Tuesday, October 25, 2011

कस्तो हिंश्रक फेसन हो यो ?

बलिउडकी अभिनेतृ, मोडेल तथा क्लासिकल डान्सर सुमन मिश्रा दिपावलीको अवसरमा धमाकेदार रुपले प्रस्तुत भएकी छिन् ।

हट ब्युटी मिश्राले दिपावलीको मौका पारेर टपलेस फोटोसुट गराएकी छिन् । टपलेस भनेपछि धेरैको आङ जिरिंग भयो होला । तर नआत्तिनुस् उनका ढाकिनुपर्ने चिजहरु पटकाले छोपिएका छन् । कस्तो जोखिम मोलेकी होलिन् सुमनले ? कस्तो हिंश्रक फेसन हो यो ?







Onlinekhabar.com
अरु यता >>

Tuesday, October 18, 2011

जगजित सिंहको आत्मकथा को एक भाग

-यज्ञश
सन् १९६१ मा मुम्बई आइपुग्दा जालन्धरको बीसवर्षे ठिटोको सपना 'मायानगरी' जत्तिकै चम्किलो थियो । तर, चार वर्षको संघर्षले पगडी धारण गरेको यो दाह्रीवाला ठिटोका सपनामा टन्नै धूलो जम्मा गरिदियो । सपनाको सहरमा केही अचम्मका मानिस र तिनका व्यवहार देखेपछि उदेक मान्दै एक दिन ठिटो सुटुक्क जालन्धर फर्कियो । फर्किने बेला न गोजीमा पैसा थियो, न हातमा टिकट । आपmनै सहरको स्टेसन पुग्ने रेल भने पटरीमा तैनाथ थियो । आफूसँग थियो त केवल बिस्तारै निभ्छ कि जस्तो भएको आपmनै सपनाको दियो । केटाले रेलको शौचालयमा बसेर यात्रा पूरा गर्‍यो । जीवनले कसैकसैलाई दोस्रो मौका पनि दिन्छ । यो केटो पनि चार वर्षपछि फेरि मुम्बई फर्कियो । यसपटक दाह्री कपाल र पगडीबिना, सफाचट ।

त्यसको ५६ वर्षपछि ब्रेन ह्यामरेजले निधन हुँदा यही केटाको परिचय फरक बनेको थियो, 'गजल सम्राट् जगजित सिंह ।' सोमबार ७० वर्षको उमेरमा मृत्युलाई पनि एउटा संगीतको नोटलाई जसरी शान्त भएर ग्रहण गर्दा जगजित सिंह धेरै दिनदेखि अस्पतालमा थिए । पहिलोपटक गजलमा १२ तारको गिटारको धुन प्रयोग गरेका जगजितको जीवनको तार चुडिँदा यसको आवाजले संसारभरका उनका प्रशंसकलाई दुःखी बनाएको छ, उनका गम्भीर र मोटो आवाजका गजलले जस्तै ।

शास्त्रीय शैलीका गजल र गायकीको दबदबा भएको समयमा गायनमा उत्रेका जगजित तलत मेहमुद, मेहदी हसन, मोहम्मद रफी र किशोर कुमारका प्रशंसक थिए । गजललाई सामान्यजनमा लोकपि्रय बनाउन उनले ठूलो योगदान गरेका थिए । नबुझिने भारीभरकम शब्दका सट्टा सामान्य शब्द र सजिलो लयमा गाएर यिनले 'अर्थ', 'साथ साथ', 'प्रेम गीत', 'दुश्मन', 'सरफरोश' जस्ता फिल्मका माध्यमले ठूलो पर्दालाई पनि आपmनो आवाजले पगालिदिए । जगजितको मृत्युपछि 'अर्थ'का निर्देशक महेश भट्टले भने, 'जगजितको आवाज नभएको भए 'अर्थ' त्यति राम्रो बन्ने थिएन ।' उनले आपmनो स्वरमा अन्तिम गीत 'बन्दुक' नामक फिल्मका लागि रकेर्ड गराएका छन् ।


सेप्टेम्बर २३ तारिखका दिन उनले मुम्बईमा एउटा ठूलो कन्सर्ट गर्दै थिए । गजल गायकीमा आपmनो अलगै पहिचान बनाएका पाकिस्तानी गायक गुलाम अलीसँग उनको जुगलबन्दी हुँदै थियो । र, त्यही दिन उनी बिरामी भएर अस्पताल भर्ना गरिए । केही दिनअघि दिल्लीमा यी दुई दिग्गजले यस्तै कार्यक्रम गरेका थिए । केही वर्षअघि आलोकश्रीको संगीतमा उनले नेपाली गजलको एउटा एल्बम पनि निकालेका थिए ।


