Thursday, January 6, 2011

चुम्बनबारे प्रोफेसर

पत्रकारिताका प्रोफेसर : चुम्बनलाई सरल र छोटो बनाउनुस् ।
कम्प्युटर साइन्सका प्रोफेसर : चुम्बन प्रेमको एक बाइट हो ।
ज्यामितिका प्रोफेसर : चुम्बन दुई सीधा रेखाबीचको सबभन्दा नजिकको दुरी हो ।
भौतिकशास्त्रका प्रोफेसर : चुम्बन हृदयको विस्तारका कारण हुने मुखको संकुचन हो ।
रसायनशास्त्रका प्रोफेसर : चुम्बन दुई मुटुको अन्तर्त्रिmयाको प्रतिक्रिया हो ।
दन्तचिकित्साका प्रोफेसर : चुम्बन सरुवा, तर हानि नगर्ने चीज हो ।
लेखाका प्रोफेसर : चुम्बन फिर्ता हुँदा नाफा आउने क्रेडिट हो ।
अर्थशास्त्रका प्रोफेसर : चुम्बन पूर्तिभन्दा माग उच्च हुने वस्तु हो ।
तथ्यांकशास्त्रका प्रोफेसर : चुम्बन एक सम्भाव्यता हो, जो ३६-२४-२६ -छाती, कम्मर, नितम्बको आकार) मा निर्भर गर्छ ।
अंग्रेजीका प्रोफेसर : चुम्बन संयोजकका रूपमा प्रयोग हुने एक संज्ञा हो, जो बहुवचनमा बोलिन्छ र सबैलाई लागू हुन्छ ।
यौन : केही रोचक तथ्य
- हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
- विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।
- एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
- पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।
- २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।
- रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् ।
- आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राण्ाी मानिस र डल्पिmन मात्र हुन् ।

No comments:

Post a Comment

^ Scroll to Top