Monday, February 28, 2011

प्रेम होस् त यस्तो

रामेछापमा जन्मेको एउटा रहरलाग्दो छाउरोले राजधानी भित्रिएपछि जापानी मालिकबाट टासी नाम पायो। ललितपुरको पाटनढोका टोलमा हुर्कंदै फुर्तीसाथ सडक, गल्ली र छरछिमेक चहार्ने गरेको उसको बिहारीकृष्ण श्रेष्ठको कम्पाउण्डमा बस्ने फ्याउरीसँग दिल बस्यो। टासी र फ्याउरी संसार बिर्सेर खेल्थे, कुद्थे र कोही कोही वेला अरू कुकुरहरूलाई परपरसम्म लखेट्थे। तर, उनीहरूको यस्तो खुसहाल जीवन धेरै दिन चलेन।
जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मा काम गर्ने टासीका मालिकलाई आफू देश फर्कने भएपछि एक्लो टासी राजधानीमा टिक्दैन जस्तो लाग्यो र एक दिन उसलाई जबरजस्ती जीपमा हाली रामेछाप पुर्‍याएर छाड्ने व्यवस्था मिलाए। दिन बित्दै जाँदा पाटनढोकावासीले टासीलाई बिर्सिए, फ्याउरी पनि कहाँ कुन अवस्थामा छे भन्नेमा कसैको ध्यान गएन।
तर, त्यसको तीन महिनापछि बिहारीकृष्ण श्रेष्ठले जे देखे, बडो अविश्वसनीय थियो। सुकेर सिट्ठो भएको टासी एक मुठी प्राण लिएर खल्च्याङ-खल्च्याङ गर्दै उनको गेटमा आइपुग्यो। फ्याउरीले चुईंचुईं गर्दै, सुँघ्दै, छुँदै र फुर्किंदै उसलाई स्वागत गरी। यत्रो शहरमा टासी र फ्याउरीको अपूर्व मिलन देखेर श्रेष्ठले असिम आनन्दको अनुभूति गरे। “फ्याउरीकै प्रेमले टासीलाई मेरो घरसम्म फर्काएकोमा शङ्का छैन, तर विचरोले भोकै तिर्खै अनेकन भीर, पाखा, वन, नदीनाला र गाउँ-शहर कसरी छिचोल्यो होला, ताज्जुब लाग्छ!” उनी भन्छन्।
फ्याउरी र टासी जोडीका साथ बिहारीकृष्ण श्रेष्ठ।
पूरा बन्दोबस्तका साथ रामेछाप-काठमाडौं पैदल यात्रा गर्न पूरा एक साता लाग्छ। स्थानीय कुकुरहरूसँग भिड्दै, जोगिँदै, उकालो-रालो, कच्ची-पक्की सडक र गल्लीहरू छिचोल्दै २०० किलोमिटरको विषम यात्रा गर्ने प्रेमासक्त टासीसँग प्रकृतिप्रदत्त घ्राणशक्तिबाहेक केही थिएन। उसको नाकले आफूलाई लिएर जाने गाडीको इन्धनको गन्ध वा फ्याउरीको वासनामध्ये केलाई पहिल्याएर बाटो पत्ता लगायो, यसै भन्न सकिन्न।
काठमाडौं चौपाया उपचार केन्द्रका संस्थापक जान साल्टर कुकुर र बिरालोमा बाटो पत्ता लगाउने अद्भुत खुबी हुने बताउँछन् जसलाई मानिसले छुट्याउन वा मापन गर्न सक्तैन। टासीले यति लामो दूरी पार गरेर फ्याउरीको समिप आइपुग्न त्यही विशेष खुबी प्रयोग गरेको हुनुपर्छ। तर, यस्तो खुबी भए पनि इच्छाशक्ति लरतरो भएको भए टासीको धैर्य बीचैमा टुट्न सक्थ्यो। यो यात्रामा टासीले बेहोरेको अवर्णनीय कठिनाईको प्रमाण ऊ आफैं हो। श्रेष्ठ भन्छन्, “ऊ मेरो गेटमा आइपुग्दा हाडछालाको जिउँदो अस्थिपञ्जर जस्तो थियो।”
तर, फ्याउरीको प्यार र श्रेष्ठ परिवारको हेरविचारबाट टासी चाँडै नै स्वस्थ, सुन्दर र संसारकै सुखी कुकुर बन्यो। दुर्भाग्यवश न जीवन सधैँ एउटै दिशामा चल्छ, न खुशीको आयु नै लामो हुन्छ। टासी फर्केको एक वर्ष पनि भएको थिएन, फ्याउरी बिरामी परी। सधैं झ्ैं बाहिर डुलेर फर्कंदा फ्याउरीले सम्भवतः कुनै विषालु चिज खाएर आएकी थिई। “उपचार गर्ने मौका समेत पाइएन, हेर्दाहेर्दै मरिहाली”, श्रेष्ठ सम्झ्न्छन्।
यस्तो कठोरता र वियोगको सामना गर्नुपरेको टासीले पनि संसारमा कुनै कुरा स्थायी हुँदैनन् भनेर शायद बुझयो। अहिले ऊ श्रेष्ठ परिवारसँग एउटा सुवानी, शान्त र मायालु कुकुरको रूपमा जीवनको १२औं वर्ष बिताइरहेको छ।
अरु यता >>

ग्ल्यामर छविमा फर्किन् बिपाशा

एजेन्सी
मुम्बई । बलिउड नायिका बिपाशा बसु पुन: पुरानै छविमा फर्कन थालेकी छन् । गत वर्ष उनले आफूलाई ग्ल्यामर छविबाट साधारण युवतीका रूपमा प्रस्तुत गरेकी थिइन् । तर उनले यस्तो भूमिका निर्वाह गरेका चलचित्रले राम्रो व्यापार गर्न नसकेका कारण उनी पुन: ग्ल्यामर छविमै देखापर्ने भएकी हुन् । बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् । बलिउडमा प्रवेश गरेदेखि नै ग्ल्यामर भूमिकामा देखापर्दै आएकी बिपाशालाई बलिउड कै कामुक अभिनेतृका रूपमा समेत चिनिन्छ । तर आफ्नो पहिचानविपरीत भूमिका निर्वाह गरेका कारण उनलाई दर्शकले नरुचाएको विश्लेषकहरूको भनाइपछि बिपाशाले अब ग्ल्यामर भूमिकामै आफूलाई फर्काउने निर्णय लिएकी हुन् ।
बिपाशाले रोहन सिप्पीको चलचित्र ‘दम मारो दम’ मा ग्ल्यामर भूमिका निर्वाह गरिरहेकी छन् । सायद यस चलचित्रले उनको लोकप्रियतालाई बजारमा कायम राख्न मद्दत पुग्ने छ । यो चलचित्रको कथा भारतको पर्यटकीय सहर गोवामा आधारित छ । यस चलचित्रमा बिपाशाले गोवाकी एक सुन्दर युवतीको भूमिका निर्वाह गरेकी छन् जसले एयर होस्टेज बन्ने सपना पालेकी हुन्छे । तर आफ्नो सपना पूरा गर्न नसकेपछि उनी अर्कै बाटो समाउन बाध्य हुन्छिन् । बिपाशाका साथ यस चलचित्रमा अभिषेक बच्चन, राणा दगुबती र प्रतीक बब्बरले पनि अभिनय गरेका छन् । यस चलचित्रमा बिपाशाले केही उत्तेजित दृश्यमा समेत आफूलाई उभ्याएको बताइन्छ । स्रोतका अनुसार यस चलचित्रमा उनी ‘बेड सीन’ मा देखा पर्दैछिन् । त्यसो त आफूभन्दा कम उमेरको नायकसँग त्यस्तो दृश्य दिन सुरुमा नमानेकी बिपाशालाई रोहन सिप्पीको लामो प्रयासपछि सहमति जनाएकी हुन् ।
अरु यता >>

खुसियाली मनाउँदा ज्यान गयो

बंगलादेशले आयरल्यान्डलाई पराजित गरेको खुसीयाली मनाउँदा एक क्रिकेट प्रशंसकको मृत्यु हुनुका साथै ढाकामा भएको विभिन्न सडक दुर्घटनामा ३० घाइते भएका छन्।
क्याबरेबिन भूमिमा २००७ मा भएको खेलमा आयरल्यान्डसँग पराजित भएकाले शुक्रबार २७ रनको विजय हात पार्दा समर्थकले बंगलादेशले विश्वकप नै जिते झै खुसीयाली मनाउँदा विभिन्न दुर्घटना भएको प्रहरीले शनिबार बताएका छन्।
'बंगलादेशले विजय हात पारेको खुशी मनाउँदा सहरमा भएको तीन सडक दुर्घटनामा एकको मृत्यु हुनुका साथै थुप्रै घाइते भएका छन्,' ढाका नगरप्रहरीका एक अधिकारीले भने, 'बनानीमा खुसीयाली मनाइरहेका एक युवकलाई ट्रकले किचेर मृत्यु भएको छ भने त्यसमा अन्य १० घाइते भएका छन्। दुई यस्तै प्रकारको दुर्घटनाअन्तर्गत ढाका विश्वविद्यालयसँगै कार सडकको डिभाइडरमा ठोक्किँदा १५ घाइते भएका छन्।'
अरु यता >>