ितेज गतिमा बग्ने हावा जब ठूलो रूखका टोड्कामा ठोक्कियो, त्यसबाट निस्किएको आवाजलाई मानिसहरू संसारको पहिलो संगीत मान्छन् । तर, मानिसको गलाबाट निस्कने आवाजको मीठासको रहस्य भने अहिलेसम्म खुलेको छैन । जगजितका प्रशंसक भन्छन्, उनको आवाज त्यस्तै रहस्यमयी थियो । 'होठों से छु लो तुम', 'तुम इतना जो मुस्कुरा रहे हो', 'कागजकी कस्ती', 'तुमको देखा तो ए खयाल आया', 'जादूका खिलौना', 'होसवालों को खबर क्या' करिब असी एल्बममा उनले यस्ता सयौं गीत गाए ।


जगजित र चित्राको स्वरमा 'हम तो हैं परदेश मे' सुन्दा लाग्थ्यो, मानौं छतमाथिको चन्द्रमा साँच्चिकै एक्लो छ । र, उदास चन्द्रमाको आँसु शीत बनेर एकैछिनमा धर्तीमा तप्किने छ !


'पायोनियर' पत्रिकालाई केही वर्ष पहिले दिएको अन्तर्वार्तामा उनले भनेका थिए, '१९६८ मा विविध भारती व्यवसायिक हुनु मेरो करिअरको सबभन्दा ठूलो मोड थियो ।' यो किनभने, रेडियोले विज्ञापन बजाउन थालेपछि जगजितले त्यसका लागि थुप्रै साबुन र अरु उत्पादनका विज्ञापन जिंगल बनाए । 'यो कामबाट मैले पहिलोपटक पैसा कमाएँ,' उनले भनेका थिए ।


जगजितको जीवनसँग नछुटीकन आउने एउटा नाम छ, चित्रा सिंह । सन् १९७० मा जगजितसँग विवाह गर्नुअघि चित्राको थर दत्ता थियो र उनको केहीअघि पतिसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसको पाँच वर्षपछि जगजित चित्राको यो जोडीले आपmनो पहिलो गजल एल्बम 'द अनर्फगटेवल' निकाल्यो । यो एल्बम कति हिट भयो भन्ने कुरा निकै पुरानो भइसक्यो । एल्बमको कभरमा जगजित र चित्रा सँगै बसेको फोटो थियो । यो फोटो चित्राका पहिलो पतिले खिचेका थिए । जगजित र चित्राको पहिलो भेट पनि यिनै देवोप्रसाद दत्ताले गराइदिएका थिए ।


चर्को गर्मीको मध्याह्नमा हल्का पानी बोकेको हावा चलेजस्तो मधुरो आवाज भएका जगजित-चित्राको जीवनमा भने सधैं यस्तो हावा चलेन । सन् १९९० मा मुम्बईमा भएको सडक दुर्घटनामा दिवंगत हुँदा यो जोडीको एक मात्र सन्तान विवेकको उमेर १८ वर्ष थियो । छोराको मृत्युपछि चित्राले गाउन छोडिन् । तर, जगजित गायनमा फेरि फर्के । त्यसपछि चित्रा केवल जगजितको रेकर्डिङ सुन्नका लागि मात्र स्टुडियोमा जाने गरिन् । अब सायद, यी गायिकाको स्टुडियोसम्म जाने पुल पनि भत्कियो ।


जगजित बेलाबेला आपmना टिप्पणीका कारण पनि चर्चामा रहन्थे । उनी थुप्रै पाकिस्तानी गायकहरूलाई मन पराउँदैनथे । अदनान सामीजस्ता पछिल्लो छिमलका गायकलाई उनी गायक नै मान्दैनथे । 'अदनान त गायक नै होइन, ऊ हिरो बन्न भारत आएको थियो, गल्तीले गायक बन्यो, यस्तालाई पाकिस्तान फिर्ता पठाइदिनुपर्छ,' उनले भनेका थिए ।


तर, यिनै जगजित कुनै दिन एक पाकिस्तानी गायकलाई सहयोग गर्न पाकिस्तानसम्म पुगेका थिए । ती गायक थिए, मेहदी हसन । 'मैले पाकिस्तानी मेहदी हसन होइन, कलाकार मेहदी हसनलाई सहयोग गरेको हुँ,' उनी सामान्य लाग्ने उत्तर दिन्थे तर आपmनो आवाजजस्तै स्पष्ट ।


