Friday, November 25, 2011

न्युयोर्कमा एक नेपाली युवकको बिजोग

दिनेशजंग शाह न्युयोर्क, मंसिर ९ - आमाका बिलौना कम्ती हृदयविदारक छैनन् । छोराको हरेक प्रसंगपिच्छे आँसुका बलिन्द्रधारा बगाउँछिन्, उनी । हुन पनि किन नहोस् । छोरा, न्युयोर्कको गल्लीमा बेवारिसे अवस्थामा छन् । सुत्ने, खाने सडकमै । पश्चिमी भाषामा 'होमलेस' । रक्सीको कुलत र न्युयोर्कको ठन्डीले अवस्था गम्भीर बन्दै गएको छ ।

त्यसमाथि 'होमलेस' का रूपमा गरिने उनीमाथिको दृव्र्यवहारले जो कोही नेपाली भाषीलाई बिझाउँछ । तर समस्या यतिमै सीमित छैन । झन्डै एक वर्षअघिदेखि यो अवस्थामा रहेका उनलाई घर फर्काउन आमा न्युयोर्क आएको दुई महिना बितिसक्यो । तर छोरा रमणराज पाण्डे र्फकन मान्दैनन् ।

जबर्जस्ती फर्काउन अमेरिकी कानुनले दिँदैन । अब के गर्ने ? मुख्य समस्या यहाँनिर छ । 'आफ्नै आँखाले छोराको यो अवस्था देखेपछि म कसरी रित्तै नेपाल फर्किन सक्छु ?' शारीरिक रूपमा अशक्त देखिँदै आएको आमा रूपाले आँसु झार्दै भनिन्, 'उच्चशिक्षाका लागि अमेरिका आएको छोरो यस्तो भयो ।'

नेपाल फर्काउने आमाको इच्छामा छोराको नाइनास्ती र अमेरिकी कानुन तगारो बनेका छन् । 'फर्काउन पनि गाह्रो छ, नफर्काए स्थिति गम्भीर बन्दै गएको छ,' पाण्डेलाई थोरबहुत रेखदेख गर्ने रेस्टुरेन्ट व्यवसायी दुर्गा गुरुङले भने ।

छ वर्षअघि अमेरिकामा पढ्न आएका २६ वर्षीय रमण काठमाडौंको सम्भ्रान्त परिवार, तत्कालीन दरबारका बडागुरु पाण्डे खलकका सदस्य हुन् । न्युयोर्क युनिभर्सिटीमा फोटो पत्रकारिता पढ्दापढ्दै छोडेका उनी त्यसपछि सानोतिनो काम गर्दै आएका थिए । केही वर्षअघि बुवाको निधनपछि उनमा पिउने लत एकाएक बढ्यो । त्यसपछि उनी साथीभाइ अनि परिवारको घुलमिलबाट अलग्गिँदै गए ।

नेपाली समुदायमा सक्रिय शैलेश श्रेष्ठका अनुसार धेरैपटक उनका आफन्त एवं नेपाली समुदायले उपचारका लागि थुप्रै अस्पताल पुर्‍याए पनि उनमा कुनै सुधार आएन । आठ महिनाअघि समाजसेवी एवं व्यवसायी मोहन ज्ञवालीको अगुवाइमा पाण्डेलाई नेपाल फर्काउने दुईपटक प्रयास असफल भए । ज्ञवालीले कान्तिपुरसँग भने, 'पहिले उनी राजी भए तर एयरपोर्ट जाने क्रममा बीच बाटामा पुगेपछि नेपाल पठाउन खोजे आत्महत्या गर्छु भनेपछि हामी उनलाई यतै ल्याउन बाध्य भयौं ।' दोस्रोपटक उडानको दिन एयरपोर्ट जानै मानेनन् ।

छोरा फर्काउन अमेरिका आउनुअघि आमाले परराष्ट्र मन्त्रालयमा निवेदन दिएकी थिइन् । न्युयोर्कस्थित नेपाली नियोगले यसबारे पहल गर्दै आएको पनि छ । राष्ट्रसंघीय नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले यसबारे न्युयोर्कका मेयर वा सम्बन्धित अधिकारीलाई भेट्ने पहल गरिरहेका छन् ।

यसअघि कानुनीरूपमा पाण्डेलाई नेपाल सुपुर्दगी गरियोस् भन्ने नेपाली समुदायको आग्रहलाई न्युयोर्कस्थित अध्यागमनको डिपोर्टटेसनसम्बन्धी निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट -आईसीई) ले अस्वीकार गरेको छ । विद्यार्थी भिसामा आएका उनले अमेरिकी बसाइको वैधानिकता गुमाइसकेका छन् ।

'नेपाल सरकारले अमेरिकी सरकारसँग समन्वय गरे निकासको सम्भावना रहन्छ', वकिल विनोद रोकाको सुझाव छ ।

Ekantipur.com
अरु यता >>

Monday, November 14, 2011

विश्वका सात प्राकृतिक आश्चर्य !

नेपाल प्राकृतिक रुपमा निकै धनी छ । यहाँ विश्वको सबैभन्दा गहिरो गल्छीदेखि लिएर सबैभन्दा अग्लो शिखर सगरमाथा समेत छ । हाम्रा लागि यस्तो विविधता प्राकृतिक आश्चर्य हुनसक्छ तर एक अन्तराष्ट्रिय संस्थाले गरेको विश्वव्यापी सर्भेक्षणमा भने नेपालका कुनैपनि प्राकृतिक स्थल विश्वका प्राकृतिक आश्चर्यमा पर्न असफल भएका छन् ।

स्विस फाउण्डेसनले ४ वर्ष लगाएर विश्वव्यापी मत सर्भेक्षण गरी हालै विश्वका सातवटा प्राकृतिक आश्चर्य चयन गरेको छ । फिल्म निर्माता बर्नाड वीबर देखि लिएर फुटबल स्टार लियोनेल मेस्सीको समेत सहभागिता रहेको स्विस फाउण्डेसनले न्यू सेभेन वन्डर्स नामको वेभसाइटमार्फत अनलाइन मार्फत झण्डै १० लाख मानिसको राय संकलन गरेको थियो ।

आश्चर्यको दौडमा विश्वका ४ सय ४० स्थान समावेश थिए । जसमा भोटिङका आधारमा पहिलो चरणमा ७७ स्थान छनोटमा परे । अन्तिम चरणमा छनोट हुन सफल भएका २८ स्थानमध्येबाट ७ प्राकृतिक आश्चर्य चयन गरिएको हो ।

यसरी विश्वका सात प्राकृतिक आश्चर्यमा पर्न सफल स्थानहरुमा अमेजनको जंगल, भियतनामको १६ सय टापुहरुको समूह, ह्यालोंग खाडि, अर्जेन्टिनाको इगुआजु झरना, दक्षिण कोरियाको जेजू टापु, इण्डोनेसियाको कोमोडो टापु र दक्षिण अफ्रिकाको टेबल माउन्टेन परेका छन् ।





Onlinekhabar.com
अरु यता >>

Tuesday, November 8, 2011

टाउको नभएको बालकको जन्म


सल्यानमा टाउको नभएको बालक जन्मिएको छ । घाँजरी पिपल १ पाखापानीका बसन्त रोका र देवी रोकाको तेस्रो सन्तानको रुपमा सोमबार आफ्नै घरमा जन्मिएको बाललको टाउको छैन भने आँखा दुईवटा काँधमा र मुख छातिमा रहेको छ ।

बालकलाई हेर्नेको भिड लागेको छ । बालकको नाक र कान भने छैन । अहिले सम्म बाललकको स्वास्थ्य अवस्था राम्रो भएको र राम्रो हेरचाह गर्न डाक्टरले रोका दम्पतिलाई सल्लाह दिएका छन् । बालकले अहिले छातिमा रहेको मुखबाट दुध खाइरहेको उनका बुबा बसन्त रोकाले जानकारी दिनुभयो । सो ठाउ सल्यान सदरमुकामबाट झण्डै ५० किलोमिटर पश्चिममा पर्छ ।

mydcnepal.com
अरु यता >>

Sunday, November 6, 2011

नेपाली हास्यव्यंग्य क्षेत्रमा लामो समय देखि क्रियाशील कलाकार राजाराम पौडेलको जिबनी


राजाराम पौडेल नेपालका एक प्रसिद्द हाँस्यकलाकार हुनुहुन्छ । सानैदेखि चुलबुले र बदमासी स्वभाभ भएका राजाराम रेडियो नेपालमा प्रत्येक शनिबार आउने बाल कार्यक्रमको 'रेडियो नाटक' बाट कला यात्राको सुरु गर्नुभएको हो। हाल सम्म करिब ८ सय नाटकमा अभिनय गर्नु भएका राजारामले तीन दर्जन टेलिफिल्ममा अभिनय गर्नुभएको छ भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ । राजारामले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई मह जोडी नाम राखिदिनुभएको हो । पौडेल मह जोडीकै नाटक विज्ञापनमा अभिनय गर्दामात्र २ सय ७६ पटक मञ्चमा पुग्नुभएको छ ।

पिता सीताराम पौडेल र माता अम्बिका पौडेलको जेठो सन्तानको रुपमा काठमाडौंको नक्साल, नागपोखरीमा २०१३ पुस १२ मा जन्मनु भएका पौडेलका दुई दाजुभाइ र दुई दिदी बहिनी पनि हुनुहुन्छ । उहाँको न्वारानको नाम यादवकुमार हो । पाँच वर्षको उमेरमा घरमै पढाई प्रारम्भ गर्नु भएका राजारामको पहिलो गुरुनै पिताजी हुनुहुन्छ । ४ कक्षामा विजय मेमोरियल स्कुलमा भर्ना भएका राजाराम अर्को वर्ष ६ कक्षामा पद्मोदयमा भर्ना भएर पढ्नु भएको हो । त्यसपछि पद्मोदयबाट २०३४ मा एसएलसी सेकेन्ड डिभिजनमा पास गर्नु भएको हो ।

