Sunday, January 9, 2011

ब्युटीपार्लरमा छापा, ६ युवती र ३ युवक आपत्तिजनक अवस्थामा पक्राउ

काठमाडौं, पुस २४
दरबारमार्गस्थित नेचुरल स्पा एण्ड ब्युटीपार्लरमा प्रहरीले छापा मारी ६ युवती र ३ युवकलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। युवकहरु भारतीय भएको थाहा भएको छ। पक्राउ परेकालाई अहिले कारबाहीका लागि काठमाडौं परिसर पठाइएको छ। यहाँ यौन व्यवसाय हुने जानकारी पाएकाले दरबारमार्ग प्रहरीले दुई दिनदेखि निगरानी गरिरहेको थियो। यसै क्रममा शनिबार त्यहाँ छापा मारिएको प्रहरी निरीक्षक कृष्ण कोइरालाले बताए।

No comments:

Post a Comment

^ Scroll to Top