Sunday, July 31, 2011

नाङ्गिने धोको अधुरै ! (फोटो फिचरसहित)


पाराग्बेकी मोडल लरीसा रिकेल्मेको नाङ्गिने इच्छा यस वर्ष पनि पूरा हुन सकेन् । केही दिनअघि सम्पन्न कोपा अमेरिका कप फुटबलको फाइनलमा पारोग्बे उरुग्बेसँग पराजित भएपछि लरीसाको नाङ्गिने इच्छा अधुरै रहेको हो । उनले आफ्नो देश पाराग्बेले कोपा अमेरिका कप फुटबलको उपाधि जिते नाङ्गिने घोषणा गरेकी थिइन । उनी आफ्नो टिमलाई हौसला बढाउन निकै खुला कपडामा प्रत्येक खेल हेर्न दर्शक दिर्घामा पुगेकी थिइन । गत वर्ष भएको विश्वकप पनि उरुग्बेले हार व्यहोरेपछि उनको नाङ्गिने रहर पूरा हुन सकेको थिएन ।







Onlinekhabar.com
अरु यता >>

Tuesday, July 26, 2011

'फेसबुकले नै हो मेरो परिवार बिगारेको'

मार्क जुकरवर्गले सात वर्ष अघि सुरु गरेको सोसल नेटवर्किङ साइट फेसबुकले उनलाई विश्वकै सबैभन्दा कान्छा धनाढ्य व्यक्ति बनायो। उनको सम्पतिले गुगलका संस्थापकहरुको सम्पतिलाई समेत उछिनिसक्यो। यो नेपालमा पनि सबैभन्दा बढी हेरिने साइट हो। फेसबुककै माध्यमबाट कतिले आफ्ना बिछोडिएका साथीहरु भेट्टाएका छन्। तर के सँधै फेसबुकले फाइदा मात्रै गर्छ त? फेसबुकको फन्दामा परेर जीवन भताभुङ्ग हुनेहरु पनि छन्। त्यस्तै अनुभव सुनाउँदैछन् एक जना-

म आफूलाई शिक्षित, स्मार्ट केटा ठान्छु। म राम्रो पिता हुँ र मायालु पति हुने कोशिश गरिरहेको थिएँ। म रक्सी पनि खान्नँ। रातबिरात केटाहरुसँग ह्याङआउट गर्ने बानी पनि छैन मेरो। केटीहरुसँग बढी हिमचिम त कहिल्यै भएन बिहेपछि रात बिताउने त कुरै छाडिदिउँ। मेरो जीवन वास्तवमा मेरी श्रीमती र बच्चाहरुको घेरामा नै घुम्छ। मैले सोचेको मेरो जीवन पनि यस्तै हो। निरस मान्छे? ठीकै छ, म त्यो आरोप स्वीकार्न तयार छु तर मेरो नैतिक मूल्यमान्यता यही हो। त्यसो भए कसरी मेरी श्रीमतीले मलाई पारपाचुके दिन मुद्दा दर्ता गरिन् त? मेरा जुम्ल्याहा छोराहरु, जो मेरो संसार हुन्, उनीहरु श्रीमतीसँग नै बसिरहेका छन्। कसरी भयो त यो सब? फेसबुकले।

जीवन राम्रैसित चलेको थियो। म आफ्नो कम्पनीमा अर्को लेभलमा भर्खरै उक्लिएको थिएँ। मेरी श्रीमतीलाई मैले एउटा नयाँ कार किनिदिएको थिएँ जसलाई उनले निकै रुचाएकी थिइन्। बच्चाहरुले पनि स्कूलमा राम्रै गरिरहेका थिए। यत्तिकैमा मेरी श्रीमतीले फेसबुक चलाउन थालिन् र त्यसमा उनी डुब्न थालिन्। त्यसपछि त हाम्रो रातिको गफ नै उनको स्टायटस अपडेट हुन पुग्यो। उनको परिवार र पुरानो साथीहरुको बारेमा कुरा हुन थाल्यो। तर उनले कहिले पनि आफ्नो स्कूल पढ्दाताकाको आफ्नो प्रेमीसित फेसबुकको माध्यमबाट पुनः सम्पर्क भएको बताइनन्।

गएको नोभेम्बरमा विदा सुरु हुनुभन्दा अगाडि मैले ध्यान दिन थालेँ कि मेरी श्रीमतीले एउटा महँगो खालको परफ्युममा विशेष रुचि लिन थालेकी छिन्। दिउँसो लन्च ब्रेकका बेला मैले उनलाई फोन गर्दा उनको मोबाइल फोन भ्वाइस मेलमा जान्थ्यो। मैले फेरि फोन गर्थे, फेरि भ्वाइस मेलमा जान्थ्यो।

मैले ध्यान दिन थालेँ कि हाम्रो रोमान्टिक समय कम हुन थालेको छ। मैले मायाले अंगालो हाल्न खोज्दा वा किस गर्न खोज्दा उनी तर्कन्थिइन्। उनले आफू तनावमा रहेको वा व्यस्त भएको बहाना बनाउँथिइन्। एकदिन उनले डाक्टरले पाठेघरमा समस्या रहेको बताएको र त्यसका कारण सेक्स गर्न गाह्रो हुने बताइन्। मैले कहिले पनि उनलाई दबाब दिइनँ।

गत फेब्रुअरीमा म अफिसमा रहँदा नै उनले बिहानै फोन गरेर लन्चका बेला भेट्न भनिन्। मैले हुन्छ भनेँ। हामी अक्सर लन्चका बेला भेट्थ्यौँ, त्यसैले यो कुनै ठूलो कुरा थिएन। यो भ्यालेन्टाइन डेको दुई दिनअघिको कुरा थियो। हामी हाम्रो मन पर्ने लन्च खाने ठाउँमा गयौँ र त्यहीँ उनले यो खबर दिइन्। उनले फेसबुकबाट आफ्नो स्कूल पढ्दाताकाको प्रेमी भेटेको र प्रेममा फँसेको बताइन्। पक्कै पनि यो कुरा सुनेपछि म छाङ्गोबाट खसे झैँ भएँ। मेरो वरपरको जमिन भास्सिएको जस्तो भयो। सोच्न थालेँ, मैले के बिराएँ? मैले त आफूलाई राम्रै मान्छे ठानेको थिएँ र सबै कुरा राम्रै भइरहेको ठानेको थिएँ। हामी जस्ताको जीवनमा यस्तो बज्रपात त हुँदैन थियो।

आठ वर्षसम्म मेरी श्रीमतीका रुपमा रहेकी थिइन् उनी, किन अकस्मात् उनले मलाई छाड्न चाहिन्? हाम्रो दाम्पत्य जीवन भर्खर त सुरु भएको थियो। सबै कुरा अझै नयाँ थियो। सबै कुरामा नयाँ आशा थियो। अनि हाम्रा छोराहरु नि? उनीहरुको के हुने?