Sunday, February 27, 2011

काठमांडूका डनहरुको कथा

हप्ता असुलीबाट आपराधिक सञ्जालमा छिरेका सुजन पौडेल (रमेश बाहुन) दुईपटक हतियारसहित पक्राउ परेर धरौटीमा रिहा भए। यतिखेर प्रहरीले फेरि उनलाई खोजिरहेको छ, तर फेला पार्न सकेको छैन। उनले हाउजिङ कम्पनीमा पैसा असुली गर्न धम्क्याएको प्रहरीको आरोप छ। सुजनजस्तै १० भन्दा बढी डनले फरक–फरक समूह परिचालन गरेर अवैध खानी, क्यासिनो, रात्रिकालीन व्यवसायसँगै हाउजिङलाई निसाना बनाइरहेका छन्।
हाउजिङ व्यवसायमा कस्तो छ डनहरूको दबदबा?
व्यवसायीहरू यति त्रसित छन्, औपचारिक रूपले कोही चुइँक्क बोल्दैनन्। समाचार संकलनका क्रममा सम्पर्कमा आएका आधा दर्जन व्यवसायीमध्ये अधिकांशले कुरा चपाउँदै भने, 'केही समस्या छैन, सब ठिक छ।'
हाउजिङ व्यवसायीको छाता संगठन नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले नै हाउजिङ व्यवसायमा डनहरूको दबदबा नभएको दाबी गरे। फोन सम्पर्कमा आएका उनले भने, 'खै, मलाई त त्यस्तो थाहा छैन।' बल्लतल्ल बोल्न तयार भएकाहरू पनि डनहरूको डरले घरिघरि सम्झाइरहन्थे, 'नामचाहिँ नलेखिदिनुहोला है!'
यो व्यवसाय चलाउन गुन्डालाई पैसा नबुझाउने एकजना पनि छैन।' यो एक चर्चित बिल्डरले नागरिकसँग स्विकारेको कुरा हो। नाम खुलाउन नचाहेका उनले भने, 'उनीहरूको नाम लियो भने कतिसम्म गर्छन् भन्ने त बुधबारको घटनाले देखाइहाल्यो। उनीहरूका बारे खुलेर कुरा गर्नु भनेको आफैं असुरक्षित हुनु हो।'
बुधबार एक्जाभेटर जलाएको खबर प्रहरीलाई दियो भनेर डनहरूले सम्बन्धित हाउजिङ कम्पनीका व्यवसायीलाई धम्क्याएका थिए।
उनका अनुसार दुर्व्यसनीदेखि संगठित आपराधिक समूहसम्मबाट त्रसित छन्, व्यवसायीहरू। व्यवसायीले जग्गा खरिददेखि अर्पाटमेन्ट बिक्रीसम्ममा डनहरूको दबाब सहनुपरेको पीडा सुनाए।
'चलाइरहेको डोजर खोसेर पैसा माग्ने, अपार्टमेन्टमै आएर सित्तैमा घर माग्ने, फोन गरेर ठेक्का माग्ने,' एक व्यवसायीले भने, 'यस्ता घटना त सामान्य भइसक्यो।'
डनहरूको दबदबाकै कारण अपार्टमेन्ट बनाउँदा आवश्यक पर्ने निर्माण सामग्रीबारे व्यवसायीहरू स्वतन्त्र भएर निर्णय गर्न सक्दैनन्। बालुवाको ठेक्का कसलाई दिने, गिट्टी, ढुंगा, सिमेन्ट कोसँग लिने, स्टिल कहाँबाट मगाउने भन्नेमा सम्बन्धित व्यवसायीको निर्णय अन्तिम हुँदैन। उनीहरू डनहरूको अनुमति नलिई सिन्को भाँच्न सक्दैनन्।
'गिट्टीको काम मेरा केटाहरूलाई दिनु भन्दै धम्क्याउँछन्,' ती व्यवसायीले भने, 'प्रतिवाद गर्‍यो भने काम गर्न मन छैन कि क्या हो भन्छन्।'
सबै मापदण्ड पुर्‍याएर हाउजिङ सुरु गर्दा गुन्डाको माग पुरा गर्न ५ देखि १० प्रतिशतसम्म रकम नछुट्याए काम अगाडि बढाउन नसकिने ती व्यवसायीको अनुभव थियो।
आठ वर्षदेखि हाउजिङ व्यवसायमा संलग्न अर्का व्यवसायीले 'मध्यमस्तरका बिल्डर अझ पीडित रहेको' सुनाए। माग पुरा नगरेसम्म कहिले बाटोको समस्या देखाउने त कहिले जग्गाको विवाद निकालेर हैरान बनाउने गरेको उनले खुलाए। 'बाइकमा ह्वारह्वार आउँछन्, डोजरको चाबी खोस्छन् र पैसा माग्छन्,' उनले भने।
केही घटनामा प्रहरीको सहयोग लिँदा थप समस्या बढेपछि सकेसम्म आफैं समस्या समाधान गर्ने गरेको अर्का व्यवसायीले बताए। 'प्रहरीलाई गएर भन्यो भने पक्राउ त गर्छ, तर केही दिनमै फेरि रिहा भइहाल्छन्, अनि समस्या उस्तै,' उनले भने, 'सधैं प्रहरीलाई भनेर साध्य नहुने, घरपरिवारका सदस्यलाई समेत धम्क्याएपछि उनीहरूले भनेको नमाने के गर्ने?'
केही घटनामा रकम दिन नमान्दा फोनकर्ताले 'छोराछोरीको माया नलाग्ने कस्तो निर्दयी बाबु' भनेर धम्क्याएपछि पैसा दिन बाध्य भएको उनले गुनासो गरे।
......
नेपाल जग्गा तथा आवास विकास संघका प्रवक्ता इच्छा वाग्ले गुन्डा र घोषित/अघोषित पार्टीबाट नेपालभरकै व्यवसायी पीडित रहेको बताउँछन्। 'शान्तिसुरक्षाको प्रत्याभूति छैन, जसको बलमा उनीहरूले पीडित बनाइरहेका छन्,' उनले भने, 'व्यावसायिक आचरणमा बसेर काम गर्दासमेत ढुक्क भएर व्यवसाय गर्ने वातावरण छैन।'
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले राज्य संयन्त्रप्रति विश्वास नगरी आपराधिक तत्वसँग सम्झौता गर्दा आपराधिक समूह बलियो बन्दै गएको दाबी गरे।
'डर र भय जति मान्यो त्यति बढ्छ,' उनले भने, 'व्यवसायीले सुरक्षा संयन्त्रमाथि विश्वास गरेर सहयोग गरे समस्या सहजै समाधान हुन्छ।' महानगरीय प्रहरी परिसर प्रमुख पुष्कर कार्की आफ्नो स्वार्थका लागि व्यवसायीहरूले नै गुन्डा प्रयोग गर्ने गरेको दाबी गर्छन्। 'प्रहरीलाई विश्वास नगरी गुन्डालाई आर्थिक रूपमा बलियो बनाउनु भनेको आफू असुरक्षित हुनु हो भन्ने व्यवसायीले बुझ्नुपर्छ,' उनले भने।
बुथ क्याप्चरदेखि हाउजिङसम्म
संगठित अपराधका जानकारहरू भन्छन्, पञ्चायतकालीन अवस्थामा फाट्टफुट्ट 'दादा' थिए, ०४६ को राजनीतिक परिर्वतनसँगै ह्वात्तै उनीहरूको विकास भयो। सुरक्षा संयन्त्र र प्रभावशाली व्यक्तिले आफूअनुकूल उपयोग गरेपछि तिनको प्रभाव बढेको हो। यसले हिजोका 'टोलेदादा' अहिले राष्ट्रिय सञ्जाल विस्तार गर्ने तहमा पुगेका छन्।
राजनीतिक स्वार्थका लागि छरिएर रहेका गुन्डा एकत्रित पार्ने श्रेय नेता र केही सुरक्षा अधिकृतलाई नै जान्छ। ०४६ को राजनीतिक परिर्वतनसँगै क्षेत्रपाटीका दिपक मनाङे, चाबहिलका राजु गोर्खाली र महाराजगन्जबाट चक्रे मिलनको सक्रियता बढ्यो। मनाङेले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो आधार बनाए, गोर्खाली कांग्रेस निकट रहे भने चक्रे एमालेमा सक्रिय भए।
एक प्रहरी अधिकृतका अनुसार राजनीतिक शक्तिको आडमा उनीहरूले ठेक्कापट्टालाई अतिरिक्त आम्दानीको स्रोत बनाए। ०५३ ताका गोर्खालीले फरक क्षेत्र रोजे, बालुवा र ढुंगाखानी सञ्चालन।
खुला राजनीतिक अवस्था र बढ्दो पर्यटकको चहलपहलसँगै ठमेल क्षेत्र पर्यटन गन्तव्य बनेपछि मनाङेले ठमेललाई आफ्नो आधारक्षेत्र बनाए। होटल, रेस्टुरेन्ट र रात्रिकालीन व्यवसायमा प्रभाव बढाए। चक्रे पनि गोर्खालीले सुरु गरेको क्षेत्रमै लागे।
खाडीलगायत क्षेत्रमा रोजगारको अवसर खुलेलगत्तै वैदेशिक रोजगारदाताको संख्या ह्वात्तै बढ्यो। चक्रे विस्तारै वैदेशिक रोजगारदातालाई आम्दानीको स्रोत बनाउन केन्द्रित भए। सन्दीप पाठक लगायतकाले वैदेशिक रोजगारतालाई आम्दानीको स्रोत बनाउने प्रयास गरे पनि उनीहरू टिक्न सकेनन्।
मनाङे, गोर्खाली र चक्रेसँगै बाघे लामा, काजी शेर्पा, गणेश लामा, विष्णु लामा, दावा लामा, कुमार घैंटे, साजन महर्जन, रवि राणा, मीनकृष्ण महर्जन, जसवन्त गुरुङ, ललित गुरुङ, सुगन श्रेष्ठ संगठित रूपमा देखिए। त्यही भएर ०६० पछि म्यानपावर व्यवसायीमाथि आक्रमण र तोडफोडको घटना बढेको थियो।
त्यसपछि एकाएक रक्तचन्दन तस्करी सुरु भयो। र, उनीहरूको बलियो आम्दानीको स्रोत त्यही बन्यो। मनाङेको सहयोगीका रूपमा रात्रिकालीन व्यवसायमा प्रभाव जमाएका गणेश भारतबाट भित्रने रक्तचन्दनलाई नेपालको बाटो भएर चीनको खासासम्म पुर्‍याउन बढी सक्रिय भए। काभ्रेका स्थानीय भएकाले रक्तचन्दन तस्करीमा गणेश लामाको एकछत्र राज भयो।
हत्या अभियोग लागेपछि गोर्खाली नेपालबाटै पलायन भए। पलायनसँगै उनको प्रभाव पनि खस्कियो। उनको समूहका युवाहरू विभिन्न समूहमा छरिए। नेपाल फर्केलगत्तै उनी जेल परे।
गोर्खालीको पलायनसँगै रक्तचन्दन र रात्रिकालीन व्यवसायबाट आर्थिक रूपमा बलियो भएका गणेशले दिपक समूह छाडेर काभ्रेका युवा समेटेर काभ्रेली समूह निर्माण गरेर तेस्रो शक्तिका रूपमा स्थापित भए।
नयाँ समूहको उदयसँगै आम्दानीका क्षेत्र पनि विस्तार भए। उनीहरूले लेनदेन र क्यासिनोलाई समेत आम्दानीको स्रोत बनाए। फाट्टफुट्ट रूपमा उनीहरू रात्रिकालीन व्यवसायमा सक्रिय थिए। कोही चलचित्र उद्योगतिर आकर्षित भए।
०६२ पछि अभिशेष गिरी, महेन्द्र भोटे, विक्रम लामा, सुजन पौडेल (बाहुन), दिनेश अधिकारी (चरी), अभिमानसिंह बस्नेत, राजु श्रेष्ठ, सगुन श्रेष्ठ, रिगल, ललित गुरुङ, विश्वक्रान्ति, वीरेन्द्र महर्जन, प्रवेश श्रेष्ठ, तेजेन्द्र रायमाझी लगायत समूह संगठित रूपमा उदाए। यसमध्ये सुजनले हाउजिङ क्षेत्रमा आतंक मच्चाए।
नेपाली सेनाको रेन्जर गणको जागिर छाडेका दोलखाका ३० वर्षे सुजनले साना हतियारको कारोबारबाट आपराधिक यात्रा थालेका थिए। ०६२ बाट अपराध दुनियाँमा छिरेका उनी चार वर्षमै व्यवसायीका लागि सुरक्षा खतरा बने भने प्रहरीका लागि मुख्य चुनौती।
पौडेल ०६४ वैशाखमा दरबारमार्गबाट पेस्तोलसहित पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटी बुझाएर रिहा भएका उनी बुटवलबाट दुई पेस्तोलसहित पक्राउ परे। हातहतियार खरखजानाको अभियोगमा दुई वर्ष कारागार बसेपछि सफाइ पाएर रिहा भएका उनी लगत्तै हतियारको कारोबार छोडेर हाउजिङबाट रकम असुल्न सक्रिय भएका थिए। हतियार कारोबारमा पटकपटक पक्राउ परेपछि ०६४ बाट उनले हाउजिङ व्यवसायीलाई 'टार्गेट' बनाए।
प्रायः सैनिक पृष्ठभूमिका युवा समूह जम्मा पारेर त्रासलाई अम्दानीको स्रोत बनाएका उनी आर्थिक रूपमा जति बलियो बन्दै गए, व्यवसायी आफूलाई उति असुरक्षित ठान्दै गए। सुजन बाहुनमात्र हैन, विस्तारै चक्रे, गणेश लामा, मनाङे, घैटे, चरी लगायत सबै हाउजिङतिर केन्द्रित भए।
कोही धम्क्याएर रकम असुल्न सक्रिय बने, कोही निर्माण सामग्रीको ठेक्काका लागि बार्गेनिङ गर्न थाले त कोही सिधै बिनालगानी सेयर माग्न थाले। व्यवसायीहरू गुन्डाको हैसियत हेरेर माग पुरा गर्न बाध्य भए।
व्यवसायीका अनुसार गणेश 'धम्क्याएर जबर्जस्ती बालुवा, गिट्टीको ठेक्का लिँदै आएका छन्। निर्माणसम्बन्धी काम गर्न उनले सिरुवा कन्सट्रक्सन कम्पनी खोलेका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरी केन्द्रीय सदस्य भएका उनी उपत्यकाभित्रै खुला छन्।
पेस्तोलसहित पक्राउ परे पनि अदालतबाट सफाइ पाएर ६ महिनाअघि रिहा भएपछि हाउजिङलाई निसाना बनाउँदै घैंटे व्यवसायीसँग 'केटाहरूका लागि खर्च' भन्दै कमिसन माग्छन्। व्यवसायीको हैसियतअनुसार रकम असुल्न सक्रिय छन्। चरी लगायतका भने 'तपाईंहरू कमाउने, हामीलाई खोई' भन्दै धम्क्याएर व्यवसायीबाट रकम असुल्छन्।
केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआइजी भण्डारी प्रभाव विस्तारका लागि गठित समूह परिचालनको बलियो आधार आर्थिक स्रोत भएकाले उनीहरू सधैं आर्थिक रूपमा बलियो बन्न सक्रिय हुन्छन्। जोसँग जति आर्थिक स्रोत भयो, उसको समूह त्यत्ति फैलिने संगठित अपराधको प्रकृति भएको डिआइजी भण्डारीले बताए।
'जुन क्षेत्र आर्थिक रूपमा अगाडि बढ्यो, उनीहरू त्यतै सक्रिय हुन्छन्,' उनले भने, 'हरेक क्षेत्रको कमजोरी केलाएर त्यहीँ हिट गरी आम्दानीको स्रोत बनाउँछन्।'
आँखैअगाडि डन तर कमजोर प्रहार
गत मंगलबार व्यक्तिसहित एक्जाभेटर जलाएपछि हाउजिङ क्षेत्रलाई धन्दा बनाउने डनहरूमाथि कारबाही गर्न प्रहरी केही कस्सिएझैं देखिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोदेखि स्थानीय प्रहरी इकाईसमेत घटनामा संलग्नको खोजीमा छन्।
एक्जाभेटर जलाउन संलग्न व्यक्ति पक्राउ पर्नुअघि नै सूचना चुहाएको भन्दै सञ्जिल ओलीमाथि आक्रमण भयो। प्रहरीले दुवै घटनामा संलग्न भएको दाबी गर्दै १२ जना पक्राउ गरे पनि मुख्य अभियुक्त अझै प्रहरी पकडबाहिर छन्।
पौडेलपीडित व्यवसायी सुरक्षाको माग गर्दै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीसम्म पुगेपछि उनको खोजी सुरु भएको एक वर्ष भयो। प्रहरी स्रोतका अनुसार प्रहरीभित्रै बलियो सञ्जाल बनाएर ललितपुरको गोदावरीलाई आधार क्षेत्र बनाएर उपत्यकाभित्रै सक्रिय छन् उनी। तर, खोजीमा जुटेको केन्द्रदेखि स्थानीय तहसम्मको प्रहरीले पक्राउ गर्न सकेको छैन।
चक्रे कारागारभित्रैबाट सञ्जाल सञ्चालन गरेर बसेका छन्। संघीय लोकतान्त्रिक पार्टी प्रवेश गरेका मनाङे राजनीतिक आवरणमा खुला छन्। पछिल्लो समय मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेर केन्द्रीय सदस्य बनेका गणेश काभ्रे र उपत्यकामा सार्वजनिक रूपमा हिँड्छन्। दिनेश अधिकारी, कुमार घैंटे उपत्यकामै सक्रिय छन्।
राजनीतिक दलको स्वार्थमा संगठित भएका समूहले २० वर्ष अवधिमा ठेक्कापट्टा, रात्रिकालीन व्यवसाय, रक्तचन्दन तस्करी, क्यासिनो हुँदै हाउजिङ व्यवसायसम्म प्रभाव विस्तार गरी त्रसित बनाएकोबारे सुरक्षा संयन्त्र जानकार छ। उनीहरूको सञ्जाल भत्काउन सक्रिय रहेको प्रहरी अधिकारीले दाबी गरे पनि त्यो घटेको छैन। टोले गुन्डाका रूपमा सुरु भएको उनीहरूको सञ्जालले राष्ट्रिय स्वरुप लिइसकेको छ।
एक प्रहरी अधिकारीका अनुसार अधिकांश जिल्लामा चक्रे, दिपक र गणेश समूहले स्थानीय संयोजक तोक्ने गरेका छन्। प्रहरी अधिकारीहरू उच्च तहको राजनीतिक संरक्षणका कारण प्रहरीले चाहेर पनि कारबाही गर्नसक्ने अवस्था नभएको दाबी गर्छन्। ती अधिकारीले भने, 'एक्जाभेटर जलाएको केसमा व्यक्तिलाई पक्राउ गरेर प्रहरी कार्यालय ल्याउन पाएको छैन, छोड्न नेताहरूको फोन आइसकेको थियो, अनि कसरी गर्ने काम?'
पीडितले जाहेरी नदिँदा अधिकांशलाई कारबाही गर्ने आधार नभएकाले समेत प्रहरी मुकदर्शक बन्न बाध्य भएको प्रहरीका एक उच्च अधिकारीले बताए। उनले भने, 'सबै चलाख भएर ह्वाइट कलर क्रिमिनल बनिसकेका छन्, पक्राउ गरेर कारबाही गर्न प्रमाण पुग्दैन।'
संगठित अपराधविरुद्ध प्रष्ट कानुनी व्यवस्थाको अभावमा समेत उनीहरूको सञ्जाल भत्काउन कठिन भएको सोही क्षेत्रमा सक्रिय प्रहरी अधिकारीको अनुभव छ। ब्युरोका प्रमुख डिआइजी भण्डारी संगठित अपराधीविरुद्धको कारबाहीमा प्रहरी बलियो रहेको दाबी गर्छन्। पीडित र प्रविधि सहयोगी नभएपनि उनीहरूको सञ्जाल भत्काउन प्रहरी बलियो रहेको उनको तर्क थियो।
'उनीहरू संगठीत देखिएपनि बलिया भने छैनन्, उनीहरूको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार भइसकेको छैन,' उनले भने, 'प्रहरीले चाहेका बेला पक्राउ गरेर ल्याउनसक्छ।' उनले सञ्जाल भत्काउन राज्यका अन्य संयन्त्र सहयोगी नभएको र काउन्टर स्ट्रेन्थ कमजोर रहेको भने स्वीकार गरे। उनले भने, 'प्रहरीको आँट र क्षमतामा कमी छैन, कमजोरी व्यवस्थापनमा छ।'
एसपी कार्की राज्यका अन्य संयन्त्र गम्भीर नहुँदा तत्काल भत्किन सक्ने सञ्जाल भत्काउन नसकेको बताउँछन्। अनुसन्धानका क्रममा गणेश लामाको नाममा ५० करोडभन्दा बढी सम्पत्ति देखिएपछि सम्पत्तिको स्रोत अनुसन्धान गर्न राजश्वलाई ६ महिनाअगाडि विवरणसहित सिफारिस पठाएपनि अनुसन्धान हुन नसकेको बताउँदै उनले भने, 'हामीले पक्राउ गरेका धेरै अपराधीको आर्थिक अवस्था शंकास्पद देखिएपनि कारबाहीका लागि सम्बन्धित निकायमा पठाएका छौं, तर खै किन प्रक्रिया अगाडि बढेन।'
अरु यता >>

ससुरालीमा आगजनी, सासुमाथि खुकुरी प्रहार

उदयपुर जिल्लाको उत्तर पहाडी गाविस बलम्तामा एक ज्वाइँले ससुराली घरमा शनिबार विहान आगजनी गर्नुका साथै सासुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। छिमेकी गाविस ताम्लिछा ५ का मन्दीप राईले शनिबार विहानै बलम्ता ४ माझगाउँका बखतराम राईकी श्रीमती जयनसरी राईलाई जथाभाबी खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको प्रत्यक्ष दर्शीले बताएका छन्।
शुक्रबार राति १२ बजेतिर ससुराली आइपुगेका उनले आवेशमा आएर सासुमाथि जथाभाबी खुकुरी प्रहार गरेका थिए। ज्वाइँको खुकुरी प्रहारबाट ५२ वर्षीया जयनसरीको टाउकोमा १८ वटा टाँका लगाउनुपरेको छ भने हातमा पनि चोट लागेको स्थानीय इलाका स्वास्थ्य चौकी बलम्ताले जनाएको छ। सासुमाथि प्रहारपछि घर, मतान र गुवालीमा आगो सल्काएर जलाइदिएको स्थानीय लैनसिंह राईले बताए।
सासुमाथि प्रहारपछि श्रीमतीलाई आक्रमण गर्न खोज्दा उनी भागिसकेकीले आक्रमणबाट बचेको बताइएको छ। 'छिमेकीको घरमा गएर नलुकेकी भए श्रीमतीलाई मार्ने थियो धन्न बाँचिन्' एक प्रत्यक्षदर्शीले भने। उनले श्रीमतीलाई नभेटेपछि घरभित्र रहेका तामाका गाग्री र अन्य सामान पनि काटेर ध्वस्त बनाएका छन्।
विहान ३ बजेसम्ममा सबै अपराध गरिसकेर भागेका उनी अहिलेसम्म फरार रहेको स्थानीयले बताएका छन्। उनको खोजिमा युवाटोली परिचालन गरिएको छ। आगजनी गर्नेक्रममा ससुरा बखतराम घरमा थिएनन्। एकदिनअघि सुनकोसीछेउ गोदेलीघाट भन्ने ठाउँमा रहेको खेत झरेका उनलाई घटनालगत्तै स्थानीय युवाहरुको टोली लिन पठाएर घर ल्याइएको स्थानीय देवराज राईले बताए।
छिमेकीका अनुसार एक महिनाअघि कान्छी साली १६ वर्षीया बिनालाई हम्बरले हिर्काएर गम्भीर घाइते बनाएका मन्दीप गाउँ छाडेर भागेका थिए। सधैं दिदीसँग झगडा गर्ने कारण सोध्दा एक्कासी आक्रमणमा परेकी बिनाको उपचारमा अढाई लाख रुपैंया खर्च भएको र सो रकम तिराउन खोज्दा उनी भागेका थिए। सालीमाथि आक्रमण गरेर भागेपछि ससुरालीसँग उनको विवाद उत्कर्षमा पुगेको देवराजले बताए।
स्थानीयका अनुसार ताम्लिछा ५ छत्तिवनेका राई अवकाशप्राप्त नेपाली सेनाका जवान हुन्। ४५ वर्षीय उनी बखतरामको जेठी छोरी सैंमीका श्रीमान् हुन्। सैंमी उनका तेस्री श्रीमती हुन्। उनीसँगको एउटा सन्तान रहेको जनाइएको छ।
आक्रमणकारी राईसँग बिष्फोटकजन्य हतियारसमेत भएको स्थानीयले जनाएका छन्। उनी कोसी तरेर दिक्तेलतर्फ गएको अनुमान गरिएको छ।
प्रारम्भिक अनुमानअनुसार आगजनीबाट १२ लाख बढीको क्षति भएको गाविसका पूर्व अध्यक्ष बसन्त राईले बताए। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरिसकेको जनाएका छन्। जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक मनोज यादवले इलाका प्रहरी कार्यालय झिल्के इनामेबाट टोली पठाएको बताए।
घटनास्थ्ल सदरमुकामदेखि २१ कोश उत्तरमा दुर्गममा छ। तत्काल प्रहरी पुग्न नसक्ने हुनाले साँझसम्ममा विस्तृत जानकारी आउने प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले बताए।
अरु यता >>