एसएलसी पछी उहाँ संगीतको माध्यमबाट आफुंलाई चिनाउन थाल्नुभएको थियो । अहिलेका राम्रा गायकमध्येका एक उत्कृष्ट गायक प्रकाश श्रेष्ठ र उहाँले धेरै कार्यक्रममा संगै गित प्रस्तुत गर्नुभएको थियो । २०३९ सालको गाईजात्रे हास्य व्यङ्ग्य कार्यक्रममा भाग लिएदेखि राजाराम हास्य व्यङ्ग्यतिर लागे प्रकाश श्रेष्ठ गायनमै चुलिए । त्यसपछि राजारामले मह जोडीको अंशबन्डा नामक नाटकमा काम गर्नुभयो । त्यसपछि मह जोडीकै टेलिफिल्म सन्ततिमा पहिलोपटक देखा पर्नुभयो । उहाँले सानो भए पनि अभिनय गरेको पहिलो चलचित्र वासुदेव हो ।

उहाँले कलाकारका रूपमा विभिन्न पुरस्कार पाउनुभएको छ । उहाँले कलाकारका रूपमा विभिन्न पुरस्कार पाउनुभएको छ । पछिल्लो पटक अमेरिकामा खोलिएका १६ संस्थाले एउटै मञ्चमा राखेर उहाँको सम्मान गरेका छन् । पौडेलले आफ्नो कला देखाउनकै लागि अमेरिका, हङकङ, थाइल्यान्ड, रुस, कोरिया, जापान, क्यानाडा, कतार, दुबई, बहराइन, सिंगापुरको भ्रमण गर्नुभएको छ ।

artistnepal.com
अरु यता >>

Wednesday, November 2, 2011

मर्सिडिज भन्दा महंगो साइकलको लिलामी

सुन्दा पनि अचम्म लाग्नसक्छ । एउटा साइकलको मुल्य मर्सिडिज कारको भन्दा पनि बढि छ । त्यतिमात्र होइन यतिधेरै पर्ने साइकल नचल्ने हालतमा छ ।

यो घटना अमेरिकाको हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल आउँदो हप्ता लिलामी हुने भएको छ । वाफबाट चल्ने यो साइकलका दुइ पांग्राबीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ । फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि छ यो साइकलमा ।

मोटरसाइकलमा जस्तै ह्यान्डलगि्रप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा थियो । यो अनौठो साइकललाई आउादो हप्ता लस भेगासमा लिलामी गरिँदैछ र आयोजकहरुले यसको मुल्य ४ करोड भन्दा बढि पर्ने बताएका छन् ।

अझ रोचक कुरा त के भने यस्तो अनौठो साइकल बनाउने रोपरलाई प्रहरीले यस्तो साइकल चलाएको भन्दै पक्राउ गरेको थियो । तर अन्तिममा उनीमाथि लगाउने आरोप तय गर्न नसकेपछि उनलाई छाडिएको थियो । रोपरको सन् १८९६ मा यहीँ साइकल दुर्घटनामा ज्यान गएको थियो । उनी हृदयाघात भएर साइकलबाट लडेको बताइन्छ ।

Onlinekhabar.com
अरु यता >>

Tuesday, October 25, 2011

कस्तो हिंश्रक फेसन हो यो ?

बलिउडकी अभिनेतृ, मोडेल तथा क्लासिकल डान्सर सुमन मिश्रा दिपावलीको अवसरमा धमाकेदार रुपले प्रस्तुत भएकी छिन् ।

हट ब्युटी मिश्राले दिपावलीको मौका पारेर टपलेस फोटोसुट गराएकी छिन् । टपलेस भनेपछि धेरैको आङ जिरिंग भयो होला । तर नआत्तिनुस् उनका ढाकिनुपर्ने चिजहरु पटकाले छोपिएका छन् । कस्तो जोखिम मोलेकी होलिन् सुमनले ? कस्तो हिंश्रक फेसन हो यो ?







Onlinekhabar.com
अरु यता >>

Tuesday, October 18, 2011

जगजित सिंहको आत्मकथा को एक भाग

-यज्ञश
सन् १९६१ मा मुम्बई आइपुग्दा जालन्धरको बीसवर्षे ठिटोको सपना 'मायानगरी' जत्तिकै चम्किलो थियो । तर, चार वर्षको संघर्षले पगडी धारण गरेको यो दाह्रीवाला ठिटोका सपनामा टन्नै धूलो जम्मा गरिदियो । सपनाको सहरमा केही अचम्मका मानिस र तिनका व्यवहार देखेपछि उदेक मान्दै एक दिन ठिटो सुटुक्क जालन्धर फर्कियो । फर्किने बेला न गोजीमा पैसा थियो, न हातमा टिकट । आपmनै सहरको स्टेसन पुग्ने रेल भने पटरीमा तैनाथ थियो । आफूसँग थियो त केवल बिस्तारै निभ्छ कि जस्तो भएको आपmनै सपनाको दियो । केटाले रेलको शौचालयमा बसेर यात्रा पूरा गर्‍यो । जीवनले कसैकसैलाई दोस्रो मौका पनि दिन्छ । यो केटो पनि चार वर्षपछि फेरि मुम्बई फर्कियो । यसपटक दाह्री कपाल र पगडीबिना, सफाचट ।

त्यसको ५६ वर्षपछि ब्रेन ह्यामरेजले निधन हुँदा यही केटाको परिचय फरक बनेको थियो, 'गजल सम्राट् जगजित सिंह ।' सोमबार ७० वर्षको उमेरमा मृत्युलाई पनि एउटा संगीतको नोटलाई जसरी शान्त भएर ग्रहण गर्दा जगजित सिंह धेरै दिनदेखि अस्पतालमा थिए । पहिलोपटक गजलमा १२ तारको गिटारको धुन प्रयोग गरेका जगजितको जीवनको तार चुडिँदा यसको आवाजले संसारभरका उनका प्रशंसकलाई दुःखी बनाएको छ, उनका गम्भीर र मोटो आवाजका गजलले जस्तै ।

शास्त्रीय शैलीका गजल र गायकीको दबदबा भएको समयमा गायनमा उत्रेका जगजित तलत मेहमुद, मेहदी हसन, मोहम्मद रफी र किशोर कुमारका प्रशंसक थिए । गजललाई सामान्यजनमा लोकपि्रय बनाउन उनले ठूलो योगदान गरेका थिए । नबुझिने भारीभरकम शब्दका सट्टा सामान्य शब्द र सजिलो लयमा गाएर यिनले 'अर्थ', 'साथ साथ', 'प्रेम गीत', 'दुश्मन', 'सरफरोश' जस्ता फिल्मका माध्यमले ठूलो पर्दालाई पनि आपmनो आवाजले पगालिदिए । जगजितको मृत्युपछि 'अर्थ'का निर्देशक महेश भट्टले भने, 'जगजितको आवाज नभएको भए 'अर्थ' त्यति राम्रो बन्ने थिएन ।' उनले आपmनो स्वरमा अन्तिम गीत 'बन्दुक' नामक फिल्मका लागि रकेर्ड गराएका छन् ।


सेप्टेम्बर २३ तारिखका दिन उनले मुम्बईमा एउटा ठूलो कन्सर्ट गर्दै थिए । गजल गायकीमा आपmनो अलगै पहिचान बनाएका पाकिस्तानी गायक गुलाम अलीसँग उनको जुगलबन्दी हुँदै थियो । र, त्यही दिन उनी बिरामी भएर अस्पताल भर्ना गरिए । केही दिनअघि दिल्लीमा यी दुई दिग्गजले यस्तै कार्यक्रम गरेका थिए । केही वर्षअघि आलोकश्रीको संगीतमा उनले नेपाली गजलको एउटा एल्बम पनि निकालेका थिए ।


ितेज गतिमा बग्ने हावा जब ठूलो रूखका टोड्कामा ठोक्कियो, त्यसबाट निस्किएको आवाजलाई मानिसहरू संसारको पहिलो संगीत मान्छन् । तर, मानिसको गलाबाट निस्कने आवाजको मीठासको रहस्य भने अहिलेसम्म खुलेको छैन । जगजितका प्रशंसक भन्छन्, उनको आवाज त्यस्तै रहस्यमयी थियो । 'होठों से छु लो तुम', 'तुम इतना जो मुस्कुरा रहे हो', 'कागजकी कस्ती', 'तुमको देखा तो ए खयाल आया', 'जादूका खिलौना', 'होसवालों को खबर क्या' करिब असी एल्बममा उनले यस्ता सयौं गीत गाए ।


जगजित र चित्राको स्वरमा 'हम तो हैं परदेश मे' सुन्दा लाग्थ्यो, मानौं छतमाथिको चन्द्रमा साँच्चिकै एक्लो छ । र, उदास चन्द्रमाको आँसु शीत बनेर एकैछिनमा धर्तीमा तप्किने छ !


