Friday, April 29, 2011

कट्रिनासँग बदला लिंदै सलमान


रणबीरसँग सम्बन्ध तातिंदै गएपछि कट्रिना र सलमानबीचको सम्बन्ध झन बिग्रदै गएको छ । कट्रिनाले खुलेआम रणबीरलाई प्रेम प्रस्ताब गरेपछि सलमानलाई चोट त पर्ने नै भयो । अहिले सलमान कट्रिनालाई नभेट्ने मात्र होइन, बदला लिने सुरमा छन् । भारतीय बलिउड उद्योगमा कट्रिनालाई इन्ट्री गराई स्थापित गर्न कुनै कुसर बाँकी नराखेका सलमान अहिले उनको करियर सखाप पार्न लागिपरेका छन् ।

केहि समय यता कट्रिनाले सलमानसँग गरेको ब्यवहारका कारण उनीहरुबीच पानी बाराबारको स्थिति आएको सलमाननिकट एक स्रोतले जनाएको छ । रिस पनि कति उठेको होला सलमानलाई ? उनी अहिले कट्रिनालाई कुनै फिल्ममा नलिन आफूले चिनेजानेका सबै निर्माता-निर्देशकलाई आग्रह गर्दै हिडेका छन् । यति मात्र कहा हो र, कटरिनालाई फिल्ममा लिने जो कोहिसँग भविष्यमा काम नगर्ने चेतावनी समेत दिएका छन् । आफ्नो निर्माणधिन फिल्म ‘रेडी’ मा कट्रिनालाई लिने कुरा चलिरहँदा सलमानले उनको भूमिकामा जरीन खानलाई लिएका छन् । साथै एक अर्को फिल्ममा कट्रिनालाई हटाई पि्रयङ्का चोपडालाई अनुबन्धित गर्न लागेको बताइएको छ ।

अरुलाई नराम्रो गर्ने बानी सलमानमा नरहेको तर कट्रिनाको ब्यबहारकै कारण उनी दुःखी बनेको सलमानका एक निकट साथीले बताए । ‘बिग बोस’ नामक रियालिटी शोको शुटिङका क्रममा पनि उनीहरुबीच बादबिबाद परेको थियो । समयसँगै उनीहरुको सम्बन्ध सुधि्रनुको सट्टा झन बिग्रदै गएको छ । यद्यपी सलमानलाई अझै नजिकको साथी मानेको बताउँछिन कट्रिना ।
अरु यता >>

सात फिट लामो टुप्पी


सुन्दै अचम्म लाग्ने । सात फिट लामो टुप्पी हुन्छ भनेर । तर बिरुवाबारी १ का ८० वर्षीय टंकनाथ न्यौपानेको टुप्पी भने सात फिट लामो छ । २५ वर्षको उमेरदेखि पाल्न सुरु गरेको टुप्पी ५५ वर्ष बुढो भइसकेको छ ।

वृद्ध अवस्था पारसँगै आँखाको ज्योति गुमाएका उनी हातले छामेर टुप्पीको स्याहारसुसार गर्छन । शिवजीका भक्त न्यौपानेले टुप्पी लामो भएकाले जनैले बाँधेर हिँड्ने गरेका छन् । त्यसो त उनले दशकौंदेखि टुप्पी पालेको खबर सुनी हेर्न र टुप्पीको फोटो खिच्न घरमा आगन्तुकहरू आइरहने बताए ।

'मैले नत नेताको बानी सुध्रियोस्, न समयमै संविधान बनोस् भनेर टुप्पी पालेको हो,' उनले भने, 'आफू ब्राह्मण समुदायको भएकाले अस्तित्व जोगाउनकै लागि पालेको हुँ । उनका अनुसार आफूलाई ब्राह्मण भन्नेमध्ये केहीले टुप्पी पाल्ने गरे पनि अधिकांशले छाडिसकेका छन् ।

न्यौपानेका श्रीमती र ३/३ जना छोराछोरी छन् । 'सुरुमा त कपालसहित टुप्पी पालेको थिएँ,' उनले भने, 'कपाल सबै झर्दै गयो, अन्तिममा टुप्पी मात्र बाँकी रह्यो ।' उनले सबै समुदायको आ-आफ्नो जातीय परिचय दिने माध्यम भएको र आफूले पालेको टुप्पीले ब्राह्मणको परिचय दिएको बताए । उनी वर्ष दिनमा एक पटकमात्र टुप्पी फुकाएर नुहाउने गर्छन् । अन्य समयमा दैनिक नुहाए पनि टुप्पीलाई सामान्य रूपमा पखाल्छन् ।

'टुप्पी सानो भए पो दिनहुँ धुनु,' उनले भने, 'लामो भएकाले प्रत्येक शिवरात्रिका दिन राम्रोसँग सफा गर्दै आएको छु ।' उनले टुप्पी लामो भएकाले नातिको सहयोगमा सफा गर्ने गरेको बताए । टुप्पी देख्नेहरू आश्चर्य मान्दछन् । 'यति लामो टुप्पी त मैले अहिलेसम्म देखेको थिइनँ,' कार्यक्रमको सिलसिलामा रानीपानी पुगेका अपांग उत्थान समाज अध्यक्ष गणेश शर्माले भने, 'आज प्रत्यक्ष रूपमा यति लामो टुप्पी देख्न पाएँ, जसले मलाई अचम्मित बनायो ।'

टुप्पी लामो भए पनि न्यौपाने कहिल्यै कोर्दैनन् । 'सुरुमा त परिवारले किन यति लामो टुप्पी पालेको भनेर कराउने गर्थे,' उनले भने, 'हाम्रो परिचय यसैमा छ किन काट्नु पर्‍यो भन्दै सधैं एउटै जवाफ दिँदै आए, हिजोआज त कराउन छाडे ।' भेट हुने सबैजसोले पाल्नुको कारण सोध्ने गर्छन् ।

'पहिला त हजुरबाको टुप्पी देख्दा डर लाग्ने गथ्र्यो,' नाति सुजनले भने 'अहिले त यसलाई बाँध्ने फुकाउने मैले नै गरिदिन्छु ।' उनले हजुरबाले आँखा नदेख्ने भएकाले टुप्पी र हजुरबाको रेखदेख गर्ने गरेको बताए ।

ekantipur.com
अरु यता >>

Tuesday, April 26, 2011

खेलाडीलाई पुरस्कार कर काटेर दिइयो रे ..

१६औं एसियाली खेलकुदमा एकमात्र पदक जित्ने बक्सिङ खेलाडी दीपक महर्जनलाई सरकारले घोषणा गरेको नगद पुरस्कार कर काटेर आइतबार दिइएको छ।


पदकविहीन भएर घर फर्कने अवस्थामा पुगेको नेपाली जम्बो टोलीलाई चीनमा दीपकले कांस्य पदक जितेर राहत दिलाएका थिए। सरकारले उनलाई नगद पुरस्कारस्वरुप ३ लाख रुपियाँ दिने घोषणा गरे पनि आइतबार २५ प्रतिशत कर काटेर २ लाख २५ हजारमात्र दिइएको थियो। सरकारले घोषणा गरेको उक्त रकम राष्ट्रपति रामवरण यादवले दीपकलाई हस्तान्तरण गरे।

काठमाडौंमै १२ वर्षअघि सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ) का विजेतालाई सरकारद्वारा घोषित नगद पुरस्कार कर कटाएर दिइए पनि खेलाडीको विरोधपछि नवांै साफदेखि आधिकारिक खेलमा घोषित पुरस्कारमा कर नकाट्ने सहमति भएको थियो। त्यहीअनुरुप नवौं सागदेखि गतवर्ष बंगलादेशमा सम्पन्न ११औं सागसम्म विजेतालाई घोषित रकममा कर नकाटी पुरस्कृत गरिएको थियो।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीलाई दिने घोषणा गरिएको पुरस्कारमा कटौती भएकोमा विरोध जनाएको छ। संघका महासचिव दीपक श्रेष्ठले भने, 'पदक जित्दाचाहिँ देशलाई खाली हात नगरेको भनेर ठू-ठूला भाषण गर्ने, अहिले चाहिँ एउटा खेलाडीको हकबाट ७५ हजार रुपियाँ काट्ने? सबै राजनीतिक दलका नेतादेखि राखेप र खेलकुद मन्त्रालयका पदाधिकारीले दीपकको सम्मानमा कुनै कसर बाँकी नराख्ने वाचा गरेका थिए। अहिले व्यवहारमा यस्तो निन्दनीय काम गर्दा खेलाडीको मनोबल आगामी दिनमा समेत नराम्ररी बिग्रन्छ।'

खेलाडीको सम्मानका लागि लबिङ गर्न नसकेकोमा उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पदाधिकारीको कडा बआलोचना गरे। 'खेलाडीलाई दिने भनिएको पुरस्कार नदिँदा राखेप पदाधिकारी के हेरेर बसिरहेका छन्,' उनको प्रश्न थियो। संघले आइतबारै एक विज्ञप्ति जारी गरी कटौती गरिएको रकम दीपकलाई तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ।
अरु यता >>