उनले आफू अलग्गिने र छोराहरुलाई साथै लिएर जाने बताइन्। त्यो केटा अविवाहित रहेछ र परिवारै पाल्ने बताएको रहेछ।

मैले मलाई छाड्नुको कारण सोधँे, उनले कारण केही नभएको बताइन्। उनले यति मात्र भनिन्, म आफ्नो स्कूले प्रेमीलाई सँधै माया गर्थेँ। उनलाई माया गर्नबाट रोक्न कहिल्यै सकिनँ। म त उसको लागि सान्त्वना पुरस्कार जस्तो मात्रै रहेछु।

मेरी श्रीमती र छोराहरु अहिले त्यही केटासँग बसिरहेको छ। छोराहरु समझदार छन् र स्थिति अनुकूल बसेछन्। हरेक महिनाको दुई सप्ताहान्त म आफ्ना छोराहरुसँग बिताउन पाउँछु। साँच्चै निकै दिक्क लाग्छ, सबै कुरा सम्झँदा। मेरो परिवार, मेरो घर टुक्रँदा म आफूलाई सम्हाल्न सकिरहेको छैन।

म त अहिले हारिसकेको लडाइँ लड्दैछु। यो लडाइँ फेसबुकले सुरु गरेको हो। म फेसबुकलाई घृणा गर्छु। घरपरिवार बिगार्ने दुष्ट फेसबुकको प्रयोग म कहिल्यै गर्दिनँ। फेसबुकले नै हो मेरो परिवारलाई बिगारेको। जजसले फेसबुकले विवाहित जीवन टुक्राउँदैन भनेर भन्छ, उनीहरु गलत छन्। गलत मात्रै हैन पूरै गलत छन्। फेसबुक हानिकारक छ। मलाई एउटै कुरामा मात्र पछुतो छ, मैले मेरी भूतपूर्व श्रीमतीले फेसबुक अकाउन्ट खोल्ने बित्तिकै त्यसलाई बन्द गर्न दबाब दिइनँ, जसका कारण अहिले मैले यस्तो भोग्नुपर्‍यो।

(फेसबुकपीडित एक अमेरिकी पतिले रुथ म्यानुएल लोगानलाई बताएको आत्मवृत्तान्त)
Nagariknews.com
अरु यता >>

Sunday, July 24, 2011

बिहेको २० मिनेटमै बेहुली फरार

मित्रता, प्रेम र बिबाह तीन फरक कुरा हो । गहिरो मित्रता हुदैं बसेको प्रेमपछि बिहे हुनै पर्छ भन्ने छैन । त्यसो त प्रेम गर्ने जोडीको बिबाह पनि सुखद र दिर्घकालिन हुन्छ भनेर कुनै ग्यारेन्टी गर्न सकिदैन । प्रेममा अन्धो बनेका लण्डनका एक जोडीको बिहेपछि घरबार भएको केबल २० मिनेमै सम्बन्ध टुटेको छ । इन्टरनेटमा भएको च्याटिङबाट विस्तारै उनीहरुबीच प्रेम सम्बन्ध विकसित भएको थियो ।

लण्डनका च्यारिटी वर्कर जोनी (५७) ले २४ वषिर्य तरुनी प्याटि्रस च्याम्बर्सलाई माया गरेर जीवनमा ठूलो गल्ती गरे । ३३ वर्षको अन्तर र ७ हजार २ सय ८५ किलोमिटरको दूरीले पनि उनीहरुलाई प्रेम गर्न बाधा गरेन । सुरुका दिनहरु निकै रमाइलो बित्यो जोनी र प्याटि्रसको । अन्ततः उनीहरुले बिहे पनि गरे । बुढेसकालमा कलकलाउदी युवतीको मायामा चुर्लुम्म डुबेका जोनीले बिबाह लगत्तै स्कटल्याण्डको पर्थमा नयाँ बंगला पनि किने । तर जोनीलाई थाहै थिएन कि उनको भाग्यमा पेटि्रसको नाम लेखिएको थिएन भनेर ।
जोनीलाई झडका तब लाग्यो जब उनी प्याटि्रससँग हनिमुन मनाउन नयाँ घर पुगे । घरभित्र छिर्ने बित्तिकै दुलहीले जोनीलाई बाहिर पठाइ दिइन् । आफ्नो सबै सामान झोलामा प्याक गरी सकेपछि प्याटि्रसले ट्याक्सी बोलाई घर सधैको लागि छोडेर हिडिन् । सायद उनी ब्वाइफ्रेण्डलाई भेटन गएको हुनु पर्ने जोनीको अनुमान छ । के गर्ने ? प्रेम गर्नेले पीडा पनि सहनै पर्‍यो नि !

onlinekhabar.com
अरु यता >>

Friday, July 22, 2011

हिमालले छोरा फर्काए, कामरेडका छोरा छोरी गाउँ गए हुन्न ?


अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले ठूलो साहस गरे। बाउ आमाको सम्पत्ती नबेची, राज्यको सम्पत्तीमा नंग्रा नगाडी, जनताका छोराछोरीको चन्दा नमुर्क्याइ आफ्ना क्षमताले बिदेशमा पढ्न गएको छोरो फरक्क स्वदेश फर्काए । यद्दपी बाउको राजनीतिको शिकार बनेका छन् उनी । तर म त भन्छु, उनी एक्ला होइनन् शिकार बन्ने। अध्यक्ष कामरेड लगायतका बडे बडे कामरेडका शिकार धेरै गरिबका छोरा छोरी भएका छन् । त्यो शिकार जनताले कामरेडहरुलाई विश्वास गर्नाले भएको छ । कामरेडहरुले हिजो जनयुद्दका दिएका बेला बचन बाचालाई कुल्चिदिनाले भएको छ ।

कामरेडहरुले हिजो शहरमा भन्दा गाउँमा बिताए । तिनको विश्वास शहरियासित थिएन । तिनको नीति थियो, गाउँले शहर घेर्ने । त्यसैले जनयुद्द गर्ने निधो गर्नासाथ ति रोल्पा पसे । रुकुम हानिए । जाजरकोट कुदे । हातमा कलम बोलेकालाई भने, बाबु नानी हो यो बुर्जुवा शिक्षाले केहि हुन्न । किताबका झोला बोकेकालाई बिच बाटैमा रोकेर भने, साथी हो, यो प्रतिक्रियावादी शिक्षाले न जागिर दिन्छ, न स्ववलम्भी बनाउँछ । त्यसैले पहिले यो प्रतिक्रियावादी शासन हुत्याउनु पर्छ । हाम्रो शासन आएपछि रोजगार, शिक्षा, स्वास्थ्य नागरिक अधिकार हुन्छ । जनवादी शिक्षा हुन्छ । हामा पुस्ताले दुख पाए पाए, हाम्ले लड्यौं भने हाम्रा सन्ततीले उज्वल भविष्य पाउँछन् । सोझा गाउँलेले पत्याए । निमुखा किसानहरुले पत्याए । जोसिला युवायुवतीहरुले नाइनास्ती गरेनन् । तिनले झोल्का मिल्काए । कलमका टुप्पा भाँचे । र लागे कोहि जनसेनामा । कोहि सुराकी बने । कोहि हुलाकी बनेर कामरेडका गोप्य चिठि बोक्दै ओरालो उकालो गरे । कसैले कामरेड आउने बाटामा सुरक्षा दिए । कोहि कामरेडको छाक टार्न मकैको पिठो खोज्न दगुरे । कोहि सिस्नो खोज्दै जंगल पसे ।

