Thursday, March 31, 2011

भारत ले जीते मोडले रङ्गशालामा नै कपडा उतानेरे !!!!!!


पाकिस्तानमाथि भारतको जितसँगै मोडल पुनम पाण्डेको सबैको सामुन्ने वस्त्रहीन हुने इच्छा थप बलियो भएको छ। विश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा गरेकी छिन् उनले। त्यसैले क्रकेटमा भारतको विपक्षमा उभिनेहरु पनि यतिखेर भारतले जितोस् भन्दैछन्। भारतको जितमाभन्दा यिनको शरीरमा चासो छ धेरैको। किनकी यी सबैभन्दा बढी रुचाइएकी मोडलभित्र पर्छिन्।
यी मोडलको तस्बिर यस वर्ष सबैभन्दा बढी डाउनलोड गरिएका मोडलहरुमा सबैभन्दा अग्रस्थानमा पर्छ।

भारतीय क्रिकेट टिमलाई प्रोत्साहित गर्न उनले जितेमा खेलाडीहरुको 'चेन्जिङ रुम'मा गएर आफूले लगाएको लुगा खोल्ने बताएकी थिइन्। भारतीय क्रिकेट काउन्सिलले अनुमति दिन्छ भने उनी पूरै रङ्गशालामा नै कपडा उतार्न तयार छिन्।

त्यसैले भारती क्रिकेटका फ्यानहरु जे कारणले भारतले जितोस् भन्ने चाहन्छन् त्यसमा पुन पनि उत्तिकै महत्त्वकी भएकी छिन्। त्यसैले पुन अहिले भारतीय क्रिकेटजस्तै चर्चाको शिखरमा छिन्।

पुनम लुगा खोल्ने छिन् या छैनन् यसै भन्न सकिन्न तर यो हल्लाले भारतीय फिल्मी उद्योगमा उनको भाउ माथि चढ्ने पक्कै छ।

शनिबार भारतले श्रीलंकासँग विश्‍वकपको फाइनल खेल्दैछ। त्यसैले पुनमको घोषणा व्यवहारमा उत्रेको हेर्न फाइनलसम्म कुर्नैपर्नेछ। - एजेन्सी
अरु यता >>

Wednesday, March 30, 2011

प्रधानमन्त्री खनालले महँगो र आकर्षक गाडी सिफारिस गरे रे !!!!!!!!!!!!!!!!

गृहमन्त्रालयले प्रधानमन्त्री झलनाथ खनालका लागि १ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने बेलायती ‘रेन्ज रोभर’ गाडी मगाउने भएको छ । यस्तो गाडी राजधानीका धनाढ्य व्यवसायीले प्रयोग गर्दै आएका छन् । मन्त्रालयले यो गाडी किन्न प्रतीतपत्र (एलसी) को प्रक्रिया सुरु गरिसकेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री भएको समयमा चढेको गाडी पदबाट हटेपछि आफूसँगै लैजान पाइने भएकाले प्रधानमन्त्री खनालले महँगो र आकर्षक गाडी सिफारिस गरेको हुनसक्ने मन्त्रालयस्रोतले बतायो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफू प्रधानमन्त्री भएपछि चमेलिया विद्युत् आयोजनाको सबैभन्दा नयाँ टोयोटा प्राडो गाडी चढ्न सुुरु गरेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्रीमा बहाल भएका बेला प्रयोग गरिने गाडी पूर्वप्रधानमन्त्रीका हैसियतमा सुविधाका रूपमा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम निवर्तमान प्रधानमन्त्री नेपालले चमेलियाको टोयोटा प्राडो फिर्ता गरेका छैनन् । यी दुवै गाडीको मूल्य सरकारले चमेलियालाई तिरिसकेको छ ।

यसअघिका प्रधानमन्त्रीहरूले टोयोटा प्राडो गाडी प्रयोग गर्दै आए पनि खनालले भने महँगो गाडी सिफारिस गरेका हुन् । पूर्वप्रधानमन्त्रीहरूले गाडी फिर्ता नगरेका कारण प्रधानमन्त्री खनाललाई स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले प्रयोग गर्दै आएको टोयोटा प्राडो उपलब्ध गराइएको छ ।
अरु यता >>

काठमाडौंमै भेटिए एसएलसीका नक्कली परीक्षार्थी

कलेज खर्च र डेराभाडा दिने भएपछि स्नातक तह अध्ययन गरिरहेका एक विद्यार्थीले नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा जिल्ला शिक्षा कार्यालय काठमाडौंको अनुगमनमा खटिएका टोलीले ती विद्यार्थीलाई पक्राउ गरेको छ।

पुरानो बानेश्वरस्थित एम्बिसन एकेडेमीमा परीक्षा दिइरहेको अवस्थामा अनिल लामालाई पक्राउ गरेको हो। उनले विभूति वैकल्पिक विद्यालय बानेश्वरमा अध्ययनरत युद्धबहादुर तामाङको नाममा परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका लामाले उनको सबै विषयको परीक्षा दिने जनाउँदै तामाङको प्रवेशपत्रमा समेत आफनै फोटो टाँसेका थिए। ँकोठाभाडा र कलेज खर्च तिरिदिने भनेपछि ती विद्यार्थीले परीक्षा दिएको स्वीकार गरे’ -जिल्लाशिक्षा कार्यार्लय काठमाडांैका शाखा अधिकृत नारायणकाजी साशिछवाले भन्नुभयो। पक्राउ परेका ती नक्कली परीक्षार्थीलाई महानगरीय प्रहरी प्रभाग गौशालामा राखिएको छ।

परीक्षामा अमर्यादित काम गर्ने ती परीक्षार्थीलाई शिक्षा ऐन अर्न्तर्गत ६ महिना कैद वा एक लाख जरिवाना वा दुवै हुनसक्ने उल्लेख छ।

सरकारले एसएलसी परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै जिल्लामा आचारसंहिता लागु गर्ने प्रतिबद्धता जाहेर गरे तापनि गत वर्षै जस्तो क्रियाकलाप यथावत् देखिएको छ। विशेष गरी तर्राईका जिल्लामा अमर्यादित कार्य देखिएको छ भने पहाड र हिमाली जिल्लामा समेत परीक्षा व्यवस्थित हुन सकेन।

चिट चोर्ने वा चोराउने कार्यमा संलग्नमाथि र्सार्वजनिक अपराध ऐन अर्न्तर्गत कारबाही गर्ने चेतावनी दिए पनि एमाले सभासद किरणदेवी यादवले आफूले दिने परीक्षामा समेत आफनी छोरीलाई परीक्षा दिन लगाएपछि परीक्षाको मर्यादामा प्रश्नचि³न उठेको छ।

यस वर्षो एसएलसी परीक्षामा हालसम्म करिब ५ सय भन्दा बढी विद्यार्थी, दुइ सय हाराहारीमा नक्कली परीक्षार्थी, दर्ुइ दर्जन निरीक्षक, करिब आधा दर्जनको संख्यामा केन्द्राध्यक्षलाई कारबाही गरिसकेको छ। चिट चोर्न नपाएको झोकमा हिजो मंगलबार परीक्षार्थीले पाल्पाका जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर द्वारेको बा.१ झ ६६३६ नम्बरको गाडी तोडफोड गरेका छन्।

तर परीक्षा नियन्त्रक र्सर्ूयप्रसाद गौतमले भने गत वर्षो तुलनामा यस वर्षव्यवस्थित भएको दाबी गर्नुभयो। परीक्षालाई पूर्ण् रूपमा व्यवस्थित गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
एमालेले स्पष्टीकरण माग्यो

यसैबीच एमाले अनुशासन आयोगले एसएलसी परीक्षामा आफनो सट्टा छोरीले परीक्षा दिएका भए त्यो सामाजिक आचरण र मर्यादाविपरीत हुने जनाउँदै आयोगले सो विषयमा यथार्थ जानकारी लिन संसदीय दलका प्रमुख सचेतक भीम आचार्यलाई पत्र पठाएको छ। आयोगका अध्यक्ष अमृत बोहराले घटनाबारे सत्यतथ्य पत्ता लगाई आयोगलाई जानकारी दिन पत्राचार गरिएको केन्द्रीय अनुशासन आयोगले जनाएको छ।
अरु यता >>

श्रीमान कुट्ने श्रीमती प्रहरी हिरासतमा

श्रीमानलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा थसीखेल बस्ने ३१ बर्षीया विमला राजबंशी पक्राउ परेकी छिन्। सोमबार बेलुका श्रीमान सुमनलाई कुटेर घाइते बनाएको अभियोगमा ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको हो।

कुटपिटबाट घाइते सुमनको पाटना अस्पतालमा उपचार भइरहेको छ। श्रीमान कुट्ने श्रीमती ललितपुर प्रहरी हिरासतमा छिन्।
अरु यता >>

Monday, March 28, 2011

सभासद् किरणदेवी नामबाट एसएलसी छोरीले दिइन्


सभासद् किरणदेवी यादवले आफ्नो नामबाट छोरीलाई एसएलसी परीक्षा दिन लगाएको रहस्य खुलेको छ । उनकी छोरी ममता स्नातक तहकी विद्यार्थी हुन् ।

सर्लाहीको मानपुर घर भएकी सभासद् किरणदेवीले स्थानीय मानपुर माविबाट एसएलसी परीक्षाका लागि फारम भरेकी थिइन् । सो विद्यालयको परीक्षा केन्द्र बरहथवास्थित चक्र जनता सहिद गंगा उमाविमा परेको छ । केन्द्रमा नक्कली परीक्षार्थी बनेर ममतादेवीले आमाको परीक्षा दिइरहेको रहस्य एसएलसीको तेस्रो दिन आइतबार मात्र खुलेको हो ।

सभासद् यादवलाई नक्कली परीक्षार्थी राखेर एसएलसी परीक्षा दिलाएको आरोपमा आइतबार केन्द्राध्यक्षलाई कारबाही गरिएको छ । चक्र जनता सहिद गंगा उमाविका केन्द्राध्यक्ष राजकुमार ठाकुरलाई हटाई उनको स्थानमा सहायक केन्द्राध्यक्ष विनयकुमार साहलाई नियुक्त गरिएको छ ।

केन्द्राध्यक्ष ठाकुरले आफ्नो केन्द्रबाट परीक्षा दिने विद्यार्थीको सूचीमा सभासद्को नाम रहेको आजै थाहा पाएको दाबी गरे । 'सभासद् यादवको नाम मानपुर माविबाट एसएलसी दिने विद्यार्थीको सूचीमा रहेको मैले पनि आज थाहा पाएँ,' उनले भने, 'आज उहाँको स्थानमा अर्कै एक महिला परीक्षा दिन आएको थाहा भयो, निगरानी गरेपछि ती नक्कली विद्यार्थी भागिछिन् ।'

नेकपा एमालेबाट सभासद् बनेकी ४२ वर्षीया यादवले आफ्नो माइती गाउँ रौतहटको माधवपुरमा कक्षा आठसम्म अध्ययन गरेको एक स्थानीय बासिन्दाले बताए । आफ्नो योग्यता बढाउन उनले छोरी ममतादेवीलाई एसएलसी परीक्षा दिन लगाएकी हुन् । श्रीमान्को राजनीतिक प्रतिशोधका कारण हत्या भएपछि उनी ०५४ मा मानपुर गाविसकी अध्यक्ष भएकी थिइन् । नक्कली परीक्षार्थी राखेको जिल्ला शिक्षा अधिकारी, प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई जानकारी भए पनि सभासद् भएको कारण कोही पनि बोल्न तयार छैनन् ।

एसएलसी समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले अमर्यादित रूपले परीक्षा सञ्चालन गरेको पाइएपछि ठाकुरलाई हटाएको बताए । सभासद्को स्थानमा अर्कैलाई परीक्षा दिलाएकोलगायतका अनियमितताका बारेमा थप छानबिन भइरहेको प्रजिअ घिमिरेले जानकारी दिए । आइतबार साँझ केन्द्राध्यक्ष रायलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ ।

केन्द्राध्यक्ष ठाकुरले सभासद्को नाममा परीक्षा दिन आउने महिलाले स्क्यानिङ गरेको प्रवेशपत्र बोकेको पाइएपछि आफूले गेटबाटै बाहिर पठाएको दाबी गरे । सभासद् यादवको सिम्बोल नम्बर ०२२७५९७ एस रहेको छ । उनीसँग सम्पर्क गर्ने प्रयास सफल भएन ।

सर्लाहीकै ईश्वरपुर केन्द्रबाट सभासद्मा पराजित एक स्थानीय नेता आफंै उपस्थित भएर नियमित परीक्षा दिइरहेका छन् । ईश्वरपुरस्थित उमावि केन्द्रबाट ४३ वषर्ीय अहमद मिकरानीले नियमित परीक्षार्थीको रूपमा एसएलसी दिइरहेका हुन् । उनी संविधानसभाको निर्वाचनमा सद्भावना पार्टीबाट सर्लाही क्षेत्र नम्बर एकको उम्मेदवार भएका थिए
अरु यता >>

Sunday, March 27, 2011

भैसी बाध्ने किलोले हानेर दाजुद्वारा भाईको हत्या

घरायसी विवादले उग्ररुप लिएपछि लेखगाउँ - ९ मा आइतबार दाजुले भाईको हत्या गरेको छ ।

आपसी विवादमा ३२ वर्षीय छापबहादुर राईले आफनै २८ वर्षीय भाई मिनबहादुरको भैसी बाध्ने किलोले हानेर हत्या गरेकेा प्रहरी नायव उपरिक्षक मनोज यादवले वताए ।

किलो प्रहरपछि घाइते भएका राईको उपचार गर्न कटारी अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रारम्भीक विवरण प्राप्त आएको यादवले वताए । घटनास्थल तर्फ इलाक प्रहरी कार्यालय कटारीको प्रहरी टोली त्यस तर्फ गएको छ । प्रहरी टोली र्फकिएपछिमात्रै विस्तृत विवरण आउने यादवले वताए । भाईको हत्या गर्ने दाजु छापबहादुर भने फरार रहेकेा प्रहरीले जनाएको छ ।
अरु यता >>

Friday, March 25, 2011

टेकुमा लुटेरा समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु

टेकुमा बिहीबार साँझ लुटेरा समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

टेकुमा रहेको एक्साइड ब्याट्री कारखानामा लुटेरा समूहले गोली चलाउँदा सो कारखानामा कार्यरत प्रेम महर्जनको मृत्यु भएको छ भने सुदीप बस्याल गम्भीर घाइते भएका छन्। तीन जनाको समूहमा आएका लुटेराले नाइन एमएमको पेस्तोलबाट गोली प्रहार गरेका थिए। गोली प्रहारबाट घाइते पाल्पाका सुदीप बस्याललाई नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ। दुवैको कोखामा गोली लागेको थियो।

बिहीबार बेलुकी करिब सवा आठ बजे भएको सो घटनामा मृत्यु भएका महर्जन एक्साइड ब्याट्री कारखानाका प्राविधिक हुन्। घाइते बस्याल सो कारखानाका टेलिफोन अपरेटर भएको प्रहरीले जनाएको छ। लुटेराहरुलॆ रकम माग्दा नदिएको भन्दै गोली प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी पुष्कर कार्कीले बताउनुभयो। फरार लुटेराहरुको उपत्यकाका सबै नाका बन्द गरेर खोजी कार्य भइरहेको जानकारी उहाँले दिनुभयो। घटनास्थलमा पुग्नुभएका एसपी कार्कीले सोही स्थानबाट सेटबाटै सबै ठाउँमा सुरक्षा जाँच कडा पार्न मातहत निकायलाई निर्देशन दिनुभएको थियो। लुटेरा समूहले सो कम्पनीका सुरक्षागार्ड गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएर दुई कर्मचारीमाथि गोली प्रहार गरेका थिए।

लुटेरा समूहले तीन राउन्ड गोली प्रहार गरेको थियो तीमध्ये महर्जन र कार्कीलाई एक-एक गोली लागेको थियो। तीन जनाको समूह कारखाना प्रवेश गर्नासाथ रकम मागेको र कर्मचारीहरुले आफूसँग रकम नभएको बताएपछि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए। सधैं नौ बजे गाडी थन्क्याएर घर जाने ती कर्मचारीहरु घर जाने तयारी गरिरहेका बेला लुटेरा समूहले गोली प्रहार गरेका थिए। बा५च ७५१४ नम्बरको सर्भिस सवारीमा काम गर्ने महर्जन काम सकेर आउनासाथ लुटेरा समूहले रकम माग गर्दै कारखानाको तेस्रो तलामा रहेका सुदीप भएको स्थानमा लगेका थिए।

काम सकेर घर जाने तरखरमा रहेका सुदीप कार्यालयमै नुहाएर बसिरहेका थिए। सोही समयमा कार्यालयको बैठक कक्षमा गोली प्रहार गरिएको थियो। कम्पनीका सुरक्षा गार्ड गोविन्द भण्डारीका अनुसार कर्मचारी कार्यालयमा आउना साथ उनीहरु पनि सँगै आएका थिए। तर गार्डले केही नगरेपछि सरासर माथिल्लो तलाको बैठक कक्षमा उक्लेका उनीहरुबीच झगडा भएको जस्तै आवाज आएपछि मात्रै सुरक्षा गार्ड माथिल्लो तलामा उक्लेका थिए। दुई जना मंगोलियन र एक जना बाहुन जस्तो अनुहार भएका अपरिचित व्यक्ति आएको प्रहरीले दाबी गरेको छ। सो ब्याट्री कम्पनी सिपद्री ट्रेडिंगको अधिकृत विक्रेता भएको पनि प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा गार्ड अधिकारीलाई तत्कालै पक्राउ गरेको छ। गोली प्रहार गर्नासाथ लुटेरा समूह सानेपा हुँदै फरार भएका थिए। घटना भएलगत्तै वीर अस्पताल पुर्याइएका महर्जनको केही समयपछि मृत्यु भएको थियो भने अर्का घाइते बस्याललाई थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।
अरु यता >>

Thursday, March 24, 2011

जहाजमै छोरा जन्मियो ............