Sunday, April 24, 2011

रौँ उम्रने ढुङ्गा


मानिस, जनावरलगायत अन्य पक्षीहरुको शरिरमा रौँ आएको त देखेको सुनैकै हो । शरिरको सुरक्षा कवजको रुपमा काम गर्ने रौँ प्रकृतिले प्राणीहरुलाई दिएको एक बरदान नै हो । तर के ढुङ्गाजस्तो निर्जिव वस्तुमा पनि रौँ पलाउन सक्ला ? धेरैलाई विस्वास पनि नलाग्ला कि रौँ उम्रने ढुङ्गा पनि हुन्छ । चीनको एक तटिय क्षेत्रमा हालै रौँसहितको ढुङगा भेटिएको छ ।

बाहिरबाट झट्ट हेर्दा गिट्टी आकारको देखिने यस किसिमको रकलाई बैज्ञानिकहरुले ‘कपाल उम्रने ढुङगा’ नाम दिएका छन् । चिल्लो र गोलाकार रहेको यस ढुङगा र रौँको रङ्ग उस्तै खैरो रहेको छ । मानिसको भन्दा अलि खस्रो रहेको ढुङ्गाको रौँ १५ सेन्टिमिटर (६ इन्च) रहेको र अहिलेकै अवस्थामा कायम भएमा अझै बढ्दै जाने बिज्ञहरुले बताएका छन् । यद्यपी, संसारमा रौँ भएको यो ढुङ्गा पहिलो भने होइन । यसअघिनै रौँ युक्त यस्तै खाले दुई ढुङगा ताइवानको संग्राहलयमा राखिएको छ ।

अदभूत प्रकृतिको उक्त ढुङ्गालाई हाल बेजिङको जोङगुवान गाउस्थित फेसन रक भवनमा प्रदर्शनीको लागि राखिएको छ । ढुङ्गा ३० से.मी. लामो, २० से.मी. चौडा र १५ से.मी. अग्लो रहेको छ । निर्जिव वस्तुमा पनि रौँ आउनु प्रकृतिले बिज्ञानलाई दिएको ठाडो चुनौति हो । यस रहस्यले बैज्ञानिकहरुलाई फेरि गहन अध्ययन गर्न बाध्य बनाएको छ ।
अरु यता >>

Tuesday, April 19, 2011

जादु.....................

यहाँ एउटा Javascript कोड दिइएको छ यसलाई कपी गर्नुस् र कुनैपनी वेवसाइटको Address Bar मा लगेर पेस्ट गर्नुस् र Enter थिच्नुस् त त्यो वेवसाइटमा भएका सबै फोटोहरु नाच्न थाल्नेछन् । तपाइ Facebook मा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

javascript:R=0; x1=.1; y1=.05; x2=.25; y2=.24; x3=1.6; y3=.24; x4=300; y4=200; x5=300; y5=200; DI=document.getElementsByTagName("img"); DIL=DI.length; function A(){for(i=0; i-DIL; i++){DIS=DI[ i ].style; DIS.position='absolute'; DIS.left=(Math.sin(R*x1+i*x2+x3)*x4+x5)+"px"; DIS.top=(Math.cos(R*y1+i*y2+y3)*y4+y5)+"px"}R++}setInterval('A()',50); void(0);
अरु यता >>

Monday, April 18, 2011

तसलिमा नसरिनको प्रतिबन्धित आत्मकथा ँउत्तल हावा’ को केही अंशः

बंगलादेशी लेखिका तसलिमा नसरिनको प्रतिबन्धित आत्मकथा ँउत्तल हावा’-बंगाली भाषा)को अंग्रेजीमा 'वाइल्ड विन्ड’का नाममा अनुवाद गरिएको छ, त्यसको पहिलो खण्ड नेपालीमा ँसंघर्ष’ यसअघि प्रकाशित भइसकेको छ । यो पुस्तकको दोस्रो खण्ड ँप्रेम र जीवन’ फेरि खोजी प्रकाशन गृहले भर्खरै प्रकाशन गरेको छ । विकास बस्नेतद्वारा अनुवादित र भोगीराज चाम्लिङद्वारा सम्पादित यस पुस्तकको अंशः

रुद्रको चिट्ठी पाउनेबित्तिकै फेरि म ढाकातिर हान्निएँ
 । इन्दिरा रोडको हाम्रो कोठामा पुगेर हेर्दा रुद्र थिएन । कोठामा उसको सुवास त थियो, तर ऊचाहिँ थिएन । भर्खरै बाहिर निस्केको हुनुपर्छ । दिनभरि म उसलाई कुरेर बसेँ । रुद्र आएन । रात पर्‍यो तैपनि ऊ आएन । राति अबेरसम्ममा आइहाल्ला कि भनेर कुर्दाकुर्दै रातभरि जाग्राम बसेँ । सायद कतै साथीहरूसँग गफिएर बसेको होला, राजनीति र साहित्यको तातो बहसमा पो अल्झेको होला कि भन्ने सोच्दै म बसिरहेँ । बिहानीको उज्यालोले मलाई स्पर्श गर्‍यो । त्यो उज्यालोले मेरो आँखा, कपाल र चिउँडोमा छोयो । प्रकाशको किरण छातीमा ठोक्किएर पूरै शरीरभरि छरियो । तर, रुद्रको स्पर्श कतै हराएको थियो । सिरानी च्यापेर म ओछ्यानमा पल्टिरहेँ । बिहानी पनि बित्यो । रुद्र बल्ल दिउँसोतिर आयो । मलाई देख्नेबित्तिकै ऊ अलि झस्कियो ।

'तिमी कहिले आयौ ?'

'आज हैन, हिजै आएको

'म एक ठाउँमा गएको थिएँ
 ।'

'कुन ठाउँमा ?'

'त्यहीँ हो
 ।'

'कहाँ ?'

मेरो प्रश्नको उत्तर नदिईकन लुंगी बेर्दै तौलिया बोकेर ऊ बाथरुमतिर छिर्‍यो
 । नुहाउँदा उसले यति लामो समय लगाएको मलाई पहिले थाहै थिएन । जिउभरि वासनादार साबुनको गन्ध लिएर ऊ त्यहाँबाट निस्कियो र मलाई सोध्यो, 'खाना खायौ ?'

'अँ, खाएँ
 ।'

'त्यसो भए पर्ख
 । म खाना खाएर आउँछु ।'

रुद्र डाइनिङ टेबलतिर लाग्यो
 । ओछ्यानमा पल्टिँदै मैले सोचिरहेँ । आफू राति कहाँ थिएँ भन्ने रुद्रले किन नभनेको होला भन्दै मनमा नानाथरि कुरा खेले । 'त्यहीँ हो' भन्दै किन ऊ आफू गएको ठाउँ लुकाउँदै छ, म छक्क परेँ । मैले केही अनुमान गर्न सकिनँ । रुद्रले आज खाना खान पनि निकै समय लगायो । खानैमा यत्तिका समय बिताएको पनि मलाई थाहा थिएन । मेरो शरीरको हर अंग उसको स्पर्शका लागि आतुर भइरहेका थिए । मलाई डाइनिङ टेबलको छेउमा बसेर उसले खाएको हेर्न मन लाग्यो । बिचरोले राति खाएको थिएन होला । नत्र मेरो छेउमा राम्ररी मुख पनि नदेखाई किन आत्तिएर खान जान्थ्यो । घमन्ड र डरले मलाई बिस्तारै गाँज्यो । खाना खाएर कोठामा आएपछि मैले उसलाई छेउमा बसाएँ । उसको हात आफ्नो हातमा लिँदै भनेँ, 'तिमीले किन मलाई बेवास्ता गर्न खोजेको ?'

'छैन, किन बेवास्ता गर्नु नि
 ।'

'त्यसो भए राति कहाँ थियौ, किन नभनेको त ?'

'त्यो ठाउँचाहिँ कहाँ हो त ?'

'साथीकोमा ?'

'हैन
 ।'

'कुनै अड्डामा ?'

'हैन
 ।'

'अनि ?'

रुद्र चुपचाप बस्यो
 । उसको मौनताले मेरो पूरै शरीर गलेर आयो । मेरो सास रोकिएलाजस्तो भयो । 'प्लिज रुद्र बोल, तिमी कहाँ थियौ । मेरो सबै पीडा हराउँछ ।' रुद्रको जवाफले मेरा पीडा गएन । ऊ नारायणगन्जमा रात बिताएर आएको रहेछ ।

'किन नारायणगन्ज गएको ? कोही साथी छन् त्यहाँ ?'

'अहँ छैनन्
 ।'

'त्यसो भए किन गएको त ? कोसँग गएको ?

एक्लै
 । कसकोमा ?'

'कसैकोमा पनि होइन
 ।'

'राति कहाँ बस्यौ ?'

