Wednesday, January 12, 2011

महाबौद्धमा आगलागी / लाखौंको धनमाल नष्ट

ईश्वरराज ढकाल, (काठमाडौं), महाबौद्धस्थित एक खाजाघरबाट सल्किएको आगोले अन्य चारवटा घरमा समेत क्षति पुर्याउँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
मंगलबार दिउँसो करिब २ बजे रमेश मानन्धरको घरमा राजेन्द्र मानन्धरले संचालन गरेको लसकुस खाजाघरमा आगलागी हुँदा सँगै रहेका अन्य घरमा समेत आगो सल्कँदा लाखौं रुपियाँबराबरको धनमाल जलेर नष्ट भएको छ।
आगलागी हुँदा खाजाघरमा खाजा खाइरहेका ग्राहकहरुको भागाभाग भएको थियो। आगलागीबाट मुकुन्द श्रेष्ठ बद्रीरत्न वज्राचार्य सानुराजा वज्राचार्य र प्राणमाया तुलाधरका घर र पसलमा लाखौं रुपियाँबराबरको सम्पत्ति जलेर नष्ट भएको छ। करेन्ट सर्ट भएर आगो लागेपछि खाजाघरमा रहेको टेलिभिजन पड्किएको थियो भने सोही टेलिभिजनबाट आगो सल्किएपछि अन्य घरमा समेत फैलिएको प्रहरीले जनाएको छ। आगलागीबाट टेलिभिजनको स्टोर र अन्य सामग्री रहेको पसलसमेत जलेर नष्ट भएको छ।
आगलागीमा परी स्थानीय ज्ञानेन्द्र मानन्धर सामान्य घाइते भएका छन्। उनको टाउकोमा पाँच टाँका लगाइएको छ। विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको स्थानीय वसुन्धरा मानन्धरले बताउनुभयो। काठमाडौं उपत्यकाका तीनै जिल्लाका दमकल प्रहरी र सेनाको टोलीलाई समेत आगलागी नियन्त्रण गर्न हम्मे परेको थियो। हनुमानढोकास्थित नेपाली सेनाको शार्दूलजंग गुल्म ग्यारिजन गण र सशस्त्र प्रहरी टोलीसमेत आगलागी नियन्त्रण गर्न खटिएका थिए।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top