वाजुरबाट नेपालगन्ज आउँदै गरेको नेपाल वायु सेवा निगममा यात्रा गरिरहेकी सातपाठा-७ वाजुराकी सुकला न्यौपानेले बिहीबार जहाजमै छोरा जन्माएकी छिन्। एक सातादेखि जहाजको पर्खाइमा रहेकी न्यौपानेले जहाज कालिकोटको सदरमुकाम मान्मा माथि उडिरहेको बेला छोरा जन्माएको विमान चालक एनबी विश्वकर्माले बताए।

बच्चा जन्माए लगत्तै विमान परिचारिका पिके गुरुङ लगायत यात्रुहरूले सुकला र शिशुको स्याहार गरेका थिए। जहाजमा १९ यात्रु थिए। बच्चा जन्मिएको २० मिनेटपछि जहाज नेपालगन्ज अवतरण भएको थियो। सुकलाका पति लालप्रसादका अनुसार उनको यो दोस्रो बच्चा हो। जहाजमा जन्मिएको बच्चा र आमालाई भेरी अन्चल अस्पतालमा राखी उपचार भइरहेको छ।

स्वास्थ्यकर्मीका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ।
अरु यता >>

आज देखि एसएलसी , परीक्षा अगावै प्रश्नपत्र आउट

एसएलसी सुरु हुनु भन्दा ३० मिनेट अगाडि नै अंग्रेजी विषयको प्रश्नपत्र आउट गर्ने एक केन्द्राध्यक्षसहित १६ जनालाई मोरङ प्रहरीले बिहीबार विहान बिराटनगरको एक्सल एकेडमी ट्यूसन सेन्टरबाट पक्राउ गरेको छ।

केन्द्राध्यक्षको मिलोमत्तोमा ट्यूसन सेन्टरमा पुर्‍याइएको प्रश्नपत्रको फोटोकपी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

बिहान ८ बजेदेखि सुरु हुने एसएलसी परीक्षाको प्रश्नपत्र विराटनगरको स्टार बोर्डिङ स्कूल केन्द्रका केन्द्राध्यक्ष डा.उद्धव पोखरेलको मिलोमत्तोमा साढे ७ बजे नै ट्यूसन सेन्टरमा पुर्‍याइएको थियो। मोरङका प्रहरी उपरीक्षक दिपक थापाका अनुसार परीक्षा अगाबै आउट गरिएको प्रश्नपत्रको फोटोकपी भइरहेकै बेला उनीहरुलाई पक्राउ गरिएको हो।

प्रश्नपत्र फोटोकपी भइरहेको अवस्थामा ट्यूशन सेन्टरकै शौचालयमा लुकाइराखिएको उत्तर पुस्तिका समेत प्रहरीले बरामद गरेको छ।

केन्द्राध्यक्ष डा. पोखरेल स्टार बोडिङका प्रिन्सीपल तथा ट्यूसन सेन्टरका सञ्चालक पनि हुन। स्टार बोडिङ स्कूल केन्द्रमा परीक्षा दिइरहेका प्राइभेट परीक्षार्थीहरु विराटनगरका चारवटा ट्यूसन सेन्टरका विद्यार्थी हुन्। ग्यारेन्टी उत्तीर्ण गराइदिने भनेर ती ट्यूसन सेन्टरहरुले परिक्षार्थीहरुबाट मोटो रकम असुलेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

प्रश्नपत्र आउट गर्नमा सहयोग गर्ने ट्यूसन सेन्टरहरुमा एक्सल एकेडमी, आइडियल एजुकेशन सेन्टर, रोयल स्टार ट्यूसन सेन्टर, पूर्वाञ्चल एजुकेशन सेन्टर रहेका छन्। केन्द्राध्यक्ष डा.कोइरालासहित पक्राउ पर्नेहरुमा सरोज भट्टराई, रञ्जन शाही, मित्र धमला, प्रशान्त श्रेष्ठ, निलम प्रधान, बिनोद खड्का, उपेन्द्र मण्डल, युवराज बास्तोला, राम थानदार, सौरभ खरेल, अनुज दाहाल, भिष्म धमला, गौरब राजवंशी, हिरा ढकाल र दुर्गा पौडेल रहेका छन्।
अरु यता >>

Tuesday, March 22, 2011

प्रेम जोडीले हाम्फालेर आत्महत्या गरे

जिल्लाको भकुण्डेको अग्लो भीरबाट एक प्रेम जोडीले गएराति हाम्फालेर आत्महत्या गरेका छन्। बाग्लुङको दब्लाङ्ग भीरबाट गएराति भकुण्डे ९ की अमृता विक र पर्वत पाङ्ग ५ का सर्वण श्रेष्ठले हाम्फालेर आत्महत्या गरेका हुन्।

२३ वर्षका श्रेष्ठ र २२ वर्षकी विकले के कारणले आत्महत्या गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

उनीहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। प्रेम चक्करको कारण उनीहरुले आत्महत्या गरेको हुन सक्ने चतुर्वेदीले बताए। मृतकको शव बाग्लुङ अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ।
अरु यता >>

Monday, March 21, 2011

जलेर दाजुभाइको मृत्यु आमा बेहोस




हनुमानढोका संग्रहालयसँगै जोडिएको मखन टोलको एक घरमा आगलागी हुँदा एकै परिवारका दाजुभाइको निधन भएको छ।

शनिबार मध्यरातमा भएको आगलागीमा दुई छोरा गुमाएर वेदनाका कारण बेहोस भएकी आमालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ। शनिबार मध्यरातमा केदार श्रेष्ठको तीनतले घरमा आगलागी हुँदा उनका ३४ वर्षीय जेठो छोरा राजेश र २२ वर्षीय कान्छो छोरा महेशको जलेर मृत्यु भएको थियो। आगोको लप्काले जलेर छटपटाइरहेका छोराहरुलाई बचाउन नसकेपछि आमा ललिता बेहोस भएकी थिइन्।

धूवाँको मुस्लोले छातीमा समेत गम्भीर असर परेकी ललितालाई उपचारार्थ वीर अस्पताल भर्ना गरेपछि होस आएको छ।
मेरा दुई छोरा मरेर गए अब के गर्ने म त एक्लीजस्तै भएकी छु’ उपचारार्थ अस्पतालमा रहेकी ललिताले रुँदै भनिन्- भगवान्ले यो के गरेका मलाई ?

तीन छोरामध्ये मृत्यु भएका दुई छोरा छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए। दुवै दाजुभाइको शव एकै ठाउँमा थियो। मृत्यु भएकामध्ये भाइ महेशको हातमा मोबाइल र दाजु राजेशको हातमा डिभाइस रहेको थियो।

आगलागीपछि दुवैका शव निकाल्दा चिन्नै नसकिने गरी जलेका थिए भने हातखुट्टा र शरीरका विभिन्न भाग छुट्टिएका थिए।
आगलागी भएलगत्तै हनुमानढोका दरबार सुरक्षार्थ खटिएको शार्दूलजंग गुल्मका गुल्मपति लालबहादुर भुजेल सहसेनानी राजु कार्कीसहितको १ सय १९ जनाको टोलीले उद्धार गरेको थियो। मध्यरातमा आगलागी भएको जानकारी पाउनासाथ सो गुल्मले उद्धारका सामग्री प्रयोग गरी घरका सामान बाहिर निकालेको थियो।
अरु यता >>

Sunday, March 20, 2011

६०१ सभासदको ज्यूँदै श्राद्ध

समयमा संविधान नबनाएको भन्दै ६०१ जना सभासद्को ज्यूँदै श्राद्ध गर्दै हिड्ने राकेश कुमार शर्मालाई आईतबार पोखरामा श्राद्ध गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

ज्युँदो अवस्थामै सभासद्हरुको श्राद्ध गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ६०१ जना सभासद्हरुको कार्टुनसहित १० महिने मासिक श्राद्ध उनले पोखराको पृथ्वीचोकमा गरेका थिए ।

उनलाई बैदामको प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
अरु यता >>

Friday, March 18, 2011

दिल्लीमा नेपाली युवतीद्वारा 'आत्महत्या'

भारतको राजधानी नयाँ दिल्लीमा एक २५ वर्षकी नेपाली युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्। प्रहरीले उनले आत्महत्या गरेको बताए पनि 'सुसाइड नोट' भने फेला परेको छैन।

आइएएनएस समाचार एजेन्सीले जनाए अनुसार उत्तरी दिल्लीको आनन्द पर्वतस्थित बाबर फरिदपुर क्षेत्रमा घटना भएको प्रहरीले बताएको छ।

बिन्दु नाम गरेकी ती महिला बिहीबार सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

बिन्दु आफ्ना साथी दीपक, उनकी पत्‍नी र बच्चाहरुसित विगत तीन महिनादेखि बसिरहेको र बिन्दु र दीपकको झगडा नै उनको मृत्युको कारण हुनसक्ने प्रहरी अधिकारीलाई उद्‍धृत गर्दै सो समाचार एजेन्सीले जनाएको छ।
अरु यता >>

Thursday, March 17, 2011

पूर्वमन्त्री चिरञ्जीवी वाग्ले भ्रष्टाचारी ठहर

२०४८ जेठ १५ मा पहिलोचोटि मन्त्री बन्दा चिरञ्जीवी वाग्लेसँग जम्मा गोरखा बुँकोट-८ मा ६ रोपनी घरघडेरी र ५९ रोपनी खेतीयोग्य जग्गा थियो । चार महिनापछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले ९० हजार रुपैयाँ र ९ तोला सुन देखाएका थिए (गोरखापत्र, २० भदौ २०४८) ।

पहिलो भ्रष्टाचारी राजनीतिकर्मी ठहरिएका वाग्लेसँग त्यतिबेला न काठमाडौं र चितवनमा घरघडेरी थिए, न त गाडी । प्रजातन्त्र पुनःस्थापनापछि उनी सात पटक मन्त्री भए र कमाइ पनि चुलिँदै गयो ।

२०५९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'अमिल्दो र अस्वाभाविक' उच्च जीवनस्तर यापन गरेको आशंकामा छानबिन अघि बढाएपछि उनको सम्पत्तिको फेहरिस्त सार्वजनिक हुन थाल्यो । त्यति बेलाकै मूल्यांकनमा उनीसँग ३ कराेड ४३ लाख रुपैयाँ भेटियो । सहरका जग्गाहरूको मूल्य बढेर यतिबेला अथाह भइसके । आयोग र विशेष अदालतले 'उदारवादी' हिसाब गरी उनको १ करोड ४० लाख रुपैयाँ बराबरको स्रोतलाई भने वैध ठहर्‍याए । बाँकीलाई भ्रष्टाचार !

यतिखेर सर्वाेच्च अदालतले उनीसँग २ करोड ३ लाख गैरकानुनी सम्पत्ति रहेको ठहर गरेको छ । त्यसमा त्यत्ति नै जरिवाना थपी ४ करोड ६ लाख असुल्ने फैसला सुनाएको छ । साथै डेढ वर्ष

जेल पनि !

नेपालको राजनीतिक भ्रष्टाचारको इतिहासमा यो ऐतिहासिक घटना हो । भ्रष्टाचार गरी सम्पत्ति थुपार्ने नेता कारबाहीमा परेको उदाहरण

थिएन । अनेक मन्त्रीका अनेक भ्रष्टाचार काण्ड र प्रकरण बाहिर आए पनि कोही पनि भ्रष्टाचारी प्रमाणित भएका थिएनन् ।

वाग्लेले आफूसँग भएका सम्पत्ति, छोरा-बुहारीले व्यापार व्यवसाय गरी कमाएको दाबी गर्दै आएका छन् । उनीसँग तीनवटा गाडी जुटे, राजधानीमा तीन तले घर बन्यो । काठमाडौं र चितवनमा जग्गा जोडिने क्रम बढ्यो । अनुसन्धानले भने उनका छोराको व्यवसायले सात वर्षमा जम्माजम्मी ३ लाख ६० हजार मात्रै नाफा गरेको देखाएको छ ।

त्यसो त, वाग्ले परिवारले अकुत सम्पत्तिलाई वैधानिक बनाउने अनेक प्रयास नगरेको होइन । २०५७ असार मसान्तसम्म आर्जित सम्पत्तिमा १० प्रतिशत कर तिरेमा स्रोत नखोज्ने व्यवस्था ल्याएको थियो । 'मैलो धन' लाई सेतो बनाउने मौका दिइएको थियो, 'भीडीआईएस' अर्थात् आयको स्वयं कर घोषणाका नाममा । सरकारको नीतिसँगै

वाग्लेका छोरा देवेन्द्रले ३ करोड ५९ लाख २४ हजार सम्पत्ति देखाउँदै ३५ लाख ९२ हजार रुपैयाँ कर तिरेका थिए ।

कर तिरेपछि सबै 'कागजात' नष्ट गरेको दाबी वाग्ले परिवारले लियो र अनुसन्धानभन्दा बाहिर पार्नुपर्ने अडान पनि राख्यो । तर अख्तियार र अदालत दुवैले उनीहरूको जिकिरलाई अस्वीकार गरे ।

संसद्ले स्रोत खुल्न नसकेको सम्पत्ति स्वतः भ्रष्टाचारबाट आर्जित गरेको ठहर गर्ने कानुन २०५९ मा निर्माण गर्‍यो । यो कानुन अघि बढाउने अग्रपंक्तिमा उनै वाग्ले थिए । त्यो काम उनका लागि 'आफ्नै खुट्टामा बञ्चरो' भएको छ । त्यतिखेर भ्रष्टाचार सम्बन्धमा कारबाही तथा छानबिन प्रभावकारी तुल्याउने कानुन पारित गर्न मन्त्रीका हैसियतमा वाग्ले सक्रिय थिए । लोकतन्त्रको सुन्दर पक्ष भनेकै त्यही हो, आफैंले बनाएको कानुनको पहिलो सिकार आफैं बन्नु ।

२०५९ वैशाखमा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का मुलुक बाहिर थिए । गृह मन्त्रालयको जिम्मेवारी पाएका वाग्लेले भ्रष्टाचारसम्बन्धी दुई विधेयक संसद्मा प्रस्ताव गर्ने अवसर पाएका थिए । २०५८ जेठ ८ मा विघटित प्रतिनिधिसभाको अन्तिम बैठकले यो विधेयक पारित गरेको थियो । भ्रष्टाचारविरुद्ध आममानिसले तिखो आलोचना गरेपछि नौ दिनकै बीचमा कानुन पारित भएको थियो, अनौठो लाग्ने गरी । नत्र एउटा विधेयक पारित हुन महिनौं लाग्ने गथ्र्याे ।

जतिबेला विधेयक पारित हुँदै थियो, त्यही दिन वाग्लेको अनुहारमा चमक हराएको थियो । प्रतिनिधिसभाले स्वयं कर घोषित रकम पनि छानबिनको दायरामा पार्ने प्रावधान पारित गरेको थियो । तर राष्ट्रिय सभामा त्यसलाई छानबिनको दायरामा नपार्ने गरी संशोधन प्रस्ताव ल्याइएको थियो । वाग्ले राष्ट्रिय सभाको संशोधन 'यथावत्' पारित गर्ने पक्षमा थिए ।

मन्त्रीको इच्छाविपरीत राष्ट्रिय सभाबाट संशोधित प्रस्ताव अस्वीकृत गरी प्रतिनिधिसभाले 'ऐतिहासिक स्वरूप' प्रदर्शन गर्दै पारित गरेको थियो । मन्त्रीको अडान र राष्ट्रिय सभाको संशोधनको विपक्षमा उभिएको थियो, प्रतिनिधिसभाको सिंगो मत । वाग्ले 'बञ्चरो' आफैंमाथि लाग्न सक्ने अड्कल काटेर हो वा संयोग हो, मन्त्री हुँदाहुँदै पनि मतदानमा अनुपस्थित रहे ।

अरू पनि त्रस्त

सर्वाेच्च अदालतले वाग्लेले भ्रष्टाचार गरेको ठहर गरेपछि विचाराधीन मुद्दाका अभियुक्तहरू फन्दामा पर्ने सम्भावना बढेको छ । अख्तियारले राजनीतिकर्मी र कर्मचारी गरी ६३ जनाले अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

