Tuesday, September 20, 2011

भूकम्पमा याद गर्नुपर्ने त्रिकोण

भूकम्प आउँदा डेस्क, टेबलमुनि लुक्नुपर्छ वा ढोकामुनि उभिनुपर्छ भन्ने धेरैले बुझेका छन्। तर त्यसरी बस्दा माथिबाट खस्ने गह्रुँगो वस्तु, सिलिङ आदिले डेस्क वा टेबल किचिन्छ र त्यसमुनि लुकेकाको पनि ज्यान जान्छ। एक अनुभवी उद्धारकर्मीले त्यसको साटो डेस्क, टेबल, दराज, कारको नजिकै बस्नुपर्ने सुझाउँछन्। यसलाई ट्रयाङ्गल अफ लाइफ अर्थात् जीवनको त्रिकोण नाम दिइएको छ। ६० देशका उद्धार दलसँग ८७५ वटा भूकम्पले क्षति भएका भवनहरु हेरिसकेका अमेरिकन रेस्क्यु टिम इन्टरनेसनलका उद्धार प्रमुख डाउग कपको यो मन्त्र केही फोटोबाट बुझ्नुस्-

सन् १९८५ मा मेक्सिको सिटीमा आएको भूकम्पपछि उनी एउटा विद्यालयमा पुगेका थिए। सबै विद्यार्थीहरु डेस्कमुनि थिए र सबै थिचिएर मरेका थिए। डेस्कनजिकै बसेको भए उनीहरुको ज्यान जोगिन सक्थ्यो।




साधारण भाषामा भन्नुपर्दा जब घर भत्कन्छ, छानाको वजनले सामानहरु वा फर्निचरहरु कुच्चिन्छन् र त्यसको नजिकै केही ठाउँ खाली छाड्छन्। ध्यान राख्नुस्, मुनि हैन नजिकै खाली ठाउँ हुन्छ। यही ठाउँलाई उनले जीवनको त्रिकोण भनेका हुन्। भूकम्पबाट भत्किएका कुनै फोटोहरु अर्को पटक हेर्दा तपाईँले त्यसलाई याद गर्न सक्नुहुन्छ।

त्यसैले अर्को पटक भूँइचालो आउँदा कुनै सामानको नजिकै बस्नुस्। राति सुतिरहेको बेला भूकम्प आयो भने खाटबाट तल ओर्लनुस् र खाटको नजिकै बस्नुस्। वा सोफाको नजिकै बस्नुस्। याद राख्नुस् त्रिकोण आकार।

कारभित्र बस्नेहरु जोखिममा हुन्छन्। बरु कार नजिकैको ठाउँ खाली हुन्छ। ढोकामा बस्नेहरु पनि मारिन सक्छन्। किनभने ढोका कि अगाडि कि पछाडि जान्छ र माथिको सिलिङ खसेर तपाईँलाई लाग्न सक्छ।














Mysansar.com

No comments:

Post a Comment

^ Scroll to Top