िधर्मले शिख र मूलले पन्जाबी भए पनि जगजित राजस्थानमा जन्मेका थिए । तीन वर्षको उमेरमा पहिलोपटक स्टेजमा उनले गाए । आपmनो आवाजकै कारण उनले पढेको जालन्धरको कलेजले उनको फिस मिनाहा गरिदिएको थियो ।


एउटा अन्तर्वार्तामा उनले भनेका थिए, 'गायक नभएको भए म धोबी बन्थें होला । किनभने मलाई आइरन -इस्त्री) खुब मनपर्छ । मेरो एउटा पmयाक्ट्री पनि छ, जसले यस्ता मेसिन बनाउँछ ।' यसका अलावा उनको अर्को पनि गजबको सोख थियो, घोडादौडमा बाजी लगाउने । उनले केही घोडा पनि पालेका थिए । तीव्र गतिमा दौडिने घोडामाथि बाजी लगाउने जगजित आपै+mले भने जहिले पनि सुस्त गतिका गीत गाए । मिर्जा गालिबदेखि गुलजार र जावेद अख्तरजस्ता कविका शब्द गाए । गायकीको रेसमा उनी सधैं अगाडि रहे । जीवनको रेसमा भने उनले यसपटक बाजी हारे ।


उनैले गाएको गजलजस्तो 'दुनिया एउटा जादूको खेलौना' होला, जो पाए माटो र हराए सुनै होला । तर, पानीबाट निस्केर आकाशमा फैलने बाफजस्तै उनको स्वर रेकर्ड र सिडीबाट निस्केर संसारभर फैलिइरहनेछ । र, आउने थुप्रै वर्षहरूसम्म आहत- व्यग्र हृदयहरूका साथी बनिरहनेछ । त्यस्तो आवाज, जो उनी हुँदा पनि मीठो थियो, नहुँदा पनि मीठै रहनेछ ।

anubhav4all.blogspot.com
अरु यता >>

पेटको अपरेसन गर्दा मृगौलासमेत झिकियो

अरु यता >>

Wednesday, October 12, 2011

ह्याप्पी बर्थ डे अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चन ६९ वर्षमा टेकेका छन् । अलाहावादमा आजभन्दा ६९ वर्षअघि बुवा डाक्टर तथा कवी हरिवंश राइ बच्चन तथा आमा तेजी बच्चनको कोखबाट जन्मेका अमिताभ बच्चन अर्थात बिग बी को पहिलाको नाम इलकलाब रहेपनि पछि बुवा हरिवंशले नाम परिवर्तन गरी अमिताभ राखिदिएका थिए । अमिताभको अर्थ कहिल्यै ननिभ्ने ज्योति भन्ने हुन्छ ।

अमिताभले सफल अभिनेतृ जया भदुरीसग बिहे गरे । जया र अमिताभका स्वेता नन्दा तथा अभिशेक बच्चन गरी दुइ जना सन्तान छन् । अभिशेक बच्चन बलिउडकै हिरो हुन् भने स्वेता दिल्लीको एक व्यापारिक घरानाकी बुहारी बनेकी छिन् । अमिताभले बुहारी पनि हिरोइन नै पाए । छोरा अभिषेकले विश्व विश्व सुन्दरी तथा बलिउडकी चर्चित अभिनेतृ ऐश्वर्या रायसाग बिहे गरेका छन् । अमिताभ अब हजुरबुवा हुँदैछन् छिट्टै । अर्को महिना ऐश्वर्याले जुम्ल्याहा सन्तान जन्माउँदैछिन् ।

सात हिन्दुस्तान नामको चलचित्रबाट सन् १९६९ मा बलिउडमा डेब्यु गरेका अमिताभले त्यसपछिका ३ वर्ष ठूलै संघर्ष गर्नुपर्यो र त्यसबीचमा खेलेका १५ वटा फिल्म औषत रहे । तर सन् १९७२ को फिल्म जञ्जिर सुपरहित भएपछि बच्चन एकाएक हिट बने ।

फिल्ममा उत्कृष्ट अभिनेताको रुपमा बच्चनले अहिलेसम्म ४ वटा राष्ट्रिय अवार्ड पाएका छन् । सन् १९६९ मा सात हिन्दुस्तानका लागि उत्कृष्ट नवप्रतिभा अवार्ड , सन् १९९० को अग्नीपथ , २००५ को ब्लाक र २००९ को पा का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड हात पारेका छन् अमिताभले । त्यसका अलवा उनले डन , अमर अकवर एन्थोनी , नमक हराम , हम तथा आनन्द लगायतका फिल्मबाट विभिन्न अवार्ड हात पारेका छन् ।

