Thursday, June 30, 2011

‘सेक्सी भए एक्लो हुदैनथे’


हलिउडबाट बलिउड भित्रिएकी कट्रिना कैफले आफूलाई एक कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भएकी छिन् । हिन्दी त्यति राम्रो बोल्न नआए पनि फिल्ममा भने उनको सम्वाद कुनै अन्य भारतीय नायिकाको भन्दा कम छैन । उनको सुन्दरतामा दिवाना हुने त हजारौ फ्यान र दर्शकहरु छन् । हालै गरिएको एक पत्रिकाको सर्वेक्षणले कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती भएको देखाएको छ । तर आश्चर्यको कुरा के छ भने कट्रिना भने स्वयंलाई सेक्सी नभएको बताउछिन् ।

‘म आफूलाई सेक्सी मान्दिन । यदि यो साचो भएको भए म अहिलेसम्म सिङ्गल (एक्लो) हुदैनथे । साच्चै भन्दा दर्शकले मलाई सेक्सी मानेका हुन्,’ सर्वेक्षण नतिजामा प्रतिक्रिया दिदैं कट्रिनाले बताइन् । आफूलाई सुन्दरी र सेक्सी देख्ने दर्शकहरुलाई उनले हृदयदेखि धन्यवाद दिएकी छिन् । यस्तो सम्मानले खुसी लागेको भन्दै कटि्रनाले भनिन्, ‘५० वर्षपछि उक्त पत्रिकाको कभरमा जब मेरो तस्वीर देख्नेछु, म मेरो नाति-नातिनीलाई गर्वले भन्नेछु कि कुनै समयमा म पनि सेक्सी थिए ।’

आजकल फिल्म पण्डितहरु कट्रिनालाई उत्कृष्ट बलिउड नायिकाहरुमध्येको एक मान्दछन् । यद्यपी कट्रिना यस्तो ‘नम्बर गेम’ मा विस्वास राख्दिनन् । ‘अहिले धेरै राम्रा फिल्महरु बनिरहेका छन् । हरेक कलाकारले सबै प्रोजेक्टमा काम गर्न त भ्याउने कुरै भएन,’ कट्रिनाले मुस्कुराउदै भनिन्, ‘सबैसग प्रशस्तै काम छ । त्यसैले प्रतिस्पर्धाको त प्रश्नै छैन ।’

Onlinekhabar.com
अरु यता >>

Tuesday, June 28, 2011

दुलही खोज्दै ९९ वर्ष वित्यो


जीवन साथी लेखेको पाइन्छ, देखेको पाइदैन भनेर बुढापाकाहरु भन्छन् । धेरै हदसम्म यो सहिजस्तो पनि देखिन्छ । त्यसैले होला विहे स्वर्गमा तय हुन्छ पनि भनिन्छ । यो त भयो आदर्शका कुरा । तर विहे साच्चै नै स्वर्गमा तय हुन्छ या पृथ्वीमा आएपछि, यो भने सदियौंदेखिको विवाद हो । अनगिन्ती कुरालगायत विहेका लागि एकले अर्कालाई मन पराउनुको अहम भूमिका हुन्छ । हिन्दीमा एउटा कहावत छ- गधाको गधी पसन्द आइ तो परी क्या चिज हे? यस्तै भएको छ दोश्रो विश्व युद्व लडेका पूर्व अमेरिकी सैनिक गिल्बर्ट हैरिकको जीवनमा । उनले ९९ वर्षसम्मको लगातार खोजीपछि अन्ततः आफूलाई मन पर्ने जीवनसाथी भेटेका छन् । गिल्बर्टले जून ६ मा ८६ वषिर्य भर्जिनिया हार्टमैनसँग विवाह गरेका थिए ।

भर्जिनियासँगको पहिलो भेट गत वर्ष एक अस्पतालमा भएको गिल्बर्टले बताएका छन् । उनीहरुबीच दिनहु भेट हुने गर्‍थ्यो । अस्पतालमा रहदा सगै बस्न मन लागे पनि अस्पताल नियमका कारण त्यसो हुन नसकेको उनीहरुले बताए । फलतः भर्जिनियाले गिल्बर्टलाई विवाहको प्रस्ताव गरेकी थिइन्, ताकी हरपल सगै बस्न सकियोस् । गिल्बर्टले पनि उनको प्रस्तावलाई हासीहासी स्विकारेका थिए ।

यो मनको कुरा बुझ्न पनि अति गाहृो छ । गिल्बर्टलाई आफ्नो जवानीभर कुनै युवती मन परेन । अहिले बुढेसकालमा आएर ५ बच्चाकी आमा भर्जिनियाको प्रेम र सुन्दरतामा उनी मख्ख छन् । भर्जिनियाको पूर्व श्रीमानको भने मृत्यु भैसकेको छ ।
Onlinekhabar.com
अरु यता >>

Monday, June 27, 2011

best of Charlie Chaplin

अरु यता >>

अंग्रेजीमा ९९ अंक


तनहुँ, अषाढ १३ - यस वर्षको एसएलसी परीक्षामा सहभागी ढोरफिर्दी ३ लालिमका १७ वर्षीय भिक्टोर पौडेलले अनिवार्य अंग्रजीमा ९९ अंक प्राप्त गरेका छन् ।

जिल्लाको दुलेगौंडा ७ गाछेपानीस्थित वाल विद्या मन्दिर हाईयर सेकेण्डरी स्कुलवाट उनी एसएलसी परफक्षामा सहभागी थिए । उनको जन्म २०५१ साल असार ६ गते हो भने सिम्वोल नम्वर ०४२२९७४ ‘एस’ रहेको छ ।

उनले अंग्रेजीमा ९९ अंक आउनु सामान्य झै लागेपनि विभिन्न पत्रपत्रिकामा अंग्रेजी विषयमा ९८ अंक हाँसिल गरेकालाई नेपालकै प्रथम भनेर प्रचार गरिएपछि आफुले पनि ९९ अंक प्राप्त गरेको जानकारी गराउन चाहेको वताए ।

‘एसएलसीको परीक्षामा अनिवार्य अंग्रेजीमा ९९ अंक आउनु सामान्य नै होला भन्ने लागेको थियो’ काठमाडौंमा रहेका उनले ईकान्तिपुरलाई भने, ‘तर सवैले ९९ अंक हाँसिल कसैले गरेका थिएनन् भनेपछि छक्क परेको छु ।’

उनले एसएलसीको परीक्षा भएको दिन रिजल्ट हेर्दा अंग्रेजीमा ९९ अंक आउला भनेर कल्पना नै नगरेको वताए । ‘परीक्षा सकेर आएपछि ९० अंक आउला भन्ने सोंचेको थिएँ’ परिक्षाको समयमा परिश्रम गरेर पढेको वताउँदै उनले भने, ‘नम्वर पत्यारै नलागेपछि काठमाडौंमा रहेका विज्ञान शिक्षक कमल सिग्देललाई समेत ५ पटक हेर्न लगाएँ ।’

आँफुलाई अंग्रेजी र विज्ञानमा विषेश रुचि रहेको पौडेलले वताए । पौडेलले प्राथमिक विद्यालय पश्चिमाञ्चल प्रहरी आवासिय मावि दुलेगौंडा र निमावि तह सोही ठाउँस्थित जिव जुन मेमोरियल सेकेण्डरी वोर्डिङ् स्कुलमा पढेका थिए ।

पौडेलका वावु ईश्वरीप्रसाद एसएलसीसम्मको अध्ययनपछि भारतिय सेनामा कार्यरत छन् । आमा टिकामाया ढोरफिर्दी ३ स्थित ढोरफिर्दी प्राविमा विगत १४ वर्षदेखि पढाउँदै आएकी छिन् । निजी तर्फवाट प्रमाणतह उतिर्ण उनले प्रावि दरवन्दिमा पढाउँदै आएकी हुन् । पौडेलकी ४० वर्षीया आमा टिकामायाले छोरा भिक्टोरलाई कुनै पनि कुरा वुझ्न धेरै पढ्न नपर्ने प्रवृतिको भएको वताईन् ।

‘पढाईका कुराहरु एकै पटकमा वुझ्थ्यो’ आफु गाउको विद्यालयमा पढाउने भएकोले छोराको अंक नै सवैभन्दा धेरै होला भन्ने थाहा नभएको वताउँदै टिकामायाले भनिन्, ‘छोरा विशिष्ट श्रेणीमा उत्रिर्ण भयो त्यसैमा खुसी मानेका थियौं ।’

पौडेलले नेपालीमा ७६ अंक, गणितमा ९७ अंक, विज्ञानमा ८० अंक, सामाजिक शिक्षामा ८४ अंक, स्वास्थ्य तथा जनसंख्या शिक्षामा ८५ अंक, ऐच्छिक गणितमा ९० अंक र लेखामा ८८ नम्वर प्राप्त गरेका छन् ।

विद्यालयका निर्देशक जिपि सिग्देलले पौडेल विद्यालयको परिक्षा तथा हरेक कृयाकलापमा उत्कृष्ठ भई रहने विद्यार्थी भएको वताए । ‘उनी कक्षामा प्रथम, द्धितिय भई रहेने विद्यार्थी हुन् ।’ उनले अंग्रेजी परिक्षामा ९९ अंक आउदा विद्यालयका शिक्षकहरु समेत चकित परेको वताउँदै भने, ‘हामी पनि उनको अंक प्रति अचम्मित छौं ।’


ekantipur.com
अरु यता >>

Friday, June 24, 2011

ऐश्वर्यालाई सलमानको सुझाव -’क्रिकेट टिम बनाउ’


अहिले एश्वर्या राय बच्चनलाई बधाई र शुभकामनाको ओइरो थामिनसक्नु छ । उनी गर्भवती भएको खबरले परिवारमा मात्र हैन, बलिउडभर खुसीयाली छाएको छ । फिल्म निर्माता, निर्देशकदेखि लिएर नायक, नायिका एवं आमदर्शकहरुले पनि एश्वर्या र बच्चन परिवारलाई शुभकामना दिएका छन् । यसमा बलिउडका हस्ती नायक सलमान खान चुक्ने त कुरै भएन । कुनै समय एश्वर्यासँगको चक्करमा पागल झै भएका सलमानले ऐश्वर्यालाई आगामी दिनमा पुरै क्रिकेट टिम बनाउन शुभकामना दिएका छन् । यिनै विश्व सुन्दरीको लागि सलमानले विवेक, साहरुखलगायतसँग दुश्मनी पनि मोलेका थिए ।

‘धेरै धेरै बधाई हजुरबुबालाई (अमिताव बच्चन) । अभिशेक र एश्वर्याले एउटा पुरै क्रिकेट टिम बनाउन भन्ने म चाहन्छु,’ एश्वर्यालाई शुभकामना दिदैं सलमानले भने । बधाइ दिने क्रममा सलमान निकै मुस्कुराइ रहेका देखिन्थे । कतै सलमानले आफ्नो मनभित्रको पीडा लुकाउन ऐश्वर्याले क्रिकेट टीम बनाउन पुग्ने सन्तान जन्माउन भनेर मन बुझाएका छ हैनन् ?

बिहेअघि सलमान र एश्वर्याको सम्बन्धले निकै तहल्का मच्चाएकाले अभिशेक यो खुुसीको खबर सलमानलाई सुनाउने मनस्थितीमा थिएनन् । यद्यपी एश्वर्या र सलमानबीचको पेशागत सम्बन्ध भने टुटिसकेको छैन । २००७ मा बिहेपछि पनि एश्वर्या र सलमानले ‘गड तुसी ग्रेट हो’ नामक फिल्ममा सँगै काम गरेका थिए । एश्वर्या गर्भवती भएसँगै उनी आमा बन्न असक्षम रहेको भन्ने मुम्बइस्थित स्थानिय प्रत्रिकामा प्रकासित समाचार गलत सावित भएको छ ।
Onlinekhabar.com
अरु यता >>

Thursday, June 23, 2011

गुगलको जादु..............

गुरुत्वको नियम कसले पत्ता लगायो । सारै सजिलो, न्युटनले । के यो सिद्धान्त बस्तुमा मात्र लागु हुन्छ ? होइन । सफ्ट्वेयरमा पनि लागु हुन्छ । नपत्याए हेर्नुहोस् न त ।



पहिले ब्राउजरमा www.google.com टाइप गर्नुहोस्

त्यसपछि गुगल खुल्छ ।
अनि सर्च गर्ने ठाँउमा Google Gravity टाइप गर्नुहोस्

र, अन्तमा म भाग्यमानी अनुभव गरिरहेको छु (I am feeling lucky) मा क्लिक गर्नुहोस् । अनि देख्नुहुन्छ जादु ।

paniphoto.com
अरु यता >>

अझै चर्चा छ 'बोर्डफस्र्ट’को

प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन्


सरकारले ०६२ पछि एसएलसी परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई 'बोर्ड फस्र्ट' घोषणा गर्न छाडे पनि यसको चर्चा भने कायमै छ । सर्वोत्कृष्ट (बोर्ड फस्ट) घोषणाले अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको भन्दै सरकारले पछिल्लो समयमा यस्तो व्यवस्था परिवर्तन गरेको हो । सर्वोत्कृष्ट घोषित भएकाहरू भने अधिकांश अहिले रोजगारी तथा अध्ययनका लागि विदेशमा छन् ।

प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन् । उनीहरूमध्ये धेरैजसो विदेशमा छन् । केहीले विदेशमा बसेर पढाइलाई निरन्तरता दिएका छन् भने केही जागिर खाँदै छन् । चिकित्सापछि इन्जिनियरिङ पढ्नेको जमात ठूलो छ ।

प्रजातन्त्र पुनस्र्थापनापहिलेका बोर्डफस्ट कोही सामाजिक र कोही राजनीतिक क्षेत्रमा लागेर समेत ख्याति कमाएका छन् । एसएलसी सर्वोत्कृष्टमध्ये ०२६ सालका एसएलसी सर्वोत्कृष्ट डा. बाबुराम भट्टराई अहिले सबैभन्दा बढी चर्चामा छन् । डा. भट्टराई यसअघिको सरकारका अर्थमन्त्री भइसकेका छन् । अर्थमन्त्री हुँदा उनले गरेको कामबाट सन्तुष्ट हुनेको जमात ठूलो छ । विदेशमा अध्ययन गरेर पनि नेपालमा फर्केर राजनीतिमा लागेका व्यक्तित्व हुन्, उनी । इन्जिनियरिङ पढेका भट्टराई अहिले राजनीतिक क्षेत्रमा चर्चित छन् ।

०२४ सालका सर्वोत्कृष्ट डम्बरबहादुर नेपाली चिलिमे जलविद्युत् परियोजनाका संस्थापक हुन् । परियोजना सफल भएपछि उनी एकाएक चर्चामा आएका थिए । आफ्नो कामले यसरी चर्चामा आउने सर्वोत्कृष्टहरू कम छन् । एसएलसीको बोर्डफस्टहरू सरकारी जागिरमा निकै कम छन् । सरकारी जागिरमा बोर्डफस्र्ट शून्य हुनबाट बचाएका छन्, किशोर थापाले । ०३१ सालको एसएलसीका सर्वोकृष्ट थापा अहिले निर्वाचन आयोगमा सचिव छन् ।

०५० सालकी सर्वोत्कृष्ट गरिमा राणा हाल बेलायतमा छिन् । ग्यालेक्सी पब्लिक स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरेकी थिइन् । एमबिबिएस नपढ्ने थोरै बोर्डफस्टमध्येकी उनी एक हुन् । बेलायतमा उनको अध्ययन अध्यापनभन्दा पनि घरगृहस्थी प्राथमिकतामा छ ।

सरकारले ०५१ सालमा सर्वोत्कृष्ट विद्यार्थीको नामै घोषणा गरेन । ०५२ सालको एसएलसीमा सर्वोत्कृष्ट भएका आयाम लामिछाने अहिले जापानमा छन् । वीरेन्द्र सैनिक आवासीय महाविद्यालय भक्तपुरबाट एसएलसी दिएका लामिछानेले सिभिलतर्फबाट त्यहाँ अध्ययन गरेका थिए । आयामका पिता पदमराज लामिछानेका अनुसार उनी अहिले जापानमा छन् । एसएलसी पास गरेर बूढानीलकण्ठबाट 'ए' लेभल पास गरेपछि उनी छात्रवृत्तिमा जापान गएका थिए । पदमराजका अनुसार आयाम अहिले टोकियो विश्वविद्यालयमा पिएचडी गर्दै छन् ।

विश्वबन्धु बगाले ०५३ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसीमा सर्वोत्कृष्ट भएका थिए । सेन्ट जेभियर्समा साइन्स लिएर प्लस टु गरेपछि बगालेले पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका थिए । एमबिबिएस सकेपछि उनी केही समय हेल्पिङ ह्यान्ड्स अस्पतालमा बिरामी जाँचेर बसे । पछि उनी अन्तर्राष्ट्रिय आप्रवासी संगठनको -आइओएम) मेडिकल सेक्टरमा आबद्ध छन् । बिरामी लिएर अमेरिका जाने-आउने काममा व्यस्त रहने गरेको बगाले बताउँछन् ।