आगलागी हुँदा एउटा बजार नै ध्वस्त, डेढ करोड क्षति

ताप्लेजुङको लिङखिम-९ सिवा बजारमा शनिबार अपराह्‍न आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्। आगलागीमा परी डेढ करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। आगलागीबाट एउटा बजार पूरै ध्वस्त भएको छ। लिङखिम गाविसका पूर्व गाविस उपाध्यक्ष दिनेश अधिकारीका अनुसार सिवा बजारको माघेटारमा सो आगलागी भएको हो। मध्य दिनमा भएको आगलागीमा कसैले पनि केही निकाल्न नसकेका कारण सिवा क्षेत्रको पल्लो बजार पूरै ध्वस्त भएको हो।
अधिकारीका अनुसार स्थानीय फावाखोले उपनामले चिनिने टेकबहादुर सेम्बूको घरबाट सुरु भएको आगलागीबाट सुकबहादुर काम्बाङ, हेमकुमार लिम्बू, अनुज काम्बाङ, पूर्ण काम्बाङ, इक्लोके लिम्बू, मानबहादुर लिम्बू, सन्तोष खवास, थापा अन्तरे, बलबहादुर लिम्बू, साबित्रा लिम्बू, मानवीर तामाङ र बलबहादुर इजमको घर जलेर पूर्णरुपमा नष्ट भएको हो।
स्थानीय इन्द्र लिम्बूका अनुसार टोलाका पुरै घर ध्वस्त भएका कारण सबै घर जलिसकेपछि आगो नियन्त्रणमा आएको हो। झुरुप्प घर भएका कारण आगो नियन्त्रणमा लिने प्रयास निरर्थक साबित भएको पनि प्रत्यक्षदर्शी लिम्बूले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी लिङखिम गाउँ उपसमितिका सभापति कूलमणि दाहालका अनुसार आगलागीबाट डेढ करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। उनका अनुसार अलैंची, चिराइतो जस्ता महत्त्वपूर्ण बालीका अलवा ठूलै पसलसमेत रहेका स्थानमा समेत आगो लागेका कारण क्षतिको परिणाम बढ्न सक्ने अनुमान छ। सो क्षेत्रमा ६० जना रहेको बताइएको छ।
आगलागी कसरी सुरु भयो भन्ने थाहा हुन सकेको छैन। एकथरीले बिजुली सर्ट भई आगलागी सुरु भएको बताएका छन् भने अर्कोथरीले भने बालबच्चाले खेल्ने क्रममा आगो लागेको बताएका छन्। स्थानीय जगन पौडेलले भने टेकबहादुरका साना बच्चाले खेल्ने क्रममा आगो लागेको हुन सक्ने बताएका छन्। २ सय मिटर टाढामा तमोर नदी भए पनि पानी ल्याएर निभाउन नसक्ने भएपछि आगो अनियन्त्रित भएको जानकारी उनले दिए।
गत सालको आगलागीमा जिल्लाभर ४१ घर जलेर नष्ट भएको थियो भने करिव ३ करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रहरीले जानकारी दिएको थियो।
अरु यता >>

ब्रायनसँग गाउने बृन्दा सिंह

रकस्टार ब्रायन एडम्सको लाइभ फुल ब्यान्ड शोअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको काठमाडौं संस्करणमा ५१ वर्षीय गायकलाई साथ दिने २७ वर्षीया बृन्दा सिंह यतिबेला चर्चामा छिन् । कन्सर्टमा गाउनुअघिसम्म बैंकर रहेकी उनी यतिबेला नयाँ सेलिबि्रटी बनेकी छन् । ब्रायनसँगै 'बेबी ह्वेन यु आर गन आई रियलाइज आई एम इन लभ' (प्रिय, तिमी गएपछि मैले आफू प्रेममा परेको महसुस गरें) गीत हाँसीहाँसी गाउने उनले हेलो शुक्रबारकालाई भनिन्, त्यो साँझ मेरो जीवनकै धेरै ठूलो उपलब्धि रह्यो र म धेरै रमाएँ । ब्रायनसँग गाएपछि सहरमा धेरैले 'को हो त्यो केटी, स्वर बबाल रै'छ' भनेर चासो राखिरहेका बेला उनले व्यक्तिगत र विगतबारे नबोल्ने सर्त राख्दै शनिबारको रात र त्यस सेरोफेरोमा गरेको संवाद विस्तारमा ।
तपाईंको पेसा ?
बैंकर हुँ । तीन वर्षदेखि बैंक अफ काठमान्डुमा छु । सुरुका दिन यसै बैंकको ज्ञानेश्वर शाखाको कार्ड डिपार्टमेन्टमा काम गरें । अहिले केन्द्रीय कार्यालयमा 'करपोरेट कम्युनिकेसन अफिसर' छु । अध्ययनतर्फ काठमाडौं विश्वविद्यालयबाट एमबीए र त्रिचन्द्रबाट समाजशास्त्रमा स्नातकोत्तर सकेकी छु ।
कन्सर्टमा जाने योजना कसरी तय भयो ?
धेरैअघि उनी आउने जानकारी पाएकी थिएँ । लक्ष्मी बैंकमा काम गर्ने साथी प्रसन्न केसीले एक महिनाअघि टिकट लिइसकेका थिए । कन्सर्टको दिन मसहित ५ जना साथी थियौं ।
ब्रायन कन्सर्ट कस्तो रह्यो ?
समग्रमा स्मरणीय रह्यो । तर नेपाली ब्यान्डहरूको प्रस्तुति अलि राम्रो भएन् । मेहेनत अलि पुगेन कि जस्तो महसुस गरे ।
कन्सर्टमा गाएपछिको प्रतिक्रिया कस्तो छ ?
कन्सर्टमा थुप्रै गएका रहेछन् । सकिएपछि साथी/आफन्त सबै भेटिए । त्यस दिन चिच्याउँदै गाइयो । कार्यक्रम सकिएपछि दरबारमार्गको केएफसीमा चिसो खाइयो । स्वरै भासियो । अझै ठीक भाको छैन । धेरै बधाई पाइरहेकी छु । कतिपयले सेलिबि्रटी भयौ भन्छन् । तर म नर्मल लाइभमा फर्किसकें । दैनिक बैंकिङ काममा फर्किसकें । बैंकको नाम आयो राम्रै रेसपोन्स भइरहेको छ । सरहरू पनि खुसी हुनुहुन्छ । उहाँहरूलाई पनि रेसपोन्स आइरहेको छ ।
ब्रायनसँग गाएको क्षणबारे तपाईंका धारणा ?
त्यो भाग्य र अवसर दुवै हो । २० हजारको भीडबाट मै छानिएँ । गाइसकेपछि मिडियाको ध्यान केन्द्रित होला र फेम होला भन्ने कल्पना गरेकी थिइनँ । गाउन पाएँ । खुसी छु ।
ब्रायनले बोलाउला भन्ने अनुमान थियो ?
थियो । तर कसलाई भन्ने मात्रै हो । मेरा साथीहरू त गीत रटेर गएका थिए । किनकि ब्रायनले प्रायः कन्सर्टमा 'समर अफ सिक्स्टी नाइन' र एट्टीन टिल आई डाई' मा दर्शक बोलाउने गरेको छ ।
कन्सर्ट हुँदैन भन्ने हल्ला पनि थियो ?
हो, सुनेकी थिएँ । घरमा हूलदंगा/भागदौड होला नजाउ भनिरहेका थिए । तर म आँट गरेर गएकी थिएँ । भागदौड भइहाले हामीहरूले मञ्चतिर भाग्ने योजना बनाएका थियौं । किनकि त्यस्तोमा प्रायः सबै गेटतिर दौडिने भएकाले । अर्को कुरा भाग्न सजिलो होस् भनेर सजिलो जुत्ता लगाएकी थिएँ । रंगशाला पस्दा करिब ३० मिनेट लाइनमै बस्नुपर्‍यो । खुलामञ्चमा गाडी पार्किङ गरेर हिँड्दै त्रिपुरेश्वर पुगेका थियौं ।
कार्यक्रमभर ध्यान केमा थियो ?
त्यस दिन सेन्टर अफ अट्रयाक्सन उनी (ब्रायन) नै थिए । मैले उनलाई नै हेरिरहें । माहोल र ब्यान्डका अन्य सदस्यमा ध्यान मोड्ने मौकै पाइएन ।
तपाईं नै कसरी छानिनुभयो ?
उनले गीतमा साथ दिन सोधेपछि साथीहरूले मेरै हात उठाइदिरहेका थिए । उनीहरू 'तैं जा तैं जा' भनी हौस्याइरहेका थिए । त्यसबेला ब्रायन 'स्पट लाइट' को उज्यालोमा साथी खोज्दै थिए । उनी गाना र शब्द आउँदैन भने नआउनुहोस् पनि भनिरहेका थिए । त्यो सुनेर धेरैका हात तल परे ।
जब स्पट लाइट भीडको बायाँ किनारमा हानियो कसैका हात उठेनन् । सेन्टरमा हान्दा म लगायत अरूका हात पनि उठिरहेका थिए । तर उनको रोजाइमा मै परेछु । बारनिर पुगेकी थिएँ । उनले स्टेजबाटै फेरि पक्कापक्की गरे । सक्छौ, नसके स्टेजबाट फाल्दिन्छु ? मैले 'सक्छु' भनें । त्यसो भए आऊ । उनले बोलाएपछि दुई सुरक्षाकर्मीले मेरो शरीरको पछाडि भागबाट जुरुक्क उचालेर स्टेजमा उकाले ।
स्टेजमा ब्रायनको रेस्पोन्स कस्तो थियो ?
म काठमान्डुवासी थाहा पाउँदा जति खुसी थिए तर मेरो पेसा बैंकर बताउँदा उनले मुख खुम्च्याएका थिए किनकि बैंकिङ सिरियस पेसा हो । आममानिसलाई जस्तै उनलाई पनि बैंकरहरू बाहिर निस्किएर गाउन सक्दैनन् भन्ने धारणा थियो कि ?
सँगै गाउँदा कस्तो अनुभव भयो ?
डोयटजस्तो । म उनको प्रस्तुति नबिगरियोस् भन्नेमा सचेत थिएँ । गाउँदा हाम्रो कम्युनिकेसन भइरहेको थियो । आँखामा आँखा जुधाउँदै गाइरहेकी थिएँ । किनकि त्यो टिमवर्क थियो । जब उनले लिड गितार बजाउँदै धुन निकाले । के उभिरहनु जस्तो भयो । मैले नाचेर इन्ज्वाए गरें ।
अँगालोमा बेरिँदाको अनुभव ?
त्यो माहोलमा जो भए पनि मेरो जस्तै गथ्र्यो । केटा मान्छे भए पनि त्यो हुन्थ्यो । त्यसमा के नराम्रो छ । मैले त्यो क्षणमा इन्ज्वाए गरें । घरका अभिभावकले रातिमात्रै विस्तृत थाहा पाए । ब्रायनले ब्याक स्टेजमा 'गुड लक' भन्दै दिएको गितार पिक र टिसर्ट देखाएँ । उहाँहरूले स्याबासी दिनुभयो ।
संगीत पढ्नुभएको छ ?
छैन । सन् २००४ मा एउटा एल्बम निकालें । त्यसपछि गायन रोकिएको छ । भविष्यमा के गर्छु थाहा छैन । अहिले बैंकिङ नै रमाइलो छ ।
म प्रेमध्वज प्रधान, १९७४ एडी सुन्छु । हिन्दी सिनेमा हेर्छु, प्रायः शनिबार छुटाउँदिन । नेपाली सिनेमा त्यति हेरिँदैन । दोहोरी गीत कहिलेकाहीँ टिभीमा हेरिन्छ त्यति नै हो । प्रायः अंग्रेजी गीत मन पराउँछु । गीत सुन्न एप्पलको आइपड साथमै रहन्छ ।
प्रेम सम्बन्धबारे ?
त्यो नभनौं । तपाईंले व्यक्तिगत कुरा नसोध्ने भन्नु भा'हैन र ?
अरु यता >>

Friday, February 25, 2011

बेहुली जान नमानेपछि बेहुलाको विजोग

विवाहमा जन्ती पुगेपछि केटीलाई अर्कैले भगाउने वा दाइजोको निहुँमा विवाह नै अस्तव्यस्त बनेका घटना कहीँकहीँ हुने गरेको सुनिएकै हो। तर, अन्मिसकेपछि डोलीमा बस्ने बेलामा बेहुलीले जान इन्कार गर्दा बेहुलापक्ष रित्तै र्फकनुपरेको एउटा घटना यहाँ भएको छ।
बेहुली लिन नुवाकोटको गर्खु गाविसबाट जिलिङ गाविस पुगेका जन्तीले बिहीबार सोच्दै नसोचेको घटना बेहोर्नुपरेको छ। बेहुलासँगै जन्ती बनेर बेहुलीको घर पुगेकी एक महिलालेे आफू बेहुलाकी श्रीमती भएको र एक छोरीसमेत भएको बताएपछि बेहुलीले डोलीमा चढ्न इन्कार गरेकी हुन्।
वडा नं. २ ज्यामिरेस्थित बेहुलीको घरमा पुगेर विवाह हुँदै गरेको अवस्थामा बेहुला रामहरि न्यौपानेकी श्रीमती बताउने सरस्वती न्यौपानेले नयाँ बेहुलीलाई विवाह नगर्न अनुरोध गरेकी थिइन्। नयाँ बेहुलीले उक्त महिलाबाट वास्तविकता थाहा पाएपछि जानाजान आफू सौता बन्न नसक्ने बताउँदै बिहे गर्न अस्वीकार गरेको बताइएको छ।
सरस्वतीसँग चार वर्षघि विवाह भएका रामहरिले श्रीमती विगत दुइ वर्षेखि आफूबाट बेग्लै बसेको बताएका छन्। बेहुला परिवारका अनुसार सरस्वती चार वर्षघिदेखि बेग्लै बसेकी र त्यसको एक वर्षछि अन्यत्र विवाह गरी गएकाले छोराको पुनः विवाह गर्नुपर्ने अवस्था आएको हो।
समाजको पुरानो मान्यताअनुसार बेहुला अन्मिएर बेहुली लिन हिँडेपछि रित्तो र्फकन नहुने भएकाले जन्तीहरू आफूले चिनेजानेका आफन्तहरूलाई केटी खोजिदिन भन्दै यो समाचार तयार पार्दासम्म केटीको खोजीमा भौँतारिरहेका थिए।
अरु यता >>

फेसबुकमार्फत् तपाईंको तस्बिर दुरुपयोग हुन सक्छ

अपरिचितलाई फेसबुकमा राखिएका तस्बिरमा सहज पहुँच दिनुभएको छ ? अथवा आफ्ना तस्बिरहरू सामान्य चिनजानका व्यक्तिलाई पनि उपलब्ध गराउनुभएको छ ? छ भने सतर्क हुनुस् तपाईंको तस्बिर दुरुपयोग हुन सक्छ ।
यस्तै गतिविधिमा लागेका ललितपुरको ग्रामीण भेगका एक शिक्षक प्रहरी नियन्त्रणमा छन् । सहकर्मी र उनका परिवारका सदस्यको तस्बिर दुरुपयोग गरी रकम असुल्न खोजेको आरोपमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
ललितपुर प्रहरीका अनुसार सहकर्मीको फोटो दुरुपयोग गरी अश्लील बनाएको र धम्क्याएर रकम असुल्न खोजेको आरोपमा लुभु-८ शंखादेवीका सरोज केसी पक्राउ परेका हुन् । छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निकालिएका उनले 'फेसबुक' मार्फत् सहकर्मीमाथि आक्रोश पोखेको भेटिएको हो । ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले विद्यालयबाट निकालिएका शिक्षकले फोटोको दुरुपयोगमार्फत् साइबर अपराध गरेको अनुसन्धानबाट खुलेको बताए । 'छात्रालाई पटकपटक दुव्र्यवहार गर्ने केसीलाई ती शिक्षिकाले कारबाही गर्न सहयोग गरेकी रहिछन्,' उनले भने, 'आक्रोशमा आएका शिक्षकले उनको फोटो अश्लील बनाएर फेसबुकमा राखेको पुष्टि भएको छ ।'
विद्यालयबाट वनभोज जाने क्रममा केसीले खिचेको पीडित युवतीको फोटो पछि दुरुपयोग गरेको प्रहरीले जनाएको छ । बयानका क्रममा केसीले वनभोजको तस्बिर विद्यालयको कम्प्युटरमा रहेको र पछि आफूले लगेको स्वीकारेको प्रहरीले जनायो । प्रहरीका अनुसार 'फेक' आइडी बनाएर खोलिएको फेसबुक एकाउन्टमा उनले ती युवतीको अनुहार र नग्न तस्बिर जोडेर राखेका छन् । उनको चरित्र हत्या हुनेगरी अंग्रेजीमा अश्लील शब्द लेखेका छन् । इमेल र साथीहरूबाट जानकारी आएपछि पीडितले अश्लील तस्बिरबारे पत्ता पाएकी थिइन् । प्रहरीले पीडित युवती र अर्का शिक्षक तथा विद्यालयको नाम गोप्य राखेको छ ।
आफ्नो तस्बिर दुरुपयोग भएको थाहा पाएपछि पीडितले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र ललितपुर शाखाले घटनाको अनुसन्धान गरेको थियो ।
केसीले पीडित युवतीको नाममा नै 'फेक' एकाउन्ट खोली अश्लील तस्बिर राखिदिएको र पछि इमेलमार्फत धम्क्याएको प्रहरी निरीक्षक ज्योतिराज शर्माले बताए । 'जागिर गुमाएकोमा आक्रोशित केसीले बारम्बार इमेल गर्दै डेढ लाख नदिने भए थप तस्बिर सार्वजनिक गरिदिन्छु भनेको भेटियो,' शर्माले भने ।
प्रहरीले अनुसन्धानका क्रममा केसीले अर्का सहकर्मी शिक्षककी श्रीमतीलाई समेत धम्क्याएको भेटेको छ । सहकर्मी शिक्षकको पीडित युवतीसँग अनैतिक सम्बन्ध रहेको भन्दै केसीले ती शिक्षककी श्रीमतीलाई सहयोगको आश्वासन दिएका थिए । त्यही बहानामा केसीले ती महिलाको तस्बिर खिचेको प्रहरीले जनायो ।
'उसले ती महिलालाई समेत धम्क्याउँदै दुव्र्यवहार सुरु गरिसकेको रहेछ,' प्रहरी उपरीक्षक थापाले भने । पहिचान लुकाएर 'फेक' इमेलमार्फत् धम्क्याएका केसीले पीडित युवतीलाई भेटी 'आफूले इमेल पठाउनेलाई चिनेको र रकम दिएर मिलाउन सकिने' बताएपछि उसमाथि निगरानी सुरु भएको प्रहरीले जनायो । पछि उसले नै फाटोलाई अश्लील बनाउने, फेसबुकमा राख्ने र मोलमोलाइ गरेर धम्क्याउने गरेको प्रहरी निरीक्षक शर्माले बताए ।
'पहिचान लुकाएर उसले नै फोटो बिगार्ने र मध्यस्थकर्ताका रूपमा रकम असुल्ने गरेको भेटियो,' उनले भने । पक्राउ परेपछि आरोपितले घटनाबारे आफूलाई जानकारी नभएको भनेर झुक्याउन खोजेको प्रहरीले जनायो । मध्यस्थकर्ताको भूमिकासमेत निभाएका केसीलाई वास्तविक व्यक्ति उभ्याउन लगाएपछि घटनाको पोल खुलेको हो ।
अरु यता >>

