Sunday, January 9, 2011

नायक भुवन केसी

केही गरेर होस् या नगरेर नायक भुवन केसी सधैँ चर्चामै रहन्छन्। कहिलेकाहीँ बजारमा आफूबारे चलेका हल्लाबारे स्वयं केसीलाई पनि थाहा हँुदैन। पत्रपत्रिकामा आइसकेपछि मात्र बल्ल उनले थाहा पाउँछन्। कहिले नयाँ हिरोइनसँग सम्बन्ध गाँसेर त कहिले आफ्नै श्रीमतीसँग पारपाचुके गरेर चर्चामा रहने केसी फेर िमिडियामा छाए। कारण हो, हालै मात्र उनको एमाले प्रवेश।
प्रधानमन्त्री माधव नेपालको हातबाट टीका लगाएर कमरेड भुवन केसी बनेपछि धेरैमा जिज्ञासा र कौतूहल छायो। "राजनीति बुझ्नुपर्छ, नियाल्नुपर्छ," उनी भन्छन्, "मबाट सबैले रामै्र आशा गरेका छन्। हौसला पाइराखेको छु।" एमालेका तत्कालीन अध्यक्ष तथा स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीसँग नजिकको सम्बन्ध रहेको बताउने केसीले पार्टीका सबै नेताहरूसँग पनि राम्रो सम्बन्ध भएको बताए। दोस्री श्रीमती सुस्िमतासँग सम्बन्धविच्छेदपछि उनले तेस्रो बिहे गर्ने हल्ला पनि त्यत्तिकै तात्तिएको छ। यसबारे प्रतिक्रिया दिँदै उनी भन्छन्, "यो नितान्त निजी कुरा हो, भविष्यमा के हुन्छ भन्न सक्तिनँ।"

No comments:

Post a Comment

^ Scroll to Top