'पायोनियर' पत्रिकालाई केही वर्ष पहिले दिएको अन्तर्वार्तामा उनले भनेका थिए, '१९६८ मा विविध भारती व्यवसायिक हुनु मेरो करिअरको सबभन्दा ठूलो मोड थियो ।' यो किनभने, रेडियोले विज्ञापन बजाउन थालेपछि जगजितले त्यसका लागि थुप्रै साबुन र अरु उत्पादनका विज्ञापन जिंगल बनाए । 'यो कामबाट मैले पहिलोपटक पैसा कमाएँ,' उनले भनेका थिए ।


जगजितको जीवनसँग नछुटीकन आउने एउटा नाम छ, चित्रा सिंह । सन् १९७० मा जगजितसँग विवाह गर्नुअघि चित्राको थर दत्ता थियो र उनको केहीअघि पतिसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसको पाँच वर्षपछि जगजित चित्राको यो जोडीले आपmनो पहिलो गजल एल्बम 'द अनर्फगटेवल' निकाल्यो । यो एल्बम कति हिट भयो भन्ने कुरा निकै पुरानो भइसक्यो । एल्बमको कभरमा जगजित र चित्रा सँगै बसेको फोटो थियो । यो फोटो चित्राका पहिलो पतिले खिचेका थिए । जगजित र चित्राको पहिलो भेट पनि यिनै देवोप्रसाद दत्ताले गराइदिएका थिए ।


चर्को गर्मीको मध्याह्नमा हल्का पानी बोकेको हावा चलेजस्तो मधुरो आवाज भएका जगजित-चित्राको जीवनमा भने सधैं यस्तो हावा चलेन । सन् १९९० मा मुम्बईमा भएको सडक दुर्घटनामा दिवंगत हुँदा यो जोडीको एक मात्र सन्तान विवेकको उमेर १८ वर्ष थियो । छोराको मृत्युपछि चित्राले गाउन छोडिन् । तर, जगजित गायनमा फेरि फर्के । त्यसपछि चित्रा केवल जगजितको रेकर्डिङ सुन्नका लागि मात्र स्टुडियोमा जाने गरिन् । अब सायद, यी गायिकाको स्टुडियोसम्म जाने पुल पनि भत्कियो ।


जगजित बेलाबेला आपmना टिप्पणीका कारण पनि चर्चामा रहन्थे । उनी थुप्रै पाकिस्तानी गायकहरूलाई मन पराउँदैनथे । अदनान सामीजस्ता पछिल्लो छिमलका गायकलाई उनी गायक नै मान्दैनथे । 'अदनान त गायक नै होइन, ऊ हिरो बन्न भारत आएको थियो, गल्तीले गायक बन्यो, यस्तालाई पाकिस्तान फिर्ता पठाइदिनुपर्छ,' उनले भनेका थिए ।


तर, यिनै जगजित कुनै दिन एक पाकिस्तानी गायकलाई सहयोग गर्न पाकिस्तानसम्म पुगेका थिए । ती गायक थिए, मेहदी हसन । 'मैले पाकिस्तानी मेहदी हसन होइन, कलाकार मेहदी हसनलाई सहयोग गरेको हुँ,' उनी सामान्य लाग्ने उत्तर दिन्थे तर आपmनो आवाजजस्तै स्पष्ट ।


िधर्मले शिख र मूलले पन्जाबी भए पनि जगजित राजस्थानमा जन्मेका थिए । तीन वर्षको उमेरमा पहिलोपटक स्टेजमा उनले गाए । आपmनो आवाजकै कारण उनले पढेको जालन्धरको कलेजले उनको फिस मिनाहा गरिदिएको थियो ।


एउटा अन्तर्वार्तामा उनले भनेका थिए, 'गायक नभएको भए म धोबी बन्थें होला । किनभने मलाई आइरन -इस्त्री) खुब मनपर्छ । मेरो एउटा पmयाक्ट्री पनि छ, जसले यस्ता मेसिन बनाउँछ ।' यसका अलावा उनको अर्को पनि गजबको सोख थियो, घोडादौडमा बाजी लगाउने । उनले केही घोडा पनि पालेका थिए । तीव्र गतिमा दौडिने घोडामाथि बाजी लगाउने जगजित आपै+mले भने जहिले पनि सुस्त गतिका गीत गाए । मिर्जा गालिबदेखि गुलजार र जावेद अख्तरजस्ता कविका शब्द गाए । गायकीको रेसमा उनी सधैं अगाडि रहे । जीवनको रेसमा भने उनले यसपटक बाजी हारे ।


उनैले गाएको गजलजस्तो 'दुनिया एउटा जादूको खेलौना' होला, जो पाए माटो र हराए सुनै होला । तर, पानीबाट निस्केर आकाशमा फैलने बाफजस्तै उनको स्वर रेकर्ड र सिडीबाट निस्केर संसारभर फैलिइरहनेछ । र, आउने थुप्रै वर्षहरूसम्म आहत- व्यग्र हृदयहरूका साथी बनिरहनेछ । त्यस्तो आवाज, जो उनी हुँदा पनि मीठो थियो, नहुँदा पनि मीठै रहनेछ ।

anubhav4all.blogspot.com
अरु यता >>

पेटको अपरेसन गर्दा मृगौलासमेत झिकियो

अरु यता >>

Wednesday, October 12, 2011

ह्याप्पी बर्थ डे अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चन ६९ वर्षमा टेकेका छन् । अलाहावादमा आजभन्दा ६९ वर्षअघि बुवा डाक्टर तथा कवी हरिवंश राइ बच्चन तथा आमा तेजी बच्चनको कोखबाट जन्मेका अमिताभ बच्चन अर्थात बिग बी को पहिलाको नाम इलकलाब रहेपनि पछि बुवा हरिवंशले नाम परिवर्तन गरी अमिताभ राखिदिएका थिए । अमिताभको अर्थ कहिल्यै ननिभ्ने ज्योति भन्ने हुन्छ ।

अमिताभले सफल अभिनेतृ जया भदुरीसग बिहे गरे । जया र अमिताभका स्वेता नन्दा तथा अभिशेक बच्चन गरी दुइ जना सन्तान छन् । अभिशेक बच्चन बलिउडकै हिरो हुन् भने स्वेता दिल्लीको एक व्यापारिक घरानाकी बुहारी बनेकी छिन् । अमिताभले बुहारी पनि हिरोइन नै पाए । छोरा अभिषेकले विश्व विश्व सुन्दरी तथा बलिउडकी चर्चित अभिनेतृ ऐश्वर्या रायसाग बिहे गरेका छन् । अमिताभ अब हजुरबुवा हुँदैछन् छिट्टै । अर्को महिना ऐश्वर्याले जुम्ल्याहा सन्तान जन्माउँदैछिन् ।

सात हिन्दुस्तान नामको चलचित्रबाट सन् १९६९ मा बलिउडमा डेब्यु गरेका अमिताभले त्यसपछिका ३ वर्ष ठूलै संघर्ष गर्नुपर्यो र त्यसबीचमा खेलेका १५ वटा फिल्म औषत रहे । तर सन् १९७२ को फिल्म जञ्जिर सुपरहित भएपछि बच्चन एकाएक हिट बने ।

फिल्ममा उत्कृष्ट अभिनेताको रुपमा बच्चनले अहिलेसम्म ४ वटा राष्ट्रिय अवार्ड पाएका छन् । सन् १९६९ मा सात हिन्दुस्तानका लागि उत्कृष्ट नवप्रतिभा अवार्ड , सन् १९९० को अग्नीपथ , २००५ को ब्लाक र २००९ को पा का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड हात पारेका छन् अमिताभले । त्यसका अलवा उनले डन , अमर अकवर एन्थोनी , नमक हराम , हम तथा आनन्द लगायतका फिल्मबाट विभिन्न अवार्ड हात पारेका छन् ।

उमेर चढ्दै गएपनि र बलिउडमा दमदार हिरोको संख्या बढ्दै गएपनि बच्चनको चार्म घटेको छैन । उनले ठूलो पर्दामा जस्तै सानो पर्दामा पनि उस्तै धमाका बच्चाइरहेका छन् । बिग बी का नामले चिनिने अमिताभले चलाउने टेलिभिजन रियालिटी शो कौन बनेगा करोडपति निकै चर्चित छ ।

४० वर्षसम्म बलिउड फिल्म उद्योगमा अनवरत रुपमा लागिरहेका अमिताभ अझैपनि थाकेका छैनन् । चोटका बाबजुत अमिताभ हाल रामगोपाल बर्माको फिल्म डिपार्टमेन्टको सुटिङमा व्यस्त छन् । यो बाहेक अमिताभलाई आसन्न फिल्म स्ट्रगलर , पावर , बुद्ध , हाउसफुल २ , तलिसमान , आाखे २ मा देख्न सकिनेछ । बलिउडमा मात्र सिमित नभएर अब बिग बी हलिउडमा पनि डेब्यु गर्दैछन् । उनको पहिलो हलिउड फिल्मको रुपमा रहेको ग्रेट ग्यास्बीको सुटिङमा उनी केही समयपछि व्यस्त हुनेछन् ।

ऋमिताभको जिवन फिल्म र टेलिभिजन प्रस्तोतामा मात्र सिमित रहेको छैन । उनी सन् १९८४ देखि ८७ सम्म भारतको सांसद समेत बने । यस्ता प्रतिभाशाली अमिताभ दीर्घजीवी होउन् । ह्याप्पी बर्थ डे टु यु , अमिताभ ।

Onlinekhabar.com
अरु यता >>

Tuesday, October 11, 2011

जुवाखालबाट पक्राउ लगत्तै छुटिन् करिश्मा

दसैँको फुलपातीका दिन जुवा खालबाट अभिनेत्री करिश्मा मानन्धर पक्राउ परेकी थिइन् । पक्राउपछि रोइकराइ गरेकी उनलाई प्रहरीकै दबाबमा छाडिएको छ ।

फुलपातीको दिन १६ असोजमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जस्थित एक घरमा जुवा खेलिरहेकी करिश्मासहित अन्यलाई थुन्न काठमाडौं परिसर हनुमानढोका लैजान लाग्दा उनी छुटेकी हुन् । काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले छाड्न आदेश दिएपछि उनीसहित सबै जुवाडे तत्कालै छुटेको स्रोतले बतायो ।

स्रोतका अनुसार विभिन्न उच्च व्यक्तिबाट तीव्र दबाब आएको भन्दै एसपी श्रेष्ठले उनीहरूलाई पक्राउ परेलगत्तै छाड्ने आदेश दिएका हुन् । परिसरका डिएसपी आभूषण तिमल्सिनाको टोलीले जुवाखाल सञ्चालक रामबहादुरसहित अभिनेत्री करिश्मालाई पक्राउ गरेको हो ।

सादा पोसाकमा गएको प्रहरी टोलीले अभिनेत्री करिश्मासहितको साथबाट मोटो रकम र तास बरामद गरेको थियो । जुवाखालमा अभिनेत्री करिश्मा भएकोबारे सबैलाई नियन्त्रणमा लिएपछि मात्र प्रहरीले थाहा पाएको थियो । प्रहरीले बरामद रकम गन्नसमेत उनैलाई लगाएका थिए । तर, यसबारे प्रहरी स्रोतले जानकारी दिन चाहेन ।