उमेर चढ्दै गएपनि र बलिउडमा दमदार हिरोको संख्या बढ्दै गएपनि बच्चनको चार्म घटेको छैन । उनले ठूलो पर्दामा जस्तै सानो पर्दामा पनि उस्तै धमाका बच्चाइरहेका छन् । बिग बी का नामले चिनिने अमिताभले चलाउने टेलिभिजन रियालिटी शो कौन बनेगा करोडपति निकै चर्चित छ ।

४० वर्षसम्म बलिउड फिल्म उद्योगमा अनवरत रुपमा लागिरहेका अमिताभ अझैपनि थाकेका छैनन् । चोटका बाबजुत अमिताभ हाल रामगोपाल बर्माको फिल्म डिपार्टमेन्टको सुटिङमा व्यस्त छन् । यो बाहेक अमिताभलाई आसन्न फिल्म स्ट्रगलर , पावर , बुद्ध , हाउसफुल २ , तलिसमान , आाखे २ मा देख्न सकिनेछ । बलिउडमा मात्र सिमित नभएर अब बिग बी हलिउडमा पनि डेब्यु गर्दैछन् । उनको पहिलो हलिउड फिल्मको रुपमा रहेको ग्रेट ग्यास्बीको सुटिङमा उनी केही समयपछि व्यस्त हुनेछन् ।

ऋमिताभको जिवन फिल्म र टेलिभिजन प्रस्तोतामा मात्र सिमित रहेको छैन । उनी सन् १९८४ देखि ८७ सम्म भारतको सांसद समेत बने । यस्ता प्रतिभाशाली अमिताभ दीर्घजीवी होउन् । ह्याप्पी बर्थ डे टु यु , अमिताभ ।

Onlinekhabar.com
अरु यता >>

Tuesday, October 11, 2011

जुवाखालबाट पक्राउ लगत्तै छुटिन् करिश्मा

दसैँको फुलपातीका दिन जुवा खालबाट अभिनेत्री करिश्मा मानन्धर पक्राउ परेकी थिइन् । पक्राउपछि रोइकराइ गरेकी उनलाई प्रहरीकै दबाबमा छाडिएको छ ।

फुलपातीको दिन १६ असोजमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जस्थित एक घरमा जुवा खेलिरहेकी करिश्मासहित अन्यलाई थुन्न काठमाडौं परिसर हनुमानढोका लैजान लाग्दा उनी छुटेकी हुन् । काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले छाड्न आदेश दिएपछि उनीसहित सबै जुवाडे तत्कालै छुटेको स्रोतले बतायो ।

स्रोतका अनुसार विभिन्न उच्च व्यक्तिबाट तीव्र दबाब आएको भन्दै एसपी श्रेष्ठले उनीहरूलाई पक्राउ परेलगत्तै छाड्ने आदेश दिएका हुन् । परिसरका डिएसपी आभूषण तिमल्सिनाको टोलीले जुवाखाल सञ्चालक रामबहादुरसहित अभिनेत्री करिश्मालाई पक्राउ गरेको हो ।

सादा पोसाकमा गएको प्रहरी टोलीले अभिनेत्री करिश्मासहितको साथबाट मोटो रकम र तास बरामद गरेको थियो । जुवाखालमा अभिनेत्री करिश्मा भएकोबारे सबैलाई नियन्त्रणमा लिएपछि मात्र प्रहरीले थाहा पाएको थियो । प्रहरीले बरामद रकम गन्नसमेत उनैलाई लगाएका थिए । तर, यसबारे प्रहरी स्रोतले जानकारी दिन चाहेन ।

'दिदीको भाउजु पर्नेकोमा दसैँको गिफ्ट लिएर गएको थिएँ, जुवा खेलिरहेको आशंकामा प्रहरी घरभित्र आएका थिए,' करिश्माले भनिन्, 'म माथिल्लो तलामा थिएँ, तल के गरेका थिए, थाहा भएन । प्रहरी आएर मलाई पनि सोधपुछ गरेको थियो, तर म कहिल्यै तास खेल्दिन, म पक्राउ परेको पनि होइन ।'

सबैलाई गाडीमा राखेर हिँड्नै लाग्दा छाड्ने आदेश आएपछि सादा पोसाकका प्रहरी रित्तै फर्केका थिए । स्रोतका अनुसार पक्राउ पर्नेमा धनाढ्य व्यक्तिहरू थिए ।