'दादा'

हप्ता असुलीबाट आपराधिक सञ्जालमा प्रवेश गरेका सुजन पौडेल(रमेश बाहुन) २ पटकसम्म हतियारसहित पक्राउ परे र धरौटीमा रिहा पनि भए। यतिखेर प्रहरीले फेरि उनलाई खोजिरहेको छ। यसपटक हतियार होइन हाउजिङ कम्पनीमा पैसाका लागि धम्क्याउँदै आएको आरोपमा प्रहरीले बाहुनलाई खोजिरहेको छ।
दुई दिन अघि मानिससहित एक्जाभेटर जलाएपछि हाउजिङ क्षेत्रलाई धन्दा बनाउने डनहरुमाथि कारबाही अगाडि बढाउन प्रहरीलाई दवाव बढेको छ। सुजन जस्तै १० भन्दा बढी डनले फरक फरक समूह परिचालन गरेर अवैध खानी, क्यासिनो, रात्रीकालीन व्यवसायसँगै हाउजिङलाई निसाना बनाइरहेका छन्।
एक चर्चित विल्डर्सले नागरिकसँग बिहीबार स्विकारे, 'यो व्यवसाय चलाउन गुण्डालाई पैसा नबुझाउने एकजना पनि छैनन्।' बुधबारमात्रै अघिल्लो दिन एक्जाभेटर जलाउनेबारे जानकारी दिएवापत आक्रमण भएपछि व्यवसायीहरु डनको दवदवाबारे खुलेर कुरा गर्न तयार छैनन्।
उनले दुर्ब्यसनीदेखि संगठित आपराधिक समूहसम्मले धम्क्याएर व्यवसायीहरुबाट रकम असुल्ने गरेको बताए। ' चलाईरहेको डोजर खोसेर पैसा माग्ने, अर्पाटमेन्टमै आएर सित्तैमा घर माग्ने, अनी फोन गरेर गिट्टीको काम मेरा केटाहरुलाई दिनु भन्दै धम्क्याउँछन् ' उनले भने, 'प्रहरीलाई भनेर पक्राउ गरायो भने केही दिनमै छुटिहाल्छन्, त्यसैले असुरक्षा बढाउनु भन्दा माग पूरा गर्न बाध्य छौं।'
८ वर्षदेखि हाउजिङ व्यवसायमा संलग्न अर्का एक व्यवसायी 'मध्यमस्तरका व्यवसायी अझ बढी टोले गुन्डादेखि संगठित समूहसम्मबाट पीडित रहेको बताउँछन्। सबै मापदण्ड पुर्‍याएर हाउजिङ शुरु गर्दा पनि १० देखि १५ प्रतिशतसम्म गुन्डाको माग पूरा गर्न रकम नछुट्टयाए कामै अगाडि बढाउन नसकिने ती व्यवसायीको अनुभव थियो। 'बाईकमा ह्वार ह्वार आउँछन्, भईरहेको काम रोक्छन् र पैसा माग्छन्,' उनले भने, 'के को पैसा भनेर सोध्यो भने हाम्रो क्षेत्रमा आएर आफु मात्र पैसा कमाउने, हामीलाई चाहिँदैन भन्छन्।'
हाउजिङ व्यवसायीलाई हैरान पारिरहेको गुन्डाराजबारे प्रहरी पनि बेखबर छैन। तर, उनीहरु आफ्नो कार्यक्षमता भन्दा पनि मुलुकको अवस्थालाई देखाउँछन्। बैदेशिक रोजगार व्यवसायी, रात्रीकालीन व्यवसाय र रक्तचन्दन तस्करीपछि आपराधिक ब्यक्तिहरुले हाउजिङ व्यवसायीहरुलाई आम्दानीको स्रोत बनाएको केन्द्रिय अनुसन्धान व्युरो प्रमुख डिआईजी राजेन्द्रसिंह भन्डारी स्विकार गर्छन। पीडित र प्रविधि सहयोगी हुन नसक्दा उनीहरुको सञ्जाल भत्काउन प्रहरी कमजोर देखिएको दावी गर्दै उनले भने, 'पीडित सहयोगी हुनुपर्‍यो, उनीहरु(संगठित अपराधी) को सञ्जाल भत्काउन प्रहरी अहिले पनि सक्षम छ।'
अपराधीकहरुले व्यवसायीको कमजोर पक्ष समातेर हिट गर्ने गरेको बताउँदै उनले गैर कानुनी काम भएको जानकारी पाएमा उनीहरुले त्यसैलाई हतियार बनाएर पैसा असुल्ने गरेको भन्डारीले बताए। राज्य संयन्त्रप्रति विश्वास नगरी आपराधिकतत्वसँग सम्झौता गर्दा अपराधिक समूह बलियो बन्दै गएको दावी गर्दै उनले भने, ' डर र भय जति मान्यो त्यत्ति बढ्छ, व्यवसायीले सुरक्षा संयन्त्रमाथि विश्वास गरेर सहयोग गरे समस्या सहजै समस्या समाधान हुन्छ।'
नेपाल जग्गा तथा आवास विकास संघका प्रवक्ता इच्छा वाग्ले गुन्डा र घोषित/अघोषित पार्टीबाट व्यवसायी पीडित भएपनि शान्ति सुरक्षाको प्रत्याभूतिका नभएका कारण प्रतिकार गर्न नसकेको बताउँछन्। उनले सुरक्षा निकायमाथि व्यवसायीहरु विश्वासस्त रहेपनि अहिलेको अवस्थाका कारण शुरक्षित महसुस गर्न नसकेको बताए।
हाउजिङका 'दादा'
नेपाली सेनाको रेन्जर गणको जागिर छाडेका दोलखाका ३० वर्षिय सुजन पौडेल प्रहरीले सर्वाधिक खोजी गरिरहेका ब्यक्ति हुन। प्रहरी तथ्यांक अनुसार सेनाको जागिर छाडेर २०६४ बाट हाउजिङ क्षेत्रबाट जर्वजस्ती रकम असुलीमा सक्रिय भएका उनी प्रारम्भमा साना हतियारको कारोवारमा संलग्न थिए। कारोवारकोक्रममा २ पटक पक्राउ परेपछि उनी समूह बनाएर हाउजिङ व्यवसायीबाट रकम असुल्न सक्रिय भएका हुन।
प्रहरी रेकर्ड अनुसार पौडेल २०६४ बैशाखमा दरवारमार्गबाट पेस्तोल सहित पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटी बुझाएर रिहा भएका उनी बुटवलबाट २ वटा पेस्तोल सहित पक्राउ परे। हातहतियार खरखजनाको अभियोगमा २ वर्ष कारागार बसेपछि सफाई पाएर रिहा भएका उनी लगत्तै हतियारको कारोवार छोडेर हाउजिङबाट रकम असुल्न सक्रिय भएका थिए।
पौडेलबाट पीडित व्यवसायीहरु सुरक्षाको माग गर्दै प्रहरी महानिरिक्षक रमेशचन्द ठकुरीकोमा पुगेपछि उनको खोजी शुरु गरेको थियो। प्रहरीभित्रै बलियो सञ्जाल बनाएका ललितपुरको गोदावरीलाई आधारक्षेत्र बनाएर उपत्यकाभित्रै सक्रिय रहेकोबारे प्रहरी जानकार छ, तर, उनको खोजीमा जुटेको केन्द्रदेखि स्थानीयतहसम्मको प्रहरीले पक्राउ गर्न सकेको छैन। लागुऔषध र हतियार सहित पक्राउ परेर केन्द्रिय कारागारमा रहेका चक्रे मिलन कारागारभित्र बसेर आफ्नो समूह सञ्चालन गर्ने गरेको खुलेपनि उनको सञ्जाल भत्काउन प्रहरी सफल भएको छैन।
व्यवसायीका अनुसार गणेश लामा 'धम्क्याएर जर्वजस्ती बालुवा र निर्माण सामाग्रिको कारोवार गर्दै आएका छन्' सिरुवा कन्ट्रक्सन कम्पनि मार्फत गिट्टी र बालुवाको कारोवारमा समेत सक्रिय लामा प्रहरीको संगठित आपराधिक समूहको सूचीमा समेत छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रीक प्रवेश गरी केन्द्रिय सदस्य भएका उनी उपत्यकाभित्रै खुल्ला छन्।
पेस्तोल सहित पक्राउ परेपनि अदालतबाट सफाई पाएर ६ महिना अगाडि रिहा भएपछि हाउजिङलाई निशाना बनाउंदै कुमार श्रेष्ठ (घैटे) बालाजु क्षेत्रमा बसेर आपराधिक सञ्जाल विस्तार गरिरहेकोबारे प्रहरी जानकार छ,तर पक्राउ गरेको छैन। बाघबहादुर लामा (बाघे), रवि राणा, मिनकृष्ण महर्जन र रविन अधिकारी लगायत हाउजिङ व्यवसायीलाई त्रसित बनाउने गरेको बारे प्रहरी जानकार भएपनि प्रहरीले कानुनी कार्वाही गर्न सकेको छैन।
संगठित अपराधमा सक्रिय देखिएका विरुद्ध कार्वाही प्रकृया जारी रहेपनि अन्य निकायबाट सहयोग नभएको प्रहरी अधिकारी दावी गर्छन। अनुसन्धानकाक्रममा गणेशको नाममा ५० करोड भन्दा बढी सम्पत्ति देखिएपछि सम्पत्तिको स्रोत बारे अनुसन्धान गर्न राजश्वलाई ६ महिना अगाडि सिफारिस पठाएपनि कार्यान्वयन नभएको एक अधिकारीले बताए।
चक्रे कारागारभित्रैबाट आपराधिक गतिविधिमा सक्रिय रहेकोबारे एक महिना अगाडि नै कारागार प्रशासनलाई जानकारी गराएर सरुवा गर्न सुझाव दिएपनि कार्यान्वयन नभएको जानकारीदिंदै काठमाडौं परिसर प्रमुख पुष्कर कार्कीले भने' प्रहरीको जानकारीका आएको घटनामा तत्काल परिचालीत भएका छौं, कसैले प्रहरीलाई भन्दा बढी गुन्डालाई नै विश्वास गर्छन भने हामीले मात्र के गर्न सक्छौं?'
अरु यता >>

Thursday, February 24, 2011

भारी बोक्ने भरियाको राजधानीमा महल

कुनै समय भारी बोक्ने एक सामान्य भरियाले कालान्तरमा राजधानीमा महल बनाउन सक्छन् भन्ने सुन्दा आम मानिसलाई अचम्म लाग्न सक्छ । ओखलढुंगाका ४७ वर्षीय चेतबहादुर थापा त्यस्तै पात्र हुन्, जसले भारी बोकेरै जीवनका महत्वपूर्ण अनुभव र उपलब्धि सँगालेका छन् । १२ वर्ष अरुका भारी बोकेका थापा हिजोआज घरधनी भएका छन्, त्यही पनि राजधानी काठमाडौंमा ।
अहिलेको जीवनशैलीको कल्पना उनले कहिल्यै गरेका थिएनन् । राजधानीको भृकुटीमण्डपस्थित ‘हङकङ’ बजारमा घडी पसल सञ्चालन गरेका थापा अहिले जे छन्, त्यसमा उनका नियमित ग्राहकको योगदान उल्लेख्य छ । उनीकहाँ ग्राहकहरू दोहोरिएर आउँछन् । भन्छन्, “पसल सुरु गरेको २६ वर्ष भयो, मकहाँ २६ वर्षदेखिकै ग्राहक अहिलेसम्म निरन्तर आइरहेका छन् । ग्राहककै कारण मैले काठमाडौंमा घर बनाउन सकें ।” ग्राहकलाई सस्तो सामान दिएर भड्काउनुभन्दा थोरै नाफा खाएर गुणस्तरीय सामान उपलब्ध गरउनुपर्ने उनको मान्यता छ ।
भारी बोक्ने काम र सडकमा सुतेर बिताएका दिनहरू यतिबेला उनका लागि सपनाजस्तै बनेका छन् । राजधानीको बसुन्धारमा चार तले पक्की घर बनाएर थापाले भक्तपुरमा केही जमिनसमेत जोडका छन् । सात वर्षको उमेरदेखि भारी बोक्न थालेका थापाले एकजना साहुसँग घडी बनाउन सिकेका रहेछन् । “भरियाको काम गर्दा १२ वर्षसम्म जीवनमा कुनै परिवर्तन नआएपछि घडी व्यापार थालें,” उनले भने ।
नेपाली कखरासम्म नजानेकोले घडी पसल चलाउन निकै नै सास्ती खेप्नुपरेको अनुभव उनीसँग अझै ताजा छ । भन्छन्, “पढेरमात्र होइन, समय र परिस्थिति आएपछि कतिपय कुराहरू परेर पनि जानिन्छ ।” २६ वर्षअघि ४ हजारको लगानीबाट सुरु गरेको पसलको लगानी अहिले १० लाखभन्दा माथि छ ।
अरु यता >>

जेलभित्रैबाट चक्रेमिलनद्वारा फेरि हत्या प्रयास

दुई करोड जबर्जस्ती असुल्न खोजेकोबारे प्रहरीमा उजुरी गरेको भन्दै चक्रे मिलन समूहले बुधबार खुकुरी प्रहार गरी निर्माण व्यवसायी सञ्जीव ओलीलाई सख्त घाइते बनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी र पीडितका अनुसार माग गरेको रकम दिनुको साटो प्रहरीकहाँ उजुरी गरेको भन्दै जेलभित्रै रहेका चक्रे भन्ने मिलन गुरुङको निर्देशनमा उनका सहयोगीहरूले बुद्धनगर निवासी ओलीलाई बुधबार बिहान ७ बजे नयाँबानेश्वर चोकमा खुकुरी प्रहार गरेका हुन् ।
ओलीले रकम मागेकोबारे प्रहरीलाई विस्तारमा बताउँदै फिल्डमा काम गरिरहेको डोजर र त्यसका सहचालकलाई जिउँदै जलाउने प्रयास चक्रे मिलनकै निर्देशनमा भएको किटानी जाहेरी दिएका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ओलीको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट घाइते ओलीको कुमको हड्डी जोड्न अपरेसन गरिएको छ । यसअघि सुन्धारास्थित भद्रगोल जेलमा चार पटकसम्म भएको कुराकानी नमिलेपछि गुरुङको गिरोहले धापासीमा बन्न लागेको आवास गृहको काममा खटेको डोजरमा आगजनी गरेको थियो ।
त्यसक्रममा चालक कक्षमा सुतेका सहचालक यादव सिलवाल जलेर गम्भीर घाइते भएका थिए । उनको अवस्था गम्भीर छ । घटनामा प्रहरीले अभियुक्त खोजी गरिरहँदा सोही समूहबाट खुकुरी प्रहार भएको हो ।
लागूऔषध र हातहतियार खरखजनाको अभियोगमा पक्राउ परेका गुरुङले मिलेमतोमा जेलभित्रबाटै आपराधिक योजना बनाएको सार्वजनिक भएपछि बुधबार प्रहरी मुख्यालयमा खैलाबैला मच्चिएको छ । गुरुङले कुन-कुन अधिकृतको सहयोगमा यस्तो कार्य गरिरहेका छन् भन्नेबारे अनुसन्धान गर्न महानगरीय आयुक्तको कार्यालय, प्रहरी मुख्यालय र महान्यायाधिवक्ताको कार्यालयमा पटक-पटक बैठक बसेको थियो ।
बैठकमा सहभागी एक अधिकृतका अनुसार केही अधिकृतले महानिरीक्षक रमेश चन्द ठकुरीलाई प्रहरीप्रति विश्वासै नरहने गरी घटना हुँदा पनि मुख्यालयले केही नसोच्ने हो भने आफूहरूले राजीनामा दिने चेतावनीसमेत दिएका थिए । डोजरको आगजनी, सहचालकको हत्या प्रयास र निर्माण व्यवसायी ओलीलाई खुकुरी हान्नेमध्ये कसैलाई पनि बुधबार साँझसम्म प्रहरीले पक्राउ गरेको छैन ।
'यो घटनाले हामी स्तब्ध भएका छौं,' महानिरीक्षक ठकुरीले भने, 'संगठित अपराध गर्ने गुरुङलगायत समूहको सञ्जाल तोड्न निर्देशन दिएको छु, परिणाम चाँडै
आउनेछ ।' स्रोतका अनुसार यो घटनापछि स्थानीयस्तरमा महिनावारी बुझेर संगठित अपराधीलाई गोप्य रूपमा सहयोग गर्नेको पहिचान गरी तत्काल हटाउने निर्णय भएको छ । कारागार व्यवस्थापन प्रहरी एक्लैले पाउनुपर्ने वा त्यसबाट प्रहरीलाई मुक्त गर्नुपर्ने माग पनि आयुक्त कार्यालयले गृह मन्त्रालयसमक्ष गरेको छ । हाल कारागार व्यवस्थापन निजामती कर्मचारीले र त्यसको सुरक्षा प्रहरीबाट हुँदै आएको छ ।
'घटनामा संलग्न हुनेहरूको पहिचान भइसकेको छ, अभियुक्तहरू चाँडै पक्राउ पर्छन्,' महानगरीय प्रहरी आयुक्तको कार्यालयका डीआईजी सुरेन्द्रबहादुर शाहले भने, 'यो घटनाले प्रहरी परिचालनमा ठूलो परिवर्तन ल्याउने भएको छ, त्यसको परिणाम यसै साता देखिन्छ ।'
विभिन्न स्थानमा भएको सरोकारवालाको बैठकले सुरक्षाकर्मी र कारागारका अधिकृतको अनुमतिमा बुधबार बिहानसम्म निर्बाध फोन सुविधा पाइरहेका गुरुङलाई अपराह्नदेखि टेलिफोन र भेटघाटको सुविधा नदिने निर्णय गरेको छ । महानगरीय आयुक्तको कार्यालयले यसअघि नै गुरुङसहित करिब १५ जनालाई तत्काल दुर्गम क्षेत्रका जेलमा स्थानान्तरण गर्न माग राख्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो । तर त्यो निर्णय महिना दिन बित्दा पनि कार्यान्वयन नभएबाट जेलका अपराधीको सञ्जाल कहाँसम्म छ भन्ने पुष्टि भएको एक उच्च प्रहरी अधिकृतले बताए ।
अरु यता >>