'दिदीको भाउजु पर्नेकोमा दसैँको गिफ्ट लिएर गएको थिएँ, जुवा खेलिरहेको आशंकामा प्रहरी घरभित्र आएका थिए,' करिश्माले भनिन्, 'म माथिल्लो तलामा थिएँ, तल के गरेका थिए, थाहा भएन । प्रहरी आएर मलाई पनि सोधपुछ गरेको थियो, तर म कहिल्यै तास खेल्दिन, म पक्राउ परेको पनि होइन ।'

सबैलाई गाडीमा राखेर हिँड्नै लाग्दा छाड्ने आदेश आएपछि सादा पोसाकका प्रहरी रित्तै फर्केका थिए । स्रोतका अनुसार पक्राउ पर्नेमा धनाढ्य व्यक्तिहरू थिए ।

काठमाडौं परिसरका प्रमुख एसपी श्रेष्ठले घटनाबारे आफूलाई सम्झना नभएको दाबी गरे । महानगरीय प्रहरी आयुक्त कुबेरसिंह रानाले पनि घटनाबारे आफूलाई जाहेरी नगरिएको बताए । स्रोतका अनुसार पक्राउ परेको स्थानबाट अभिनेत्री करिश्मासहितका जुवाडेलाई पक्राउ गरी छाडिएकाले आयुक्त रानालाई पनि त्यसबारेमा जाहेरी गरिएको थिएन । मातहतका कार्यालयका प्रहरी प्रमुखले कुनै पनि घटनाबारे तत्कालै आयुक्तलाई जानकारी दिनुपर्ने हुन्छ ।

दसैँको समयमा क्यासिनोमा जस्तै व्यावसायिक रूपमा जुवा खेलाउने अखडाहरूको पहिचान गरी प्रहरीले छापा मारेको थियो । त्यसरी व्यावसायिक रूपमा जुवा खेल्ने र खेलाउने गरी दसैँ सुरु भएयता सोमबारसम्म ४० भन्दा बढी व्यक्ति पक्राउ परेको काठमाडौं परिसरका डिएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

एभरेस्टबाट दुई पक्राउ


जुवा खेलिरहेको अवस्थामा आइतबार प्रहरीले एभरेस्ट क्यासिनो नयाँबानेश्वरबाट दुई नेपालीलाई पक्राउ गरेको छ । कोटेश्वरका रविन श्रेष्ठ र जावलाखेलका बाबुराम तामाङलाई एक लाख चार हजार नगदसहित पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले एक सय रुपैैयाँ दरका तीन थान क्वाइन पनि बरामद गरेको छ ।

प्रहरीले ललितपुरको सैँबु, भैंसेपाटीबाट पनि १२ जना जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर परिसर र र बुङमती प्रभागको प्रहरी टोलीले विश्वगोपाल कार्कीको घरमा व्यावसायिक रूपमा नै जुवा खेलाउने र खेल्नेहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले एक लाख ४३ हजार आठ सय रुपैयाँ पनि बरामद गरेको छ ।

नयाँ पत्रिका
अरु यता >>

Sunday, October 9, 2011

निहिता बिग बोसको घरबाट आउट


काठमाडौँ । बिकीनी किलरका रुपमा परिचित चाल्स शोभराजकी पत्नी निहिता विश्वास रियालिटी सो बिग बोसको सिजन ५ बाट बाहिरिएकी छिन् । यस सिजनबाट बाहिरिने उनी पहिलो प्रतियोगी हुन् ।

प्रतियोगिताबाट बाहिरिनेको सूचीमा रहेकी मोडल तथा भिजे पूजा मिश्र भने निहितालाई पन्छाउँदै बिग बोसको घरमा बस्न सफल भइन । प्रतियोगिताबाट बाहिरिएपछि निहिताले आफूलाई बिग बोसको घरबाट निकाल्न निर्णय पक्षपातपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन् केहीलाई छाडेर बिग बोसका सबै राम्रा साथीहरु छन् । म आफ्नो र पतिका बारेमा रहेका केही गलत प्रचारहरुलाई प्रष्ट पार्न चाहन्थेँ । यसमा केही कदसम्म सफल भएँ ।

उनले कार्यक्रममा दौरान सोधिएको शोभराजसँगको यौन सम्वन्धबारे सोधिएको प्रश्नले आफ्नो लागि आश्चर्यजनक भएको बताइन । उनले भनिन् कार्यक्रममा दौरान योन सम्वन्धबारे सोधिएको प्रश्न मेरा लागि सकिङ थियो । तर पनि मैले हरेक प्रश्नको जवाफ दिने कोशिस गरेँ ।

विग बोसको अर्का सहभागी मनदीप बेल्वीले शोभराजसँगको यौन सम्वन्धबारे प्रश्न गर्दा निहिता जज्जित हुनु परेको थियो । बेल्वीले निहितालाई सोधिकी थिइन् शोभराज र तिमीले पनि सेक्स गरेका छौं यो प्रश्नको निहिताले कुनै जवाफ दिन नसक्दा बेल्वीले अर्को प्रश्न राखिन तिमीले शोभराजसँग किन बिहे गरेकी ।

Onlinekhabar.com
अरु यता >>

Thursday, September 22, 2011

केटी भन्दा भुतुक्कै हुने भुवनको अर्को लफडा


युवतीका कारण वारम्वार चर्चामा आईरहने नायक भुवन के.सी फेरि पनि एक युवतीकै काण्डका कारण लफडामा फसेका छन् । कुरा हो, मंगलवार राति १० वजेतिरको । काठमाडौंको दरवारमार्गमा रहेको सिमोल लन्च एन्ड वारमा पुगेका भुवन र उनका दुई साथीले सम्भवत राम्रै पाठ सिके होलान् ।

रातमा रमाईलो गर्न पुगेका यी तीनले मादक पदार्थ सेवन गर्दै गएपछि अर्को टेवलमा वसेका तीन जना युवती जिस्काएछन् । जिस्काएपछि, युवती पनि के कम, भुवन र उनका अन्य दुई साथीमाथि जाईलागेछन् । युवतीहरु राम्रैसँग जाईलागेपछि भुवन र उनका एक साथी भने केही चड्कन खाएर त्यहावाट फरार भए ।

तर अर्का एक साथीले भने राम्रै कुटाई खाएको समाचार छ । चलचित्र क्षेत्रकै एक नायकको गाडी चढेर पुगेका नायक भुवन र उनका दुई साथीलाई ती युवतीले कुटेका हुन् । कुटाई खाएर भुवन के.सी ट्याक्सी चढेर त्यहावाट भागीहाले ।

अर्का एक साथीले भने वढि नै मादक पदार्थ सेवन गरेकाले भाग्न नसक्दा युवतीहरुको अलि वढि नै चड्कन खाएको खवर छ । नायक भुवन के.सी वारम्वार युवतीकै कारणले विवादमा पर्ने गरेका छन् ।

पछिल्लो समय भने युवती काण्डले भुवनलाई चर्चामा भन्दा पनि वढ वदनाम वनाईरहेको छ । केही महिनाअघि मात्र काठमाडौंको कोटेश्वरमा युवतीकै कारण उनले नराम्रोसँग कुटाई खाएका थिए । अर्काकी श्रीमतीसँगको सम्वन्धका कारण भुवन कुटीएका थिए ।

भुवनले रत्नसिं डंगोलकी श्रीमती शर्मिला डंगोललाई आफ्नो गर्लफ्रेन्ड भन्दै सार्वजनिक कार्यक्रममा देखिएपछि रत्नले उनलाई कोटेश्वर चोकमा कुटेका थिए । त्यो घटना सेलाउन नपाउदै भुवनले फेरी पनि युवतीकै हातवाट कुटाई खाएको खवर आएको हो ।

आफ्नी दोश्रो श्रीमती सुस्मिता के.सीले छोडेपछि एक्लीएका भुवन अहिले धेरै नै टेन्सनमा रहेको देखिन्छन् । उनले वनाएको चलचित्र साथी म तिम्रो प्रदर्शनमा आउने तयारीमा छ । तर युवती काण्डले वारम्वार चलचित्र चलाउने वाहना वनेपनि शर्मिलासगको सम्वन्धले भुवनलाई धेरै नै घाटा पुर्याएको छ ।

फेरि दरवारमार्गमा रहेको एक क्याफेमा युवतीको हातवाट कुटाई खाएर भाग्नु परेको घटनाले यी सुपरस्टारको करिअरमा धेरै नै घाटा लाग्ने देखिन्छ । हेरौं भुवनले यो घटनालाई कसरी सुल्झाउने जुक्ति अपनाउने हुन् ।

Onlinekhabar.com
अरु यता >>

Tuesday, September 20, 2011

भूकम्पमा याद गर्नुपर्ने त्रिकोण

भूकम्प आउँदा डेस्क, टेबलमुनि लुक्नुपर्छ वा ढोकामुनि उभिनुपर्छ भन्ने धेरैले बुझेका छन्। तर त्यसरी बस्दा माथिबाट खस्ने गह्रुँगो वस्तु, सिलिङ आदिले डेस्क वा टेबल किचिन्छ र त्यसमुनि लुकेकाको पनि ज्यान जान्छ। एक अनुभवी उद्धारकर्मीले त्यसको साटो डेस्क, टेबल, दराज, कारको नजिकै बस्नुपर्ने सुझाउँछन्। यसलाई ट्रयाङ्गल अफ लाइफ अर्थात् जीवनको त्रिकोण नाम दिइएको छ। ६० देशका उद्धार दलसँग ८७५ वटा भूकम्पले क्षति भएका भवनहरु हेरिसकेका अमेरिकन रेस्क्यु टिम इन्टरनेसनलका उद्धार प्रमुख डाउग कपको यो मन्त्र केही फोटोबाट बुझ्नुस्-