०५४ सालमा सिद्धार्थ इंग्लिस मावि काभ्रेबाट एसएलसीमा सर्वोत्कृष्ट भएका मदनकुमार बडाल अहिले अमेरिकामा छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट एमबिबिएस सकेका थिए । उनले एमबिबिएसपछि चीनमा एक वर्ष अध्यापनसमेत गरेका थिए ।

०५५ सालका सर्वोत्कृष्ट वीरेन्द्र घिमिरे एसएलसीपछि नै विदेशमा छन् । भिएस निकेतन स्कुलमा पढेर सर्वोत्कृष्ट भएका घिमिरेले एसएलसीलगत्तै बेलायतमा छात्रवृत्ति पाएका थिए । बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढेपछि अहिले उनी जर्मनीमा जागिरे जीवन बिताइरहेका छन् ।

०५६ की सर्वोत्कृष्ट सुम्निमा सिंह अहिले पाकिस्तानमा छिन् । पारिवारिक स्रोतका अनुसार उनी त्यहाँ चिकित्साशास्त्र पढ्दै छिन् । सुम्निमा साहित्यिक गतिविधिमा पनि संलग्न छिन् ।

०५७ सालमा झापाका स्वच्छन्द सोङमेन सर्वोत्कृष्ट भएका थिए । एसएलसीपछि ह्वाइटहाउसमा साइन्स पढेका उनले त्रिवि शिक्षण अस्पतालबाट एमबिबिएस अध्ययन पूरा गरेका छन्् । सोङमेनका बाबु अमरसिंहका अनुसार जापानमा पाँचवर्षे छात्रवृत्ति पाएका उनी हाल उतै छन् । एमडी र पिएचडीका लागि उनले मियाजाकी विश्वविद्यालयबाट छात्रवृत्ति पाएका हुन् ।

पोखराका सुयोग भण्डारी ०५८ सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ट भएका थिए । उनी अहिले अमेरिकामा छन् । पोखराको शिशु निकेतन स्कुलबाट एसएलसी दिएका भण्डारीले काठमाडौंको बूढानीलकण्ठबाट 'ए' लेभल पास गरेका थिए । शिशु निकेतन स्कुलले दिएको जानकारीअनुसार उनी अहिले बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छन् ।

०५९ सालका सर्वोत्कृष्ट विशाल ज्ञवाली र ०६० का विशाल खनाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबिबिएस पढ्दै छन् । यी दुवैले रूपन्देहीबाट एसएलसी दिएका थिए । ज्ञवालीले न्यु होराइजन र खनालले एभरेस्ट बोर्डिङ स्कुलबाट एसएलसी दिएका हुन् । ज्ञवालीले एसएलसीपछि ह्वाइटहाउस इन्टरनेसनल र खनालले क्यास्पियन भ्याली कलेजमा प्लस टु अध्ययन गरेका थिए ।

समीर श्रेष्ठ ०६१ मा काभ्रे माविबाट एसएलसीमा सर्वोत्कृष्ट भएका हुन् । उनी एसएलसीमा बोर्डफस्ट घोषित अन्तिम विद्यार्थी हुन् । समीर अहिले काठमाडौं विश्वविद्यालयमा एमबिबिएस दोस्रो वर्षका विद्यार्थी हुन् ।

०४६ का राजन शर्मा र ०४८ का प्रवीणदेव पाठकलाई पनि स्वदेशले रोक्न सकेन । ०६२ सालयता सरकारी तहबाट एसएलसीमा सर्वोत्कृष्ट विद्यार्थीको नाम घोषणा गर्न छाडिएको छ । अनौपचारिक रूपमा भने हरेक वर्षजसो बोर्डफस्टको नाम सञ्चारमाध्याममार्फत बाहिर आई नै रहेको छ ।

त्र भवानीश्वर गौतम

हालसम्मका बोर्डफस्र्ट

१९९० पुष्पभक्त मल्ल

१९९१ यदुनाथ खनाल

१९९२ गोपालप्रसाद रिमाल

१९९३ श्यामकृष्ण गौतम

१९९४ चन्द्रदेव ओझा

१९९५ तीर्थप्रसाद प्रधान

१९९६ भरतप्रसाद प्रधान

१९९७ भुवनलाल प्रधान

१९९८ रेणुलाल सिंह

१९९९ तीर्थबहादुर प्रधान

२००० ज्ञानमणि आचार्य दीक्षित

२००१ विष्णुप्रसाद धिताल

२००२ रञ्जनमान शर्मा

२००३ उपेन्द्रमान मल्ल

२००४ भवानीशंकर राजवंशी

२००५ दामोदरप्रसाद कायलाद

२००६ शैयादमोहन शाह

२००७ नन्दकिशोर अग्रवाल

२००८ महवीरप्रसाद अग्रवाल

२००९ बाबुलाल अग्रवाल

२०१० पुरुषोत्तमनारायण श्रेष्ठ

२०११ दमलाल श्रेष्ठ

२०१२ रामबाबु शर्मा

२०१३ आनन्दमानसिंह अमात्य

२०१४ दिव्यरत्न शाक्य

२०१५ प्रकाशचन्द्र जोशी

२०१६ शिवप्रसाद अधिकारी

२०१७ रमेश शर्मा भट्ट

२०१८ प्रचण्डराज शाह

२०१९ रमेशानन्द वैद्य

२०२० दीपक बज्राचार्य

२०२१ भेषराज कँडेल

२०२२ महेन्द्रनाथ शर्मा

२०२३ प्रकाश मानन्धर

२०२४ डम्बरबहादुर नेपाली

२०२५ भक्तबहादुर आले

२०२६ बाबुराम भट्टराई

२०२७ आंगिता छिरिङ शेर्पा

२०२८ द्रेनप्रकाश रसाइली

२०२९ राजेन्द्रकुमार कवा

२०३० प्रमोदराज पोखरेल

२०३१ किशोर थापा

२०३२ रामचन्द्र शर्मा

२०३३ बलराम पाण्डे

२०३४ अनिलबहादुर तुलाधर

२०३५ विजयकृष्ण श्रेष्ठ/सतिस बजाज

२०३६ उत्तमकृष्ण श्रेष्ठ

२०३७ द्वारिका श्रेष्ठ

२०३८ अच्यूतबाबु तिवारी

२०३९ लुना भट्ट

२०४० निशा धौभडेल

२०४१ शम्भुशरण शाह

२०४२ राजनलाल प्रधान

२०४३ दीपककुमार सिंह

२०४४ प्रमोद आचार्य

२०४५ राजेन्द्र गुरुङ

२०४६ राजन शर्मा

०४७ मानव भट्टराई

०४८ प्रवीणदेव पाठक

०४९ प्रकाश थपलिया

०५० गरिमा राणा

०५१ .................

०५२ आयाम लामिछाने

०५३ विश्वबन्धु बगाले

०५४ मदनकुमार बडाल

०५५ वीरेन्द्र घिमिरे

०५६ सुम्निमा सिंह

०५७ स्वच्छन्द सोङमेन

०५८ सुयोग भण्डारी

०५९ विशाल ज्ञवाली

०६० विशाल खनाल

०६१ समीर श्रेष्ठ

०६२देखि सर्वोकृष्ट

घोषणा हुन छाड्यो ।

Nayapatrika
अरु यता >>

फेसबुकमा कलगर्लको बिगबिगी


फेसबुकको प्रयोग पछिल्लो समय हृवात्तै बढेको छ । युवादेखि बृद्वसम्मको प्रिय साथी बनेको छ यो सोसल नेटवर्किङ साइट । नयाँ साथी बनाउने, मोडेल तथा नायिका छान्नेदेखि लिएर समाचार स्रोतको रुपमा समेत फेसबुकको प्रयोग हुन थालेको छ । हुँदाहुँदा अब कलगर्लहरुले (सेक्सवर्क) फेसबुकलाई आफ्नो ग्राहक खोज्ने माध्याम बनाएको खुलासा भएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार कलगर्लहरुले आफ्नो नग्न तथा अर्धनग्न तस्विरद्वारा धनाढ्य ग्राहकलाई आकषिर्त गर्ने गरेका छन् ।

८३ प्रतिसत कलगर्लहरुको आफ्नो फेसबुक अकाउन्ट रहेको सर्वेक्षणबाट पत्ता लागेको छ । अस्लिल तस्वीरको अलवा यस्तो मेसेज लेखिएको पाइन्छ कि जोकोहिले उनीहरुको भित्री मनसाय एक सेकेन्डमै बुझ्छन् । कलगर्लका लागि सेक्स ब्यवसाय गर्न फेसबुक बरदान नै सावित भएको छ ।

यस्ता कलगर्ललाई फेसबुकबाट ग्राहक मात्र मिलेको छैन, प्रहरीबाट पक्राउ हुने डर पनि टरेको छ । साथै ग्राहक खोजीदिने मध्यस्तकर्तालाई पैसा दिनु पर्ने टेन्सन पनि हटेको छ । ग्राहकले तिर्नु पर्ने रकम र सम्पर्क गर्नु पर्ने स्थानलगायतका सूचनाहरु फेसबुकबाट तय गर्दछन् उनीहरु । वाह ! चोरका दाउ अनेक ।

Onlinekhabar.com
अरु यता >>

Sunday, June 19, 2011

जुन जोडीको फोटोको विश्वमा चर्चा छ


क्यानाडा भ्यान्कोभरमा हकी म्याच भयो । खेलमा हार र जितकोकुरालाई लिएर ठुलो हुलदङ्गा भयो। खेलका पक्ष बिपक्ष बिच ठुलो तनाब भएर सडकमा टोड फोड भए अस्रु ग्यासनै छोड्नु पर्‍यो र हुललाई तहलाउन पुलिसले कत्तीलाई लछार पछार समेत गर्नु पर्‍यो । भोली पल्ट सबै पत्रिकामा हुलदङ्गाका ठुला ठुला न्युज छापिए तर यो हुलदङ्गालाईनै मात गर्ने गरेर एउटा फोटो पत्रिकामा छपियो जुन ईन्टरनेट र सोसल मिडियामा भाईरलको रुपमा गएर तहल्कानै मच्चायो।

त्यो फोटो थियो त्यस्तो तनाब बिच पनि एक जोडी बिच सडकमा बेफिक्री सुतेर किस गर्नु। त्यो फोटो देखेर मान्छेले आफ्नै आफ्नै अड्कल काटे, कसैले हिट हुन यस्तो गरेको भने कसैले यो साचो हुन सक्दैन भने तर खास कुरा के हो त्यो त फोटोमा भएको जोडीले नै भन्न सक्थे। भोली पल्ट यसरी जताततै पत्रिका, ईन्टरनेटमा आफ्नो फोटो देखेर ति जोडी एकदम चकित परेछन् र त्यो फोटो यती हिट भयो कि उनीहरुले मिडियामा आएर के भएको थियो भन्नै पर्ने भयो।

केटा अष्ट्रेलियाका Scott Jones थिए भने केटी क्यानाडाकि Alex Thomas थिइन्। उनीहरुको प्रेम भएको केही महिना भएको रहेछ र उनीहरु पनि गेम हेर्न गएका रहेछन् । फर्कदा बाटोमा हुलदङ्गा भए पछी केटी बाटो मै लडिछन र केटाले साहनुभुति दिन मायाले किस गरेका रहेछन । त्यो केबल १-२ सेकेन्डको मोमेन्ट रहेछ तर क्यामरा म्यानले(Rich Lam) झ्याप्पै कैद गरेछन्।


Scott Jones र Alex Thomas टि.भीमा इन्टरभिउ दिदै अर्को फोटोमा केटी लडेको

जुन कैद गरेको फोटोले त्यहाँ भएको ठुलो तनाबको समाचारलाईनै ओझेल पारी दियो। यो फोटो देखेर धेरैले माया गर्नु पर्छ झगडा होइन, मायाको माझ झगडा फिक्का छ भने । केटा अष्ट्रेलियन हो भन्ने था' पाएर अष्ट्रेलियाले नि ठुला ठुला अक्षरमा अष्ट्रेलियन मायालु हुन्छन भनेर छाप्यो।

त्यो फोटोले गर्दा ति जोडी यती हिट भए कि बिस्वभरका पत्रकारको फोनको ओइरो लागेको छ रे , फेसबुकमा पनि चिन्नु न जान्नु मान्छेहरुले साथीको लागि अनुरोध पठाएका पठाइ छन् रे।

archanashrestha.blogspot.com
अरु यता >>

‘प्रेग्नेन्सी’ लुकाउदै ऐश्वर्य (फोटो फिचरसहित)


ऐश्वर्य राय बच्चनलाई अहिले आमा बन्ने भयले भन्दा पनि आफू गर्भवती भएको कुरा सार्वजनिक होला भनेर ठूलो चिन्ता छ । केहि समयअघि एक कार्यक्रमको सिलसिलामा फ्रान्समा रहदा ऐश्वर्य आफ्नो पि्रग्नेन्सीलाई लुकाउन लुज फिटिङको पहिरनमा देखापरेकी थिइन् । यति मात्र हो र, ऐश्वर्यले हरेक पटक फोटोग्राफरसामू तस्विर खिचाउँदा आफ्नो बढ्दो पेटलाई हात वा कपडाले छोपेको प्रष्ट देखिन्थ्यो । आखिर उनी के लुकाउन खोज्दै छिन् ? उनको यस्तो अनौठो ब्यवहारले उनी गर्भवती भएको हल्ला फेरि बलिउड उद्योगमा चलेको छ ।

फ्रान्सबाट घर फर्केपछि एक सार्वजनिक कार्यक्रममा आफ्नो आमा बृन्दासँग उपस्थित हाुदा पनि ऐश्वर्यले सारीको एक छेउको मदत लिई पेटलाई छापेकी थिइन् । आफ्नो आगामी फिल्म ‘हिरोइन’ को छायांकनमा ब्यस्त रहेकी ऐश्वर्य गर्भवती हुने सोचमा नभएकै कारण पनि उनले यस्तो गरको हुन सक्ने धेरैले अडकल काटेका छन् ।

ऐश्वर्य वा उनको बच्चन परिवारबाट आधिकारिक धारणा सार्वजनिक नभएसम्म उनी साच्चै गर्भवती हुन वा होइनन्, यो निक्योल गर्न कठिन छ । त्यतिजेलसम्म तपाई ऐश्वर्यले चनाखोपुर्वक पेट लुकाएको तस्विर हेरी अडकलबाजी गर्न सक्नु हुनेछ । के यी तस्विरहरुमा ऐश्वर्यले फुच्चे बच्चनलाई लुकाउने प्रयास गरेकी हुन त ?





