Sunday, January 30, 2011

शिलाको जवानीले लियो ज्यान

आइटम डान्स शिलाकी जवानी... ले धेरैको मन लोभ्याएकै हो तर यसले कसैको ज्यानै समेत लिएको छ। शिलाकी जवानी...लाई लिएर बान्द्रामा दुई समूहबीच भएको भिडन्तमा एकको मृत्यु नै भयो।
घटनामा कैटरिनाको दोष भने छैन। सडकमा हिडिरहेकी महिलालाई केही युवाहरुले यही गीत गाएर जिस्क्याए। रक्सीले मातिएका युवाहरुको व्यवहारले आजित भएकी महिलाले आफन्तलाई उनीमाथि भएको दुर्व्यवहारबारे बताइन्। त्यसपछि युवाहरु र महिलाका आफन्तबीच भएको झडपमा एक आफन्तको मृत्यु भयो। जम्बर मनसुरी नाममा व्यक्त्तिको हत्या भएपछि यो गीत गाउँदै झगडा गर्ने सजिल खुरेसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते भएका मनसुरी बान्द्राको बाबा अस्पतालमा निधन भएको थियो। - टाइम्स अफ इन्डिया
अरु यता >>

भूत भगाउन अगुल्टो फाल्दा घर जल्यो

जाजरकोट, माघ १६ - जिल्लाको ढीमे गाविस वडा नं १ दम्दालामा  आगलागि हुँदा १२ लाख क्षती  भएको छ । स्थानीय खड्गबहादुर थापा र नीमबहादुर थापाको घरमा आगो लाग्दा  उक्त क्षती भएको हो ।
आगलागिबाट दुईवटा घर जलेर नष्ट भएका छन् । घरभित्र भएको अनाज , कपडा , भाडावर्तन , नगद समेत गरी १२ लाख बराबरको धनमाल नोक्सान भएको प्रहरी चौकी पाँचकाटीयाले जनाएको छ ।

शनिबार राति छिमेकमा धामीले भूतलाई भगाउन आगोको अगुल्टा अन्धा धुन्द फाल्दा आगलागि भएको प्रत्यक्षदर्शी डिल्ली बहादुर थापाले बताए ।
अरु यता >>

बीर अस्पताल भ्रष्टाचारको अखडाः

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत कर्मचारीहरुले नै त्यहाँ चरम आर्थिक तथा प्रशासनिक हिनामिनाका भएको बताएका छन् ।
केही कर्मचारीले बीरमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त चौधरीलाई ज्ञापनपत्र समेत पेश गरिएको छ ।
ज्ञापनपत्रमा अस्पतालमा भएको आर्थिक र प्रशासनिक अनियमितताका बारेमा विगत लामो समयदेखि विभिन्न सञ्चार माध्यम, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा समेतले बारम्बार चर्चा गरेपनि दोषिलाई कारवाही नभएकोमा आश्चर्य व्यक्त गरिएको छ ।
छानविनका लागि पहल गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मुख्यसचिव, संसदको सार्वजनिक लेखा समिति र राज्य व्यवस्था समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सर्वोच्च अदालत, राष्ट्रिय मानव अधिकार आयोग, सामान्य प्रशासन मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, सभामुख तथा विभिन्न राजनीतिक दलहरुलाईसमेत ज्ञापनपत्र बोधार्थ दिइएको छ ।
उनीहरुले राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा औँल्याइएका वीर अस्पताल र नेपाल मेडिकल काउन्सिलको नियमअनुसार ७० जना मात्र एमबीबीएस इर्न्र्टन राख्न पाइनेमा ८६ जना राखिएको, रु ८ लाख बराबरको अक्सिजन पाइपको विना कोटेशन निर्देशकले आफू नजिककालाई ठेक्का दिई ठूलो आर्थिक हिनामिना गरेको विषयमा छानविन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष ०६७/०६८ को टेण्डरमा टिपेक्स लगाई ठूलो मात्रामा आर्थिक हिनामिना गरी आफू निकटलाई टेण्डर पारेको, मेडिकल स्टोरमा आर्थिक हिनामिना गरी गुणस्तरहीन र परिणामहीन सामान ल्याएको, निर्देशकले प्रतिष्ठानमा नियम विपरित इन्सेन्टिभ भोलेन्टिएर र ज्यालादार कर्मचारीहरु नियुक्ति गरेको, प्रतिष्ठान कर्मचारी नियमावलीको दफा ३८, ३९ र ४० मा नियुक्ति गर्ने अधिकार उपकुलपतिलाई मात्र भएको भएपनि निर्देशकले नियम विपरित आफूखुसी सर्जीकल, ओपिडी, डेन्टल, कार्डियो, प्रशासन, इमर्जेन्सी, मर्मत शाखा, क्यास काउन्टरलगायतमा नियुक्ति गरेको विषयमा छानविन हुनुपर्ने माग गरेका छन् ।
डेन्टल विभागमा अहेव दुर्गा थापालाई ज्यालादारीमा नियक्ति गरी नियम विपरित काममा लगाएको, गत माघ ३ गते चलानी नं. १७९० मा कृती चन्द र १७९१ मा सगुन केसीलाई मासिक रु सात हजार पाउने गरी इन्जुरी सर्भिसेन्स पदमा नियुक्ति दिएको, कर्मचारी नियमको ४१ पद नभई नियुक्ति गर्न नपाउनेमा व्यवस्था भएपनि इन्जुरी सर्भिसेन्समा नियुक्ति गरिएकोमा दुःख व्यक्त गर्दै सो विषयमा छानविन हुनुपर्ने माग राखेका छन् ।
मेडिकल रेकर्ड शाखा छँदाछँदै इन्फरमेशन टेक्नोलोजी शाखा खोली कम्प्युटर जान्दै नजानेकालाई काममा लगाएको, पदाधिकारी काम कर्तव्य अधिकार नियमावलीमा निर्देशकको काम अस्पताल व्यवस्थापन मार्फत हुनुपर्नेमा निर्देशकले आफू खुसी काम गरी कमिशनको चक्करमा लागेको, कार्यकारी परिषदले विगतमा दोषी देखाएकालाई स्टोरको जिम्मा दिएको, वीर अस्पतालमा भ्रष्टाचार र विरामीले सुविधा पाएन भनी कर्मचारीहरु गुनासो गर्न जाँदा निर्देशकले उल्टै कर्मचारीलाई मार्ने र कारबाही गर्ने धम्की दिने गरेकोले तत्काल सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन् ।
अरु यता >>

जिउँदैलाई सहिद घोषणा

मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने क्रममा भारतमा उपचार गराउन गएका एक व्यक्तिलाई पनि सहिदको सूचीमा राखिएको रहस्य खुलेको छ । गृह मन्त्रालयले सूची सच्चाए पनि मधेसवादी केही दलले भने जिउँदै रहेका जनकपुरका पवनकुमार साहलाई सहिदकै सूचीमा राखेका छन् ।
मधेसवादी दलहरूको सिफारिसमा मधेस आन्दोलका क्रममा मारिएका ५२ जनालाई गृह मन्त्रालयले ०६७ असारमा सहिद घोषणा गरेको थियो  । त्यसमा जनकपुरका पवनकुमारको नामसमेत थियो । सहिद परिवारले पाउने दस लाख रुपैया पवनको परिवारलाई उपलब्ध गराउन शान्ति तथा पुनस्थापर्ना मन्त्रालयले निर्णयसमेत गरेको थियो । तर, दस लाख रुपैयाँ लिन साह परिवार काठमाडौं आएको थियो  । क्षतिपूर्ति लिन पवनसमेत सँगै आएका थिए । पवन जिउँदै भएको थाहा भएपछि भने उनको नाम हटाएर गृह मन्त्रालयले सूची सच्याएको हो । त्यसअघि मधेस आन्दोलनका २६औँ सहिद भनेर गृहको सूचीमा पवनको नाम उल्लेख थियो ।
हाल जनकपुरमा पसल गर्दै आएका पवन मारिएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीले सहिद घोषणा गर्न शान्ति तथा पुनस्र्थापना मन्त्रालयलाई सिफारिस गरेको थियो  । तमलोपाले पवन २१ माघ ०६३ मा जनकपुरमा मारिएको भन्दै सहिद घोषणा गर्न सिफारिस गरेको थियो । तर, उनी भने त्यतिवेला उपचारका लागि भारत गएको स्रोतले बतायो । उपचार गराइ र्फकन ढिलो भएकाले आन्दोलनमा मारिएको भन्दै उनको नाम सहिदका लागि सिफारिस गरिएको हो । तमलोपा सिफारिसका आधारमा मधेस आन्दोलनका क्रममा निधन, घाइते र अपांग भएकाको अनुगमन गर्न बनेको अनुगमन समितिले पवनलाई सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो  । 'तमलोपाले सिफारिस गरेपछि पवन साहलाई सहिद भनी निर्णय गर्न हामीले गृह मन्त्रालयमा सिफारिस गर्‍यौँ । गृहले पनि उनलाई सहिद घोषणा गर्‍यो तर पछि उनी ज्युँदै रहेको थाहा भयो । उनको नाम हटाउन फेरि हामीले सिफारिस गर्‍यौँ,' अनुगमन समितिका सदस्य तथा सद्भावना पार्टी नेता मनीष सुमनले भने, 'साह ज्युदै छन् भनी थाहा पाएपछि क्षतिपूर्ति रकम रोकिएको हो ।'
गृह मन्त्रालयले साहको नाम हटाए पनि सद्भावनासहितका मधेसवादी दलले भने उनको नाम सहिदकै सूचीमा राखेका छन्  । अधिकांश मधेसवादी दलले सहिदको सूची भएको पोस्टरबाट पवनको नाम अझै हटाएका छैनन् । बरु माला लगाएर राखेका छन् । सद्भावना पार्टीको मुखपत्रमा 'मधेस आन्दोलनके वीर सहिदप्रति श्रद्धा सुमन' भनेर पवनप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ । बानेश्वरमा रहेको सद्भावनाकै कार्यालयको भित्तामा टाँगिएका सहिदका पोस्टरमा समेत उनको नाम अझै छ ।
तमलोपा उपाध्यक्ष बिर्खेचन्द्र लालले भने ज्युँदै रहेको जानकारी भएपछि सहिदको सूचीबाट पवनको नाम हटाएको बताए  । 'सुरुमा उनी मरिएको भनी रिपोर्ट आएको थियो । त्यसैअनुसार सहिद घोषणा भयो, तर पछि ज्युँदै भएको थाहा भयो,' उनले भने । तत्कालीन मधेसी जनअधिकार फोरमको अगुवाइमा दुईपटक मधेस आन्दोलन भएको थियो  । आन्दोलनमा मारिएका भन्दै फोरमले ४७ जनाको नाम सहिद घोषणा गर्न सिफारिस गरेको थियो । तमलोपा र सद्भावनाले अरू ६ जनाको नाम थप गरेका थिए । उनीहरूको सिफारिसमा गुहमन्त्रालयले ५२ जनालाई सहिद घोषणा गरेको हो ।
मधेस आन्दोलनअघि ११ पुस ०६३ मा नेपालगन्जमा मधेसवादी दलले गरेको आन्दोलनमा मारिएका कमल गिरीलाई पनि गृह मन्त्रालयले सहिद घोषणा गरेको थियो  । सद्भावनाले गिरीको नाम सिफारिस गरेको हो । 'सद्भावना र तमलोपाको सिफारिमा ५२ जनालाई सहिद घोषण गरेको हो,' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा अनुगमन समितिका सदस्य उपेन्द्र झाले भने  । तमलोपा नेता जितेन्द्र सोनालले भने मधेस आन्दोलनमा ५४ जना मारिएको र तीन जनालाई सहिद घोषणा गर्न अझै बाँकी रहेको दाबी गरे ।
अरु यता >>