सन् १९८५ मा मेक्सिको सिटीमा आएको भूकम्पपछि उनी एउटा विद्यालयमा पुगेका थिए। सबै विद्यार्थीहरु डेस्कमुनि थिए र सबै थिचिएर मरेका थिए। डेस्कनजिकै बसेको भए उनीहरुको ज्यान जोगिन सक्थ्यो।




साधारण भाषामा भन्नुपर्दा जब घर भत्कन्छ, छानाको वजनले सामानहरु वा फर्निचरहरु कुच्चिन्छन् र त्यसको नजिकै केही ठाउँ खाली छाड्छन्। ध्यान राख्नुस्, मुनि हैन नजिकै खाली ठाउँ हुन्छ। यही ठाउँलाई उनले जीवनको त्रिकोण भनेका हुन्। भूकम्पबाट भत्किएका कुनै फोटोहरु अर्को पटक हेर्दा तपाईँले त्यसलाई याद गर्न सक्नुहुन्छ।

त्यसैले अर्को पटक भूँइचालो आउँदा कुनै सामानको नजिकै बस्नुस्। राति सुतिरहेको बेला भूकम्प आयो भने खाटबाट तल ओर्लनुस् र खाटको नजिकै बस्नुस्। वा सोफाको नजिकै बस्नुस्। याद राख्नुस् त्रिकोण आकार।

कारभित्र बस्नेहरु जोखिममा हुन्छन्। बरु कार नजिकैको ठाउँ खाली हुन्छ। ढोकामा बस्नेहरु पनि मारिन सक्छन्। किनभने ढोका कि अगाडि कि पछाडि जान्छ र माथिको सिलिङ खसेर तपाईँलाई लाग्न सक्छ।














Mysansar.com
अरु यता >>

Monday, September 19, 2011

यस्तो छ, भूकम्पपछिको काठमाडौं (फोटो फिचर)

 वि.स.१९९० सालपछिको सवैभन्दा ठूलो भूकम्पको धक्का महसुस गरियो आइतवार साँझ । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ र भारतको सिक्कीमको सिमाक्षेत्रमा केन्द्र रहेको भूकम्पको ठूलै धक्का महसुस गरियो काठमाण्डौंमा पनि । भक्तपुरमा केही घर भत्किए भने लैनचौरमा वेलातयी दूतावासको पर्खाल भत्किंदा ३ जनाको ज्यान गयो । भूकम्पको धक्का करिव एक मिनेटसम्म महसुस हुँदा अधिकांश काठमाण्डौंवासी आतंकित भए । वजेट पास गर्न वैठक वसिरहेका सभासदवीच पनि भागाभाग चल्यो । यहाँ हामीले आइतवार साँझका केही भूकम्पसाग जोडिएका तस्वीरहरु पेश गरेका छौं ।
अरु यता >>

विष खुवाएर मारिएको थियो माइकल ज्याक्सनलाई ?


महान पप गायका माइल ज्याक्सनलाई षड्यन्त्रपूर्वक विष खुवाएर मारिएको उनका दाइले दाबी गरेका छन् । माइकलका दाइ तथा गायक जर्मेन ज्याक्सनले आफ्नो पुस्तक “यु आर नट अलोन : माइकल थ्रु ए ब्रदर्श आइज”मा यस्तो दाबी गरेका हुन् ।

यो पुस्तकमा जर्मेनले माइकलको विमारीको विषयमा खुलस्त पारेका छन् ।

जर्मेन भन्छन् , “मेरा भाइको आधा सरिर तातो हुन्थ्यो र आधा सरीर चिसो हुन्थ्यो । मेरो भाइलाई विष खुबाइएकै कारण यस्तो लक्षण देखिएको हो । र उसको यहीँ बिमारीका कारण ज्यान गयो ।”

सन् १९८४ मा एक विज्ञापनका क्रममा कपाल डढेपछि माइकलले दुखाइ कम गर्ने औषधि लिएका थिए । त्यसपछि उनले लगातार पेन किलर लिन थालेको र डाक्टरले पनि जथाभावी गलत औषधि दिएर माइकलको सरिर विषाक्त पारिदिएका जर्मेनको दाबी छ ।

आफ्नो अन्तराष्ट्रिय सांगितिक कार्यक्रमको तयारीमा रहेका बेला सन् २००९ को जुनमा माइकल ज्याक्सनको निधन भएको थियो । अत्यधिक औषधि सेवनका कारण उनको ज्यान गएको बताइएपनि मृत्युको खास कारण अझै खुलेको छैन ।

ज्याक्सनका नीजि डाक्टर कोनर्याड मर्रेलाई हानिकारक प्रोपोफोल औषधि दिएको आरोप लगाइएको छ । तर डाक्टरले भने आफु दोषी नभएको दाबी गरेका छन् ।

Onlinekhabar.com
अरु यता >>

Sunday, September 18, 2011

४ इन्चको जिब्रो, १० फिटका नङ


जिब्रो बाहिर निकाल्दा नाकको टुप्पो छोयो भने सानोमा आची खाएको भनेर जिस्काउने चलन हुन्छ गाउँघरतिर । जाबो त्यति छोटो जिब्रो हुँदा त आची खाएको आरोप लाग्छ । तर अमेरिकाकी एक महिलाको जिब्रो झण्डै ४ इन्च लामो हुँदा पनि उनले यस्तो अपमान सहनु परेको छैन । उल्टै गिनिज बुकमा नाम लेखाएर प्रसिद्धी कमाएकी छिन् ।

क्यालिफोर्निया घर भएकी च्यानल ट्यापर नामकी ती महिलाका जिब्रो ३ दशमलब ८ इन्च अर्थात् ९ दशमलब ७५ सेन्टिमिटर लामो छ । उनको त्यो छेपारोजस्तो जिब्रो सामान्य मान्छेको भन्दा दोब्बर लामो हो । उनको जिब्रो हत्केला जत्तिकै चौडा छ । आफुले जिब्रो बाहिर निकालेको देख्दा केही मानिस डराएर भाग्ने गरेको उनी बताउँछिन् ।

वास्तवमा लामो जिब्रोका कारण च्यानलले केटा साथीहरु आफुबाट टाढिएको महसुस गरेकी रहेछिन् । मेरा अहिले ब्वाइफ्रेन्ड छैनन् पछिल्लोपटकको लभरले पनि छाड्यो , उनी भन्छिन् । जन्मजात नै लामा जिब्रो भएकी च्यानलकी आमाको पनि जिब्रो लामो छ , तर छोरीको जत्तिको चाहीँ होइन ।


यता अमेरिकाकै लस भेगासकी एक अर्की महिलाले सबैभन्दा लामा नङ भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । ४५ वर्षकी क्रिस्टिन वाल्टनका बायाँ हातका औंलाका नङको लम्बाइ १० फिट २ इन्च छ । त्यस्तै दायाँ हातका नङ समेत ९ फिट ७ इन्चका छन् । मलाइ नङ काट्न धौ भएर यसरी नङ पालेकी होइन , वाल्टन भन्छिन् मैले यी नङ सफा गरिरहन्छु र खुबै मेकअप पनि गर्छु ।

पूर्व गायिका समेत रहेकी वाल्टन सन् २००९ सम्म पनि विश्वकी सबैभन्दा लामो नङ भएकी महिलाको रुपमा थिइन् । तर कार दुर्घटनामा परेर नङ भाच्चिएपछि उनको गिनिज बुकको नाम हट्यो । तर पछिल्ला २ वर्षमा जतनसाथ नङ पालेर उनी फेरी लामा नङ भएकी महिलाको रुपमा स्थापित भएकी छिन् ।

Onlinekhabar.com
अरु यता >>

निहिताले बिग बोसमा भाग लिने


हत्याको अभियोगमा जन्मकैद सजाय पाएका बिकिनी किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज साग बिहे गरेर चर्चा कमाएकी निहिता विश्वासले फेरी अर्को चर्चा कमाउने मेलो गरेकी छिन् ।

भारतको चर्चित टेलिभिजन सो बिग बोसको पाँचौ सस्करणमा भाग लिने निर्णय गरेर निहिताले सबैलाई आश्चर्य चकित पारेकी हुन् ।

अक्टोबरदेखि सुरु हुने बिग बोस ५ मा भाग लिन २२ वर्षे निहिता यहीँ सेप्टेम्बरको अन्त्यमा भारत जाने टाइम्स अफ इण्डियाले जनाएको छ ।

चर्चित व्यक्तिहरुलाई एकैठाउामा ल्याएर त कहिले विभिन्न विवादास्पद कुराहरुको कारण चर्चा कमाएको बिग बोसले निहिताको प्रवेश सागै यो पाला पनि थप चर्चा कमाउने पक्का छ । विश्वकै भयानक हत्याराको रुपमा रहेका चाल्र्स शोभराजकी श्रीमती निहिता बिग बोसमा अवश्य पनि आकर्षणको केन्द्र बन्नेछिन् ।

यसअघि चर्चित गुण्डा अबु सलीमकी गर्लपफ्रेन्ड मोनिका बेदीले पनि बिग बोसमा भाग लिएकी थिइन् ।

बिगतमा पनि विवादित सहभागिका कारण विवादमा पर्ने गरेको बिग बोस निहिताका कारण यो पटक पनि विवादास्पद बन्ने भएको छ । तर कलर्स टेलिभिजनको कार्यक्रम प्रमुख अस्विनी यार्दीले भने अहिले प्रतिस्पर्धीहरुको नामलाई अन्तिम रुप दिन लागिएकाले तत्काल अनुमानको भरमा आलोचना नगर्न आग्रह गरकी छिन् ।

Onlinekhabar.com
अरु यता >>

Monday, September 12, 2011

किरा र लेदोयुक्त टुबोर्ग बियर खाँदा दुई आइसियुमा



काठमाडौं, २५ भदौ

किरा र लेदो मिसिएको टुबोर्ग बियर पिउँदा दुईजना सिकिस्त भएका छन् । दूषित बियर उत्पादन गर्ने कम्पनीका कर्मचारीसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो नयाँबसपार्क मित्रनगरस्थित मदिरा पसलमा बियर पिएपछि बाग्लुङका देवीलाल गौचन र चन्द्रसिंह थापामगर बेहोस भएका थिए । आइतबार बिहान मात्र उनीहरूको होस आएको थियो । सुन्धारास्थित लाइफ केयर अस्पतालको आइसियुमा उनीहरूको उपचार भइरहेको छ ।

