान तथा अफगान्ािस्तानको सीमामा पर्ने गुफामा लुकिबसेको अड्कल गर्दै खोजी गर्ने अमेरिकी तथा नेटो सेना चित खाएका छन् जब उनी पाकिस्तानको सुन्दर नगरीमा फेलापरे । विकट ठाउँमा लुकिबसेको भन्ने उनीहरुको खोजी अन्ततः मे १ को राति गलत साबित भयो । पाकिस्तानको राजधानी इस्लामावादबाट ५० किलोमिटर नजिकै पर्ने एबटावाद सहरको एक कोलोनीमा फेलापरेका थिए लादेन । त्यहाँ संसारकै खुंखार आतंकवादी बसेका छन् भन्ने आँकलनसमेत गरिएको थिएन । चारैतिर पहाडले घेरेको सो ठाँउमा गर्मीयाममा पाकिस्तानी पर्यटकको घुइँचो लाग्ने गर्छ । शिक्षा र सैन्य संस्थानसमेत रहेको सो सहरमा लादेन लुकिबसे होलान् भन्ने स्थानीयवासीले पत्याएका थिएनन् । बि्रटिसको नियन्त्रणमा हुँदा हजरा जिल्लाको सदरमुकाम थियो ।नयापत्रिका
अरु यता >>

९४ बर्षमा बाउ




भारतका ९४ वषर्ीय एक किसान यो उमेरमा आएर बाउ बनेका छन् । उनको यो पिता बन्ने क्रमलाई त कतिले संसारकै सबैभन्दा वृद्ध पिताको उपाधि पनि दिइसकेका छन् ।



भारतको उत्तरी राज्य हरियाणाको खार्कोडा निवासी रामाजीत राघवले उनक पित्नी शकुन्तलाका तर्फाट यो उपहार पाएका हुन् । शकुन्तलाको उमेर ५० वर्षरहेको छ । छोराको नाउँ करमजीत राखिएको बेलायती अखबार डेली मेलले जनाएको छ ।

यो उमेरमा सन्तान जन्मनर्ुर् इश्वरको बरदान भएकोमा यी जोडी विश्वस्त छन् । यो उमेरमा पनि सन्तानोत्पादक वर्ीय आफूमा हुनुको कारणमध्ये हरेक दिन आधा किलो मख्खन र तीन लिटर दूध पिउने नियमित बानीलाई श्रेय दिन्छन् । उनलाई अझै अरु सन्तान जन्माउने कुनै इच्छा नभएको पनि बताएका छन् ।

"म अझै धेरै वर्षबाँच्छु", उनले भने- "यदि मलाई कालो गोमनले डस्यो भने मात्र मेरो मृत्यु होला नत्र त्यसै त अझै केही वर्षबाँचिरहने छु ।"

चिकित्सकहरुले यो बच्चाको स्वास्थस्थिति सन्तोषजनक रहेको बताएका छन् । एक महिनाअघि जन्मिएको यो बालकलाई सामान्य रुपमै उनकी आमाले जन्माएकी थिइन् ।

यदि यिनको कथा साँच्चिकै सत्य हो भने राघवले उनका प्रतिद्वन्द्वि नानुराम जोगीलाई उछिन्ने छन् । जोगीले सन् २००७ मा आफ्नो २१ औँ सन्तानका रुपमा ९० वर्षो उमेरमा जन्माएका थिए ।

nirmaladhikari.blogspot.com
अरु यता >>
^ Scroll to Top