Onlinekhabar.com
तस्वीरः एजेन्सी
अरु यता >>

सेफअली-करिना सम्बन्ध धरापमा


मुम्बई, अषाढ ५ - बलिउड नायक सेफअली खान र नायिका करिना कपुरबीचको प्रेमसम्बन्ध यतिबेला समस्यामा परेको छ । झन्डै चार वर्ष अघिदेखि औपचारिक प्रेमसम्बन्ध राख्दै आएका उनीहरू छुट्टिन सक्ने अनुमानसहितको समाचार सार्वजनिक भएको छ ।

३० वर्षीया करिना नायक साहिद कपुरसँगको रोमान्टिक सम्बन्धलाई पाखा लगाउँदै आफूभन्दा १० वर्ष जेठा सेफअलीसँग जोडिएलगत्तै सेफ-करिनाको सम्बन्धले चर्चा पाउन थालेको थियो । सेफ सन् २००४ मा अनायस नायिका अमृता सिंहसँगको आफ्नो १३ वर्षे लामो वैवाहिक सम्बन्धलाई विच्छेद गर्दै एकाएक करिनासँग जोडिन पुगेका थिए । उनका दुई सन्तान अमृतासँगै बस्दै आएका छन् ।

करिना र सेफको सम्बन्ध पनि चिसिँदै गएको र दुईबीच बारम्बार झगडा पर्न थालेको समाचारले फ्यानहरू दुःखित छन् । व्यस्त बन्दै गएकी करिनाले आफूलाई यथेष्ट समय नदिएपछि सेफ उनीप्रति रुष्ट हुन थालेको बताईएको छ । ११ वर्षे फिल्मी करिअरमा ६ फिल्म फेयर अवार्ड हात पारेर आफूलाई सफल नायिकाका रूपमा उभ्याईसकेकी करिना अहिले आफ्नो प्रेमी खानसँगको रियल रोमान्स छाडी बाँकी तीन खानसँगको रिल रोमान्समा व्यस्त छिन् । उनी 'रावन' मा नायक शाहरूख खानसँग, 'बडिगार्ड' मा सलमान र रिमा काग्तीको नाम जुरिनसकेको फिल्ममा आमिरसँग व्यस्त भएकी हुन् । पछिल्लोपटक 'गोलमाल थ्री' मा देखिएकी 'थ्री इडियट' करिना पछिल्लो समय विभिन्न विज्ञापनमा समेत व्यस्त देखिन थालेकी छन् । तर प्रेमी खानकै होम प्रोडक्सन फिल्म 'एजेन्ट विनोद' लाई भने उनले समय दिइरहेकी छैनन् ।

करिनाले समय नदिएर काम ढिला हुन थालेपछि पनि सेफअली उनीसँग बेखुसी हुन थालेको अनुमान लगाइएको छ ।

Kantipur
अरु यता >>

Friday, June 17, 2011

आमाले चलाएको कारले किचेर छोराको मृत्यु


सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन्

बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् ।

सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन् । सुन्दै पनि कहालीलाग्दो यो घटना जानाजान भएको भने होइन । ती महिलाले कार ब्याक गरिरहेको वेलामा बच्चा कारमुनि किचिन पुगेको थियो । आमाले चलाएको कारले किचिएको सो दुई वषर्ीय बच्चाको तत्कालै मृत्यु भयो ।

घटनाअनुसार ती महिलाको दुई वषर्ीय छोरो हेनरी हैरिंटन घरमा आफ्नी चार वषर्ीया दिदी र काम गर्ने आइमाईका साथ आँगनमा खेलिरहेको थियो । बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । तर, त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् ।

कार ब्याक गर्दै गर्दा उनले बच्चा चिच्याएको आवाज सुनिन् । हत्तपत्त कारबाट झरेर हेर्दा आफ्नै छोरो रगताम्मे हालतमा कारको टायरमुनि किचिएको थियो । सो बीभत्स दृश्य देखेर ती महिला मात्र होइन काम गर्ने आइमाई कहालिँदै चिच्याइन् । उनीहरूले घाइते बच्चालाई कारको टायरमुनिबाट निकालेर हतारहतार केके विमेन्स एन्ड चिल्ड्रेन हस्पिटलमा पुर्‍याए । बच्चा अस्पताल पुर्‍याएको एक घन्टामै डक्टरले बच्चालाई मृत घोषित गरे । कारले किचेर बच्चा मारेकाले सिंगापुर पुलिसले भावविह्वल आमालाई थुनामा राखेको छ । ती आमा आफ्नो बच्चाको यादमा पागलझैं भएकी छिन् ।

Nayapatrika
अरु यता >>

Thursday, June 16, 2011

बीस होइन ३४ औँले बालक

३४ वटा आँला शरीरबाहिर निकाल्न सफल

एक भारतीय ३४ आँैले बालक अक्षतले गिनिज बुक अफ वल्र्डमा नयाँ रेकर्ड कायम गरेका छन् । उत्तर प्रदेशको बरेली अस्पतालमा जन्मेका अक्षतको सर्जरीबाट थप आँला पत्ता लाग्ोको हो । अल इन्डिया मेडिकल इन्स्िटच्युट एम्समा डाक्टर यसै साता उनको अप्रेसन हात, खुट्टाको अप्रेसन गरेर ३४ वटा आँैला शरीरबाहिर निकाल्न सफल भए ।

एम्सका आर्थोडिक डिपार्टमेन्ट प्रमुख डा.पिपी कोतवालले अक्षतको एक्सरेका साथै अन्य परीक्षणबाट अतिरिक्त औँला निकालेको बताए । नरम तन्तुले बनेका अतिरिक्त औँला अप्रेसन गरेर हड्डीबाट अलग गरिएको थियो ।

अप्रेसनपछि अक्षत खाने पिउने र अरू काम पनि आफैँ गर्छन् । आमाबुबाका अनुसार जन्मदेखि नै हात र खुट्टाका बाहेक थप १४ औँला थिए ।

nayapatrika
अरु यता >>

मानिसको दिसाबाट कृतिम मासु


खाद्यन्न संकट अहिले विश्व समूदायकै ठुलो चुनौति बनेको छ । बढ्दो जनसंख्या, मरुभूमिकरण र कृषि उत्पादनमा आएको हृासका कारण भोगमरीबाट ग्रसित हुने मानिसहरुको संख्या दिनानुदिन थपिदै छ । यसै परिप्रेक्ष्यमा खाद्यन्य उत्पादन र सुरक्षा विभिन्न देशका सरकारको उच्च चासोको विषय बनेको छ । खाद्यन्न समस्याको यस्तो विकराल परिस्थितीमा एक जापानी अनुसन्धानकर्ताले मानिसको दिसाबाट कृतिम मासु उत्पादन गरी प्रसंसनिय काम गरेका छन् ।

मानिसको ट्वाइलेट खेतीपाती तथा ग्याँस उत्पादनमा प्रयोग भएको त सुनेको, देखेकै हो । तर यस्तो घिनलाग्दो बस्तुबाट पनि खान योग्य चिज बनेको चाहि सायद विश्वमै पहिलो घटना हो । जापानमा ढलले लतपतिएको माटोमा उल्लेख्य मात्रामा पाइने प्रोटिनलाई प्रोसेसिङ गरी कृतिम मासु बनाइएको ओकायामा प्रयोगशालाका बैज्ञानिकले बताए । माटोमा रहेको ब्याक्टेरियाहरुमध्ये धेरै मानिसको दिसाबाट आउने उनले प्रष्ट पारे ।

उत्पादनका क्रममा ब्याक्टेरियाहरुलाई अधिकतम ताप दिइने हुदा स्वास्थ्यलाई नकरात्मक असर नगर्ने र यसको स्वाद गाइको मासु खाएजस्तो हुने उनले थपे । रातो फुड कलरले कृतिम मासुलाई प्राकृतिक रङ्ग दिएको छ । पौष्टिक तत्वको हिसाबले उक्त मासुमा ६३ प्रतिसत प्रोटिन, २५ प्रतिसत कार्बोहाइड्रेड, ९ प्रतिसत मिनरल र ३ प्रतिसत लिपिड रहेको दाबी गरिएको छ । यो कृतिम मासु खाद्यन्न संकटको राम्रो सावधान हुने धेरैले अनुमान गरेका छन् । तर दुर्गन्धित दिसाजस्तो वस्तुबाट बनेको उत्पादन कतिले उपभोग गर्ने हुन्, यसमा भने शङ्का नै छ ।

Onlinekhabar.com
अरु यता >>

Wednesday, June 15, 2011

चोरेरै लखपति भए दुई भरिया


आफू काम गर्ने पसलमै चोरी गरेको अभियोगमा दुई भरिया पक्राउ परेका छन् । पक्राउ परेका भरियाको खातामा २० लाख रुपैयाँभन्दा बढी देखिएको छ । महाबौद्धको एक इलेक्ट्रोनिक्स पसलमा काम गर्ने कुमार बुढाथोकी र ऋषिराज ओलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा चोरेरै उनीहरूले लाखौँ कमाएको खुलेको हो ।

सुमन अग्रवालको महाबौद्धमा रहेको इलेक्ट्रोनिक्स पसलको गोदामबाट दुई वर्षदेखि चोरेर सामान बेचेकाले नै उनीहरू लखपति बनेका हुन् । नयाँ साँचो बनाएर उनीहरूले गोदाममा रहेको सामान चोरी गर्द आएका थिए ।

व्यापार राम्रै भए पनि सधैँ घाटा भएपछि पसल सञ्चालक आश्चर्यमा परेका थिए । आफन्तबीचमै सञ्चालकको झगडा पथ्र्यो । अचाक्ली भएपछि गोदाममा सिसिटिभी जडान गरिएको यियो । गतसाता बुढाथोकीले सामान चोद र्गरेको दृश्य सिसिटिभीमा कैद भएको थियो ।

बुढाथोकी र ओली पसल सञ्चालकको विश्वासिला मानिन्थे । त्यसको फाइदा उठाउँदै दुवै भरियाले नक्लकी साँचो बनाई गोदामका सामान चोरी गर्दै आएका थिए । सञ्चालकका अनुसार चोरीको शंकामा पसलका अन्य कर्मचारीलाई समेत निकालिएको थियो ।

पक्राउ परेका बुढाथोकीको किष्ट बैंकको खातामा १८ लाख र भीमेश्वर सहकारीको खातामा पाँच लाख रुपैयाँ रहेको देखिएकोे छ । सो रकम चोरीका सामान बेचेरै जम्मा गरिएको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी लालमणि आचार्यले बताए ।

चोरीको सामान किन्ने तीन जनालाई समेत प्रहरीले पक्रेको छ । आफूले केही समयअघि देखि चोर्न थालेको बुढाथोकीले स्वीकारेका छन् ।

नयाँ पत्रिका
काठमाडौं, ३१ जेठ
अरु यता >>

Tuesday, June 14, 2011

समुद्री तहमा लादेनको शव खोजिने

अमेरिकी उद्योगपति एवं गोताखोर बिल वार्रनले समुद्री तहमा ओसामा बिन लादेनको शव खोज्ने भएका छन् ।

अलकायदाका नेता लादेन मारिएको पुष्टी गर्न समुद्रमा सश खोज्न लागिएको उनले बताएका छन् ।

पाकिस्तानको एवोट्टावादमा अमेरिकी सैन्य कारवाहीमा मारिएका लादेनको शव समुद्रमा बगाइएको बताइएको थियो ।

अमेरिकी पत्रिका न्यूयोर्क पोष्टलाई दिएको अन्तरवार्तामा वार्नरले भनेका छन्–‘म यस कारण यो गर्दैछु कि म एक देशभक्त अमेरिकी हूँ । म यो विश्व समुदायका लागि गरिरहेको छु ।’

अमेरिकी उद्योगपति एवं गोताखोर वार्नरले ओबामा प्रशासनले लादेनसँग सम्वन्धित तस्वीरहरु सार्वजनिक गर्नु पर्नेमा जोड दिएका छन् ।

अमेरिकी प्रशासनले भने हिंसा भड्किने भन्दै तस्वीर सार्वजनिक गर्न अस्वीकार गर्दै आएको छ ।

वार्नरलेले लादेनको शव खोज्न चार लाख डलर खर्च हुने बताए । यस काममा पानडुब्बी जहाज र अन्य उपकरणहरु प्नि प्रयोग गरिनेछ ।

अमेरिकी उद्योगपति एवं गोताखोर वार्नरले समुद्रमा लादेनको तस्वीर खिचेर डिएनए परिक्षण गर्ने समेत बताएका छन् ।

Onlinekhabar.com
अरु यता >>

Monday, June 13, 2011

सुनका लागि बाग्मतीमा डुबुल्की / हुनेखाने पनि खोज्छन् सुन


पिटर कुँवर (काठमाडौं) टेकु दोभानआसपासका बाग्मती र विष्णुमती नदीभित्र साबेलको सहारामा ३ जना मिलेर केही खोजिरहेका देखिन्थे। उनीहरू केही कुरा पाएझैं आफनो झोलामा टिप्दै-हाल्दै थिए। यस्तो फोहोर नदीमा आखिर के खोजिरहेका होलान् त, त्यो पनि यति धेरै मेहनत गरी - जिज्ञासा जागिहाल्यो।
ँहामी सुन खोज्दै छौं’ -उनीहरूमध्येका एकले जबाफ दिए।
ँसुन पाइन्छ त -’ -अपत्यारिलो प्रश्न उठ्यो।

ँहो, सुनै खोजेका हौं।’ आफनो नाम नखुलाई दिने र्सतमा उनलेे थपे- ँनत्र यस्तो फोहोर नदीमा किन यसरी मेहनत गर्नुपथ्र्यो-’
यस्तो नदीमा सुन पाइने भए १०-१२ हजारको जागिरका लागि किन दौडधुप गर्नुपर्थ्याे- अर्को प्रश्न उठ्यो।
तर जति सुकै मेहनत गरे पनि सधैँ सुन नपाउने उनीहरूको स्वीकारोक्ति थियो।

उनीहरूको भनाइमा आर्थिक अभावका कारण भने ढलैढल मिसिएको नदीमा यसरी मेहनत गरिएको होइन।
तिनीहरूमध्ये एकजना हाँस एवम् कुखुरा पालक, एकजना कवाडी साहू र अर्का होटल मालिक भएको उनीहरुको भनाइ छ।
ँसधैँ आउनुहुन्छ तपाईंहरू-’ प्रश्नको जबाफमा उनीहरूले भने- ँकहिलेकाहीं मात्र आउँछौं’ एकजनाले भने- ँधेरै गर्मी भएको बेला शितल पनि हुने, भाग्य छ भने सुन पनि पाइने। आज त्यहीं भएर आएका।’

आफूलाई कवाडको साहू बताउनेले भने- ँयहाँ यसरी नदीमा सुन खोज्ने धेरै छन्। उनीहरूले धेरैपटक ३०/४० हजारको सुन पाइसकेका छन्। त्यही घटनाबाट लोभिएर हामीले पनि खोज्न थालेको हौं।’

राम्रै आमदानीको स्रोत हुँदाहुँदै पनि सुन पाउने लालसाले फोहोर नदीमा पस्ने यस्ता मानिसहरू सामाजिक लाजको कारण धेरै कुरा खोल्नै चाँहदैनन्। त्यसमाथि आफनो परिचय दिन पनि गाह्रो मान्छन्।

एक वर्षेखि यसरी फोहोर नदीमा सुन खोज्न थालेको भए पनि आफूले भने खासै परिणाममा सुन नपाएको कवाडी साहूले जानकारी दिए। तर सुन नपाए पनि फलामलगायत धातुका सामान पाइरहने हुँदा कुनै दिनको मेहनत पनि खेर नजाने उनको भनाइ छ। दिनमा यस्ता धातुहरु ४-५सय रुपैयाँ सम्मको संकलन हुने बताउँछन् मानिसहरु। अन्य मानिसहरु बोल्नै नचाहे पनि कवाडी साहूले जानकारी दिएअनुसार नदीमा सुन खोज्ने कतिपय मानिसहरू १२-१५ हजारको जागिरमा आँखै लगाउँदैनन्। यसरी टेकु दोभान आसपासमात्रै सुन खोज्ने करिब दर्ुइ दर्जन मानिस छन्।

नदीमा सुन कहाँबाट आउँछ त आखिर- अर्को जिज्ञाशा पनि उठ्यो। उनीहरूका अनुसार कतिपय शव जलाउँदा औंठी, कानका मुन्द्रा, नाकको फूली आदि ननिकाली जलाउँछन्। त्यस्ता शव जलाएको खरानी बागमती र विष्णुमतीमा नै बगाउने हुँदा उनीहरुले त्यही पाउँछन्। त्यस्तै कतिपय पूजाआजामा चढाएका सुनचाँदी पनि नदीमा सेलाउने हुँदा ती पनि पाउने सम्भावना भएको उनीहरू बताउँछन्।

कतिपय मानिसले यसलाई आफनो पुख्र्यौली पेसाको रूपमा पनि अँगालिरहेका छन्। रातो कमिज लगाएका अर्का एकजना पनि नदीको बीचमा सुन खोज्नैमा ध्यानमग्न देखिन्थे। घाम क्षितिज पछाडि नलुकेसम्म उनी निक्लिनै मानिरहेका थिएनन्। टेकुदोभान आसपास हरेकदिन यसरी सुन खोजिरहेको देखिन्छ।

अरु यता >>

Sunday, June 12, 2011

रामदेव, वामदेव र झ्वामदेव

मनोज गजुरेल


५०० र १००० का नोट नछाप्ने माग मुनासिब छ। बिस्तारै १००, ५०, २० हुँदै सिक्काहरू पनि बन्द गर्नुपर्छ। 'पैसा' नै नभएपछि न भ्रष्टाचार, न व्यभिचार, न पुँजीपति, न सर्वहारा ! न लाउडा उडानको कमिसन-न काण्ड-सुडानको मिसन !

एक जना रामदेवविरोधी मित्रले भने- 'तिनको 'नानाभाँती' गर्दा पनि केही फाइदा भएन !' मैले जवाफ दिएँ- 'बिहान रामदेव, दिउँसो वामदेव, राति झ्वामदेव गरेपछि कहाँ फाइदा हुन्छ, नियमले पो गर्नुपर्छ त !' त्यसपछि उनले नियमित प्राणायाम थाले- अहिले उनी साँच्चिकै 'स्लिम' भएका छन्, मनका विकारहरू चिलिम भएका छन्। पंक्तिकारको अनुभव छ— रामदेव बाबाले आधुनिक मान्छेको मनलाई टल्काउने र शरीरलाई चम्काउने काम गरेको स्वीकार गर्नैपर्छ।

त्यसो त हाम्रो देशमा पनि 'राम'हरू नभएका हैनन् ! यस्तो लाग्छ- नेपाल राम नै रामको 'अयोध्या' हो। 'राम'वरण राष्ट्रपति, बाबु'राम' माओपति, 'राम'चन्द्र काङ्ग्रेसाधिपति, 'राम'कुमार न्याय-मूर्ति, 'राम'कृष्ण स्वर आपूर्ति, अरू थुप्रै 'राम'हरू त कति-कति ! दुर्भाग्य, 'भित्र राष्ट्र'का रामहरू कुम्भकर्ण भैदिए - मित्रराष्ट्रका 'राम' एक्लैले 'भ्रष्टाचारको लंका'मा आगो लगाइदिए ! तर, आगो दन्किन मात्र के लागेको थियो— मनमोहन बाले 'रामदेव'को विन्ध्याचल उठाएर हरिद्वारमा थन्क्याइदिए !

