Wednesday, January 12, 2011

एक जनाको भूमिगत पार्टी

जम्मा एक जनाको भूमिगत पार्टी। नेता, लडाकू र सैन्य प्रमुख पनि उही। तर, संकलित रकमको थुप्रो ठूलै छ। एक जनाले तर्साएकै भरमा उद्योगी-व्यापारीहरू र उच्चपदस्थ कर्मचारीले लाखौँलाख रकम दिए। रामेछापको ठोसे गाविस-४ का मोहन कार्की, २७, यस्तो उदाहरण हुन्, जसले धम्कीबाट रकम असुल्ने अपराधलाई पेसा बनाएका छन्। कहिले आफूलाई माओवादी भन्दै त कहिले 'राष्ट्रिय मुक्ति सेना'का नाममा 'धन्दा' गर्दै आएका कार्की २७ मंसिरमा पक्राउ परे। पक्राउ परेलगत्तै उनले प्रहरीलाई भने, "रहिा भएको सात महिना भयो, केही काम त गर्नुपर्‍यो भन्ने लाग्यो अनि पुरानै कामलाई निरन्तरता दिएँ, आफ्नै कोठालाई बैठक कक्ष बनाए एक्लै बैठक गरेँ।"
कार्कीले कहिले किरण त कहिले विज्ञान उपनाम लेखेर राजधानीका धनाढ्य व्यापारीहरू तथा ठूला होटल व्यवसायीहरूलाई धम्क्याउँदै सात महिनामै लाखौँ रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ। उनलाई चन्दा दिनेहरूको विवरण हेर्दा प्रायः सबै उद्योगीहरू नै पाइएका छन् -हेर्नूस्, बक्स)। तर, उनले रकम संकलनको बहाना भने राजनीतिक बनाएका छन्। माओवादीहरू शान्ति प्रक्रियामा आउनासाथ उनले माओवादीकै नाममा चन्दा उठाएका थिए। कार्की नक्कली माओवादी भएको प्रमाणित भएपछि पक्राउ गरएिका थिए। त्यसबेला पनि धम्की दिँदै चन्दा उठाएको काण्डमा उनी पाँच महिना जेल परे।
राजधानीका उद्योगी-व्यापारी तथा सरकारी उच्चपदस्थ कर्मचारीहरू कति असुरक्षा महसुस गर्छन् भन्ने खुलेको छ, कार्की पक्राउ परेको घटनाबाट। कसैले धम्क्याएर फोन गर्दै रकम माग गर्‍यो भने प्रहरीमा खबर गर्न जाने प्रवृत्ति व्यापारीहरूमाझ ह्वात्तै घटेको पनि यसबाट प्रमाणित भएको छ। "प्रहरीलाई खबर गर्दा जीवन खतरामा पर्छ भन्ने व्यापारीहरू ठान्छन् तर त्यसो होइन," जिल्ला प्रहरी कार्यालयका एक डीएसपी भन्छन्, "अनुसन्धानका लागि केही समय लाग्न सक्छ, आत्तिनु हँुदैन।" प्रहरीका अनुसार, यस्ता केसहरू प्रहरीमा हत्तपत्त आउँदैनन्, जसले गर्दा अपराधीको मनोबल बढ्ने गरेको छ।
धम्की दिएर रकम असुल्ने कामलाई कतिपयले पेसा नै बनाएका छन्। प्रहरीप्रतिको बढ्दो अविश्वासका कारण उद्योगी-व्यापारीहरूले बरु धम्की दिनेसँगै मोलतोल गरी पैसा दिएर ढुक्क हुन खोजेको देखिन्छ। उद्यमी-व्यापारी र उच्च अधिकारीहरूको यस्तो प्रवृत्तिले धम्काएर सजिलै धनी हुन खोज्नेहरूको संख्या बढाइरहेको छ। कार्की सतहमा देखिएका त्यस्ता प्रतिनिधि पात्र हुन्, जसले संक्रमणकालको सुरक्षा व्यवस्थाका प्वालहरूको फाइदा उठाए, उनी एक्लैले चलाएको धन्दाको कहानीले यस्तै भन्छ।