'तनबजारमा
 ।'

रुद्रका भावविहीन आँखा मेरो आँखामा केन्दि्रत थिए
 । मेरो मुटु जोडले धड्किरहेको थियो । नारायणगन्जको तनबजार देशकै सबैभन्दा ठूलो रेडलाइट एरिया हो । कतै राति त्यहीँ नारायणगन्ज तनबजारको वेश्यालयमा रात बिताएर आएको कुरा त रुद्रले भन्न आँटेको होइन । प्लिज रुद्र अरू जे भन, तर त्यो कुराचाहिँ नभन । बरु रातभरि चिया पसलमा थिएँ अथवा भट्टीमा नै थिएँ भन । बरु सडकमै सुतेँ भन, तर वेश्यासँग सुतेर आएँचाहिँ नभन । तर, 'राति तनबजारको वेश्यालयमा वेश्यासँगै सुतेर आएको,' रुद्रले सुनायो ।

मेरा आँखा भयभित भए
 । रुद्र । वेश्याहरू पनि मान्छे नै हुन्, तिम्रा दिदीबहिनी र आमाजस्तै । बरु राति भोक लाग्यो, त्यसैले म वेश्याकोमा भात खान गएँ भन । बरु रक्सीले मातेपछि निद्रा लाग्यो । त्यसैले सुत्न गएँ र बिहानै उठेर आएँ भन । रातभरि निस्लोटसँग सुतेर बिहानै हिँडिहालेँ भन । अरू आइमाईको शरीर छुँदै छुन्न भनेर तिमीले वाचा गरेका थियौ । आफूले वाचा तोडेको छैन भन । तिम्रो ओठहरूले मेरोबाहेक अरूको ओठ चुमेका छैनन् भन रुद्र । मेरोबाहेक अरू कसैको पनि शरीर तिमीले भोगेको छैन भन । रुद्रले मेरो यी आँखाका भाखाहरू बुझेन ।

आफू वेश्यासँग सुतेको कुरा उसले भनेरै छाड्यो
 । मेरो संसारको उज्यालो एकै झड्कामा निभाउँदै रुद्र निरन्तर बोलिरह्यो । म मूर्तिभै"m उभिइरहेँ । मैले सास फेर्न हावा पनि पाइनँ । आपै"mले सजाएको कोठा, आपै"mले बसाएको घर र आपै"mले रोजेको रुद्रतिर मैले हेरेँ । उहिल्यै टुक्रिसकेको मेरो विश्वास र

आस्था एकाएक गर्दै जोडेर मैले फेरि नयाँ जीवन सुरु गरेकी थिएँ
 । ओहो मेरो जीवन ! घर घर रहेन, चिहान बन्यो । म चिहानभित्रको लासभै"m यो घरभित्र बसिरहेँ । म जलेर खरानी हुँदै थिएँ तथापि भित्रैबाट ममा अनौठो शक्ति आयो । त्यही शक्तिले मलाई आगोको लपेटाबाट तानेर फुत्त बाहिर ल्यायो । मेरो अस्तित्वको बाँकी रहेको सानो टुक्रालाई यसैले बचायो । आफ्नो शरीरमा टाँसिएको वेश्याको शरीरको गन्ध र रस धोइपखाली आएर रुद्र ओछ्यानमा पल्टियो । खाना खाएपछि ऊ सधैँ एक निद्रा सुत्थ्यो । यो उसको बानी नै भइसकेको थियो । सुतेर उठेपछि ऊ साँझमा घुम्न निस्किन्थ्यो । राति रक्सी धोकेर र्फकन्थ्यो । मसँग सुतेर मलाई भोग्थ्यो, मलाई भेटेन भने वेश्यालाई भोग्थ्यो । रुद्रको जीवनमा अलिकति पनि परिवर्तन आएन । मेरा लागि ऊ आफ्नो जीवनशैली परिवर्तन गर्ने पक्षमा थिएन । मैले उसलाई सुहागरातकै दिन छाडेर हिँड्नुपथ्र्यो । यत्रो वर्षसम्म यो प्रेमको बोझ उठाउँदै हिँड्न मलाई के जरुरी थियो र । एकपटक विश्वासमा घात गरेपछि ऊ बारम्बार त्यसै गर्न पल्किरह्यो । धोका नै उसको स्वभाव बन्यो । धोका नै उसको नशा बन्यो ।

आवाजमा कति पनि पश्चाताप नदेखाई मैले उसलाई सोधेँ, 'तलाक दिनलाई के गर्नुपर्छ ?'

रुद्रले बिस्तारै भन्यो, 'पहिले वकिललाई सम्बन्धविच्छेदको कारण दिनुपर्छ
 ।'

'लोग्नेस्वास्नीबीचको सम्बन्धका समस्या भन्नुपर्छ
 ।' पहिलोपल्टभै"m योपटक मेरो आँखामा आँसु आएको थिएन । मौनताको बीचमा मेरो गहिरो आवाज आयो, 'यहाँ नजिकै वकिल कहाँ छन् । म आजै जान्छु । ममात्रै किन, तिमी पनि हिँड । अब त तिमीले पनि छर्लंगै बुझिसक्यौ होला । हामीबीच अब केही पनि बाँकी रहेन । मैले रिसले तिमीलाई छाड्न खोजेको होइन । अब दुवैजना गएर सम्बन्धविच्छेदको काम सकौँ । अनि कृपया मलाई विश्वास गर, तिमी वेश्यासँग सुतेकाले मैले तिमीलाई छाड्न खोजेको हैन । तिमीले मलाई माया गर्दैनौ । त्यो प्रस्ट भयो । त्यसैले मात्र म तिमीलाई छाड्दै छु ।

'म तिमीलाई माया गर्छु,' रुद्रले अनि दृढ हुँदै भन्यो
 ।

'विश्वासविनाको माया
 ।'

'म तिमीलाई विश्वास गर्छु
 ।'

'तिमीले त मलाई विश्वास गर्छौ
 । तर, तिमीमाथिको मेरो विश्वासलाई कहिल्यै सोचेका छौ ? तिमी मेरो ठाउँमा भइदिएको भए के गथ्र्यौ । कसैमाथि विश्वास नगरीकन माया गर्न सकिन्छ ?'

'केही काव्यिक मान्छेको जीवनमा यस्तो भइहाल्छ नि
 । उनीहरू समाजका नियम र काइदा मान्दैनन् । कम्तीमा तिमीले त त्यति बुझिदिनुपर्छ । म कवि हुँ भन्ने थाहा पाउँदा-पाउँदै तिमीले मसँग बिहे गरेकी होइनौ ? अनि अहिले किन त्यस्ता वाहियात प्रश्न र तर्क ?'

'सवाल सामाजिक नियम र काइदाको होइन
 । व्यक्तिगत सम्बन्धमा विश्वास महत्त्वपूर्ण तत्त्व हो भन्ने कुरा गर्दै छु म ।'

म हाँस्न थालेँ
 । हाँस्दै मैले भनेँ, 'तिमी कवि भएकैले कसैको निर्मम हत्या गरेर फुत्किन सक्दैनौ, होइन त ? कलाकार भएकैले स्वतन्त्रताको भरपूर प्रयोग गर्न पाउँछौ भन्न खोज्या होइन ? यदि तिमी कवि-कलाकार नभइदिएर आम मानिस भएचाहिँ स्वतन्त्रताको प्रयोग गर्न पाउँदैन थियौ त ? म पनि कविता लेख्छु । यसको मतलब मैले पनि जे मन लाग्यो, त्यही गर्न पाउँछु ? कि म राम्रो कविता लेख्न नसक्ने भएकीले मसँग त्यो स्वतन्त्रता छ भन्न खोज्या हो तिमीले ? कि आफू लोग्नेमान्छे भएकाले तिमीसँग त्यो स्वतन्त्रता छ ? अनि आइमाई भएकैले मलाई त्यो स्वतन्त्रता नभएको हो ?'

रुद्र चुपचाप बस्यो
 । उसले झ्यालबाट निकैबेर बाहिर हेरिरह्यो । खासमा त्यो झ्यालबाहिर ठीक अगाडि अग्लो पर्खालबाहेक केही थिएन । मैले रुद्रका आँखामा गौर गरेर हेरेँ । त्यही पर्खालमा निकैबेरसम्म हेरेपछि उसले बल्ल भन्यो, 'अन्तिमपटक' कहिल्यै आउँदैन ।'

'हैन, योपटक साँच्चिकै अन्तिम हो
 ।'

'तिमीले पहिले पनि त्यसै भनेका थियौ
 । तिमीलाई त याद होला । अब यो तिम्रो बानी भइसक्यो । बानी बदल्ने कुरा मामुली होइन ।'

'ठीकै छ, मलाई अब एकपटक मौका देऊ
 । म आफूलाई बदल्छु ।'

'पर्दैन
 । किन बदल्नुपर्‍यो । तिमी साँच्चिकै बदलिन चाहन्छौ ? आखिर तिमीलाई आफ्नो बानी बदल्ने आवश्यकता नै किन पर्‍यो र ? तिमी त आफ्नो बानीमा त्यस्तो केही खराबी पनि देख्दैनौ ।'

रुद्र ओछ्यानबाट उठ्यो
 । एकदम रुखो स्वरमा बोल्दै उसले भन्यो, 'मैले तिमीलाई सँगै बसौँ भनेर कतिपटक भनेँ । बिहेपछि तिमी कतिन्जेल नै मसँग बस्यौ र ? भन त । तिम्रो लाज हटाउनै मलाई तीन दिन लाग्यो । लोग्नेमान्छे यसरी कसरी एक्लै बस्न सक्छ ?'