क्यासिनोबाट नेपाली पक्राउ

प्रहरीले र्‍याडिसन होटलस्थित क्यासिनो र्‍याडमा शनिबार दिउँसो छापा मारेर जुवा खेलिरहेका पाँच नेपालीलाई नियन्त्रणमा लिएको छ । कानुनविपरीत नेपाली प्रवेश गराएको फेला परेपछि प्रहरीले सार्वजनिक लेखा समितिको निर्देशनअनुसार उक्त क्यासिनोको इजाजत खारेजीको प्रक्रिया सुरु गर्ने भएको छ ।
काठमाडौं- काठमाडौं प्रहरी प्रमुखबाट एसपी रमेश खरेल बाहिरिएपछि क्यासिनोमा नेपाली प्रवेशमा आँखा चिम्लिएको आरोप लागेको प्रहरीले पहिलो पटक शनिबार कारबाहीमा सक्रियता देखाएको छ ।
छापा मार्दा पक्राउ परेका कुमार शाक्य, प्रकाश लामा, चन्द्रमान तामाङ, नवीन लामा र बाबुराम गौतमलाई जुवा ऐनअन्तर्गत कारबाही चलाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसपी पुष्कर कार्कीले सार्वजनिक लेखा समितिको निर्देशनानुसार नेपाली प्रवेश गराउने क्यासिनो (र्‍याड) को इजाजत पत्र रद्द गर्ने प्रक्रिया थालिएको बताए । समितिले पुस १३ गते नेपाली प्रवेश गराउने क्यासिनोको इजाजत रद्द गर्न निर्देशन दिएको थियो ।
क्यासिनो र्‍याडमा शनिबार सादा पोसाकमा परिचालित टोलीले सबै ढोकामा प्रहरी तैनाथ गरेका कारण 'अलार्म' बजाए पनि कोही भाग्न नसकेको दाबी गरेको छ । 'क्यासिनो र्‍याडबाट भाग्न सकिने चारवटा ढोका पहिचान गरी प्रहरी तैनाथ गरिएको थियो,' टोलीका एक प्रहरीले भने । नेपाली प्रवेश गराउन नपाइने गरी इजाजत लिएका जुवाघर क्यासिनोहरूमा केही दिनयता ९० प्रतिशतभन्दा बढी नेपाली ग्राहक छन् । एसपी खरेल बाहिरिएलगत्तै नेपालीको प्रवेश ह्वात्तै बढेको हो । प्रहरीले छापा मार्दा नेपाली ग्राहकलाई उम्काउन 'अलार्म'
को व्यवस्था गरिएका छन् । पछाडिपट्टिबाट भाग्न गोप्य ढोकाहरू बनाइएका छन् । एसपी कार्कीले सांगि्रला, एभरेस्ट र अन्ना क्यासिनोमा पनि शुक्रबार छापा मारिएको जानकारी दिँदै तर नेपाली फेला नपरेको बताए । क्यासिनोका नियमित नेपाली ग्राहकहरू भने पछिल्ला दिनमा प्रवेशमा 'खुकुलो' भएको र नेपाली ग्राहकले नै क्यासिनो भरिने गरेको बताउँछन् ।
छापा मार्ने सूचना पाउनासाथ नेपालीलाई क्यासिनो सञ्चालकले गोप्य ढोकामार्फत भगाउँछन् । राजधानीका सबै आठ क्यासिनोमा दुईदेखि ६ वटासम्म यस्ता गोप्य ढोकाहरू छन् ।
क्यासिनोमा पक्राउ नै गर्ने र देखाउने गरी दुई तरिकाले छापा मारिने एक प्रहरी अधिकृतले बताए । 'पक्राउ गर्न गोप्य रूपमा सादा पोसाकका परिचालित गरिन्छ,' उनले भने, 'देखाउनु छ भने प्रहरी पठाइन्छ, भाग्ने मौका दिइन्छ र छापा मार्दा नेपाली नभेटिएको हल्ला मच्चाइन्छ ।'
क्यासिनो नजिकका प्रहरी इकाईले मात्र थाहा पाए भने पनि नेपाली भगाउन सूचित गरिहाल्ने उनले बताए । प्रहरीले नेपालीको प्रवेशमा कडाइ गरेका बेला र्‍याडिसन होटल अगाडिको प्रहरी बिटका प्रमुखचाहिँ क्यासिनोको आतिथ्यमा होटलमै सुत्ने गरेको फेला परेको थियो ।
गैरकानुनी रूपमा नेपाली प्रवेश गराई जुवा खेलाउने क्यासिनोको इजाजत खारेज गर्न लेखाले निर्देशन दिएको एक महिना बिते पनि कार्यान्वयन भएको छैन । 'पैसा खाएर प्रहरीले आँखा चिम्लने गरेको छ,' क्यासिनोका एक ग्राहकले भने, 'नत्र किन पक्राउ परेकामाथि कारबाही र क्यासिनोको इजाजत खारेज हुँदैन ?' नेपाली प्रवेश गराएकामा पक्राउ परेका ह्यातस्थित क्यासिनो ताराका प्रबन्धक मनोज सुवेदीलाई एसपी खरेल काठमाडौं प्रहरी प्रमुखबाट बाहिरिएलगत्तै थुनामुक्त गरिएका थियो ।
नेपाली छिराउने क्यासिनोको इजाजत रद्द गर्न स्पष्ट निर्देशन संसदीय समितिले दिएकाले तत्काल कारबाही गरिनुपर्ने समितिका सदस्य सभासद रवीन्द्र अधिकारीले बताए । 'क्यासिनोहरूले कानुनविपरीत नेपालीलाई स्वागत गरेको कारण हजारौं घर बर्बाद भएको, अपराध फस्टाएको देखिएपछि यस्तो कडा निर्देशन दिइएको हो,' उनले भने । समितिको निर्देशन कार्यान्वयन नभएको देखिए थप कडा कदम चालिने सभासद धनराज गुरुङले बताए ।
पर्यटन मन्त्रालयका प्रवक्ता लक्ष्मण भट्टराईका अनुसार समितिले निर्देशन जारी गरेपछि सबै क्यासिनोलाई नेपाली प्रवेश गराएमा इजाजत रद्द हुने बेहोराको पत्र पठाइएको थियो । समितिले क्यासिनो नियमनका लागि निर्देशिका बनाउन पर्यटनलाई निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार द्रुत गतिमा निर्देशिका बनाउने काम भइरहेको उनले बताए । निर्देशिकाको मस्यौदा एक साताभित्र तयार भएपछि सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाएपछि मन्त्रिपरिषद्बाट जारी हुनेछ ।
समितिले ३५ दिनभित्र बक्यौता असुल गराउन सम्बद्ध निकायलाई निर्देशन दिँदै नतिर्नेको इजाजत रद्द गर्न भनेको थियो । राजस्व अनुसन्धान विभागले बक्यौता तिर्न दिएको ३५ दिनको समय २८ गते सकिँदैछ । 'समयभित्र नतिरे क्यासिनो बन्द गराउने प्रक्रिया सुरु हुन्छ,' विभागका महानिर्देशक महेश दाहालले भने । सोल्टीको क्यासिनो नेपाल (९ करोड), अन्नपूर्णको अन्ना (७ करोड), सांगि्रला (२ करोड) ले बक्यौता तिर्न चासो देखाएका छैनन् । फूलबारी रिसोर्टको क्यासिनो फूलबारीले अलिअलि गरेर तिरे पनि करिब ३ करोड तिर्न बाँकी छ ।
अरु यता >>

राजधानीमा आगो निभाउन दमकललाई समेत पानी छैन

पर्याप्त पानीको स्रोत नहुँदा पुल्चोकस्थित जुद्धवारुण यन्त्रलाई आगो निभाउन पानीको अभाव हुने गरेको छ। आगो निभाउने पानी लिनका लागि अग्नि नियन्त्रण टोलीलाई बौद्ध महाङ्काल या भैंसेपाटीसम्म पुग्नुपर्ने स्थिति छ।
कतै आगो लागेको खबर पाउनेबित्तिकै आगो नियन्त्रण गर्न हिँड्नुपर्ने आगो नियन्त्रण टोलीलाई सबैभन्दा पहिला पानी लिन कता जानेभन्ने चिन्ताले सताउने गरेको टोलीका सदस्य रोहितबहादुर श्रेष्ठ बताउँछन्।
कार्यालयमा हाल चारवटा दमकल रहेपनि तीनवटाले काम लाग्ने अवस्थामा छैनन्। दुई हजार ४ सय लिटरको एउटा दमकलमा पानी भर्नका लागि महाङ्काल वा भैंसेपाटीसम्म पुग्नैपर्छ।
त्यहाँ पुगेर पानी भरेर आउँदा आगोले कति क्षति पुर्‍याइसकेको हुन्छ, आगो निभाउने क्रममै पानी सकियो भने त झनै बिजोक हुन्छ सदस्य श्रेष्ठ भन्छन्- 'बीचमा नै पानी सकिएर फेरि लिन जानुपर्ने स्थिति आयो भने त झनै समस्या आउने गर्छ।'
आगलागी भएको स्थान वरपर पानीको स्रोत नहुँदा समयमै आगो निभाउन निकै कठिन स्थितीको सिर्जना हुन्छ, ड्युटी कमाण्डर बाबुकृष्ण कार्की भन्छन्।
अन्तर्राष्ट्रिय मान्यता अनुसार आगलागी भएको तीनदेखि पाँच मिनेटभित्र आगो नियन्त्रण टोलीले सेवा पुर्‍याइसक्नुपर्छ। तर यहाँ भने आगलागी भएको स्थानमा पुग्ने त कहाँ हो कहाँ पहिले पानीको जोरजाम गर्नतिर लाग्नुपर्ने स्थिति छ।
यस समस्यालाई आफूले पनि झेलेको कार्यालयका पूर्वकर्मचारी केवलकुमार चापागाई भन्छिन्- वारुण यन्त्र कार्यालय भएपछि पानीको स्रोत पनि सँगै भए समयमा नै आगो लागेको स्थानसम्म पुग्न सकिन्छ।
त्यसो त कार्यालय परिसरमा एउटा इनार छ, इनारको पानी पिउनका लागि प्रयोग गरिन्छ। तर इनारको पानीले पनि पिउन नपुग्ने बाध्यता छ यहाँ। इनारको पानीले हामीलाई खानै नपुग्ने भएकाले आगो निभाउन भनेर दमकलमा ल्याइएको पानी खानुपर्ने अवस्था रहेको कार्यालयका कर्मचारीहरू बताउँछन्।
अरु यता >>

Friday, January 28, 2011

कृष्णकुमारी राइले बन्चरो हानेर पतीको हत्या

उदयपुरको रामपपुरठोक्सीला-९ शिखरमाडीमा बिहीबार बिहान एक महिलाले पतीको हत्या गरेकी छन् ।
घरयासी विवादमा स्थानीय कृष्णकुमारी राइले २७ वर्षीय पति मानबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । राई पती पत्नीविच विवाद हुँदा पत्नी कृष्णकुमारीले बन्चरो प्रहार गरि पतीको हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
पतीको हत्या गर्ने कृष्णकुमारीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
अरु यता >>

अब एसएमएसबाटै फेसबुक स्टाटस परिवर्तन

इन्टरनेट नचल्ने ठाउँमा पुग्नुभएको छ। साथीहरुबीच रोचक घटना बाँड्न मन लाग्यो भने पनि अब सम्भव भएको छ। मोबाइल टेलिफोनबाट एउटा एसएमएस पठाएपछि तपाईको फेसबुक स्टाटस अपडेट गर्न सकिन्छ।
जानकी टेक्नोलोजीले मोबाइल एसएमएसबाटै फेसबुकको स्टाटस अपडेट गर्ने सुविधा ल्याएको छ। 'क्यान इन्फोटेकको अवसरमा हामी यो सेवा सार्वजनिक गर्दैछौं,' जानकी टेक्नोलोजीका बिजनेश डेभलपमेन्ट अफिसर विपुल काबराले भने। अहिले परिक्षणको रुपमा यो सेवा सुरु भैसकेको छ।
यो सेवाले गर्दा मोबाइलमा थ्रीजी र जिपीआरएस नचलेपनि फेसबुक प्रयोगकर्ताले आफ्नो स्टाटस फेर्न सक्नेछन्। 'धेरै ठाउँमा जिपिआरएसबाट फेसबुक निकै ढिलो खुल्ने, स्टाटस अपडेट गर्न समस्या परेको महसुस गरेर हामीले यो नयाँ सिस्टम विकास गरेका हौं,' उनले भने।
यो सेवा प्रयोग गरेर फेसबुक स्टाटस अपडेट गर्दा एक पटकको एक रुपैयाँ तिर्नुपर्छ। यो सेवा लिन एफबी डट स्पारोएसएमएस डट कम साइटमा गएर दर्ता गर्नुपर्छ। त्यहाँ रहेको डायलग बक्समा मागिएको विवरण भरेर आफ्नो मोबाइल नम्बर दर्ता गरेपछि एसएमएस मार्फत जहाँसुकेबाट पनि फेसबुक स्टाटस फेर्न सकिन्छ।
फेसबुकसँग सम्झौता गरेर जानकी टेक्नोलोजीले नेपालमा यस्तो सुविधा सुरु गरेको हो। नेपाल टेलिकम र एनसेलको मोबाइल प्रयोगकर्ताहरुले मात्र यो सेवा प्रयोग गर्न सक्छन्। एसएमएसबाट स्टाटस अपडेट गर्न एफबी स्पेस स्टाटसको विवरण अंग्रेजीमा टाइप गरेर ४००१ नम्बरमा एसएमएस पठाउनुपर्नेछ।
प्रति एसएमएस तीन रुपैयाँ लाग्ने काबराले बताए।
अरु यता >>

सुहागरात-टिप्पणी

विभिन्न पेसाका व्यक्तिले आफ्नो सुहागरातको बयान यसरी गरेछन्ः
पत्रकारः उच्च स्रोतका अनुसार सुहागरात भव्य रूपले सम्पन्न भएको छ । तर, यसमा पर्याप्त कमीकमजोरी रहेको असन्तुष्ट पक्षको दाबी छ । दुवै पक्ष लेनदेनमा गम्भीर र इमानदार हुनुपर्ने विश्लेषकहरू बताउँछन् ।
क्रान्तिकारीः हाम्रो महान् तथा गौरवशाली पार्टीको निर्देशनबमोजिम हामीले अग्रगामी छलाङ लगाएका छौँ । हामीले ल्याएको भूकम्पले सामन्तीको मुटु हल्लाएको छ । तर, क्रान्ति सकिएको छैन भन्नेमा हामी विश्वस्त छौँ ।
शिक्षिकाः राम्ररी गृहकार्य नगरी आएका रहेछन् । कान निमोठिदिएँ । किताब खोल्न लगाएर पढ्न लगाएँ । रिपिट एगेन, रिपिट एगेन (फेरि दोहोर्‍याऊ) भन्दाभन्दै रात छर्लंगै भएछ ।
  डाक्टरः बिरामीको नाडी छामेँ, निधार छामेँ । ज्वरो आएको रहेछ । 'सिटामोल खानु' भनेँ । जाँचेको फि भने लिनै बिर्सिएछ ।
  ड्राइभरः गियर भाँच्चियो, ब्रेक फेल भयो । एक्सिडेन्ट भयो । धन्न, कसैको ज्यान गएन ।  
कविः रात झलमल्ल थियो, सयौँ सूर्य एकैचोटि उदाएझैँ । आनन्दको इन्द्रेणी प्रफुल्ल मुद्रामा उपस्थित थियो । पूर्णरुपेण फक्रेको गुलाबको मादकतामा सारा वातावरण लठ्ठ थियो ।  
नर्सः नम्बर नभएको बेडमा बिरामी छट्पटिरहेका थिए । रातभरि 'आराम गर्नुस्, आराम गर्नुस्' भनिरहेँ ।
व्यापारीः धेरै लगानी गरियो । पर्याप्त जोखिम लिइयो । एक वर्षभित्र नाफा आउला कि !
चुनावी उम्मेदवारः प्रेमको पोस्टर टाँसियो । चुम्बनको भोट मागियो । जनताको सेवामा अहोरात्र खटियो ।
अरु यता >>

Thursday, January 27, 2011

भाई को बीहेको अरु पनी फोटो

अरु यता >>

एकतर्फी प्रेम असफल भएपछि किशोरीको हत्या

माघ १३- एकतर्फी प्रेम अस्वीकार गरेको रिसमा आज बिहान स्थानीय स्कूलमा पढ्ने ११ कक्षाका विद्यार्थी सन्तोष चौधरीले आफूसँगै पढ्ने १७ वर्षकी किशोरी पुनमकुमारी सिंहको छुरा हानी हत्या गरेका छन्। सिरहाको चन्द्रलालपुरस्थित जनता उच्च माविमा साथीसित कलेज जाँदै गरेकी सिंहलाई साइकलमा आएका चौधरीले छुरा हानेका थिए।
'चौधरीले पहिला साइकलले ठक्कर दिएर पुनमलाई लडाइन्,' उनीसँगै कलेज जाँदै गरेकी र घटनापछि भागेर गाउँ पुगेकी सहपाठी कविता सिंहले भनिन्, 'त्यसपछि छुरा निकालेर पहिला घाँटीमा हान्यो, अनि शरीरका विभिन्न अंगमा'।
कविता गाउँ पुगेर घटनाका बारेमा अरुलाई बताएपछि प्रहरीसम्म खबर पुगेको थियो। प्रहरी घटनास्थलमा पुग्दा घाँटीबाट अत्यधिक रक्तस्राव भई उनको मृत्यु भइसकेको थियो।
हत्याको विरोधमा स्थानीय बासिन्दाले किशोरीको शव पूर्व पश्चिम राजमार्गको चोहरवा खण्डमा राखी चक्काजाम गरेका थिए। यस क्रममा प्रहरीले गोली चलाउँदा अरुण महतो घाइते भएका छन्।
फरार चौधरीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्ने र पीडित राहतलाई उपलब्ध गराउने विषयमा स्थानीय बासिन्दा र प्रशासन बीच सहमति भएपछि राजमार्गको चक्काजाम फिर्ता भएको छ।
अरु यता >>