हदम्याद गुज्रेका आधारमा सफाइ दिने विशेष अदालतको निर्णयलाई त्रुटिपूर्ण ठहर्‍याउँदै सर्वाेच्चले सफाइ पाइसकेका हकमा पनि मुद्दा केलाउने आदेश दिइसकेको छ । विशेष अदालतले 'हदम्याद' देखाई मुद्दाको तथ्यभित्रै प्रवेश नगरी पूर्वमन्त्री गोविन्दराज जोशीसहित पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जनको अभियोग लागेकाहरूको मुद्दा खारेज गरेको थियो । पदबाट बाहिरिएको एक वर्षभित्रै मुद्दा दायर गर्नुपर्ने 'असान्दर्भिक' तर्कका आधारमा सफाइ दिने नीति विशेषले लिएको थियो ।

वाग्लेझैं डेराबाट मन्त्री भएकाहरू र्फकंदा मार्बल बिछ्याएको आफ्नै तीनतले भवनमा सर्नेको संख्या अधिक

छ । तर अहिलेसम्म कारबाहीको फन्दामा पर्ने वाग्ले एकमात्र 'अभागी' बनेका छन् । विशेष अदालतले अस्वाभाविक सम्पत्तिवालाकै पक्षमा फैसला गर्न थालेपछि अख्तियारले धेरैलाई मुद्दा नचलाई अनुसन्धान 'तामेली' -थन्काउने) मा राख्ने नीति लिएको थियो ।

२०५८ मा गठित उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोगले ६ सय २ जनाको सम्पत्तिमा 'कैफियत' देखाउँदै छानबिन गर्न सिफारिस गरेको थियो । केही समय निकै उत्साहित तबरमा छानबिन अघि बढाए पनि पछि अख्तियार सुस्त भएको थियो ।

२०५८ फागुन २० मा शेरबहादुर देउवा सरकारले २०४८ यतामात्रै सरकारी सुविधा भोग गर्नेको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । पञ्चायती शासनकालमा सत्ता र शक्ति दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउनेहरू चोखिएका छन्, राणाहरू चोखिएझैं । त्यो घोषणापछि पञ्चायतकालमा अकुत कमाउनेहरू 'साहूमहाजन' भए र उनीहरूको सम्पत्ति पुख्र्याैली बन्यो, जसरी राज्यस्रोत आफैंमा केन्दि्रत गर्ने राणाका सम्पत्ति चोखा बने ।

पञ्चायत र प्रजातन्त्र दुवै कालमा सरकारी सम्पत्तिमा मस्ती गर्ने राप्रपाका नेतालाई अख्तियारले 'पवित्र' नै देख्यो, रवीन्द्रनाथ शर्माबाहेक । त्यतिबेला अख्तियारले एमाले र राप्रपाप्रति नरम नीति अपनाएको टिकाटिप्पणी नआएको होइन । २०५४ चैत ४ मा एमाले विभाजन हुँदा एकले अर्काको अधिक सम्पत्ति कमाएको पोल नखुलाएका पनि होइनन् । एमालेका नेताहरूले भनेका थिए, 'आउँदा माग्ने जस्ता उनीहरू पार्टीमा बसेर धनाढ्य, सुविधाभोगी बनेर त्यो पचाउनलाई पार्टी फोरेर गएका

हुन् । सुरासुन्दरीको उपयोग गर्ने ती नवधनाढ्यहरूको विरोध भित्रै हुन थालेपछि पार्टी फोरेका हुन् ।' यसरी पोलापोल हुँदा पनि एमालेका कुनै नेताविरुद्ध अख्तियारले छानबिन अघि बढाएन । माले एमालेमा विलय भएपछि एमाले केन्द्रीय समितिले 'भ्रष्टाचारी भनेको' मा आत्माआलोचना गर्‍यो । एमाले स्थायी कमिटीको २०५९ मंसिर ४ को बैठकले 'वामदेव गौतममाथि लगाएको भ्रष्टाचारको आरोप फिर्ता लिने' निर्णय गरेको थियो । दुनियाँकै इतिहासमा नदेखिने र नसुनिने शैली एमालेले देखायो, पार्टीले निर्णय गरेपछि 'भ्रष्ट नेता' हरू 'पवित्र' भए । गौतमले २०५७ मा भ्रष्टाचारी घोषणा गरी आफ्नो मानहानि गरेको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेका थिए ।

भ्रष्ट राजनीतिकर्मीमाथि कारबाही नहुँदा त्यस्तै कार्य गर्न धेरैको मनोबल बढ्दै आएको छ ।
अरु यता >>

काठमाडौँमा भूकम्प गइहाल्यो भने....

भूकम्पबाट हुने मानवीय क्षतिका हिसाबले विश्वकै सबैभन्दा जोखिमपूर्ण सहर काठमाडौंमा अकस्मात त्यस्तो त्रासदी आइहाल्यो भने? प्रहरी प्रधान कार्यालयका एसएसपी रणबहादुर चन्दका अनुसार ६० हजार संख्यामा रहेका प्रहरीसँग आपतकालीन स्थितिमा उद्धार गर्न हेलिकप्टर त परै जाओस्, तत्काल काठ र रुख काट्न आवश्यक 'चेन सअ' पनि छैन।

'उपत्यकामा १५ तल्लाभन्दा ठूला भवन बनिरहेका छन् तर चौथो तलामाथिको आगो निभाउन दमकल र क्रेन सरकारसँग छैन,' भूकम्पसम्बन्धी एक कार्यक्रममा चन्दले बुधबार भने, 'आपत आइहाले सरकारी संयन्त्रसँगै लाखौं जनता एकैचोटि उद्धारमा जुट्नेछन् भन्ने आशामात्रै हामीसँग छ।'

सुरक्षाकर्मीसँग न गतिला क्रेन छन्, न पर्याप्त डोजर। न दमकल, न क्रंकिट फुटाउने स्क्याभेटर। भूकम्पपछिको अवस्थासँग जुध्न चाहिने ससाना उपकरण पनि छैनन्।

युरोपेली आयोगले छ वर्षअघि गरेको एक अध्ययनअनुसार काठमाडौं भूकम्पले हुने मानवीय क्षतिका दृष्टिले संसारकै सबैभन्दा जोखिमयुक्त सहर हो। लगातारको भूकम्पले ध्वस्त भएको दोस्रो जोखिमपूर्ण सहर मध्य अफ्रिकी राष्ट्र एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरभन्दा काठमाडौं छ गुनाबढी खतरापूर्ण रहेको अर्को सरकारी अध्ययनमा उल्लेख छ।

सशस्त्र प्रहरी निरीक्षक नवराज तामाङले कार्यक्रममा बताएअनुसार १३ हजार जवानले दैवी प्रकोप विपद व्यवस्थापन तालिम पाए पनि उपकरण अभाव छ। सशस्त्रले चितवन कुरिनटारमा आपतकालीन उद्धार तालिमकेन्द्र बनाए पनि त्यस्तो अवस्थामा कंक्रिट संरचना काट्न चाहिने 'रोटरी रेस्क्यु सअ' जस्ता साना उपकरण पनि नभएको उनले जानकारी दिए। कंक्रिट काट्न प्रयोग हुने यो यन्त्रलाई जापानमा १ लाख ५० हजार रूपैया पर्ने उनले बताए।

सशस्त्रले २ हजार ५ सयको एक जत्थालाई आपतकालीन उद्धारका लागि जुनसुकै बेला परिचालन गर्ने पञ्चवर्षीय योजना बनाएको छ।

भूकम्प प्रविधि राष्ट्रिय समाजका प्राविधिक गणेश जिमीका अनुसार नेपाल भारतीय र तिब्बती प्लेट जोडिएको सन्धिस्थल भएकाले सारा मुलुक नै भूकम्पीय जोखिममा छ।

आपतकालीन उद्धारका लागि काठमाडौं महानगरपालिकामा २ सय ६, महानगरपालिकाबाहिर २ सय ३१ र ललितपुर उपमहानगरपालिकामा १ सय ७७ खुला ठाउँ पहिचान गरेर प्रयोग गर्न स्थानीयसँग सहमति भएको समाजले जानकारी दिएको छ। उसका अनुसार काठमाडौंका ९० प्रतिशत भवन भूकम्पबाट बच्न नसक्ने खालका छन्।

गृह मन्त्रालय र जाइकाले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनका अनुसार नब्बे सालको ८ दसमलब ४ रेक्टरस्केलको भूकम्प दोहोरिए उपत्यकामा मात्र ४० हजार मानिसको मृत्यु हुने, ९५ हजार घाइते हुने र ६० प्रतिशतभन्दा बढी घर ध्वस्त हुने सम्भावना छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार अव्यवस्थित सहरीकरणले क्षतिको मात्रा बढाउने छ। 'भएका जोखिम घटाउने र सम्भावित खतराबाट बच्न पूर्वतयारी गर्न भने सकिन्छ,' उनले भने।

चट्टानरहित भूबनावट, निर्माण आचारसंहिताविपरीत बनेका अधिकांश भवन, सहरी क्षेत्रको जनघनत्व पाँच गुना बढी, साँघुरा गल्ली र सडक, व्यवस्थापनसम्बन्धी सामग्री, ज्ञान र पर्याप्त उद्धार स्थान अभावले काठमाडौं विश्वकै अत्याधिक जोखिमक्षेत्र बनेको हो।
अरु यता >>

Wednesday, March 16, 2011

लोडसेडिङले सुपरमार्केटका सञ्चालक को ज्यान लियो

लोडसेडिङको अध्यारोमा झुक्किएर सिसाको ढोकामा ठोक्किदा जेमिनी सुपरमार्केटका सञ्चालक ४५ वर्षीय जगदिश मास्केको ज्यान गएको छ। सोमबार बेलुका आठ बजे लोडसेडिङको समय सकिएपछि बत्ति बाल्न स्विच अन गर्न हिँडेका उनी सुपरमार्केटमा रहेको सिसाको ढोकामा ढोक्किएर गम्भीर घाइते भएका थिए।

ढोकाको सिसाले देब्रे पेट काटिएका उनलाई श्रीमती सबिना र सुपरमार्केटका कर्मचारीले उपचारका लागि ओम अस्पताल पुर्‍याए पनि तिब्र रक्तश्रावका कारण उनको मृत्यु भएको थियो। मास्केका परिवारले 'दुर्घटनाका कारण मृत्यु भएको' जाहेरी दिएर मंगलबार दाहसंस्कार गरेका छन्।

मास्केका परिवारको जाहेरी अनुसार लोडसिङको समयमा जेनेरेटर चलाएर सुपरमार्केटका केही स्थानमा बत्ति बालिएको थियो। सुपरमार्केटमा शाक्यकी श्रीमती र १० जना कामदार थिए भने एन्जोली नामकी विदेशी ग्राहक किनमेल गर्दै थिइन्। बेलुका आठ बजे लोडसेडिङको समय सकिएपछि बत्ति आयो। कोही कर्मचारीसँगै सुपरमार्केटमा काम गरिरहेका मास्केले कर्मचारी रघुनाथ चौधरीलाई जेनेरेटर बन्द गरेर दक्षिणतिर रहेको विद्युतको मुख्य स्विच अनगर्न दौडदै गएका थिए।

काउन्टरमा कर्मचारी रेश्मा लामा बसिरहेकी थिइन्। एक्कासी केही पड्केको आवाज आएपछि हेर्न जाँदा मास्के ठोक्किएर फुटेको सिसाको ढोकामा अड्केका थिए। सिसाले देब्रे कोखा काटेर गम्भिर घाईते भएका मास्केले 'मलाई छिटो अस्पताल लैजाउ' मात्र भन्न भ्याए। सुपरमार्केटका २ जना कर्मचारी र मास्केकी श्रीमतीले ट्याक्सीमा राखेर ओम अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बौद्ध बृत नजिकै रहेको जेमिनीमा ठुलो आवाज आएपछि जेमिनीका सञ्चालक मास्केलाई गोली हानेको हल्ला भएको थियो। प्रहरी घटनास्थलमा पुगेर अवलोकन गरेपछि दुर्घटना भएको खुलेको थियो। बौद्ध प्रभागका डिएसपी पवन गिरीले भने 'पहिला त गोली चलेको हल्ला आएको थियो। घटनास्थलमा पुग्दा अध्यारोमा ठोक्किएर सिसाको ढोकामा ठोक्किदा दुर्घटना भएको रहेछ।'

दैनिक हिँडिरहने ठाउँ भएकाले अभ्यस्त बनेका मास्के अँध्यारैमा हिँडेर स्विच अन गर्न जांदा प्राय खुल्लै रहने सिसाको ढोका बन्द हुँदा उनी झुक्किएर ठोक्किएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ। डिएसपी गिरीले भने 'घटना भएको समयमा घटनास्थल अँध्यारो रहेकाले मास्केले ढोका बन्द हो कि खुल्ला ठम्याउन नसक्दा दुर्घटना भएको देखिन्छ।'

घटनास्थलको प्रकृति, प्रत्यक्षदर्शीको बयान र मास्के परिवारको जानकारीको आधारमा घटना शंकास्पद नदेखिए पनि अनुसन्धान भने सुरु गरिएको डिएसपी गिरीले बताए। उनले भने 'अहिलेसम्म खुलेका तथ्यबाट घटना शंकास्पद देखिएको छैन, पोष्टमार्टम रिर्पोट आएपछि घटनामा प्रत्यक्षदर्शी र परिवारका सदस्यहरुबाट अनुसन्धान सुरु गछौं।'
अरु यता >>

आमाद्धारा छोराको हत्या

खलंगा ६ स्यानीपनेरी निवासी एक २५ बर्षिया महिलाले आफनै ६ महिने छोराको हत्या गरेकी छिन् । २५ बर्षिया चिजमाली बिकले ६ महिने छोरा सुनिल बिक.को राति सुतेको समयमा घाँटी थिचेर हत्या गरेकी हुन् । चिजमाया बिकले छोराको हत्या गरेको बारेमा केही खुल्न सकेको छैन ।

समय समयमा पागलपनको दौरा पर्ने गर्दै आएकी उनले त्यसैका कारण हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । तिन छोरी रहेकी चिजमाया बिकको सुनिल एक मात्र छोरा हुन् । उनले छोराको हत्या गरेको समेत प्रहरी सामु स्विकार गरेकी छिन् ।

छोराको हत्या गरेको अभियोगमा अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ भने मृत सुनिलको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अरु यता >>

Tuesday, March 15, 2011

'मुन्नी बदनाम हुई...' गिनिज बुकमा


हिन्दी फिल्म 'दबंग' को सुपर हिट आइटम नम्बर 'मुन्नी बदनाम हुई...' गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएको छ । सबैभन्दा धेरै व्यक्तिले एकै पटक नाच्नमा उक्त गीतले कीर्तिमान राखेको हो ।

सलमान खान अभिनीत 'दबंग' लाई सुपरहिट बनाउनमा ठूलै भूमिका खेलेको 'मुन्नी बदनाम हुई...' मा एक हजार दुई सय जना तीन मिनेटसम्म नाचेका थिए । अस्ट्रेलियाको मेलबर्न पार्कमा गत सप्ताहान्त आयोजित कार्यक्रममा डान्सको अगुवाइ मलाइका अरोडा खानले नै गरेकी थिइन् । 'दबंग' मा 'मुन्नी' बनेकी उनले गत आइतबार विश्व कीर्तिमानको प्रमाणपत्र हात पारेकी छन् ।

अस्ट्रेलियामा हिन्दी फिल्मको बजार बढाउन गरिएको 'इन्डियन फिल्म फेस्टिभल ः बलिउड एन्ड बियोन्ड' कार्यक्रम गरिएको थियो । फिल्म फेस्टिभलका प्रमुखले भने, 'यति मीठो गीतमा यति धेरै डान्सरहरूलाई एकैसाथ तालमा ताल मिलाएर नाचेको हेर्दा धेरै रमाइलो भयो ।' रेकर्ड बनाउनमा बलिउडका कोरियोग्राफर शियामक डाबर डान्स एकेडेमीका कलाकारहरूले मलाइकालाई साथ दिएका थिए । मेलबर्नअघि यही गीतमा सिंगापुरमा एक हजार आठ कलाकार नाचेका थिए ।

'मुन्नी...' को कीर्तिमानबारे मलाइकाका पति तथा 'दबंग' का निर्माता/अभिनेता अरबाज खानले ट्वीटरमार्फत फ्यानहरूलाई जानकारी गराएका थिए । उनले लेखेका थिए, 'मुन्नी गिनिज वल्र्ड रेकर्डमा परेको छ ।' उक्त कार्यक्रममा मलाइकालाई हेर्नेमध्ये अरबाज र उनीहरूका छोरा, अभिनेत्री विद्या बालन र जुही चावलासमेत थिए ।
अरु यता >>

विश्व मा एक सेकेन्डमा २ लाख एसएमएस

विश्वभरका मोबाइल प्रयोगकर्ताले एक सेकेन्डमा कति वटा एसएमएस पठाउलान् ? तपाईलाई लाग्ला केही हजार एसएमएस । तर संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) कोे एक प्रतिवेदन अनुसार एक सेकेन्ड २ लाख मोबाइल सन्देश आदानप्रदान हुन्छ ।

आइटियुको २०१० को प्रतिवेदन अनुसार तीन वर्षको अवधिमा मोबाइलबाट पठाइने सन्देशको संख्या तीन गुणा बढेको छ । सन् २००७ मा एक सेकेन्डमा लगभग १ अर्ब ८० अर्ब एसएमएस पठाइन्थो । अहिले यो बढेर ६ खर्ब १० अर्ब पुगेको छ ।