'मैले सकेँ त
 ।'

'आइमाई एक्लै बस्न सक्लान्, तर लोग्नेमान्छे बस्न सक्दैनन्
 ।'

'किन सक्दैनौ ?'

'कारण जेसुकै होस्, म सक्दिनँ
 । म ढाका फर्किएपछि तिमीलाई खोेजेँ । तर, तिमी रहेनछौ । मलाई रिस उठ्यो । मैले भट्टीमा गएर रक्सी पिएँ । अनि त्यही रक्सीले मलाई यस्तो काम गर्न उक्सायो ।'

'मतलब, तिमी रिसाउँदा मात्रै रक्सी पिउँछौ, अरू वेला पिउँदैनौ
 । तिमी त नरिसाएको वेला पनि त मात्नेगरी पिउँछौ । खुसी हुँदा तिमी रक्सी पिउँदैनौ ?'

'रक्सीको कुरा छाड
 । तिमी त हाम्रो सम्बन्धको सुरुवातदेखि नै धेरै समय मसँग सँगै बसेकी छैनौँ । यसबारेमा चाहिँ के भन्छौ नि ?'

'तिमीलाई राम्रोसँग थाहा छ
 । मेरो मेडिकल पढाइ सकिएको थिएन । अब त मेरो पढाइ सकिएपछि सधैँभरि ढाकामा बस्नलाई मलाई कुनै समस्या छैन । भाग्ने त तिमी हौ ।'

'तिमी सुरुदेखि नै सधैँभरि मसँग बस्नुपथ्र्यो
 ।'

'मेरो डाक्टरी पढाइ छाडेर म तिमीसँग बस्नुपथ्र्यो भन्न खोजेको ? त्यो पनि तिम्रो सुविधाका लागि
 । हैन त ? ताकि तिमी बेवारिसे बन्नबाट जोगिन सक । ठीक छ, अब मैले जागिर पाएँ भन पनि त्यो जागिर मोङ्गला वा मिठेखालीमै हुनुपर्‍यो । त्यहाँबाहेक अन्त जागिर पाएँ भने जागिरै छाड्नुपर्‍यो हैन । तिमीचाहिँ आफ्नो खेतबारी र माछा व्यवसाय हेर्न जान पाउने, मचाहिँ आफ्नो पढाइ पूरा गर्न मायमनसिंह जान नपाउने ?'

रुद्र निकैबेर चुपचाप बस्यो
 । मैले भनेँ, 'म तिमीसँग ढाका हुँदा मेरो शारीरिक आवश्यकता पूरा गर्न म अरू लोग्नेमान्छेकोमा जान्नँ । अरू लोग्नेमान्छे त मेरो सपनामा पनि चिहाउँदैनन् । तर, त्यही काम तिमी कति सजिलै गर्न सक्छौ ? तिमीलाई कारण थाहा छ ? किनभने म तिमीलाई माया गर्छु । त्यसैले अरू लोग्नेमान्छेकोमा जान सक्दिनँ । तिमी मलाई माया गर्दैनौ । त्यसैले तिमी त्यसो गर्न सक्छौ । सीधा जवाफ यही हो ।'
 ।'

'हिजो ?'

'हो, हिजो
 । राति तिमी घरमा किन नआएको ? कहाँ थियौ ?'

रुद्रले यो सरल जवाफ स्विकार्दैन भन्ने मलाई थाहा थियो
 । उसले माया गर्छु भन्छ भन्ने थाहा थियो । आफू वेश्यासँग माया गरेर सुतेको होइन भन्छ होला भन्ने मैले सोचेकी थिएँ । तर, रुद्रले एकदम गम्भीर स्वरमा भन्यो, 'म स्वतन्त्र विवाहमा विश्वास गर्छु । मैले तिमीलाई पहिले पनि भनेकी थिएँ । बिहेमा कुनै झुट हुनुहुँदैन । आम विवाहित जोडीको भन्दा बिल्कुल भिन्न जोडीका रूपमा म जीवन बिताउन चाहन्थेँ । यस्तो बिहेमा मात्रै म निस्सासिन्नँ । बिहे नै पिँजडाजस्तो भयो भने त्योभन्दा त खुला आकाशै ठीक छ नि ।'
अरु यता >>

Sunday, April 17, 2011

चार्ली चैप्लिन को आत्मकथा को एक भाग


बीसाँै शताब्दीमा चार्ली चाप्लिन त्यस्तो नाम हो, जसले दुई विश्वयुद्धको पीडा बिर्सिएर मान्छेलाई हाँस्न सिकायो । जो आफँै मजाक बन्यो र अरूलाई मनोरञ्जन दियो । तिनै चाप्लिनको निजी जीवन भने सुखद हुन सकेन । उनको बाल्यकालका केही स्मृति चाप्लिनको 'मेरो आत्मकथा'बाट

मलाई आमाको याद आउने सुरुका घटना थियटरसँग सम्बन्धित छन् । त्यतिवेला म साढे तीन वर्षको हुँदो हुँ । ती दिन, हाम्रा बाल्यकालका सबैभन्दा रमाइला दिन थिए । आमा प्रत्येक साँझ थियटर जानुहुन्थ्यो । जानुअघि म र मेरो दाइ सिड्नीलाई बेडमा सुताएर जानुहुन्थ्यो । हामीलाई हेर्ने एउटी कामदार थिइन् । हामी बिहान उठ्दा डाइनिङटेबलमा रंगिबिरंगीका केक या मिठाई राखिएका हुन्थे । ती चिज दैनिक पाउन एउटै सर्त थियो- हल्ल्ाा नगर्ने । किनकि आमालाई बिहान अबेरसम्म सुत्नुपथ्र्याे । हामीलाई शान्त गराउन उहाँ राति नै ती खानेकुरा प्लेटमा राखेर सुत्नुहुन्थ्यो ।

त्यसवेला मलाई सबै कुरा सम्भव लाग्थ्यो । मेरो दाइ मभन्दा चार वर्ष जेठो थियो । उसले त्यतिवेला सिक्का निल्थ्यो र टाउकोपछाडिबाट निकाल्थ्यो । मलाई लाग्थ्यो- 'म पनि सक्छु' । मैले एकदिन सिक्का निलेर टाउकोपछाडिबाट निकाल्ने निर्णय गरेँ । मैले निलेँ, तर सिक्का मेरो टाउकोपछाडिबाट निस्किएन बरु घाँटीमा अड्कियो । बेकारमा मेरो आमालाई डाक्टर बोलाउनुपर्‍यो ।

आमा त्यतिवेला ३० वर्ष हाराहारीमा हुनुहुन्थ्यो । उहाँ बहुप्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । थियटरबाट साताको २५ पाउन्ड कमाउनुहुन्थ्यो । उहाँको अनुहारको रंग गोरो थियो, बैजनी नीलो आँखा थियो, हल्का र कैलो कपाल थियो । उहाँको कपाल यति लामो थियो कि त्यसमाथि सजिलै बस्न सक्नुहुन्थ्यो । उहाँ असाधारण सुन्दरी नभए पनि हामीलाई स्वर्गको कुनै परी भन्दा कम लाग्नुहुन्नथ्यो । जो मान्छेहरू उहाँलाई चिन्थे उनीहरू भन्छन्, 'सुन्दर र आकर्षक हुनुहुन्थ्यो उहाँमा मान्छेलाई बाँध्न सक्ने क्षमता थियो ।'

एकदिन अचानक हामीलाई लाग्यो, 'आमालाई केही तनाब छ ।' उहाँ बिहान केही साथीसँग बाहिर जानुभएको थियो, र्फकंदा धेरै भावुक हुनुहुन्थ्यो । आमा रुँदै आर्मस्ट्रङको नाम लिइरहनुभएको थियो । यो भन्यो, त्यो भन्यो आदि । आमाको यस्तो अवस्था हामीले कहिल्यै देखेका थिएनाँै । आमा हत्तपत्त रुनुहुन्नथ्यो । आमा रोएको देखेर म पनि रुन थालेँ । म यति रोएँ कि आमाले मलाई काखमा लिएर फुल्याउनुभयो । पछि मलाई थाहा भयो- आमा अदालतबाट र्फकनुभएको थियो । आमाले मेरो बुबाको विपक्षमा मुद्दा दायर गर्नुभएको थियो, भरण-पोषणको खर्च दिलाइपाउ"m भनेर । र, त्यो आर्मस्ट्रङ मेरो बुबाको वकिल थियो ।