सिस्ने हिमालको सिरेटोमुनी गोदिने किसान र थवाङका डाँडामा खाली पैताला पट पट चिर्‍याउँदै नांगो ढाडमा अर्काको भारी बोक्नेले त्यति खेर नसोधेका होइनन्, कामरेडहरुका छोरा छोरी कता छन् कुन्नी !’ कामरेडहरु चलाख न परे । तिनले बडो मिठो जवाफ दिए ‘आमा, बुवा, साथी, कामरेड, भाउजु, ए बाबु, ए आमै, हाम्रा छोराछोरीपनि क्रान्तिमै छन्’। त्यत्रो जनयुद्द हाँकेको, संसार हल्लाएको, आकाश थर्काएको, ‘प्रतिक्रियावादी सत्ताका’ मुटुमा छिया पार्न सफल पार्टीका बडे बडे नेताले सिस्नाको झोलसित बञ्चराले हानेर फुटाउनुपर्ने जस्तो कोदा र मकैका ढिँडोका डल्ला क्वाप्लाकक्वाप्लाक सँगै बसेर निलेपछि के नपत्याउने ? पत्याए ।

जनयुद्द सकियो, देखियो । ए, मजदूर संगठनका नेता जमरकट्टेका चिचिला त बिदेशीले चलाएको महँगो नीजि स्कूलमा पो पढ्ने रहेछन् । डा बाबुराम भट्टराइकी छोरी मानुषी यामी भट्टराइ त सौखिन पत्रकारिता पो गर्ने रहिछिन् । मोहन बैध्य कामरेड की छोरी त त्रिभुवन विश्व बिध्यालयमा पो उच्च शिक्षा पढ्ने रहिछिन् । पार्टीका मुली कामरेड प्रचण्डका छोरी ज्वाइँ त आनन्दले देहरादुनमा पो बस्ने रहेछन् । उतै आङ्ल भाषामा पढाइ हुने स्कूलमा पो पढ्ने रहेछन् । हुँदा हुँदा तिनै गाउँलेले सुने, अब कामरेडका छोराले त आधा करोड भन्दा बढि पैसो खर्च हुने सगरमाथा हिमाल चढ्ने रे । संसारलाई चकित पार्ने रे अग्ला कामरेडका पुत्रले अग्लै हिमाल नाघेर ।

हाम्रो सरकार आएपछि त सबथोक हुन्छ भन्थे । सरकार दुई पटक बन्यो । नपुग्दो हो भने कामरेडहरुलाई गाडी चढ्न कसरि पुग्यो ? कामरेडका छोराछोरीजति नीजि स्कूलमा पढ्ने मेसो कसरि मिल्यो ? अध्यक्ष कामरेडका कुखुरा पालेर बसेका भाइ भतिजा सम्मलाई कसरि पद जुर्‍यो ?

बिकट पहाडी गाउँठाउँमा कतै स्कूल छैनन् । भएकापनि कामरेडहरुको सेल्टर भन्दै तपाइहरुले प्रतिक्रियावादी भन्ने गरेका सुरक्षा फौजहरुले भत्काएका छन् । कतै सुरक्षा कवज लिँदा कामरेडहरुकै बन्दुकका गोली र बारुदले जलेका छन् । कतिपय ठाउँमा भएका शिक्षहरुपनि स्कूल जाँदैनन् । स्कूलमा बस्ने बेन्च छैन । शिक्षकले घोट्ने डस्टर छैन । फि मिनाहा भनेपनि किताब र कापी किन्ने जोहो छैन । घरको बाठो टाठो भन्नेलाई हिजो कामरेडले बिन्ति गरेर पार्टीमा होमिदिएकाले सिकाउने मान्छेको अभाव छ । यसको ब्यवस्थापन कसले गर्ने ?

हिमाल शर्माले बिदेश गएका छोरालाई फर्काएर त्याग गरे । जनवादी शिक्षा दिन्छौं भन्दै नीति बनाउने उनी थिए कि बडे बडे कामरेड ? त्यसको थालनी हिमाल शर्माबाट हुनुपर्ने हो कि कामरेडहरुबाट ? कामरेडहरुले आफ्ना छोराछोरी ढुक्कैले नीजि स्कूलमा पढाएपछि गाउँमा कसका छोरा छोरी पढ्ने ? बाटो देखाउनेहरुले आफ्ना छोरा छोरी गाउँमा लगेर स्थानिय जनताको शिक्षामा लगाए पो बल्ल त्यहाँका स्कूल हेर्न लायकका बन्लान । नीति निर्माण तहमा बस्नेले आफ्ना छोरा छोरी बिकट गाउँमा लगेर पढाइदिए पो बल्ल भत्केका स्कूल निर्माण गर्ने चासो लाग्छ । डढेका भवन ठड्याउन हुटहुटी हुन्छ ।

कामरेडहरुका भनाइमा ३५ हजार जनसेना बने । अधिकांश ति गाउँलेकै छोराछोरी हुन् । भलै ति मध्ये कति गाउँ फर्क भए । तैपनि ति ३५ हजार मध्ये लौ पाँचै हजार पढे लेखेका उपल्लो तहका होलान् । बाँकि ३० हजारले त किताब कापी फालेरै जनयुद्दमा बन्दुक समाउन गएका हुन् नी । तिनले नपढेर हुन्छ भने कामरेडका पढे लेखेका छोरा छोरी गाउँमा बसेर पढाए हुन्न ?

बिकट गाउँमा अहिले पनि अक्षर फुटाल्न नसक्नेको संख्या बढि छ । स्थानिय खेती कसरि गर्ने हो तिनलाई मेसो छैन । उन्नत जातको भैसीं कसरि पाल्दा सफल भइन्छ तिनले सिक्न पाएका छैनन् । सामान्य झाडा पखाला लाग्दा नुन पानी बनाएर खाए ज्यान जखम हुन्न भन्ने नजान्दा तिनले दुख पाएका छन् । प्रौढ शिक्षा भन्दै बिदेशी स्वार्थका झोला बोकेर बिदेशीहरु गाउँ पसेका छन् । के ३० हजारलाई कलम र कापी हुत्याएर अनपढ बनाउने कामरेडले आफ्ना छोरा छोरी गाउँका जनता पढाउन पठाए हुन्न ? हिमाल चढ्न ब्यायाममा दगुर्न भन्दा अध्यक्ष कामरेड पुत्रले थवाङका जनतालाई केहि सिकाएर बसे हुन्न ? डा सापले आफ्नी छोरी गोरखामा लगेर स्थानिय जनतालाई पत्रकारिता सिकाउन लगाए हुन्न ?

सत्तामा नपुग्दा हिजो जनता जगाउन भन्दै कामरेडहरु डोकोमा एफएम चलाउँदै हिँड्थे । जनताका छोरा छोरीले आफ्नै दुख र बेदनाका कथा सुन्थे । माओवादी पत्रकारलाई कम्तिमा सुनाउँथे । तिनै दुखियाहरुले थुप्रै माओवादी पत्रकार बनाए । जनताका कथा बुन्न सिकाए । डाँडा र पाखाका सुसेलीहरु सिलाएर कामरेडका पत्रीकामा छाप्न सक्ने बनाए । दुखियाहरुको सपना थियो, यस्तरी लुक्दै र भाग्दै त डोकोमा रेडियो चलाउँदै हाम्रो सेवा गरेका छन् । हामी हाँस्दा हाँसेका छन् । रुँदा सँगै रोएका छन् । भोकै परे सँगै टाट्नामा पेट बाँधेर लडेका छन् । यीनले सरकार बनाए भने त हाम्रा गाउँ गाउँमा झन रेडियोको स्टेशननै बनाउलान् । हाम्ले बुझ्ने गरि अझ पत्रीका शुरु गर्लान् । आफूसँगै हाम्रा छोरा छोरीलाई पनि सिकाउलान् । चनाखो बनाउलान् ।

काठमाडौंमा कामरेडका नयाँ दिशा भन्ने दैनिक छ । त्यतिले नपुगेर जनादेश साप्तहिक छ । महिमा साप्ताहिक र मिर्मिरे एफ एमले राजधानीमै अड्डा जमाएका छन् । दिशाबोध मासिकले राजधानीबाटै कामरेडका अन्तर्वार्ता र लेख रचना सोरेर छाप्छ । त्यसबाहेक पनि अहिले त कामरेडका छेउकुना उभिने सम्मले बिभिन्न नामका पत्रीका चलाएका छन् । के यस्तो भिडमा डाक्टर सापकी छोरीले फेरी झिल्को निकाल्ने भन्दै राजधानीमै अड्डा जमाउनु जरुरी छ ?