प्रहरीले टुबोर्ग बियर उत्पादक गोर्खा ब्र्रुअरीको मार्केटिङमा काम गर्ने सन्दीप सुवेदी, डिलर ओमश्याम श्रेष्ठ र मदिरा बिक्रेता पानबहादुर अदैमगरलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) जगदीश पोखरेलका अनुसार घाइतेहरूले पिएको बियरको बोतलमा निलो लेदो र किरा भेटिएको छ । दूषित बियर पिएकाले गौचन र थापामगर बिरामी भएको उनले बताए । प्रहरीले पसलबाट दूषित बियरका बोतल बरामद गरी परीक्षणका लागि पठाउने तयारी गरेको छ ।

महाराजगन्ज वृत्तका डिएसपी पोखरेलका अनुसार उनीहरूले पाँच बोतल बियर लिएकोमा तीन बोतल भने पिइसकेका थिए । चौथो बोतल दूषित भेटिएको हो । घाइते गौचनले भने पहिलो बोतलदेखिकै बियर अमिलो र गन्हाएको बताए ।

'पहिलो बोतल बियरमै अमिलो स्वाद आएको थियो,' आइसियुमा उपचार गराइरहेका घाइते गौचनले नयाँ पत्रिकासँग भने, 'पछि अर्का बोतलमा हरियो लेदो र काला किरा रहेछन् ।' प्लास्टिकको गिलासमा राखेर थोरै मात्र पिएकाले बिरामी भइयो, बोतलमै पिएको भए मरिने रहेछ ।'

बियर पिएलगत्तै वान्ता भएको र पछि बेहोस नै भएको गौचनले बताए । घाइतेलाई सुरुमा विनायक अस्पतालमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएकाले शिक्षण अस्पताल रिफर गरिएको थियो । पछि उनीहरूलाई लाइफ केयर अस्पतालमा भर्ना गरिएको थियो । 'बिहान मात्र होस आयो,' गौचनले भने, 'यस्तो बियर उत्पादन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।'

पक्राउ परेकाविरुद्ध सोमबार मुद्दा चलाइने प्रहरीले जनाएको छ । गत वर्ष पनि धापासी क्षेत्रमा दूषित बियर फेला परेको थियो, तर दोषीलाई कारबाही भएको थिएन ।

नयाँ पत्रिका
अरु यता >>

Friday, September 9, 2011

नेपाली सुन्दरी व्यापार

राजन नेपाल/स्वरूप आचार्य- काठमाडौँ।
जति बेला सिएनएन हिरो अनुराधा कोइराला गएको मंगलवार चेलीवेटी बेचबिखनविरुद्ध राष्ट्रिय र्‍यालीको नेतृत्व गर्दै थिइन्, त्यति बेला हामी कथित मनोरञ्जन उद्योगका एकजना दलालसँग दुबई, मलेसिया र दक्षिण अफ्रिकाका डान्सबार र डिस्कोथेकहरूमा नाच्नपुग्ने नेपाली केटीहरूको वृत्तान्त सुन्दै थियौँ। मुम्बइको कमाठीपुरा, कोलकाताको सोनागाछी र दिल्लीको जीबी रोडबाट पर दिनहुँ कसरी पुग्दैछन् नेपाली चेलीहरू? सूचनाको गोपनीयता भंग नगर्ने सर्तमा हामीले पाएका जानकारी डरलाग्दा थिए।

कसरी नेपाली केटी दक्षिण अफ्रिका पुर्‍याइन्छ? हामी जान्न खोजिरहेका थियौँ। उनको मोबाइलमा त्यही बेला रिङटोन बज्यो। हामीलाई एकछिन पर्खिने इशारा गर्दै उनी कुरा गर्नथाले, 'यस बोस! मेरेको एक पेटी चाहिए। वह लड्की बीना से बहुत अच्छी है। मलेसियामे अढाई पेटी ले रही थी।' उताबाट बोसले के भनिरहेको छ, हामीले सुन्ने कुरो थिएन। हाम्रा सूचनादाता भन्दै थिए, 'फोटोग्राफका जरुरत नही है। बीना के मोबाइलमे ही उसका फोटो है। वही देख लो। मेरेको जल्दी डेढ पेटी भेजो। मैं सामतक उसका पासपोर्टका स्क्यान कपी भेजता हुँ।' डिल हाम्रै अगाडि फिक्स्ड भयो। उनीहरूले कुरा गरेको केटी दुईतीन दिनभित्रै दक्षिण अफ्रिका पुग्ने भई।

'यी सुनिहाल्नु भयो, यसरी नै हुन्छ डिल। उताबाट आउने मागका आधारमा हामी केटी खोजेर दुबई, मलेसिया र अफ्रिका पठाउँछौँ' उनले खुलस्त बताए। त्यसपछि झस्किँदै भने, 'मेरो नाम आउँदैन होइन त?' उनी बेला बेलामा हामीसँग आश्वस्त हुन खोज्दै थिए। पत्रिकामा नाम नआउने हो भने खुलस्त सबै बताइदिन उनी तयार थिए।
नेपाली महिलाहरू घरेलु कामदारका रूपमा जुनसुकै देशमा जान सक्छन्। सरकारले जान नदिने भनेका धेरै देशमा समेत उनीहरूको बाक्लै उपस्थिति छ। तर डान्सबार र डिस्कोथेकमा काम गर्न भने नेपाल सरकारले वैधानिक रोक लगाएको छ। विमान चढेर उडेकी नेपाली चेली डान्सबार पुग्छे कि ब्रोथेल? सरकारले कसरी जानोस्!
दलाल भन्छन्, 'रोक भएपनि हामी यो काम वर्षौँदेखि गर्दै आइरहेका छौँ। हामी अहिलेसम्म रोकिएका छैनौँ। मेरो मात्रै दुबई, मलेसिया र दक्षिण अफ्रिकामा गरेर आठवटा डान्सबारसँग कारोबार छ। म ती बारमा हरेक तीन महिनामा १०-१० जनाको दरले केटी सप्लाई गर्छु। त्यहीअनुसार हुन्छ मेरो प्लानिङ। केटी जम्मा पार्छु र पठाउँछु।'

कसरी पुर्‍याइन्छ केटी
'एउटी गरिब नेपाली केटीले काठमाडौँको डान्सबारमा नाचेर कति नै कमाउँछे र?,' उनी भन्दै थिए, 'केटी साह्रै बुलेट परी भने महिनामा १५ देखि २० हजारसम्म कमाउँछे। काठमाडौँमा कामको ग्यारेन्टी छैन। कति बेला पुलिसले छापा मारेर खोरमा पुर्‍याउने हो, त्यसको पनि ठेगान हुँदैन। त्यसैले नाच्ने केटीहरू विदेशतिर तानिएका हुन्। यी केटीहरूका लागि अहिलेसम्म दुबई, मलेसिया र दक्षिण अफ्रिका सुरक्षित गन्तव्य मानिन्छन्। केटीहरूका लागि र दलालका लागि पनि।' उनी सविस्तार बताउँछन्।

तपाईँहरू यो गैरकानुनी काम कसरी गरिरहनु भएको छ? हाम्रो प्रश्न भुइँमा झर्न नपाउँदै उनी जवाफ दिन्छन्, 'नेपालमा कुन गैरकानुनी काम रोकिएको छ र? लाइन मिलाएपछि यो देशमा नहुने केही छैन। तलदेखि माथिसम्म च्यानल फिट छ हाम्रो। स्मुथली काम हुन्छ। कुनै निकायको आँखा लागेको छैन अहिलेसम्म। त्यसैले हाम्रो धन्दा चलेकै छ।'
विदेशी डान्सबारमा केटी सप्लाई गर्ने दलाल थुप्रै छन् काठमाडौँमा। प्रहरीलाई यसको पूरै जानकारी छ। डान्सबार सञ्चालन गर्नेले आफ्नो पेसालाई दक्षिण अफ्रिकासम्म पुर्‍याएका छन्। मुख्य दलालहरूले थुप्रै 'उपदलाल'हरू बजारमा छोडेका हुन्छन्। यस्ता उपदलालहरू गाउँ घरतिर सुन्दर केटीको खोजीमा जान्छन्। उपदलालले केटी खोजेर काठमाडौँ ल्याएपछि उनीहरूलाई यहाँको डान्सबारमा प्रशिक्षण दिइन्छ। कम्मर मर्काउन जानेकी छैन भने डान्स स्कुलमा तालिम दिइन्छ। केटी निर्वस्त्र नाच्न पनि नहिचकिचाउने भएपछि गन्तव्यका बारे मोलमोलाई सुरु हुन्छ।


डान्सरको खोजीमा डान्सबार धाउने दलालहरू स्मार्ट केटीकै खोजीमा हुन्छन्। केटी भेटिएपछि केटीलाई कसले विदेश सप्लाई गर्ने भन्नेमा हानथाप पनि हुन्छ। धेरै दलालहरू सिन्डिकेट बनाएर काम गर्ने हुनाले झगडा पर्दैन। एउटा साथीको कोटा अर्को साथीलाई दिने चलन छ। एक पटकमा ८० जना केटी पठाउनुपर्ने एजेन्टसँग ९० जना केटी जम्मा भए भने १० जना साथीलाई दिने गरेका छन्।