ब्रत बसेकी श्रीमतीलाई श्रीमान्ले जलाए

मलाई नसोधी किन ब्रत बसेको ? भन्दै कुटपिट गरेर बलिरहेको आगो शरीरमा हालिदिए’

संखुवासभा स्याबुनका विष्णु श्रेष्ठले आपनो अनुमतिविना ब्रत लिएको भन्दै श्रीमतीलाई कुटपिट गरी आगो लगाएका छन् । स्याबुन-९ का श्रेष्ठले आफूलाई नसोधी स्वस्थानीको ब्रत लिएको भन्दै श्रीमती कल्पना श्रेष्ठलाई कुटपिट गरी बलिरहेको आगो शरीरमा खन्याएका हुन् ।

आफूलाई नसोधी स्वस्थानीको ब्रत लिएर घर भाँड्न खोजेको भन्दै श्रीमान्ले कुटपिट गरेर आगो लगाएको पीडित कल्पनाले बताइन् । 'घरका सबैजना भेला भएर बेलुकी आगो तापिरहेका वेला मलाई नसोधी किन ब्रत बसेको ? भन्दै बलिरहेको आगो शरीरमा हालिदिए,' उनले भनिन् । आगोले उनको शरीरभरि घाउ लागेको छ । यसअघि पनि पतिले पटक-पटक दुव्र्यवहार, कुटपिट र मानसिक यातना दिने गरेको उनले बताइन् । बुबाले कुटपिट गर्दै आमाको शरीरमा आगो खन्याएको १६ वर्षीय छोरा नवीनले बताए ।


श्रीमान्ले कतै उजुर गर्न गएमा ज्यानमार्ने धम्की दिएको कल्पनाले बताइन् । 'घरमा बस्न नदिएपछि रातभर छिमेकीको शरण लिएर बसेँ,' उनले भनिन्, 'कतै उजुरी गरिस् भने मार्छु भनेका छन् ।' उनले घर गएमा पतिले आफ्नो हत्या गर्नसक्ने भन्दै न्यायका लागि पहल गरिदिन अधिकारकर्मी र सञ्चारकर्मीसँग आग्रह गरेकी छिन् । जिप्रका संखुवासभाका प्रहरी नायव उपरीक्षक शेखर कोइरालाले पत्नीमाथि आगो खन्याउनेलाई कारबाही गरिने बताए ।
अरु यता >>

ओस्कर अवार्डका फाइनल प्रतिस्पर्धी

लसएन्जलस्, माघ १२ (एजेन्सी)- एकेडेमी अवार्ड (ओस्कार)को मनोनयन सूची सार्वजनिक गरिएको छ। अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर्स् एन्ड साइन्सद्वारा आयोजित समारोहमा पूर्व ओस्कार विजेता अभिनेत्री मोनिकेले २४ विधाका मनोनयन सूची पढेर सुनाएकी थिइन्। भारतीय संगीतकार एआर रहमान ओस्कारमा फिल्म '१२७ आवर्स्'बाट संगीत र गीत दुई विधामा मनोनित भएका छन्।
यसपालि उत्कृष्ट फिल्ममा १० वटा फिल्मले प्रतिस्पर्धा गर्दैछन्। 'स्लमडग मिलिनियर'का निर्देशक डेनी बोयलको पछिल्लो फिल्म '१२७ आवर्स्' पनि उत्कृष्ट फिल्ममा मनोनित भएको छ।
'द किंग्स स्पिच'ले सर्वाधिक १२ विधाको मनोनयन जितेको छ। त्यसपछि ...ट्रयु ग्रिट' र 'द सोसियल नेटवर्क' क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। ओस्कार अवार्ड आगामी फागुन १५ मा वितरण गरिनेछ।
उत्कृष्ट फिल्म
ब्ल्याक स्वान
द फाइटर
इन्सेप्सन
द किड्स आर अल राइट
द किंग्स स्पिच
१२७ आवर्स्
द सोसियल नेटवर्क
टोय स्टोरी-३
ट्रयु ग्रिट
विन्टर्स् बोन

विदेशी भाषाको उत्कृष्ट फिल्म
ब्युटिफुल, मेक्सिको
डग टुथ, ग्रीस
इन अ बेटर वर्ल्ड, डेनमार्क
इन्सेन्डिस, क्यानडा
आउटसाइड दि ल, अल्जेरिया

उत्कृष्ट निर्देशक
डारेन अरोनोफ्स्की, ब्ल्याक स्वान
डेभिड ओ रसेल, द फाइटर
टम हुपर, द किंग्स् स्पिच
डेभिड फिन्चर, द सोसियल नेटवर्क
जोयल एन्ड इथान कोयन, ट्रयु ग्रिट

उत्कृष्ट अभिनेता
हाभियर बार्डेम, ब्युटिफुल
जेफ ब्रिजेज, ट्रयु ग्रिट
जेसी इसेनबर्ग, द सोसियल नेटवर्क
कोलिन फर्थ, द किंग्स् स्पिच
जेम्स फ्रान्को, १२७ आवर्स्

उत्कृष्ट अभिनेत्री
एन्नेट बेनिङ, द किड्स आर अल राइट
निकोल किडम्यान, र्‍याबिट होल
जेनिफर लरेन्स, विन्टर्स् बोन
नाटाली पोर्टम्यान, ब्ल्याक स्वान
मिसेल विलियम्स, ब्लु भ्यालेन्टाइन

उत्कृष्ट सहअभिनेता
क्रिस्टियन बेल, द फाइटर
जोन हाक्स, विन्टर्स् बोन
जेरेमी रेन्नर, द टावन
मार्क रफ्यालो, द किड्स आर अल राइट
जेफ्री रस, द किंग्स् स्पिच

उत्कृष्ट सहअभिनेत्री
एमी एडम्स, द फाइटर
हेलेना बोनहाम कार्टर, द किंग्स् स्पिच
मेलिसा लियो, द फाइटर
हैली स्टेनफिल्ड, ट्रयु ग्रिट
ज्याकी वेभर, एनिमल किङडम

उत्कृष्ट पटकथा (मौलिक)
एनोदर इयर
द फाइटर
इन्सेप्सन
द किड्स आर अल राइट
द किंग्स् स्पिच

उत्कृष्ट पटकथा (अरूको रचनामा आधारित)
१२७ आवर्स्
द सोसियल नेटवर्क
टोय स्टोरी-३
ट्रयु ग्रिट
विन्टर्स् बोन

उत्कृष्ट एनिमेटेड फिल्म
हाउ टु ट्रेन योर ड्रागन
द इलुजनिस्ट
टोय स्टोरी-३

छायांकन
ब्ल्याक स्वान
इन्सेप्सन
द किंग्स स्पिच
द सोसियल नेटवर्क
ट्रयु ग्रिट

उत्कृष्ट सम्पादन
ब्ल्याक स्वान
द फाइटर
द किंग्स स्पिच
१२७ आवर्स्
द सोसियल नेटवर्क
अरु यता >>

बीबीसीले नेपाली भाषाको रेडियो प्रसारण बन्द गर्ने

बेलायती प्रसारण संस्था ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन-बीबीसी)बाट रेडियोको शाँर्टवेभमा नेपाली भाषामा प्रसारण भइरहेको कार्यक्रम मार्च महिनासम्ममा बन्द हुने भएको छ । नेपालीसंगै हिंदी,इंडोनेशियाई,स्वाहिली,किर्गिस र ग्रेट लेक्स भाषाको प्रसारण बन्द गर्ने बीबीसले निर्णय लिएको छ ।
बेलायती विदेश मन्त्रालयबाट पाउँदै गरेको अनुदानमा १६ प्रतिशतले कटौती भएपछि बीबीसीले उक्त निर्णय लिएको हो । ६ सय ५० कर्मचारीलाई हटाएर बीबीसीले केही सेवा बन्द गर्न लागेको छ । बीबीसीको उक्त निर्णयपछि मैडरिन,तुर्की,रुसी,युक्रेनी,स्पेनिश,अजेरी र वियतनामी भाषाको रेडियो प्रसारण पनि बन्द हुनेछ । बन्द हुनेमा मेसेडोनियन,अल्बनियन र सर्बियन सेवा पनि छन् ।
यसैगरी बन्द हुनेमा अफि्राकाका लागि पोर्तुगिज सेवा तथा क्यारेबियन क्षेत्रका लागि प्रसारण हुँदै आएको अंग्रेजी प्रसारण सेवा पनि छन् । यसबाट बीबीसी विश्व सेवाको वाषिर्क ४करोड ४६ लाख पाउन्ड खर्च घट्ने अधिकारीहरुले बताएका छन् । बीबीसीका उपभोक्ता तथा पत्रकारहरुले सेवा कटौती गर्न नहुनेमा जोड दिएका छन् ।
बीबीसी वल्र्ड सर्विसका प्रमुख पीटर हाँराँक्सले सरकारी अनुदानमा गरिएको कटौतीका कारण यस्तो निर्णय लिनुपरेको बताएका छन् । उनले वल्र्ड सर्विसका सेवाहरु कायम रहने बताए । बीबीसीले अनलाइन र मोबाइल मार्फत आफ्नो नयाँ बजार विस्तार गर्ने तयारी गरेको छ ।
अरु यता >>

२९ वर्ष मै हजुर बा

लण्डन, इंग्ल्यान्ड,माघ १३ (एजेन्सी)-एक २९ वर्षीय युवा चाडै नै संयुक्त अधिराज्यका सबैभन्दा कम उमेरका हजुर बुबा बन्न लागेको मिररले जनाएको छ। उनले आफ्नी १४ वर्षीय छोरीलाई ११ महिनाको गर्भ रहेको बताएका छन्। 'मैले आफूलाई हजुर बुवा भए जस्तो अनुभव गरेको छैन। मेरो कपाल पनि फुलेको छैन मेरो श्रवण शक्ति पनि राम्रो छ।' उनले मिररलाई भने। उनले आफ्नी गर्भवती छोरीको सुरक्षा कारण देखाउँदै आफ्नो नाम बताएनन्।
उनी आफै १४ वर्षको उमेरमा पिता बनेका थिए। उनी स्वयं जन्मदा उनकी आमा १८ वर्षकी थिइन्।
किशोर अवस्थामै अभिभावकहुनु कति कठिन हुदो रहेछ भनेर मलाई थाहा भएको छ, र उनलाई पनि यही स्थितीबाट गुज्रीनु पर्ने छ। तर हामी सबै उनको साथमा छौ र हाम्रो परिवारमा नवआगन्तुकको स्वागत गर्ने छौँ।' उनले मिररलाई भने।
संयुक्त अधिराज्य अझ विशेषगरी यसको उत्तरी भाग यूरोपकै सर्वाधिक गर्भाधारण हुने देश हो। विशेषगरी यसका सन् २००८मा इंग्ल्यान्ड र वेल्समा १८ वर्ष मुनिका ४१ हजार ३ सय २५ युवती गर्भवती भएका थिए।
अरु यता >>