यस्तै प्रतिवेदनले सन् २०१० सम्म अहिले विश्वभर मोबाइल प्रयोगकर्ताको संख्या ५ अर्ब ३० करोड पुगेको जनाएको छ । जसमध्ये विकासोन्मुख देशमा ३ अर्ब ८० करोड मोबाइल प्रयोगकर्ता छन् । यस्तै इन्टरनेट प्रयोगकर्ताको संख्या २ अर्ब पुगेको छ । 'विश्वका ९० प्रतिशतभन्दा बढी जनसंख्या मोबाइल नेटवर्कको पहुँचमा छ,' प्रतिवेदनले भनेको

छ । आइटियुका अनुसार ९४ करोड मानिसको पहुँच तेस्रो जेनेरेसनको नेटवर्क -थि्रजी) मा छ ।

विकासोन्मुख मुलुकमा भएको मोबाइल नेटवर्क विस्तारले सन् २०१० मा ती मुलुकको औसत मोबाइल प्रयोगकर्ताको संख्या ७३ प्रतिशत पुगेको छ । सन् २००५ मा विकासोन्मुख मुलुकको मोबाइल घनत्व ५३ प्रतिशत पुगेको छ ।

भारत र चीनको सन् २०१० मा मात्र ३० करोड मोबाइल प्रयोगकर्ता थपिएका छन् । यस्तै अपि|mकामा मोबाइल प्रयोगकर्ताको संख्या ७६ प्रतिशत पुगेको छ । विकसित मुलुकमा भने एक वर्षको अवधिमा मोबाइल प्रयोगकर्ताको १ दशमलव ६ प्रतिशतले मात्र बढेको छ । 'विकासोन्मुख मुलुकमा एक सय उपभोक्ताले १ सय १६ वटा मोबाइल सिम लिएका छन्,' आइटियुले जनाएको छ ।

सन् २०१० मा अपि|mकामा इन्टरनेट प्रयोगकर्ताको संख्या वृद्धि भने अत्यधिक कम छ । दुई २ अर्ब उपभोक्ता इन्टरनेटको पहुँचमा पुगे पनि त्यसमध्ये १ अर्ब २० करोड विकसित मुलुकका उपभोक्ता हुन् । यस अवधिमा चीन विश्वको सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता भएको मुलुक बनेको छ । जसमा ४२ करोड इन्टरनेट उपभोक्ता

छन् । सन् २०१० मा इस्टोनिया, फिनल्यान्ड र स्पेनले आफ्ना नागरिकले कानुनी अधिकारमा इन्टरनेटको पहुँच भएको घोषणा गरेका छन् ।

आइटियुका अनुसार सन् २०१० मा २२ करोड ६० लाख अनलाइन प्रयोगकर्ता थप भएका छन् । जसमा १६ करोड २० लाख विकसित देशका छन् । तर विकासोन्मुख देशमा इन्टरनेट सम्पर्क २१ प्रतिशत जनता छन् । तर विकसित देशमा यो दर ७१ प्रतिशत छ ।

सन् २०१० मा आइपुग्दा विश्वका १ सय ४३ देशमा थि्रजी सेवाको व्यावसायिक सुरुवात भएको छ । स्विडेन, नर्वे, युक्रेन र अमेरिकाले थि्रजीभन्दा उच्च गतिको ब्रोडब्यान्ड सेवा एजिएन अर्थात फोरजी सुरु गरेका छन् । प्रतिवेदन अनुसार २०१० मा विश्वभरका १ अर्ब ६० करोड मानिस घरबाटै इन्टरनेटको पहुँचमा पुगेका छन् ।
अरु यता >>

Monday, March 14, 2011

भुकम्प आइहाल्यो भने नेपालको तयारी कति ?

काठमाडौं शहर विश्वमै उच्च भुकम्पीय जोखिममा रहेको कुरा सार्वजनिक भैरहेको वेला सरकारले भने भुकम्पीय जोखिम न्युनिकरणका लागि कुनै पनि तयारीहरु गरेको छैन। नेपालमा भुकम्पीय उच्च खतरा रहेको भन्दै विभिन्न देश तथा अर्न्तराष्ट्रिय दातृ निकायले उच्च चासोका सहयोग दोव्वर रहँदा जिम्मेवार निकायहरु भने भुकम्प आइहालेमा कसरी उद्धार गर्ने भन्ने पुर्वाधारहरुको तयारी गरेका छैनन्।

'उच्च जोखिम रहेपनि तत्काल भुइँचालो आइहालेमा उद्धार गर्ने ठाउँहरुको पहिचान गर्न सकिएको छैन,' गृहमन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने 'यस सम्वन्धमा विभिन्न निकायहरुसंग छलफल चलिरहेको छ। उनले काठमाडौंको कोर क्षेत्रमा भुकम्पीय जोखिम ज्यादै भएपनि त्यहाँ खाली ठाउँ उपलव्ध नभएको उनको भनाई छ।

हाल गृहमन्त्रालयले युनिसेफ, रेडक्रस, आइओएम लगायतका अर्न्तराष्ट्रिय निकायहरुसंग साझेदारी गरेपनि राजधानीमा कति घरहरु जोखिममा छन भन्ने समेत पहिचान हुन सकेको छैन। खनालले जुनसुकै समयमा आउन सक्ने भुकम्पीय सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरीलाई तालिम दिने काम भैरहेको जानकारी दिए। 'भुकम्प आइहालेमा उद्धार गर्न का लागि सेना र प्रहरीलाई अभ्यास गराउँदैछौं ' खनालले भने।

गृहमन्त्रालय मात्र होइन शहरीकरणको व्यवस्थापन र शहरमा बन्ने घरहरु भुकम्प प्रतिरोधात्मक हुनुपर्ने नियम भएपनि उपत्यकाका तिनै शहरमा यो नियम लागु गराउन सकेका छैनन्। नेपालमै सवैभन्दा भुकम्पीय दृष्टीकोषले असुरक्षित मानिने काठमाडौं , ललितपुर र भक्तपुरहालसम्म कुनै कामहरु अघि बढन सकेका छैनन्। काठमाडौं उपत्यका नगरविकास समितीका अध्यक्ष डा. भाइकाजी तिवारी हाल बनेको नियम कार्यान्वयन आउनमा नसक्दा समस्या देखिएको बताउँछन्। 'भुकम्प न्युनिकरणको मुख्य उपाय पुराना जोखिमयुक्त घरहरुको विस्थापन हो।' तिवारीले भने 'तर यो असम्भव छ।' उनले काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका र ललितपुर उपमहानगरपलिका भित्रै यस्ता घरहरुको संख्या बढी भएकाले र यिनै क्षेत्रमा खाली जग्गा नभएकोले समस्या भएको बताए।

सवैभन्दा जोखिमयुक्त घर काठमाडौं महानगरपालिकामा भएपनि उसले हालसम्म भुकम्पीय जोखिम न्युनिकरणका लागि कुनै काम त के कुनै अध्ययन समेत गरेको छैन। महानगरपालिका शहरी विकास विभाग प्रमुख देवेन्द्र डंगोल भुकम्पीय जोखिम हटाउन हालसम्म कुनै काम नभएको स्विकार्छन्। 'हालसम्म कुनै कामै हुन सकेको छैन।' डंगोलले भने।
हाल भुकम्पीय जोखिम न्युनिकरणका लागि काम गर्दै आइरहेको संस्था भुकम्प प्रविधी राष्ट्रिय समाजले केही दातृ निकायहरुसंग मिलेर गृहमन्त्रालयले केही तयारी गर्दै आइरहेपनि पुर्वाधारको अभावमा कार्यक्रमहरु लागु हुन नसकेको बताउँछ। समाजका कार्यकारी निर्देशक आमोदमणी दिक्षित भुकम्पीय जोखिममा परेका घरहरु विस्थापनको काम ज्यादै जटिल भएकाले अव यदि भुकम्प आइहालेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताउँछन्। उनका अनुसार अहिलेकै अवस्था रहने हो भने काठमाडौंमा सामान्य भुइचालोबाट पनि लाखौं धनजनको क्षती हुन्छ। 'भुकम्प आइहालेमा उद्धार गर्नका लागि टुडिखेलजस्तै ५० वटा ठुला ठाउँको आवश्यकता पर्छ।' दिक्षितले भने 'सरकार र विभिन्न दातृ निकायहरुले यस्ता ठाउँहरुको पहिचान गर्ने भनिएपनि हालसम्म कुनै ठाउँहरु प्हिचान हुन सकेको छैन। 'उपत्यकामा धेरै ठाउँ खाली छैन।' दिक्षितले भने 'भएका ठाउँ समेत उद्धार गर्नका उपलव्ध हुने किसीमको हुनुपर्‍यो।' यसअघि ललितपुर उपमहानगरपालिकाको सक्रियतामा ललितपुरमा भुकम्प आइहालेमा उद्धार गर्नका लागि तीन वटा ठाउँहरुको पहिचान गरिएको जानकारी उनले दिए। ललितपुरको खुमलटार, वालकुमारी र इन्जिनियर क्याम्पस गरि यहाँ झण्डै ५० हजारको उद्धार हुनसक्ने उनले जानकारी दिए।

उद्धार गर्न खाली जग्गामात्र होइन त्यसक्रममा आवश्यक पर्ने दमकल, खानेपानी, अस्पताल समेत पर्यात नभएको दिक्षितको भनाई छ। 'यसविषयमा विदेशीहरुले समेत उच्च चासो राखेका छन्। ' दिक्षितले भने 'प्रकोप भनेको जुनसुकै समयमा पनि आउनसक्छ त्यसैले सरकार पुर्वाधारहरुको तयारी तर्फ लाग्नुपर्छ।'
अरु यता >>

Sunday, March 13, 2011

आफन्तलाई जापानका नेपालीको सन्देश / हामीलाई यहाँ सन्चै छ

जापानमा गएको महाभूकम्प र त्यसबाट सिर्जित सुनामी छालबाट १ हजार ३ सयभन्दा बढीको ज्यान जाँदा त्यहाँ रहेका नेपालीको स्थितिलाई लिएर नेपालस्थित आफन्तहरु चिन्तित बनिरहेका बेला उनीहरुले नआत्तिन आग्रह गरेका छन्।

जापानमा शुक्रबार गएको भूकम्प र सुनामीबाट नेपालीलाई अहिलेसम्म कुनै क्षति नपुगेको त्यहाँस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली महासंघ एनआरएन ले जनाएका छन्।
जापानमा व्यवसाय रोजगारी तथा अध्ययनका सिलसिलामा १५ हजारभन्दा बढी नेपाली रहेकाले आफन्तहरु अहिले उनीहरुको अवस्थालाई लिएर चिन्तित बनिरहेकामा जापानस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा. दुर्गाबहादुर सुवेदीले शनिबार साँझ नेपाल समाचारपत्रसँगको इमेल सम्पर्कमा हालसम्म कुनै नेपाली पनि हताहत तथा घाइते भएको जानकारी नआएको बताउनुभयो।

उपप्रमुख डा. सुवेदीले नेपालीहरु प्राकृतिक विपत्तिमा परेको अथवा पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी दूतावासको पहलमा भूकम्प तथा सुनामीप्रभावित पीडित नेपाली सहयोग समिति गठन गरिएको जानकारी दिनुभयो।

जापानका लागि नेपाली राजदूत डा. गणेश योन्जन तामाङको अध्यक्षतामा जापानमा कार्यरत विभिन्न नेपाली सामाजिक तथा राजनीतिक संघसंस्थाको आकस्मिक बैठकले उक्त समिति गठन गरेको हो। समितिको प्रमुख सल्लाहकारमा राजदूत तामाङ सल्लाहकारमा एनआरएन केन्द्रीय अध्यक्ष देवमान हिराचन तथा संयोजकमा नियोग उपप्रमुख डा. सुवेदी रहनुभएको छ।
समितिले जापानमा रहेका नेपालीहरुलाई विपत्तिबाट कुनै समस्या परेको भए तुरुन्त दूतावास वा समितिको सम्पर्कमा आउन आग्रह गरेको छ।

एनआरएन अध्यक्ष हिराचनले भूकम्प तथा सुनामीबाट अत्यधिक प्रभावित सेन्डाई क्षेत्रमा करिब १ सय जना नेपाली रहेकामा उनीहरु सबै सकुशल रहेको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो। उहाँले संस्थागत रुपमा व्यक्तिगत तहबाट समेत नेपालीहरुको स्थितिबारे चासो लिइरहेको र अहिलेसम्म नराम्रो स्थिति बेहोर्नुनपरेको बताउनुभयो।

आफूसँग सम्पर्कमा आएका नेपालीहरुले स्वदेशमा रहेका आफन्तलाई भनिदिन आग्रह गरेको सन्देश उहाँले नेपाल समाचारपत्रलाई सुनाउनुभयो- हामी यहाँ सन्चै छौं तपाईंहरुले चिन्ता नलिनुभए हुन्छ। भूकम्प र सुनामीबाट बढी प्रभावित अर्को क्षेत्र मियागी प्रान्तमा २ सयभन्दा बढी नेपाली रहेको दूतावासले जनाएको छ। उक्त क्षेत्रबाट पनि कुनै अपि्रय समाचार सुन्न नपरेको नियोग उपप्रमुख डा। सुवेदीले बताउनुभयो।

जापान सरकारले जापानी विदेश मन्त्रालयमा आपत्कालीन कक्ष स्थापना गरी जापानमा रहेका विदेशी राजदूतावास महावाणिज्य दूतावास र कूटनीतिक नियोगहरुसँग सम्पर्क र समन्वय गरिरहेको छ। जापान सरकारले विदेशी नागरिकहरुमा भएका र हुन सक्ने क्षतिका सम्बन्धमा सूचना तथा सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएकाले नेपालीहरु अप्ठुरो स्थितिमा नरहेको समेत डा. सुवेदीले जानकारी दिनुभयो।

जापानस्थित नेपाली दूतावासले एनआरएन राष्ट्रिय समिति जापान त्यहाँ रहेका विभिन्न संस्था तथा ओसाका र फुकुओकामा रहेका नेपाली अवैतनिक महावाणिज्य दूतावासहरुलाई पनि सक्रिय भई नेपालीहरुसम्बन्धी सूचना र तथ्य जानकारी गराउन आग्रह गरिएको उहाँले बताउनुभयो।
अरु यता >>

Friday, March 11, 2011

दुई पत्नीको चेपुवामा


विवाहित अभिनेता निखिल उप्रेती अभिनेत्री सञ्चिता लुइँटेललाई पनि अपनाएपछि चेपुवामा परेका छन् । न उनी धुमधामसँग विवाह गरेर भित्र्याएकी पत्नी कोपिलालाई छाड्न सक्छन् न त पछिल्ली सञ्चितालाई । सञ्चिताले निखिललाई जेठी पत्नी कोपिलालाई छाड्नुपर्ने दबाब दिएपछि केही दिनयता निखिल तनाबमा परेका हुन् ।

निखिल कोपिला र सञ्चिता दुवैलाई त्याग्न नसक्ने बताउँछन् । 'म एउटालाई छाडेर अर्कोलाई लिएर अघि बढ्न सक्दिनँ,' निखिलले भने । साथीबाट प्रेमिका हुँदै एकअर्कोलाई स्वीकारेका सञ्चिता र निखिल करिब नौ महिना मुम्बईमा सँगै बसेका थिए । अहिले भने उनीहरू सँगै छैनन् । सञ्चिता माइतीमा बस्दै आएकी छन् भने निखिल अहिले सुटिङका क्रममा पोखरामा छन् । कतिपयले त निखिलले कोपिलालाई छाडेर सञ्चितासँग बस्न थालेको अड्कलबाजी पनि गरेका थिए । तर हालै मुम्बईबाट नेपाल आउने क्रममा निखिलले पत्नी कोपिला र डेढ वर्ष छोरासँग तस्बिर खिचेपछि अड्कलबाजी गलत सावित भएको छ । नेपाल आएपछि सुटिङबाहेकको अधिकांश समय उनी पत्नी कोपिलासँग भक्तपुरस्थित घरैमा बस्ने गरेका छन् ।

पोखरामा सुटिङका क्रममा पनि मोबाइलमा कोपिला र उनको दैनिकजसो कुराकानी हुने गरेको छ । यही कुराकानी सञ्चितालाई मन परिरहेको छैन । स्रोतका अनुसार सञ्चिताले निखिललाई कोपिलासँग भेटघाट मात्र नभई बोल्नसमेत निषेध गर्न खोजेकी छन् । सञ्चिताले कोपिलासँगको सम्बन्ध पूरै 'कट' गर्न भने पनि कोपिला भने यसबारेमा केही बोलेकी छैनन् ।

कोपिलासँग टेलिफोनमा सम्पर्क गर्दा 'आफूले अहिले केही नबोल्ने' बताइन् । सञ्चितासँग सम्पर्क गर्न खोज्दा उनी पनि उपलब्ध भइनन् । यसअघि सञ्चिताले निखिलको सम्पत्ति सबै कोपिलाले आफ्नो नाममा पारेको भन्दै विरोध गरेकी थिइन् । तर, निखिलले पत्नीको हैसियतले घरसहितको करिब २ करोडको सम्पत्ति कोपिलाको नाममा रहनु स्वाभाविक भएको बताए । 'कोपिलाले जबरजस्ती गरेर घरसम्पत्ति आफ्नो बनाएकी हैनन्,' निखिलले भने ।
अरु यता >>