Wednesday, February 23, 2011

जेलबाटै चक्रेमिलनले एक जनाको ज्यान लिने प्रयास गर्दै डोजरमा आगजनी

लागूऔषध र हातहतियार खरखजना अपराधमा जेल परेका चक्रेमिलन गुरुङले मागेको २ करोड फिरौती नबुझाउँदा उनका सहयोगीले व्यवसायीको डोजरमा आगजनी गरेर चालकको हत्या प्रयास गरेका छन् । यस घटनाले जेलमा रहेका अपराधीले व्यवसायीबाट करोडौं रकम फिरौतीका लागि धम्की दिइरहेको खुलेको छ ।
सुन्धारास्थित भद्रगोल जेलमा रहेका गुरुङले आफूले मागेजति रकम नदिएको झोंकमा सहयोगी समूहमार्फत मंगलवार मध्यराति एक जनाको ज्यान लिने प्रयास गर्दै डोजरमा आगजनी गरेर ६० लाख भन्दा बढीको क्षति पुर्‍याइदिएका छन । धापासीस्थित इसान नसिंङ होमको पछाडि १३ रोपनी जग्गामा हेबिट्याट डेभलपर्स कम्पनीले आवाश गृह बनाउने क्रममा चक्रेमिलनले आधा शेयर सित्तैमा मागेका थिए । कुरा नमिलेपछि गुरुङले घटना घटाएको दावी पिडीतको छ ।
चार पटकसम्म जेलको मूलगेटमा प्रहरीको उपस्थितिमा भएको वार्ता नमिलेपछि गुरुङका सहयोगीले चेतावनी स्वरुप डेभलपर्सको धापासीस्थित फिल्डमा रहेको डोजरमा मंगलवार राती १ बजे पेट्रोल छरेर आगजनी गरेका हुन् ।
त्यसक्रममा डोजरभित्र बसेका हेल्पर यादव सिलवाल जलेर गम्भीर घाइते भएका छन् । डोजर आगजनी भएपछि ढोका खोल्न नसक्दा ती हेल्पर डोजरको अगाडिको शिशा फुटाएर बाहिर निस्केका थिए । हात र मुखमा जलेको हेल्परको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार, स्थानीय वासिन्दा र प्रहरीले समयमै उद्धार नगरेको भए यादवको मृत्यु हुन्थ्यो ।
आगलागी गर्नुअघि कुरो मिलाउन गुरुङका सहयोगीहरुले डोजर ल्याएकै रात मध्यराति चालकसँग चावी खोसेर लगेका थिए । चावी खोस्ने क्रममा चालकलाई ती अज्ञात हतियारधारीहरुले कुरो नमिले डोजर चले कुनैपनि बेला हत्या हुने चेतावनी दिएका थिए । गुरुङका सहयोगीहरुले धम्की दिए लगत्तै डोजरका चालक उक्त क्षेत्रमा आफूले काम गर्न नसक्ने बताउँदै जागिर छाडी गायव भएका थिए ।
त्यसअघि वार्ताका क्रममा गुरुङले डेभलपर्सका धनीहरुलाई आफनो अनुमति बिना काम नगर्न चेतावनी दिएका थिए । 'जग्गामा काम थाल्नु भन्दा अघि चक्रेमिलन दाईसँग कुरा गरेर मात्रै थाल्नु होला अन्यथा जे सुकै हुनसक्छ', स्थानीय कान्छादाई उर्फ बिष्णु श्रेष्ठले डेभलपर्सका कन्ट्रक्टर सन्जीव ओलीलाई चेतावनी दिंदै भनेका थिए ।
त्यस चेतावनी दिएको केही दिनपछि तिनै बिष्णु श्रेष्ठले डेभलपर्सहरुलाई चक्रेमिलनसँग जेलमा लगी कुराकानी गराएका थिए । जानकारहरुका अनुसार जेलमा रहेका चक्रेमिलनले बिष्णुजस्तै झण्डै दुई दर्जन एजेन्टहरुलाई महिनावारी उठाउने नाइकेका रुपमा महाराजगंज क्षेत्रमा परिचालन गरेका छन ।
पहिलो भेटदेखि नै धम्क्याउदै वार्ता शुरु गरेका गुरुङले आफनो मनशाय विपरित काम थाले कुनैपनि बेला हत्या हुनसक्ने चेतावनी दिएका थिए । कारागारका मुलगेटमा जेलको प्रशासकीय प्रमुखले झै आसपासमा दर्जनौ सहयोगी राखेर गुरुङले डेभलपर्सका प्रतिनिधिसग बार्ता गर्दा कारागार र सुरक्षाका लागी खटिएका प्रहरीहरु मातेझै देखिन्थे । कुराकानी गर्न गएको टोलीलाई एक पटक गुरुङले आफू शारिरीक अभ्यास गरिरहेकाले एक घण्टा कुर्न समेत लगाएका थिए । उनले कुरा थाल्नु अघि वार्तामा सहभागी सबैलाई चिसो, कफी र चियाको प्रस्ताव राखेपछि मात्रै कुरा थाल्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन ।
अपराधको अनुसन्धान, जेलको सुरक्षा हेर्ने सुरक्षाकर्मी र संगठित अपराधको अनुसन्धान गर्ने स्थानीय प्रहरीको भूमिका भने शंकास्पद देखिएको सुरक्षा स्रोतले बतायो । उनीहरुले स्थानीय गुण्डालाई कडाईका साथ दण्डित गर्नुको सटृा दुवैलाई मिलेर काम गर्ने अवसर दिंदै दुवैबाट फाइदा लिने प्रयास गरिरहेको सुरक्षा स्रोतको भनाइ छ ।
केहीदिन अघि डिल्ली बजार खोरमा कैदीहरु बीच झगडा हुँदा कारागार व्यवस्थापन विभागले भोलीपल्टै दर्जनौ कैदी बन्दीहरुलाई उपत्यका बाहिर स्थान्तरण गरेका थिए । त्यस लगत्तै महानगरीय प्रहरी आयुक्तको कार्यालयले खुँखार केही अपराधी ठानिएका कब १५ जनालाई उनीहरुको सन्जाल तोडन तत्काल दुर्गम जेलमा पठाउन माग गर्दै पत्राचार गरेको थियो । तर त्यो निर्णय अहिलेसम्म गृहमै थन्किएको छ ।
'पिडितले चक्रे मिलनसितको कुराकानीबारे प्रहरीलाई सूचना लुकाएर राखेका रहेछन् । आगजनी घटनाले कुरा बाहिर आएको छ । हामी यो घटनाक्रमले गम्भीर भएका छौं' काठमाडौ प्रहरी प्रमखु पुष्कर कार्की भन्छन्- 'घटनाको सबै पक्षको अनुसन्धान गरी सबै दोषीलाई कानूनी दायरामा ल्याउछौ ।'
घटना सार्वजनिक भए लगत्तै प्रहरी मुख्यालयमा रहेको अपराध अनुसन्धान व्यूरो, महानगय आयुक्तको कार्यालय, काठमाडौ परिसर र अपराध महाशाखा (केरकार)ले छुटृाछुटै रुपमा अनुसन्धान थालेका छन । महाराजगं प्रहरीले घटनामा सम्लग्न भएको आंशकामा गुरुङ केही एजेन्टहरुलाई पक्राउ गरेको छ । वृत्तको डिएसपी दिपक थापा भन्छन -'यो घटना बुढी मरी भन्ने भन्दा पनि काल पल्कियो भन्ने जस्तो भएको छ, हामीले घटनाको गहिराईबाट अनुसन्धान थालेका छौ ।'
आयुक्तको कार्यालयले यो घटनामा चक्रेमिलन गुरुङसहित घटनामा संलग्न सबैलाई आगजनी र ज्यानमार्ने उघोगमा मुद्दा दर्ता गर्ने भएको छ । दर्जनौ अपराधिक घटनाक्रममा सम्लग्न भएको अभियोगमा जेल गएका गुरुङको ग्याङ्ग फाइटका क्रममा हात छिनेको थियो ।
अरु यता >>

Tuesday, February 22, 2011

खुर्पा प्रहार गरी तीनको हत्या

व्यास २ दमौलीका २३ वर्षीय एक युवाले धारिलो हतियार प्रहार गर्दा सोमवार एक दम्पति सहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा व्यास २ मालपोत लाईन घर भएका सापकोटा दम्पत्ति ६० वर्षीय दिलवहादुर र उनकी ५५ वर्षीया श्रीमती यसोदा र व्यास २ विसघरेका ६० वर्षीय टिकावहादुर श्रेष्ठ रहेका छन् । गम्भिर र्घाईते रहेकी श्रेष्ठकी श्रीमती पार्वतीको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भई रहेको छ । मालपोतलाईनका २३ वर्षीय दिरीङ्ग राना मगरले उनीहरुलाई खुर्पा प्रहार गरी मारेका हुन् ।
सापकोटा दम्पत्तिलाई कोठा भित्रै मारेर भागेका मगरले करिव ५ मिनेट नजिकै घर भएका श्रेष्ठ दम्पत्तिलाई पुन हतियार प्रहार गरेका थिए । दर्ुइ दम्पत्तिलाई हतियार प्रहार गर्ने मगरको मानसिक अवस्था ठिक नभएको हुन सक्ने प्रहरीको अनुमान छ । मगर प्रहरी नियन्त्रणमा छन् ।
अरु यता >>

Monday, February 21, 2011

किसुनजी निवासमा ढिस्कोले पुरिएर तीन मजदुर ठहरै

पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईको बाडेगाउँस्थित घरको कम्पाउन्ड निर्माण गर्ने क्रममा ढिस्कोले पुरिएर तीन मजदुरको मृत्यु भएको छ।
सोही क्रममा पुरिएका दुई मजदुरको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको माघ २८ गतेदेखि पर्खाल निर्माण गर्न थालेका ती मजदुरको पर्खालको जग खन्ने क्रममा सात फिटको गहिरो खाल्डोमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो। मृत्यु हुनेमा ३३ वर्षीय भालु लामा २१ वर्षीय सन्दीप घलान र अन्दाजी २८ वर्षीय कान्छा तामाङ रहेका छन्। मृत्यु हुनेमध्ये तामाङ मकवानपुर टिस्टुङ र अन्य दुई जना धादिङका रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा वीरबहादुर लामा र सुवास थोकर रहेका छन्। लामा धादिङ र थोकर टिस्टुङका हुन्। घाइते दुवै जना खतरामुक्त छन्। ँजग खन्दै थियौं अचानक माटोको ढिस्कोले पुरियो चिच्याएर सहयोग माग्यौं। प्रहरीले बल्लतल्ल तानेर हामी दुईलाई समयमै अस्पताल पुर् याएर बचायो’ -पाटन अस्पतालमा उपचार गराइरहेका घाइते थोकरले नेपाल समाचारपत्रसँग भने।
धन्न भगवान्ले हामीलाई बचाए सँगैका तीन जनालाई दैवले चुँडेर लग्यो’ -अर्का घाइते लामाले भने। घाइते थोकरको करङ र दायाँ खुट्टा तथा लामाको छातीमा चोट लागेको छ।
बिहानको खाना खाएपछि काममा गएका सातमध्ये दुई जना जगबाहिर र पाँच जना खाल्डोमुनि माटो झिक्ने र फाल्ने काम गरिरहेका थिए। खाना खाएपछि एकछिन आराम गरेर काम गर्न गएका थिए तिर्खा लागेर पानी खान मागे बाल्टिनमा पानी ल्याएर खान दिएँ पानी खाएको केही समयमै माटोको ढिस्कोले पुरेर तीन जना साथीको मृत्यु भयो -साथीलाई खाना पकाएर खुवाउने र सँगै काम गर्ने रामकृष्ण शर्माले नेपाल समाचारपत्रसँग वेदना पोख्दै भने- सँगैका साथीले अकालमै ज्यान गुमाए साथीहरु पुरिनासाथ सँगै रहेका पेटी ठेकेदार एम्बुलेन्स लिन जान्छु भनेर गए तर उतैबाट फरार भए । शर्माले भने- कोही नदेखेपछि रोई-कराई गरेँ नजिकैको प्रहरीचौकीमा गएर प्रहरी र गाउँलेलाई बोलाएँ करिब आधा घण्टापछि मात्र साथीहरुको उद्धार भयो।
प्रहरीले पुरिएर मृत्यु भएका तीन जनाको शवसँगै उनीहरुले प्रयोग गरेको साबेल र थुन्चेसमेत निकालेको थियो। समयमै प्रहरी नपुगेको भए सबैको मृत्यु हुन सक्ने बताउँदै महानगरीय प्रहरीपरिसरका प्रमुख प्रहरी उपरीक्षक एसपी विक्रमसिंह थापाले भन्नुभयो- समयमै प्रहरी घटनास्थल पुगेकाले थप दुईको सकुशल उद्धार भयो।
हिजो आइतबारसम्ममा जग खनेर पीसीसी गरी आज सोमबारदेखि वाल लगाउने काम गर्ने गरी ठेकेदारले अह्राएको थियो हतारमा काम गरेकाले यस्तो घटना भयो -निवासमा चौकीदारको समेत काम गर्ने गरेका शर्माले भने। गत असारदेखि शिवाको कालिका देवीस्थान कन्स्ट्रक्सनले १ करोड ४७ लाख रुपियाँमा ठेक्कामा लिएको सो कार्य सम्पन्न हुनुअगावै अप्रिय घटना भएको छ।
घटनापछि प्रहरीले सो कम्पनीका सुपरभाइजर सीताराम आचार्यलाई पक्राउ गरेको छ भने ठेकेदारको खोजी भइरहेको ललितपुर प्रहरीप्रमुख एस्पी थापाले बताउनुभयो।
गएको भदौमा उक्त भवनको पर्खाल भत्कदा घरलाईसमेत क्षति पुर्याएपछि पर्खाल बनाउन थालिएको थियो। कांग्रेस नेता पीएल सिंहले सरकारको कमजोरीका कारण अपि्रय घटना हुन गएको बताउनुभयो। घटना भएको स्थल किसुनजी बस्ने घरसँगै रहेको छ। हाल उहाँ करिब दुई सातादेखि उपचारार्थ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका बेला अप्रिय घटना भएको हो। सो घटनालगत्तै सयौंको संख्यामा स्थानीयवासी र नेपाली कांग्रेसका नेता उहाँको निवास बाडेगाउँमा पुगेका थिए।
अरु यता >>