पत्रकारितालाई आवाजबिहिनहरुको आवाज भन्छन् के रे कामरेडहरुले । के राजधानी आवाजबिहिन छ ? राजधानीमा बसेर पत्रकारिता गर्ने कामरेडका बालबचेरा गाउँमा गएर पत्रकारिता गरिदिए कति आवाजबिहिनहरुका आवाज समेटिन्थ्यो ? कति स्थानिय जनताका छोरा छोरीले सिक्न पाउँथे ? जनताका छोरा छोरी कति चनाखा बन्थे ? आफूलाइ उचाल्नु पर्दा डोकोमा एफ एफ बजाउँदै हिँड्ने कामरेडले त्यसलाई बिस्थापित गरेपछि के अर्को बाटो देखाउनु पर्दैन ?

त्यसरि नेताले छोरा छोरी गाउँ पठाए पो छोरा छोरीको सम्झनाले यस्सो कामरेडहरु गाउँ पुग्दा गाउँका कष्ट देखिन्थ्यो । दूर्गमको पीडा छमिन्थ्यो । महिलाका बेदना हेरिन्थ्यो । दुखियाका कहानी छामिन्थ्यो । गाउँऔँलेसित निकत हुने मेसो मिल्थ्यो । कम्तिमा ‘हाम्ले गर्न खोज्या हो, अरु पार्टीले गर्न दिएनन्’ भन्दै सुनाउन त पाइन्थ्यो । त्यसैले कामरेडहरुको साख गिराउँथेन बरु एक पित्को भएपनि बढाउँदो हो ।

जनताको सम्पत्तीमा सरकारी सुविधा लिएर उच्च शिक्षा हाँसिल गरेकाले दूर्गम जान्न भन्न पाइन्न भने गाउंलेसित दुख सुख बाँडम्ला, अनुहारमा खुशि ल्याम्ला, रमाइलो छरम्ला, कि सँगै मरम्ला बाँचे सँगै बाँचम्ला भनेर बाचा खानेले पनि त सत्ता मा पुगेपछि ‘इस् खाओ’ भन्न पाइन्न होला नी हैन कामरेड ?

हुन त कामरेडले हाम्ले भन्दा पार्टीको पैसोमा, जनताले उठाएको चन्दामा, राज्यको पैसोमा, बिदेशीका डलरमा धेरै देश बिदेश चहार्नु भएको छ । कामरेडलाई यो संसारको चित्र छर्लंगै छ । त्यसैले संझाउन मात्रै खोजेको, कामरेड, लौ न स्विजरल्याण्ड जस्तै त त्यसै बन्दैन नी नेपाल । आजको स्विजरल्याण्ड बन्न कामरेडहरु त्यहाँका पूर्खाले निक्कै पापड बेलेका थिए । जनतालाई नेतासमान सुविधा दिएका थिए । स्विजरल्याण्डमा अहिलेपनि जनताको छोरो भोकै पर्‍यो भने ६० लाख खर्च गरेर त्यहाँको नेतो हिमाल चढ्न जाँदैन । वालवालिकालाई किताब र कापी नपुग्दा नपुग्दै नेताको छोरो गाडी चढेर हिँड्दैन । कतै उपल्लो पद खाली भयो भने हत्त न पत्त नाता कुटुम्ब खोज्यै ल्याएर बसाउँदैन । लौ न कामरेड स्विजरल्याण्डका पहाडमा बाख्राको दुधबाट चिज बनाएको देखेर, त्यहाँका डाँडा पाखा रेल दगुरेको नियालेर, चिल्ला गाडी र सफा सडक देखेर मात्रै नेपाल स्विजरल्याण्ड बन्छ र ? नेपाललाई स्विजरल्याण्ड जस्तै बनाउन त स्विस नेता हरुले जस्तै काम गर्नु पर्दैन र ? त्यसको मुख्य जिम्मेवारी त मुली कै होइन र ?

Nepalplus.com
अरु यता >>

Thursday, July 21, 2011

‘तागत’ बढाउन श्रीमतीको रगत


५ साउन, काठमाडौँ । फिल्ममा रगत पिएर शक्ति प्राप्त हुने दृश्य देख्दा जो कोहीको आङ सिरिङ्ग हुन्छ । तर, भारतमा फिल्ममा होइन वास्तविक जीवनमै एकजना पुरुषले नियमित श्रीमतीको रगत पिउने गरेका छन् ।

मध्यप्रदेश दमोह निवासी एक व्यक्तिले आफ्नै श्रीमतीको रगत पिउने गरेको उजुरी श्रीमतीले नै गरेकी छिन् । दमोह जिल्ला निवासी २२ वर्षे दीपा अविहारका श्रीमान्ले तीन वर्षदेखि आफ्नो रगत पिउँदै आएको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी हुन् । दीपाका श्रीमान् महेशले प्रत्येक बेलुका सिरिन्जले रगत निकाल्छन् र गिलासमा हालेर पिउाछन् । तीन वर्षादेखि उनी लगातार यो कार्य गर्दै आएका छन् । दीपाका अनुसार पतिले यो कुरा कतै बताएमा ज्यानमाथि नै खतरा हुने नभेर धम्क्याउाछन् । दीपाको सन् २००७ मा खेती मजदुर महेशसाग बिहे भएको थियो ।

विवाह भएको केही दिनदेखि नै उनले रगत पिउन थालेको श्रीमतीको भनाइ छ । रगत पिउने काम उनले श्रीमती गर्भवती हुँदा पनि छाडेनन् । सात महिनाअघि छोरो जन्मेपछि दीपाले विरोध गर्न थालिन् । तर, श्रीमानले वास्ता गरेनन् । रगत निकालेपछि कमजोरी महसुस भएको उनले प्रहरीसमक्ष बताइन् । पुलिसलाई जानकारी दिादा श्रीमानले पिट्ने गर्छन् । दीपाले अन्य महिलावादीको सहयोगमा प्रहरीसमक्ष उजुरी गरेकी हुन् ।

नयाँ पत्रिका
अरु यता >>

Thursday, July 14, 2011

भन्दा सुल्टो बुझ्दा उल्टो

रामजी बलामी

भन्दा छ गन्दा सात के हो ? पत्ता लाउने भए यी सार्वजनिक सूचनातिर हेर्नुस्— यो खुला दिसामुक्त क्षेत्र हो । यो प्लास्टिकमुक्त क्षेत्र हो । यहाँ फोहोर फाल्न मनाही छ । यहाँ फोहोर फाल्ने कुकुर । भ्रष्टाचारीलाई कीरा परोस् । तीव्र गति जीवन क्षति, धूमपान निषेधित क्षेत्र, जथाभावी बाटो नकाटौं आदि–इत्यादि । यी कहिल्यै पालना हुन्छन् त ? तपाईंले नै कति पालना गर्नुभएको छ ? भन्नुस् त ।

