Thursday, January 13, 2011

चुरोट माग्नेले गोली हाने...

काभ्रे, पुस २८ - अपरिचित समूहले बुधबार साँझ काभ्रेको पनौती- २ स्थित धनेश्वरमा महिला होटल व्यवसायीमाथि गोली प्रहार गरेको छ ।
नकाव लगाएर चुरोट किन्न आएका एक व्यक्तिले ४० वर्षिय होटल व्यवसायी इन्दिरा आचार्यमाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सन्तोष तामाङले जानकारी दिए । 'खबर पाएलगत्तै अपराधीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरेका छौं,' उनले भने ।
कुममा गोली लागेकी घाइते महिलाको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top