पहिलोपटक जेल परेर छुटेपछि उनले माओवादी बनेर रकम संकलन गर्न सकेनन्। त्यसैले कार्कीले ९ वैशाख २०६४ मा 'राष्ट्रिय मुक्ति सेना'को नक्कली ब्यानरमा कमाउधन्दा फेर िसुरु गरे। सुरुमा उनका केही नातेदार उक्त संगठनमा सामेल भएका पाइए तापनि उपराष्ट्रपति निवासमा बम विस्फोट गराइएपछि उनीहरूले संलग्नता त्यागेको प्रहरीको दाबी छ।
एसएलसी उत्तीर्ण नगरेका कार्कीको कोठाबाट बरामद भएका दस्तावेजहरूको भाषा द्वन्द्वकालका ठूलै माओवादी नेताहरूले जारी गर्ने वक्तव्यमा जस्तो आभास हुन्छ। यही शैलीमा उनले थप दुई वर्ष असुली जारी राखे। महानगरीय प्रहरी परसिर हनुमानढोकाका अनुसार, असुलीको निरन्तरताका लागि चर्चामा आउने गरी घटना गराउने सिलसिलामा उनले ०६५ सालमा उपराष्ट्रपति परमानन्द झाको निवासमा बम विस्फोट गराएका थिए।
मुक्ति सेनाकै नाममा विस्फोट गराएर चर्चामा आएपछि कार्कीले अवैध असुली तीव्र बनाएका थिए। यसै क्रममा पक्राउ परेपछि अदालतको आदेशले उनी १७ महिना जेल परे। जेलबाट निस्केपछि पनि सुधि्रएनन्। छुट्नासाथ माओवादीका झैँ दस्तावेज तयार गरे। रातो झन्डा, रातै अक्षरको लेटर हेड तथा माओवादीकै जस्तो भाषामा वर्षगाँठसमेत मनाएको विवरण उतारी उनले चन्दाका लागि अपिल जारी गरेको पाइएको छ। कोठामा बसेर विस्तारति बैठक सम्पन्न गरेको विज्ञप्ति तयार गरी असुली गर्नुपर्ने ठाउँहरूमा पठाउने गरेको कार्कीले स्वीकार गरेका छन्।
राष्ट्रिय मुक्ति युद्ध सुरु गरेको भन्दै एक्लै असुली गर्दा उनले केही सडक बालबालिका र मजदुरहरूको प्रयोग गरेको पाइएको छ। दरबारमार्गका प्रहरी निरीक्षक कृष्णप्रसाद कोइरालाको टोलीले उनलाई चन्दाका लागि प्रयोग भएका दुई मजदुरहरूसहित चाबहिलमा समातेको थियो। ठमेलस्िथत मल्ल होटलमा रकम लिन पठाइएका ती दुई मजदुरहरूलाई पिछा गर्दै जाँदा कार्की पनि फन्दामा परेको प्रहरीले जनाएको छ। विष्णुबूढानीलकण्ठ गाविस वडा नं ३ मा रहेको उनको डेरा खानतलासी गर्दा १० ग्राम खैरो हेरोइनसमेत बरामद गरएिको प्रहरीको बरामदी मुचुल्का देखिन्छ।
पटकपटक पक्राउ पर्दै सजाय काटेर बाहिरनिासाथ उनले फेर िधम्की र जबरजस्ती असुली नछाडेकाले ९० दिन हिरासतमै राखेर बढी सजायका लागि अदालतमा अपिल गर्ने तयारी प्रहरीले गरेको छ। तर, बयानमा पनि उनले विचार बेचेर खान पाउनुपर्ने दाबी गरेका छन्। आफूले जबरजस्ती नभई स्वेच्छिक सहयोग मागेको बयान दिएका छन्। साथै, बरामद लागूपदार्थ आफ्नो नभएको दाबी पनि छ, उनको। प्रहरी परसिर मुद्दा शाखाका एक अधिकृतका अनुसार, राजधानीका सोल्टी, सांगि्रला, द्वारकिालगायतका तारे होटलहरूमा कार्कीले असुलीका लागि पत्र पठाइसकेका थिए। मल्ल होटलमा १० लाख माग गरेकामा बार्गेनिङ् गर्दा दुई लाख रुपियाँमा सहमति भएको थियो तर रकम भने उनको हातमा पर्न पाएन। दरबारमार्गस्िथत एक होटलका महाप्रबन्धकका अनुसार, उनले रकम नदिए उपराष्ट्रपतिको घरमा झैँ बम पड्काउने धम्की दिने गरेका थिए। ती महाप्रबन्धक भन्छन्, "विदेशी पाहुनासमेत हुने ठाउँमा त्यस्तो घटना भइहाले नराम्रो असर पर्ने भएकाले उनलाई सकेसम्म कम रकममा मिलाउने प्रयास जारी थियो, प्रहरीले पक्राउ गरििदयो।"