अहिले गाउँघरलाई खुला दिसामुक्त गाउँ घोषणा गर्ने अभियान फेसनकै रूपमा फस्टाएको छ । भर्खरै प्लास्टिकको प्रयोग कम गर्ने भनेर नानाथरी भाषण पनि गरियो । सिंहदरबारलाई नै प्लास्टिकमुक्त क्षेत्रसमेत घोषणा गरियो । मुखमै घाउ लागेपछि पेट भर्न त सकसै पर्छ, तर यो नियमले सिंहदरबारसँग मेल नखाँदो रै’छ ।

धेरै तौल भएको प्लास्टिक प्रयोग नगरेर कम तौललाई प्राथमिकता दिंदा प्लास्टिक उद्योगलाई झन् फाइदा पुगेको छ । कम तौल भन्नासाथ गुणस्तरहीन, अझ भनौं घ्यू ताछे पनि फाट्ने । यस्तो प्लास्टिक भएपछि एकातिर कम्पनीमा लागत कम पर्ने, अर्कातिर ग्राहकले धेरै किन्नुपर्ने भएकाले बढी उत्पादन हुने । हेर्नु त, दुवै हातमा लड्डु ।

अब कुरा अलिकति फोहोरतिर मोडांै । फोहोरबाट मोहोर बनाउने नारा त सबैले सुनेकै हो, तर मोहोर पाउने फोहोर पनि घरमा नराखी जताततै फालिन्छ, त्यसैले पो बर्बाद । सायद तपाईंले पनि याद गरेको हुनुपर्छ । जहाँ फोहोर फाल्न मनाही छ, फोहोर फाल्ने कुकुर हो भनेर लेखेको हुन्छ त्यहीँनेर फोहोरको थुप्रो हुन्छ ।

थापाथली पुलमा ठूलो अक्षरमा लेखिएको छ— भ्रष्टाचारीलाई कीरा परोस् । धमाधम भ्रष्टाचारीहरू पक्रिरहँदा भ्रष्टाचारीलाई कीरा होइन, हीराचाहिँ परेजस्तो लाग्यो । करोडौंको भ्रष्टाचार गर्नेहरू जतिसुकै मरमसला खाएर बसे नि अदालत धाउनुपर्दा चिल्ला कारमा चाहिँ कीरा प¥या हो कि जस्तो लागो ।

अब हेरौं ट्राफिक नियमतर्फ । आफ्नै संस्थामार्फत तीव्र गति, जीवन क्षति भनेर गाउँमा एउटा बोर्ड राखेको मात्रै थिएँ, कहिल्यै दुर्घटना नहुने ठाउँमा बोर्ड राखेको दुई घण्टा पनि बित्न नपाउँदै बस पल्ट्यो । आकाशे पुलबाट बाटो काटौं भन्दा नटेर्नेलाई ट्राफिकले चकलेट र फलपूmल बाँड्या थे एकताका । त्यो बेला चकलेट खानैका लागि झनै बीचबाट बाटो काट्नेको लाइन लाग्या थ्यो रे ! पारिपट्टिको पसले दाइले भनेको ।

अब ध्यान क्यासिनोतिर लैजाऊँ । नेपाली प्रवेश निषेध भन्या छ, नेपाली नछिरे व्यापारै चौपट हुन्छ रे । कार उपहार प¥यो भनेर लिन जाँदा खेलौना कार दिएर पठाउँछन् । तेल छैन भनेर बोर्ड झुन्ड्याउनु भनेको भित्र लुकाइराख्या छ भनेको रे ! एउटा साथीले भनेको । तेलभित्रको झेलको राजनीतिका बारेमा हामी सबै विज्ञ नै छौं । किनकि तेलको लाइनमा बसेर कैयांै पटक फेल खाएका छांै ।

साना–साना नानीबाबुलाई जे गर्नु हुन्न भन्यो, त्यही गर्छ । अब त नानीबाबु मात्रै होइन, पाको उमेरकाहरूले पनि उल्टै कुरा बुझ्न थाल्या छन् र पो मा-यो त ।
.karobardaily
अरु यता >>

महिलाले काटिन् श्रीमान्को लिंग


अमेरिकाको क्यालिफोर्नियाकी ४८ वषर्ीया श्रीमतीले चक्कुले काटिदिइन् श्रीमान्को लिंग

क्यालिफोर्निया/ अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले श्रीमान्को लिंग काटिदिएकी छिन् ।

नशालु वस्तु हालेको खानेकुरा दिएर लठ्ठ बनाएपछि ती महिलाले चक्कुले श्रीमान्को लिंग काटिदिएकी हुन् । काटिएको लिंगलाई फोहोर फाल्ने बाल्टीमा फ्याँकेपछि ४८ वषर्ीया क्याथरिन किया बेकरले प्रहरीलाई फोन गरिन् ।

श्रीमान्को लिंग काट्ने महिलालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । श्रीमान्लाई खाटमा बाँधेर उनले लिंग काटेकी हुन् । 'नराम्रो बानी भएका श्रीमान्लाई सजाय दिन लिंग काटिनुपर्ने भएकाले नै यसो गरिएको हो,' किया बताउँछिन् । घटनास्थलमा प्रहरी पुग्दा श्रीमान्को काटिएको लिंगबाट रगत बगिरहेको थियो ।

खानेकुरामा केही खराबी भएको आशंका गर्दै आराम गर्न बसेपछि बेहोस भएको ५१ वर्षे श्रीमान्ले बताएका छन् । होस खुल्दा श्रीमतीले भित्री लुगा फुकालेर चक्कुले लिंग काटिदिएको प्रहरीले बताएको छ । प्रहरीले पीडित श्रीमान्को नाम खुलाएको छैन । लिंग काटिएका श्रीमान्लाई प्रहरीले तत्काल अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उनको इमरजेन्सी अपरेसन भएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले बताएको छ । केही समययता यी श्रीमान/श्रीमतीको सम्बन्ध नराम्रो भएको प्रहरीले बताएको छ । सँगै बसे पनि उनीहरू सम्बन्धविच्छेदको तयारी गर्दै गरेको प्रहरीले बताएको छ ।

Nayapatrika
अरु यता >>

Wednesday, July 13, 2011

भानुभक्त आचार्य त्यसै आदिकवि भएनन्

-नरेन्द्रराज प्रसाई-

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले ।

अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे ।

उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।

मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।


भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।


श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।


भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !


यस सिलोकको चौथो हरफमा प्रयुक्त 'मो' शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा 'म' लाई 'मो' लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा 'म'को साटो जताततै 'मो' लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।


भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।


मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले'बधुशिक्षा' लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती ।

सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।


भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।


नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।


भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।


भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।


पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।


भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्यो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।


भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको 'रामगीता'को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई 'रामगीता' टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले।


paniphoto.com
अरु यता >>

Monday, July 11, 2011

केटको फ्रक हाबाले उडाएपछि…


लण्डन । भनिन्छ कपडा मौका र मैसम हेरर लगाउनु पर्छ । तर यसलाई ध्यान नदिँदा बेलायती राजकुमारी केट मिडलटन सैनिकहरुको अगाडि लाजले रातोपिरो हुनु परेको छ ।

बेलायती शाही जोडी -केट र विलियम) एक कार्यक्रममा सहभागी हुन हालै विलियमसँगै क्याबि्रज पुगेका थिए । पहेंलो रंगको फ्रक लगाएकी केट हवाईजहाजबाट उत्रिदाँ तिब्र गतिमा हाबा चलिरहेको थियो ।

हावाले केटको फ्रक उडाउन सुरु गर्‍यो । सैनिकहरुकै अगाडि आफ्नो फ्रक उडाएपछि केटले मुस्किलले आफ्ना गोप्य अंगहरु ढाक्ने कोशिश गरिन् ।




Onlinekhabar.com
अरु यता >>

Friday, July 8, 2011

'मैले यसकारण पिटेँ भुवन केसीलाई'


रत्नसिंह डंगोल

सुपरस्टार अभिनेता भुवन केसी गत वैशाख ३१ गते कोटेश्वरको बीचसडकमा कुटिएका थिए । सानेपाका ग्यारेज व्यवसायी रत्नसिंह डंगालेकी श्रीमती शर्मिला डंगोललाई आफ्नी 'लेटेस्ट गर्लफ्रेन्ड’ भनेर चिनाउँदै हिँडेका भुवनलाई त्यसदिन उनै 'गर्लफ्रेन्ड’का पति रत्नसिंहले कुटेका थिए । तर, त्यो कुरा भुवनले 'हावादारी’ भएको दाबी गर्दै आएका थिए । आखिर किन र कसरी कुटिएका भुवन ? भुवनलाई बीच सडकमा पिटेका शर्मिलाका पति रत्नसिंह डंगोलको बयानः

मेरो नाम रत्नसिंह डंगोल हो । घर ललितपुर, सानेपा हो । म ५३ वर्षको भएँ । म गाडीको काम गर्छु । सानेपामा मेरो रत्न अटो वर्कसप छ । मैलै बच्चैदेखि गाडीको काम गरेको हुँ । मैले ०४० सालमा लगनखेलकी शर्मिला डंगोलसँग मागी बिहे गरेको हुँ । हाम्रो २६ र २१ वर्षका दुईवटी छोरी छन् ।

कामको सिलसिलामा म पहिला धेरै समय इन्डिया, इटली र लिबिया बसेँ । पछि काठमाडौंमा ग्यारेज खोलेँ । म हरेक समय काममा व्यस्त हुन्छु । मलाई आफ्नो काम, घरपरिवारबाहेक अरू कुराको हेक्का हुँदैन । केही महिनाअघिसम्म मेरो परिवार निकै सुखद् थियो । म आफ्नी श्रीमतीप्रति गर्व महसुस गर्थें । मैले ग्यारेजको काम गर्ने, उनले कुर्ता पसल चलाउने । जिन्दगी निकै सहजताका साथ बितिरहेको थियो । छोरीहरू पनि हुर्किसकेका, अनुशासित, लगनशील र शिक्षित छन् । यसमा मलाई निकै खुसी लाग्छ । जेठी छोरी आमासँगै कुपण्डोल, कानदेवतास्थानमा रहेको बुटिक चलाउँछिन् ।

तर, मेरी श्रीमतीले गति छाडिन् । जसकारण मलाई यो बुढेसकाल निकै पीडादायक भएको छ । म कहिल्यै पनि श्रीमतीप्रति शंका गर्ने मान्छे होइन । र, मैले शंका पनि गरिनँ । म श्रीमतीलाई निकै माया गर्थें । २८ वर्षको दम्पत्य जीवनमा मैले कहिल्यै पनि श्रीमतीले भनेको कुरा काटिनँ । उनले जे चाहन्थिन्, मैले पूरा गरेँ । अत्यधिक माया र विश्वासका कारण मैले मेरो सबै सम्पत्ति उनकै नाम राखेँ । मैले जति कमाएँ, सबै रकम, गरगहना पनि उनकै नाममा राखेँ । तर, मैले कहिल्यै सोचेको थिइनँ कि उनले मलाई धोका देलिन् भनेर ।

शर्मिलाले पहिला मंगलबजारमा कुर्ताको दुईवटा पसल गरेकी थिइन् । उनले ती पसल बेचिन् । अनि, कुपण्डोलमा बुटिक खोलिन् । उनले गरेको निर्णयमा मैले कुनै अब्जेक्सन गरिनँ । मलाई लाग्यो, उनले जे गर्न खोजेकी छिन्, राम्रै हुन्छ । छोरीहरूले पनि बुटिक व्यवसाय राम्रो हुने बताए । बुटिक राम्रै चलिरहेको थियो । म हरेक बिहान ९ बजे ग्यारेज पुग्छु । दिउँसो खाना खान एकचोटि घर जान्छु । त्यसपछि फेरि ग्यारेजमै व्यस्त हुन्छु । कामदार छन्, उनीहरूलाई अह्राउने, सिकाउने, गाडी खरिद, बिक्री गर्ने काममै भ्याइनभ्याइ हुन्छ मलाई । राति ८ बजेतिर मात्र घर फर्किन्छु ।

ववर्षौंदेखि मेरो दैनिकी यसरी नै चलेको हो । सातामा एक दिन भने घरपरिवारमै रमाउने गरेको थिएँ । जिन्दगी रमाइलोसँग बितिरहेको थियो । तर, श्रीमतीले मलाई धोका दिइन् । मैले उनलाई धेरै माया र विश्वास गरेको थिएँ । उनी बुटिकमा व्यस्त हुन्थिन् । उनी ४४ वर्षकी भइन् । मैले कहिल्यै सोचेको थिइनँ कि उनले यो उमेरमा आएर मलाई धोका देलिन् भन्ने ।

वैशाख ३ गते बिहान म एक्कासि झस्किएँ । मलाई मेरो साथीभाइ, आफन्तले शर्मिला भुवन केसी भन्ने हिरोको प्रेममा परेको कुरा सुनाए । मैले विश्वास गर्नै सकिनँ । उनीहरूले पत्रिका देखाए । पत्रिकामा शर्मिला र त्यो हिरोको फोटो छापिएको रहेछ । त्यो हिरोले मेरी श्रीमतीलाई आफ्नो गर्लफ्रेन्ड भनेको रहेछ । म यो कुराले छाँगाबाट खसेझै भएँ । मैले शर्मिलालाई कुरा के हो भनेर सोधेँ । उनले, त्यो हिरो आफ्नो बुटिकमा आइरहने र आफूहरू एउटा कार्यक्रममा गएको वेलामा मिडियाले त्यत्तिकै लेखिदिएको बताइन् । मेरा साथीभाइ, आफन्तले भुवन केसी नेपाली फिल्मको चर्चित हिरो हो भन्थे, तर मैले उसलाई चिनेको थिइनँ ।

मलाई उसको कुनै फिल्मसिलिममा इन्ट्रेस्ट थिएन र छैन पनि । मैले उसको कुनै फिल्म हेरेको पनि छैन । उसलाई चिनेको पनि छैन । हिरोसँग श्रीमतीको नाम जोडिएर आउँदा मलाई अचम्म लाग्यो । मैले शर्मिलाले भनेको कुरामै विश्वास माने । त्यो कुरा त्यत्तिकै साम्य भयो ।