दीपिका पादुकोण ननाच्ने


नागपुरमा शनिबार हुने भारत र दक्षिण अफ्रिकाबीचको विश्वकप क्रिकेट म्याचमा बलिउड फिल्म 'दम मारो दम'को शीर्ष गीत सार्वजनिक हुने भएको छ। ४५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने हुनाले विमोचन समारोहमा फिल्मका कलाकारहरू अभिषेक बच्चन, प्रतीक बब्बर, राना दग्गुबात्ती, विपाशा बसु र आदित्य पञ्चोली लगायत सहभागी हुनेछन्।

देव आनन्दको फिल्म 'हरे राम हरे कृष्ण'कै गीतको रिमिक्स हो 'दम मारो दम'को शीर्ष गीत। वर्षकै बहुप्रतीक्षित मानिएको गीतमा दीपिकाले अहिलेसम्मकै ग्ल्यामरस अभिनय गरेकी छिन्। गीत विमोचन खेलको मध्यान्तरमा स्त्रि्कनमा देखाइनेछ।

रोहन सिप्पीले निर्देशन गरेको फिल्म 'दम मारो दम' चैतको दोस्रो साता रिलिज हुँदैछ। निर्माता फक्स स्टुडियोका विजय सिंहले भने, 'बढीभन्दा बढी दर्शकमाझ प्रत्यक्ष पुग्नलाई हामीले नागपुरको खेलमा गीत सार्वजनिक गर्न लागेका हौं।'


फिल्ममा दीपिकाले यही गीतमा मात्र अभिनय गरेकी हुन्। उनले चार दिन लगाएर यो गीतको सुटिङ सिध्याएकी थिइन्। सुटिङपछि उनको थकान मेटाउन फिजियोथेरापिस्टको सहयोग लिइएको थियो।
विश्वकपको दौरानमा गीत सार्वजनिक गर्ने योजना फिल्म युनिटले पहिलेदेखि नै सोचेको भने थिएन। 'गीतमा दीपिकाले लिएको गेटअपको फोटो सार्वजनिक गर्दा मिडियाबाट राम्रो प्रतिक्रिया पाएपछि यसलाई धेरैभन्दा धेरै दर्शकका अगाडि सार्वजनिक गर्ने सोच पलाएको हो,' निर्देशक सिप्पीले भने।

यसअघि खेलकै दौरानमा दीपिकाले प्रत्यक्ष नृत्य देखाउने कार्यक्रम समेत तय गरिएको थियो। तर, भोपालमा 'आकर्षण' फिल्मको सुटिङमा व्यस्त रहेकीले दीपिकालाई पूर्वाभ्यासको समय मिलेन। र, दीपिकाको नृत्य रद्द भएको छ। उनी सार्वजनिक हुने दिनमात्रै नागपुर आइपुग्नेछिन्।
अरु यता >>

जेलमै गोली प्रहार

अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई भेट्न भनी जसजीत सिंह बिहान ११ बजे कारागारको दक्षिणी भागमा रहेको बन्दी भेटघाट टहरामा पुगेका थिए। सोही समय भाइबुहारीसँग भेट गरिरहेका युनुसको छाती ताकेर उनले गोली हानेका थिए। प्रत्यक्षदर्शीका अनुसार सिंहको देव्रेहातमा पेस्तोल देखेपछि भेटघाट कक्षमा खटिएका नाइके वीरबहादुर तामाङ र त्यहीँको सुरक्षामा खटिएका प्रहरी जवान प्रमोदकुमार चौरसियाले धकेलेकाले निशाना चुकेको थियो।

सिंहलाई हस्तक्षेप गर्दा डकैती मुद्दामा सजाय भोगिरहेका तामाङ लडेर घाइते भएका थिए। तामाङको पनि नर्भिकमै उपचार भइरहेको छ।

घटनास्थलमा रहेका कारागारका नाइके र प्रहरी अवरोधका कारण सिंहले प्रहार गरेको गोली कुममा लागेको थियो। युनुसको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। काखीनजिकै गोली लागेका युनुस खतरामुक्त छन्।

कारागारस्रोतका अनुसार जेल प्रशासनले शनिबारबाहेक अन्य दिन बिहान नौदेखि १२ बजेसम्म युनुसलाई आफन्त भेट्न अनुमति दिँदै आएको थियो। बिहीबार उनलाई वीरगन्जबाट आएका भाइ अमिन र बुहारीले भेटेका थिए।

कैदी भेटघाट गराउने सहयोगीहरू शोभराजलाई माइकबाट सिंह भेट्न आएको जानकारी गराउँदै थिए, त्यहीबेला युनुसमाथि गोली प्रहार भएको थियो। सिंहले ज्याकेटको देव्रेखल्तीमा हात हालेर पेस्तोल निकाली ग्रिलमा सामान दिन बनाएको प्वालभित्र हात छिराएर गोली हानिहाले।

प्रहरीले सिंहलाई कारागारभित्रै पक्राउ गरेको थियो। केन्द्रीय कारागारमा गोली चलेको र युनुस घाइते भएको जानकारी आएलगत्तै प्रहरी प्रधान कार्यालयलगायत उपत्यकाका तीनै कार्यालयका प्रहरी घटनास्थल पुगेका थिए।

११ बजे पक्राउ परेका सिंहलाई महानगरीय प्रहरी अपराध महाशाखाको टिमले नियन्त्रणमा लिएर कारागारमै सोधपुछ गर्दा उनका अन्य दुई सहयोगीसमेत भक्तपुर बोडेमा कोठा लिएर बसेको खुलेपछि प्रहरी सिंहलाई लिएर त्यहाँ पुगेको थियो। प्रहरी पुग्नुअघि नै सिंहका सहयोगी सुरेश द्विवेदी र रामु द्विवेदी फरार भएका थिए। प्रहरीले कोठामा खानतलासी लिँदा सिंहको रासनकार्ड र सुरेशको तस्बिरमात्र फेला परेको थियो।

संगठित समूहका सदस्य
प्रहरीले सिंह भारतीय संगठित समूहका सदस्य रहेको दाबी गरेको छ। बिहीबारै आयुक्त कार्यालयमा युनुस गोलीकाण्डको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै प्रहरीले सिंह १५ लाख भारतीय रुपैयाँ र दुई सहयोगी लिएर एक महिनाअघि हत्या योजनासहित नेपाल आएको खुलेको जनाएको छ। प्रहरीले सिंह 'कन्ट्र्याक्ट किलर' रहेको दाबी गर्दै उनले भारतमै हत्या गरेका र गोली प्रहार गरेकाहरूको विवरणसमेत सार्वजनिक गरेको थियो।


महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख अर्जुनजंग शाहीले पत्रकार सम्मेलन गरी प्रारम्भिक अनुसन्धानबाट सिंह दुई महिनादेखि युनुस हत्या योजनामा सक्रिय रहेको दाबी गरे। प्रहरीका अनुसार सिंहले सन् २०११ जनवरीमा दुबईका अली अध्यक्ष नामका व्यक्तिबाट युनुसको हत्याको सुपारी (जिम्मा) लिएको बयानमा जनाएका छन्।


अलीले भारतमै ७ लाख ५० हजार भारतीय रुपैयाँ पेस्की दिएपछि सिंह युनुस हत्याका लागि सहयोगीसहित एक महिनाअगाडि स्थलमार्गबाट काठमाडौं आएको प्रहरीले दाबी गरेको छ।


एआइजी शाहीले सिंहले यसअगाडि भारतको उत्तर प्रदेशमा रामप्रसाद यादव र बृजेश सिंहको हत्या गरेको खुलेको दाबी गरे। उनका अनुसार सिंहले पप्पु यादव, सलिम मुस्तफा र अनिल मेहताको हत्या प्रयास गरे पनि उनीहरू घाइतेमात्र भएका थिए।


सिंह सहयोगीसहित फेब्रुअरी ५ (माघ २२ गते) स्थलमार्गबाट नेपाल आएर दुई सहयोगीसँगै बस्दै आएको प्रहरीले बताएको छ। उनीहरूले योजना बनाउन बोडेमा दुइटा कोठा भाडामा लिएको, तर त्यसअघि २१ दिन कलंकीमा डेरा लिएको प्रहरीको दाबी छ।
शाहीका अनुसार शोभराजलाई भेट्ने बहानामा युनुसको गतिविधि अवलोकन गरी सिंहले बिहीबार हतियारसहित गएर हत्या प्रयास गरेका हुन्।


उत्तरप्रदेशको लखनउस्थित कानपुररोड, सरोजिनीनगर बस्ने ४२ वर्षीय सिंहबाट प्रहरीले घटनामा प्रयोग भएको बेलायतमा बनेको एक थान रिभल्वर, पाँच थान त्यसको गोली र एक थान खोका बरामद गरेको छ। अहिले प्रहरीले घटनाका सहयोगी भनिएका द्विवेदीद्वयको खोजी गरिरहेको छ। प्रहरीले फरार दुवैबारे जानकारी दिनेलाई ५० हजार रुपैयाँ पुरस्कार घोषणासमेत गरेको छ।

कस्तो छ भद्रगोलको सुरक्षा?
अति संवेदनशील स्थलका रूपमा केन्द्रीय कारागारमा कडा सुरक्षा व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजदेखि नेपाली 'डन' हरूसम्मलाई यहीँ राखिएको छ। यहाँ कैदी भेट्न आउनेले विभिन्न चरणमा सुरक्षा जाँच पार गर्नुपर्छ।

खैनी, बिँडी, चुरोट, लाइटर, मोबाइलजस्ता सामान बाहिरै राखेर मात्र भित्र कैदीलाई भेट्न दिइन्छ। यस्तो अवस्थामा कसरी हतियार भित्र लग्न सिंह सफल भए, गम्भीर प्रश्न छ।
घटनास्थलस्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार उनी चेन गेटभित्र युनुस र बाहिर उनलाई भेट्न भनी आएका थिए। सिंहले चेनगेटभित्रै हात घुसाएर पेस्तोलबाट गोली प्रहार गरेका हुन्।

डिएसपीको कमान्डमा करिब सय प्रहरीको सुरक्षा घेरामा रहेको केन्द्रीय कारागारमा तीनवटा चेकिङ प्वाइन्ट पार गरेर युनुसमाथि गोली प्रहार भएपछि त्यहाँको सुरक्षा रणनीति नांगिएको छ।

कैदी भेट्न आएका व्यक्ति आधुनिक हतियारसहित उनी कैदी भेटघाटकक्षसम्म पुग्दासमेत कारागार सुरक्षाका लागि आधुनिक उपकरणसहित तीन तहमा खटिएका सुरक्षाकर्मीले पत्तो पाएनन्।

प्रहरीले भने सिंहले भित्री कट्टुमा हतियार लुकाएर राखेकाले पत्ता लगाउन नसकिएको दाबी गरेको छ। पत्रकार सम्मेलनमा सिंहको ज्याकेटका दुवै खल्तीमा रहेको प्वाल देखाउँदै एआइजी शाहीले 'गुप्तांगनजिक सानो आकारको हतियार राखेर भित्र प्रवेश गरेपछि ज्याकेटभित्र हात छिराएको बहाना गरी पेस्तोल निकालेर प्रहार गरेको बताए पनि सुरक्षामा त्रुटि भएको स्विकारे।

अभियुक्तले तीनवटा सुरक्षा पोस्ट पार गरेर त्यहाँ पुगेको थियो। कारागार प्रहरीले आगन्तुकको साथमा रहेको सामान्य सामाग्री समेत साथमा लैजान दिँदैन। त्यस्तो स्थानमा सिंहले सहजै आधुनिक पेस्तोल कसरी लगे?

कारागारका कैदीलाई भेट्न जानेमाथि प्रहरीले कहाँ जाने, कसलाई भेट्नेजस्ता जानकारी लिन्छ र दायाँतर्फको चेकिङ प्वाइन्ट पुर्‍याउँछ। महिला र पुरुष आगन्तुकको शरीर खानतलासी लिने, उनीहरूको साथमा रहेका मोबाइललगायत सामग्री सोही स्थानमा राखेपछिमात्र आगन्तुकलाई बन्दी भेट्न भेटघाट कक्ष जान दिइन्छ। ठूला अभियोगका अपराधीको हकमा ड्युटी अफिसरलाई भेटेर बेग्लै अनुमति लिनुपर्ने व्यवस्था छ।

केन्द्रीय कारागारका जेलर क्षेत्रबहादुर भण्डारीले घटनाबारे केही बोल्न चाहेनन्। घटनालगत्तै उनको कार्यकक्षमा पुगेका पत्रकारसामु उनले मुन्टोसम्म उठाउन सकेनन्। प्रहरीले भने कारागार सुरक्षामा त्रुटि रहेको स्विकार्दै प्रहरी सहायक निरीक्षक लक्ष्मण भण्डारी, प्रहरी जवान मनोजकुमार कार्की र तिलकराज चौधरीलाई बिहीबारै निलम्बन गरेको छ। एआइजी शाहीले भने, 'सुरक्षा लापरबाही भएकै हो, हामीले त्यसलाई समेत अनुसन्धानको दायरामा ल्याएका छौं।'

तर कारागारस्रोत बिहीबारको घटनामा कारागार सुरक्षाका माथिल्लो तहका प्रहरी अधिकारीहरूसमेत संलग्न देखिएको दाबी गर्छ। ती अधिकारीले भने, 'सामान्य त्रुटिबाटमात्र यो घटना भएको होइन, माथिल्लै तहको संलग्नता देखिन्छ।'

केहीअघि अर्का बन्दी चक्रे मिलनले केन्द्रीय कारागारभित्रैबाट आपराधिक सञ्जाल चलाउने गरेको र अर्का अभियुक्त टासी लामाले लागूऔषध कारोबार गरेको खुलेको थियो। दुवै घटना सार्वजनिक भएलगत्तै आयुक्त कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखाले कारागारका कैदी र कैदी भेट्न आउने आगन्तुकमाथि निगरानी बढाएको दाबी गरेका थिए।

जमिमकै निरन्तरता
एक वर्षअघि सञ्चार उद्यमी जमिम शाहको हत्या छानबिनका लागि गठित प्रहरी र न्यायिक टोलीले दिएको प्रतिवेदनमा युनुसको हत्या गर्न आएकाहरूले शाहको हत्या गरेको उल्लेख छ।

प्रतिवेदनमा नक्कली भारु कारोबारमा संलग्न आरोपमा युनुस पक्राउ परेपछि सिंहदरबार प्रभाग हिरासतमा रहँदा एकपटक र काठमाडौं जिल्ला अदालत लैजाने क्रममा चारपटक युनुसको हत्या प्रयास भएको उल्लेख छ।

युनुस नक्कली भारु र लागूऔषध कारोबार अभियोगमा गत वर्ष पुस १८ गते पक्राउ परेका थिए भने माघ २४ गते लाजिम्पाटमा शाह मारिएका थिए।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पक्राउ अभियुक्त प्रकाश क्षेत्रीलगायतले काठमाडौं जिल्ला अदालतमा चारपटक युनुसमाथि आक्रमणको प्रयास गरे पनि भिड र बढी प्रहरी भएकाले नसकेको बयान दिएका थिए।

जमिम हत्या अनुसन्धानमा गठित न्यायिक समितिसँगको बयानमा युनुस आफैंले जमिम हत्यामा संलग्न मोहम्मद बकार आफूलाई सिंहदबार प्रभागमा भेट्न आएको बताएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले युनुसमाथि बिहीबार भएको गोली प्रहार जमिम हत्याकै निरन्तरता भएको बताए। 'सिंहको बयान र जमिम हत्याको अनुसन्धानबाट सोही समूह पुनः नेपालमा सक्रिय देखिएको छ,' ती अधिकारीले भने।

सिंहले आफुलाई दुबई बस्ने एक व्यक्तिले युनुसको हत्याका लागि नेपाल पठाएको दाबी गरे पनि उनको सम्बन्ध भारतीय कारागारमा रहेको बब्लु श्रीवास्तवसँग रहेको देखिएको ती अधिकारीले बताए। श्रीवास्तव २०५५ मा भएको मिर्जा दिलसादवेग र २०६६ मा भएको जमिम हत्याका योजनाकार रहेको प्रहरीले दाबी गर्दै आएको छ।

जमिम हत्यालगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोली बब्लुसँग घटना सम्बन्धमा जानकारी लिन भारत पुगेको थियो। तर, भारतीय प्रहरीले बब्लुसँग भेट्ने अनुमति दिएको थिएन। प्रहरीले जमिम हत्यामा संलग्न भारतीय नागरिक त्रिलोक सिंहसँग सिंहको सम्बन्ध रहेको दाबीसमेत गरेको छ।

नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने, 'भारतीय प्रहरीको सुरक्षा घेरामा रहेका एक अपराधीले पटक पटक नेपालीको हत्या योजना बनाउँछन् र आफ्ना व्यक्ति नेपाल पठाउँछन्, तर भारतीय पक्षलाई जानकारी छैन भनेर कसरी मान्ने?'

