Thursday, January 6, 2011

शाहरुखको नयाँ गेटअप

मुम्बई, पुस २२ (एजेन्सी)- बलिउड अभिनेता शाहरुख खानको नयाँ गेटअप सार्वजनिक भएको छ। यो गेटअप उनको निकै महत्त्वाकांक्षी फिल्म 'रा.वन'को हो। एक वर्षभन्दा बढी समय सुटिङ गरिएको यो फिल्म यही वर्ष रिलिज गरिनेछ।
अनुभव सिन्हाद्वारा निर्देशित फिल्ममा अर्जुन रमपाल र करिना कपुरको पनि मुख्य भूमिका छ। यो अहिलेसम्मकै महँगो हिन्दी फिल्म हुने अनुमान छ।
रजनीकान्तको सुपरहिट 'रोबोट' फिल्मसँग यसलाई तुलना गरिएको छ। शाहरुखले साइन्स फिक्सनमा अभिनय गरेको यो पहिलोपटक हो। वेशभूषा, स्टन्ट र निर्माण परिकल्पनाका हिसाबले यो फिल्मलाई बहुप्रतीक्षित बनाएको हो।
शाहरुखका प्रशंसकहरू नयाँ वर्ष मनाउन व्यस्त भइरहेका बेला 'रा.वन'को यो फोटो पत्रपत्रिका र अनलाइनमार्फत् सार्वजनिक भएको हो। शाहरुखले फिल्म रिलिजका लागि दिवालीको साइत ताकेका छन्।
शाहरुखको यो फिल्म अनुभव सिन्हाले निर्देशन गरेका हुन्। उनले यसअघि 'तुम बिन', 'आपको पहेले भी कही देखा है', 'क्यास' र 'दस' निर्देशन गरेका थिए।
यो फिल्मको प्रशंसामा निर्देशक करण जौहर समेत अघि सरेका छन्। फिल्मको एक घन्टा दृश्य हेरेपछि आफूलाई यो अहिलेसम्मकै सबभन्दा तगडा हिन्दी एक्सन फिल्म लागेको करणले बताएका छन्। करणले तारिफ गर्नु अनुभवका लागि पक्कै खुसीको विषय हुनेछ।

No comments:

Post a Comment

^ Scroll to Top