तर पछि, एउटा साप्ताहिक पत्रिकामा शर्मिला र भुवन केसीको ठूलो फोटो छापियो । त्यसमा उनीहरू गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड भएको कुरा छापिएको थियो । त्यो कुरा सबैले थाहा पाए । मलाई मेरो सबै आफन्त, साथीभाइ, इष्टमित्रहरूले यो के हो भनेर सोधे । मेरो बेइज्जत भयो । मैले यो कुरा शर्मिलालाई सोधेँ, उनले मिडियाले त्यत्तिकै लेखेको भनेर टार्न खोजिन् ।

बारम्बार एउटै कुरा आइरहेको छ, मेरो श्रीमतीलाई अर्का मान्छेले आफ्नी गलफ्रेन्ड भन्दै हिँडेको छ । यो कुरा कुनै लोग्नेले पनि सहन सक्दैन । मैले वास्तविकता बुझ्न चाहेँ । तर, शर्मिलाले चर्काचर्का कुरा गरिन् । मसँग झगडा गरिन् । उनको घर आउने, जाने समय पनि अनिश्चित हुन थाल्यो । बुटिक गएकी शर्मिलाको घर र्फकने टुंगो भएन । त्यही कुरामा दिनहुँ डिस्कस हुन थाल्यो । उनी निकै लापरबाही रूपमा प्रस्तुत हुन थालिन् । उनको बुबा, आमा, बहिनी, छोरीहरूले पनि यसो नगर भनेर सम्झाए, तर उनले मानिनन् ।

त्यतिवेला मेरी जेठी छोरी खुश्बु सिंगापुर गएकी थिइन् । उनले आफू आएपछि आमालाई सम्झाउने भनिन् । उनी मसँग बोल्न छाडिन् । मेरो फोन रिसिभ गर्न पनि छाडिन् । निकै तनाब भयो । अति भएपछि मैले उनलाई पुलिसको रोहवरमा मौखिक मिलापत्र गराएँ । पुलिसको अगाडि उनले आफू जिम्मेवार पत्नी बन्ने सहमति गरिन् । लोग्नेस्वास्नीको झगडा, परालको आगो भन्ने ठानेर मैले उनलाई घरमा ल्याएँ । घर ल्याएपछि पनि उनको चाला निको थिएन । घन्टौँ फोनमा झुन्डिने, आफूखुसी घरबाट निस्कने । आफूखुसी घर र्फकने । साह्रै हेलचेक्रयाइँ गरिन् । उनले भुवन केसीलाई भेट्न छाडेको, आफूहरूबीच असल साथीको मात्र सम्बन्ध भएको दाबी गर्दै आएकी थिइन् ।

वैशाख ३१ गते बिहान म घरबाट ग्यारेज आएँ । साढे १० बजेको थियो होला, खाना खाने वेला भएकाले घरमा फोन गरेँ । कान्छी छोरीले फोन उठाइन् । उनले आमा गाडी लिएर भर्खरै घरबाट निस्किएको बताइन् । म बाइकमा हतार-हतार घर पुगेँ । शर्मिला गाडी लिएर भर्खर क्रस मात्र भएकी थिइन् । मैले उनलाई देखेँ, उनले मलाई देखिनन् । मैले उनी कहाँ हिँडेकी हुन् भनेर फलो गरेँ ।

उनको गाडी सानेपाबाट कुपण्डोल, थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर, मीनभवन हुँदै सिनामंगलतिर मोडियो । मैले उनी कहाँ जान्छिन् भनेर पिछा गरिरहेको थिएँ । उनले एयरपोर्ट गेटअगाडिको कलाकार गल्लीमा गाडी रोकिन् र ब्याक गरिन् । म ट्राफिक बिटनेर बाइक रोकेर उनको चर्तिकला हेरिरहेँ । ५ मिनेटजतिमा भुवन केसी आएर शर्मिलाको गाडीमा बस्यो । उसले सिट ढल्काएर आफ्नो अनुहार लुकायो । शर्मिलाले गाडी अघि बढाइन् । मैले फेरि पिछा गरेँ ।

शर्मिलाले गाडी तीनकुने हुँदै कोटेश्वरतिर हाँकिन् । मैले बाइकको स्पिड बढाएँ । कोटेश्वर चोक पुग्नुअघि मैले उनलाई गाडी रोक भने । उनले मलाई देखिन्, तर वास्ता नगरी गाडी अझै स्पिडमा हाकिँन् । मैले पटकपटक उनलाई गाडी रोक्न भनेँ । उनले मानिनन् । अनि मैले गाडीको अगाडि लगेर बाइक रोकेँ ।

बाइकले बाटो छेकेपछि बल्ल उनले गाडी रोकिन् । मैले त्यो भुवन केसीलाई मेरो गाडीबाट ओर्लिन भनेँ । ऊ मानेन । सायद उसले मलाई शर्मिलाको लोग्ने हो भन्ने चिनेको थिएन । मैले उसलाई पटकपटक ओर्लिन भनेँ । उसले मिडियाले देख्यो भने लाज हुन्छ, पछाडि बस्नुस् भन्यो । ऊ मेरी श्रीमती लिएर हिँड्ने अनि उसकै ठूला कुरा ? शर्मिलाले गाडी अघि बढाउन खोज्दै थिइन् । मैले झ्यालबाट हात छिराएर भुवन केसीको कठालो समातेँ । ऊ गाडीबाट ओर्लियो । अनि मैले रिसको आवेगमा उसलाई हात, खुट्टा र हेल्मेटले अन्धाधुन्द हानेँ । मान्छेहरू जम्मा हुन थाले । मैले उसलाई मज्जाले हान्न पाइनँ । ऊ मलाई बेबकुफ हो, पागल हो भन्दै फुत्किएर भाग्यो । मान्छेहरूले मलाई बीच बाटोमा झगडा गर्ने भनेर कराउन थाले ।

गाडीले गर्दा जाम भयो । ट्राफिक आइपुग्यो । ट्राफिकले हाम्र्रो गाडी लग्यो । गाडी शर्मिलाले चलाइन् । म अगाडिको सिटमा बसेँ । ट्राफिककोमा पुगेपछि उनीहरूले बीच बाटोमा किन झगडा गरेको भनेर सोधे । मैले शर्मिला मेरी पत्नी भएको बताएँ । ट्राफिकले शर्मिला र मेरो लाइसेन्स हेरे । पति-पत्नी भएको थाहा पाएपछि तुरुन्तै छाडिदिए । मैले शर्मिलालाई लिएर घर आएँ ।

घर आएपछि उनको र मेरो फेरि झगडा भयो । सबैले उनलाई सम्झाए, तर उनले मानिनन् । उनले मलाई छाड्ने कुरा गरिन् । मैले भुवन केसीलाई पिटेको कुरा अर्का दिन मिडियामा आयो । त्यसपछि त झनै तनाब भयो । त्यसपछि उनी घरमा बस्नै छाडिन् । उनी बुटिकमै बस्छु भनेर गएकी हुन्, तर त्यहाँ बस्दिनन् । आमाबुबा, बहिनी, छोरीहरूले सम्झाए, तर उनले मानिनन् । अहिले हामीहरू कसैको फोन उठाउँदिन ।

