Wednesday, January 12, 2011

बस त्रिशुलीमा खस्यो

गजुरी, पुस २८- धादिङमा दुई वटा बस एकआपस ठोक्किएर भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। विपरीत दिशामा गुडिरहेका बस जोगिमारा गाविस १ टिकराङमा ठोक्किएर ५० फिट तल त्रिशुली किनारमा खसेको थियो। मृतक नुवाकोट निवासी बसका यात्रु गणेश पण्डित रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट काकडभिट्टातर्फ गइरहेको ना ४ ख १२९१ नम्बरको बससित ना ४ ख ३७५६ नम्बरको बस ठोक्किएपछि दुर्घटना भएको थियो। घाइतेहरुलाई मलेखु अस्पतालमा लगिएको छ। -

No comments:

Post a Comment

^ Scroll to Top