ब्रायन एडम्सको कन्सर्ट, रंगशालालाई पाँच लाख आम्दानी, १४ लाख खर्च

क्यानेडेली रकगायक ब्रायन एडम्सको कन्सर्टका लागि एक दिन दशरथ रंगशाला भाडामा दिँदा राष्ट्रिय खेलकुद परिषद्ले पाँच लाख रुपैयाँ पाएको छ, तर एएफसी च्यालेन्ज कपका लागि लगाइएको चार लाखको दुबो मासिएको छ । अब दुबोको सट्टा 'चपरी' राखेर फुटबल खेलाउन थप १० लाख खर्च हुने भएको छ ।
एएफसी च्यालेन्ज छनोट प्रतियोगिता आयोजना गर्न अब डेढ महिना मात्र बाँकी रहेकोले अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा दुबो उमारिरहेको थियो । चार लाख लगानी गरेर उमारिएको दुबो शनिबार हिलोमा परिणत भएको छ ।
दशरथ रंगशाला नेपालको एक मात्र राष्ट्रिय रंगशाला हो, नेपालबाहेक अन्य राष्ट्रले आफ्ना मुख्य रंगशाला खेलकुदबाहेक अन्य कार्यक्रमका लागि भाडामा दिँदैनन् । तर, नेपालले चार लाख लगानी गरेर उमारेको दुबो मास्दै थप १० लाखको चपरी राख्ने भएको छ । यसको सट्टा खेलकुद परिषद्ले पाँच लाख पाउने भएको छ ।
एसियन फुटबल महासंघको 'सी' समूहमा परेका राष्ट्रबीच एएफसी च्यालेन्ज कपको आयोजना नेपालले गर्दै छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजक बन्ने अवसर पाएको नेपालले रंगशालाको मैदान पूरै हरियो बनाउन एक महिनादेखि कसरत गरेको थियो । नेपालले हलचोकस्थित सशस्त्र प्रहरीको मैदान तथा दशरथ रंगशालामा छनोट खेल खेलाउनेछ ।
दुवै मैदानमा दिनरात मिहिनेत गरी आयोजक एन्फाले दुबो रोप्न लाखौँ रुपैयाँ खर्चेको छ । रंगशालामा दुबो रोप्नका लागि हालसम्म चार लाख खर्च भइसकेको छ । आयोजकले चार तथा ६ हजार टिकट लिएका दर्शकलाई सीधै मैदानभित्र राख्ने व्यवस्था मिलाएको थियो । उनीहरू उफ्रिँदा दुबो निमिट्यान्न भएको छ ।
दुबो बचाउन भन्दै मैदानमा रातो म्याट पनि ओछ्याइएको थियो, तर दर्शक उफ्रिँदा दुबो जमिनमै बिलाएको छ ।
त्यसो त आयोजकले कन्सर्टमा पानीको बोतलसमेत निषेधित गरेको थियो । तर, सरसफाइ गर्दा रातो म्याटमै रक्सीका सिसी भेटिएका छन् ।
कन्टर्सपछिको अवस्था बुझ्न एन्फाका पदाधिकारी रंगशालामा पुग्दा उनीहरू खिन्न थिए । 'अहिले त केही भन्ने अवस्थामा छैन, सोमबार पानीले स्पे्र गरेपछि दुबोको स्थिति थाहा हुन्छ,' एन्फाका महासचिव धीरेन्द्र प्रधानले नयाँ पत्रिकासँग भने, 'मैदान धेरै ठाउँ बिग्रेको भेट्टायौँ, स्पे्रपछि मात्र कहाँकहाँ मर्मत गर्नुपर्छ भन्ने स्पष्ट हुनेछ ।'
१४ फागुनमा रंगशालामै अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै छ । रेस्लिङले पनि मैदान बिगार्ने निश्चित नै छ ।
प्रधानका अनुसार कन्सर्टपछि मैदानको मध्यभाग निकै बिग्रेको अवस्था छ । सो भागको मर्मत गर्न लामो समय लाग्ने उनी बताउँछन् । 'अहिलेको चिन्ता भनेको मैदानको मध्यभाग हो, यहाँ हामीले सोचेकोभन्दा पनि बढी नै नराम्रो अवस्था पायौँ,' एएफसी च्यालेन्ज कप प्रतियोगितालाई जसरी भए पनि सफल बनाउन आफूहरू दिनरात मिहिनेत गर्ने प्रधानले बताए । 'अहिलेको अवस्थापछि मैदानलाई सतप्रतिशत हरियो बनाउन हामी दिनरात खट्नुपर्छ,' उनले भने ।
तत्काल बिग्रेको भागमा दुबो रोप्ने काम असम्भव भएपछि एन्फाले चपरी बिछ्याउने तयारी गरेको छ । चपरी प्रयोग गर्दा दुईगुना महँगो पर्ने प्रधानले जानकारी दिए । 'आजदेखि नै हामी चपरीको खोजीमा लागेका छौँ, हेर्दै जाऊँ कति सम्भव हुन्छ,' उनले भने । उनले अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानलाई अन्य प्रयोजनका लागि दिन नहुने बताए । 'दशरथ रंगशाला भनेको विशुद्ध फुटबल मैदान हो, यहाँ खेलकुदबाहेकका अन्य कार्यक्रम गर्न दिनुहुन्न,' उनले भने, 'अन्य मुलुकमा यस्तो देखिँदैन, तर नेपालमा भने जे पनि गर्न मिल्छ ।'
यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले पनि रंगशाला खेल तथा खेलाडीका लागि मात्र प्रयोग गर्नुपर्ने बताए । 'सर्वप्रथम त रंगशाला खेलाडीको हो, सकेसम्म यहाँ खेलकुद कार्यक्रमबाहेक अन्य कार्यक्रम गर्न दिन हुन्न,' विष्टले भने । अन्य कार्यक्रमका कारण खेलकुदको कार्यक्रममा असर पार्ने अवस्थामा रंगशाला अरूलाई उपलब्ध गराउनु नहुने उनी बताउँछन् । 'अरू कार्यक्रमले गर्दा खेलकुदको कार्यक्रममा प्रत्यक्ष असर पुर्‍याउँछ भने उनीहरूलाई दिनुहुन्न,' उनले भने, 'एडम्सको कन्टर्समा आपसी तालमेल नभएको देखिन्छ ।'
अरु यता >>

Sunday, February 20, 2011

शाहरुखलाई भेट्न फ्यानले बगाए पैसाको खोलो

मुम्बई / अभिनेता शाहरुख खान भारतमा मात्र नभई अन्य मुलुकमा पनि कति लोकपि्रय छन् भन्ने कुरा हालसालैको एउटा प्रसंगले प्रस्ट्याएको छ । बंगलादेशका महजबिन इरम अलिम नामक शाहरुखका जबर्जस्त फ्यानले उनलाई भेट्नका लागि मात्र एक लाख ४० हजार भारतीय रुपैयाँ खर्च गरेका छन् ।
मलेसियामा अध्ययनरत महजबिनले एउटा अवार्ड कार्यक्रममा सहभागी हुन शाहरुख सिंगापुर आउँदै छन् भन्ने थाहा पाए । शाहरुखको दिवाना भएकाले अवार्ड कार्यक्रममा शाहरुखसँगैको सिट मिलाउनका लागि उनले एक लाख २० हजार रुपैयाँ खर्च गरे । तर, उनले त्यस दिन पछाडिबाट शाहरुखको ढाड मात्र हेर्न पाए । त्यतिले उनको सपना पूरा भएन ।
शाहरुखसँग प्रत्यक्ष भेटेर कुरा गर्ने सपना बोकेका उनले केही समयपछि शाहरुख मलेसियामा डन-२ फिल्मको सुटिङ गरिरहेको थाहा पाए । त्यसपछि उनले पहिला मलाकाको एउटा होटल बुक गरे अनि एउटा कार भाडामा लिएर हिँडे शाहरुखलाई भेट्न । यसपालि भने उनको सपना पूरा भयो । शाहरुखलाई भेटेपछि उनी निकै नतमस्तक भए । शाहरुखले पनि उनलाई अटोग्राफ दिए । तर, उनले महजबिनसँग कुरा भने गरेनन् । उनले पछि थाहा पाए, सुटिङअघि शाहरुख केही पनि बोल्दैनन् ।
मेहजबिनले शाहरुखप्रति आफ्नो दिवानगीका बारेमा पत्रिकामा छापिएको लेखप्रति उनको ध्यान आकृष्ट गरेको बताएका छन् । 'मैले त्यो आर्टिकल देखाएँ । उनी मुस्कुराए । पछि, उनी बसेपछि मलाई बोलाए र त्यही आर्टिकलमा मेरो लागि अटोग्राफ दिए,' आफूले शाहरुखलाई भेटेको कुरा सपनाजस्तो लागिरहेको बताउँदै भनेका छन्, 'अहिले सम्झँदा पनि झस्किन्छु । मलाई लाग्छ कि म सपनामै छु । मेरो कामना छ कि उनीसँग फेरि भेट्न पाऊँ ।'
अरु यता >>

पशुपतिमा थप नौ जोडी पक्राउ

पशुपति क्षेत्र विकास कोषले शनिबार अमर्यादित क्रियाकलापमा संलग्न नौ जोडीलाई पक्राउ गरेको छ ।
कोषले पक्राउ परेकामध्ये छ जोडीलाई जनही २ सय रुपैयाँ जरिवाना र तीन जोडीलाई चेतावनी दिएर छाडेको छ । कोषका सदस्य सचिव सुशील नाहाटाले बिदाको दिनमा आशा गरेभन्दा निकै कम जोडीहरू फेला परेको बताए । 'यो पशुपतिमा अमर्यादित गतिविधि घटेको संकेत पनि हो,' उनले भने, 'सबैले धार्मिक थलोको मर्यादा बुझेर सभ्य व्यवहार गरिदिएमा यस्तो कठोर, रुखो र अपमानजनक कारबाहीको आवश्यकता पर्दैन ।'
कोषले गत सोमबारदेखि शनिबारसम्म एक सय एघार जोडीलाई कारबाही गरिसकेको छ । महाशिवरात्रिको दुइ दिनअघि फागुन १६ सम्म यो कारबाही जारी रहने कोषले जनाएको छ । फागुन १८ मा महाशिवरात्रि पर्व मनाउने तयारीमा कोष जुटेको छ । सदस्य सचिव सुशील नाहाटाका अनुसार जोडीमाथि गरिएको पन्ध्र दिनको कारबाहीको विश्लेषणपछि थप कारबाही अगाडि बढाउने वा नबढाउने निक्र्योल गरिने बताए । 'सबै जोडीहरू मर्यादामा बसेर पशुपति दर्शन गरून् र घुमुन्,' उनले भने, 'कोषले थप कारबाही गर्नु नपरोस् ।'
अरु यता >>

ब्रायनसित झुम्यो काठमाडौँ

प्रख्यात अमेरिकी रक गायक बब सेगरको नेपाली राजधानीप्रति समर्पित गीत 'आई थिङ्क आईएम गोईङ टू क्याटमान्डु' -लाग्छ म काठमान्डु जाँदै छु/साँच्चै म त्यहीँ जाँदै छु/क्या..क्या..क्या..क्याटमान्डु) गाएपछि स्टेजमा आफ्नो परिचय दिएका ब्रायन एडम्सले केही गीत गाएपछि मिलेको विश्राममा आफू काठमान्डु आउन पाएकोमा 'बिछट्टै' खुसी व्यक्त गरे ।
'नेपालमा आएर सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने पहिलो पश्चिमा गायक हुन पाउँदा म बिछट्टै गौरवान्वित छु,' एडम्सले भने । यो नै पश्चिमा संगीतप्रेमीहरू नेपालीहरूका लागि अन्तिम कार्यक्रम भने नहुने पनि उनले प्रस्ट पारे । 'आशा छ, आजको यो कन्सर्ट तपाईंहरूसामु प्रस्तुत हुने अबका थुप्रै (पश्चिमा) सांगीतिक कार्यक्रमहरूमध्येको पहिलो हुनेछ,' उनले भने ।
आफ्ना गीत र प्रस्तुतीहरूमार्फत दर्शकहरूलाई जुरुक्कै उचालेका ब्रायनले काठमान्डुकी एउटी 'भाग्यमानी' युवतीलाई चाहिँ स्टेजमा आफ्ना हातैले उचाले । पुरानो बानेश्वरकी वृन्दा सिंहले स्टेजमै गएर ब्रायनसँगै 'बेबी ह्वेन यु आर गन आई रियलाइज आई एम इन लभ' -पि्रय, तिमी गएपछि मैले आफू प्रेममा परेको महसुस गरेँ) गीत गाइन् ।
'प्लिज फर्गिभ मी' (मलाई माफ गरिदेऊ, म तिमीलाई माया नगरी रहन सक्दिनँ) गीत गाएपछि स्टेजबाट हराएका ब्रायन लगत्तै एउटा प्रस्तावसहित देखा परे । 'कन्सर्टको यो त्यस्तो भाग हो जहाँ म सही पनि हुनसक्छु, गतल पनि ठहरिन सक्छु,' ब्रायनले भने, 'तपाईंहरूमध्ये एकजनालाई स्टेजमा बोलाएर 'बेबी ह्वेन यु आर गन' सँगै गाउन चाहन्छु ।' अनि उनले हात उठाएका दर्शकहरूलाई 'पक्का हो ? सबै शब्दहरू आउँछ ? हैन भने स्टेजबाट धकेल्छु है' भन्दै आश्वासन लिन खोजे । एक जना विदेशी त फलामे बारै नाघेर स्टेजतिर दौडिए । तर उनलाई प्रहरीहरूले समातेर दर्शकदीर्घातिर फ्यालिदिए । प्रहरीले त्यसो गरिरहँदा ब्रायन छ फिटको स्टेजमा उभिएर दर्शकको आश्वासन लिनै व्यस्त थिए । केही क्ष्ाणमै उनले 'लु, त्यो गुलाबी टीसर्ट लगाउने केटी आऊ' भन्दै एउटीलाई बोलाए ।
अनि त हत्तपत्त खडा गरिएको भर्‍याङ चढेर मैदानकी वृन्दा फुत्तै स्टेजमा उक्लिइन् । आत्मविश्वासले पूर्ण रूपमा भरिएकी जस्ती देखिने वृन्दाले नडराई, हाँसीहाँसी ब्रायनका केही प्रश्नको उत्तर दिइन् । जस्तो ः तिम्रो घर कहाँ हो ? काठमान्डुमा चाहिँ कहा हो ? तिमी के गछ्र्यौ ?
'ब्याङ्कमा काम गर्छु,' ब्याङ्क अफ काठमान्डुकी २७ वर्षे कर्मचारीले चिच्याउँदै भनिन्, 'ब्याङ्कर हुँ म । आई विल रक ।' (तपाईंसँगै गाएर म रमाइलो गर्छु ।)
गीत गाएपछि आफूलाई ग्वाम्लाङ्ग अँगालो हालेकी वृन्दालाई गितार बोकिरहेका ब्रायनले जुरुक्क उचाले । चार साथीहरूसँग रंगशाला पुगेकी वृन्दालाई आफ्नो तस्बिर छापिएका पाँच वटा टीसर्ट दिएपछि ब्रायनले नेपाली युवतीको प्रस्तुतिको प्रशंसा गरे ।
'मैले त्यसरी ब्रायनसँगै गाउन पाउँला भन्ने आशा गरेकी थिएँ,' ब्रायनले दिएको सेतो टीसर्ट (काला उनले साथीहरूलाई दिइन्) लगाएकी वृन्दाले नपत्यारिलो ढंगमा कान्तिपुरसँग भनिन् । ब्रायनका सबै गीत र 'प्लिज फर्गिभ मी' विशेष रूपमा मन पराउने वृन्दाले छ कक्षामा पढ्दादेखि उनका गीत सुन्न थालेको बताइन् । इलाइट कोएड स्कुलमा पढेर काठमाडौं विश्वविद्यालयबाट एमबीए र त्रिभुवनबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी युवतीले ब्रायनसँग गाएर 'नेपालको नाम राखेको महसुस गरिरहेको' कान्तिपुरलाई बताइन् ।
साँझ पौने आठ बजे स्टेजमा उत्रेर गाउन थालेका गायकले लगातार अढाई घन्टा प्रेम, सम्बन्ध र जीवनबारेका गीतहरू गाए । थुप्रै गीतहरूमा ब्रायनलाई सँगै गाएर साथ दिएका दर्शकहरूले चम्किला मोबाइल फोन देखाउँदै हात हल्लाउँदा रंगशालाको छाता नभएको दर्शक दीर्घा ताराहरूले भरिएको हल्लिएको आकाश जस्तो देखिएको थियो । त्यो दृश्यले गायकको ध्यान विशेष तानेको थियो । कार्यक्रमको अन्त्यमा गितारको साटो हाते क्यामेरा लिएर स्टेजमा उभिएका गायकले दर्शकहरूलाई भने, 'लौ म फिल्म खिच्दै छु । तपाईंहरूको पूर्ण सहयोग चाहिन्छ । मोबाइल फोनहरू अँठ्याएर हात हल्लाउनुहोला । म नेपाल यस्तो छ भनेर विश्वलाई देखाउन चाहन्छु ।'
ब्रायनको त्यो पछिल्लो वाक्यमा बुझ्नेले दुइटा अर्थ पाउन सक्थे । एक, उनले नेपाली दर्शकको छवि सौम्य पाए । अर्को, ती सबै मोबाइल फोन दैनिक चौध घन्टा जाने बिजुली बल्लबल्ल आएको बेला चार्ज गरिएका थिए जसले नेपालको वास्तविकता झल्काउँथे ।
नेपाली श्रोतामाझ विशेष रूपमा पि्रय 'समर अफ सिक्स्िटनाइन' (उनान्सत्तरी सालको त्यो ग्रीष्म) गाएपछि दर्शकले ठूलो स्वरमा 'वान्स मोर' भने । एउटा क्ष्ाण स्टेजको बायाँपट्ट िदौडिएर आएका ब्रायनले स्टेजमै ढेपिएर उभिएका केही पत्रकार, फोटोग्राफर र आयोजकहरूलाई आफूले बजाइरहेको गितार छुन दिएका थिए । त्यस्तै, अर्को लोकपि्रय गीत 'लेट्स मेक अ नाइट टु रिमेम्बर' को एउटा पूरै वाक्य दर्शकहरूले एकै स्वरमा गाउँदा पूरै रंगशाला गुञ्जायमान भएको थियो । एकपटक ब्रायनले पूर्णकारको चन्द्रमा देखाउँदै भने, 'तपाईंहरूले चन्द्रमा देख्नुभएको छ ? क्यानाडामा हामी यस्तो चन्द्रमा देख्दा के गर्छौं, तपाईंहरूलाई थाहा छ ?' लगत्तै उनले लामो स्वरमा 'ऊऊऊ' गर्दा मायालाग्दो कुकुर कराएको आवाज निकाले जसले दर्शकमा उनीप्रति थप भावनाको सिर्जना गरायो ।
स्टेजमा आउनुअघि रंगशालामै सोल्टी होटलबाट ल्याइएको खाना खाएका ब्रायनले त्रिभुवन विमानस्थलमा आफूलाई गरिएको स्वागतबाट खुसी भएको प्रस्ट पारेका छन् । 'एअरपोर्टमा भव्य स्वागत' भन्दै एउटा तस्बिर उनले सामाजिक संजाल वेबसाइट ट्वीटरमा प्रकाशित गरेका छन् । विमानस्थलबाट प्रहरी स्कर्टिङमा सोझै सोल्टी गएका एडम्स त्यहाँ केही समय आराम गरेर रंगशाला पुगेका थिए ।
निजी विमान बिग्रेपछि ढाकाबाट डेढ घन्टा ढिलो विमान बंगलादेशको प्लेनमा आएका एडम्सलाई स्वागत गर्नेहरू झुक्किए । आयोजकले स्वागतका लागि निम्तो नदिए पनि उत्साहित भै खाँदा बोकेर विमानस्थलको भीआईपी कक्ष पुगेका कर्मचारी र प्रहरीले ब्रायनलाई नभई उनका सहयोगीको शिरमा माला र खादा हालेका थिए । आयोजकका अनुसार, ब्यान्ड सदस्यलगायतको भीडको बिचमा आउँदै गरेका बेला कर्मचारी र प्रहरीले अघिल्तिर खाली हात हिँडिरहेका सहयोगीलाई खादा पहिर्‍याएका थिए । कालो ह्याट लगाएका र झोला बोकेका ब्रायनपछिल्तिर थिए । स्वागत अर्कैले पाएपछि ब्यान्ड सदस्यहरूबीच हाँसो चलेको थियो ।
आयोजकको निम्तो नपाई विमानस्थलभित्र उच्च प्रहरीका परिवार र छोरीहरू विमानस्थलको सुरक्षा हेर्ने डीआईजी रमेशविक्रम शाहका साथ अध्यागनमै पुगेका थिए । अध्यागनमा केही बेरको भिसा प्रक्रियाको काम भैरहँदा प्रहरीका छोरीहरू र पत्नीले ब्रायनसँग फोटो सेसन गरेका थिए । विमानस्थलबाट बाहिरिँदै गर्दा ब्रायनको तस्बिर खिच्न सञ्चारकर्मीबाहेक ट्याक्सी चालक र पाहुना लिन पुगेका होटलका कर्मचारीले पनि उत्साहित हँुदै खिचेका थिए ।
उनलाई विमानस्थलबाट आयोजकले सानो जापानी कार कम्पनी मित्सुवोकाको हातले बुनिएको र सन् ५० को दशकमा बेलायतमा लोकपि्रय मोडलमा आधारित गाडीमा सोल्टी पुर्‍याएका थिए । ब्रायनको सवारीमा उक्त कार प्रयोग गरी शनिबारैदेखि नेपाली बजारमा ल्याइएको सेल्सबेरी मोटरका सुशील श्रेष्ठले बताए । गाडीलाई कन्सर्ट आयोजक ओडिसी नेपालका निर्देशक सीमान्त गुरुङले हाँकेर सोल्टीसम्म पुर्‍याएका थिए । ब्रायनको सुरक्षामा डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले बताएको छ ।
अरु यता >>