रामदेव भ्रष्टाचारविरुद्ध किन भैरवदेव बने ? सुन्दा 'भात-अचार' जस्तो लागे पनि 'भ्रष्ट'+'अचार'बाट भ्रष्टाचार बनेको हो। कानुनको दुरुपयोग मात्र होइन, समाजले बन्देज गरेका सबै काम भ्रष्टाचार हुन्। कुनै नायकले बहु-विवाह गरोस् वा गायकले अर्काकी 'बहु'लाई बाहुमा च्यापोस्- यी दुवै भ्रष्टाचार हुन्। 'युथ'द्वारा पत्रकारमाथि 'फोर्स' प्रयोग र पत्रकारद्वारा सञ्चारको दुरुपयोग पनि भ्रष्ट-आचारभित्रै पर्छन्, सायद, जवाफ यही नै हुनुपर्छ !

नेपाल-भारतबीच धेरै कुरामा समानता छ, त्यसैले बाबाको अभियानप्रति ऐक्यबद्धता हुँदाहुँदै केही कुरामा चाहिं मेरो 'नोट अफ डिसेन्ट' छ।

अरूलाई खान नदिनु 'परपीडा' हो भने आफू भोकै बस्नु 'आत्मपीडा' हो। ती भ्रष्टाचारीजनका लागि आफ्नो सदाचारी शरीर र मनलाई अनसन बसाल्नु अधार्मिक कर्म हो। भोक हड्ताल त तिनले बस्ने हो, जो भ्रष्टाचारको भतेर खाएर भ्यागुतोजस्ता भएका छन्। तिनका आन्द्राहरूले पनि छक्क पर्दै भनून्— आज त केही ल्याएन, मरेछ कि क्या हो !

'भ्रष्टाचारीलाई मृत्युदण्ड'को मागमा मेरो समर्थन हुँदाहुँदै गोली हानेर, डोरीमा बाँधेर, सुई रोपेर, छुरा घोपेर मार्ने कुरामा मेरो विमति छ। साउदीमा जस्तो टाउको काटेर हैन, 'कुरा काटेर' भ्रष्टाचारीलाई सिध्याउनुपर्छ। चीनमा जस्तो फाँसीमा हैन, नियमको बलियो फन्दामा झुन्डयाउनुपर्छ। भ्रष्टाचारीलाई गोलीले हैन, बोलीले उडाऔं— सामाजिक बहिष्कार गरौं ! आत्मा, परमात्मा र प्राणी अधिकारका कुरा गर्नेले मृत्युदण्डको माग गर्दा, प्रस्तावित 'भारत स्वाभिमान पार्टी'को विधान हो कि स्वामी रामदेवको अभियान हो- हामी 'जुनियर जोगी' कन्फ्यूज भएका छौं !

विदेश लगेको भारतको सम्पत्ति फिर्ता गर्नुपर्ने बाबाको मागमा हाम्रो निःशर्तः समर्थन छ। अंग्रेजले लुटेर लगेका अपार खजाना भारत फर्काएपछि, भारतले मिचेर लगेका हाम्रा नदी-सिमाना पनि नेपालले फिर्ता पाउँछ भन्नेमा हामी ढुक्क छौं। 'फिरङ्गी संस्कृति'बाट 'भारत माता'को रक्षा हुँदा 'तिरङ्गी विकृति'बाट नेपाल माताको पनि सुरक्षा हुने कुरामा निर्धक्क छौं। मृत्युशैय्यामा लम्पसार 'सिंह दरबार वैद्यखाना'ले पनि पतञ्जली योग केन्द्रले जस्तै सयौं रोपनी जग्गामा जडिबुडी उद्योग चलाउन सक्नेमा विश्वस्त छौं !

५०० र १००० का नोट नछाप्ने माग मुनासिब छ। बिस्तारै १००, ५०, २० हुँदै सिक्काहरू पनि बन्द गर्नुपर्छ। 'पैसा' नै नभएपछि न भ्रष्टाचार,

न व्यभिचार, न पुँजीपति, न सर्वहारा ! न लाउडा उडानको कमिसन-न काण्ड-सुडानको मिसन ! दालभात तरकारी, जीउ धन सरकारी ! धर्ती हाम्रो घर, आकाश हाम्रो छाना- छानामुनि बरोबरी हामी सबै जना ! सायद, 'वैदिक साम्यवाद' भनेको यही नै होला !

saptahik
अरु यता >>

९ सय पुरुषसँग सेक्स गरेर बिश्व रेकर्ड


विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको आ-आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने । यस्तै होडमा रहेकी एक अमेरिकी पोर्नो फिल्म स्टार लिसा स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् । लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् । अर्थात औषतमा हेर्दा प्रत्येक ४५ सेकेन्डमा एक पुरुषसँग लिसाको तातो सम्बन्ध थियो ।

लिसाले यस्तो लाजमर्दो रेकर्ड अक्टोवर १६, २००४ मा तेस्रो वाषिर्क विश्व गङबाङ च्याम्पियनसिप प्रतियोगितामा बनाएकी थिइन् । पोल्याण्डको वार्सामा आयोजित इरोटिकन ‘पोर्न सम्मेलन’ को एक अंशको रुपमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा लिसालगायत यसअघिकी रेकर्ड होल्डर (एक दिनमा ७ सय ५९ पुरुषसँग सम्बन्ध राखेको रेकर्ड) र अर्की एक महिलाको पनि सहभागिता थियो । आफ्नो निकटतम प्रतिद्वन्द्विभन्दा बढी २१ पुरुषसँग यौन सम्बन्ध राख्दै लिसाले नयाँ रेकर्ड कायम गरेकी हुन् ।

प्रतियोगिता निष्पक्ष होस् भन्नाका लागि रेफ्रीहरुको अलवा ६ क्यामेराबाट घटनालाई लाइभ खिचिएको थियो ।

Onlinekhabar.com
अरु यता >>

खगेन्द्रको गिनिजबुक रेकर्ड खोसियो




२९ जेठ, काठमाडौँ । विश्वका सबैभन्दा होचा मानिसको सूचीमा रहेका पोखराका खगेन्द्र थापामगरको नाम आजदेखि गिनिजबुक अफ दी वल्र्ड रेकर्डबाट हट्ने भएको छ ।

खगेन्द्रभन्दा ४.४ इन्च होचा फिलिपिन्सका १८ वर्षीय जुन्रे बलाविङले आज विश्वको सबैभन्दा होचा मानिसको ताज पहिरिँदै छन् । हाल गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नेपालका २६.४ इन्च उचाइका खगेन्द्र थापामगर सबैभन्दा होचा मानिसको रूपमा दर्ज छन् ।

गिजिन बुकमा नाम लेखाउन १८ वर्ष लागेको हुनुपर्ने प्रावधानअनुरूप उनको १८औ“ जन्म दिनमा तीनपटक उनको उचाइ नापेर सो उपाधि प्रदान गरिने समाचारमा जनाइएको छ ।

उनले एउटी सुन्दरी श्रीमती चाहेको र उनी सम्भवतः आफूभन्दा अग्ली हुने बताए । उनी एक वर्षको भएपछि उनको उचाइ स्थिर रहेको बताइएको छ ।

Onlinekhabar.com
अरु यता >>

Friday, June 10, 2011

सञ्चिताको यो घटना संयोग कि भाविको लेखा?


काठमाडौं । भनिन्छ चलचित्र भनेको सपनाको संसार हो। चलचित्र लेखकले देखेको एउटा सपनालाई थुप्रै प्राबिधिक र कलाकारहरुको altमेहिनतले साकार बनाउँछ र पर्दामा हुबहु उतारिन्छ। अपवादलाई छोडेर हेर्ने हो भने अधिकांश चलचित्रहरु काल्पनिक वियबस्तुमा बन्ने गर्छन्। त्यसैले त चलचित्रको कास्टि भन्दा अगाडि नै लेखिन्छ ''यस चलचित्रका घटना तथा पात्रहरु काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएका केवल संयोग मात्र हुनेछ।'' यति लेखेर पनि सोही चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्ने कुनै कलाकारको वास्तविक जीवनसाग सो घटना तथा पात्र मेल खायो भने त्यसलाई के भन्ने? केबल संयोग मात्र अथवा भावीले लेखेको ? प्रसङग हो २०६८ जेठ २० गते शुक्रबारबाट काठमाण्डौं उपत्यकामा प्रदर्शनमा आएको चलचित्र ''छोडी गए पाप लाग्ला'' को। केशब भट्टराईद्वारा निर्मित उक्त चलचित्रकी प्रमुख पात्र हुन् अभिनेत्री सञ्चिता लुईटेल। माथि उल्लेखित प्रसङग पनि कसरी सञ्चिताको वास्तविक जीवनसँग झण्डै झण्डै मेलखान गएको बुझाई उनलाई नजिकबाट चिन्ने र दर्शकहरूको छ। संयोग बनेर आएको मान्नु पर्छ। चलचित्र हेरिसकेपछि तपाईंले पनि त्यसको अनुभूति गर्नुहुनेछ। अब कुरा गरौं चलचित्रको कथा र सञ्चिताको वास्तविक जीवनको कथाको संयोगको।

चलचित्रको कथा अनुसार हुनेखाने घरानामा जन्मिएकी सञ्चिताले पोखराका बासिन्दा नागेन्द्रलाई मन पराउँछिन्। परिवारको विरोधपछि उनी घरबाट भागेर पोखरा पुग्छिन्। पोखरा पुगुञ्जेलसम्म सञ्चिता नागेन्द्रको सपनामा हराउँछिन्। जब सञ्चिता पोखरा पुगेर नागेन्द्रलाई भेट्छिन् त्यसपछि उनको भरोसा टुट्छ। त्यहीबेलादेखि सञ्चिताको सम्बन्ध नागेन्द्रसँग पनि टुट्छ। त्यसपछि उनको जीवनमा सहयात्रीको रुपमा राजबल्लभको इन्ट्री हुन्छ तर बिडम्बना राज भने ऋचाको प्रेममा डुबिरहेका हुन्छन्। यो कुरा थाहा पाएर पनि सञ्चिताले राजलाई आङ्खनो मनबाट निकाल्न सक्दिनन्। यता राज पनि आफूलाई धेरै मायाँ गर्ने सञ्चिता पाउँदा के गर्ने के नगर्ने भन्ने द्विविधामा पर्छन्। अन्तत : कसैको प्रेमीलाई सञ्चिताले आङ्खनो जीवनसाथी बनाएरै छाड्छिन् र नयाँ जीवन शुरु गर्छिन्। ''छोडी गए पाप लाग्ला'' को उक्त कथाबस्तु जस्तै सञ्चिताको वास्तविक जीवन पनि हुनेखाने परिवारकै सन्तान भएर शुरु भएको हो। ''अप्सरा'' नायिका सञ्चिताले ''भन्नै सकिन'' चलचित्रको छायाँकन ताका आकाश शाहसँग परिवारको अनुमति बिना नै सम्बन्ध शुरु गरिन् तर आकाशप्रतिको सञ्चिताको भरोसा लामो समयसम्म टिक्न सकेन। आकाशसँग डिभोर्स भएपछि केही समय सञ्चिता एक्लै भईन् तर एक्लो जीवन कहिले सम्मलाई? त्यसपछि चलचित्र यात्रासँगै उनले कोपिलाका पति नायक निखिल उप्रेतीसँग प्रेम गर्न थालिन्। उनीहरूको प्रेम झाँगिदै गयो र केही वर्ष मै विवाहमा परिण्ँत पनि भयो। अहिले सञ्चिताको गर्भमा निखिलकै सन्तान हुर्किरहेको छ। यसरी चलचित्र र सञ्चिताको वास्तविक जीवनका घटना र पात्रहरू मिल्न गएपछि यसलाई के भन्ने? केवल संयोग मात्र वा भाविको लेखा ?

weeklynepal.com
अरु यता >>

Tuesday, June 7, 2011

सजिलो छैन विदेशमा काम, पैसा आउँदा त खुसी लाग्छ, लास आउँदा ...

रोजगारीका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धिसँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

आर्थिक समस्याले गर्दा नेपालबाट दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् । पर्याप्त दक्षताको अभाव र विभिन्न दुर्घटनामा परी मृत्यु हुनेहरूको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । रोजगारीका लागि गएका नेपाली कामदारमध्ये दैनिक दुईदेखि तीनजनाको लास नेपाल आउने गरेको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्यामा वृद्विसँगै मृत्यु हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष टङ्क रावतले कामका लागि विदेश जाने नेपालीमध्ये दैनिक दुईदेखि तीनजनाको लास नेपालमा आउने गरेको जानकारी दिनुभयो ।

पर्याप्त तालिम, सीप र दक्षता अभावका कारण करिब अढाइ वर्षमा ६६४ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक मुकुन्द अधिकारीले जानकारी दिनुभयो । सडक दुर्घटना, हावापानी परिवर्तनका कारण एसी प्रयोग गर्दा, मेसिनको काम गर्दा नेपाली श्रमिकले ज्यान गुमाउने गरेका छन् ।

तालिम नदिने र नलिने समस्याले दुर्घटना हुने गरेको भन्दै यसका लागि रोजगारीमा पठाउने र जाने दुवै पक्ष जिम्मेवार हुनुपर्ने निर्देशक अधिकारी बताउनुहुन्छ । कम खर्च गरी आर्थिक लाभ गर्न वैदेशिक रोगजार कम्पनीहरूले तालिमलाई कम महìव दिई छोटो समयमा सक्ने र तालिम लिनेहरू पनि त्यति सक्रिय नहुँदा विदेशमा दुर्घटना हुने गरेको बोर्डले जनाएको छ ।

मञ्चका उपाध्यक्ष रावतले रोजगारीमा जानेहरूले तालिममा सक्रियता नदेखाउँदा घटना वृद्धि भएको स्वीकार्नुभयो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक वर्ष ०६५/०६६ मा ८७ जना, ०६६/०६७ मा ३९८ जना र ०६७/०६८ को पहिलो चौमासिकमा १७९ जना मृतकका परिवारलाई राहत प्रदान गरिसकेको जनाएको छ । नेपालबाट श्रम सम्झौता गरी गएका श्रमिक मृत्यु भएमा उनीहरूका मात्र तथ्याङ्क बोर्डमा रहने भएकाले विदेशमा कति नेपाली श्रमिकको मृत्यु हुने गरेको छ भन्ने आधिकारिक तथ्याङ्क भने कुनै पनि सरकारी निकायमा छैन ।

गैरकानुनी तरिकाले विदेश जानेहरूको सङ्ख्या १२ देखि १३ लाखसम्म रहेको र उनीहरूको मृत्यु भएको तथ्याङ्क सरकारले नराख्ने भएकाले सबै मृतक श्रमिकको तथ्याङ्क नभएको बोर्डका निर्देशक अधिकारीले बताउनुभयो । उहाँले बोर्डले पनि कानुनी प्रावधान पुर्‍याएर गएकाहरूलाई मात्र राहत दिने जानकारी दिनुभयो । सबै मृतकको तथ्याङ्क सङ्कलनका लागि बोर्डको पर्याप्त स्रोत नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ । बोर्डले रोजगारीका लागि जानेको तथ्याङ्क दिनसक्नेतर कति फर्किए, त्यसको तथ्याङ्क दिन नसकिने जनाएको छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष रावत गैरकानुनी तरिकाले विदेश गएका नेपालीको लास नेपालमा पुर्‍याउने व्यवस्था सरकारले गर्न नसकेको भन्दै त्यसको व्यवस्थाका लागि आग्रह गरिएको बताउनुहुन्छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको रेकर्ड अनुसार आर्थिक वर्ष ०६६/०६७ मा पुरुष ३७८ र महिला २० को मृत्यु भएको छ । जस अनुसार सबैभन्दा बढी साउदी अरबमा १२४ जनाको मृत्यु भएको छ ।

विदेशमा गई ज्यान गुमाएका कामदारलाई जनही एक लाख रुपियाा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । करार अवधिभित्र कुनै दुर्घटना भएमा मात्र क्षतिपूर्ति दिने गरिन्छ ।