म बुबालाई निकै कम जान्दथेँ । त्यतिवेला मैले मुस्किलले दुईपटक मात्र भेटेको थिएँ, सायद । उहाँ पनि बहुप्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । एकदम शान्त र चिन्तनशील । उहाँका आँखा धेरै काला थिए । आमा भन्नुहुन्थ्यो- उहाँ हुबहु नेपोलियनजस्तो देखिनुहुन्थ्यो । उहाँको मसिनो स्वर थियो । अभिनयमा उहाँलाई गजबको कलाकार मानिन्थ्यो । त्यस समयमा पनि उहाँ साताको ४० पाउन्ड कमाउनुहुन्थ्यो । उहाँको नराम्रो एउटै पक्ष थियो- रक्सी धेरै पिउनुहुन्थ्यो । त्यही नै थियो आमा र बुबाबीचको मुख्य झगडाको कारण । रक्सी पिउनु सुरुमा बुबाका लागि बाध्यताजस्तो थियो ।

त्यतिवेला रक्सी थियटरमै बेचिन्थ्यो । कलाकारले प्रस्तुतिपछि ग्राहकसँग बसेर रक्सी पिउनुपथ्र्याे । केही थियटर त नाटक देखाएर कम र रक्सी बेचेर धेरै पैसा कमाउँथे । त्यसले बुबालाई रक्सीको लत लगायो । अनि त्यही रक्सीकै कारण मेरो बुबाको ३७ वर्षको उमेरमै मृत्यु भयो ।

आमा उदास भएर उहाँको कहानी बताउनुहुन्थ्यो । रक्सी खाएपछि बुबा उग्र हँुदै जानुहुन्थ्यो रे ! त्यस्तैमा एकदिन आमा साथीहरूसँग 'ब्राइटन' भाग्नुभएछ । बुबाले तुरुन्त खबर पठाउनुभएछ 'तिम्रो विचार के हो ?' आमाले खबर फिर्ता पठाउनुभएछ- 'नाच्ने, गाउने, पार्टी र मोजमस्ती गर्ने डार्लिङ ।'

मेरो आमा १८ वर्षको उमेरमा एक अधवैंशे मानिससँग अपिmका भाग्नुभएको थियो । त्यही वर्ष सिड्नीको जन्म भएको थियो । मलाई बताइएअनुसार, उसको बाबु धनाढ्य सामन्ती थियो ।

आमा मीठो गाउनुहुन्थ्यो । तर, उहाँको घाँटी खराब भइरहन्थ्यो । सामान्य चिसोले पनि असर गथ्र्याे । आमाको स्वर विस्तारै सुक्दै थियो ।

एकदिन एउटा भयंकर घटना घट्यो । त्यसले हाम्रो दैनिक जीवनलाई ध्वस्त बनाइदियो । म जम्मा पाँच वर्षको थिएँ । आमा मलाई सँगै थियटर लिएर जानुहुन्थ्यो । त्यतिवेला आमा 'कैटिन एट द अल्डरसट'मा काम गर्नुहुन्थ्यो । त्यो फोहोर र जसोतसो चलिरहेको थियटर थियो । धेरैजसो फौजी त्यो थियटरमा आउँथे । उनीहरूलाई निहँु खोज्न सामान्य कारण भए पुग्थ्यो । त्यो नाटकघरमा एक साता बिताउनु पनि ठूलै साहसको कुरा थियो । मेरो आमा गाउन स्टेजमा जानुभयो । म छेउमा बसेर हेरिरहेको थिएँ । आमाको आवाज सुकेको थियो । एकैछिनमा सासले गाउन थाल्नुभयो । श्रोताहरू अब उत्तेजित भए । उनीहरू मुखमा आएको बोल्न थाले । कोही-कोहीले त कुकुर-बिरालाको आवाज निकालेर जिस्क्याउन सुरु गरे । आमाले त्यसलाई थेग्न सक्ने कुरै भएन । उहाँ अत्तालिँदै भित्र पस्नुभयो । त्यहाँ के भइरहेको थियो, मैले मेसो पाउन सकिनँ । आमा स्टेजम्यानेजरसँग बहस गरिरहनुभएको थियो । उसले मलाई एउटा हातले समाएर स्टेजमा लग्यो । तब मैले थाहा पाएँ, आमासँग मलाई स्टेजमा पठाउने विषयमा बहस भइरहेको थियो । उसले मलाई आमाको साथीको अगाडि अभिनय गरेको देखेको थियो । उसले मेरो परिचय दियो र गयो । अब म स्टेजमा एक्लै भएँ । मैले गाउन सुरु गरेँ । आरकेस्ट्राले मेरो साथ दिइरहेका थिए । एकछिनमा मैले त्यतिवेलाको हिट गीत 'जैक जोन्स' गाउन सुरु गरेँ ।

मैले आधा मात्रै गीत के गाएको थिएँ, स्टेजमा सिक्काको वषर्ा भयो । मैले तत्काल घोषणा गरँे- 'पहिला म पैसा टिप्छु अनि गीत गाउँछु ।' यसमा धेरै मानिस हाँस्न थाले । स्टेजम्यानेजर आयो र रुमालमा सिक्का बटुल्न थाल्यो । मलाई लाग्यो कि त्यो सिक्का उसले आफूसँग राख्न चाहन्छ । मैले दर्शकलाई त्यो कुरा पनि भनेँ । मानिस हाँसेको हाँस्यै भए । त्यतिवेला ऊ रुमाल लिएर जाँदै थियो । म भने पछि-पछि दौडँदै थिएँ । उसले आमाको हातमा त्यो सिक्का नराखिन्जेल म गाउन स्टेजमा आइनँ । आमाको हातमा सिक्का परेपछि मात्रै म सहज भएँ । म नाचेँ, विभिन्न नक्कल गरँे, मैले आमाको आयरिस मार्च थिमको पनि नक्कल गरँे । मैले गीत गाउँदा गाउँदै आमाको सुकेको आवाजको पनि नक्कल गर्न पुगेँे । यसले दर्शकमा गजबको असर पर्‍यो । उनीहरू पेट मिचिमिचि हाँस्न थाले । फेरि सिक्काको वषर्ा हुन लाग्यो । जब आमा स्टेजमा मलाई लिन आउनुभयो, दर्शकले जमेर ताली बजाए । त्यो रात मेरो पहिलो सो थियो, आमाको अन्तिम ।

हामीलाई अदालतले भरण-पोषणका लागि बुबाबाट साताको १० सिलिङ दिन लगाएको थियो । केही समय त नियमित आयो । तर, बाबुको रक्सी खाने बानीका कारण थियटरमा कम काम पाउन थाले । हामीले पाउने १० सिलिङ पनि कम हुँदै गयो । आमाको काम पूरै बन्द भयो । उहाँले केही रकम जगेडा गरेर राख्नुभएको थियो । त्यो पनि अब क्रमशः कम हुँदै गयो । हाम्रो घरबाट कामादार हटायाँै । तीन कोठामा दुई कोठा र दुईबाट एक कोठाको घरमा सर्‍यौँ । यससँगै अब हाम्रो छिमेकीस्तर पनि घट्दो थियो । अनि हाम्रो घरको सामान पनि ।

सबै सामान बेच्दा अब आमाको थियटरको पोसाक मात्र बाँकी थियो । आमाले त्यसलाई यो आशमा सम्हालेर राख्नुभएको थियो कि उहाँको आवाज र्फकन्छ र फेरि थियटरमा काम गर्न जानुहुन्छ । आमा त्यो बीचमा थरी-थरीको अभिनय गरेर देखाउनुहुन्थ्यो । हामी 'ओक्ले स्टि्रट'मा एउटा कोठामा बस्दाको कुरा बिर्सन्न । म भर्खर ज्वरोबाट उठेको थिएँ । सिड्नी रातिको स्कुल गएको थियो । आमा भित्ताको अडेस लगाएर 'न्यु टेस्टामेट' पढिरहनुभएको थियो । अभिनय पनि सँगसँगै गर्दै हुनुहुन्थ्यो । उहाँले यशूको विषयमा सम्झाउन गरेको अभिनय बेजोड थियो । त्यस्तो अभिनय मैले अहिलेसम्म देखेको छैन, सुनेको पनि छैन । रातिसम्म आमाले पढिरहनुभयो ।

आमाले मलाई यशूमाथि भएका अत्याचारबारे बताउनुभयो । यशूलाई कसरी निर्वस्त्र गरियो, उनको निधारमा कसरी किला ठोकिए, यो सबै सुनाउँदा आमाको गालामा आँसु झरेको थियो । आमाले मलाई यति भावविह्वल बनाउनुभयो कि म मरेर यशूसँग जान चाहन्थँे । तर, आमा उत्साहित हुनुहुन्थ्यो । उहाँले भन्नुभयो- 'यशूले पूरै जिन्दगी बाँच्नुपर्छ, त्यसैले अहिले मर्ने कुरा गर्नुहुन्न ।'

हामीसँग लुगा लगाउन पैसा पनि हुन्नथ्यो । अहिले खाए भरे के खाने ? भन्ने स्थितिमा थियौँ, हामी । धेरै जाडो थियो, सिड्नीको कपडा कम हँुदै गएको थियो । त्यसैले आमाले आफ्नो पुरानो रेशमी ज्याकेटमध्येबाट एउटा कोट सिलाइदिनुभएको थियो ।