थप्पड हान्नेको हाइहाइ

एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हानेर पक्राउ परेका सुनसरी भरौल-१ का देवीप्रसाद रेग्मीले आफ्नो रिहाइपछि गाउँवासीबाट भव्य स्वागत पाएका छन् । भरौलवासीले मंगलबार उनलाई फूलमाला लगाएर अबिरजात्रा गरी 'विजयोत्सव' मनाए । भरौल-१ स्थित कालाबञ्जर बजारमा रहेको निवासमा उनलाई स्वागत गर्न बिहानैदेखि भीड लागेको थियो । रिहा भएपछि सोमबार साँझबाटै उनलाई आफन्त, शुभचिन्तक तथा गाउँलेले अबिर र फूलमालाले स्वागत गर्ने क्रम सुरु भएको थियो । मंगलबार भने औपचारिक नै राखेर उनलाई स्वागत गरिएको हो । कार्यक्रममा सहभागीले परिवारका साथ उनलाई पालैपालो फूलमाला र अबिर लगाइदिएका थिए । बिहान साढे नौ बजेदेखि थालिएको अबिरजात्रा र फूलमाला लगाउने क्रम साँझ पाँच बजेसम्म चलेको थियो । २८ हजार 'पुरस्कार’ रेग्मीलाई हेर्न सुनसरीका विभिन्न गाविसबाट शुभचिन्तकहरू घरमै आएका थिए । उनलाई सुनसरीका मधुवन केदार विष्टले २८ हजार रुपैयाँ दिए पनि लिन अस्वीकार गरे । रकम लिन अस्वीकार गरेपछि विष्टले उनकी आमा तिलकुमारी रेग्मीलाई सो रकम दिएका थिए । 'रेग्मीलाई २८ हजार धरौटी तोक्ला भन्ने लागेर हाम्रो परिवारले यो रकम छुट्याएको थियो,' विष्टले भने, 'छुट्याइसकेको रकम भएकाले मैले उहाँलाई लिन आग्रह गरेँ । तर उहाँले मान्नुभएन । आमाले भने लिनुभयो ।' अरू कुनै स्वार्थले सो रकम नदिएको विष्टको भनाइ छ । अरू वेला खेतीको काम गरिरहने रेग्मी एमालेका अध्यक्ष खनाललाई झापड हानी रिहा भएपछि एकाएक व्यस्त बनेका छन् । मंगलबार उनी दिनभर घरमा आएका आफन्त, शुभचिन्तकको स्वागत ग्रहण गर्दै र नमस्कार फर्काउनमा व्यस्त थिए । रेग्मीलाई स्वागत गरिरहँदा घरपरिवारमा खुसियाली छाएको थियो । कहिल्यै नदेखेका मान्छेहरू ताँतीका ताँती आएपछि ७६ वर्षीया आमा तिलकुमारी अचम्मित बनेकी थिइन् । 'हामी गरिबका घरमा पनि यतिका मान्छे आए । सही काम गर्नेलाई जनताले साथ दिने रहेछन्,' उनले भनिन्, 'नेताहरूले पनि सही काम गरेको भए मेरो छोराले जस्तै स्वागत पाउँथे ।' रेग्मीले आफूले व्यक्तिगत स्वार्थका लागि नेता खनाललाई झापड नहानेको फेरि दोहोर्‍याए । नेताहरूले यस घटनाबाट पाठ सिक्नुपर्ने समेत उनको भनाइ छ । रेग्मीले भने, 'फेरि अरू नेतालाई झापड हान्नु नपरोस् ।' उनले मंगलबार घरमा आएजति सबैलाई आफूले कसैसँग माफी नमागेको पनि दोहोर्‍याइरहेका थिए । सोमबार माफी मागेको भनी आफ्नो नाममा आएको विज्ञप्तिबारे आफूलाई केही थाहा नभएको उनको दाबी छ । यसैबीच, रेग्मी हिरासतबाट छुटे पनि एमाले जिल्ला कमिटीले घटना सम्बन्धमा छानबिन भने जारी राखेको छ । घटनाको वास्तविक कारण पत्ता नलागिसकेकाले छानबिन जारी राख्ने छानबिन समितिका सदस्य केशव विष्टले बताए । घटना भएको दिन एमालेले जिल्ला उपसचिव मोतीराज सुनवारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । एक साताको म्याद बुधबार सकिने भएकाले एक साता थप गर्न समितिले माग गरेको छ । समितिले एमाले अध्यक्ष खनालसित टेलिफोन सम्पर्क गर्दा खनालले एक साधारण किसान आवेशमा आएर झापड हानेको कुरालाई धेरै नउचाल्न भनेको विष्टले बताए । समितिले रेग्मी र उनका परिवार, आफन्तजन, स्थानीय बासिन्दा, प्रहरीलगायतसित प्रारम्भिक चरणको छलफल गरिसकेको छ । रेग्मीसँग पनि एक-दुई दिनभित्रै विस्तृत बयान लिइने विष्टले बताए ।
'थप हौसला मिलेको छ’ मलाई थप हौसला, आँट र भरोसा अनि जाँगर आएको छ । झापड हान्नुअघि गाउँमा मलाई गरिने व्यवहार र रिहा भएपछिको व्यवहारमा आकाश-जमिनको फरक पाएँ । त्यो स्वाभाविक पनि हो । सही कुरालाई आत्मासात गरेर हिँड्यौँ भने जोकोहीलाई पनि जनताले साथ दिने रहेछन् । प्रहरी हिरासतमा बस्दा मलाई कुनै पछुतो भएन । मैले कुनै जघन्य अपराध गरेको थिइनँ । जब सार्वजनिक अपराध मुद्दा ममाथि दर्ता गरियो, अनि लाग्यो यो देशको कानुन गरिब-दुःखीका लागि नभई अरूकै लागि मात्र बनेको रहेछ । त्यसवेला मैले सिडियो कुट्ने मन्त्री करिमा वेगम र सिडियो दुर्गाप्रसाद भण्डारीलाई सम्झेँ । एलडिओलाई शौचालयमा थुन्ने मातृका यादवलाई सम्झिएँ । तर, म विचलित भइनँ । शुभचिन्तक र गाउँलेले गरेको स्वागतले देशभरि राम्रो सन्देश दिएको भन्ने लागेको छ । घटनापछि आमा, श्रीमति र आफन्तको सहानुभूति पहिलेको भन्दा बढेको छ । आमा र श्रीमतीले चाँहि मेरो सुरक्षाबारे पनि चिन्ता गरिरहेका छन् । मलाई एक्लै घरबाहिर जान पनि दिएका छैनन् । पहिलेको भन्दा अहिले परिवारका सदस्यले बढी केयर गर्न थालेका छन् । मेरो कामप्रति सबैजना उत्साहित हुनुहुन्छ । पहिले सामान्य तरिकाले कुराकानी गर्न आउने छिमेकी र गाउँलेहरू हातमा माला र रातो अबिर लिएर आए । म ज्यादै उत्साहित भएको छु । अबिरमाला लगाउने मेरो इच्छा थिएन । तर, छिमेकी र गाउँवासीको भावनालाई पनि मान्न पर्दो रहेछ ।
अरु यता >>

भाई को बीहे

अरु यता >>

Wednesday, January 26, 2011

बस दुर्घटनामा ९ को मृत्यु

गोरखाको ताप्लेमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी ९ जना यात्रुको मृत्यु भएको छ।
गोरखाबाट घ्याम्पेसालतर्फ जाँदै गरेको ना२ख ७२५१ नम्बरको यात्रुवाहक बस ताप्ले गाविस-५ स्थित कच्ची सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो। पिसाब गर्न रोकेर पुनः चलाई सहचालक राजु बगालेले केही पर लैजाने क्रममा बस दुर्घटना भएको घाइतेहरुको भनाइ छ।
दुर्घटनामा परी गोरखा पन्द्रुङ-५ का ५२ वर्षीय लुर्के परियार आरुपोखरी-२ का ३५ वर्षीय गणेशमान श्रेष्ठ ताप्ले-९ की ५० वर्षीया सीता भट्ट धावा-५ की १९ वर्षीया कल्पना खत्री धावा-४ की २६ वर्षीया मीनाक्षी सिंखडा पन्द्रुङका ४२ वर्षीय लाटे दमाईं ताप्ले-९ का ३८ वर्षीय प्रेम भट्टको घटनास्थलमै मृत्यु भएको थियो।
यसै गरी दुर्घटनामा परी घाइते भएकी पन्द्रुङ-१ की ६५ वर्षीया गौरी देवकोटाको गोरखा अस्पतालमा उपचारका क्रममा र पन्द्रुङ-९ का ५२ वर्षीय पूर्णबहादुर गुरुङको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा ताप्लेस्थित प्रहरीचौकी र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेका थिए।
बसमा १६ जना यात्रुले मात्र टिकट लिएको चलानी तथ्यांक काउन्टरसँग रहेको भए तापनि दुर्घटनामा भने २९ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये गोरखा मसेल-६ का १८ वर्षीय राजु बगाले ताप्ले-८ का २३ वर्षीय सुवास भट्टराई बगुवा-६ का ५८ वर्षीय देवबहादुर श्रेष्ठ अस्राङ-१ का ८ महिनाका अर्याप मियाँ मसेलकी ५० वर्षीया पवित्रा भट्टराई अस्राङ-१ की २६ वर्षीया हातिजा मियाँ ४ महिनाकी बालिका आँबी मियाँ पन्द्रुङ-९ की १० वर्षीया सरिना श्रेष्ठ पन्द्रुङ-९ की २ वर्षीया गुणिया गुरुङलाई थप उपचारका लागि काठमाडौं पठाइएको र अन्य घाइतेको मंगलबार साँझसम्म गोरखा जिल्ला अस्पतालमै उपचार भइरहेको गोरखा अस्पतालले जनाएको छ।
अरु यता >>

डीभीबारे सतर्क रहन आग्रह

काठमाडौं, (नेस), काठमाडौंस्थित अमेरिकी दूतावासले कसैले अमेरिकाको ग्रिनकार्ड मिलाइदिन्छु वा डीभी पारिदिन्छु भनेर दिएको आश्वासनमा विश्वास नगर्न आग्रह गरेको छ।
अमेरिकी दूतावासद्वारा मंगलबार जारी वक्तव्यमा भनिएको छ- डीभी उल्लेख भएका वा ग्रिनकार्ड दिने भनिएका कुनै पनि इमेल प्राप्त भए ती इमेलमा भएका विवरण सबै अवैध र जालसाजीपूर्ण हुन् भन्ने बुझ्नुपर्छ। डीभीसम्बन्धी सूचना इमेलबाट नपठाइएको जनाउँदै डीभी चिट्ठा वा ग्रिनकार्ड जितेकॊ भनेर पठाइएका सबै इमेल झूटा भएको स्पष्ट पारिएको छ । तर सन् २०१२ को डीभीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनको अवस्थाको जानकारी डीभीलोट्टरी डटस्टेट डट जीओभीमा २०६८ वैशाख १८ पछि पाउन सक्ने वक्तव्यमा उल्लेख गरिएको छ।
अरु यता >>

बलिउड जोडी विपाशा वासु र जोन अब्राहमबीच ब्रेकअप

बलिउड जोडी विपाशा वासु र जोन अब्राहमबीच ब्रेकअप भएको गाइँगुइँ केही सातायता चलिरहेको छ । विपाशालाई सुन्ने हो भने त्यो विल्कुलै निराधार कुरा हो । जोनसँग रोमान्स पहिलेभन्दा राम्ररी अगाडि बढिरहेको उनले बताएकी छन् ।
'बचना ए हसिनों' नायिकाले नौ वर्षदेखिका ब्वाइफ्रेन्ड जोनसँग ब्रेकअप भएको भन्ने कुरालाई गलत सावित गर्न सामाजिक सञ्जाल टि्वटरको सहायता लिएकी छन् । 'जोन र मेरो सम्बन्धमा सबै ठीक छ,' उनले टि्वट गरेकी छन्, 'हाम्रा बारेमा चासो राख्ने सबै शुभेच्छुकहरूलाई धन्यवाद ।' आफ्नो करिअर नै हल्लैहल्लाबीच बस्नुपर्ने खालको भएको उल्लेख गर्दै उनले यस्तोमा कुनै पनि कुरालाई सामान्य मान्नुपर्ने बताएकी छन् । 'न्युयोर्क' नायक र आफ्नो सम्बन्धका बारेमा कुनै पनि अड्कलबाजीले उनको मन दुखाउने गरेको छ रे । 'यस्ता हल्लाले मन कुँडिन्छ,' पूर्वमोडलले लेखेकी छन्, 'आखिर हामी पनि मान्छे नै हौं ।' त्यसमा शंका छैन ।
समय-समयमा ब्रेकअपको हावा चले पनि जोन-विपाशाले तत्काल विवाह गरेर त्यस्तो हल्लालाई बिराम दिने सोच बनाइहालेका छैनन् । कामको व्यस्तताले यस्तो भएको रे ।
जोनसम्बन्धी सन्दर्भले बेलाबेला दुःखी भए पनि ३२ वर्षीया विपाशा अरू कुरामा भने निकै खुसी छिन् । उनको पहिलो हलिउड फिल्म 'सिंगुलारिटी' रिलिज हुने तरखरमा छ । उनले यो फिल्मको पोस्टर पनि टि्वटरमा पोस्ट गरिसकेकी छन् । बि्रटिस-फ्रेन्च निर्देशक रोलान्ड जोफले निर्देशन गरेको इतिहास, रोमान्स र एक्सनले भरिपूर्ण उक्त फिल्ममा उनले 'पर्ल हार्वर' स्टार जोस हार्नेटसँग रोमान्स गरेकी छन् ।
अरु यता >>

Friday, January 21, 2011

जेलमै ग्याङ फाइट, पाँच कैदी घाइते

डिल्लीबजार कारागारमा बुधबार कैदीका दुई समूहबीच ग्याङ फाइट हुँदा पाँच घाइते भएका छन्। बुधबार दिउँसो तीन बजे कारागारको 'क' ब्लकमा रहेका कैदीका दुई समूहबीच भएको झगडामा दुईजनाको खुट्टा भाँच्चिएको छ भने तीन सामान्य घाइते भएका छन्।
कारागारस्रोतका अनुसार झगडामा कैदीका मूल नाइके दीपेन्द्र राई र टेलिफोन नाइके महेश अधिकारीको खुट्टा भाँच्चिएको छ। उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ। झडपमा चौकीदार जीवन चौधरीलगायत तीनजना सामान्य घाइते भएका छन्।
जेल स्रोतका अनुसार लागूऔषध कारोबारमा संलग्न अभियोगमा बन्दी रहेका दीपेन्द्र समूह र अपहरणको अभियोगमा सोही ब्लकमा रहेका नवीन गुप्ता समूहबीच बेलुका तीन बजे झगडा भएको थियो । नाइकेहरूले बन्दीसँग रकम लिएर अनधिकृत सुविधा दिने गरेको विषयमा विवाद झडपमा परिणत भएको थियो। जेलस्रोतका अनुसार मूल नाइके राईले कैदीसँग विभिन्न बहानामा अनधिकृत पैसा उठाउने गरेको, पैसा दिनेलाई अनधिकृत सुविधा दिएर जेलबाहिर पठाउने गरेको आरोप लगाएपछि विवाद बढेको थियो।
टेलिफोन नाईके अधिकारीले सुविधा वापतको फोन गर्न नदिने,कैदी हेरेर फरक व्यवहार गर्ने गरेको आरोप लगाउंदै गुप्ता समुहले कुटपिट शुरु गरेपछी दुबैपक्षविच झगडा चर्किएको थियो। बुधबार राति प्रहरी र प्रशासन बन्द भईसकेको बेला उनीहरुबीच झगडाहुंदा बढी क्षती भएको थियो। झगडा चर्किएपछि मात्र कारागारको शुरक्षामा खटिएका अनाश्रीत गुल्मका शुरक्षाकर्मी कारागारभित्र छिरेर दुबै पक्षलाई छुट्याएका थिए। प्रहरीले थप बल मगाएर कारागारको क ब्लकलाई नियन्त्रणमा लिएको थियो। शुक्रवार दिनभर प्रहरीले कारागारभित्रै प्रवेश गरेर आफ्नो नियन्त्रणमा लिएको थियो।
प्रहरीले झगडामा संलग्न राई र गुप्ता समुहलाई छुट्टा छुट्टै ब्लकमा राखेको छ। बन्दीहरुबीच झगडा भएपछि कारागारले राईलाई भने त्यहाबाट अर्को कारगारमा सरुवा गर्ने तयारी गरेको छ। महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता माधव नेपालले बेलुका कैदीहरुविच झगडा भएपछि प्रहरीले हस्तक्षेप गरेर स्थीति नियन्त्रणमा लिएको बताए। उनले झगडाको विषयमा भने कारागार व्यवस्था विभागले थप अनुसन्धान गर्ने बताए।
कैदी बन्दीहरुवीच भएको झगडाको बारेमा कारागार व्यवस्थापन विभागले छानवीन समिति समति गठन गरेको छ। विभागकै दुई अधिकृतहरुलाई छानवीन गरी शुक्रबार प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। यसअघि पनि डिल्लीबजार कारागारमा कैदी बन्दीहरुवीच पटक पटक भडप हुने गरेको छ।
अरु यता >>