नर्तकीहरू जम्मा गरेपछि सुरु हुन्छ फोटो सेसन। केटीको फिगर प्रस्ट देखिने गरी खिचिएका अर्धनग्न फोटोहरू दुबई, मलेसिया र साउथ अफ्रिकाका डान्सबारहरूमा पठाइन्छ। फोटोमा केटीको छाती ठूलो बनाउने कि हिप, त्यो फोटोग्राफर र केटीहरूको समझदारीमा हुन्छ। फोटोमा केटीको लुक्स पर्फेक्ट देखिएन भने उनीहरू छानिने चान्स कम हुने भएकाले फोटोसपको कमालको साहारा लिने गरिन्छ। 'तर हामी सकेसम्म छनोट नहुने खालका केटीहरू संकलन नै गर्दैनौँ,' ती दलाल बताउँदै थिए। छातीका उन्नत उभार, छिनेको कम्मर, उठेको हिप र सेक्सी लुक्स भएका केटीहरू अरेबियनहरूले मन पराउँछन्। 'केटी आर्यन फेसकै हुनुपर्छ,' उनले भने 'मंगोलियन फेस भएकाहरू दुबई, मलेसिया र अफ्रिकामा चल्दैनन्। अरेबियनहरूले मंगोलियन फेस त लिनै मान्दैनन्।' किन होला? दलालहरूले यसको कारण खोज्ने झन्झट गर्ने कुरै भएन।


विदेशी बोसले केटीको फोटो हेरेर ओके गरेपछि उसको पासपोर्ट बनाउने काम सुरु हुन्छ। पासपोर्टभएकाहरूसँग पासपोर्ट संकलन गरिन्छ। केटीसँग पासपोर्ट लिँदा उसलाई दलालले सुरुमा १० हजार रुपैयाँ टोकन मनी दिन्छन्। सपिङका लागि पनि एजेन्टहरूले नै पैसा उपलब्ध गराउँछन्। केटी निकै नै सेक्सी परी भने उसले नेपालमै दुई तीन महिनाको पेश्कीसमेत पाउँछे । प्रोसेस सुरु गरेको १५ देखि २० दिनभित्रै तीन महिनाको लागि वर्क परमिट, पेपर भिसा र हवाई टिकट आउँछ। दलालहरूले उमेर नपुगेका केटीहरूको उमेर मिलाउनेदेखि एयरपोर्टबाट उडाउनेसम्मको कामको जिम्मा लिएका हुन्छन्। यसका लागि सम्बन्धित निकायमा 'खर्च-पानी'को राम्रो प्रबन्ध गरिन्छ। कलिला केटीहरूको उमेर करेक्सन गर्नैपर्ने हुन्छ। नागरिकताको उमेरका आधारमा बनेको पासपोर्टमा उमेर करेक्सन गर्ने काम परराष्ट्र मन्त्रालय भित्रैबाट हुन्छ। 'लेमिनेसन उप्काएर उमेर सच्याउने काम गरिदिन त्यहाँ हाम्रा थुप्रै सहयोगी छन्। उमेर करेक्सनका लागि प्रतिपासपोर्ट पाँच हजार रुपैयाँ लाग्छ। यो फिक्स्ड प्राइस हो सबैलाई,' उनले भने, 'परराष्ट्रमा देवीदत्त खत्री प्रमुख हुँदा उनलाई सिधै पैसा बुझाउने गरिएको थियो। अहिले एक जना कर्मचारीले यी सबै काम मिलाउँदै आएका छन्।'

पासपोर्टको लफडा सकिएर उड्ने दिन तय भएपछि दलालहरू एयरपोर्टमा कार्यरत आफ्ना सहयोगी कर्मचारीलाई फ्लाइटको समय र एयरलाइन्सको नाम एसएमएस गर्छन्। विमानस्थलमा कार्यरत सामान्य पुलिसदेखि ठूला हाकिमसम्मको च्यानल पहिले नै फिक्स्ड हुन्छ। 'यसरी जाने केटीहरूसँग श्रम स्वीकृति पनि हुँदैन। उनीहरूसँग विदेश जाँदा चाहिने न्यूनतम पाँच सय डलर पनि हुँदैन। त्यसैले एयरपोर्टमा हामीले साधारण कर्मचारीदेखि एयरलाइन्स कम्पनीका मानिससम्म सबैलाई घुस खुवाउनुपर्छ,' ती दलाल भन्दै थिए, 'प्रतिकेटी ११ हजार रुपैयाँमा सबै काम टुंगिन्छ। उधारोमा पनि काम हुन्छ। एक मुस्ट रकम दिने गरेका छौँ। उड्ने डिटेल दिएपछि हामी ढुक्कसँग घरमा जंगबहादुरको घोडा बेचेर सुते हुन्छ।'
एकजना केटी दुबई, मलेसिया वा अफ्रिका पठाउँदा दलाललाई न्यूनतम २० हजार रुपैयाँ कमिसन प्राप्त हुन्छ । तीन तीन महिनामा सयौँ संख्यामा केटीहरू पठाइने भएकाले आम्दानी करोडौँमा हुन्छ। विभिन्न ठाउँमा घुस खुवाउनुपर्ने भएकाले खर्च बढी नै छ। पर्फेक्ट केटी खोज्न उत्तिकै खर्च हुन्छ। विभिन्न गाउँ र शहरमा उपदलाल पठाउनुपर्छ। डान्सबारमा गएर खानु/खुवाउनु पर्छ । कतिपय अवस्थामा केटीहरू एडभान्स लिएर भाग्ने गरेको पनि एजेन्टहरूको अनुभव छ। एउटा केटी मुख्य दलालसम्म पुर्‍याएबापत उपदलालले १० हजार रुपैयाँ पाउने गरेका छन्। अधिकांश दलालसँग दुबईको रेजिडेन्स भिसा भएकाले उनीहरू त्यहीँ पुगेर आफ्नो कमिसन असुल्ने गर्छन्।


दुबई, मलेसिया र अफ्रिका पुगेपछि के गर्छन् केटीहरू
सम्बन्धित देशमा पुगेपछि त्यहाँको डान्सबार वा डिस्कोथेकका मालिकले फोटोअनुसार केटीहरूलाई एयरपोर्टबाट रिसिभ गर्छ। त्यसपछि उनीहरू आफ्नो काममा खटिन्छन्। फिक्स्ड तलबमा काम गर्ने कि कलेक्सनमा? रोजाइ केटीहरूकै हुन्छ। फिक्स्डमा काम गर्नेले दुबई र मलेसियामा मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म तलब पाउँछन् भने अफ्रिकामा सुरुमा तलब ५० हजारमात्र हुन्छ। कलेक्सनमा भने


ग्राहकहरूबाट जति धेरै टिप्स कलेक्ट गर्न सक्यो, त्यहीअनुसारको कमिसन आउँछ। कमिसनमा काम गर्ने डान्सरहरूले एउटा फिक्स्ड एमाउन्ट भने कलेक्ट गर्नैपर्ने हुन्छ। सेक्सी र स्मार्ट केटीहरू कलेक्सन बेसिसमा काम गर्न रुचाउँछन् र प्रतिमहिना दुई लाख रुपैयाँसम्म कमाउँछन्।

डान्सबारका केटीहरू ग्राहकसँग बाहिर पनि जान सक्छन्। यो केटीहरूको निजी इच्छा हो। केटी ग्राहकसँग जान तयार छ भने ग्राहकले केही पैसा डिपोजिट गर्नुपर्छ। केटीले चाहिँ आफ्नो पासपोर्ट छाडनुपर्छ। उनीहरू डान्सबारबाट सीमित समयका लागि बाहिर जान पाउँछन्। ग्राहकसँग बाहेक केटीहरू एक्लै बाहिर डुल्न जान पाउँदैनन्। उनीहरू दिनभर कोठामा बस्नुपर्छ। महिनामा एकपटक भने डान्सबारको साहुले नै उनीहरूलाई घुमाउन लैजान्छन्।

तीन महिनाको भिसा अवधिपछि कति केटीहरू उतै बस्छन् भने कति नेपाल फर्कन्छन्। फर्किनेहरू पुरानै प्रोसेसअनुसार फेरी विदेसिन्छन्। यसरी दुईतीनपटक आउने जाने गरेपछि केटीहरू आफैँ पनि दलालको काम गर्न थाल्छन्। उनीहरू आफ्ना गाउँका दिदीबहिनी तथा नातेदारलाई लिएर जान्छन्। अहिले महिनामा सरदर पाँच सय केटी ती देशमा गइरहेका दलालहरू बताउँछन्। रमजानपछि काठमाडौँ विमानस्थलको बाटो लगभग दुई सयको हाराहारीमा केटीहरू दुबई उडिसकेका छन्।

डान्सप्रति बढ्दो आकर्षण
वेटर र हाउस मेडमा काम गर्न जानेहरू हिजोआज डान्सप्रति आकर्षित भइरहेका छन्। छोटो समयमै धेरै आम्दानी हुने भएपछि केटीहरू यतातिर तानिएका हुन्। तीन महिना दुबई, मलेसिया वा अफ्रिकामा नाचेर आउनेहरूले कम्तीमा पनि पाँच लाख रुपैयाँ ल्याउँछन्। अझ मालदार ग्राहक पाउनेहरूको जीवनशैली त निकै हाइफाइ भइसकेको हुन्छ। कति त दुईतीनपटक गएर करोडसम्म कमाएर फर्किने पनि छन्।


डान्सरको अनुभव


केही महिना दुबईमा काम गरेर फर्केकी निशा (परिवर्तित नाम) करिब डेढ वर्षअघि काम गर्न स्याङ्जाबाट पोखरा झरेकी थिइन्। पोखरामा केही काम नपाएपछि उनी डान्सबारमा नाच्न थालिन्। अरू दिनजस्तै बारमा नाचेर घर फर्कने क्रममा एक दिन उनलाई एकजनाले कुनामा बोलाएर सोधे, 'विदेशमा नाच्न जाने हो?' पहिला त उनी हिच्किचाइन्। तर बुझ्दै जाँदा यहाँभन्दा धेरै गुणा बढी कमाउन सकिने लोभले उनलाई तान्यो। उनी दुबई जान तयार भइन्। त्यसका लागि उनले खासै केही गर्नु परेन। खालि नागरिकता बनाउनु पर्‍यो। पासपोर्ट बनाउनेदेखि उनलाई पोखराबाट काठमाडौँ ल्याउनेसम्मको सबै काम दलालले नै गरिदिए। उनी पोखराबाट काठमाडौँ आएको महिना दिनभित्रै दुबई उडिन्।

पोखराको डान्सबारमा नाचेर खप्पिस भइसकेकी निशालाई दुबईमा नाच्न खासै अप्ठ्यारो भएन। उनी त्यहाँ मासिक ८० हजार रुपैयाँको फिक्स्ड तलबमा गएकी थिइन्। उनका अनुसार उनले नेपालमा रातभरि डान्सबारमा नाचे पनि कहिल्यै आफ्नो जवानीको सौदा गरिनन्! तर, दुबईमा भने उनको त्यो अडान कायम रहेन। छोटो समयमा अत्यधिक पैसा कमाउने लालच र त्यहाँको उत्तेजक वातावरणले नै उनलाई आफ्नो जवानीको सौदा गर्न उक्सायो।

तर, उनको कुनै गुनासो छैन। उनी भन्छिन्, 'सबैले आफूसँग जे छ, त्यसैको प्रयोग गरेर जीवन निर्वाह गर्ने हो। मसँग जवानी छ, यसैको उपभोग गरेँ। तपाईँलाई थाहा छ? जवानी भनेको बियरको सिसीजस्तै हो। कहिल्यै रित्तिने होइन। यो त जति पिलायो त्यति भरिन्छ! यो पेसाले मेरो सम्पूर्ण इच्छा पूरा गरिदिएको छ। पैसावाल मान्छेको मात्रै महत्व हुने यो समाजमा जसरी भए पनि पैसा कमाए भइहाल्यो नि! कि कसो?'