शोभराज पनि अनुसन्धान दायरामा
कारागार व्यवस्था विभागका अनुसार गोलघरमा राखिएका बन्दीलाई परिवारका सदस्य र कानुनी सहयोगीबाहेक अन्य नातेदारलाई समेत सहजै भेट्न दिइन्न। तर, शोभराजसँग कुनै सम्बन्ध नभएका भारतीय सिंहले २१ दिनदेखि निरन्तर भेटिरहेका थिए।

प्रहरीस्रोतका अनुसार प्रारम्भमा सिंहले शोभराजकी कानुनी सल्लाहकार शकुन्तला थापासँगै शोभराजलाई भेटेका थिए। पछिल्लो समय भने उनी एक्लै कारागार गएर शोभराजलाई भेट्ने गरेका थिए। तर यी दुवैको भेटको प्रयोजन भने खुल्न सकेको छैन।

जेलस्रोतका अनुसार सिंहले बेखाबखत अपहरणको अभियोगका केन्द्रीय कारागारमै रहेका अमर टन्डनसँग समेत भेट गर्दै आएका थिए। एआइजी शाहीले पक्राउ अभियुक्त सिंहले शोभराजसँग निरन्तर भेटघाट गरेको पुष्टि भएकाले युनुस घटना सम्बन्धमा शोभराजलाई समेत अनुसन्धानको दायरामा राखिएको बताए।

कारागार व्यवस्था विभागका प्रमुख दुर्गाप्रसाद भण्डारीले नियमअनुसार गोलघरमा रहेका कैदीसँग वकिल र परिवारका सदस्यबाहेक अरूले भेटघाट गर्न पाउँदैनन्। गोलघरका कैदी शोभराजसँग सम्बन्धै नरहेका भारतीयले निरन्तर भेटिरहेको जानकारी आउँदा आफैँलाई आश्चर्य लागेको बताउँदै उनले भने, 'मलाई पनि यसबारे जानकारी गराएकै थिएनन्।'
सिंह शोभराजलाई भेट्न बा४०प २५१० नम्बरको पल्सर मोटरसाइकल चढेर केन्द्रीय कारागार आउने गरेका थिए। बिहीबार भने उनले बा४०प १००५ नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए।

सर्ट पाइन्ट र पहेंलो रङको ज्याकेट लगाएका उनी बिहीबार ११ बजे कारागार पुगेका थिए। जेलस्रोतका अनुसार नियमित कारागार आउजाउ गर्ने क्रममा उनी कारागारका प्रहरीसित परिचित भइसकेका थिए। स्रोतका अनुसार कारागारपरिसरभित्र प्रवेश गर्नुअगाडि सोधपुछका लागि बसेका प्रहरीले उनलाई केही सोधेनन्। उनी सरासर कारागारको पश्चिमतिर रहेको सामान चेकजाँच गर्ने स्थानमा पुगेका थिए। सुरक्षाका लागि बसेका प्रहरी जवान मनोजकुमार कार्की र तिलकराम चौधरीले मेटल डिटेक्टरले चेक गर्ने क्रममा आवाज आएपछि खल्तीमा के छ निकाल्नुस् भनेपछि उनले दुई रुपैयाँको क्वाईन देखाएपछि प्रहरीले पुनः चेक नगरीभित्र पठाएको थियो।

रोकिएको थियो तराईमा सार्ने सिफारिस
प्रहरीले करिब एक महिनाअघि गृह मन्त्रालयले कारगार व्यवस्थापन विभागलाई युनुसलगायत केही कैदीको जेल सरुवाका लागि सिफारिस गरेको थियो।

प्रहरीले अमर टन्डनसँगै युनुसलाई समेत केन्द्रीय कारागारबाट तराईमा सरुवाको प्रस्ताव पठाएको थियो। तर कारागार व्यवस्था विभागले अन्यको प्रस्ताव स्वीकार गरे पनि युनुस र टन्डनको भने मानेको थिएन।

विभागस्रोतका अनुसार युनुसमाथि कारागारभित्रै समेत खतरा रहेको भन्ने जानकारी आइरहेकाले तराईका जिल्लामा पठाउँदा थप खतरा बढ्ने देखिएपछि उनको सरुवा रोकिएको थियो।

तीन छानबिन समिति
प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रप्रताप शाहको संयोजकत्वमा छानबिन समिति बनाएको छ। समितिमा डिआइजी पर्शुराम खत्री र एसएसपी माधव जोशी सदस्य छन्। त्यसैगरी महानगरीय आयुक्त कार्यालयले पनि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी हेमन्त मल्लको संयोजकत्वमा बेग्लै तीन सदस्यीय समिति बनाएको छ।
कारागार व्यवस्थापन विभागले पनि विभागका अधिकृत विदुर भट्टराईको संयोजकत्वमा समिति बनाएको छ।
अरु यता >>

Wednesday, March 9, 2011

आफूले मन पराएकी युवतीले बिहे गर्न नमानेपछि

आफूले मन पराएकी युवतीले बिहे गर्न नमानेपछि एक सैनिकले प्रेमिकाकै दिदीकी छोरी अपहरण गरेका छन् । नुवाकोट तलाखु घर भई मकवानपुरस्थित नम्बर-७ बाहिनी अड्डा, चनमन ब्यारेकमा प्राविधिक अमल्दारका रूपमा कार्यरत २३ वर्षीय कुमार श्रेष्ठले मकवानपुरकै प्रेमिकाको घरबाट ६ वर्षकी बालिकाको अपहरण गरेका हुन् ।

श्रेष्ठले केहीअघि प्रेम विवाह गर्ने भन्दै युवतीलाई नुवाकोटस्थित आफ्नो घर लगेका थिए । घर पुग्दा श्रेष्ठकी श्रीमती र दुई वर्षकी छोरी रहेको थाहा पाएपछि ती युवती उनीसँग बस्न नमानी फर्केकी

थिइन् । तैपनि श्रेष्ठले बिहेको जिद्दी गरिरहेपछि युवतीकी दिदीले उनलाई रोकेकी थिइन् । बहिनीसँग बिहे गर्न नदिएको झोंकमा श्रेष्ठले दिदीकी छोरी अपहरण गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

अपहरित बालिकालाई सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार काठमाडौंको मनमैजुबाट सकुशल मुक्त गरेको हो । टोलीले अपहरणमा प्रयोग भएको मोटरसाइकल र ४ थान मोबाइल बरामद गरेको छ ।

अनुसन्धानमा संलग्न बाघभैरव गुल्मका डीएसपी विदुर खड्कका अनुसार बालिका अपहरण गरेर काठमाडौं ल्याएपछि श्रेष्ठले 'मेरो प्रेमिका पठाइदेऊ, नत्र बालिका मारिदिन्छु,' भन्दै धम्की दिएका थिए ।

अपहरणपछि बालिका लुकाउन सघाएकोमा प्रहरीले श्रेष्ठका आफन्तहरू र घरधनी समेतलाई पक्राउ गरेको छ । पक्राउ परेकामा कुमारकी दिदी पार्वती, साथीहरू रमेश श्रेष्ठ, सुवास श्रेष्ठ, घरधनी छत्रलाल श्रेष्ठ र उनकी श्रीमती सरला छन् । उनीहरू सबैलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको छ ।

अपहरित बालिकाका अभिभावकले खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैलाई अपिल गरेका थिए । अभियुक्त श्रेष्ठ भने आफू कार्यरत ब्यारेकबाट फागुन २२ गतेदेखि चैत ३ सम्मका लागि बिदा लिएर बसेका थिए ।
अरु यता >>

Tuesday, March 8, 2011

बुहारीको 'कन्यादान'

काठमाडौं, मूलपानीका महेश्वर वाग्लेले एकल जीवन बिताउँदै आएकी बुहारी सञ्जुको सोमबार 'कन्यादान' गरिदिए। सञ्जुको माइती बारा सिमरामा आयोजित वैवाहिक समारोहमा सिमरा नरबस्तीका यादव लामिछानेलाई बुहारी जिम्मा लगाएपछि कान्छा ससुरा वाग्लेले बेहुलाका बाबुलाई भने, 'बुहारी होइन, छोरी जिम्मा लगाएको छु, मारे पाप, पाले पुण्य।' दुई वर्षअघि मूलपानीका प्रकाश वाग्लेसँग सञ्जु (अर्याल) को विवाह भएको थियो।

सिमरा विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलर विभागका कर्मचारी पतिको रक्तक्यान्सरबाट निधन भएपछि उनी डेढ वर्षयता एकल जीवन बिताउँदै आएकी थिइन्।

बुहारीको खुसीका लागि विवाह गराएको महेश्वरले बताए। 'ऊ एकान्तमा गुम्सिएर बस्दा हामीलाई पीडा हुन्थ्यो,' उनले थपे, 'सञ्जुलाई हामीले छोरी नै मानेर विवाह गरिदियौँ।'

महेश्वर कन्यादानपछि आँसु खसाल्दै सोमबार साँझ राजधानी फर्किए। आफ्ना सासू-ससुरा नभएकाले सञ्जु काका ससुरा र परिवारका अन्य सदस्यसँग विवाहका लागि सिमरा आएकी थिइन्।

एकल महिलालाई पत्नीको रूपमा पाएपछि बेहुला लामिछाने न्याउली बाजाको तालमा विवाह मण्डपमै कम्मर मर्काई-मर्काई नाचिदिए। घरगाउँले र जन्तीतले पनि ताली ठोकेर खुसी साटे। 'बाल्यकालदेखिकी साथीलाई जीवनसाथी बनाउन पाएँ,' लामिछानेले भने, 'उनलाई सुखसँग राख्नेछु।'

नयाँ जीवनसाथी पाएकोमा सञ्जु पनि खुसी थिइन्। 'आखिर जीवन त चल्छ नै,' उनले भनिन्, 'उहाँले मलाई स्विकार्नुभएकोमा खुसी छु।'

लामिछानेका पिता चन्द्रकान्तले तीनै पक्षको सहमतिमा विवाह तय भएको बताए। दोहोर्‍याएर छोरीको बिदाइ गर्दा सञ्जुका पिता हरिप्रसाद अर्यालका आँखा रसाए। उनले छोरी स्विकार्ने केटा पक्ष र पहिलेका ज्वाइँ पक्ष दुवै परिवारलाई धन्यवाद दिए।
विवाह गराउने पण्डित रामहरि सापकोटाले तीन दसक लामो कर्मकाण्ड अनुभवमा आफूले यस्तो विवाह कहिल्यै नगराएको सुनाए। 'यस्तो विवाह गराउन पाउँदा गर्व लागेको छ,' उनले भने।
अरु यता >>

सँगै बाँच्ने सँगै मर्ने प्रेमीले मृत्यु दिए


कुनै प्रेमीले आफ्नी मायालुलाई बिहेको प्रस्ताव राख्दा के मात्रै नभन्ला ? सपनाको घर सजाउनेदेखि लिएर आकाशको तारै झारिदिनेसम्मका कुरा, हैन ? नभए पनि कम्तीमा 'सँगै बाँच्ने सँगै मर्ने' कुरा त गरेकै हुन्छ ।

झापाकी युवती तारा गुरागाईंलाई पनि उनका 'प्रेमी' ले त्यसै भनेका थिए । तर वास्तविकतै नबुझी विश्वासमा परेकी तारालाई प्रेमको नाटक रच्न पोख्त भइसकेका युवक तुलाराम खड्काले माया होइन, मृत्यु दिए । झापाकै पृथ्वीनगरका खड्काले गत पुस १६ गते बिर्तामोडबाट काठमाडौं जाने भन्दै भगाएर तारालाई एक साता नबित्दै जनकपुरस्थित एक होटलमा लगी हत्या गरिदिए ।

खड्काको प्रेममा परेकी ताराले भागेर दमक पुगेपछि घरमा भाउजूलाई फोन गरी आफू बिहे गरेर हिँडेको बताएकी थिइन् । त्यसपछि मोबाइल अफ गरेर एक साताभन्दा बढी उनी सम्पर्कविहीन भएपछि आफन्त खोजी गर्दै काठमाडौं आएका थिए । सम्भावित सबै ठाउँमा खोज्दा पनि फेला नपरेपछि युवतीका दाइले महानगरीय प्रहरी अपराध महाशाखामा लिखित उजुरी दिएका थिए ।

'टेलिफोन नम्बर र फोटो पाएपछि हामीले त्यो युवकलाई फोन गरेर युवतीबारे सोध्यौं,' अपराध महाशाखाका एक अधिकृतले भने, 'तर ऊ भागेर हिँड्न थाल्यो । सम्पर्कमा आउन छाडेपछि फोनका आधारमा पक्राउ गर्‍यौं ।' इटहरीमा पक्राउ परेका खड्कालाई प्रहरीले ताराको हत्या भएको जिल्ला धनुषा ल्याएको छ । सुरुमा हत्याको अभियोग अस्वीकार गरे पनि युवतीको तस्बिर देखाएपछि उनले छल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापाबाट साथ लिएर हिँडेकै दिन खड्काले ताराको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । 'हत्याको पूर्वयोजना अनुसार नै खड्काले अर्कै व्यक्तिको नाममा होटलको कोठा लिएको देखिएको छ,' धनुषाका प्रहरी उपरीक्षक दिनेश अमात्यले भने, 'होटलमा आफ्नो परिचय, सम्पर्क नम्बर सबै गलत लेखाएका रहेछन् ।'

उनीहरू मानकी होटलको ३०३ नम्बरको कोठामा बसेका थिए । खड्काले कोठा सरोज रिजालको नाममा बुक गराएका थिए ।

रिसेप्सनमा टिपाइएको टेलिफोन नम्बर प्रयोगमै थिएन । 'घटना पूरै नियोजित छ,' अमात्यले भने, 'नत्र नक्कली परिचय दिनु जरुरी थिएन ।' होटलमा बेवारिसे शव फेला परेपछि सबै जिल्ला प्रहरी कार्यालयहरूमा फोटो पठाइएको उनले जनाए । 'त्यसैका आधारमा युवतीका आफन्तले शव सनाखत गरेका हुन्,' उनले भने ।

ताराका दाइ भीम गुरागाइर्ंले बहिनी र खड्काको तस्बिरसहित अपराध महाशाखा काठमाडौंमा उजुरी दिएका थिए । 'बहिनीको कोठाबाट भागेका युवकको तस्बिर फेला पारेका रहेछन्,' अपराध अनुसन्धान महाशाखाका एक अधिकृतले भने । आपराधिक पृष्ठभूमिका ३३ वषर्ीय खड्काले भने प्रेम सम्बन्ध गहिरो हुँदै गएपछि ताराले बिहे गर्न कर गरेकाले उनको हत्या गर्नुपरेको प्रहरीलाई बयान दिएका छन् । उनी व्यावसायिक 'किलर' रहेको प्रहरीको दाबी छ ।

खड्काले २०५१ मा झापाका कृष्णकुमार राईलाई खुकुरी हानेर हत्या गरेकामा १० वर्ष कैद सजाय पाएका थिए । २०६१ सालमा माओवादीले इलाम जेलमा आक्रमण गरेको मौका छोपी भागेका थिए । त्यसपछि सामान्य नागरिकसरह बस्दै आएका खड्काले २०६३ मा ताप्लेजुङकी अम्बिका लिम्बुलाई सिलगुढी पुर्‍याएर बेचेका थिए ।

उनलाई पनि बिहेकै नाटक रचेर बिक्री गरेको उनले बयान दिएका छन् । त्यो अपराधसमेत प्रमाणित भएपछि अदालतले त्यसमा पनि कैद सजाय सुनाएको थियो । उनी हत्या र बेचबिखनको १५ वर्ष कैद सजाय सकेर २०६६ असोजमा जेलमुक्त भएका थिए ।
अरु यता >>

Monday, March 7, 2011

शरीरभरि रौँ


आठवर्षे बालक, त्यसमा पनि शरीरभर िरौँ उमि्रएको सुन्दा अनौठो लाग्न सक्छ। तर, पत्थरहैया-८, ज्योतिनगर कपिलवस्तुका पुष्कर कुँवरको शरीरभर िरौँ पलाएको छ। त्यसैले त ती बालकलाई हेर्न मानिसहरूको घुइँचो नै लाग्छ।

जन्मँदा नै शरीरभर िरौँ भएको बुबा खिमबहादुर बताउँछन्। "सुरुमा त हामीलाई निकै डर लाग्यो। के अनिष्ट हुन थाल्यो। भूत हो कि के हो जस्तो लागेको थियो," उनी भन्छन्, "पछिपछि धेरैले भगवान्को रूप हो भन्न थाले। त्यसपछि मनमा शान्ति मिल्यो।"

ती बालकमा शिवजी, हनुमान र गणेशको रूप भएको खिमबहादुरको भनाइ छ। "जोखाना हेराउँदा सबैले यही भनेका छन्," उनी भन्छन्, "त्यसअघि एउटा मन्दिर बनाउने योजना

बनाएको छु।"

डाक्टरलाई जाँच गराउँदा पनि केही रोग नभएको भनेर फर्काइदिने गरेको उनी बताउँछन्। तीन भाइमध्येका जेठा छोरा पुष्कर अहिले गाउँदेखि जिल्लाबाहिरसम्म चर्चाको विषय बनेकामा उनी निकै खुसी छन्। उनले छोरालाई विभिन्न पर्यटकीय मेलाहरूमा राखेर मानिसहरूलाई देखाउने गरेका छन्। हेर्न आउनेहरू भगवान् ठानेर भेटी चढाएर ढोग्छन्।
अरु यता >>