धम्कीकै भरमा रकम पाइने क्रम बढेपछि कार्कीले नेपाल राष्ट्र बैँकका गभर्नर युवराज खतिवडासँग पनि फोनमा रकम माग गरे तर खतिवडाले तत्काललाई बैँकले रकम दिने नीति नभएको भन्ने जवाफ दिएपछि दोस्रोपल्ट धम्क्याउन नपाउँदै कार्की समातिए। उनको मोबाइल विवरणमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसँग पनि पटकपटक कुरा भएको देखिन्छ। नेपाल आयल निगमका महाप्रबन्धक दिगम्बर झा, उद्योग मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नापतौल विभाग र कृषि मन्त्रालय अन्तर्गतको दुग्ध विकास संस्थानबाट पनि उनले रकम असुल्ने प्रयास गरेका थिए।
त्यस्तै, धादिङको बैरेनी घर भई काठमाडौँको कलंकीमा बस्दै आएका अर्जुन अधिकारी, २६, ले पनि नियमित आम्दानीको जागिर हुँदाहुँदै रकम असुल्न धम्कीको सहारा लिने प्रयास गर्दा प्रहरीको खोरमा बस्नुपरेको छ। तर, उनले भने राजनीतिक संगठनको सहारा लिएनन्। जिमखाना खोल्न रकमको अभाव भएकाले फोनमा तर्साउँदै अधिकारीले सामान्य प्रशासन सचिव बालानन्द पौडेलसँग रकम माग गरेका थिए। सचिव भन्ने थाहा पाएर नभई कलंकीका बासिन्दा भएकाले रकम पाउन सकिने आशमा आफूले पौडेललाई धम्क्याएको बयान प्रहरीलाई दिएका छन् उनले। दूरसञ्चार प्राधिकरणको रेकर्ड अनुसार, उनले धुलिखेल, थानकोट, बूढानीलकण्ठ र फर्पिङलगायतका फरकफरक ठाउँमा पुगी एउटै मोबाइलबाट धम्क्याएका थिए।
अधिकारीले केही समयअघि यस्तै धम्की र असुलीमा पक्राउ परेका कथित डन चरी उपनामका दिनेश अधिकारीका नाममा रकम माग गरेका थिए तर सचिव पौडेलले रकम दिए कि दिएनन् भन्ने कुरा भने प्रहरी प्रतिवेदनमा कतै खुलेको छैन। उनलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष कार्यदललाई नै खटाएको थियो तर असुलीका लागि धम्क्याएको स्वीकार गरेपछि उनलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर छाडिएको छ। कडा कानुनको अभावमा सार्वजनिक अपराधमा मुद्दा चलाउनुपरेको प्रहरी परसिर हनुमानढोकाका प्रमुख रमेश खरेलको भनाइ छ।
कार्की र अधिकारीजनित यी दुई घटनाले सरकारको उच्च तहमा आसीन व्यक्तिहरूमा पनि असुरक्षाको भावना त छँदैछ, उनीहरू अपराधीका सहज निसानामा पनि छन् भन्ने देखाएको छ। गृहमन्त्री भीम रावलले मुलुकको शान्तिसुरक्षा मजबुत भएको दाबी गर्दा उनको मन्त्रालयभन्दा केही मिटरको दूरीमा मात्र कार्यालय भएका सामान्य प्रशासन सचिवले पटकपटक धम्कीको सामना गर्नुपर्छ र सरकारी अड्डाबाटै असुलीका लागि रकम दिइन्छ। यसले गृहमन्त्रीको दाबीलाई तगडा धक्का दिएको हुनुपर्छ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top