Thursday, January 20, 2011

एमाले अध्यक्ष खनाललाई थप्पड

माघ ६ - पार्टी कार्यक्रममा भाग लिन आएका एमाले अध्यक्ष झलनाथ खनाललाई एक पूर्व कार्यकर्ताले बिहीबार थप्पड हानेका छन् ।
पार्टीको बैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन आएका खनाललाई एमाले पूर्व कार्यकर्ता सुनसरी, भरौल निवासी देवीप्रसाद रेग्मीले मञ्चमै पुगेर थप्पड हानेका हुन् । ५२ वर्षिय रेग्मीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ ।
नेताहरुले देश बिगारेकाले खनाललाई मौका पारेर थप्पड हानेको रेग्मीले प्रतिक्रिया दिए । 'नेताहरुले देश बर्बाद पारे, मर्नुभन्दा बहुलाउनु निको ठानेर झापड हानेको हुँ,' प्रहरी नियन्त्रणमा रहेका रेग्मीले सञ्चारकर्मीसित भने ।
रेग्मी पार्टी प्रवेश गर्ने कार्यकर्ताको लाइनमा मिसिएर खनाल नजिकै पुगेका थिए । झापड हान्दा खनालको चस्मा झरेको थियो । कार्यक्रममा अन्य दलका झण्डै १ हजार कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
एक्कासी भीडबाट थप्पड खाएपछि खनाल रातोपिरो भएका थिए ।
अरु यता >>

'पिप्ली लाइभ' अस्कर दौडबाट बाहिरियो

नयाँ दिल्ली, माघ ६ (एजेन्सी)- आमिर खानको 'पिप्पली लाइभ' अस्कर दौडबाट बाहिरिएको छ। अस्करमा 'उत्कृष्ट विदेशी भाषाको फिल्म' शीर्षकअन्तर्गत भारतको प्रतिनिधित्व गरेको 'पिप्ली लाइभ' उत्कृष्ट ९ मा नपुग्दै प्रतिस्पर्धाबाट बाहिरिएको हो।
अनुषा रिज्वी निर्देशित 'पिप्ली लाइभ'मा भारतको गरिबी-भोकमरी र टेलिभिजन मिडियाको हुर्कंदो सनसनी संस्कृतिमाथि दरिलो प्रहार गरिएको छ। 'पिप्ली लाइभ'सँगै आमिर तेस्रो पटक ओस्करबाट रित्तो हात फर्केका छन्। यसअघि सन् २००१ मा निर्माण गरेको 'लगान', र २००७ को 'तारे जमिपर'ले पनि आमिरलाई कुनै अवार्ड दिलाएका थिएनन्।
विदेशी भाषाको उत्कृष्ट फिल्म शीर्षकमा ६६ वटा फिल्ममध्येबाट उत्कृष्ट ९ फिल्म छानिएका छन्। अस्कर जुरीको छनौटमा पर्न सफल विदेशी भाषाका उत्कृष्ट ९ मा मेक्सिकन - ब्युटिफुल, अल्जेरियन- आउट साइट द ल, क्यानेडियन- इनसेन्डाइज छन्। यसैगरी डेनिस- इन अ बेटर वर्ल्ड, ग्रीस- डगटिथ, जापानी- कन्फेसन्स्, दक्षिण अफ्रिका- लाइफ एबोभ अल, स्पेन-तम्बेइन ला लुइभिया र स्विडेनको सिम्पल सिमोन पनि उत्कृष्ट ९ मा परेका छन्।
अरु यता >>

मुटु बलियो पार्न कुकुर पाल्नू

अचेल डाक्टरहरूले हृदय प्रणाली सशक्त बनाउन एउटा उपाय सुझाउन थालेका छन्- कुकुर, बिरालो पाल्नू। घरपालुवा जनावर विशेषगरी कुकुर हेरचाह गर्दा र डुलाउँदा मालिकको शरीरलाई पनि फाइदा हुन्छ, कुकुरलाई त हुने नै भयो! बिहान वा साँझको स्वच्छ हावा, सामाजिक वातावरण र कुकुर दौडाउँदा हुने व्यायामले स्वास्थ्य राम्रो बन्छ। काठमाडौंस्थित नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ भारत रावत भन्छन्, 'अध्ययनहरूले पनि कुकुर हिँडाउँदाको मनोवैज्ञानिक कारणले हृदय प्रणालीले तुरून्तै प्रतिक्रिया देखाउने पुष्टि गरेको छ जसले मुटुरोगीलाई सुरक्षित पार्छ।' नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी कुकुर, खरायो र बिरालोजस्ता घरपालुवा जनावरसँग खेल्दा शारीरिक व्यायाम र डिप्रेसन कम हुने बताउँछन्।
'बृद्ध अवस्था वा अवकासप्राप्त जीवनमा घरमा एक्लै बस्दा डिप्रेसनको सम्भावना हुन्छ,' उनी भन्छन्,' रेग्मी भन्छन्, 'घरपालुवा जनावर साथी बनाउँदा तनाव घटाउँछ।' उनी घरपालुवा जनावरको हेरचाह र सरसफाइले व्यायाम गराउनुसाथै मानसिक रूपमा व्यस्त पनि राख्ने बताउँछन्।
रावतका अनुसार तनाव नै हो जसले सम्पूर्ण स्वास्थ्य बिगार्न सुरु गर्छ। 'तनाव कम गर्न कुकर पाल्ने र कुकुरसँग खेल्नेका अतिरिक्त ध्यान र पूजा गर्ने, संगीत सुन्ने गर्न सकिन्छ,' उनले भने, 'तनावले नै जीवनशैली अस्वस्थकर हुन्छ, जीवनशैली बिग्रेपछि सबै बिग्रन्छ।'
डाक्टरहरू उच्च रक्तचाप कम गर्न औषधि प्रयोगभन्दा मनोरञ्जन, ध्यान र तनाव व्यवस्थापन गर्न सुझाव दिन्छन्। पछिल्ला दिनमा हृदयाघात, उच्च रक्तचाप, बे्रन स्ट्रोक, मधुमेह, मिर्गौलाजस्ता नसर्ने रोग बढ्दै जानुमा जीवनशैली प्रमुख कारण भएको डाक्टरहरू बताउँछन्।
विभिन्न अध्ययनले घरपालुवा जनावर विशेष गरी कुकुरले मनोसामाजिक स्थीरताका लागि सहयोगीको भूमिका खेल्ने पुष्टि गरेका छन्। अमेरिकामा भएको एक अध्ययनअनुसार घरपालुवा जनावर पाल्ने मानिसमा भन्दा नपाल्नेमा हृदयाघातको दर बढी भएको पाइएको छ।
रावतले भने, 'घरपालुवा पाल्नेमा हृदयाघात र उच्च रक्तचापको सम्भावना कम हुन्छ।' तर, उनले कुकुर पाल्दा रौंबाट हुने एलर्जी, परजिवीको संक्रमण, टोकाइ र खेल्दा हुने चोटपटकबाट बच्न सावधानी अपनाउन सुझाव दिए।
कुकुरसगै बालबालिकासँग खेल्दा र परिवारिक तथा सामाजिक जमघटले पनि स्वस्थ रहन मद्दत गर्छ। 'दिनमा ८/१० चोटि मज्जाले हाँस्ने, केही राम्रो कामको सोख राख्ने, धुम्रपानको नजिकै नपर्ने, रातो मासु नखाने, फलफूल बढी खाने, मैदाबाट बनेका परिकार नखाने, सेतो ब्रेड नखाने र दैनिक ४० मिनेटजति पसिना आउने गरी व्यायाम गर्दा मुटुरोगको खतरा निकै घटाउन सकिन्छ,' रेग्मी भन्छन्।
रावतका अनुभवमा समाजमा पाहुना आउँदा झन् अस्वस्थकर खाना खुवाउने र बढी खान प्रोत्साहन गर्ने चलन छ। 'आफन्तलाई बचाउन कि मार्न चाहन्छौ भन्ने प्रश्न उठ्छ,' उनले भने। प्राणायाम र योगलाई रोगबाट बच्ने सहायक उपाय बनाए पनि उचारको विकल्पै नबनाउन उनले सुझाव दिए।
नेपालमा सहरी क्षेत्रमा हरेक सयमा ८-१० र ग्रामीण क्षेत्रमा ४-५ जना मुटुरोगी छन्। उपचार र परीक्षण सेवा महँगो भएको र एकपटक उपचारपछि पनि जीवनभर परीक्षण, औषधि सेवन र सावधानी अपनाउनुपर्ने भएकाले सावधानी नै उत्तम विकल्प भएको रावत बताउँछन्। मधुमेह, धुम्रपान, उच्च रक्तचाप, रगतमा बोसोको मात्रा बढी र वंशाणुगत कारणले पनि मुटुरोग हुन्छ। डाक्टरहरूका अनुसार जीवनशैली बदल्न सकेमात्रै मुटुरोगको खतरा ८० प्रतिशत कम गर्न सकिन्छ।
अरु यता >>

Wednesday, January 19, 2011

गर्भवती भएको आरोपमा दुई कुकुर निलम्बित

गर्भवती भएको अभियोगमा दुई कुकुरलाई सेवाबाट निलम्बित गरिएको छ । भारतको छत्तीसगढ सशस्त्र प्रहरीको सातौँ बाहिनीमा तैनाथ दुई कुकुरलाई गर्भवती भएको आरोपमा निलम्बन गरिएको हो । दुई कुकुरसहित उनका प्रशिक्ष्ाकलाई पनि कतव्र्यहीनता र गैरकानुनी काम गरेको भन्दै निलम्बन गरिएको छ । कुकुर गर्भवती भएको सम्बन्धमा यी प्रशिक्षकसँग स्पष्टीकरणसमेत मागिएको छ ।
सीमा र लिजा नाम गरेका दुई लेब्रोडोर जातका कुकुर गर्भवती भएको सम्बन्धमा छानबिन गर्न जाँच-बुझ समितिसमेत गठन गरिएको छ । यता कुकुर गर्भवती भएको आरोपमा निलम्बित भएका प्रशिक्ष्ाकले आफू निर्दाेष भएको बताएका छन् । कुकुर गर्भवती हुनुमा बाहिनी प्रांगणमा फैलिएको अव्यवस्था जिम्मेवार रहेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूका अनुसार कुकुर राख्ने ठाउँ पुरानो र भत्किएको छ । कुकुर राति बाहिर निस्केर गल्लीका कुकुरसँग सम्पर्क राखेको अनुमान प्रशिक्षकले गरेका छन् । गर्भवती भएका दुई कुकुर छत्तीसगढ प्रहरीको डग स्क्वायडका सदस्य हुन् । डग स्क्वायडका सदस्यहरू नशालु पदार्थ सुघेँर अपराध अनुसन्धानमा मद्दत गर्छन् । बाहिनीको काममा यस्ता कुकुरको अत्यन्त आवश्यकता छ । त्यसैले यस्ता पोथी जातका कुकुरलाई भाले कुकुरभन्दा टाढा राखिन्छ । सीमा र लिजा गर्भवती भएपछि बाहिनीले ठूलो घाटा बेहोर्नुपरेको छ ।
कुकुरको बस्ने ठाउँ अत्यन्त अव्यवस्थित भएको सम्बन्धमा अधिकारीहरूलाई पटक-पटक जानकारी दिइएको पनि निलम्बित भएका कुकुर प्रशिक्षक मोहन गुप्ताले बताए । तर, गुप्ता यस सम्बन्धमा अधिकारीले कुकुरको बासस्थानको अर्काे व्यवस्था नगरेको गुनासो गर्छन् ।
पोथी कुकुरलाई प्रहरीको ग्राउन्ड व्यायामशालामा राखिन्थ्यो । सीमाले डिसेम्बरमा सात छाउरालाई जन्म दिएकी थिइन् भने लिजाले १० । कुकुर गर्भवती भएपछि तुरुन्त उनीहरूका प्रशिक्षकलाई निलम्बन गरिएको थियो । रायपुरको डग स्क्वाडमा पाँच कुकुर कार्यरत छन् । कुकुर प्रशिक्षक मोहन गुप्ता भन्छन्, 'कुकुरको पेट फुलेर डाक्टरले एक्स-रे गरेपछि मात्र कुकुर गर्भवती भएको थाहा भयो । यसमा हाम्रो के दोष ? कुकुर गर्भवती भएपछि हामीले अवैधानिक काम गरेको भनेर निलम्बन गरिएको छ । यसबाट हामीलाई साह्रै मन दुखेको छ । प्रशिक्षकका अनुसार भारतका अन्य राज्य वा अर्धसैन्य बलमा कुकुर प्रशिक्षक सहायकसमेत राखिन्छ । तर, छत्तीसगढ सशस्त्रको साताँै बाहिनीमा आफूले मात्र सबै काम गर्नुपरेको प्रशिक्षकले गुनासो गरेका छन् ।
अरु यता >>

यस्ती पनि ठूली आमा ! / विष खुवाएर दुई नाबालकको हत्या

आफ्नै ठुली आमाले आपसी विवादमा २ जना बालकलाई विष खुवाएर हत्या गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार पूर्वीधनुषाको सवैला १ का धीरेन्द्र साहकी २६ वर्षीया श्रीमती संगीतादेवी साहले सोमबार करिब २ः३० बजे आफ्नै माहिली देवरानीका २ नाबालक छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार संगीताले आफ्नै देवर शैलेन्द्र साहका ५ वर्षीय छोरा राजन साह र ३ वर्षीय छोरा मेहुल साहलाई दूधमा विष मिसाई खुवाएकी थिइन्। विष खाएपछि सिकिस्त भएका दुवै बालकलाई उपचारका लागि जनकपुर ल्याउँदै गर्दा राजनको सोमबार मृत्यु भएको थियो भने उपचारार्थ जानकी केयर अस्पतालमा भर्ना गराइएका तीन वर्षीय नेहल साहको मंगलबार बिहान अढाइ बजे मृत्यु भएको हो। २ दाजुभाइबीचको झगडाका कारण ठूली आमाले देवरानीका २ छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ। छानबीनका क्रममा संगीताले दुवै बच्चाको खानामा इन्डोशिल नामक विषादी मिसाएर खुवाएकी स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका अभियुक्त संगीतालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
अभियुक्त संगीतालाई स्वास्थ्य चेक गराउन अस्पताल ल्याउँदा मृतकका आफन्तहरुले उनलाई आक्रमण गर्न खोजेका थिए। तर प्रहरीको बाक्लो उपस्थितिका कारणले कुनै घटना हुन पाएन। प्रहरीले संगीतालाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। घटनाका अभियुक्त संगीताका श्रीमान् शैलेन्द्रले घरमा झैझगडा भएको बताए। उनका अनुसार आफूहरुलाई बाहिर पठाएर संगीताले यस्तो कार्य गरेको बताए।
अरु यता >>

आफैले काटेको रुखले किचेर मृत्यु

लमजुङ चण्डिस्थान, २ का ५५ वर्षिय बसन्तराज न्यौपानेको मंगलबार रुखले किल्चेर मृत्यु भएको छ । स्थानिय पातले सामुदायिक बन गोड्न गाउँलेहरुसँगै गएका न्यौपाने आफैले काटिरहेको रुख ढलेर लाग्दा घटना स्थलमै मृत्यु भएको हो । उनको टाउकोमा गहिरो चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरु यता >>