Sunday, March 6, 2011

करिना सर्वाधिक सेक्सी


बलिउड नायिका करिना कपुरलाई एक भारतीय पत्रिकाले ‘सर्वाधिक सेक्सी’ उपाधि दिएको छ । बलिउडमा सफल अभिनेत्रीमध्ये एक करिनाले आफूलाई सो उपाधि अनौठो लागे पनि स्वीकार्य रहेको बताएकी छन् ।

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

करिना भन्छिन्, ‘म आफूलाई ग्ल्यामर्स त मान्छु तर आफूलाई सर्वाधिक सेक्सी भनिएकोमा भने अनौठो लागिरहेको छ ।’ यद्यपि पाठक मतका आधारमा पत्रिकाले आफूलाई सो उपाधि दिएकाले कुनै आपत्ति नभएको उनले बताइन् ।




उनले आफूलाई साडी लगाउन ज्यादा मन पर्ने पनि बताइन् । ‘साडीमा महिला बढी कामुक देखिने भएकाले म बाहिर जानुपर्दा प्रायः साडी लगाउने गर्छु,’ उनले भनिन्, ‘सैफले पनि मलाई साडी लगाउन सल्लाह दिने गरेका छन् ।’

करिनाले बलिउडमा सबैभन्दा सेक्सी पुरुषका रूपमा आफ्नै प्रेमी सैफको नाम लिएकी छन् । केही वर्षदेखि सैफसँगको प्रेममा मस्त रहेकी करिनाले भनिन्, ‘मलाई सैफ नै सबैभन्दा सेक्सी लाग्छ ।’ त्यसपछि भने उनले अमिर खान र अजय देवगणलाई सर्वाधिक आकर्षक पुरुष मानेकी छन् ।

उनले भनिन्, ‘म अमिर र अजयको ठूलो प्रशंसक पनि हुँ ।’ त्यसो त करिना अमिर खानका साथ एक चलचित्रमा काम गरिरहेकी छन् । ‘थ्री इडियट्स’ पछि करिना र अमिरले सँगै काम गरेको यो दोस्रो चलचित्र हो ।
‘मलाई मनपर्ने अभिनेतामा अमिर खान एक हुनुहुन्छ, उहाँसँग पुन: काम गर्न पाएकोमा म धेरै खुशी छु,’ उनले भनिन् ।


रिमा कागतीले निर्देशन गर्ने सो चलचित्रमा रानी मुखर्जीले पनि अभिनय गर्दैछिन् । सो चलचित्र सन् २०१२ मा प्रदर्शन हुने सम्भावना रहेको छ ।
अरु यता >>

Friday, March 4, 2011

नाटक खेल्दाखेल्दै कलाकारको मृत्यु

नाटक हर्ेर्नेको भीड थपिदै थियो । नाटकको प्रमुख आकर्षा राम-रावणको युद्धको दृश्य आउनै लागेको उद्घोषणा गरेपछि नाटक हर्ेन आएका सयौं उत्साहित युवाले ताली बजाएर गाउँ नै गुञ्जयमान बनाए ।

आयोजकले मञ्चको पर्दा उठाए । र, शुरु भयो राम-रावण युद्ध । युद्धको दृश्यबाट उत्साहित दर्शकले ताली माथि ताली थप्दै गए । अचानक उनीहरुको ताली र उत्साह रोकियो ।

शिवरात्रीको अवसरमा सप्तरीको डिमन-९ मा गाउँलेद्वारा मंगलबार राती आयोजना गरिएको रामलीला नाटक मध्यरातमा राम-रावणको युद्धमा पुग्दा अचानक एउटा स्तब्धकारी घटनाले दर्शकहरुको ताली र उत्साह रोकियो ।

राम-रावण युद्धको क्रममा रामले चलाएको तीर लागेर रावण मञ्चमै ढलेको दृश्यलाई दर्शक र आयोजकले नाटक कै एक हिस्साको रुपमा लिएका थिए । तर त्यो अभिनय थिएन । साँच्चै नै रावणको पहिरनमा सशक्त अभिनय गरिरहेका सप्तरीको मल्हनियाँ-७ निवासी ६० वषर्ीय सियाअतन मंडलको मृत्यु भइसकेको थियो ।

रामले चलाएको कागजको नक्कली तीर लागेर मरेको अभिनय गरिरहेका मंडलको साँच्चिकै मृत्यु भएपछि मञ्चमा खैलाबैला मच्चियो । मञ्चमै एक नाट्यकर्मीको यसरी मृत्यु भएपछि आयोजकले तत्कालै रामलीला नाटक स्थगित गरेका थिए ।

त्यसपश्चात मंडललाई नजिकैको स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे । कागजको नक्कली तीर लागेर ढलेको मण्डलको मृत्यु भने हृदयघातबाट भएको चिकित्सकहरुले बताए । मृतकको शवको बुधबार स्थानीय सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम गर्राई आफन्तजनको जिम्मा लगाइएको छ ।

प्रहरी उपरीक्षक भोग बहादुर थापाले घटनाबारे गाउँमै पुगी सूक्ष्म अनुसन्धान गरेको र मंडलको कालगतिले नै मृत्यु भएको खुल्ने आएको बताए ।

गाउँलेहरुले पनि मंडल लामो समयदेखि बिरामी रहेको र हृदयघातकै कारण उनको मृत्यु भएको बताए ।
यता धार्मिक कार्यक्रममा आयोजना गरिएको नाटकमा एक नाट्यकर्मीको स्टेज मै भएको दुःखद निधनले पुरै गाउँ शोकमा डुबेको छ । 'एउटा राम्रो नाट्यकर्मी गुमाएका छौं र यसले हामीलाई निकै निराश र दुःखी बनाएको छ' गाउँलेहरुले पीडा पोखे ।
अरु यता >>

करोडपति 'डन'हरू

प्रहरी भन्छ- अवैध सम्पत्तिलाई वैध गर्न लगानी र राजनीतिक आवरणको उपाय रचिरहेका छन्, त्यसैले स्रोतमा तुरुन्तै हिट गर्नुपर्छ।
केपी ढुंगाना, काठमाडौं, फागुन २०- ट्याम्पो ड्राइभरपछि रेस्टुरेन्टको बाउन्सर पेसा छाडेर आपराधिक सञ्जालमा छिरेका काभ्रेका गणेश लामा आपराधिक गतिविधिबाट सबैभन्दा धेरै सम्पत्ति जोड्ने उपत्यकाका 'डन' हुन्। एक प्रहरी अनुसन्धानले लामासँग अहिले अचल पुँजीमात्रै ५० करोडभन्दा बढी रहेको देखाएको छ।
ठमेल क्षेत्रलाई आधार बनाएर आपराधिक सञ्जाल चलाइरहेका अर्का 'डन' दीपक मनाङेसँग देशभित्र मात्र होइन, हङकङमा समेत अचल सम्पत्ति छ। प्रहरीका अनुसार उनी अहिले कम्तीमा २० करोडका मालिक छन्।
सुकुम्बासी बस्तीमा हुर्केर आपराधिक गिरोह चलाइरहेका घैंटे भनिने कुमार श्रेष्ठ पनि कम्तीमा दस करोडका मालिक हुन्।
अर्का 'डन' चक्रे मिलन (गुरुङ) सँग पनि करोडौंैको चलअचल सम्पत्ति रहेको प्रहरी दाबी छ। उनको सम्पत्तिबारे अझै पनि प्रहरी अनुसन्धान यकिनमा पुगिसकेको छैन।
केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानले निश्चित कुनै व्यवसायबिनै करोडौं सम्पत्ति जोडेकाहरू दर्जन हाराहारी रहेको औंल्याएको छ।
प्रहरीले मनाङे, चक्रे मिलन, दिनेश अधिकारी (चरी), कुमार घैंटे, लुमडी कार्की, रोज राणा, काजी शेर्पा, विष्णु लामा, राजु गोर्खालीलगायतका डनले अवैध रूपमा कति सम्पत्ति जोडेका छन् भनेर अनुसन्धान गरिरहेको छ।
२०६६ असार २५ गते प्रहरीसँगको बयानमा गणेश लामाले आफ्नो मासिक आम्दानी नै २ लाख रहेको सकारेका थिए। उनले आम्दानीबाट प्रतिमहिना ५० हजार खर्चने गरेको जनाएका थिए। आफूलाई मध्यमवर्गीय व्यवसायी भन्न रुचाउने उनले अवैध कमाइबाट घर, जग्गा, विभिन्न व्यापारिक फर्म र वित्तीय संस्थामा लगानी गरेका छन्।
प्रहरीका अनुसार मनाङेका सहयोगीका रूपमा गिरोहमा छिरेका लामाले रक्तचन्दन तस्करीबाट अथाह सम्पत्ति जोडेका थिए। मनाङे सार्वजनिक अपराधमा डेढ वर्ष कारागार बस्दा उनले ठमेलक्षेत्रको रात्रिकालीन व्यवसायलाई प्रभावमा राखेर मोटो रकम जोडेका थिए। मनाङे छुट्नुअघि नै लामाको आम्दानी विवादमा तानिएपछि लामाले छुट्टै समूह संगठित गरेका थिए।
प्रहरीका अनुसार लामाका उपत्यकामा मात्रै चारवटा घर छन्। कोटेश्वरमा श्रीमती लक्ष्मी लामाको नाममा तीन आना २ पैसामा बनेको आधुनिक पा“चतले घर छ सोही वडामा तीन आनामा बनेको अर्को घर छ। यस्तै काठमाडौं र ललितपुरमा भाइ राकेश लामाको नाममा दुईवटा घर छन्। अनुसन्धनका क्रममा गणेशकै नाममा ललितपुर ग्वार्कोमा आठ आना, ललितपुरमै २० आना र जडीबुटीमा ६ आना जग्गा छ।
सिन्धुपाल्चोक सिपाघाट मेलम्चीमा लामाको ७५ प्रतिशत सेयर (करिब ६ करोड) मा मेलम्ची एकोन क्रसर प्लान नामक उद्योग सञ्चालनमा छ भने 'क' वर्गको सिरुवा कन्स्ट्रक्सन प्रालिमा ७५ प्रतिशत लगानी छ।
यस्तै नयाँबजारस्थित होटल गार्डेनमा पनि उनले लगानी गरेका छन्।
लामाले बाबु र भाइको नाममा करिब १० करोड (मेट्रो सहकारी, इन्फास्टक्चर डेभलपमेन्ट बैंकलगायत वित्तीय संस्था) लगानी रहेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
स्मृति कन्स्ट्रक्सनका नाममा काठमाडौं जिविसको कर ठेक्का पनि तीन वर्षदेखि लामाकै हातमा छ।
सिरुवाका नाममा दुईवटा एक्जाभेटर, एउटा लोडर, चारवटा टिपर र व्यक्तिगत प्रयोगका लागि बा३च ३३७३ नम्बरको ल्यान्डक्रुजर छ।
उनको प्रभाव चल्ने ठमेल, चावहिल, गौशाला, दरबारमार्गलगायत क्षेत्रका रात्रिकालीन व्यवसाय (बार, डान्स, क्लब) मा बिनालगानी १० देखि १५ प्रतिशत सेयर रहेको प्रहरीले बताए पनि त्यसको विवरण संकलन गर्न भ्याएको छैन।
लामाको नाममा सनराइज बैंकमा ५ लाख नगद मौज्दात रहेको अनुसन्धानमा खुलेको छ। लामाले प्रहरी बयानमा विभिन्न बैंकसँग ऋण लिएर लगानी गरेको दाबी गरे पनि त्यसको विवरण दिएका छैनन्।
लामाकै सहयोगी बलराम सापकोटा पनि सुरुमा बाउन्सर थिए। २ वर्षअघि मात्र बिहे गर्दा हेलिकोप्टर चार्टर गरेर काभ्रेेको दुर्गम गाउँमा जन्ती गएका उनले कम्तीमा ३० करोड सम्पत्ति जोडेको प्रहरी भनाइ छ।
अनुसन्धान प्रतिवेदनका अनुसार अन्नपूर्ण होटलको गहना पसलमा मात्र उनले ७ करोड लगानी गरेका छन्। विभिन्न क्यासिनोमा नेपाली खेलाडीलाई लगानी गर्दै आएका सापकोटासँग सातवटा भन्दा बढी महँगा सवारीसाधन छन्।
सापकोटासँग अचलभन्दा चल सम्पत्ति बढी रहेको र निकटका विश्वासपात्रका नाममा समेत उनले रकम जम्मा गरेका छन्।
प्रहरी विवरणमा मनाङेकी पत्नीको नाममा ठमेलमै २५ आना जग्गा र तीनतले घर छ। ठमेलमै उनले ट्राभल्स एजेन्सी चलाएका छन्। वीरगन्ज ट्रान्सपोर्टका नाममा उनका दर्जनौं गाडी छन्। थानकोटमा ढुंगाखानी र ठमेलमै कवाडीखाना चलाउने उनको नाममा स्वयम्भूमा जग्गा पनि छ।
२० करोडभन्दा बढीका मालिक मनाङेले हङकङमा गरेको लगानीको विवरण भने प्रहरीले खुलाउन सकेको छैन। स्रोतका अनुसार मनाङेको अधिकांश सम्पत्ति नेपालमा जेठी श्रीमती र हङकङमा त्यहीँको आइडी होल्डर माइली श्रीमतीको नाममा छ। दुई महिनाअघि मात्र अर्कीसँग बिहे गरेर उनी बुद्धनगरक्षेत्रमा बस्दै आएका छन्। प्रहरीका अनुसार ठमेल क्षेत्रमा सञ्चालित ५० भन्दा बढी रेस्टुरेन्टमा उनको १५ प्रतिशत सलामी सेयर (बिनालगानी) छ।
महाराजगन्ज क्षेत्रलाई आधार बनाएर आपराधिक सञ्जाल चलाउँदै आएका चक्रे मिलनको नाममा महाराजागन्जमै सात आना जग्ग्ाा र डेढतले घर छ। उनले हिमालयन स्नुकर क्लब, डिस्को र बालुवाखानीमा लगानी गरेको अनुसन्धानमा देखिएको छ। चक्रपथ क्षेत्रका रेस्टुरेन्ट र हाउजिङमा उनको नाममा सलामी सेयर रहेको बताए पनि प्रहरीले त्यसको विवरण खुलाएको छैन। प्रहरीका अनुसार उनी कम्तीमा १५ करोडका मालिक हुन्।
उनी लागूऔषध र हतियारको कारोबार मुद्दामा जेलमा छन्।
सामाखुसीकै सुकुम्बासीटोलमा हुर्केका कुमार घैंटे अहिले त्यहीँ सात आनामा बनेको आफ्नै बंगलामा बस्छन्। उनीसित व्यापारिक केन्द्र असनमा दुईआना जग्गामा बनेको घरसमेत छ। प्रहरी प्रतिवेदनअनुसार पछिल्लो समय उनी सिंगापुरबाट फोटोकपी आयात व्यापारमा समेत संलग्न छन्। उनकै नाममा म्हैपी निर्माण सेवा र टोखामा बालुवाखानी छ। सामाखुसी, गोंगबु क्षेत्रका अधिकांश रेस्टुरेन्टमा उनको नाममा सलामी सेयर छ। स्ट्यान्डर्ड चार्टड बैंकमा ४ लाख नगद मौज्दात रहे पनि प्रहरीले उनको अन्य सम्पत्तिको विवरण फेला पारेको छैन।
हत्या अभियोगमा जेल सजाय काटिरहेका गोर्खालीको नाममा चावहिलमा तीनवटा घर, २ वटा गाडी र २ वटा कम्पनी छ। उनको नाममा रहेको बालुवाखानी सहयोगीहरूले चलाइरहेका छन्।
अधिकारीको नाममा धादिङमा एक सय रोपनी जग्गा र बालुवाखानी रहेको खुलेको छ। रोज राणाका नाममा चलचित्र बनाउँदै आएका सरोज थापा गोंगबु र बागबजारमा सो गर्ल डान्स रेस्टुरेन्ट चलाउँछन्। उनले कपिलवस्तुमा पाँच बिघा जमिन र प्युठानमा केही पुर्ख्यौली सम्पत्ति रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ।
सुरुमा मनाङेका र पछि चक्रे मिलनका सहयोगी भएर काम गरेका काजी शेर्पा पनि करोडौंका मालिक हुन्। ठमेल किचेन डान्समा घाटा भएपछि अरब भासिएका यिनीसँग अहिले काठमाडौं र भक्तपुरमा गरी २ सय रोपनीभन्दा बढी जग्गा छ। दुईवटा ज्यान मार्ने अभियोग लागेका शेर्पा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन ठेकेदारसमेत हुन्। प्रहरीले उनको पूर्ण सम्पत्ति विवरण अझै फेला पार्न सकेको छैन।
रमेश बाहुन, विष्णु लामा, बाघबहादुर लामाबारे समेत प्रहरीले अनुसन्धान गरे पनि सम्पत्ति विवरण खुलाएको छैन।
यस्ता 'डन'हरूले आपराधिक गतिविधिबाट संकलित रकम विवरण संकलन गरी मुद्रा निर्मलीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐनअन्तर्गत कारबाही चलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यिनीहरूका करोडौं सम्पत्तिको स्रोत खुल्न सकेको छैन। 'प्रारम्भिक अनुसन्धानमास्रोत नखुलेका करोडौं सम्पत्ति रहेको देखियो,' अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख राजेन्द्रसिंह भण्डारीले नागरिकसँग भने।
आपराधिक गतिविधिबाट संकलित रकमलाई वैध बनाउन सक्रिय उनीहरूले अवैध बाटोबाट रकम बाहिर पठाउने, विभिन्न व्यवसायमा संलग्नता जोडेर 'ह्वाइट मनी' बनाउने प्रयास गरेको अनुसन्धानमा खुलेको भण्डारीले बताए।
'कालो धन राजनीतिक आवरणले ढाक्न खोज्ने हर्कत पनि पछिल्ला दिनमा बढिरहेको छ,' उनले भने, 'त्यसैले उनीहरूको सम्पत्ति स्रोतमाथि तत्काल हिट गर्नुपर्ने देखियो।'
अरु यता >>

