Monday, January 10, 2011

माइक्रोबस चलाउनमै रमाएकी चन्द्रीका

सशस्त्र प्रहरीको मुख्यालय हल्चोकनेर तीनथाना जाने बस कुरिरहेका सुदीप अधिकारी अचानक रत्नपार्कतिर मोडिए । बा १ ज ५९०९ नम्बरको सेतो माईक्रोले डोर्यायो उनलाई । कारक थिईन - चन्द्रीका देवी जोशी ।
सिन्धुली कर्कटे माईस्थानकी जोशीले धेरैलाई सकुशल गन्तब्यमा पुर्याएकी छिन । उनैका कारण सुदीपजस्ता एकातिर जानुपर्ने यात्रु राजीखुशीले अर्कातिर पनि गएका छन । कारण एउटै हो - चन्द्रीकालाई माईक्रोको ड्राईभर सिटमा देख्नु ।
’दिदीले माईक्रो चलाएको आखाभरी हेर्न मन लाग्यो । त्यसैले चढेको । रत्नपार्कपछि बल्ल तीनथानातिर लाग्छु’ सुदीपले भने । माईक्रोमा चढेकी शशिकला गुरुङले पनि अचम्म मानिन । ’ टाढाबाट हेर्दा मुन्द्धा लगाएको केटा भन्ठाने । महिला पो हुनुहुदो रहेछ ’ महिलालो चलाएको देख्न र चढन पाउदा उनले खुशी लागेको बताईन ।
’घर परिवार चलाउने बाध्यताले स्टेरिङ समातेपनि अब भने यो रहरको पेशा भएको छ’ चन्द्रीकाले खुशीका पन्तुरा फुकाउदै भनिन - ’ पैसा ईज्जत र धेरैको माया पोल्टाभरी पाएको छु । कोठाभाडा तिर्न खर्च चलाउन र छोराछोरी पढाउन राम्ररी पुगेको छ’ । उनी सन्तुष्ठ देखिईन ।
अन्दाजी दश बर्षअघि टेम्पु चलाउन सिकेकी थिईन रे उनले । त्रिपुरेश्वरमा रहेको ’आई एम’ भन्ने सस्थाले उनी लगायत चालीस जना महिलालाई टेम्पु चलाउने तालीम दिएथ्यो रे । ’तालीमपछि लाईसेन्स लिएर टेम्पु चलाउन थाल्दै गर्दा राम डंगोल दाईले माईक्रोबस चलाउन हात बसाईदिनुभयो अलि अलि गर्दे जानिहाले नी’ उनले उत्साहका साथ थपिन - ’मैले एक पटकमै ट्रायल दिएर लाईसन्स पाईहाले । ’ २ - ३ बर्षअघि घरायसी कारणले काम छोडेपनि ६ महिनाअघिदेखी फेरी काम थालेको जोशीले बताईन् ।
टेम्पु चलाउन थालेको ४ दिनमै स्यानो दुर्घटना भएपनि त्यसपछि भने कुनै दुर्घटना नभएको चन्द्रीकाले बताईन । ’त्यतीबेला मंगलबजारमा एउटा बाईकलाई हानेथे। धन्न केही भएन’ उनले पुरानो घटना सम्झिईन । त्यो घटनाबाहेक आफूले स्यानोतिनो गल्तीसमेत नगेरको जोशीले बताईन् ।
उनको कामबाट श्रीमान गोपाल जोशी निकै खुशी छन । नेपाली सेनामा कार्यरत गोपाल श्रीमतीले पुरुषसरह काम गर्न सकेकोमा गर्ब गर्छन । ’ मेरो श्रीमानको साथ र प्रेरणाले नै निर्धक्क भएर काम गर्न सकेकी छु ’ सन्तोषको सास फेरिन् चन्द्रीकाले । छोराछोरीको पढाईले उनी थप सन्तुष्ठ छिन । छोरा प्रज्वल र छोरी प्रतिमा अरुणोदय बोर्डिङ ८ र १० कक्षामा पढ्छन । ’राम्रो छ मेरा छोराछोरीको पढाई’ यसो भनिरहदाको खुशी उनको अनुहारभरि लपक्कै पोतिएको थियो ।
चन्द्रीका हत्पती बिदा लिन्नन। सातैभरि काम गर्छिन । ’डेरामा दिनभरी बसेर पनि के गर्नु ’ ? उनी यसै भन्छिन । बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म काम गर्छिन । थाकेर राती घर पुगेपनि परिबारले गर्ने मायाले सबै थकाईदिन्छ रे । छोरी र श्रीमान दुबैले खाना पकाउन सघाउछन । खाना पकाएर सबैजना उनलाई कुर्छन । अनि रमाएर खान्छन सबै।
टेम्पु चलाउने दिदीबहिनीहरु थुप्रै भएपनि माईक्रो चलाउनेहरु खासै नदेखेको जोशीले बताईन । ’एकजना दिदी रिङ्गरोडमा चलाउनुहुन्छ । म स्वयम्भुको २३ नम्बर रुटमा । तेस्रो महिलाचै देखेको छैन ।’ उनले भनिन ।
माईक्रो बसका सहचालक कमल दहाल पनि चन्द्रीका दिदीसँग काम गर्न पाएकोमा निकै खुशी छन । ’दाइहरुसँग भन्दा दिदीसँग काम गर्न रमाईलो । दिदीले माया गर्नुहुन्छ । खायो खाएन बास्ता गर्नुहुन्छ । अहिलेसम्म गाली सुन्नु परेको छैन ’ चितवनका कमलले कमलो कुरा गरे ।
माईक्रो चलाउने प्रेरणा दिने त्यसै माईक्रोका साहु राम डंगोल पनि उनीसग खुशी छन रे ।’ म राम्ररी गाडीको जतन गर्छु । अरुले झै हिसाब तलमाथी गर्दिन । एक पैसो तलमाथी गरेको छैन । त्यसैले राम दाइ खुशी हुनुहुन्छु उनले थपिन - ’बरु कहिलेकाही दाइ आफैले पैसो थपेर दिनुहुन्छ । ’
’काम बाध्यताले थाले । अहिले रमाएर गर्दैछु । मेरो कामबाट अरु दिदीबहिनीले प्रेरणा लिईदिए हुन्थ्यो’ रत्नपार्कनेर रोक्दै गर्दा उनले सोधिन - ’मेरो कुरो र फोटो चाहि कुन पत्रिकामा छाप्दिनुहुन्छ नी’? - ’ दिदी मैले लेख्या कुरो कम्प्युटरमा मात्र पढन मिल्ने नेपाली पोष्टमा आउँछ । अरु कुनै पत्रिकाले पत्यायो भने तपाईलाई फोन गर्नेछु ’ मैले भने । हुन्छ भाइ । छुट्टिदै गर्दा उनले भनिन - ’ भाइ पाएँ भने मैले डोजर र ट्रक समेत चलाउन सक्छु । तर हामीलाई खाचो छ हौसलाको ।’

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top