मूलपानीमा अज्ञात समूहद्बारा गोली प्रहार

मूलपानी गाविसको भवन नजिकै अज्ञात समूहद्बारा गरेको गोली प्रहारले सामान बेच्दैँ हिँड्ने एक ब्यापारी घाइते भएको छ। जोरापाटीतिर बाट आएका मोटरसाइकलमा सवार ती समूहले 'मोबाइल दिनुस् त एउटा फोन गर्नु छ' भन्दै गोली हानेका थिए। गोली हानेर उनीहरु भक्तपुरतिर भागेको जनाएको छ।
अरु यता >>

Tuesday, January 18, 2011

विदेश बस्ने नेपालीलाई सस्तोमा देशभित्रै कल गर्न सकिने

नेपाल टेलिकमले विदेश बस्ने नेपालीलाई सस्तोमा देशभित्रै कल गर्न सकिने सिपफोन बुधबारदेखि सुरु गर्ने भएको छ। यो इन्टरनेटबाट गर्न मिल्ने फोन हो। सिपफोनको सफ्टवेयर कम्प्युटरमा डाउनलोड गरेर विदेशबाट नेपालमा, विदेशबाट विदेशमै र नेपालबाट नेपालमा यो फोनबाट कुराकानी गर्न मिल्छ। 'काठमाडौंमा पाँच ठाउँबाट सिपफोन बिक्री गर्न योजना बनाएका छौं,' टेलिकमका डेपुटी मेनेजर दिनेशदेव पन्तले भने।
टेलिकमले टेकु, बानेश्वर (अल्फाबिटा), पाटन, चाबहिल र गोंगबु कार्यालयबाट सिपफोन बिक्री गर्दैछ। यसको लागि पाँच सय रुपैयाँ तिर्नुपर्छ। यसबाट चारसय ४१ रुपैयाँको कुराकानी गर्न सकिन्छ। यो फोनबाट कुराकानी गर्दा मिनेटको ८ रुपैयाँ (कर जोड्दा ११ रुपैयाँ ४४ पैसा) लाग्छ। विदेशमा रहेका नेपालीले यसबाट नेपाल कल गर्न सस्तो पर्ने पन्तले बताए। सिपफोनबाट सिपफोनमै कुराकानी गर्दा भने मिनेटको करबाहेक एक रुपैयाँमात्र लाग्छ।
दूरसञ्चार प्राधिकरणले सिपफोनको महसुल स्वीकृत गरेपछि टेलिकमले व्यबसायीक रुपमा यो सेवा सुरु गर्न लागेको हो। सिफफोन लिदा टेलिकमले ग्राहकलाई युजर आइडी र पासवर्ड दिन्छ। त्यसलाई सिपफोनको सफ्टवेयरमा राखेर मात्र कल गर्न सकिन्छ।
यो फोन विदेशमै रहेका नेपाली र छोटो समयको लागि जानेलाई समेत सजिलो हुनेछ। यसबाट नेपाली रुपैयाँमै विदेशबाट नेपाल र अरु देशमा कल गर्न सकिन्छ। टेलिकमले उपलव्ध गराउने सफ्टवयर एप्लिकेसन ल्यापटप वा इन्टरनेट चल्ने मोबाइल फोनमा डाउनलोड गरेपछि त्यसबाट नेपालमा कल गर्न मिल्छ।
सुरुमा ग्राहक हुँदा तिरेको पाँच सय रुपैयाँले ६ महिनासम्म पुर्‍याएर कल गर्न सकिन्छ। त्यसपछि इजी कलको रिचार्ज कार्डबाट रिचार्ज गरेर कल गर्न मिल्छ। कम्प्युटरमा हेडफोन जोडेर कल गर्न सकिने यो फोन विदेशमा रहेका नेपालीलाई सुविधा दिनको लागि ल्याउन लागिएको हो। कम्प्युटरमा काम गर्दागर्दै पनि बिदेशमा रहेका नेपालीले यहाँ सस्तो मूल्यमा नेपालकै कम्पनीले मात्र पैसा पाउनेगरि यसबाट कल गर्न पाउँनेछन्।
यो सेवा सुरु भएपछि अवैध भिओआइपी नियन्त्रण हुने आशा टेलिकमको छ। अवैध भिओआइपीले गर्दा टेलिफोन कम्पनीहरुले मासिक १६ करोड रुपैयाँ गुमाइरहेका छन्। छोटो समयको लागि विदेश जानेले यो सुविधा लिएर ल्यापटप लिएर जाँदा इन्टरनेट भएको जुनसुकै ठाउँबाट नेपालमा फोन गर्न सकिन्छ। यो फोनबाट देशभित्रै पनि कल गर्न सकिन्छ। तर, मिनेटको ११ रुपैयाँ ४४ पैसा पर्ने भएकोले यो फोन देशभित्र भन्दा पनि विदेशबाट कल गर्न सस्तो पर्ने टेलिकमका अधिकारीहरुले बताए।
सिपफोन मार्फत जहाँबाट कल गरेको भएपनि रिसिभ गर्नेको टेलिफोनको डिस्प्लेमा ग्राहकलाई दिइएको एकाउन्ट नम्बर देखिन्छ। टेलिकमले सुरुमा ६०४ र त्यसपछि पाँचअंकको एकाउण्ट नम्बर दिन्छ।
अरु यता >>

Monday, January 17, 2011

जिन्दगी को के भर छ र.......................गायक कुमार कान्छाको निधन

काठमाडौं, माघ ३ - गायक कुमार कान्छाको सोमबार मुम्बईस्थित एक अस्पतालमा उपचारकोक्रममा निधन भएको छ । झण्डै सात महिनादेखि मुम्बईको माहिमपश्चिम एसएल रहेजा अस्पतालमा उपचार गराइरहेका गायक कान्छाको निधन भएको थियो । कान्छामा स्पाइनल कर्डमा ट्युमर देखिएको थियो । ट्युमरको अप्रेसनपश्चात उनको शरीरको माथिल्लो भाग चले पनि तल्लो भाग र दुवै खुट्टा चलेका थिएनन् ।
अरु यता >>

प्रत्येक नेपालीको टाउकोमा १४ हजार राष्ट्रिय ऋण

आमाको गर्भ छाडेर धर्ती टेक्ने हरेक नेपाली शिशु १४ हजार राष्ट्रिय ऋणले थिचिएर ँच्याँ’ गर्न बाध्य छन् । सरकारले विकासका नाममा स्वदेशी तथा विदेशी वित्तीय संघसंस्था र देशहरूबाट ऋण लिइरहेको छ, तर विकास नभए पनि ऋणको सावाँ र ब्याज भने राष्ट्रिय ऋणका रूपमा नेपाली जनतामाथि थपिँदै गएको छ ।
विभिन्न देश, अन्तर्राष्ट्रिय बैंक, देशभित्रकै वित्तीय संस्था र नागरिकबाट नेपाल सरकारले लिएको ऋण चार खर्ब नाघेको छ । जनसंख्या हिसाब गर्दा प्रत्येक नेपालीको टाउकोमा १४ हजार दुई सय ७२ रुपैयाँ राष्ट्रिय ऋण छ ।
आर्थिक वर्ष ०६६/६७ सम्ममा नेपालको वैदेशिक ऋण दुई खर्ब ५६ अर्ब २४ करोड ३२ लाख ७८ हजार छ । त्यस्तै आन्तरिक निकाय र व्यक्तिबाट सरकारले एक खर्ब ४७ अर्ब ६६ करोड ७७ हजार ऋण लिएको छ । यसरी नेपालको कुल ऋण चार खर्ब तीन अर्ब ९० करोड ३० लाख ५३ हजार पुगेको छ ।
नेपाल सरकारको आधिकारिक अनुमानअनुसार कुल जनसंख्या दुई करोड ८३ लाखलाई आधार मान्दा प्रत्येक नेपालीको भागमा १४ हजार दुई सय ७२ ऋण पर्छ । नेपालले १६ वटा देश तथा निकायबाट ऋण लिएको छ ।
नेपालले विश्व बैंक, एसियाली विकास बैंक, तेल उत्पादक देशहरूको संगठन ओपेक बहुपक्षीय निकायबाट दुई खर्ब २९ अर्ब १८ करोड ९५ लाख ऋण लिएको छ । त्यस्तै भारत, जापान, फ्रान्सलगायतका देशबाट २७ अर्ब पाँच करोड ३७ लाख ऋण लिएको छ ।
नेपाललाई सबैभन्दा बढी विदेशी ऋण एसियाली विकास बैक (एडिबी) ले दिएको छ भने सबैभन्दा कम बेल्जियमको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार नेपालले एडिबीलाई एक खर्ब १४ अर्ब १५ करोड भुक्तान गर्नुपर्नेछ । त्यस्तै बेल्जियमको ऋण भने १७ लाख २२ हजारमात्रै छ ।
एडिबीको ऋणको ब्याजदर साढे एक प्रतिशत छ । बेल्जियमले नेपाललाई निब्र्याजी ऋण दिएको हो । एडिबीपछि नेपाललाई सबैभन्दा बढी ऋण विश्व बैंकले दिएको छ । विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) मार्फत नेपाललाई ऋण उपलब्ध गराउँदै आएको छ । नेपाललाई आइडिएको एक खर्ब ६ अर्ब २० करोड ऋण छ ।
तर, विश्व बैंकले ऋण उपलब्ध गराउँदा प्रतिबद्धता र सेवा शुल्क (यहाँका बैंक र फाइनान्सले जस्तै) असुल्ने गरेको छ । बैंकले प्रतिबद्धता शुल्कबापत ०.५ र सेवा शुल्कबापत ०.७५ प्रतिशत लिने गरेको छ । विश्व बैंकसँग ऋण लिने प्रतिबद्धता जनाएपछि ऋण नलिए पनि प्रतिबद्धता शुल्क तिर्नुपर्छ ।
अन्तर्राष्ट्रिय आर्थिक निकाय (बहुपक्षीय) ले दिनेभन्दा एउटा कुनै देशले सोझै नेपाललाई दिने (द्विपक्षीय) ऋणको ब्याजदर महँगो छ । कुवेती कोष, फ्रान्स, साउदी कोषले उपलब्ध गराएको ऋणको ब्याजदर एकदेखि तीन प्रतिशतसम्म छ ।
आर्थिक वर्ष ०६५/६६ भन्दा आर्थिक वर्ष ०६६/६७ मा नेपालको ऋण भने घटेको छ । नेपाल सरकारले तिरेका कारणले होइन, अमेरिकी डलरको मूल्य घटेका कारणले । अमेरिकी डलरमा ऋणको कारोबार हुने हुँदा डलरको मूल्यमा हुने उतारचढाबले वैदेशिक ऋण पनि स्वतः तलमाथि हुने गर्छ ।
जापानको धेरै र भारतको केही ऋण भए पनि अमेरिकाको एक रुपैयाँ ऋण छैन नेपाललाई । अमेरिकाले युएसएडमार्फत नेपाललाई ४.१२५ प्रतिशत ब्याजदरमा ऋण दिएको थियो, तर आर्थिक वर्ष ०६२/६३ मा नेपालले अमेरिकाका सम्पूर्ण ऋण भुक्तानी गरेको छ ।
भारतले नेपाललाई आर्थिक वर्ष ०६५/६६ देखि ऋण उपलब्ध गराएको हो । भारतलाई नेपालले एक अर्ब १७ करोड २३ लाख ऋण तिर्न बाँकी छ । ऋणको ब्याजदर भने १.७५ प्रतिशत छ ।
रुससँग १९९६ मा लिएको ऋण पनि नेपालले भुक्तानी गर्न सकेको छैन । ऋणको विनिमय दरका विषयमा दुई देशबीच विवाद भएका कारण नेपालले ऋण तिरेको छैन । 'अन्तर्राष्ट्रिय बजारअनुसार रसियन मुद्राको विनिमय दरअनुसार भुक्तानी लिन नमानेपछि ऋण विवाद भएको हो,' अर्थ मन्त्रालय स्रोतले भन्यो । रसियासँग २० अर्ब ३८ करोड ऋण छ ।
आत्मनिर्भर हुन नसक्दा नेपाल बहुपक्षीय तथा द्विपक्षीय निकायले राखेका सर्त मान्दै ऋण लिन बाध्य भएको छ भने प्रत्येक वर्ष साँवाब्याज भुक्तानीका लागि बजेटको ठूलो हिस्सा सरकारले छुट्याउने गरेको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले २२ अर्ब २३ करोड १४ लाख वैदेशिक ऋण लिने लक्ष्य राखेको छ ।
नेपालले विदेशमा मात्र होइन, देशभित्रैबाट पनि ऋण उठाउने गरेको छ । सरकारले राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, विकास ऋणपत्र, विशेष ऋणपत्र, ट्रेजरी बिललगायतबाट ऋण लिने गरेको छ । कुल आन्तरिक ऋण एक खर्ब ४८ अर्ब २२ करोड ७२ लाखमध्ये सबैभन्दा बढी ट्रेजरी बिलबाट उठाएको छ । ट्रेजरी बिलबाट मात्र सरकारले ऋण एक खर्ब दुई अर्ब चार करोड उठाएको छ । आन्तरिक ऋणको अवधि २८ दिनदेखि पाँच वर्षसम्म हुन्छ भने ब्याजदर ९.७५ प्रतिशतसम्म छ ।
सरकारले प्रत्येक वर्ष स्वदेशी तथा विदेशी ऋण चुक्ता गर्न बजेट वक्तव्यमार्फत रकम छुट्याउने गरेको छ । बजेटमार्फत छुट्याइएको रकमबाट सरकारले साँवाब्याज भुक्तानी गर्ने गरेको छ ।
सरकारले गत आवमा कुल साँवाब्याज भुक्तानी २८ अर्ब ४१ करोड ३५ लाख गरेको थियो । गत आवमा आन्तरिक ऋण सात अर्ब ६८ करोड ९३ लाख र वैदेशिक ऋण १० अर्ब ७४ करोड ३० लाख गरी १८ अर्ब ४३ करोड २३ लाख भुक्तानी गरिएको थियो । त्यस्तै ब्याजमा नौ अर्ब ९८ करोड १२ लाख दिइएको थियो । सरकारले चालू आर्थिक वर्षमा साँवा भुक्तानीका लागि १८ अर्ब चार करोड २३ लाख छुट्याएको छ ।
अरु यता >>