गोरखापत्र
अरु यता >>

रामलीला मैदानमा रामदेवको रामधुलाइ

गेरुवस्त्र लगाएरै रामदेवहरू दिल्लीको सेभेन रेसकोर्स रोड छिर्न खोज्छन् भने पनि सोनिया गान्धी र मनमोहन सिंहहरू कमण्डलु बोकेर हरिद्वार गइहाल्ने छैनन्, त्यस्तो अवस्थामा द्वन्द्व स्वाभाविक हो, जो अहिले भइरहेको छ

दिल्लीको रामलीला मैदानमा लाठी चलेको दोस्रो दिन काठमाडौंको लैनचौरमा पनि लाठी चलेको छ । कारण उनै योगी रामदेव हुन् जसले भारतमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने नारा बोकेर हडताल गरिरहेका छन् । भारतमा सुशासन होस् भनेर भारतीय नागरिकले प्रदर्शन गर्नु सुहाउँदो विषय हो । तर, भारतमा प्रजातन्त्र र सुशासनको चिन्ता गरेर नेपालमा प्रदर्शन गर्नु अनौठो हो । भारतमा भ्रष्टाचार निर्मूल गर भनेर लैनचौरमा गएर प्रदर्शन गर्नेहरूले बुझ्नुपर्ने हो, आफ्नो भान्साको भात डढाएर अर्काको भान्सा सुँघ्दै हिँड्नेलाई मूर्ख भन्छन्, केही थान मूर्ख प्रतिनिधिले सबै नेपालीलाई असजिलो बनाएका छन् ।

लैनचौरमा गएर प्रदर्शन गर्नेले भारतमा रामदेव कुटिएको र उनका समर्थकको प्रजातन्त्र खोसिएको भन्दै विरोध गरेका छन् । तर, भारतीय बजारमा परबल बेच्न जाने दार्चुलाका गरिब किसानलाई भारतीय सुरक्षा फौज एसएसबीले कुटेर बेहोस बनाएका समाचार दिनहुँजसो आउँछन् । दुई किलो चिनी किन्न भारतीय बजार गएका कपिलवस्तुका नेपालीलाई एसएसबीले लुटेका समाचार दिनहुँ आउँछन् । वर्षभरि भारतीय होटलमा भाँडा माझेर फकर्ंदा नेपाली युवालाई सुनौलीमा नांगेझार बनाइन्छ । गरिब नेपाली दाजुभाइ दिनदिनै कुटिँदा, पिटिँदा र लुटिँदा लैनचौरमा किन प्रदर्शन हुँदैन ? सीमा क्षेत्रमा मात्र होइन, लाजिम्पाटको व्यस्त सडकमा, सुन्धाराको केन्द्रीय कारागारमा भारतीयले गोली चलाउँदा लैनचौरअगाडि किन विरोध हुँदैन ? आफ्ना दाजुभाइ कुटिँदा कुम्भकर्णजस्तै निदाउने नेपालीलाई भारतीय प्रहरीले भारतीय नागरिकलाई कुट्यो भन्दा केको खसखस हो ? बुझ्नै सकिएन ।

लैनचौरमा प्रदर्शन गर्न जानेहरूले मात्र होइन, भारतलाई नै कर्मथलो बनाइरहेका आचार्य बालकृष्णले पनि बिचित्रको भूमिका देखाएका छन् । स्याङ्जा घर भएका बालकृष्णले नेपाली नागरिकता त्यागेका छैनन् भने भारतमा भ्रष्टाचार हटाऊ भनेर मनमोहन सिंहलाई थर्काउने अधिकार कहाँबाट पाए ? उनी नेपाली हुन् भने भारतमा सुशासन कायम गर भनेर मन्त्रीहरूलाई नैतिक शिक्षा दिने कानुनी हैसियत कहाँबाट पाए ? तर, नेपाललाई भ्रष्टाचारमुक्त बनाइसकेर भारत र विश्वलाई पनि सत्मार्गमा ल्याउने महान् अभियानमा हिँडेजस्तै गरेर दुई दिनअघिसम्म वरिष्ठ मन्त्रीहरू प्रणव मुखर्जी र कपिल सिब्बलसँग वार्तामा बसेका बालकृष्ण अहिले बेपत्ता छन् । उनी आफू त कतै लुके होलान्, लुकाइयो होला । तर, उनले अधिकारविनाको जिम्मेवारी लिएर सिर्जना गरेको बबण्डर लुकेको छैन, बरु भारतीय मिडियाबाट छरपष्ट भइरहेको छ । होइन, बालकृष्णले ठीकै गरेका हुन् भन्ने हो भने नेपालमा सरकार बन्दा र बिग्रँदा राकेश सुदको सक्रियतालाई पनि जायज भन्नुपर्नेछ ।

आचार्य बालकृष्ण मात्र होइन, उनका गुरु रामदेवले अहिले मच्चाएको 'प्रोपोगन्डा' पनि नेपाली राजनीतिका लागि प्रेरणाको स्रोत हुन सक्ने कुनै आधार छैन । योगका कारण लाखौँ मान्छे शिष्य भएपछि तिनको काँधमा चढेर राजनीतिको शिखरमा पुग्ने योजना रामदेवले गत वर्ष नै सार्वजनिक गरेका हुन् । आफ्नो चुट्कीको भरमा लाखौँ मान्छे कहिले घोप्टी पर्ने, कहिले उत्तानो पर्ने, कहिले सास लिने र कहिले सास थुन्ने गरेको देखेपछि रामदेवलाई राजनीति पनि त्यसैगरी चलाउने रहर चलेको होला । तर, चुट्कीकै भरमा सरकारको सास रोकिदिने योजना बनाएका रामदेवको टेन्टभित्र सरकारले अश्रुग्यास पड्काएपछि अहिले उनको आफ्नै सास रोकिएको छ ।

साम्प्रदायिक विभेद बलियो भएको भारतीय समाजमा रामदेवको राजनीति सफल नहोला भनेर ठोकुवा गर्न नमिल्ला । तर, रामदेवले उठाएका मुद्दा पूर्णतः आधारहीन र हावादारी मात्रै छैनन्, उनको आफ्नै आदर्शभन्दा पनि विपरीत छन् । रामदेवले समाजमा अन्याय र विभेद हटाउन चाहेका हुन् भने उनी आफैँले योगशिविरमा गर्ने विभेद अन्त्य गर्नुपर्ने हो । रामदेवले योगशिविरमा ३० हजार रुपैयाँ तिर्नेलाई आफ्नो ठीक अगाडि, २० हजार तिर्नेलाई त्यसको पछाडि, १० हजार तिर्नेलाई अझ पछाडि र त्योभन्दा कम तिर्नेलाई सबैभन्दा पछाडि आवाज आउने, तर मञ्च नदेखिने ठाउँमा राख्छन् । आफ्ना 'प्यारा' शिष्यलाई पनि प्रथम, दोस्रो, तेस्रो र निम्नस्तरमा वर्गीकरण गर्ने रामदेवले सिंगो भारतलाई विभेदमुक्त गराउँछु भनेर ठोकुवा गर्न सक्छन्, तर विश्वास गर्न सकिँदैन ।

फेरि, भ्रष्टाचार र कालोधनको विरोध गर्दै जनतालाई भोकहडतालमा उतार्ने रामदेवले सबैभन्दा पहिले आफ्नो कमाइको पारदर्शी बनाएको भए उनको राजनीतिमा नैतिक बल पनि बलियो हुन्थ्यो । उनी पटक-पटक नेपाल आउँछन्, तर शिविरबाट उठ्ने पैसा उनले झोलामा बोकेर लैजान्छन् । शिविरका नाममा उठाएको पैसा कर नतिरी लग्नु आर्थिक अपराध हो । तर, यस्तै अपारदर्शी पद्धतिबाट जम्मा गरेको पैसाले रामदेवले मरिससमा टापु नै किनेको दाबी भारत सरकारको छ । मरिससमा टापु सुरक्षित गरेको 'योगी' लाई उनको देशको सरकारले कारबाही गर्छ भने नेपालका कुनै भोगीले चिन्ता गर्नु आवश्यक छैन ।

फेरि, नेपाल र भारतजस्ता देशमा सबैले सबै पेसामा हात हाल्नु अर्को दुःखद् पक्ष हो । नेताको व्यापार र व्यापारीको राजनीति त स्थापित सत्य नै भइसक्यो, त्यसमाथि योगीले पनि सक्रिय राजनीति गर्न खोजेपछि राजनीतिमा बबण्डर हुनु स्वाभाविक हो । रामदेव राजनीति गर्न नपाउने नागरिक होइनन्, तर जबसम्म उनले पार्टी खोल्दैनन्, आफ्नो राजनीति घोषणापत्र जारी गर्दैनन् तबसम्म उनको छद्मभेषी राजनीतिक स्वार्थमाथि प्रश्न उठ्नु स्वाभाविक हो । गेरुवस्त्र लगाएरै रामदेवहरू दिल्लीको सेभेन रेसकोर्स रोड -प्रधानमन्त्रीनिवास) छिर्न खोज्छन् भने पनि सोनिया गान्धी र मनमोहन सिंहहरू कमण्डलु बोकेर हरिद्वार गइहाल्ने छैनन्, त्यस्तो अवस्थामा द्वन्द्व स्वाभाविक हो, जो अहिले भइरहेको छ ।

छद्म राजनीतिक स्वार्थका लागि रामलीला मैदानमा प्रवेश गरेका रामदेव छद्मभेषमै बाहिर निस्कन खोज्दा प्रहरी फन्दामा परे । सिलाएको कपडा जिन्दगीभर नलगाउने कसम खाएका रामदेव अचानक महिलाको 'अम्ब्रेला कट' कुर्ता सुरुवालमा देखिएपछि दुनियाँ छक्क पर्नु स्वाभाविक हो । ५० हजार मान्छेलाई विश्वासमा लिएर हडतालमा उतारेपछि अन्तिमसम्म उनीहरूको नेतृत्व लिनु रामदेवको जिम्मेवारी थियो । तर, आफ्ना शिष्यमाथि प्रहरीले लाठी र अश्रुग्यास चलाउँदा रामदेव महिलाको बीचमा बसेर कुर्ता-सुरुवाल लगाइरहेका थिए । शिष्यहरू स्वामीजी ! स्वामीजी !! भनेर रोइरहेका वेला रामदेव महिलाको बीचमा लुकेर गेटबाट बाहिर निस्कँदै थिए । उनले लोकतन्त्रका लागि शान्तिपूर्ण विरोध गरेका हुन् भने छापामार शैलीको नाटक किन गरे ?

सोनिया गान्धी र मनमोहन सिंहलाई लालकृष्ण आडवाणी र नितिन गडकरीले राजनीतिक आन्दोलन गरेर चुनौती दिएका भए कसको तर्क सही भनेर विश्लेषण गर्नेलाई पनि सजिलो होला । त्यसैगरी योगी रामदेवले कालीबाबा वा पाइलटबाबालाई जस्तोसुकै सांस्कृतिक चुनौती दिएको भए पनि विश्लेषण गर्नेलाई सजिलो हुन्थ्यो । तर, आफ्नो वास्तविक पहिचान अस्पष्ट पारेर रामदेवले राजनीतिलाई पनि जटिल बनाइदिएका छन् । यति हुँदाहुँदै पनि रामदेवको यो शैलीलाई राजनीतिक मानेर स्विकार्ने वा बेइमानी मानेर तिरस्कार गर्ने भारतीय जनताको 'बिजनेस' हो, नेपालीको होइन ।

नयाँ पत्रीका
अरु यता >>

Monday, June 6, 2011

दीन दुःखीका कलाकार चार्ली चैप्लिन.........


‘साँच्चिकै हाँस्न चाहनेले आफ्ना दुःखसित खेल्न सक्नुपर्छ,’ भन्थे चार्ली च्याप्लिन । उनले आफ्ना दुःख-पीडासित खेल्दै विश्वयुद्धका महाविनाशका कारण हाँस्न बिर्सेका लाखौँ मानिसलाई हँसाए । महामन्दी (सन् १९३०-४० सम्मको भयानक आर्थिक मन्दी । भनिन्छ- यस महामन्दीमा युरोपेली सरकारहरू यति निरीह बनेका थिए कि उनीहरू नागरिकलाई ‘आत्महत्या गर्छै भने डोरी किनिदिन सक्छौँ, तर काम भने दिन सक्दैनौँ,’ भन्न विवश थिए ।) द्वारा बेस्कन चुटिएका संकटग्रस्त लाखौँ अनुहारमा कहिलेकाहीँ हाँसोका रेखा कोरिदिन्थे चार्ली च्याप्लिन । उनका सिनेमा श्यामश्वेत भए पनि तिनले धेरैका जीवनमा प्रशस्त रंग भरिदिएका थिए । उनीबाट त्यसवेलाका अमेरिकी र युरोपेली नागरिक यति प्रभावित थिए कि उनीहरूले चार्लीमार्फत रुग्ण, ध्वस्त र अस्तव्यस्त संसारलाई हेर्ने नयाँ दृष्टिकोण बनाएका थिए, जो भविश्यप्रति आशावादी थियो ।

करोडौँ मानिसका हृदयमा महानतम् कलाकारका रूपमा स्थापित भए पनि चार्ली च्याप्लिन भने आफूलाई केवल जोकर ठान्थे । ‘म केवल एक विदूषक हुँ,’ उनी भन्ने गर्थे, ‘र, विदूषक भएकै कारण म कुनै राजनीतिज्ञभन्दा उँचो धरातलमा छु ।’ कलाकार, निर्देशक र संगीतकार चार्ली च्याप्लिन विश्वसिनेमा इतिहासका सर्वश्रेष्ठ मौलिक सिर्जनाकारहरूमध्ये एक मानिन्छन् । १६ अपि्रल १८८९ मा लन्डनको एक गरिब इलाकामा जन्मेका थिए चाल्र्स स्पेन्सर च्याप्लिन जुनियर । उनका पिता चाल्र्स स्पेन्सर च्याप्लिन सिनियर गायक थिए भने आमा हाना हिल च्याप्लिन प्रतिभाशाली गायिका, कलाकार र पियानोवादक थिइन् । प्रतिभाशाली बाबुआमाका सन्तान चाल्र्सले बोल्नुभन्दा पहिले गाउन र हिँड्नुभन्दा पहिले नाच्न सिके भनिन्छ ।

उनका बाबु केही हदसम्म सफल गायक थिए । र, दुःख-सुख परिवारलाई दुई छाक खुवाउँथे । तर, चार्लीको जन्मपछि उनी रक्सीमा यति डुब्न थाले कि उनको गायन र गृहस्थीको जहाज डुब्न थाल्यो । हदसम्मको रक्सीको पोतारी र अनुत्तरदायी भएपछि उनकी आमा हानाले बाबु च्याप्लिन सिनियरलाई छाडिदिइन् । तर, मानसिक रूपमा विक्षिप्त उनकी आमाको सिंगो जीवन पागलखाना र मानसिक अस्पताल भित्र/बाहिर गर्दै बितेको थियो । चार्ली र उनका सौतेला भाइ सिड्नीको बाल्यकाल अनाथलय र सडकमा बितेको थियो । आमा असाध्यै मायालु भए पनि उनको मानसिक स्थितिमा औँसी-पूर्णे हुने हुनाले चार्ली र सिड्नीले पाउनुसम्मको हन्डर पाए । तर, हाना सद्दे भएको वेला उनको ममताको छायाँमुन्तिर चार्ली र सिड्नी संसारका सबभन्दा सुखी बालक हुन्थे । तर, हानाको सद्देपन त्यति लामो आयुको हुँदैनथ्यो । एक महिना उनी सद्दे भइन् भने दुई महिना बौलाही हुन्थिन् ।

अनाथलयमा हुँदा चार्ली र सिड्नीले दुई चिज पेटभरि खान पाउँथे- गाली र कुटाइ । खाना भने कहिले पाउँथे, कहिले पाउँदैनथे, धेरैजसो आधापेट पाउँथे । त्यसैले उनीहरूका लागि भोक मार्ने सर्वश्रेष्ठ तरिका थियो- गल्ली र चोकमा उछलकुद गर्नु ।

चार्ली च्याप्लिनको कलाले कलिलै उमेरदेखि पारखीहरूको वाहीवाही लुट्न थाल्यो । नाम या प्रसिद्धि भनेको कुन जन्तुका नाम हुन् थाहा नपाउँदै चार्लीलाई उनका पारखीहरूले बताइदिएका थिए- एक दिन तिमी संसारको सबभन्दा प्रसिद्ध मानिस हुनेछौ ।