त्यो कोटमा कालो र रातो मिसिएको धारिलो बाहुला थियो । सिड्नीले त्यो कोट लगाउन अस्वीकार गर्‍यो । कारण बतायो- 'मलाई स्कुलमा जिस्क्याउँछन् ।' आमाले फकाउनुभयो- 'यति राम्रो कोट छ । तिमीलाई राम्रो सुहाएको छ । कसले के भन्छ वास्ता गर्नुहुन्न ।' आमाले सम्झाउने तरिका यति सानदार थियो कि सिड्नी कोट लगाउन तयार भयो । त्यो कोट र आमाको अग्लो हिल काटेर बनाएको जुत्ता लगाउँदा सिड्नीको स्कुलमा धेरैपटक झगडासमेत भयो । उसलाई सबै केटा 'जोसेफ र उसको रंगिबिरंगी कोट' भनेर जिस्क्याउँथे ।

सिड्नी स्कुलबाट समय निकालेर पत्रिका बेच्न जान्थ्यो । त्यसले हात्तीको मुखमा जिरा हुथ्यो । एकदिन सिड्नी चिच्याउँदै आयो । उसको हातमा एउटा पैसाको थैली थियो । उसले पत्रिका बिस्तारामा फ्याँक्दै भन्यो- 'मैले एउटा पैसाको थैली भेट्टाएको छु ।' आमाले त्यो थैली खोलेर हेर्नुभयो, त्यहाँ चाँदी र सुनका सिक्का थिए । आमाले तत्काल त्यसलाई बन्द गर्नुभयो र बिस्तारामा पल्टिनुभयो ।

सिड्नी पत्रिका बेच्न बसमा चढ्ने गथ्र्याे । उसले बसको माथिल्लो तलाको सिटमा त्यो थैली देखेछ । त्यो थैलीमाथि उसले पत्रिका राख्यो र पत्रिकासँगै त्यो थैली पनि उठाएर बसबाट उत्रियो र टाप कस्यो । अलि पर पुगेर एउटा होर्डिङ बोर्डको पछाडि उसले खोलेर हेर्‍यो । 'मेरो मुटु अझै धड्किरहेको छ,' सिड्नीले उत्साहित हुँदै भन्यो । हामीले त्यो थैली पूरै टकटक्यायौँ । त्यसको भित्र एउटा गोजी थियो । त्यसमा थप सातवटा सुनका सिक्का थिए । हाम्रो खुसीको सीमा रहेन । त्यो पर्समालिकको अत्तोपत्तो थिएन । त्यसैले त्यसको मालिकप्रति दुःखी हँुदै हामीले त्यो पैसा चलाउने निर्णय गर्‍यौँ ।

त्यसपछि हाम्रो शरीर नयाँ लुगाले ढाकियो । हामी आमालाई निको भएपछि समुद्रतटमा घुम्न गयौँ । बिस्तारै हाम्रो त्यो खजाना पनि सकियो । आमाले जागिर खोज्ने कति कोसिस गर्नुभयो, पाइएन । अब आमाले सिलाउने मेसिनसमेत किस्तावालाले उठाएर लगे । बुबाले पठाउने १० सिलिङसमेत बन्द भयो । झोंकमा आमाले अर्काे वकिल राख्ने सोच्नुभयो । उसले आमासँग पैसा नभएको देखेपछि सल्लाह दियो, 'कुनै वर्कहाउसमा भर्ना हुनूस् ।' आमासँग दुईवटा बच्चा पाल्ने बोझ थियो, त्यसमाथि आफ्नो स्वास्थ्य खराब । हामीलाई नयाँ वकिलले सल्लाह दियो, 'कुनै वर्कहाउसमा भर्ना हुनूस्, त्यसले हाम्रा बुबालाई रकम भर्न दबाब दिनेछ ।' हामीले वकिलको कुरा मानेर या भनाँै बाध्यताले लेम्बेथको वर्कहाउसमा भर्ना भयौँ । हामीलाई थाहा थियो, त्यहाँ बस्न दिक्क हुनेछ । तैपनि, हामीलाई लाग्यो- एउटा कोठाको फोहोरमा बस्नुभन्दा त्यहाँ केही त फरक होला । त्यो सपना गेटमा पुग्न नपाउँदै तुहियो । हामीलाई बच्चाको वार्डमा राखियो । आमालाई महिला वार्डमा । आमा एक साताभित्रै बूढी देखिन थाल्नुभएको थियो । आमा यति तनाबमा हुनुहुन्थ्यो कि एकदिन हामीले सुन्यौँ आमालाई पागलखाना लगियो ।

केही समय वर्कहाउसमा बसेपछि हामीलाई अदालतले बाबुको जिम्मा लगायो । अब हामी बुबा र उहाँकी अर्की श्रीमती लुइससँग बस्न थाल्यौँ । त्यहाँ एउटा सानो बच्चा पनि थियो । त्यो मेरो भाइ थियो । लुइसले हामी दुई भाइलाई राम्रो व्यवहार गर्दिनथिन् । सिड्नीलाई झनै गर्दिनथिन् । बीचमा हाम्रो कारणले लुइस र बाबुको झगडासमेत भयो । कैही महिनामा लुइसले एउटा चिठी पाइन् । त्यसमा लेखिएको थियो- 'आमा पागलखानाबाट छुट्नुभयो ।' त्यसको एक/दुई दिनमा घरबेटी आएर भनिन्- हाम्रो ढोकामा कुनै महिला खडा छ । लुइसले भनिन्- 'त्यो तिम्रो आमा हो ।' सिड्नी कुद्दै आमालाई अँगालो हाल्न पुग्यो । हामीले सामान प्याक गर्‍यौँ । यतिवेला भने लुइसले सिड्नीलाई राम्रोसँग बिदा गरिन् ।

अब हामी आमासँग बस्न थाल्याँै । उहाँले सानो कोठा लिनुभएको थियो । अब आमाले मलाई नाटकप्रति रुचि बढाउनतिर लाग्नुभयो । उहाँले ममा यो भावना जगाउनुभयो कि ममा पनि केही प्रतिभा छ ।

मेरो बुबाले मिस्टर ज्याक्सनलाई चिन्नुहुन्थ्यो । उहाँले आमालाई मनाउनुभएको थियो, मलाई थियटरमा लैजान । ती ज्याक्सन एउटा ट्रुपका सञ्चालक थिए । मलाई उनले आफ्नो मण्डलीमा लिए । ६ साताको अभ्यासपछि म मण्डलीमा नाच्न सक्ने भएँ । म नाच्न पाएकोमा खुसी थिइनँ । जब कि म त्यतिवेला आठ वर्ष मात्रै पुगेको थिएँ । त्यसमा मेरो पैसा धेरै पाउने स्वार्थबाहेक अर्काे स्वार्थ यो पनि थियो कि म नाच्ने झन्झटबाट मुक्त भएर खुला अभिनय गर्न चाहन्थेँ । क्रिसमसको दिन हामीलाई लन्डन हिप्पोड्रममा बिरालो र कुकुरको मौन अभिनय गर्ने मौका मिल्यो ।

भान्छाको एक दृश्यमा मलाई उनीहरूसँग गर्न एक रमाइलो दृश्य दिइयो । म बिरालो बनेको थिएँ । मार्सलिन एक कुकुरपछाडिबाट आएर ममाथि लड्नेवाला थिए । म दूध पिउँदै थिएँ । उनी सधैँ गुनासो गर्थे कि म राम्रोसँग कम्मर झुकाउँदिनँ । मैले बिरालोको मुखुन्डो लगाएको थिएँ । म कुकुरको पछाडि गएँ र सँुघ्न थालेँ । दर्शक हाँस्न थाले । मैले बिरालोको आँखा बन्द हुने डोरी तानेँ । मैले सुँघ्दै डोरी तान्दै गर्न थालँे । स्टेजम्यानेजर आएर अन्धाधुन्ध हात हल्लाउन थाल्यो । मैले वास्तै नगरी आफ्नो काम गरिरहँे ।

कुकुरलाई सुँघेपछि मैले रंगमञ्च सुँघँे र खुट्टा उचालँे । उसले मसँग रिसाउँदै भन्यो- 'यस्तो काम फेरि नगर्नू, यसरी त तिमीले यो थियटर बन्द गराउँछौ ।' यसो भन्दा उसको सास फुलिरहेको थियो ।
अरु यता >>

Friday, April 15, 2011

एकै घरमा १८ परिवारका १ सय ७ जना रे ..