Friday, February 18, 2011

मलेसियामा एक नेपालीले आत्महत्या गरे

मलेसियामा एक नेपालीले सवैलाई फोनवाट जानकारी गराएर विहीवार साँझ आत्महत्या गरेका छन् । सर्लाही जिल्ला अर्घी– १, भोक्टेनीका ३५ वर्षीय राजकुमार महतोले नेपालमा रहेका घर परिवार तथा मलेसियामा रहेका साथीहरुलाई आफुले आत्महत्या गर्न लागेको जानकारी गराएका थिए ।
तीस महिना अगाडी मलेसिया आएका महतो क्वालालम्पुर नजिकै गुड इयर टायर कम्पनीमा कार्यरत रहेका थिए ।
लामो समयदेखि विरामी परेका महतोले आफुलाई एचआईभि एड्सलागेको आशंका गर्दै आएको साथीभाईहरुले बताएका छन् । तर, उपचारमा संलग्न डाक्टरले भने उनलाई एडस नभई भिरंगी लागेको वताएको उनका साथी शरन महतोले बताए ।
तीन छोरी, एक छोरा र श्रीमती रहेका महतोले आफनै होस्टलमा सवै साथी कम्पनीमा गैसकेपछि आफैले वजारवाट डोरी किनेर ल्याई पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् । लामो समय देखि विरामी परेका महतोलाई आईतवार नेपाल पठाउन कम्पनीले टिकट समेत काटिदिईसकेको थियो ।
अरु यता >>

४५ इन्चका प्यारे सबैको प्यारो

उमेरले ३८ पुगी सकेका वीरगंज ३ निवासी प्यारे नवीको उचाई केवल ४५ इन्च छ । प्रायः आफ्ना अग्ला साथीभाईसंगै घुमफिर गरी रहेको अवस्थामा भेटिने उनी बिशेषगरी वीरगंजको वीर्ता क्षेत्रमा देखिन्छन् । उनलाई पहिलोपटक देख्नेहरु चकित हुने गरेका छन् । उनलाई अचम्म मानेर हेर्ने र कुराकानी गर्न चाहनेको संख्या पनि बाक्लै हुने गरेको छ ।
नवीकी धर्मपत्नी साहजहानको उचाई साढे ४ फिट छ । नविका दुई छोरी र एक छोरा छन् । छोराछोरीमा भने उचाईको कुनै समस्या छैन । खेतीपाती गरेर जीविकोपार्जन गर्ने गरेका उनले चार कक्षा सम्मको औपचारिक शिक्षा लिएका छन् । उनका तीन दाजुभाई मध्ये कसैमा पनि उनी जस्तो उचाईको समस्या छैन । एक जेठी दिदीमा भने यो समस्या रहेको उनी बताउछन् । वीरगंजका स्थानीय प्राय सबैले आफूलाई चिनेपनि बाहिर जाँदा भने आफूलाई सबैले क्वार्रक्वार्ती हेरेर घेरा हाल्दा भने केही समस्या हुने गरेको उनले बताई ।
कम उचाईका कारण आफूलाई दैनिक जीवनयापनमा कुनै समस्या नरहेको उनी बताउँछन् । मुलुकको समसामयिक राजनितिक गतिविधिको बारेमा बढि चासो र जानकारी राख्ने गफ्फी स्वभावका छन् । इश्वरले आफूलाई होचो बनाएपनि आफूलाई कुनै दुःख नभएको बताउने उनी इमान्दारी, धर्मप्रति निष्ठा र अरुका चेलीबेटी प्रति कुदृष्टि नराख्नु जीवनको मूल मन्त्र मान्छन् ।
जन्मजात आफू होचो रहेको चिकित्सकहरुले पनि उचाई बढाउने कुनै उपाय नरहेको बताएपछि आफ्ना अभिभावकले चित्त बुझाएर बसेको उनले बताए । ८० सेन्टिमिटर कपडा भए पाइन्ट सिलाउन सक्ने र छोराको समेत कपडा हाल आफ्नो शरिरमा फिट हुने भएकाले उचाई कम भएको फाइदा पनि रहेको उनले बताए ।
प्यारे नबीको मिलनसार बानीका कारण उनलाई टोल छिमेकमा सबैले मनपराउने गरेको स्थानीय शशि बिचित्र बताउँछन् । मोबाइलको सोख नराख्ने उनी आफूसंग परिचित हुने नयाँ व्यक्तिको मोबाइल नम्बर टेलिफोन डायरीमा टिप्न भने चुक्दैनन् । एकपटक भेटेका व्यक्तिलाई कहिल्यै नबिर्सने उनी दिमागको अति तिक्ष्ण पनि छन् ।
समसामयिक राजनीति बारे तिखो टिप्पणी गर्ने उनी हाल मुलुकमा जारी सत्ताको फोहरी राजनीति र संविधान निर्माण भई रहेको ढिलाईबाट अत्यन्त दुःखी रहेको बताउँछन् । आम नेपाली यो निराशा लाग्दो राजनीतिक चलखेलबाट आजित भई सकेको उनको बुझाई छ ।
अरु यता >>

अब नेपाली नि जुवा खेल्न क्यासिनो जान पाउने रे ????????

सरकारले मुलुकमा क्यासिनो खुलेको ४४ वर्षपछि नेपालीलाई जुवा खेल्न प्रवेश दिने तयारी गरेको छ। २०२३ मा पहिलोपल्ट पाँचतारे होटल सोल्टीमा क्यासिनो नेपाल खुलेलगत्तै नेपालीलाई प्रवेश निषेध गरिएको थियो। साढे चार दशकपछि सरकारले बनाउन लागेको 'क्यासिनो तथा इलेक्ट्रोनिक गेमिङसम्बन्धी निर्देशिका' मा धनाढ्य नेपालीलाई जुवा खेल्ने अनुमति दिने तयारी गरिएको हो। निर्देशिकाले सबै इलेक्ट्रोनिक गेमलाई पनि समेट्ने छ।
'स्थायी लेखा नम्बर (प्यान–कार्ड) भएका ठूला करदातालाई क्यासिनोमा प्रवेश खुला गर्ने प्रावधान निर्देशिकामा राखिएको छ,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उच्च स्रोतले बिहीबार नागरिकसँग भन्यो, 'यसबारे सम्बन्धित निकायसँग छलफल भइरहेको छ।'
स्रोतका अनुसार निर्देशिकाको मस्यौदामा ठूला करदातालाई क्यासिनो प्रवेश दिने प्रावधानबारे अर्थ, गृह र उद्योग मन्त्रालयका अधिकारीहरूसँग छलफल भइसकेको छ। सबै मन्त्रालय यसमा सकारात्मक रहेको स्रोतको दाबी छ।
सरकारी तयारीअनुसार काम अगाडि बढे चाँडै नै प्यान कार्ड भएका ठूला करदाताले क्यासिनो गएर जुवा खेल्न सक्नेछन्। यसका लागि निश्चित शुल्क भने तिर्नुपर्नेछ। विदेशी पर्यटकले भने निर्वाध खेल्न सक्नेछन्।
'पाँचतारे होटलमा भएका क्यासिनोमा नेपालीलाई जुवा खेल्न दिने वा नदिने भन्ने विवाद भइरहेको र क्यासिनोले करोडौं रोयल्टी पनि नुबुझाएको अवस्थामा निर्देशिकाबाट महत्वपूर्ण सहयोग पुग्नेछ,' स्रोतले भन्यो, 'यसबाट क्यासिनो नियमन र नियन्त्रण गर्न सहज हुनेछ।'
स्रोतका अनुसार अबदेखि क्यासिनोलाई घना आवादी र सहरी क्षेत्रबाट १५ देखि २५ किलोमिटर टाढा लानुपर्नेछ। हाल सञ्चालनमा रहेका क्यासिनोलाई पनि स्थानान्तरण गर्नलाई अवसर दिइनेछ। 'काठमाडौंका आठ र पोखराका दुई क्यासिनो सम्बद्ध होटलबाट तोकिएको दुरीमा सार्नुपर्नेछ,' स्रोतले भन्यो।
पर्यटन मन्त्रालयले क्यासिनो सञ्चालन अनुमति दिने भए पनि रोयल्टी अर्थ मन्त्रालयले उठाउने गरेको छ। पर्यटनबाटै गैरकर राजस्वका रूपमा क्यासिनो रोयल्टी उठाउने विषयमा पनि छलफल भइरहेको छ। क्यासिनो
सञ्चालन अनुमति पाँचतारे होटलले पाउने गरेका छन्। तर, तिनले पनि अरू कम्पनीलाई भाडामा क्यासिनो चलाउन दिएका छन्। स्रोतका अनुसार क्यासिनो नवीकरण वार्षिक वा प्रत्यके पाँच वर्षमा गर्नुपर्ने गरी निर्देशिका तयार भइरहेको छ। क्यासिनोमा सुरक्षा व्यवस्था राम्रो हुनुपर्ने, प्रत्येक मेसिनलाई क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) ले कैद गर्नुपर्ने, क्यासिनो प्रवेशद्वारमा स्क्यानर रजिस्टरसहति सिसिटिभी राख्नुपर्ने लगायत नियम बनिरहेका छन्।
'सिसिटिभीमा कैद भएका भिडियो कम्तीमा ६ महिनादेखि एक वर्षसम्म सुरक्षित राख्नुपर्नेछ,' स्रोतले भन्यो, 'त्यस्ता सुरक्षित भिडियो पर्यटन, अर्थ, गृह, उद्योग मन्त्रालय वा जुनसुकै साझेदार निकायले चाहेका बेला हेर्न पाउने छन्।'
त्यसै गरी क्यासिनोमा रहेका जुवा खेलाइने मेसिन अन्तर्राष्ट्रिय मापदण्ड पुरा भएका हुनुपर्ने छन्। त्यस्ता मेसिनलाई पर्यटन मन्त्रालयबाट स्वीकृत गराएरमात्र क्यासिनोमा राख्न पाइने स्रोतले बतायो। प्रत्येक मेसिनमा नवीकण खुल्ने स्टीकर टाँस्ने व्यवस्था गरिनेछ।
'क्यासिनोमा खेल्न २१ वा २५ वर्ष उमेरमध्ये कुनै एउटालाई मान्यता दिइनेछ,' स्रोतले भन्यो, 'तर, अन्तर्राष्ट्रिय उमेर मापदण्ड भने १६ वर्ष हो।' पर्यटनका अधिकारीहरू भने क्यासिनोमा कुनै पनि नेपालीलाई प्रवेश गर्न दिन नहुने अडानमा छन्।
स्रोतका अनुसार क्यासिनोले अब तीन दिन र इलेक्ट्रोनिक गेमिङ (मिनी क्यासिनो) ले एक दिनको स्थानीय पर्यटन प्याकेज दिनैपर्ने छ। अब पर्यटक ल्याएर क्यासिनोमा खेलाउनेमात्र होइन, उनीहरूलाई ट्रेकिङ, र्‍याफ्टिङ वा दृष्यावलोकनमा पनि लैजानुपर्ने छ।
हाल क्यासिनोमा खेल्न आएका विदेशी पर्यटक विमानस्थलबाट सिधै क्यासिनो पुग्ने र केही दिन खेलेपछि आफ्नै देश फर्कने गरेका छन्। विगतमा क्यासिनोहरूले टुर प्याकेज बेच्ने गरे पनि गैरकानुनी रूपमा क्यासिनो जाने नेपालीको संख्या ह्वात्तै बढेपछि लामो समयदेखि क्यासिनोले त्यस्ता प्याकेज दिन बन्द गरेका छन्।
स्रोतका अनुसार निर्देशिकाले होटललाई क्यासिनो मातहत राख्ने वा क्यासिनोलाई होटल मातहत राख्नेमध्ये एक नियम समेट्ने छ। हाल क्यासिनो होटलअन्तर्गत छन्।
त्यसैगरी क्यासिनो सञ्चालन गर्नेले पौडी पोखरी, स्पा, थिम पार्क, पाँचतारे होटललगायत सबै मापदण्ड पुरा गर्नुपर्ने छ। हाल भइरहेका सुविधा भने यथावत राख्नुपर्छ।
क्यासिनोमा ५० करोड रुपैयाँसम्मको विदेशी लगानी खुला गर्ने तयारी पनि सरकारको छ। अब क्यासिनो सञ्चालन अनुमति दिँदा बैंक ग्यारेन्टी देखाउनुपर्ने छ। '६–६ महिनमा कर तिर्नुपर्ने छ,' स्रोतले भन्यो, 'कर नतिरे बैंक ग्यारेन्टीबाट असुल गरिनेछ।'
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा पनि क्यासिनोहरू नवीकरण गर्नुपर्ने उल्लेख छ। तर, हालसम्म क्यासिनोसम्बन्धी कुनै ऐन नियम भने बनेको छैन।
पर्यटनले निर्देशिकाको मस्यौदा बारेमा सम्बद्ध निकायसँग दोस्रो चरणको छलफल गर्ने भएको छ। निर्देशिकाले क्यासिनोलाई परम्परागत र विद्युतीय मेसिनबाट प्रत्यक्ष खेलाइनेका रूपमा परिभाषित गरेको छ भने इलेक्ट्रोनिक गेमिङलाई विद्युतीय मेसिनबाट अप्रत्यक्ष खेलाइने भनेको छ।
अरु यता >>