पाँच वर्षको उमेरमा चार्लीको प्रसिद्धितिरको यात्रातर्फ पहिलो पाइला बढ्यो । स्टेजमा गाउँदागाउँदै उनकी आमा बिरामी भइन्, उनको गला बस्यो । दर्शकका गालीका पोर्रा छुट्न थाले । उनी स्टेजबाट भागिन् । आमाबाट नाच्न, गाउन, अभिनय गर्न र पियानो बजाउन थोरबहुत सिकेका फुच्चे चार्ली ‘स्थिति सम्हाल्न’ स्टेजमा आए । र, यति राम्रो गाइदिए कि दर्शकले स्टेजमा पैसाको वषर्ा गर्न थाले । फुच्चे चार्ली धमाधम पैसा टिप्दै आफ्नो टोपीमा हाल्न थाले । यसरी पाँच वर्षको उमेरमा सुरु भएको तालीको गडगडाहटले उनलाई जीवनपर्यन्त छोडेन ।


चार्ली १२ वर्षको हुँदा उधुम रक्सी खाने उनका पितालाई रक्सीले खाइदियो । छुट्टिए पनि श्रीमान्सँग गहिरो प्रेमभाव राख्ने उनकी आमा त्यसपछि झन् साह्रो विक्षिप्त भइन् ।

औपचारिक शिक्षाका नाउँमा चार्लीले जम्माजम्मी दुई वर्ष स्कुल पढे । कहिले घर, कहिले अनाथलय त कहिले सडक हुँदै उनी हुर्किए ।

खासमा, भोकग्रस्त र कष्टकर बाल्यकालले नै चार्ली च्याप्लिनलाई महान् कलाकार बनाएको थियो । उनले स्टेज, सर्कस र सिनेमाको पर्दामा निर्वाह गरेका धेरै भूमिका उनले वास्तविक जीवनमै निर्वाह गरेका थिएः घर, जागिर, पैसा, केही पनि नभएको आवारा (द ट्रयाम्प) होस् या द ग्रेट डिक्टेटरको नाई । रोजीरोटीको खोजीमा उनी स्टेसनरी स्टोर, काँच कारखाना, प्रेस, क्लिनिक आदि धेरै ठाउँमा काम गर्न पुगे ।

स्टेजमा खुद्रा-मसिना र हास्यभूमिका गर्दागर्दै १७ वर्ष पुगे उनी । १७ वर्षे किशोरलाई बालकलाकारका रूपमा काम गर्न असहज लाग्नु स्वाभाविकै थियो । त्यसैले सन् १९०६ मा प्यारोडी कलाकारका रूपमा उनी ‘द केसी सर्कस’ मा आबद्ध भए, जहाँ उनीभित्रको हास्यकलाकारले फुल्ने र फक्रने मौका पायो ।

सन् १९०७ मा चार्ली कार्नाे प्यान्टोमाइम ट्रुपको सदस्य बने । प्यान्टोमाइम भनेको विनाबोली हाउभाउले हास्यसिर्जना गर्ने पुरानो कला हो । यस समूहमा आबद्ध भएर क्यानाडा र अमेरिकाको भ्रमण गरेपछि उनी एकाएक चर्चित कमेडियन भए ।

सन् १९१३ मा चार्ली च्याप्लिनले अमेरिकी फिल्म कम्पनी किस्टोनसँग प्रतिहप्ता एक सय २५ डलर पाउने गरी आबद्ध भए । र, १९१४ मा उनले आफ्नो पहिलो फिचर फिल्म मेकिङ ए लिभिङ बनाए । अब चार्लीका सुदिन सुरु भए ।

सन् १९१५ मा इसानी फिल्मस्ले उनलाई एक वर्षमा १४ वटा फिल्म बनाउने गरी प्रतिहप्ता एक हजार दुई सय ५० डलरमा अनुबन्ध गर्‍यो । यसैवर्ष उनी द ट्रयाम्पमा ट्रयाम्प (आवारा) को भूमिकामा देखिए । यस फिल्मलाई तितोमिठो कमेडीका रूपमा असाध्यै मन पराइयो । ट्रयाम्प घरबारविहीन, आफन्तविहीन नितान्त एक्लो चरित्र हो, जो चकचके छ र वेलाबखत गम्भीर हुन्छ । होचो कदको यो चरित्र हाँसउठ्दो जुँगा राख्छ, ह्वाल्र्याङ परेको सुट लगाउँछ, लठ्ठी बोक्छ र पेन्गुइन हिँडेजस्तो ढल्कीढल्की हिँड्छ । यस चरित्रको लवाइले ढलेको (सडकमा आइपुगेको) सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्छ । द ट्रयाम्प आएको दुई वर्षभित्र चार्ली च्याप्लिन अमेरिकाका प्रसिद्ध मानिसहरूमध्ये एक हुन पुगे ।

सन् १९१६ मा उनी हप्ताको दस हजार डलर कमाउने सबभन्दा महँगा कलाकार भइसकेका थिए । त्यसको एक वर्षपछि फस्र्ट नेसनल एक्जिबिट सर्किटले उनलाई वाषिर्क १० लाख ७५ हजार डलरमा अनुबन्धित गर्‍यो । धनी, विख्यात र अविवाहित चार्ली नवप्रवेशी सोह्र वर्षीय कलाकार मिल्ड्रेड हयारिससँग आकषिर्त भए र सन् १९१८ मा उनीहरूले विवाह गरे ।

चार्लीका फिल्म यति लोकपि्रय हुन थालेका थिए र उनको बजार मूल्य यति उच्च हुन थालेको थियो कि कुनै पनि स्टुडियो र कम्पनीले उनलाई आबद्ध गर्न नसक्ने स्थिति आएको थियो । अब चार्ली आफैँ निर्माता बने र आफूले निर्माण गरेको फिल्ममा मात्रै अभिनय गर्न थाले । त्यसवेलाका चर्चित कलाकारद्वय मेरी पिकफोर्ड, डगलस फेयरब्यांक्स र निर्देशक डिडब्लु गि्रफिथसँग मिलेर उनले युनाइटेड आर्टिस्टस भन्ने समूह बनाए । च्याप्लिन आफ्ना सहकर्मीसित यति आज्ञाकारिताको अपेक्षा गर्थे कि उनलाई कसैले नाइँ भनेको मन पर्दैनथ्यो । तानाशाहीले जस्तो व्यवहार गरे पनि उनी आफ्ना सहकर्मीको साहै्र ख्याल गर्थे । र, उनीहरू पनि उनलाई मान्थे, माया गर्थे ।

च्याप्लिनका अधिकांश फिल्मले उनलाई प्रसिद्धि र विवाद दुवै दिलाए । द किड, द गोल्ड रस, सिटी लाइट्स, मोडर्न टाइम्स, द ग्रेट डिक्टेटर, लाइम लाइटजस्ता फिल्मद्वारा उनले अकल्पनीय प्रसिद्धि आर्जन गरे । अनि विवाद पनि ।

अमेरिका आएर बस्न थालेको ४० वर्षपछि उनलाई कम्युनिस्ट भएको आरोप लगाइयो । उनलाई व्ाामपन्थी विचारधाराप्रति सहानुभूति राख्ने मान्छेका रूपमा अमेरिकाले हेर्न थाल्यो । उनलाई वामपन्थी पार्टीहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाइयो । अमेरिकी गुप्तचर संस्था एफबिआई हात धोएर च्याप्लिनका पछाडि लाग्न थाल्यो । कतिसम्म भने च्याप्लिनका गतिविधिबारेमा एफबिआईले करिब १९०० पृष्ठको फाइल बनायो, तर उनी कम्युनिस्ट भएको प्रमाणित गर्न सकेन । च्याप्लिन आफू कम्युनिस्ट नभएको स्पष्टीकरण दिँदादिँदा हत्तु भएका थिए । उनी भन्थे, ‘म क्रान्ति गर्न चाहन्न । अलि धेरै फिल्म बनाउन चाहन्छु र मानिसलाई मनोरञ्जन दिन चाहन्छु, बस् ।’

उनलाई एफबिआईले यहुदी भएको आरोप पनि लगायो । उनका सौतेला भाइ सिड्नी ‘तीन चौथाइ’ यहुदी भएकाले एफबिआईले उनलाई यहुदी भनेको थियो ।

एफबिआई र चार्ली च्याप्लिनबीच वर्षैँसम्म किचकिच चलिरहयो । अन्त्यमा बाध्य भएर चार्लीले अमेरिका छाडे र स्वीटजरल्यान्ड गएर बसे । पछि, सन् १९७२ मा उनलाई एकेडेमी अवार्डबाट सम्मानित गरियो ।

धेरैसँगको असफल प्रेमसम्बन्धपछि सन् १९४१ मा उनले उनासित विवाह गरे, जसले स्वीटजरल्यान्डमा सन् १९७७ मा उनको मृत्यु नहुन्जेलसम्म उनलाई साथ दिइन् । उनका फिल्म दुःखी, पीडित र गरिबका निम्ति थिए, जसका हाँसो शव, युद्ध र आर्थिक महामन्दीले खोसेको थियो ।

Shilauti.Wordpress.Com
अरु यता >>

लफडाको अर्को नाम भुवन के.सी.



कृष्ण भट्टराई,अश्विनी कोइराला

भुवन केसीलाई हिजोआज इमेजको चिन्ताले सताउन थालेको छ। निरन्तरको विवाद तथा अनेकौं लफडाले पछ्याइरहेपछि भुवन दिक्क हुँदै आफूले केही नगरे पनि समस्या खडा हुने कुरा बताउन थालेका छन्। यद्यपि भुवनले आफैं लफडा सिर्जना गर्ने आरोप लगाउनेहरूको पनि कमी छैन। निरन्तर चर्चा, विरोध, आरोप, प्रत्यारोपका कारण मिडियामा छाइरहने भुवन सुरा-सुन्दरीप्रिय मानिन्छन्।

करिव डेढ दशकअघि चलचित्र 'महादेवी' को एउटा दृष्यमा भुवनले करिष्माको ओठमा चुम्बन गर्नु पर्ने दृष्य थियो। उक्त दृष्य बारम्बार रि-टेक भएपछि करिष्माले निर्देशक नारायण पुरीसँग स्पष्टिकरण सोधेकी थिइन्। यो बिवादमा भुवनले जानी-जानी करिष्मालाई धेरै पटक चुम्बन गर्न खोजेको आरोप लाग्यो।



कहिले भुवनलाई एड्स लाग्यो भन्ने हल्ला चल्यो भने कहिले आफ्ना विरुद्ध लेख्ने पत्रकारलाई सार्वजनिक स्थलमा कुट्छु भन्ने अभिव्यक्तिले पनि उनलाई लफडा गर्ने नायकका रूपमा स्थापित गरायो। पछिल्लो पटक पूर्वश्रीमती सुस्मिताले भुवनमाथि 'पैसा भनेपछि मरिहत्ते गर्ने र पैसाकै विवादका कारण आफूले भुवनलाई छाड्नुपरेको' आरोप लागेपछि उनको स्त्रीप्रिय इमेजमा 'पैसाप्रेमी' नायकको विशेषता पनि थपियो। केही समयअघि एमालेमा प्रवेश गरेपछि उनको छविमा अर्को फुर्को जोडियो। अझ पछिल्लो समयमा एक विवाहित महिलासँगको सम्बन्धले उब्जाएका घटनाका कारण उनको छवि नै धरापमा पर्‍यो।

करिब १ सय नेपाली चलचित्रमा 'रोमान्टिक हिरो' का रूपमा सफल अभिनय गरेका, हिट नेपाली चलचित्रमध्ये अधिकांश भुवनकै नाममा दर्ता भएका एवं ५० वर्षको उमेरमा पनि नेपाली चलचित्रमा अझै नायकका रूपमा काम गरिरहेका भुवन केसी किन लफडा मन पराउँछन् ? के उनी चलचित्रका नायकझैं पर्दाबाहिर पनि नायक हुन चाहँदैनन् ? उनको 'रिल लाइफ' का लाखौं प्रशंसकलाई 'रियल लाइफ' मा किन दुःखी बनाइरहेका छन् ? लामो समयपछि भुवन केसीसँग साप्ताहिकको अन्तरंग कुराकानी, जसले धेरै विवाद र रहस्यको पर्दा उठाउँछ।



मलाई मोहरा बनाउन पाइँदैन

तपाईं जे गर्नुहुन्छ, विवादमा पर्नुहुन्छ, देशको चर्चित नायक भएर पनि किन लफडा गर्नुहुन्छ ?

म कहाँ लफडा गर्छु ? आजसम्म मैले कसको के बिगारेको छु ? ल भुवनले यो काम बिगार्‍यो भन्ने प्रमाण लिएर आउनुहोस्, म जे गर्न पनि तयार हुन्छु।

यो त सबै भन्ने कुरा हो। यथार्थ त तपाईंलाई पनि थाहा छ, तपाईं जे गर्नुहुन्छ, विवादमा पर्नुहुन्छ ?

हेर्नुस्, म फुटपाथको मानिस त होइन। देशको चर्चित नायक हुँ। चर्चित व्यक्तिकै विवाद हुन्छ। अमेरिकी राष्ट्रपति बिल क्लिन्टन पदमा हुँदा एउटी केटीको विषयलाई लिएर कति चर्चा भयो। अमेरिकाजस्तो मुलुकमा त यस्ता चर्चा हुन्छन् भने नेपालजस्तो मुलुकमा सेक्स, पैसाजस्ता कुराको चासो हुनु स्वाभाविक हो। मुख्य कुरा यस्ता इस्यु पत्रिकाले नै निकाल्छन्। किनभने नेगेटिभ कुरा नगरी पत्रिका बिक्री हुँदैन। तपाईंहरूले नै मेरो कुनै नेगेटिभ काम भेट्नुभयो भने कत्रो इस्यु बनाउनुहुन्छ तर पोजेटिभ काम गरें भने त्यही समाचार कुनामा पनि अटाउँदैन।

यसको अर्थ पत्रिकामा राम्रो कभरेज हुन्छ भनेर लफडा गर्नुभएको हो ?

होइन, पटक्कै होइन। कुरा के भने म अरू हिरोजस्तो सानो कुरा गर्दा पनि वकिलसँग परामर्श गर्दिनँ। जे गर्छु, हृदयबाट गर्छु। म सेलिब्रेटी हुँ। मैले यो गर्नुहुन्छ कि गर्नुहुँदैन, त्यतातिर लाग्दिनँ। म हिरो हुनुभन्दा अघि मान्छे हुँ नि। अब मेरो वरिपरि सबै मेरा शुभचिन्तक मात्र हुन्छन् भन्ने त हुँदैन। मलाई उडाउने सानो कुरा भयो भने उनीहरू लाई पुगिहाल्छ। पत्रिकाले त्यसलाई इस्यु बनाइहाल्छन्।

गल्ती गर्ने तपाईं, दोष पत्रिकालाई लगाउने ?

होइन, होइन। कुरा के भने म हिरो हुँ भनेर ठूलाबडासँग मात्र संगत गर्ने, महँगो ह्वीस्की मात्र पिउने र बोल्दा वा कुनै काम गर्दा दस जनासँग परामर्श गर्ने काम गर्दिनँ। म त ह्वीस्की पिउने स्थानमा पनि बिन्दास, ठर्रा पिउनेसँग पनि बिन्दास। अब ठर्रा खाने ठाउँमा घिचपिच भएपछि अलिअलि लफडा त भैहाल्छ नि, होइन ?

हिन्दी चलचित्रमा एउटा गीत छ, मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए, तर नेपालीमा चाहिँ मुन्ना (भुवन केसी) बदनाम भएका छन्, मुन्नीका लागि। किन यति सारो मुन्नीहरूको पछि लाग्नुहुन्छ ?

म कहाँ मुन्नीको पछि लाग्छु भन्या ? मुन्नीहरू नै मेरो पछि लाग्छन्। मेरा केटी साथीहरू नै बढी छन्। म चलचित्रमा पनि रोमान्टिक हिरो हुँ। चलचित्रमा जस्तै बाहिर पनि रोमान्टिक छु, हेन्डसम छु, मिलनसार छु। त्यसैले लाखौं युवती मेरा प्रशंसक छन्। तीमध्ये बाहिर हिँड्दा केही युवती-महिलाहरूसँग भेट हुन्छ। उनीहरूसँग देख्नेबित्तिकै ल भुवनले फलानो केटी लिएर हिड्यो भन्ने हल्ला चलिहाल्छ। यस्तो हल्ला पनि मलाई साधारण लाग्न थालेको छ। कारण म चर्चित छु र त हल्ला चल्छ। नत्र यसरी कैयौं व्यक्ति कैयौंसँग हिँडिरहेका हुन्छन्, तर मेरो मात्र हल्ला चल्नुले ममा अझै दम छ भन्ने बुझ्छु।

सार्वजनिक स्थानमा लफडै हुने गरी चर्चा हुनु, भुवन केसीले कुटाई खायो भन्ने समाचार आउनु त अति भयो नि, होइन र ?