पचनाली गाविसमा १८ परिवारका १ सय ७ जना वर्षौंदेखि एउटै घरमा बस्दै आएका छन् ।

लामो समय उनीहरू स्थानीय मल्ल ठकुरीहरूकामा हलिया बसे । त्यसबेला उनीहरूले घरको आवश्यकतै ठानेनन् । 'परिवार बढ्दै गएपछि मात्रै घरको आवश्यकता महसुस भयो,' सोही घरमा बस्ने ईश्वर भुलले भने, 'हलिया मुक्ति त भयौं तर जमिन नभएकाले अन्यत्र बस्न पाएनौं ।'

आर्थिक अवस्था कमजोर रहेका यी दलित परिवार साँघुरा कोठाहरूमा छुट्टाछुट्टै खाना पकाउँछन् । उनीहरूको आर्थिक कारोबार पनि भिन्नभिन्नै छ । बाटो अभावमा झ्याल तथा गोठबाट समेत भित्र पस्छन् । चार परिवार गोठमा भित्ता हालेर बस्न बाध्य छन् ।

यी परिवार दुई बाजेका सन्तान हुन् । परिवारका ज्येष्ठ सदस्यलाई समेत घरमा कति परिवार र सदस्य बस्छन् भन्ने थाहा छैन । यो संवाददातालाई घरमा बस्ने महिला/पुरुषको संख्या छुट्टयाउन झन्डै दुई घन्टा लागेको थियो । 'घरका सबै जम्मा भयौं भने आँगनमा खुट्टा टेक्ने ठाउँसमेत हुन्न,' भुलले भने, 'दिउँसो काममा अन्यत्रै लाग्दा साँझ/बिहानमात्र सबैको भेट हुन्छ ।' घरमा ५३ महिला र ५४ पुरुष छन् । तीमध्ये अधिकांश बालबालिका छन् । उनीहरूको अवस्थाबारे गाविस कार्यालय भने अझै बेखबर छ । 'अन्यत्र कुरा सुनेको छु,' गाविस सचिव खगेन्द्र भट्टले भने, '३/४ परिवारसम्म हुन सक्छन्, १८ परिवार छन् भन्ने कुरा तपाईंबाट सुनेँ ।' आफूहरूको बासका लागि सानै भए पनि घरको व्यवस्था गरिदिन उनीहरूले आग्रह गरे । एउटै घरमा बस्दा अनेक समस्या भोग्नुपरेको उनीहरूले सुनाए । 'छोराछोरी, श्रीमती सबैले यसै कोठामा सुत्नुपर्छ,' साँघुरो कोठा देखाउँदै भुलले भने, 'यसैमा खाना पकाउनुदेखि अन्नपानी, लुगाफाटोसमेत राख्नुपर्छ ।'

नेपालका लागि खानेपानी नेवाले प्रत्येक परिवारलाई

चर्पी बनाउने अभियान थाले पनि स्थान अभावले त्यसमा समस्या आयो । 'आफैं बस्न ठाउँ नपाएका बेला चर्पी कहाँ बनाउने ?' घरका सदस्यहरू प्रश्न गर्छन् । पछि छेउको भिरालो डाँडामा नेवाले सबै परिवारका लागि अस्थायी चर्पी बनाएको छ । केही परिवारले स्थानीय बासिन्दाको जमिन अधियाँ कमाएका छन् । केही कमाउन भारत जाने गरेका छन् ।

स्थानीय बासिन्दा एवं राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष वेणीमाधव जोशीले उनीहरूको अवस्था दुःखदायी भएको बताए । 'वर्षौंदेखि हलिया प्रथाको थिचोमिचोमा परेका उनीहरू अहिलेसम्म सजाय भोग्दै छन्,' उनले भने । उनीहरूले गाउँ छेउको सामुदायिक वनमा

बस्न तयारी गरेका थिए तर त्यसमा गाउँलेले विरोध गरे । 'हामीलाई हटाएर अरू परिवार बस्ने तयारीमा छन्,' तीमध्येका एकले भने, 'अरूले रूख काट्न पाउने, जमिन भोगचलन गर्न पाउने, हामीले बस्न किन नपाउने ?'
अरु यता >>

Wednesday, April 13, 2011

सलमानले चुम्मनको किर्तीमान राख्ने



सलमान खानले सबभन्दा बढी चुम्मन लिने किर्तीमान राख्ने प्रयासमा रहेका छन्। बलिउडको चलचित्रका महानायक सलमान चलचित्रहरूमा चुम्मन लिन निकै पछी रहेका सलमानले यस पटक वास्तविक जीवनमा नै उनले यस्तो प्रयास गर्न लागेका छन्।
सलमानले प्रिटी जिण्टाको टिभी कार्यक्रम गिनिस बुक अफ वर्ल्ड रिकर्ड कार्यक्रममा यस्तो किर्तीमान राख्ने प्रयास गर्ने भएका हुन। उनले चुम्मनको बिश्व किर्तीमान राख्ने प्रयास गर्न लागेकोमा उनको चुम्मन ओंठे चुम्मन नभएर हाथे चुम्मन मात्र हो।


हाल सम्म एक मिनेटमा ८७ पटक हाथमा चुम्मन लिएको किर्तीमान छ, सलमानले उक्त कार्यक्रममा यस किर्तिमानलार्इ भंग गर्ने प्रयास गर्न लागेको छ। यस अलावा चर्चाका अनुसार सलमानले एक मिनेटमा लगाएको लुका च्यातेर फुकाल्ने किर्तीमान समेत भंग गर्ने प्रयासमा छन्। हाल सम्म एक मिनेटमा १४ वटा लुगा च्यातेर फुकाल्ने किर्तीमान रहेकोमा सलमानले १५ वटा लुगा च्यातेर फुकाल्ने प्रयास समेत गर्न लागेको छ।
अरु यता >>

Tuesday, April 12, 2011

मन्त्रीमाथि खुकुरी प्रहार

मन्त्री घोषित भएको केही घन्टाभित्रै एमाले केन्द्रीय सदस्य गोकर्ण बिष्टमाथि उनको सामाखुशी टाउन प्लानिङस्थित निवासमा दुई जना अपरिचित युवाले खुकुरी प्रहार गरेका छन्। खुकुरी लागेर आधा काटिएको हत्केला ठमेलस्थित मनमोहन मेमोरियल अस्प्तालका चिकित्सकले शल्यक्रिया गरेर जोडिदिएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको छ।

घाइते विष्टलाई प्रधानमन्त्री झलनाथ खनालले आज अस्पतालमा भेटेका छन्।

मोबाइलमा कुरा गर्दै साँझ सवा आठ बजे घरबाट निस्किरहेका बिष्टमाथि मोटरसाइकलमा आएका युवाले खुकुरी हानेका थिए। उनले देब्रे हातले खुकुरी छेक्दा हत्केलामा गम्भीर चोट लागेको छ। टाउको ताकेर हानेको खुकुरी छेक्दा उनको बायाँ हातमा चोट लागेको हो।



प्रहरीले घटनास्थल क्षेत्रबाट आठ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौ प्रहरीका प्रवक्ता केदार ढकालका अनुसार बिष्टको वयानको आधारमा आक्रमण गर्न प्रयोग गरेको आशंकामा बा २९ प १०५ नम्बरको कालो पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘बिष्ट अहिले खतरामुक्त हुनुहुन्छ' डिएसपी ढकालले भने।

बिष्टका भाइ गगनका अनुसार लोडसेडिङका बेला मोबाइलमा कुरा गर्दै घरबाहिर निस्किएको दुई मिनेटमै आक्रमण भएको थियो। घाइते भएपछि उनले घरभित्र गएर श्रीमती प्रतिमा श्रेष्ठलाई गुहारेका थिए। श्रीमान रगतपच्छे भएर आएको देखेपछि प्रतिमाले छिमेकीलाई गुहारेर ट्याक्सीमा राखी अस्पताल लगेकी थिइन्।

प्रहरीले लोडसेडिङको मौका छोपी लुटपाटमा सक्रिय समूहले आक्रमण गरेको आशंका गरेको छ।
अरु यता >>

Sunday, April 10, 2011

आज को समाचार पत्र का अनुशार भात खाँदा ढुंगामा परिणत भयो रे ..

श्रीस्वस्थानी व्रतकथामा लावण्य देशका राजा नवराजकी पत्नी चन्द्रावतीले खानेकुरा खान खोज्दा ढुंगा र माटो भएको वर्ण्र्ााअपत्यारिलो लागे पनि त्यस्तै प्रकृतिको घटना धादिङको एक गाउँमा देखिएको छ। धादिङको खरी गाविस-८ भदुवारकी बिना रानाले भात खान शुरू गरेपछि त्यो ढुंगा र माटो बनेको दृश्य देख्नेहरू आर्श्चर्यचकित हुने गरेका छन्।


मुखमा भातको गाँस हालेर चपाउन लाग्दा नै ढुंगा र माटो बन्ने भएकाले रानाले १५ दिनदेखि भात खान पाएकी छैनन्।
विज्ञानलाई समेत चुनौतीका रूपमा रहेको खबर सुनेर पत्यार नलागी रानाको घरमा पुगेका सञ्चारकर्मी र थुप्रै व्यक्ति उनले मुखमा भात हालेपछि चपाउन थाल्दाथाल्दै ढुंगा भएको र माटोका रूपमा निकालेपछि अचम्ममा परेका थिए।

भात मात्र होइन, मकै, कोदोको ढिँडो खाँदा समेत ढुंगामा परिणत हुने समस्या आएपछि बिना १५ दिनदेखि फलफूल मात्र खाएर बस्न बाध्य भएकी छन्। फलफूल र दूध खाँदा मात्र ढुंगा-माटो नबनेकाले आफू फलफूल खाएर बस्न बाध्य भएको उनले बताइन्।

बिनाको मुखमा केही भए/नभएको हेरेर र पानीले मुख पखालेर भात खान दिँदासमेत ढुंगा र माटोमा परिणत भएको थियो। खाएको भात ढुंगा हुँदा केही रातो वा खैरो देखिएको र भातमा देखिएको माटोजस्तो रङ खैरो किसिमको रहेको छ।
अरु यता >>

दिपिका पादुकोण लाई निजी पार्टीमा नाच्ने काम मन पर्दैनरे.......