Nagariknews.com
अरु यता >>

Wednesday, September 7, 2011

९४ वर्षमा बैंश आएपछि


मानिसले सामान्यतया २५-३० वर्षमा बिहे गर्छ । दोश्रो बिहे नै गर्नपरेपनि धेरै भए ४०-५० । तर बेलायतमा एक महिलाले ९४ वर्षको उमेरमा बिहे गरेकी छिन् । ९४ वर्षकी महिलाले बिहे गर्ने बेहुलाको उमेर कति होला ? सायद सबैले लख काट्लान्, सय वर्ष भन्दा माथि । तर ती बुढी तरुनीले बिहे गर्ने बेहुला उनीभन्दा १० वर्ष कान्छा हुन् , अर्थात् उनको उमेर ८४ वर्ष छ ।

बुढ्यौलीको रोगले थलिएर अस्पतालमा भर्ना भएकी ९४ वर्षकी वी स्टान्नार्ड आफ्ना प्रेमी डेरेक वाल्करसँग बिहे गर्ने भनेपछि एकाएक तन्दुरुस्त भइन् । अनी हि्वल चेयरमा बसेर घर फर्किन् । त्यसपछि एक चर्चमा गएर दुईजनाले बिहे गरे ।

वास्तवमा यी दुईको अफेयर १२ वर्षदेखि चलेको रहेछ । १५ वर्षअघि वी आफ्ना छोरानातीकहाँ गएको बेला बेलायती जलसेनाका पूर्व कमाण्डर समेत रहेका डेरेकसँग उनको भेट भएको रहेछ ।

३ वर्षसम्म लगातार देखभेट भएपछि १२ वर्षअघि डेरेकले वी सँग प्रेम प्रस्ताव राखेका रहेछन् । बुढेसकालसम्मै कुमार नै रहेका डेरेकले राखेको प्रेम प्रस्ताव वीले सहर्ष स्विकारिछन् । त्यसपछि दुईबीच पिरती गाँसिएछ ।

हुनत आफ्नी प्रेमिका वीसँग डेरेक तत्काल बिहे गर्न चाहन्थे तर कट्टर क्रिस्चियन वी भने आफ्नो पहिलेको श्रीमान जिवितै भएकाले बिहे गर्न मानिनन् । पहिलेको श्रीमानसँग सम्बन्ध विच्छेद भैसकेको भएपनि धर्मभिरु वी ले डेरेकलाई कुराइन् । गएको अक्टोबरमा पूर्व पतिको मृत्यु भएपछि मात्र बिहेको चाँजोपाँजो सुरु भएको थियो ।

बुढेशकालमा बिहे गरेको यो जोडी अल्डेवर्गको सामुद्री किनारको रिसोर्टमा हनिमुन मनाउने योजनामा थियो । तर विवाह समारोहका बेला वी अचानक लडेपछि हनिमुनको योजना रद्ध भएको छ ।

यद्यपि केही महिना अस्पतालमा बसेपछि ९४ वर्षकी श्रीमती निको होलिन् र उनलाई लिएर समुद्री किनारामा मस्ती गरौँला भन्ने सोंचमा छन् ८४ वर्षका पति डेरेक । बुढेशकालको पिरती दिगो होस, शुभकामना छ ।

onlinekhabar.com
अरु यता >>

Tuesday, September 6, 2011

न्युरोडको गुँदपाक भण्डारका उत्पादन 'दुषित', खान अयोग्य

अरु यता >>

पूर्व राजा ज्ञानेन्द्रको पोल खुल्यो


२० भदौ, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रले देशमा रक्तपात रोक्न अथवा जनताप्रति उदार भएर राजगद्दी छोडेको कुरा हावादारी निक्लिएको छ। उनले त जनआन्दोलन दवाउन आवश्यक हतियार नभएर राजगद्दी छोडेका रहेछन। संसार भरिका महत्वपुर्ण केबलहरु सार्वजनिक गरिरहेको विकिलिक्सले नेपाल सम्बन्धी केवल पनि सार्वजनिक गरेपछि यो कुरा खुलासा भएको हो।

जनआन्दोलन‍-२ चलिरहँदा नेपाली सेनालाई गोलीको खडेरी नै परेको रहेछ। १६ हजार एम-१६ हतियारको लागी जम्मा १६ ८०० थान गोली मात्र बाँकी रहेछ। जुन एउटा हतियार लाइ एक थानमात्र गोली हो। त्यसै गरि भारतबाट किनिएको २५ हजार इन्सासको लागी जम्मा १ लाख ३० हजार गोली मात्र बाँकी रहेछ, जुन एउटा हतियारलाई ५ थानमात्र गोली मात्र बाँकी ह

राजाले शासन हत्याएदेखिनै अमेरिका, भारत, बेलायत लगायतका देशले हतियार दिन छोडेपछि नेपाली सेनालाई हतियारको संकट परेको रहेछ। त्यसैले राजा ज्ञानेन्द्रले चाहेर पनि आन्दोलन दवाउन नसकेका रहेछन। बन्दुकलागी गोली नभएपछि तत्कालिन राजा ज्ञानेन्द्र पछि हटेका रहेछन।
हतियारको अभाव भएको कुरा नेपाली सेनाका तत्कालीन मेजर जनरल प्रकाशबहादुर बस्न्यातले अमेरिकी राजदुतावासलाई जानकारी गराएको समेत खूल्न आएको छ।

त्यही समयमा नेपाल भ्रमणमा आएका अमेरिकी उपसहायक मन्त्री डोनाल्ड क्याम्पसंग पनि तत्कालिन सेनापति प्याराजंग थापाले हतियार नभएको कुरा सुनाएका रहेछन। उक्त कुरा अमरिकि मन्त्रीले तत्कालिन राजदुत शिवशंकर मुखर्जीसंग शेयर गर्दा मुखर्जीले नेपाली सेनाको हतियार १० गुना बढाएपनि माओवादीलाई नियन्त्रण गर्न नसकिने दावी गरेको समेत थाहा भएको छ।

Nepaliheadlines.net
अरु यता >>

Monday, September 5, 2011

नायीका रेखा थापाको झगडा गर्ने बानी


नेपाली चलचित्र जगतकी नं १ नायिका रेखा थापाले चलचित्रमा मनोमानी गर्ने गरेको आरोप बेला बखत आइरहन्छ। एक दुइ चलचित्रमा काम गरेपछि उनको सहकर्मिसंग प्राय झगडा हुने गरेको इतिहास पनि छ।
कुनै बेला नायिका रेखा र नायक निखील उप्रेतीको जोडी निकै जमेको थियो, उनीहरुले काम गरेको चलचित्रले पनि राम्रो ब्यपार गरेको थियो तर त्यसपछि के भयो त्यो त उनिहरुनै जानुन तर उनिहरु एक-अर्काका दु्श्मन भएर निक्लिए।
रेखा थापा र बिराज भट्टको कहानी पनि फरक छैन, दुबैको जोडी जमेको थियो, काम गरेको चलचित्रहरु पनि चलेकै थिए। अचानक दोस्तीमा दरार आयो र रेखा र बिराज एक अर्काका का दुश्मन बने।

त्यसपछि परिदृश्यमा देखीए नायक आर्यन सिग्देल, आर्यनलाई चलचित्र जगतमा रेखा थापाले नै स्थापति गराएकी पनि हुन। उनिहरु बिच केहि दिन राम्रै दोश्ती देखियो, एक दुइ चलचित्र संगै खेले, चलचित्र हिेट पनि भयो, फेरी कुरा उहि दोहोरिए। रेखा र आर्यन बिच नि राम्रै मनमुटाव देख्न पाइयो।

रेखाका टप दुश्मनहरु





अहिलेसम्म त रेखा थापाको द्न्द्ध नायकसंग मात्र थियो तर अव उनको दन्द्धको दायरा बढेर नायिका सम्म पुगेको छ। उनले भर्खैरै मात्र घोषणा भयको चलचित्र 'ए फर अमेरिका' बाट अर्की नायिका नम्रता श्रेष्ठलाई निकाल्न लगाएकी छिन। निर्दैशक नारायण पुरीले नम्रता श्रेष्ठलाई लिने निर्णय गरेका थिए तर रेखाले नम्रता त हुन्न भनिदिइन। मुख्य नायिकाले नै भनेपछि निर्दैशक नारायण पुरीले नम्रतालाई आउट गरेर केकी अधिकारीलाई अनुबन्ध गरेका छन। यस चलचित्रमा रेखालाई मुख्य भुमिकामा देख्न पाइनेछ।

nepaliheadlines.net
अरु यता >>
^ Scroll to Top