राजधानीका डाँडा सेताम्मे

काठमाडौ, माघ ३ - धेरैपछि राजधानी वरिपरिका डाँडा आइतबार हिउँले सेताम्मे बने । वर्षासँगै डाँडाहरूमा बाक्लै हिउँ पर्‍यो भने सहरी क्षेत्रमा पातलो हिउँ फुस्फुसायो । दुई दिनअघि शुक्रबारै जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको थियो- काठमाडौंदेखि पश्चिम, मध्यभाग र हिमाली क्षेत्रका पहाडी भागमा हिउँसँगै वर्षा हुने ।
'राजधानीमा हल्का वर्षा हुने अनुमान गरिए पनि १५ सय मिटर उचाइभन्दा अग्ला डाँडामा बाक्लै हिउँ पर्‍यो, त्योभन्दा उचाइका ठाउँमा पनि हिउँसहितको वर्षा भयो,' महाशाखा प्रमुख एवं उपमहानिर्देशक मणिरत्न शाक्यले भने, 'पश्चिम वायुको प्रवेशसँगै वायुमण्डल तापक्रम शून्य डिग्रिसेल्सियससम्म झरेपछि राजधानीमा समेत हिउँ परेको हो ।'
नागार्जुन, शिवपुरी, ककनी, चिसापानी, नगरकोट, फुल्चोकी, चन्द्रागिरीलगायत डाँडामा हिउँ परेको छ । राजधानीसँगैको मकवानपुरको दामन, सिमभन्ज्याङ, पालुङ र टिस्टुङका साथै त्रिभुवन राजपथमा पनि हिउँ परेको छ । राजधानीवासीहरू ती ठाउँमा हिउँ खेल्न जान थालेका छन् ।
हिउँ परेपछि राजधानीमा चिसो बढेको छ । आइतबार राजधानीको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्रिसेल्सियससम्म झरेको थियो । 'अझै केही दिन चिसो बढ्ने सम्भावना छ,' शाक्यले भने ।
यसअघि सन् २००७ को फेब्रअरी १४ मा पनि राजधानी वरपरका डाँडाका साथै सहरी क्षेत्रमा हिउँ परेको थियो । त्यो राजधानीमा ६२ वर्षपछिको हिउँवषर्ा थियो ।  कम उचाइका चाबहिल, कपन, थली, डाँछी, मूलपानी, चाँगुनारायण, ललितपुरको लेले, चापागाउँलगायत क्षेत्रमा पनि आइतबार हल्का हिउँ
पर्‍यो । बढी उचाइको वायुमण्डल तापक्रम शून्य डिग्रीमा झरेपछि त्यसको प्रभावले राजधानीका कम उचाइमा पनि हिउँ झरेको वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए । हिउँ वर्षाको केही प्रभाव सोमबारसमेत रहने अनुमान उनले बताए ।
उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित उच्च पहाडी जिल्लाहरूमा बाक्लो हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । संखुवासभा, जुम्ला, मुस्ताङ, हुम्ला, गोरखा, मुगु, लमजुङ, दोलखालगायत जिल्लामा बाक्लो हिउँ परेको हो ।
सोलुखुम्बुको लुक्लामा बिहानैदेखि हिमपात भएको थियो । हिमपातका कारण लुक्लाको हवाई सेवा ठप्प भएको छ । हिमालपारिको जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङमा शनिबार रातिदेखिको भारी हिपमातले जनजीवन कष्टकर बनेको छ । माथिल्लो मनाङको टंकी माङ, खाङ्सार, भ्राका, ङावल तथा नार र फुका साथै सदरमुकाम चामेमा पनि बाक्लो हिउँ परेको छ ।
मनाङ सदरमुकाम चामेमा डेढ फिट हिउँ जमेको र जनजीवन कष्टकर बनेको छ । १३ गाविस रहेको मनाङको तल्लो मनाङस्थित धारापानीबाहेक सबै गाविसमा पनि हिमपात भइरहेको छ । हिमपातका कारण अन्नपूर्ण पदयात्राका लागि निस्केका पर्यटक बीचबाटोमै अलपत्र परेका छन् । मौसममा आएको खराबी र भारी हिमपातका कारण मनाङको एकमात्र पोखरा-मनाङ हवाई सेवा पनि बन्द भएको छ । हिमपातका कारण विद्युत् र टेलिफोनमा पनि समस्या उत्पन्न भएको छ । यसैगरी लमजुङको घनपोखरा, घलेगाउँ भुजुङ, सिउरुङ, ताघ्रिङ, बाँझाखेत लगायतका गाविसमा पनि हिमपात भएको छ । सदरमुकाम बेंसीसहरको वरिपरि रहेको डाँडा बाक्लो हिउँले ढाकेको छ । मकवानपुरको दामन र काभ्रेको भीमदत्त राजमार्गमा पनि साँझसम्म हिमपात भइरहेको छ ।
अरु यता >>

Sunday, January 16, 2011

राजधानीमा पनि हिउँ पर्‍यो

काठमाडौं, माघ २ - चिसो बढेसँगै आइतबार राजधानी वरपरका डाँडाहरुमा पनि हिउँ पर्न सुरु भएको छ ।
दिउँसोदेखि पश्चिमदेखि आउने बायुको मात्रा बढेसँगै राजधानी वरपरका डाँडाहरुमा हिउँ पर्न सुरु भएको हो । 'पश्चिदेखि आउने बायुको मात्रा बढेपछि नागार्जुन, चन्द्रागिरी, नरकोटलगायतका ठाउँमा फुसफुसे हिउँ पर्न थालेको छ,' मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक मणिरत्न शाक्यले भने, 'बेलुकासम्ममा अझै बाक्लो हिउँ पर्ने सम्भावना छ ।
राजधानीको तल्लो भागमा भने बाक्लो हिउँ पर्ने सम्भावना नरहेको शाक्ले बताए । चाबहिल, थली, डाँछी, मूलपानी, चाँगुनारायणलगायतका क्षेत्रमा पातलो हिउँ फुसफुसाएको थियो । नगरकोटमा दिउँसोदेखि हिउँ खेल्न जानेको भीड सुरु भएको छ ।

राजधानीमा आइतबार अपरान्ह सिमसिम पानी परेपछि चिसो बढेको छ । 'भोलिदेखि केही दिन अझै चिसो बढ्ने सम्भावना छ,' उनले भने ।
यसैबीच मुलुकका उच्चपहाडी जिल्लाहरुमा आइतबारदेखि बाक्लैगरी हिउँ पर्न सुरु भएको छ । संखुवासभा, हुम्ला, मुगु, गोरखा, लमजुङ, दोलखालगायतका जिल्लाहरुमा हिउँ पर्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु यता >>

यदि तपाईं आफ्नो उमेर अब कति बाँकी छ भनेर हेर्न चाहनु हुन्छ भने .....

मान्छे जन्मे पछि मर्नु नै पर्छ, यदि तपाईं आफ्नो उमेर अब कति बाँकी छ भनेर हेर्न चाहनु हुन्छ भनेwww.deathclock.com यसमा क्लिक गरेर हेर्नुहोला तर आफ्नो मृत्‍युको date हेरेर बिचलित भने नहुनु होला नि ल
अरु यता >>

नेपालको राष्ट्रिय झन्डासहित युवतीको अर्धनग्न नृत्य हेर्न वाणिज्य तथा आपूर्ति राज्यमन्त्री सरोेजकुमार यादव पैसा नतिरी डान्सबारबाट भागे

नेपालको राष्ट्रिय झन्डासहित युवतीको अर्धनग्न नृत्य हेर्न वाणिज्य तथा आपूर्ति राज्यमन्त्री सरोेजकुमार यादव पैसा नतिरी डान्सबारबाट भागेका छन् । तर, उनका सहयोगी भने पक्राउ परेका छन् ।
शुक्रबार राति साथीहरूसहित सुन्धारास्थित गाजलु आँखा डान्सबारमा गएका राज्यमन्त्री यादवले पाँच बोतल बियर, १४ गिलास वाइन, १० क्यान रेडबुल, हाफ बोतल सिग्नेचर खाएका थिए । युवतीहरूको अर्धनग्न नृत्य देखाउने रेस्टुरेन्टमा १० हजार ६ सय ७५ रुपैयाँको बिल उठेपछि राज्यमन्त्री यादव पैसा नतिरी भागेका थिए । मन्त्री भागेपछि उनका साथी विनयकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।
बा.१झ ८३८९ नम्बरको सरकारी गाडीमा नेपालको राष्ट्रिय झन्डा फहराउँदै राज्यमन्त्री यादव सुन्धाराको बिएन्डबी भवनको दोस्रो तलामा रहेको गाजलु आँखा डान्सबारमा गएका थिए । साँझ ८ बजे डान्सबारमा पुगेका उनीहरूले करिब दुई घन्टा रमाइलो गरेका थिए ।
तर पैसा नतिरी हिँड्न खोजेपछि डान्सबारका कर्मचारीले मन्त्रीको गाडी रोक्ने प्रयास गरेका थिए । यही विषयमा डान्सबारका कर्मचारी र मन्त्रीका पिएबीच डान्सबारअगाडि सडकमा झगडा पनि भएको थियो । विवादबीच राज्यमन्त्रीको गाडी साइरन बजाउँदै भागेको थियो भने डान्सबारका कर्मचारीको सहयोगमा प्रहरीले मन्त्रीका साथी विनयकुमार रायको गाडी कब्जामा लिएको थियो ।
बारका कर्मचारीले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरी निरीक्षक अवधेश विष्टको नेतृत्वमा गएको टोलीले राति साढे १० बजे विनयकुमारलाई पनि पक्राउ गरेको हो । र, अर्काे एउटा कार लिएर राज्यमन्त्री यादव डान्सबारमा गएका थिए ।
डान्सबारका एक कर्मचारीका अनुसार मन्त्री यादवको नाममा करिब १२ हजार रुपैयाँको बिल उठेको थियो । त्यसमा छुट गरेर १० हजार ६ सय ७५ कायम गरिएको उनले बताए । राज्यमन्त्री यादव र उनका साथीहरूले पर्याप्त मदिरा खाए पनि कुनै 'फुड आइटम' लिएका थिएनन् ।
राज्यमन्त्री यादवका साथी रायलाई पक्राउ गरेपछि उनलाई छोड्न 'माथिल्लो निकायबाट' राति नै दबाब आइरहेको थियो । विनयकुमारले आफूलाई राति नै नछाडिए भोलिदेखि बार खोल्न नदिने भन्दै प्रहरीलाई पनि धम्की दिइरहेका छन् । 'म १० हजार रुपैयाँको मान्छे हो' भन्दै उनले निरीक्षक विष्टसँग झगडा गरिरहेका थिए । स्रोतका अनुसार डान्सबारको १६ नम्बर टेबल बुक गरी राज्यमन्त्री यादवले साथी राय, पिए र पिएसओसँगै बसेर रक्सी पिएका थिए । डान्सबारका सञ्चालक शंकर पौडेलले मन्त्री यादव र उनका साथी एक रुपैयाँ पनि नतिरी भाग्न खोजेपछि प्रहरीलाई खबर गरिएको बताए ।
राज्यमन्त्री यादव सद्भावनाको तर्फबाट बारा- १ बाट निर्वाचित सभासद् हुन् । त्यस्तै, नवलपरासी जमुनिया घर भएका विनयकुमार व्यवसायी हुन् । उनले पैसा नतिरेकोमा प्रहरीलाई खबर गरेको भन्दै डान्सबार सञ्चालक पौडेललाई धम्क्याएका थिए ।
डान्सबार स्रोतका अनुसार राज्यमन्त्री यादव टेबलमा युवतीहरूलाई वरिपरि राखेर बसेका थिए । ती युवतीहरूले समेत खाएको रक्सीका कारण बिल बढेको थियो । जनसेवाका प्रहरी निरीक्षक विष्टले डान्सबारको बिल तिरेपछि मात्र रायलाई छोडिने बताए ।
अरु यता >>

स्पेनको 'बुल फाइट' सम्झाउने, तारुका गाउँको गोरुजुधाइ

तारुका, माघ १ गते । स्टार स्पोर्टस, टेन स्पोर्टसलगायतका विदेशी खेलकुद टेलिभिजन च्यानलहरूमा स्पेनको राष्ट्रिय खेल 'बुल फाइट' हेर्दै आएका नेपालीलाई नेपालमा पनि हरेक वर्ष साँढे -गोरु) जुधाई प्रतियोगिता हुन्छभन्दा अचम्म लाग्नसक्छ ।
गाउँका अजङ्ग साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगितालाई नुवाकोट जिल्लाको तारुका गाउँ विकास समितिले सय वर्षभन्दा लामो समयदेखि निरन्तर आयोजना गर्दै आइरहेको छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह वि.सं. १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो ।
माघे सङ्क्रान्ती पर्व ध्यू, चाकु, तरुल आदि खाएर मनाइने यो पर्व तारुकामा भने सयौँ वर्षदेखि ती परिकारहरूको अलावा यो गोरुजात्रा नुवाकोट जिल्लाको तारुकावासीको पहिचान नै बनिसकेको छ ।
स्थानीय झिँगटी घरबाट सुरु भएको उक्त खेल परम्परा प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन आयोजना गरिन्छ । माघे सङ्क्रान्तिमा आफूले पालेको साँढे जुधाए नाम कमाउने धुनमा गाउँलेहरू आफू गुन्द्रुक खाएर गोरुलाई मास खुवाई पाल्छन् । आफूले रुखोसुखो खाएर गोरुलाई मीठोमसिनु खुवाएर पाल्ने गरेको यहाँका गोरुपालकहरूको भनाइ छ ।
जुधाउनकै लागि गोरुलाई छोराछोरी जत्तिकै स्याहार-सुसार गर्ने गरिन्छ, स्थानीय वृद्ध झमबहादुर प्रधान भन्नुहुन्छ ।
तारुकावासीले शनिबार पाँच हल गोरुलाई प्रतियोगिको रूपमा र तीन हल गोरुलाई सहभागीको रूपमा मैदानमा उतारेका थिए । गोरुको लडाइँ हेर्न तारुका गाविसमा २० हजारभन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सुरुमा मनोरञ्जनको लागि मात्र रहँदै आएको गोरु जुधाईको परम्पराले चौतर्फी प्रचार पाउन थालेपछि परिमार्जन गर्दै लगिएको आयोजक समितिका अध्यक्ष खतिवडाले बताउनुभयो । विगत केही वर्षदेखि नुवाकोट, धादिङ, रसुवा, काठमाडौँलगायतका जिल्लाबाट दर्शकहरूको उपस्थिति बढ्न थालेपछि यहाँ जात्रा व्यवस्थापनको लागि आयोजकले सयौँको सङ्ख्यामा स्वयंसेवकसमेत खटाउन थालेको छ । गोरु जुधाउने परम्परालाई दीर्घकालीन रूपमा निरन्तरता दिन गाउँलेहरूले गत वर्षदेखि जग्गा सहयोग मागेर गोरु जात्राको लागि मैदानसमेत जोहो गरेका छन् । यहाँ १२ रोपनी बारीको पाटो गोरु जुधाउन छुट्याइएको छ ।
यसैबीच आजको गोरु जुधाई हेर्नका लागि नेपाली काँग्रेसका सभासद् तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, नेकपा एमालेका नेता महेन्द्रबहादुर पाण्डेलगायतका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । उहाँहरूले तारुकाको जोरु जात्रा हेरेपछि गोरखापत्रसँग प्रतिक्रिया दिँदै यस्ता प्रकारका नौलो संस्कृति जर्गेना गर्नको लागि राज्यपक्षबाट समेत मद्दत हुनुपर्ने भनाइ राख्नुभएको छ ।
यो निकै भिन्न स्वादको संस्कृति हो, यहाँका किसानहरूले आफ्नै क्षमतामा धानिरहेको परम्परा बचाउन चौतर्फी पहल र चासोको बेला भएको सभासद् केसीले भन्नुभयो ।
अरु यता >>