Thursday, February 17, 2011

कम्बोडियामा नेपालीलाई आतंकवादी आरोपमा जेल

न्होमपेन्ह , फाल्गुन ५ - कम्बोडियाको न्होमपेन्हस्थित अदालतले दुई बंगलादेशीसँगै एक नेपालीलाई आतंकवादी आरोपमा दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय सुनाएको छ ।
४४ वर्षीय डीपी पौडेलले यस्तो सजाय पाएका हुन् । बंगलादेशी नागरिकहरू ४२ वर्षीय रफिकुल एस्लामी तथा ६२ वर्षीय मिया मुहम्मद हुमायु कविरले पनि उक्त सजाय पाएका छन् । अमेरिकी, अस्ट्रेलियाली र बेलायती दूतावासमा आक्रमण गर्न धम्की दिने पत्रमा हस्ताक्षर गरेको आरोपमा गत वर्ष अप्रिलमा तीनैजना पक्राउ परेका थिए । उनीहरू अल कायदाका सदस्य भएको आरोप लगाइएको थियो । उनीहरूले आरोप अस्वीकार गरे प्रमाण निर्दोष भएको प्रमाण पुर्‍याउन सकेका थिएनन् ।
न्यायाधीश सिन विसालले भने उनीहरूले पठाएको पत्रले 'राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षामा खतरा' र आतंकवादविरुद्ध षड्यन्त्र पुष्टि भएको बताए । अभियोग अस्वीकार गरेका छन् । उक्त सजायको पुष्टि गरेका छन् । पौडेल कम्बोडियामा अनधिकृत रूपमा बसेकाले कैदपछि सुपुर्दगी गरिनेछ । फैसलाविरुद्ध कविरले पुनरावेदन गर्ने समाचार संस्था सिन्ह्वाले बताएको छ ।
बंगलादेशी अधिकारीले पनि यो अभियोगको विरोध जनाएका छन् । बैंककस्थित बंगलादेशी दूतावासका अधिकारी साहेदुल हेकले फैसलाप्रति चासो देखाउँदै असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले ३० दिनभित्रमा पुनरावेदन गनुपर्नेछ ।
अरु यता >>

एकै बोटमा ३४ सय केराको कोसा

पर्वत/ ग्रामीण क्षेत्रका एक किसानले बारीमा लगाएको एउटा केराको बोटमा ३४ सय केराको कोसा लागेको छ । पर्वतस्थित मुडीकुवा गाविसका मिठु तिवारीले लगाएको केराको एकै बोटमा ३४ सय केराको कोसा फलेको हो ।
गत वर्ष बाग्लुङ रामरेखाका कृषक महेन्द्र आचार्यले लगाएको केराबोटमा ३३ सय कोसा केरा फले पनि ३४ सय कोसा केरा फलेको धौलागिरिमै पहिलोपटक भएको कृषि विकास कार्यालय पर्वतले जानकारी दिएको छ ।
तिवारीले २ वर्षअघि झापाबाट ल्याई रोपेको केराको एकै बोटमा धेरै कोसा फलेको हो । ५ मिटर लामो केराको घरी बोटभन्दा लामो भएपछि तिवारीले टेका लगाएर सुरक्षित पारेका छन् ।
अहिले केराको घरी फेदबाट पाक्न सुरु गरेको छ । ६ महिनासम्म लगाएर बोटले फल पूरा गरेको तिवारीले बताए । उनले फलाएको केरा बोट हेर्न यतिखेर छिमेकी गाविसबाट आउने किसानको भीड बढ्न थालेको छ । जिल्ला कृषि विकास कार्यालयले एकै बोटबाट ३४ सय केरा कोसा लागेपछि अनुसन्धान गर्न प्राविधिक खटाउने तयारी भइरहेको जनाएको छ ।
अरु यता >>

झरीमा पनि 'यौनजन्य गतिविधि गर्ने' आठ जोडी पक्राउ

काठमाडौं , फाल्गुन ५ - पशुपतिमा बुधबारको झरी र जाडोको समेत पर्वाह नगरी प्रेमालापमा व्यस्त आठ जोडीलाई प्रहरीले पक्राउ गरी छाडेको छ ।
पशुपतिको विश्वस्वरूप, राममन्दिर र १५ शिवालय क्षेत्रमा फेला परेका ५ जोडीलाई जनही २ सय रुपैयाँ जरिवाना र तीन जनालाई माफी मगाएर छाडिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रेमको नाउँमा यौनजन्य गतिविधि गर्नेलाई नियन्त्रण गर्ने अभियानअन्तर्गत कोषले सोमबार ५३ जोडी र मंगलबार १८ जोडीलाई कारबाही गरेको थियो । कोषले यसलाई दैनिक अनुगमनका रूपमा अगाडि बढाएको छ ।
अरु यता >>

Wednesday, February 16, 2011

अभागी नेपालीले कतारमा २ करोड रुपैयाँ र प्राडो जिते

दोहा, फाल्गुन ४ - खाडी मरुभूमिमा श्रम गर्न आएका नेपालीलाई धेरैले 'अभागी' ठान्छन् । तर, त्यसलाई असत्य सावित गरिदिएका छन् जयमंगल यादव र नरबहादुर बस्नेतले ।
कतारको दोहास्थित सफारी मलको 'विन वान मिलियन अफर' को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार भैरहवा रूपन्देहीका जयमंगल यादवलाई परेको छ । दोस्रो पुरस्कार पाउने भाग्यमानी पनि नेपाली नै भएका छन् । ल्यान्ड क्रुजर प्राडो गाडी बाग्लुङ बुर्तिवाङका नरबहादुर बस्नेतले जितेका हुन् ।
एक कम्पनीमा ड्राइभर रहेका यादव ३ वर्षदेखि कतारमा कार्यरत छन् । घरमा श्रीमती, २ छोरा, १ छोरी र आमाबाबु रहेका उनले पुरस्कार रकम के गर्ने भन्ने घर गएपछि मात्रै योजना बनाउने बताए । अत्यन्त खुसीका कारण 'अनौठो लागिरहेको' बताउने यादव टेलिफोनमा राम्रोसँग बोल्न सकिरहेका छैनन् । मध्यम परिवारका उनी छिट्टै घर फर्कने योजनामा छन् ।
३० लाख रुपैयाँ बराबरको प्राडो उपहार पाएका बस्नेत पनि ३ वर्षदेखि नै कतारमा काम गर्दै आएका छन् । भर्खरै बिदा मनाएर आएका उनको घरमा श्रीमती, आमा र बुबा छन् । सन्तान जन्मने अवस्थामा रहेको जानकारी दिँदै उनले भने, 'मेरो हुनेवाला सन्तान भाग्यमानी रहेछ ।' गाडी के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, 'कतारमा गाडी चढेर हिँड्ने हैसियत छैन । हातमा पुरस्कार परेपछि योजना बनाउनुपर्ला ।'
सफारी मलले ५० रियालको सामान किन्दा एउटा लक्की ड्र कुपन दिने गरेको थियो । त्यो मंगलबार खोल्दा पहिलो र दोस्रो पुरस्कार नेपालीलाई परेको हो । तेस्रो पुरस्कार टोयोटा क्यामरी, चौथो ५ सय रियालको गिफ्ट भौचर र पाँचौं
अरु यता >>

ब्रायन एडम्स कर्न्र्सट अन्योलमा

राजधानीको रंगशालामा शनिबार हुने भनिएको विश्वविख्यात रक गायक ब्रायन एडम्सको कर्न्र्सट विवादमा परेको छ । कर्न्र्सटका लागि चार दिन मात्र बाँकी रहँदा कार्यक्रम हुने/नहुने निश्चित छैन । रंगशाला मैदानको विवाद र एनआईएस प्रशिक्षार्थी प्रशिक्षक आन्दोलनका कारण एडम्सको कर्न्र्सट सञ्चालन नहुने सम्भावना प्रबल बन्दै गएको छ ।
छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा मंगलबारका लागि आयोजना गरिएको कर्न्र्सट अकस्मात् स्थगित भएपछि त्यसको प्रभाव काठमाडौंमा पनि पर्ने सम्भावना छ । सुरक्षाको कारण देखाउँदै नयाँ दिल्लीको कर्न्र्सट स्थगित भएको हो । यद्यपि, नेपाल प्रहरीले भने एडम्सको कर्न्र्सटमा बलियो सुरक्षा व्यवस्था मिलाइसकेको दाबी गरेको छ ।
आयोजक ओडीसी नेर्टवर्क र जेपीआर इभेन्ट्सले कर्न्र्सट गर्न शनिबार एक दिनका लागि मात्र रंगशाला भाडामा लिएको छ । आयोजकले रंगशाला मैदान खेलकुद परिषद्सँग भाडामा लिनर्ुपर्ने भए पनि परिषद् कर्मचारी संघसँग लिएको खुलासा भएको छ । यसका लागि आयोजकले कर्मचारी संघलाई पाँच लाख रुपैयाँ दिएको पनि खुलासा भएको छ । र् कर्मचारी संघले आङ्खनै सक्रियतामा कार्यक्रम गरी स्रोत जुटाउने प्रस्तावका आधारमा परिषद् सदस्य-सचिव हरिबाबु चौधरीले संघलाई एक दिनका लागि स्वीकृति दिएका थिए ।
चौधरीको सो स्वीकृति नै अहिले प्रमुख विवाद बनेको छ । यसप्रति परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले असहमति जनाइसकेका छन् । सदस्य-सचिवलाई बढीमा २५ हजार रुपैयाँ अनुदान दिनेभन्दा अन्य अधिकार नरहेको भन्दै तिम्सिनाले आपत्ति जनाएका हुन् ।
उनले एक दिनको भाडा तिरेर तीन दिन रंगशाला प्रयोग गर्ने आयोजकको योजना सफल नहुने पनि बताए । परिषद् उपाध्यक्ष र कर्मचारी संघबीच रकम लेनदेनका विषयमा समेत विवाद भएको थियो । कर्मचारी संघले मैदान मिलाउने नाममा उपाध्यक्ष तिम्सिनाले आयोजकसँग १० लाख रुपैयाँ मागेको आरोप सोमबार लगाएको थियो । यद्यपि, आयोजक संस्थाले नै यो दाबीलाई अस्वीकार गरेको छ । कर्न्र्सट आयोजक ओडीसी नेर्टवर्कका कार्यकारी प्रमुख सीमान्त गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा कर्मचारी संघको दाबीलाई अस्वीकार गरे । उनले भने, 'कर्न्र्सटका लागि तिम्सिनाले हामीसँग एक रुपैयाँ पनि रकम मागेका छैनन् ।'
रंगशाला मैदानका लागि कर्मचारी संघ र आयोजकबीच भएको सम्झौता-पत्रबारे परिषद् अधिकारी नै अनभिज्ञ छन् । आयोजकले राखेप सामान्य प्रशासन प्रमुख मदनजंग राणाले हस्ताक्षर गरेको स्वीकृति पत्र आफूहरूसँग रहेको दाबी गर्दै आएको छ । तर, परिषद् सदस्य समिम मियाँ अन्सारी भने कुनै पनि कागजातबारे आफूहरू अनभिज्ञ रहेको बताउँछन् । उनले सोमबार र्सार्वजनिक भएको विवादित टेपवार्ता मैदान सम्झौतासम्बन्धी कागजात हात पार्न मात्र भएको दाबी गरेका छन् । टेपवार्तामा अन्सारीले कर्मचारी संघसँग रकम मागेको सुनिन्छ ।
हाल एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि रंगशाला मैदान पुनर्निर्माण भइरहेको छ । कर्न्र्सटले मैदानको अवस्था खराब हुने भन्दै त्यहाँ कार्यक्रम नगर्न दबाब पनि परेको छ । परिषद् उपाध्यक्ष तिम्सिनाले हाल आन्दोलनमा रहेका एनआईएस प्रशिक्षार्थीहरूका माग सम्बोधन नभए कर्न्र्सट सम्भव नहुनेसमेत बताए । गत महिना कोर्स पूरा गरेका सात सय २१ जनालाई रोजगारी दिइनर्ुपर्ने मागसहित एनआईएस प्रशिक्षार्थीहरूले १२ दिनदेखि परिषद् हातामा तालाबन्दी गरिरहेका छन् ।
उता, आन्दोलनरत एनआईएस प्रशिक्षार्थी तथा करार कमर्चारी संर्घष्ा समितिले कर्न्र्सटको तयारी भएको ठाउँमा मंगलबार आगजनी गरेका छन् । आन्दोलनलाई बेवास्ता गरेको भन्दै आगजनी गरेको संर्घष्ा समितिले जनाएको छ । 'आन्दोलन गरिरहेको थाहा पाउँदापाउँदै हामीलाई बेवास्ता गर्ने काम भयो, त्यसैले आगजनी गरेका हौं,' संर्घष्ा समितिका संयोजक रामकुमार थारूले भने ।
अरु यता >>

Tuesday, February 15, 2011

भ्यालेन्टाइन डे'का दिन ५३ भ्यालेन्टाइन जोडीलाई कारबाही !!!!

काठमाडौ, फाल्गुन ३ - तपाईंको भ्यालेन्टाइन डे कस्तो रह्यो ? केही जोडीको भ्यालेन्टाइन डे भने सोमबार दुःखद रह्यो । पशुपति क्षेत्रका जंगल, देवालय र खोंचहरूमा प्रणयमा रमाइरहेका ५३ जोडीलाई सोमबार पशुपति क्षेत्र विकास कोषले 'अमर्यादित' स्थितिमा भेटिएको भन्दै कारबाही गरेको छ ।
बिहानदेखि साँझसम्म ४० जोडीलाई रसिद काटेर जनही २ सय रुपैयाँ जरिवानासमेत गरियो । सामान्य परिवारको, रकम नभएको र श्रीमान्/श्रीमती दाबी गर्ने १३ जोडीलाई भने पहिलो पटक भन्दै माफी दिएको कोषले जनाएको छ ।
आलिङ्गन बाँधेर बसेको, चुम्बन गरिरहेको र यौनजन्य गतिविधिमा संलग्न भएको भन्दै नियन्त्रणमा लिइएको थियो । प्रमाणका रूपमा तस्बिर खिच्न खोज्दा माफी माग्दै थुप्रै जोडी रोएका थिए । जरिवानापछि यस्तो गतिविधि नदोहोर्‍याउन चेतावनी दिँदै प्रमाणका लागि केही जोडीको कोषले तस्बिरसमेत खिचेको छ । 'असहज परिस्थितिमा भेटिए पनि पति-पत्नी भएको दाबी गर्ने केही युवा र अधबैंसे जोडीलाई अर्को पटक प्रमाणसहित आउन भनेका छौं,' कोषका सदस्य सचिव सुशील नाहाटाले कान्तिपुरसँग भने ।
केही जोडीले तस्बिर खिच्न जंगल र देवालयहरूभित्र छिरेको दाबी गरे पनि उनीहरूसँग न क्यामेरा भेटियो न त खिचिदिने कोही थिए । 'पहिलो पटक भएकाले जरिवाना गराएर र चेतावनी दिएर छाड्यौं,' उनले भने ।
कोषले पशुपति घुम्न आउने जोडीलाई एकाबिहानदेखि पटक-पटक माइकिङ गरेर अमर्यादित व्यवहार गरेर नबस्न आग्रह गरेको थियो । पाँच प्रहरी र कोषका प्रतिनिधि सम्मिलित छ/छ जनाको दुई टोली निगरानीमा खटाइएको थियो । साँझ परेपछि भने दस प्रहरी र कोषका प्रतिनिधिसहितको टोली परिचालन गरिएको थियो । 'सामान्य ढंगले गफ गरेर बसेकालाई केही गरिएको छैन, धार्मिक क्षेत्रमा अमर्यादित गतिविधि गर्नेलाई मात्र कारबाही गरिएको हो,' नाहाटाले भने ।
पशुपति क्षेत्रमा अश्लील गतिविधिमा संलग्न जोडी देखिएसम्म कारबाही नरोकिने उनले बताए । कोषले दुई सातासम्म चल्ने यो कारबाहीलाई 'चेतावनी र सुझाव' अभियान भनेको छ । यसपछि पनि नियन्त्रण नभएमा जरिवाना रकम बढाइनुका साथै स्थानीय प्रहरीको सहयोगमा जोडीहरूलाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही गरिनेछ ।
पशुपति क्षेत्रको विश्वरूप, राममन्दिर, पन्ध्र शिवालय र श्लेषमान्तक वनलगायत क्षेत्रमा विकृतिजन्य गतिविधिमा संलग्न यस्ता जोडीबारे दर्शनार्थीको निरन्तर गुनासोपछि कारबाही सुरु गरेको कोषले जनाएको छ ।
अरु यता >>

समोसाभित्र आलु होइन ब्राउनसुगर !!!

भैरहवा/ जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहेका थुनुवालाई भेट्न गएका व्यक्ति एक ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनले साथीलाई लगिदिएको आलु समोसाभित्र सो ब्राउनसुगर फेला परेको थियो ।
सिद्धार्थनगर नगरपालिका-१३ निवासी २३ वषर्ीय वासुदेव गुरुङ आइतबार थुनुवालाई भेट्न जाँदा पक्राउ परेका हुन् । उनले प्रहरीले थाहा नपाउने गरी आलुको समोसाभित्र ब्राउनसुगर राखेर जिल्ला प्रहरी कार्यालयको हिरासत पुगेका थिए । साथीलाई लगेको समोसा प्रहरीले गुरुङलाई चाख्न भनेपछि उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले गत असोज २७ गते लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका गुरुङ गत माघ २५ गते दुई हजार धरौटीमा रिहा भएको जानकारी दिए । रिहा भएको एक साता बित्न नपाउँदै गुरुङले हिरासतमा रहेका साथीलाई भेट गर्ने बहानामा ब्राउन सुगर ल्याएर दिन खोजेको उनले बताए ।
पक्राउ परेका गुरुङले ८८ दिन हिरासतमा बस्दा लागुऔषध सेवन गर्ने साथीसँग परिचय भएको र उनीहरूले भनेबमोजिम एक ग्राम ब्राउन सुगर ल्याइदिएको बताएका छन् । सो ब्राउन सुगर सीमावर्ती भारतको सुनौली बजारमा तीन सय रुपैयाँमा खरिद गरेको समेत उनले बताए ।
अरु यता >>
^ Scroll to Top