हेर्नुहोस्, कुरा उठाइहाल्नुभो। त्यस दिन काठमाडौंबाट मेरी केटी साथी (गर्ल फ्रेन्डचाहिँ होइन रे) सँग उनको बुटिकको विज्ञापनको छायांकनका लागि लोकेसन हेर्न धुलिखे लतिर जाँदै थियौं। अब कसैसँग मित्रता गाँस्नुअघि तिम्रो बायोडाटा देऊ अनि मात्र मित्र हुन्छु भन्ने कुरा आउँदैन। उनको श्रीमान् र परिवार छन् भन्ने कुरा मलाई थाहा थिएन। कोटेश्वर पुग्दा अचानक एउटा मोटरसाइकल आएर हाम्रो गाडी अगाडि तेर्सिएपछि मात्र थाहा भयो, उहाँ मेरी साथीकी श्रीमान् हुनुहुँदो रहेछ।

उहाँहरूबीच विवाद हुन थालेपछि एउटा जेन्टलम्यानले दुई जना जोइ-पोइका बीच भएको विवाद हेरिरहन मिल्दैन। त्यसैले म सुटुक्क बाहिर निस्किएँ। ट्राफिक जाम भएका बेला म गाडीबाट बाहिर निस्किँदा कसैले भुवन केसीले हेल्मेटले कुटाई खायो भन्ने हल्ला चलायो। कुरै नबुझी त्यो कुरा पत्रिकामा आयो। वास्तवमा त्यहाँ सयौं मानिस थिए, आजको जमानामा सबैको हातमा मोबाइल हुन्छ। ल मैले कुटाइ खाएको भए कसैले न कसैले त फोटो खिचेका होलान् नि। ल फोटो देखाऊन्, म सार्वजनिक रूपमै आफ्नो गल्ती स्वीकार गर्छु। हुँदै नभएको कुरा यसरी आउँदा म साँच्चै दुःखी छ। यति दुःखी यसअघि म कहिल्यै भएको थिइनँ।

नेपाल जस्तो मुलुकमा अरूकी श्रीमतीसँग हिँड्दा यस्ता समस्या आउँदैनन् भन्ने सोच्नुभएको हो ?

ए बाबा, उनको परिवार छ भन्ने कुरा नै मलाई थाहा थिएन भन्या। म अलि खुला दिलको मान्छे, हामीबीच कुरा मिल्यो। हामी साथी भयौं। साथी हुनेबित्तिकै सबै कुरामा चासो राख्नुपर्छ भन्ने पनि त छैन नि।

तपाईंका कारणले एउटी महिला बदनाम भइन्। परिवार बिगि्रयो भन्ने आरोप पनि लाग्न थालेको छ, के भन्नुहुन्छ ?

कसैको साथी भएकै कारण कुनै महिला बद्नाम हुन्छिन् भन्ने कुरा म मान्दिनँ। बाहिर के हल्ला चले वा चलाइए, म त्यसको पछि जान चाहन्नँ। म उनले आफ्नो घर सम्हालेको हेर्न चाहन्छु। होइन, यदि उनको घर पहिले नै बिगि्रएको थियो भने मलाई मोहरा बनाउन पाइँदैन। म यो देशको एउटा कलाकार हुँ। उनीहरूको पारिवारिक तनावको बीचमा म आउनु हुँदैन।

तपाईंलाई उहाँले मोहरा बनाएको होस् वा तपाईंले उहाँलाई मोहरा बनाएको होस्, घटना घटिसक्यो। अब तपाईंहरूबीच विवाहको सम्भावना छ कि छैन ?

प्रेम त भएको छैन, विवाह त टाढाको कुरा। हाम्रो मित्रताका क्रममा न त मैले उनीसमक्ष प्रेम प्रस्ताव राखेको छु, न त विवाहको कुरा नै भएको छ। हाम्रो मित्रता यस्तो थियो, जहाँ उनको विवाह भएको छ कि छैन भन्ने कुरा पनि गौण थियो।

जे होस्, अहिले एक्लो हुनुहुन्छ, तपाईंको स्वभाव अनुसार शर्मिलाजीसँग नभए अरू कसैसँग विवाह त गर्नु नै हुन्छ होला, कि होइन ?

अहिले मेरो दिमागमा मेरो छोरा अनमोलको करियरको चिन्ता नै बढी छ। उसको पहिलो चलचित्र 'साथी म तिम्रो' रिलिज हुँदैछ। त्यसैले सारा ध्यान उसको फिल्मी करियरमा छ। यद्यपि म अब बूढो भएँ, विवाह गर्दै गर्दिनँ भन्ने पनि होइन। म जवान छु। मेरो छोरो, मेरी आमा र शुभचिन्तकहरू पनि असल युवती फेला परेको खण्डमा फेरि मेरो घरबार होस् भन्ने चाहनुहुन्छ।

भनेपछि शर्मिला नभए उर्मिलाको खोजीचाहिँ जारी छ भन्ने बुझ्नुपर्‍यो ?

अरे यार, जवानी र जीवन हुन्जेल पार्टनर त चाहियो नि, होइन र ?

तपाईं यति स्त्रीप्रेमी भएर पनि लामो समयसम्म एउटै महिलासँग किन घरबार हुँदैन, तपाईंजस्तो मानिससँग त महिला झन् खुसी हुनुपर्ने होइन र ?

मेरो तर्फबाट त सधैं प्रेम रहन्छ। खै किन हो, विवाहचाहिँ सफल हुन सकिरहेको छैन।

कहिलेकाहीँ महिला मनोविज्ञान बुझ्न नसकेका कारण आफ्नो विवाह सफल हुन सकिरहेको छैन भन्ने लाग्दैन ?

म साँच्चै भनौं ? मैले आवश्यकताभन्दा बढी माया गरेका कारण मात्तिएर यस्तो अवस्था आएको हो। मैले श्रीमतीहरूलाई सधैं आवश्यकभन्दा बढी माया-सम्मान दिएँ र सपोर्ट गरें। कस्तो व्यक्तिलाई कहाँ पुर्‍याए त्यो सबैलाई थाहा छ। बरु उनीहरूले मेरो मनोविज्ञानचाहिँ बुझेनन् कि भन्ने लाग्छ।

पूर्वश्रीमती सुस्मिताले तपाईंलाई स्त्री-लम्पट मात्र होइन, पैसा-मोह धेरै भएको व्यक्तिको आरोप लगाउँदै सार्वजनिक माध्यमबाटै गाली गर्नुभएको छ, यसबाट पनि तपाईंको धेरै कुरा बाहिर आयो भन्ने लाग्दैन ?

हैसियत नभएकाहरूले आफू राम्रो छु भन्ने देखाउन अरूलाई नीच देखाउँछन्। यो त्यस्तै प्रयास हो। उनी मेरो अत्यन्तै प्रिय छोरा अनमोलकी आमा पनि हुन्। उनले आफू कुन औकातको मानिस हुन् भन्ने कुरा देखाइन्। म खराबै थिएँ भने पनि असल आमा भएको भए छोराका लागि त्यस्तो कुरा सार्वजनिक गर्नुहुँदैनथ्यो। उनका बारेमा बोल्न मसँग धेरै कुरा हुँदाहुँदै पनि म केही भन्दिनँ। यति हो, यदि मैले कसैको एक पैसा लिएको प्रमाण दिन्छ भने म त्यसको चार दोब्बर तिर्न तयार छु।

सुस्मिताजीले हाकाहाकी उहाँको माइतीबाट पैसा ल्याएर करोडपति बनाएको आरोप लगाउनुभएको छ। पैसाकै लागि तपाईं महिलाको संगत गर्नुहुन्छ रे ?

म उहाँ जन्मनुअघि नै गाडी चढेर हिँडेको मान्छे। आज जहाँ एयरपोर्ट छ, ती सबै जग्गाको मालिक भएको मान्छे। यस्तो जाबो आरोप कसले पत्याउँछ होला ? ईश्वरको कृपाले आजका दिनसम्म मलाई पैसाको खाँचो भएन। मैले भनिहाले नि, आफूलाई ठूलो देखाउन अरूलाई निचा देखाउनुपर्छ। उनले लगाएका सबै आरोप मिथ्या हुन् भन्ने कुरा सबैलाई राम्रैसँग थाहा छ।

तपाईंमा जिद्दीपन, आफ्नो कुरा नै ठिक, आफूचाहिँ हिरो, अरु जीरो भन्ने भावनाचाहिँ अलि बढी नै छ, हैन ?

म केही हुँ भन्ने अहम्चाहिँ छ। मेरी आमाले मलाई यू आर समथिङ भन्ने चिनाइदिनुभयो। उहाँको माया, प्रेम र उत्साहको पिण्ड नै भुवन केसी हो। त्यसैले म आज जे छु, त्यसमा गर्व गर्छु र भुवन केसीमा केही छ भने त्यो आमाकै कारणले हो भन्छु।

आजभोली अनौपचारिक प्रसङ्गमा तपाईं आमाबाहेक आफ्नी जेठी श्रीमती विजयालाई पनि सम्झन थाल्नुभएको छ। के जेठी श्रीमतीसँग पारपाचुके गर्नु भूल थियो भन्ने कुरा रियलाइज गर्न थाल्नुभएको हो ?

विजया असाध्यै पढेलेखेकी महिला र मेरा दुई सन्तानकी आमा हुन्। उनी समझदार एवं सुसंस्कृत महिला हुन्। हामी समझदारीपूर्वक नै छुट्टिएका हौं। हाम्रो आज पनि मित्रता छ। उनी मेरो प्रथम प्रेमिका र जीवनसाथी हुन्। जब को असल भन्ने कुरा आउँछ, म उनलाई सम्झन्छु।

त्यसो भए तपाईंहरूबीच फेरि मिलन हुन सक्छ ?

सक्दैन, किनभने म पशुपति आर्यघाटमा नेपालीकै रूपमा खरानी हुन चाहन्छु। उनी अमेरिकामा दुई सन्तानको करियर बनाउन बिजनेस गरेर बसेकी छिन्। मलाई नेपाली दर्शकले यति ठूलो स्थान दिनुभयो, त्यसैले म अमेरिकी हुन सक्दिनँ। उनी यता नआउने, म उता नजाने। त्यसैले हाम्रो मिलन असम्भव छ।

ठीक यसैबेला राजनीतिमा हात हाल्नुभएको छ ? एकांकीपन हटाउन राजनीतिमा आउनुभएको हो ?

म नाम कमाउन राजनीतिमा गएको होइन, किनभने म अलरेडी फेमस छु। म भ्रष्टाचार गर्न पनि राजनीतिमा गएको होइन, किनभने मलाई पुग्दो पैसा छ। म कार्यकर्ता हुन र नेताको जी हजुरी गर्न पनि राजनीतिमा गएको होइन, किनभने मसँग आफ्नै भिजन छ। मैले चलचित्र जीवनमा पाएको नाम र क्षमता राजनीतिमा प्रयोग गर्दा त्यसबाट देशले फाइदा पाउने देखेर यता आएको हुँ।

त्यसो भए कमरेड भुवन केसीले देशमा के परिवर्तन ल्याउँछ त ?

हेर्नुहोस्, चलचित्र क्षेत्रमा मेरो फेर समातेर धेरै कलाकार स्थापित भए। मेरा अपोजिट हिरोइनहरू तृप्ति, करिश्मा, गौरी, हिरोहरू श्रीकृष्ण श्रेष्ठ, रमेश उप्रेती, कलाकार रतन सुवेदी, संगीतकार सम्भुजित बाँस्कोटाहरू उचाइमा पुगे। प्राइभेट सेक्टरबाट चलचित्र बन्न सक्छन् र त्यसले नाफा कमाउन सक्छ भन्ने कुरा म हिरो भएका चलचित्रले नै स्थापित गरे। नेपाली चलचित्रको यति ठूलो कलाकार जुन पार्टीमा पुग्छ, त्यसले त्यो पार्टीकै नाम चम्काउँछ। निर्वाचनमा म मात्र जित्दिनँ, मेरो उपस्थितिले अरू नेताहरू लाई पनि जिताउँछ।

यो भुवन केसीको अहम् हो ?

होइन, आत्मविश्वास हो, मैले लेखेको इतिहास हो। राजनीतिमा पनि यस्तै इतिहास लेखिनेछ।
अरु यता >>

लोडसेडिङ ! नयाँ तालिका हेरम्

लोडसेडिङ ! नयाँ तालिका हेरम्
अरु यता >>

Sunday, June 5, 2011

मृगौला बेचेर आइपड !


बेइजिङ, जेष्ठ २२ - दुवै कानमा 'इयरफोन' सिउरिएर एप्पलको आइपड चलाउने रहर कसलाई नहोला ? झन् नयाँ पुस्तामा त यस्ता उपकरणको प्रयोग 'नसा'का रूपमा झांगिएको छ । हालै चीनमा एक किशोरले 'आइपड २' किन्न आफ्नो एउटा मृगौला नै बेचेका छन् ।

अन्हुई प्रान्तका १७ वषर्ीय झेङलाई एप्पल कम्पनीको 'आइपड २' किन्ने रहर जाग्यो । पैसा जुटाउने उपाय खोज्दै उनले इन्टरनेटमा 'सर्च' गरे । 'मसँग पैसा थिएन,' उनले सांघाई डेलिसँग भने, 'मृगौला बेच्न सहयोग गर्ने भन्दै आएका एक दलाल इन्टरनेटमा भेटिए ।'

हाइस्कुल तहमा पढ्ने उनी अपि्रल २८ मा मृगौला बिक्री गर्न घरबाट निस्किए । र, हुनान प्रान्त हिँडे । त्यहाँकोे चेन्झाउ सहरस्थित अस्पतालमा उनले दायाँ मृगौला बिक्री गरे । त्यसबापत उनले दलालबाट ३ हजार ३ सय अमेरिकी डलर पाए । उक्त पैसाले उनले आइपडसँगै ल्यापटप पनि किने । अहिले भने उनलाई मृगौला बेचेकोमा पश्चताप छ । अहिले आफूलाई अस्वस्थ र असजिलोसमेत महसुस भइरहेको उनले जनाए ।

शरीरमा रातो गहिरो दाग देखेर आमाले

शंका गरेपछि उनले आफ्नो मृगौला बेचेको स्वीकारेका थिए । झेङकी आमाले तत्काल प्रहरीमा उजुरी गरे पनि दलाल फेला परेको

छैन । उनको मृगौला निकालिएको अस्पताल अंग प्रत्यारोपणका लागि 'सक्षम' नभएको चाहिँ प्रहरीले पत्ता लगाएको छ । तर उक्त अस्पतालले भने झेङको शल्यक्रियाबारे थाहा नभएको प्रतिक्रिया दिएको छ ।

Kantipur
अरु यता >>

Friday, June 3, 2011

गोर्खा सैनिकले हात पारे उच्च पदवि



२० जेठ, काठमाडौँ । बेलायती सेनामा कार्यरत एक नेपालीले वीरता सम्बन्धी भिक्टोरियाक्रस पछिको दोस्रो ठूलो पदक प्राप्त गरेका छन् ।

पदक प्राप्त गर्नेमा बेलायती सैनिक म्याग्दी बिम गाविसका ३१ वर्षीय दीपप्रसाद पुन छन् । पुनलाई अफगानिस्तान युद्धमा देखाएको बहादुरीका लागि बाकिङ्घम दरबारमा बुधबार राति आयोजित एक विशेष समारहोबीच बेलायती महारानी एलिजाबेथ द्वितीयाले ‘कन्स्पिस्युअस ग्यालन्ट्री’ नामक उच्च अवार्ड प्रदान गर्दै सम्मान गरेकी हुन् ।

बेलायत सरकारले उदाहरणीय बहादुरीका लागि प्रनाद गर्न सन् १९९३ मा स्थापना गरेको उक्त अवार्ड पाउने पुन बेलायती सेनामा कार्यरत पहिलो नेपाली हुन् ।

पुनले २०६७ असोज १ गते राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित एक सैनिक चौकीमा हमला गर्न आएका लालिवान लडाकूलाई एक्लै भिडेर भगाउन सफल भएका थिए ।

‘चौकीलाई चारै तिरबाट तालिवानले घेरेका थिए, मेरो अगाडि उनीहरुसँग लड्नु बाहेक दोस्रो विकल्प थिएन’ पदक हात पारेपछि उनले बेलायती सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा भनेका छन् ‘म निश्चित रुपमा मारिन्छु भन्नेमा विश्वस्त थिएँ । आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मान्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें ।’

सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रसंशा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरेका छन् ।

Nagarik News + Onlinekhabar.com
अरु यता >>

Thursday, June 2, 2011


Star Fm


Image Fm


Radio Audio


Radio Mirmire


Ujyaalo FM


Maitri FM


Nepal FM


Hits Fm


Sagarmatha FM
अरु यता >>

Wednesday, June 1, 2011

भिक्षु बनेकी कोहिनुर मारवाडीकी बुहारी !


