Wednesday, January 12, 2011

कर तिर शाहरुख

सुपरस्टार शाहरुख खानलाई आयकर विभागले सूचना जारी गरेको छ । समाचार एजेन्सी पिटिआईका अनुसार आयकर विभागले शाहरुखलाई संयुक्त अरब इमिरेट्समा रहेको उनको एक भव्य महलको कर तिर्न सूचना पठाएको छ ।
सन् २००८/०९ मा एक कम्पनीको प्रचार गरेबापत शाहरुखलाई सो महल या भिल्ला उपहारका रूपमा प्राप्त भएको थियो । यसको मूल्य लगभग १८ करोड भारु छ । यस उपहारलाई आफ्नो व्यवसाय या कामबाट भएको आयको हिस्सा मान्न नसकिने शाहरुखको भनाइ छ । अपि्रल २००९ मा उनले आयकर विभागलाई आफ्नो घर, व्यवसाय, सम्पत्ति आदि गरी करिब एक अरब २६ करोड भारुबराबरको आय देखाएका थिए । उनले आयकर विभागलाई दिएको प्रतिवेदनमा द पाम, जुमेरा, दुबईमा ८५०० वर्ग फिटमा बनेको दुईतले महललाई नखिल पब्लिक ज्वाइन्ट स्टक कम्पनीबाट प्राप्त भएको उपहारका रूपमा उल्लेख गरेका थिए । तर, आयकर विभागले उनको यस जवाफलाई अस्वीकार गर्दै डिसेम्बर १० मा दोस्रो नोटिस पठाएको थियो जसमा यस महललाई कर लगाउन योग्य बताइएको थियो । विभागले कम्पनीले शाहरुख खानलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रयोग गरेकाले महललाई उनको आयकै रूपमा लिनुपर्ने बताएको छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top