Sunday, February 6, 2011

क्यासिनोमा कर्मचारीबीच कुटाकुट

क्यासिनो नेपालमा माओवादी र कांग्रेस समर्थित कर्मचारीबीच कुटाकुट भएको छ । क्यासिनो बन्द हुन लागेको भन्दै कसले सम्हालेर लैजाने भन्ने विवादमा दुई युनियनबीच कुटाकुट भएको हो । कुटाकुट गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमेश मल्ल र अर्का एक छन् ।
संसद्को लेखा समितिले क्यासिनो नेपालको इजाजत पत्र खारेज गर्न आदेश दिएपछि खारेजीको अन्तिम अवस्थामा पुगेेको छ । ६ दिनपछि ३५ दिने सूचना समाप्त हुँदै छ ।
क्यासिनो सञ्चालक राकेश बाधवा फरार रहेको र क्यासिनोका जीएम राजीनामा दिएर बसेपछि कर्मचारीलाई व्यवस्थापन गर्ने विषयमा आपसमा लडाइँ भएको कांग्रेस समर्थित युनियनका अध्यक्ष अमिर खड्काले बताए । उनका अनुसार कम्पनी डुब्न लागेकाले सबै मिलेर काम गर्न बैठक भइरहेका बेला विवाद सुरु भएको थियो । विवादले उग्र रूप लिँदै गएपछि दुई पक्षबीच हात हालाहाल भएको थियो । माओवादी समर्थित कर्मचारीले सुरुमा कुटपिट गरेको उनले आरोप लगाए । माओवादी युनियन अध्यक्ष प्रकाश थापाले बैठकमा आधिकारिक मजदुर युनियनको विषयलाई लिएर विवाद सुरु भएको बताए ।

No comments:

Post a Comment

^ Scroll to Top