शर्मिला बुद्धी भएकी आइमाई होइनन् । उनले जम्मा-जम्मी ४ कक्षा पढेकी छिन् । उनले मलाई डिभोर्स पेपर पनि पठाएकी छिन् । यस्ता कुरा उनले जान्दिनन् । यो सबै भुवन केसीको खेल हो । मेरो ग्यारेज भएकाले शर्मिलाले फेरिफेरि गाडी चढ्ने र बुटिक पनि राम्रै चलाउने गरेकी थिइन् । भुवन केसीले शर्मिलालाई निकै सम्पत्तिवाल ठान्यो । जसकारण ऊ शर्मिलाको पछि लाग्यो । शर्मिलालाई भुवन केसीले आफ्नो षड्यन्त्रको सिकार बनाएको छ । शर्मिलाले यो कुरा बुझेकी छैनन् । मेरो सबै सम्पत्ति उनको नाममा छ । मेरी दुवै छोरीको बिहे हुन बाँकी नै छ । ६ महिनापछि जेठी छोरीको बिहे हुँनैछ । त्यसका लागि साँचेको गरगहना, पैसा सबै उनैले लगेकी छिन् ।

मेरो नाममा त केही पनि छैन । शर्मिला जहाँ जाउन्, मलाई मतलब छैन । अब उनलाई कुनै हालतमा पनि म स्विकार्दिनँ । मेरो लागि उनी मरिसकिन् । मेरो छोरी, सुसुराली आफन्तले पनि उनको माया मारिसके ।

मैले उनले भनेको जस्तो सजिलैसँग डिभोर्स दिन्न । उनी जहाँ, जोसँग गए पनि जाउन्, तर मेरो सम्पत्ति मलाई फिर्ता गरेर मात्र । भुवन केसीले मेरो सबै सम्पत्ति खाने दाउ गरिरहेको छ । उसको यो षड्यन्त्र कुनै हालतमा पनि सफल हुन दिन्नँ म । मैले दुःख गरेर कमाएको सम्पत्ति मेरा छोरीहरूलाई चाहिन्छ ।

भुवन केसीले मेरो सुखी परिवारमा आँखा गाडेर मेरो जिन्दगी नै तहस-नहस गरिदियो । उसलाई यो सोझो नेवारको श्राप लाग्छ । यत्तिका वर्ष मसँग बिताएकी शर्मिलालाई पनि म जस्तो सोझो लोग्नेको आँशु लाग्छ । छोरीहरूको बिहे गर्ने वेलामा आमाले गति छाडेपछि भोलि ती बच्चाको जिन्दगी कस्तो होला भन्ने उनले सोचेकी छैनन् । शर्मिला आइमाईको नाममा कलंक हो । भुवन केसी त सबै पुरुषको नाममा धब्बा हो । पर्दामा आदर्शका कुरा गर्ने भुवन केसी हिरो होइन, भिलेन हो ।

उसले अर्काकी श्रीमतीलाई आफ्नी गर्लप|mेन्ड भनेर चिनाउँदै हिँड्न लाजै मानेन । ऊ आफैँ बिगि्रएको मान्छे हो । मैले सुनेको यसले यसअघि तीनचोटि बिहे गरेर स्वास्नी छाडिसक्यो रे । यस्तो मान्छे कसरी हिरो हुन सक्छ ? शिव श्रेष्ठ, राजेश हमालहरूले कति राम्रो काम गरिरहेका छन् । तर, भुवन केसी साह्रै घटिया मान्छे रैछ ।

डिभोर्स नहुन्जेल कानुनी रूपमा शर्मिला मेरी स्वास्नी हो । तर, मैले उनीहरू रातिराति घुमिरहेको चाल पाएको छु । मैले रंगे हात पक्रिएँ भने उनीहरूलाई के गर्छु, कसैले अन्दाज पनि गर्न सक्दैन । उसले आज रत्नसिंह डंगोलको जिन्दगी बर्बाद पार्‍यो, भगवान््ले एकदिन उसको जिन्दगी बर्बाद पार्ने छन् ।


प्रस्तुति: लक्ष्मण सुवेदी
BrusselNepal.com
अरु यता >>

Monday, July 4, 2011

आमिर खानको 'देल्ली बेल्ली' काठमाडौंमा प्रतिबन्धित

सन्तोष रिमाल काठमाडौं, असार १९- जिल्ला प्रशासन कार्यलय काठमाडौंले आमिर खानद्वारा निर्मित हिन्दी फिल्म 'देल्ली बेल्ली'को प्रदर्शनमा रोक लगाएको छ। नेपालमा वितरणको समेत जिम्मेवारी पाएको गोपिकृष्ण मुभिजमा आइतबार साँझ छापामारी प्रहरीले फिल्मको प्रिन्ट नियन्त्रणमा लिएको हो।

सेन्सर बोर्डले केही अश्लिल संवाद हटाएर मात्र प्रदर्शन गर्ने अनुमति दिएको सो वितरक कम्पनीले त्यसै प्रदर्शन गरेको पाइएपछि सेन्सरबोर्डले गृहमन्त्रालयलाई जानकारी गराएको थियो। गृहको जानकारी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुग्नासाथ आइतबार साँझ सीडीओले फिल्मको प्रिन्ट बरामद गरी प्रदर्शनमा रोक लगाउन निर्देशन दिएका हुन्।

'वितरक र प्रदर्शकले नटेरेको जानकारी बेलुकी पाँचबजे पाएँ', काठमाडौंका सीडीओ लक्ष्मीप्रसाद ढकालले नागरिकन्युजसँग भने- 'तुरुन्त रोक्ने आदेश दिएको छु। भोलिदेखि काठमाडौंका हलहरुमा यो फिल्म चल्दैन।'

सेन्सर बोर्डको आदेश अवज्ञा गरेबापत हिन्दी फिल्म प्रतिबन्ध लगाइएको हो। यसअघि फिल्ममा रहेका केही अश्लिल सम्वाद हटाउन सेन्सरले वितरक तथा प्रदर्शक गोपीकृष्ण मुभिजलाई आदेश दिएको थियो।

सेन्सर बोर्डको आदेश अवज्ञा गरे वापत कस्तो कारवाही गर्ने भन्ने टुंगो लागिसकेको छैन।

'कस्तो कारवाही गर्ने भन्ने चाहिँ अनुसन्धानपछि मात्र टुंगो लगाउँछौं', घिमिरेले भने।

आइतबारसम्म पनि हटाउन भनिएको संवाद कायम रहेको पाइएकाले कारवाहीको लागि गृह मन्त्रालयमा उजुरी गरिएको थियो। देल्ली- बेल्ली भारतसँगै शुक्रबार नेपालमा पनि रिलिज भएको थियो। 'फिल्ममा रहेको पाँचवटा भन्दा बढी अस्लील संवाद हटाउने शर्तमा फिल्मलाई एडल्ट सर्टिफिकेट दिइएको थियो', सेन्सर बोर्ड सदस्य चेतन सापकोटाले नागरिकन्युजसँग भने- 'काठमाडौं र बाहिरका शहरमा जस्ताको तस्तै देखाएको पाइयो त्यसपछि प्रशासनलाई खबर गरेका हौं।'


सीडीओको आदेशपछि वितरक तथा प्रदर्शक गोपीकृष्ण मुभिजमा साँझ ६ बजे प्रहरी पुगेर छापा मारेको थियो। छापामारी सिनेमाको मुख्य प्रिन्ट प्रहरीले नियन्त्रणमा लिएको हो। देल्ली-बेल्ली काठमाडौं र पोखरा प्रदर्शन भइरहेको थियो।

सेन्सरको आदेश नमानेको ठहर भए प्रदर्शक तथा वितरकलाई १० हजार जरिवाना र एक वर्ष कैद अथवा दुवै सजाय हुनसक्छ।

Nagariknews.com
अरु यता >>
^ Scroll to Top