Friday, January 14, 2011

फोन गर्दा गर्दै ज्यान गयो

क्वालालम्पुर मलेसिया, पुस ३० - मलेसियामा एक नेपालीको फोन गर्दा गर्दै ज्यान गएको छ । घरमा फोन गर्दा गर्दै अचानक हृदयघात भएपछि उदयपुर जिल्ला पञ्चवति गाविस वडा नं. ४ रुन्जाटारका करिव ४० वर्षीय शेर बहादुर राना मगरको ज्यान गएको हो । गत शनिबार दिउसो १२ बजेको समयमा नेपालमा रहेकी आफ्नी श्रीमती र छोरीलाई फोन गर्दा गर्दै हातबाट फोन खसेको थियो अनि उनी अचानक त्यहिनै ढलेका थिए । ढलेकै स्थानमा उनको ज्यान गएको सहयोगी साथी गोपाल कोइरालाले जनाएको छन ।१८ महिना अगाडि मलेसिया आएका राना मगर सेलोङगरमा रहेको टिपटप मिट एसडिएनविएचडिमा कार्यरत थिए ।
अरु यता >>

हतियारधारीद्वारा राजधानीमै बैंक लुटपाट

काठमाडौं, पुस ३० - हतियारधारी समूहले शुक्रबार अपरान्ह ललितपुरस्थित एक बैंकबाट १४ लाख रुपैयाँ लुटपाट गरेका छन् ।
मोटरसाइकलमा आएको तीन जनाको हतियारधारी समूहले ललितपुर जावलाखेलस्थित स्ट्यान्डर्ड चार्टर बैंकबाट १४ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । अपरान्ह १. १० मा लुटेराहरु बैंकमा प्रवेश गरी पेस्तोल देखाएर एउटा भुक्तानी शाखा नियन्त्रणमा लिई लुटपाट मच्चाएको प्रहरीको भनाई छ ।
लुटपाटकाक्रममा बैंक सुरक्षागार्डले भने कुनै प्रतिरोध नगरेको प्रहरीले बताएको छ । प्रहरीले अहिले लुटारहरुको खोजी तीब्र पारेको छ ।
अरु यता >>

आइतबारदेखि १२ घण्टा लोडसेडिङ

- विद्युत प्राधिकरणले आइतबारदेखि दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ। सुख्खा मौसम भएकोले नदीमा पानी घटेपछि लोडसेडिङ बढेको हो। प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङ तालिका अनुसार उपभोक्ताको घरमा दिनको दुई पटक ६/६ घण्टाका दरले लोडसेडिङ हुनेछ।
अरु यता >>

आजदेखि नेपाल पर्यटन वर्ष प्रारम्भ

काठमाडौ , पुस ३० - नेपाल पर्यटन वर्ष २०११ आज(शुक्रबार) बाट औपचारिक रूपमा सुरु हुँदैछ । पर्यटन वर्षअन्तर्गत दस लाख पर्यटक भित्र्याउने योजना रहेको छ । यसै उपलक्ष्यमा आज दिउँसो यहाँस्थित दशरथ रङ्गशालामा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले पर्यटन वर्षको शुभारम्भ गर्दैछन् ।
अरु यता >>

पत्नीको हत्यापछि पीडित नेपाली न्याय चाहन्छन्

नयाँ दिल्ली, पुस ३०- 'म १४ वर्षको हुँदा भारत आएको हुँ, अहिले ७२ वर्ष भएँ। यतिखेर आएर मैले सबैथोक गुमाएँ। मलाई बाँच्न मन छैन।' अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ६७ वर्षीय श्रीमतीको बलात्कारपछि हत्या भएको घटनाले आक्रान्त कृष्णलाल थापाले बुधबार अबेर पुरानो दिल्लीस्थित रामकृष्ण आश्रमस्थित सानो रेस्टुरेन्टमा नागरिकसँग भने।
'मजनु की टिला'मा पुस १६(डिसेम्बर ३१)का दिन भएको घटनापछि कृष्णलालकी श्रीमती शारदाको बलात्कार तथा हत्याको आरोपमा ४५ वर्षीय अच्छेलाललाई पक्राउ गरिएको छ। उनले यसअघि नै बलात्कार अभियोगमा सजाय काटिसकेका छन्। कृष्णलाल उनका कामदार हुन्।
शारदालाई आफ्नै घरमा लडिरहेको भेटिएपछि तत्कालै अरुणा आसफ अली अस्पताल लगिएको थियो। चिकित्सकहरूले अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको जनाएका थिए।
स्थानीय बालिकाको सूचनाअनुसार घटना भएको स्थानमा अन्तिमपटक देखेको व्यक्ति भन्दै प्रहरीले लाललाई पक्राउ गरेको हो। उनको मोबाइलसमेत शारदानजिकै छुटेको थियो। घटनापछि लाल घटनास्थल छोडेर भाग्न लागेको प्रहरीसँगको बयानमा उनैले बताएका छन्। प्रहरीसँग उनले अपराध स्वीकार गरिसकेका छन्।
घटना सम्झँदै कृष्णलालले भने, 'लाल त्यो दिन बिहान करिब नौ बजेतिर मेरो एककोठे घरमा आए र मलाई नियमित काममा पठाए। म दिउँसो तीन बजे फर्कंदा शारदालाई प्रहरीले अस्पताल लगिसकेको रहेछ।'
प्रत्यक्षदर्शीले नागरिकलाई कृष्णलाल गएपछि लाल र शारदामात्रै घरमा रहेको बताए। उनले शारदालाई मासु पकाउन लगाए र दुवैले रक्सी खाए। 'त्यसपछि लालले उनीमाथि आक्रमण गर्‍यो, प्रतिवाद गर्दा उसले मुखमा कपडा कोचेर उनलाई मार्‍यो,' नाम बताउन नचाहाने एक छिमेकीले भने। उत्तर प्रदेशका लाल १५ वर्षदेखि विभिन्न टेन्ट कम्पनीमा काम गर्छन्। रक्सीबाज उनका सात सन्तान छन्।
धुलिखेलमा जन्मिएका कृष्णलाल र गुजराती शारदाबीच करिब ४० वर्षअघि बिहे भएको थियो। उनीहरू दुई वर्षअघि हरियाणाबाट दिल्ली आएका हुन्। उनीहरूका सन्तान छैनन्।
'अब यहाँ केही बाँकी छैन, म घर फर्कन चाहन्छु,' थापाले आँसु झार्दै नागरिसकँग भने, 'तर मेरा नेपाली साथीहरूले म नेपाल फर्किएँ भने अपराधी रिहा हुन्छ भनिरहेका छन्।' लालले कडा सजाय पाएको हेर्न आफूले चाहेको उनले बताए।
नेपालीको सानो समूहले सञ्चालन गरेको संस्था हेल्प नेपाली मिसन अहिले थापाको उद्धार र सहयोगमा लागेको छ। संस्थाले यो मुद्दा अघि बढाउन उनलाई सघाइरहेको छ। 'हामी उनको मुद्दा लड्न र दोषीलाई सजाय दिन सघाउँदै छौं,' संस्थाका सभापति कवि कार्कीले भने, 'उनी नेपाल फर्किए भने मुद्दा कमजोर हुनेछ। त्यसैले हामीले उनलाई फैसला नआउन्जेल खाना र आवास उपलब्ध गराएका छौं।'
शारदाले ४० वर्षसम्म घरेलु काम गरेको नैना बर्मा परिवारसँग ७० लाख भारु लिन बाँकी रहेको सूचना पाएको संस्थाका सभापति कार्कीले बताए।
बर्मा दम्पत्ती रजौरी गार्डेनमा बस्छन्। 'कृष्णलालले कति रकम पाउन सक्छन् भनेर हामी लागिरहेका छौं,' कार्कीले भने, 'उनीहरूलाई रकम बाँकी छ भनेर कुनै प्रमाण नभएको भन्दै मुर्ख बनाएका रहेछन्।'
यसैबीच शारदाको मुद्दा हेरिरहेको दिल्ली उच्च न्यायालयकी वकिल नन्दा शर्माले तीसहजारी अदालतमा पहिलो सुनुवाइ शुक्रबार हुने बताएकी छन्। उनले कृष्णलाललाई अदालतलमा बोलाइनसक्ने बताए।
'अदालतले मानवीयताको आधारमा कृष्णलालको पक्ष लिनसक्ने मलाई लाग्छ,' शर्माले भनिन्, 'हामीले यो मुद्दा भारतीय प्यानल कोडको ३७८ र ३०२ अन्तर्गत लड्दैछौं।'
अरु यता >>

Thursday, January 13, 2011

ससुराली आएका युवकको सासु र श्रीमतीद्वारा हत्या

दमक, पुस २९ - झापाको महेशपुरमा बुधबार राति ससुराली गएका एक युवकको सासु र श्रीमतीले कुटपिट गरी हत्या गरेका छन् । महेशपुर ३ का कौशिला थापा र उनकी छोरी विमला थापाले सोहि स्थानका २५ वर्षीय दीपक वनको कुटपिट गरी हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका वनले माइती घरमा बसेकी श्रीमती विमलालाई घरायसी विवादमा कुटपिट गर्न खोज्दा राति साँढे ८ बजे सासु कौशिला र विमला भएर उनलाई कुटपिट गरी गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ । कुटपिटबाट गंम्भीर घाइते वनको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले हत्यामा संलग्न आमा छोरीलाई नियन्त्रणमा लिएको छ ।
अरु यता >>

नेपाली जोक्स..........

1. लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्र स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ? लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।
2. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १—१ गिलास दिनुस् त् (पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी।
3. एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी ।
4. कक्षामा निबन्ध लेख्ने विषयमा दुई जना विद्यार्थीबीच भलाकुसारी चल्यो । पहिलोले सोधेछ: पहिलो: मलाई निबन्ध लेख्न साह्रै गार्हो लाग्छ, कसरी लेख्ने होला है ? दोश्रो: निबन्ध ? त्यो त सजिलो छ नि ! पहिलो: कसरी लेख्ने भन न त । दोश्रो: हातमा कलम समात अनि लेख न ।
5. दुई जना स्कुले बालकहरु श्यामे र रामे स्कूल जाँदै गर्दा बटोमा गफ गर्दै: श्यामे: अँ, हिजो त मैले अनौठो कुरा देखेँ नि ! रामे: के हो त त्यस्तो अनौठो कुरा ? श्यामे: मैले हिजो कुखुराले अण्डा परेको देखेँ नि ! रामे: यस्तो सानो कुरा पनि सुनाउने हो ? श्यामे: केको सानो कुरा ? सक्छस् भने तैँले पारेर देखा त ।
6. A sardar got an invitation to a party which said"Red tie only".But when he went to the party,he was surprised to see that others were wearing pants and shirts also.
7. Teacher: Everyone write your lover's name in a piece of paper. Girls after 2 secs.: Finished mam. Boys after 10 minutes: Extra sheet mam.
8. Men always have better freinds....They will stand by you, no matter what!!! Friends of women: A wife was not at home for a whole night.So,she tells her husband the very next morning,that she stayed at her friend's(girl friends) apartment the whole night.So the husband callsc 10 of her best (girl) and nooneof them confirmed that she was with them. Friends of men: Ahusband was not at home the overnight.So, he tells his wife the very next morning that he stayed at his friend's(boy) apartment overnight.So,the wife calls 10 of his best(boy)and 5 of them confirmed that he was with them that night and other 5 are claiming that he is still with them.
9. Sardar at bar in New York: Man on his right says:"Jony walker single" Man on his left says:"Peter scotch single" Sardar says:"Balgith singh married"
10. Prince Charles and Sardar ji were having dinner. Prince said,:"Pass the wine you divine" Sardar thinks"how poetic" Sardar says,:"Pass the custard you bastard."
11. Bhikari: Saab 6 rupaye de do na, coffee pini hai. Man: Kyoun 1 coffee 3 rupaye ki hai na ? Bhikari: par saab saath main GF bhi hai.. Man: Bhikari ho aur GF banali? Bhikari : Saab GF ne bhikari bana diya.
12. Q:Why can't you keep a clock in jail? A: Because Time is aways running out.
13. The world's thinnest book has only one word written in it "EVERYTHING" and the book is titled "WHAT WOMEN WANT?"
14. It seems that a lawyer had a little bit too much to drink and his way home rear-ended the car infront of him.The lawyer got out of his car, walked over to the driver of the other car and said, "Boy are you in trouble?I am a lawyer." The driver looked out of the window and said, No you are in trouble. I am a judge.
15. Girl : Do you love me? Boy: Yes dear!! Girl : Would you die for me? Boy : No, mine is undying love dear.!!
16. Soon after our last child left home for college, my husband was resting next to me on the couch with his head in my lap.I carefully removed his glasses; "You know, honey," I said sweetly, without your glasses you looklike the same handsome young man I married." "Honey", he replied with a grin, "Without my glasses, you look pretty good,too!!!
17. एक दिन मुन्द्रेको प्रमिकाले आफ्नो सबै लुगा फुकाल्यो र भनि मलाई तिम्रि श्रीमति जस्तै गर मुन्द्रेले सबै लुगा बठुल्यो र घुन लाग्यो ।
18. एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो। अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे तेरो छोराको मुत्यु भयो भन दियो। बियोग सहन नसकि मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो। जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो कि उसको त बिहे नै भा छैन जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे नभएको सम्झयो ॥
19. मुन्द्रेलाई सबैले आफ्नो रमाईलो बनाएको देखेर रिस उठेछ र एक दिन श्रीमतीलाई भनेछ एऊटा यस्तो चुटकिला भन जुनमा मेरो योगदान छैन मुन्द्रेकी श्रीमतिले भनिछ : म गर्भवती भए।
20. मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै
अरु यता >>
^ Scroll to Top