काठमाडौं परिसरका प्रमुख एसपी श्रेष्ठले घटनाबारे आफूलाई सम्झना नभएको दाबी गरे । महानगरीय प्रहरी आयुक्त कुबेरसिंह रानाले पनि घटनाबारे आफूलाई जाहेरी नगरिएको बताए । स्रोतका अनुसार पक्राउ परेको स्थानबाट अभिनेत्री करिश्मासहितका जुवाडेलाई पक्राउ गरी छाडिएकाले आयुक्त रानालाई पनि त्यसबारेमा जाहेरी गरिएको थिएन । मातहतका कार्यालयका प्रहरी प्रमुखले कुनै पनि घटनाबारे तत्कालै आयुक्तलाई जानकारी दिनुपर्ने हुन्छ ।

दसैँको समयमा क्यासिनोमा जस्तै व्यावसायिक रूपमा जुवा खेलाउने अखडाहरूको पहिचान गरी प्रहरीले छापा मारेको थियो । त्यसरी व्यावसायिक रूपमा जुवा खेल्ने र खेलाउने गरी दसैँ सुरु भएयता सोमबारसम्म ४० भन्दा बढी व्यक्ति पक्राउ परेको काठमाडौं परिसरका डिएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

एभरेस्टबाट दुई पक्राउ


जुवा खेलिरहेको अवस्थामा आइतबार प्रहरीले एभरेस्ट क्यासिनो नयाँबानेश्वरबाट दुई नेपालीलाई पक्राउ गरेको छ । कोटेश्वरका रविन श्रेष्ठ र जावलाखेलका बाबुराम तामाङलाई एक लाख चार हजार नगदसहित पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले एक सय रुपैैयाँ दरका तीन थान क्वाइन पनि बरामद गरेको छ ।

प्रहरीले ललितपुरको सैँबु, भैंसेपाटीबाट पनि १२ जना जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर परिसर र र बुङमती प्रभागको प्रहरी टोलीले विश्वगोपाल कार्कीको घरमा व्यावसायिक रूपमा नै जुवा खेलाउने र खेल्नेहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले एक लाख ४३ हजार आठ सय रुपैयाँ पनि बरामद गरेको छ ।

नयाँ पत्रिका
अरु यता >>

Sunday, October 9, 2011

निहिता बिग बोसको घरबाट आउट


काठमाडौँ । बिकीनी किलरका रुपमा परिचित चाल्स शोभराजकी पत्नी निहिता विश्वास रियालिटी सो बिग बोसको सिजन ५ बाट बाहिरिएकी छिन् । यस सिजनबाट बाहिरिने उनी पहिलो प्रतियोगी हुन् ।

प्रतियोगिताबाट बाहिरिनेको सूचीमा रहेकी मोडल तथा भिजे पूजा मिश्र भने निहितालाई पन्छाउँदै बिग बोसको घरमा बस्न सफल भइन । प्रतियोगिताबाट बाहिरिएपछि निहिताले आफूलाई बिग बोसको घरबाट निकाल्न निर्णय पक्षपातपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन् केहीलाई छाडेर बिग बोसका सबै राम्रा साथीहरु छन् । म आफ्नो र पतिका बारेमा रहेका केही गलत प्रचारहरुलाई प्रष्ट पार्न चाहन्थेँ । यसमा केही कदसम्म सफल भएँ ।

उनले कार्यक्रममा दौरान सोधिएको शोभराजसँगको यौन सम्वन्धबारे सोधिएको प्रश्नले आफ्नो लागि आश्चर्यजनक भएको बताइन । उनले भनिन् कार्यक्रममा दौरान योन सम्वन्धबारे सोधिएको प्रश्न मेरा लागि सकिङ थियो । तर पनि मैले हरेक प्रश्नको जवाफ दिने कोशिस गरेँ ।

विग बोसको अर्का सहभागी मनदीप बेल्वीले शोभराजसँगको यौन सम्वन्धबारे प्रश्न गर्दा निहिता जज्जित हुनु परेको थियो । बेल्वीले निहितालाई सोधिकी थिइन् शोभराज र तिमीले पनि सेक्स गरेका छौं यो प्रश्नको निहिताले कुनै जवाफ दिन नसक्दा बेल्वीले अर्को प्रश्न राखिन तिमीले शोभराजसँग किन बिहे गरेकी ।

Onlinekhabar.com
अरु यता >>
^ Scroll to Top