एक समयकी चर्चित मोडल कोहिनुर सिंह सांसारिक जीवनदेखि वाक्क भएर भिक्षुणी बनेको खबर मिडियामा चर्चाको बिषय बनेको थियो । उनी भिक्षु बनेको तस्वीर पनि देखिएको थियो । तर, निकै समय भयो उनको चर्चा नभएको । बिबाह नै नगर्ने घोषणासहित भिक्षु बनेकी सिंह कहाँ गइन होला भनेर कसैले खोजी गरेन् ।

पछिल्लो समाचारअनुसार अहिले उनी मारवाडी समुदायको एक ब्यापारिक घरानाको बुहारी बनेकी छन् । बिभिन्न उद्योग चलाउने र त्यसबापत करोडौं रुपैयाँ भ्याट छलि गर्ने ब्यापारिक समूह गोल्यान समूहकी सदस्यमात्र हैन निर्देशकसमेत बनिसकेकी छन् ।

भारतीय बाबु र नेपाली आमाकी छोरी दीपा सिंह मोडलिङमा लागेपछि कोहिनुर सिंह बनेकी थिइन् । पछि उनी आनी लोसाङ डोल्मा बनिन् । र, अहिले बनेकी छन दीपा गोल्यान ।



मोडलिङ दुनियाँमा रमाइरहेकी कोहिनुरलाई शंकर गोल्यानका कान्छा छोरा साहिलले मन पराएका थिए । तर, परिवारले उनलाई बिबाहको अनुमति दिएन् । त्यही लफडाका कारण आनी बन्न हिडेकी कोहिनुरले झण्डै एक बर्ष आनी जीवन बिताइन् । उता, छोराको बिहे भारतका ब्यापारीकी छोरीसँग गरिदिन शंकर गोल्यानले जहाजमा जन्ती लिएर दिल्ली पुगे । तर, साहिलले बिहेको अघिल्लो दिन होटलबाट भागेपछि गोल्यान परिवार दुलहीबिना रित्तो हात नेपाल फर्कियो । अन्ततः साहिललाई कोहिनुरसँग बिबाह गर्ने अनुमति दिइयो ।

गोल्यान समूह अन्र्तगत रहेको जगदम्बा स्टीलको ब्यापार हेरिरहेका साहिल सो समुहका संयुक्त प्रबन्ध निर्देशक हुन् । सोही समूहले नक्कली भ्याट बिल प्रयोग गरि करिव ८० करोड रुपैयाँ राजश्व छलि गरेको राजस्व अनुसन्धान बिभागले ठहर गरेको छ । अहिले कोहिनुर अर्थात दीपा गोल्यानले पतिलाई ब्यबसायमा सघाउँदै आएकी छन भने गोल्यान समूहको निर्देशकको पद पनि सम्हालिरहेकी छन् ।
onlinekhabar.com
अरु यता >>

'गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए'


'गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए'
युवराज दीपेन्द्रले आफूसहित राजपरिवारका नौ सदस्यलाई मारेको १९ जेठ २०५८ को दिन नारायणहिटीको पारिवारिक जमघटमा राजा वीरेन्द्रकी दिदी शाहजादी केतकी चेष्टर पनि थिइन्। चेष्टरले दरबार हत्याकाण्डको १० वर्षपछि दीपेन्द्रले गोली लागेर ढलेका बाबुलाई लात्तीले हिर्काएकोदेखि त्यस दुर्भाग्यपूर्ण रातबारे कुन्द दीक्षितसँग केही नयाँ कुरा खोलेकी छन्।
केतकी चेष्टर

कुन्द दीक्षित

दीपेन्द्र दुवै हातमा बन्दुक लिएर जङ्गी पोशाकमा भित्र छिर्दा म दिदी जयन्तीसँगै विलियार्ड रूमको ढोकाछेउ उभिएकी थिएँ। पहिले यस्तो जमघटमा आउँदा चारैतिर नजर डुलाउँदै उपस्थित सबैको जायजा लिने युवराजका आँखा त्यस दिन कुनै कुरामा सीधा केन्द्रित थिए। मैले दिदीलाई साउती गर्दै भनें, “हैन अब पनि उसको उमेर बन्दुक देखाउँदै हिँड्ने हो र?” राजा वीरेन्द्रले पनि छोरा आफ्नो हतियार देखाउन आएको भन्ठानेका थिए होलान्, तर दीपेन्द्रले दाहिने हातको बन्दुक चलाए। गोली उनको बुबालाई लाग्यो, उनी घाइते भए। उनले जमिनमा ढल्नुअघि भनेका थिए, “के गरेको?” दीपेन्द्रले अर्को हातमा पनि बन्दुक भएकाले गोली चलेको बन्दुक असन्तुलित भएर अरू गोलीहरू सिलिङतिर उछिट्टिए।

कुमार गोरख र डा. राजीव शाहीले भुईंमा लडेका राजाको शरीरबाट बगिरहेको रगत रोक्ने प्रयास गरे। हामी सबै पनि वीरेन्द्र भएतिरै दौडियौं। त्यत्तिकैमा दोस्रो पटक कोठामा आएका दीपेन्द्रलाई रोक्न खोज्दै अधिराजकुमार धीरेन्द्रले भने, “पुग्यो बाबु, तिमीले गर्नु गरिसक्यौ।” काकाले आफूलाई निरस्त्र गर्न खोजेको ठानेर दीपेन्द्रले धीरेन्द्रमाथि नै गोली चलाए। मेरो विचारमा, आफूलाई मनपर्ने काकालाई पनि मारेपछि उनी अझ रक्तपाततिर उद्यत भएको हुनुपर्छ। कोठाको एक चक्कर लगाएर बाहिर निस्केका दीपेन्द्रले तेस्रोचोटि ढोकैदेखि बन्दुक चलाउँदै आएर कोठाको चारैतिर गोली बर्साए।

त्यतिखेर म धीरेन्द्रको घाउबाट बगेको रगत रोक्ने प्रयास गरिरहेकी थिएँ। हलचल गर्न नसके पनि उनी अचेत थिएनन्। आफैं गम्भीर घाइते भएर पनि मलाई गोली लागे-नलागेको सोद्धै थिए। त्यहीबेला मैले पनि आफ्नो शरीरबाट रगत तपतप चुहिरहेको देखें। मेरो देब्रे पाखुराको केही टुक्रा मासु उछिट्टिएर धीरेन्द्रको कमिजमा झ्रेको र दाहिने काँधमा दुइटा गोली लागेको रहेछ। तर दुखिरहेको थिएन, आघातको बेला शरीरले पनि पीडा महसुस गर्दो रहेनछ।

यो सबै पाँचै मिनेटमा भयो। दिदी भुईंमा लडिरहेकी थिइन्। अधिराजकुमारी कोमललाई छातीमा गोली लागेको थियो। शीताष्माले एउटा गोली उनको कानैमा झ्न्झ्नाएर गएको बताइन्। अझ् त्यति धेरै मानिस मरेनन्। जतिबेला गोली शुरु भयो, कोठाको अर्को छेउमा भएका शाहजादा पारसले तुरुन्तै आफ्ना भाइबहिनी र नातेदारहरूलाई एउटा सोफा पछाडि लुकाएका थिए। एक पटक दीपेन्द्रको आँखा पारसमा पनि परेको थियो, तर पारसले भने, “दाइ मलाई नहानिबक्स्योस्...।” दीपेन्द्रले बन्दुक तल फर्काए र छाडिदिए। श्रुति अचेत थिइन्, अत्यधिक रगत बगेको कारण अस्पतालमा वितिन्। रक्तचाप घटिरहेको अवस्थामा पनि डाक्टरहरूले उनको कपडा हटाएर शरीरको कुन भागबाट रगत बगिरहेको छ भन्ने पत्ता लगाएनन्।

गोली हानिसकेपछि दीपेन्द्र आफ्नै कोठातिर फर्किए। आमा रानी ऐश्वर्य र भाइ निराजन उनको पछि-पछि दौडिए। दीपेन्द्रले कोठातिर जाने भर्‍याङको माथिबाट उनीहरू दुवैलाई देखे होलान्, तर अन्धकारमा शायद एडीसी ठानेर हानेको गोलीले आफ्नै भाइको ज्यान लियो। नजिकै भएको कसैले रानी ऐश्वर्यले चिच्याएर बोलेको सुनेको थियोः “तिमीले आफ्नो बुबालाई मार्‍यौ, भाइलाई मार्‍यौ, मलाई पनि मार। हान, हान!” त्यसपछि उनले आफ्नी आमा र आफैंलाई पनि गोली हानेर मारे। र, यो सबै सकियो।

त्यो घटना मेरो मनमस्तिष्कमा अझ्ै ताजै छ। ती दृश्यलाई दोहोर्‍याई-तेहेर्‍याई स्मरण गर्दा मलाई दीपेन्द्रले आफ्नो बुबालाई गोली हानेर लडाइसकेपछि लात्तीले हानेको कुराले घरीघरी झ्क्झ्क्याइरहन्छ। एक हिसाबले त्यो क्षण गोलीप्रहार भन्दा पनि स्तब्ध पार्ने खालको थियो। हाम्रो संस्कृतिमा कसैले पनि मृत शरीरको त्यस्तो अपमान गर्दैन।

मलाई अहिले के विश्वास छ भने दीपेन्द्रले बुबालाई मात्र मार्न चाहेका थिए। त्यसपछि कानुनअनुसार उनै राजा हुन्थे, उनले हामी सबैलाई चुप रहन भन्थे र सबै कुरा त्यत्तिकै सेलाउँथ्यो, कसैले सत्य कुरा बाहिर ल्याउने साहस गर्दैनथ्यो। मेरो पुस्ताका परिवारका सदस्यहरू प्रायः सबै सकिइसकेका थिए, बाँकी युवा पुस्तालाई चुप लगाउन सकिन्थ्यो। तर काकालाई मारेपछि उनी उन्मत्त भएर अरूलाई पनि मार्न थाले।

मलाई लाग्छ, दीपेन्द्रले त्यस रात पिएको बहाना मात्र गरेका थिए। उनी लरबराउँदै हिँडेको त देखिन्थ्यो, तर त्यो अभिनय गरेको भनेर स्पष्ट बुझन सकिन्थ्यो। म उनलाई त्यति राम्रो चिन्दिनथेँ, तर उनी कुनै पनि हदमा जान सक्ने मान्छे रहेछन्। उनलाई सबै कुरा उपलब्ध थियो, उनी मेधावी थिए, उनले छोटो जीवनमै धेरै जानेका थिए; आखिर बच्चैदेखि राजा बन्न हुर्काइएका हुन्। उनी जनतामा राम्रोसँग भिजेका थिए।

उनले पूर्वतयारी र होशियारीसाथ योजना बनाएका थिए। दीपेन्द्र त्यस रात त्यहाँ सबै आउन् भन्ने चाहन्थे, त्यसैले सबैलाई आफैंले निम्त्याएका थिए। मानौं, उनी चाहन्थे ती सबै मानिस आफ्नो बुबाको मृत्युको साक्षी बनुन्, र कुनै ढङ्गले सोचेका थिए होलान् यसले राजा हुन उनलाई बढी आधिकारिकता प्रदान गर्नेछ। आमजनताको समर्थन चाहनु उनको स्वभाव नै थियो।

काठमाडौं हल्लैहल्लाले भरिएको ठाउँ हो, र यस घटनाको पछाडि पनि देवयानीले दीपेन्द्रलाई विवाहको अल्टिमेटम दिएको हल्ला चल्यो। तर, राम्रो संस्कारमा हुर्किएकी उनबाट कसैमाथि त्यो स्तरको दबाब बढाउने काम हुन सक्दैनथ्यो। दीपेन्द्रलाई यसरी टुट्ने अवस्थामा पुर्‍याउनुमा विवाह र अरू चिजहरू पनि जोडिएका हुनसक्छन्।

अधिराजकुमार ज्ञानेन्द्र त्यतिबेला पोखरामा थिए। उनलाई लिन पठाइएको हेलिकप्टर खराब मौसमका कारण उड्न सकेन। सडकबाट ल्याउन पठाइएका सिपाहीहरूलाई केही नभनी ल्याउन आदेश दिइएको थियो। सेना यसरी आफूलाई लिन पोखरा आएपछि उनी काठमाडौंमा सैनिक कु भएछ र आफू नजरबन्दमा परेछु भन्ने सोच्न पुगेका थिए।

मलाई लाग्छ, दीपेन्द्रले कर गरेका भए अधिराजकुमार ज्ञानेन्द्र त्यो रात्रिभोजमा सरिक हुनेथिए र उनी पनि बच्ने थिएनन्। उनी र उनका छोरा शाहजादा पारस यस्तो योजनामा संलग्न हुनै सक्दैनन्। उनीहरू पूर्णतः निर्दोष छन् भन्ने कुरा स्थापित होस् भन्ने म चाहन्छु। त्यस रात जे भयो त्यो राजसंस्थाको अन्त्यको सुरुआत थियो, त्यसकै एक सदस्यको कर्तुतका कारण। यद्यपि पछि थपिएका घटनाक्रमले पनि यसमा योगदान गरे।

राजा महेन्द्र अरू १० वर्ष मात्र बाँचेका भए नेपाल धेरै बलियो जगमा उभिएको हुन्थ्यो भन्ने कुरालाई म कहिल्यै आफ्नो दिमागबाट हटाउन सक्दिनँ। उनी सच्चा राष्ट्रवादी थिए। राजा वीरेन्द्र जनतामाथि यति विश्वास गर्थे, अवसर पाए तिनले जे पनि गर्न सक्छन् भन्ने उनको सोचाइ थियो। निरङ्कुश सत्ता प्रयोग गर्न असहज मान्दै उनी संवैधानिक भूमिकामै रमाए। नेपालको भविष्यप्रति पूर्ण रूपले आशावादी राजा वीरेन्द्रसँग कुरा गर्न पाउँदा पनि धन्य भएझै लाग्थ्यो।

आजसम्म पनि मलाई के कुराको पश्चात्ताप छ भने दीपेन्द्रलाई पहिलो गोली चलाउने वित्तिकै हामीले झ्म्टेर रोक्नुपर्थ्यो। यस कुरालाई लिएर म आफूलाई बारम्बार धिक्कारिरहन्छु। हामीले तत्कालै त्यस्तो केही गर्न सकेको भए, घटनाक्रमले भिन्दै मोड लिन्थ्यो होला।

तर, त्यसपछि नेपालको राजसंस्थालाई कसले जोगाउन सक्थ्यो भनेर सोध्नुहुन्छ भने ती हुन्, गिरिजाप्रसाद कोइराला। मलाई सम्झ्ना छ, घटनाको दोस्रो दिन छाउनी अस्पताल आएका प्रधानमन्त्रीले मुमाबडामहारानी रत्नलाई सोधेका थिए, “सरकार, मैले जनतालाई के भन्ने?” मुमाबडामहारानीको जवाफ थियो, “यो जनताबाट लुकाउन हुने कुरा होइन। यसले हाम्रो परिवारमा त धब्बा लगाउँछ नै, तर हामी त्यससँगै जिउन सक्छौं। सत्य-तथ्य लुकाइयो भने राष्ट्रमाथि नै आघात हुनेछ।” तर मिडियाको एकोहोरो प्रचार र सभामुख रानाभाटको गाईजात्रे पत्रकार सम्मेलनले गर्दा आकस्मिक दुर्घटना र षड्यन्त्र भन्ने कुरा सत्य बनेर फैलियो।

प्रधानमन्त्रीले मुमाबडामहारानीको सल्लाह मानेका भए, देश अर्कै बाटोतिर जान्थ्यो होला। निश्चय नै, स्वचालित हतियार आकस्मिक रूपमा पड्केको भन्ने दरबारको वक्तव्यले काम गरेन। त्यसले विश्वको नजरमा उल्टै हामीलाई नै गिरायो। त्यस्तै, दीपेन्द्रलाई राजा बनाउनु पनि गलत काम थियो। क्लिनिकल रूपमा मरिसकेको मानिस कसरी राजा बन्नसक्थ्यो, राजगद्दी उत्तराधिकारसम्बन्धी कानुनमा यसलाई रोक्ने प्रावधान अवश्य नै थियो होला।

घटनापछि मलाई पनि अरूसँगै अस्पताल लगियो। मेरो दाहिने पाखुरा अझै ठीक भएको छैन, आधाभन्दा माथि उठाउन सक्दिनँ। तर शारीरिक चोटले भन्दा पनि बढी मलाई अझै त्यो भयानक रातको सम्झ्ना र दिदी र अरूहरूको मृत्युले पिरोलिरहेको छ। त्यो एउटा आततायी घटना थियो, र त्यसपछिका १० वर्ष मेरा लागि निकै कष्टकर भएका छन्।


अरु यता >>
^ Scroll to Top