बलिउडका लोकप्रिय अभिनेता-अभिनेत्रीहरू मोटो रकम लिएर निजी पार्टीमा नाच्ने क्रम तीव्र भएका बेला दिपिका पादुकोणले भने चार करोड भारूको प्रस्ताव लत्याएर सबैलाई चकित तुल्याइन्।

लन्डनमा लामो समयदेखि बसोबास गर्दै आएका सम्भ्रान्त पञ्जाबी परिवारले एउटा निजी डान्स पार्टीमा नाच्न भनेर उनलाई चार करोड भारूको प्रस्ताव गरेको थियो। त्यो पार्टीमा उनले अरू कुनै गीतमा नभएर आफ्नै नयाँ फिल्म दम मारो दमको आइटम गीतमा नाच्नुपर्ने थियो।

‘त्यो गीतमा दिपिकाको लुक र पहिरन अत्यन्त सेक्सी छ। डान्सको स्टेप्स पनि सेक्सी छ। उनले निजी पार्टीमा पनि त्यस्तै खालको पहिरनमा नाच्ने इच्छा देखाइनन्,' दिपिका निकट स्रोतले भन्यो। स्रोतका अनुसार यो प्रस्ताव आउँदा सुरुमा त दिपिकाले पत्याएकी थिइनन्। उनले यसलाई कसैले जोक गरेको ठानेकी थिइन्। तर, प्रस्ताव साँच्चिकै हो भन्ने भएपछि चकित खाइन्।

दिपिकालाई निजी पार्टीमा नाच्ने अफर यसअघि पनि आएका हुन्, तर उनले सधैं विभिन्न कारण देखाउँदै अस्वीकार गर्दै आएकी छन्। दिपिकाको नकारात्मक जवाफपछि उक्त पञ्जाबी परिवार निकै दुःखी भएको स्रोतले बतायो। तिनले खुबै आग्रह पनि गरिरहे। तर, दिपिकाले मान्दै मानिन। ‘जतिसुकै पैसाको प्रस्ताव आए पनि निजी पार्टीमा नाच्ने काम मलाई मन पर्दैन,' उनले भनिन्।

यसअघि सुपरस्टार शाहरुख खानदेखि सलमान खानलगायत विपाशा बासु, कोयना मित्रा, कटि्रना कैफजस्ता अभिनेत्रीले मोटो पैसा लिएर निजी पार्टीमा आफ्नो जादु छरिसकेका छन्।
अरु यता >>

राष्ट्रपति बन्न श्रीमान्सँग डिभोर्स रे.......


राष्ट्रपति बन्न श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् ग्वाटेमालाकी प्रथम महिलाले ग्वाटेमालाकी प्रथम महिला सान्ड्रा टोरेसले राष्ट्रपति उम्मेदवार बन्न राष्ट्रपति अल्बारो कोलमसँग सम्बन्धविच्छेद गरेकी छन् । सर्वाेच्च अदालतले पनि उनीहरूको सम्बन्धविच्छेदलाई स्वीकार गरिसकेको छ । अदालतको स्वीकारोक्तिपछि सान्ड्रा अब राष्ट्रपति उम्मेदवार बन्ने ढोका खुलेको छ ।

ग्वाटेमालाको संविधानअनुसार राष्ट्रपतिका नजिकका आफन्तले चुनाव लड्न पाउँदैनन् । राष्ट्रपति कोलमकी श्रीमती सान्ड्रा राष्ट्रपति चुनाव लड्न चाहन्छिन् । राष्ट्रपति र प्रथम महिलाको सम्बन्धविच्छेद प्रकरण सम्बन्धमा विवाद उत्पन्न भएको थियो । विपक्षीले राष्ट्रपति तथा उनकी श्रीमतीलाई जालसाजी गरेको आरोप लगाएको छ ।

प्रथम महिला सान्ड्रा टोरेसको उम्मेदवारीले संविधानको उल्लंघन गरेको सेप्टेम्बरमा हुने भनिएको राष्ट्रपति चुनावका अर्का उम्मेदवार तथा देशका पूर्वजनरल ओटो पोरेज मोलिनाले बताएका छन् । यता सान्ड्रा टोरेसको पार्टी प्रवक्ताले भने उनको उम्मेदवारी पूर्ण रूपमा वैध भएको बताए । टोरेसले गत महिना आफूले श्रीमान्सँग सम्बन्धविच्छेद गर्न खोजेको टेलिभिजनमार्फत घोषणा गरेकी थिइन् । ग्वाटेमालाका लागि आफू र श्रीमान्ले गहिरो प्रेमको बलिदानी दिएको पनि उनले बताइन् । सान्ड्रा राष्ट्रपति कोलमकी तेस्री श्रीमती हुन् । उनले कोलोम सरकारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । यसैगरी उनले गरिबी उन्मूलन कार्यक्रम लागू गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । सान्ड्रा राष्ट्रपति निर्वाचित भएमा उनी ग्वाटेमालाकी पहिलो महिला राष्ट्रपति हुनेछिन् ।

सान्ड्रालाई अर्का राष्ट्रपति उम्मेदवार अटो परेज मोलिनाले ठूलो चुनौती दिने विश्वास गरिएको छ । सर्वेक्षणले मोलिनालाई सबैभन्दा लोकपि्रय उम्मेदवार भएको देखाएका छन् ।
अरु यता >>

Friday, April 1, 2011

२ वटा टाउको भएको बच्चा जन्मियो रे !!!!!!

अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाले शुक्रafर २ वटा टाउको भएको बच्चा जन्माएकी छिन्। सल्यानको बाँमे गाविस-५ की १८ वर्षीय गीता बुढाले २ वटा टाउको भएको छोरा जन्माएकी हुन। बच्चाको मुख, आँखा, नाक, भने एउटै छ। अनुहारदेखि माथिल्लो भागबाट अर्को टाउको जोडिएको हो।

प्रसूति व्यथाले च्यापेपछि गीतालाई पश्चिम रुकुमस्थित चौरहजारी मिसन अस्पतालमा बिहीबार भर्ना गरिएको थियो। पहिलो सन्तान भएकाले बच्चा जन्माउन गाह्रो भएको थियो। अस्पतालका चिकित्सकको लामो प्रयत्‍न र प्रयासपछि उनी बच्चा जन्माउन सफल भएकी हुन्। बच्चा र आमाको स्वास्थ्य समान्य भएको चौरजहारी अस्पतालले जनाएको छ।

बच्चाको २ वटा टाउको हुनुमा फुलिक एसिडको कमी भएको उपचारमा संलग्न डा. यमुना राईले बताइन्। अप्रेसन गरेर मात्र बच्चाको टाउको छुट्ट्याउन सकिने डा. राईले बताइन्। बच्चाको अप्रेसन वैशाख २ गते गरिनेछ। जटिल अवस्थाको केस भएकाले भएकाले अप्रेसनपछिको अवस्था यसै भन्न नसकिने अस्पतालले जनाएको छ। २ वटा टाउको भएको बच्चा यहाँ जन्मिएको यो पहिलो घटना हो।

धेरै पीडाका बीच पहिलो वेतमै छोरा पाएको खुसियाली भए पनि २ टाउको भएको बच्चा जन्मेकाले परिवारलाई भने पीडा भएको छ। अपाङ्ग जस्तै बच्चा जन्मेकाले वुढा परिवारलाई हर्ष न विस्मात भएको छ।

बच्चा हेर्न अस्पतालमा भिड
गीता बुढाले २ वटा टाउको भएको बच्चा जन्माएपछि हेर्न अस्पतालमा स्थानीयको भिड लागेको छ। २ वटा टाउको भएको बच्चा जन्मेको खवर बजारमा फैलिएपछि हेर्नेहरुको भीड अस्पतालमा लागेको हो। यस्तो बच्चा जन्मेको घटना नौलौ भएकाले बच्चा हेर्नेको भीड लागेको हो। देवताको रुप भन्दै स्थानीयले दर्शनसमेत गरेका छन्। देवी देवताले मानिसको रुप धारण गरेको भन्दै उनीहरुले दर्शन गरेका हुन।
अरु यता >>
^ Scroll to Top