Thursday, March 3, 2011

भाउजूको हत्या गर्ने देवर पक्राउ

सिरहा जिल्लाको महनौर गाविसअन्तर्गत बुढियाचाप बस्ने मन्तुरियादेवी महतोको हत्यामा संलग्न रहेको आरोपमा उनका देवर जलेश्वर महतोलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ।
रामप्रितका भाइ जलेश्वरलगायत पाँचजनाले रामप्रितको श्रीमती मन्तुरियालाई कुटपिट गरी हत्यापछि आँपको रुखमा झुन्डाई दिएको आरोप छ।
हत्यापछि फरार रहेकामध्ये जलेश्वरलाई मृतक मन्तुरियाका काका कुसुम महतो र बाबु शौडीलाल महतोले गागन खोलाबाट पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्।
प्रहरीले अन्य अभियुक्तको खोजी भइरहेको जनाएको छ।
अरु यता >>

नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था गम्भीर

पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था गम्भीर भएको छ। उनी बुधबार अपराह्नबाट अचेत छन्। १९ दिनयता थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका भट्टराईको (सेमी कोमा) सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ। चिकित्सकहरूले उनको 'अवस्था निकै बिग्रिएको र बचाउन सक्ने सम्भावना टर्दै गएको' जनाउ दिएका छन्।
चिकित्सकका अनुसार मस्तिष्कमा अक्सिजन कमीले बुधबार अपराह्नदेखि उनको वाक्य बसेको छ भने बिहानैदेखि पिसाब रोकिएको छ। मिर्गौलाले विकार छान्न सकेको छैन, रगत, मुटु र मस्तिष्कमा अक्सिजनको मात्रा निकै कम छ।
'मेडिकल साइन्समा एक प्रतिशतमात्रै बाँच्ने सम्भावना रहेसम्म पनि चिकित्सक आशावादी हुनुपर्छ,' बुधबार साँझ भट्टराईलाई जाँचेपछि डा. भरत रावतले भने।
भट्टराईले रावतलाई उनको ८६औं जन्मदिनको अवसरमा पुस १७ गते एउटा कप उपहार दिएका रहेछन्। भट्टराईको तस्बिर र हस्ताक्षर अंकित कपमा रहेको उनको आदर्श वाक्य उद्धृत गर्दै रावतले भने, 'मेरो जीवनअवधि सम्पूर्ण रूपमा ईश्वरले नै निर्देशित गर्नेछन्। सबै खालका कमीकमजोरी मात्र मेरा हुन्।'
'तर यसपटक निको भएर घर फर्किने सम्भावना ज्यादै कम छ,' रावतले नागरिकसँग भने, 'अब जे हुन्छ, भगवान कै हातमा छ।'
दिउँसोसम्म भट्टराईले केही बोल्न खोजेजस्तो गरे पनि पनि पूरा गर्न सकेनन्। पछि कागज मागेर लेख्न खोजे पनि 'म मेरो राष्ट्र ...' मात्रै लेख्नसके।
साँझ उनको रगतमा अक्सिजनको मात्रा ८२ मिलिमिटर देखिएको चिकित्सकले जनाएका छन्। अक्सिजनको मात्रा ९० भन्दा कम हुनुलाई खतरापूर्ण मानिन्छ। चिकित्सकका अनुसार कृत्रिम अक्सिजन लिइरहेका बिरामीमा पनि अक्सिजन ८२ मा झर्नु श्वासप्रश्वास प्रणाली फेल हुँदै जानु हो। 'यो भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाको संकेत हो,' एक मुटु रोगविशेषज्ञले भने।
परीक्षणले रगतमा अक्सिजनको मात्रा घट्दो र कार्वनडाइअक्साइडको मात्रा बढ्दो देखाएको छ। 'फोक्सोको काम गर्ने दर पनि कम हुँदै गएको छ,' रावतले भने, 'मस्तिष्कमा पनि रगत र अक्सिजनको मात्रा घट्दै गएको छ।' अवस्था खस्किँदै गएपछि आइसियु कक्षबाहिरको सिसाबाट भट्टराईलाई नियाल्न दिइएको थियो। अपराह्न राष्ट्रपति डा. रामवरण यादवले भट्टराईलाई अस्पतालमा भेटेका थिए। चिकित्सकसमेत रहेका यादवले बाहिर निस्किएपछि उहाँको अवस्था गम्भीर रहेको र आफूले बोलाउँदा कुनै प्रतिक्रिया नदेखाएको बताए।
भट्टराईको अवस्थामा सुधार ल्याउने अन्तिम प्रयासस्वरूप ब्लडप्रेसर बढाउने औषधि डोपामिन साँझदेखि सुरु गरिएको छ। रावतले भ्यन्टिलेरमा राख्ने/नराख्नेबारे निर्णय गर्न आफन्तले डाक्टरलाई जिम्मेवारी दिए पनि यस्तै अवस्थामा भेन्टिलेटरमा राख्नु पनि अर्थपूर्ण नहुने बताए। 'भ्यान्टिलेटरले फोक्सोलाई मात्रै सघाउने हो, मिर्गौला, मुटुलाई सपोर्ट गर्दैन, मिर्गौलाले साथ नदिने भएकाले कति समय भेन्टिलेटरमा राख्ने भन्ने हुन्छ?,' उनले भने। भेन्टिलेटरमा राख्दा पीडा बढी हुने र कम उमेरकामा त्यसबाट सुधारको सम्भावना रहने भए पनि वृद्ध र पोषण कम भएकाले भट्टराईलाई सकेसम्म भेन्टिलेटरमा नराख्ने सोचमा चिकित्सकहरू छन्। 'ब्लडप्रेसर निकै कम र उमेर बढी भएकाले डाइलसिस गर्न पनि नमिल्ने' भन्दै रावतले भने, 'धेरै विकल्प बन्द भइसकेका छन्।'
'अवस्था गम्भीर र खस्कँदो रहे पनि स्थिर बनाउने प्रयासमा विशेषज्ञ चिकित्सक टोली लागेको छ,' उनले भने।
भट्टराईको उपचारमा रावतसँगै, मुटु रोग विशेषज्ञ डा. श्यामबहादुर पाण्डे, मिर्गौला रोगविशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. रमेश चोखानीलगायत छन्।
मुटु, मिर्गौला र फोक्सोसम्बन्धी रोगले लामो समयदेखि पीडित भट्टराई गम्भीर बिरामी हुँदासमेत सधैँ हाँसेर उच्च आत्मबल प्रकट गर्छन्। तर उनमा केही दिनयता आत्मबलसमेत खस्केको कांग्रेस नेता दीपकुमार उपाध्यायले बताए। 'एक/दुई दिनदेखि नै पानमात्रै अलि खान मन गरेजस्तो गर्नुहुन्छ, अन्य कुरामा कुनै इन्ट्रेस्ट देखाउनुहुन्न,' उनले भने, 'झिँझिने, बोल्न खोजेजस्तो गरे पनि नबुझिने अवस्था थियो,' उपाध्यायले भने, 'डाक्टरहरू आत्मबल घटेपछि सुधार गर्न कठिन हुन्छ भन्छन्।'
चिकित्सक पाण्डेले मुटु र मिर्गौलाले पनि थोरै प्रतिशतमात्रै काम गरिरहेको बताए। फोक्सोले पूरा काम गर्न छाडेपछि मुटुमा अक्सिजन कम भएको छ,' पाण्डेले भने, 'त्यसैले विपाप्स मेसिनबाट अक्सिजन दिइएको छ, कृत्रिम अक्सिजन छुटाउन नमिल्ने अवस्था छ।'
भट्टराई असोज र चैतमा पनि बिरामी भएर नर्भिक भर्ना भएका थिए। दुवैपटक उनी निको भएर फर्किनुलाई चिकित्सकले 'मेडिकल मिराकल' भनेका थिए। अब फर्कन त्यसभन्दा धेरै ठूलो मिराकल हुनुपर्ने उनीहरू बताउँछन्। एक वर्षअघि दुवै मिर्गौलाले करिब पूरै काम गर्न छाडिसकेको अवस्थामा पनि रिकभर भएको थियो। चिकित्सकका अनुसार भट्टराईलाई मुटुसम्बन्धी मायोकर्डियल इन्फेक्सन र दुवै किड्नीमा खराबी छ। फोक्सोमा रहेको क्रोनिक अब्जरटिभ पल्मोनरी डिजिज (सिओपिडी) मा पछिल्लोपटक इन्फेक्सन थपिएको छ जुन मुटुको रक्तकोषिका मार्दै जाने र जुनसुकै बेला हृदय गति बन्द गर्न सक्ने रोग हो।
लामो समयदेखि भट्टराईसँगै रहेकी सहयोगी अमिता कपाली भने आफूले दीक्षा लिएको दिन परेकाले बुधबार ध्यानका लागि गएकी छन्। उनी बिहीबार बिहान ५ बजेमात्र ध्यानशिविरबाट फर्कने निकटवर्तीले जानकारी दिएका छन्।
अरु यता >>

शिवरात्रीमा मन्दिरमा भेला भएका युवाबीच कुटाकुट

महाशिवरात्रीको क्रममा शिव मन्दिरमा भेला भएका दुई युवा समूहबीच बिहान करिब १ बजे झडप हुँदा तनहुँमा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा व्यास–५, दुम्सीचौरका २० वर्षीय अमर दरै, १५ वर्षीय दिनेश दरै, १६ वर्षीय राजीव परियार, १६ वर्षीय मनोज थापा र १८ वर्षीय पुनबहादुर दरै रहेका छन्।
उनीहरुलाई व्यास–५, दुम्सीचौरका युवाले कुटपिट गरेको प्रहरीले जनाएको छ।
घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका दिनेश दरैलाई थप उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ।
अरु यता >>

Tuesday, March 1, 2011

सरकारी खर्चमा सवै नेपालीलाई लिबियाबाट ल्याइने

सरकारले आफ्नै खर्चमा लिबियामा रहेका सवै नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हवाईसहित खाने बस्ने खर्चसमेत व्यहोरेर सवै नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता गंगालाल तुलाधारले लिबियामा बाँकी रहेका १९६१ जनालाई ल्याउन ७ करोड खर्च हुने जानकारी दिए ।

यसैबीच चीनको एक कम्पनीले लिबियामा अलपत्र ६ सय ४६ नेपाली कामदारलाई स्वदेश फर्काइदिने भएको छ । चीनले ती कामदारलाई काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा ल्याइदिने प्रतिबद्धता जनाएको मन्त्री तुलाधारले जानकारी दिए ।
अरु यता >>

'अघिल्लो जन्ममा दीपक र म पति पत्नी थियौं' दीपाश्री निरौला

० दीपकराज गिरी अर्थात् रामविलाससँग कसरी भेट भयो
- - २०४९ सालमा मदनदास श्रेष्ठले मलाई रेडियो नेपालमा शनिबारको रेडियो नाटकमा काम गर्न बोलाउनुभयो । रेडियो नाटकमा काम गर्नेक्रममा दीपकराज गिरीसँग रेडियो नेपालको प्रांगणमा भेट भयो । पहिलो भेटमै हामी राम्रो साथी भयौं ।
० रामविलासको धनियाँ कसरी बन्नुभयो त
- त्यत्तिबेला दीपकजीले रेडियो नेपालमा शनिबार दिउँसो ४ः३० बजे हास्य कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँ सधंै आफ्नी प्रेमिका धनियाँ गाउँमा छिन भन्नुहुन्थ्यो । एक दिन उहाँले मलाई धनियाँ बन्न प्रस्ताव ल्याउनुभयो । मधेसी समुदायको लवाज पनि सिकाउनुभयो । त्यसपछि म उहाँको जोडी धनियाँका रूपमा रेडियो नेपालमार्फ प्रस्तुत भएँ ।
० रामविलास र धनियाँ कार्यक्रम त निकै चर्चित थियो । कसरी बन्द भयो त
- - हो, त्यो कार्यक्रम साह्रै लोकप्रिय थियो । धेरैले सो कार्यक्रमको विरोध पनि गरे । बेला -बेलामा बन्द हुने र सञ्चालन हुनेक्रम जारी थियो । पछि रामविलास नामका एकजना संसाद्लाई व्यांग्य भयो भनेर २०५३ सालबाट सो कार्यक्रम रेडियो नेपालले बन्द गर्‍यो ।
० त्यसपछि तपाईंहरूको जोडी फित्तलो भयो, होइन
- - हामीले हाम्रो जोडीलाई टुट्न दिएनौं । त्यसको लगत्तै हामीले 'नवजीवन'को विज्ञापनमा काम गरौं । अझ २०५५ सालबाट जोडी भएर हरेक वर्षगाईजात्रा हास्य कार्यक्रम गर्दै गयौं । जसले हाम्रो जोडीलाई अझ बलियो बनाइदियो ।
० टेलिभिजनमा तपाईंहरू कसरी जोडी बन्नुभयो त
- - विभिन्न हास्य कार्यक्रममा हामी प्रेमी, प्रेमिकाका रूपमा ०५५/५६ सालबाटै प्रस्तुत भयौं । हामी जोडीलाई दर्शकले निकै रुचाएपछि बल्ल तीतो सत्यमार्फ जम्यौं ।
० तीतो सत्यमा सुरुमा त जोडी बन्नुभएको थिएन नि
- - हो, तीतो सत्यको चार भागसम्म हामी जोडी बनेका थिएनौं । परीक्षणका रूपमा बनाइएको चार भाग सफल भएपछि पाँच भागबाट हामी श्रीमान् श्रीमतीका रूपमा जोडी बनेर प्रस्तुत भयौं । त्यसपछि अहिलेसम्म पनि श्रीमान् श्रीमती बनेर नै अभियन गरिरहेका छौं ।
० तपाईंहरूलाई बाहिरसँगै हिँड्दा श्रीमान् श्रीमती भनेर कत्तिको बोलाउँछन्
- हामी साथी मात्र हौं भन्ने थाहा नपाएका दर्शकले हामीलाई श्रीमान् श्रीमती नै भन्ठान्छन् । दीपकजी र म धेरै ठाउँमा सँगै जाँदा मलाई उहाँकी श्रीमती भनेर तथा उहाँलाई दाइ मलाई भाउजू भनेर नमस्कार गर्छन् । केही ठाउँमा हामी वास्तविक श्रीमान् श्रीमती होइनांै भनेर स्पष्ट पार्ने गरेको छौं । केही ठाउँमा भने हाँस्यो हिँड्यो ।
० यदि, दीपकजीको विवाह नभएको भए तपाईं र दीपकजीबीच विवाह हुन्थ्यो
- -उहाँ अविवाहित भएको भए हामीबीच विवाह हुन्थ्यो, होला । तैपनि अहिले हामी वास्तविक दम्पती नभए पनि राम्रा साथी बनेका छौं । त्यसैमा म खुसी छु ।
० तपाईंहरू पर्दामा यत्ति धेरै सफल दम्पतीका रूपमा प्रस्तुत हुँदै आउनुभएको छ । यो सम्बन्ध अघिल्लो जन्मकै होजस्तो लाग्छ नि
- -हुन त अघिल्लो जन्मबारे मानिसहरूले विश्वास गर्दैनन् । तर, दीपक र म अघिल्लो जन्ममा पक्कै पनि पति पत्नी थियौं । त्यही भएर र यो जन्ममा हामी यति धेरै मिल्ने साथी बनेका हौं । उहाँको र मेरो स्वभाव, काम गर्ने शैली, सोचाइ मिल्ने भएकाले पनि अघिल्लो जन्ममा पक्कै हामी श्रीमान् श्रीमती थियौंजस्तो मलाई लाग्छ । म विराटनगरको मान्छे । उहाँ काठमाडौंको मान्छे । अघिल्लो जन्मको नाताकै कारण यो जन्ममा भेट भएर हामी यति घनिष्ट भएका हौं ।
० तपाईंहरूबीच झगडा कत्तिको हुन्छ
- कामका बेलामा झगडा भइरहन्छ, त्यो पनि आफ्नो सिरियललाई राम्रो बनाउनेबारेमा । कामका बेलाबाहेक अरू बेला भने झगडा हुन्न ।
० तपाईंहरूको जोडी कहिलेसम्म स्थायी रहला
- नेपाली कला क्षेत्रमा धेरैको जोडी टुटे । तर, मदनकृष्ण र हरिवंश दाइको जोडी टुटेको छैन । त्यसपछिको सफल जोडीका रूपमा दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीलाई लिने गर्छन् । हाम्रो जोडी कहिल्यै टुट्नुहुन्न भन्ने दर्शकको कामना छ । त्यसैले हामी यो जोडीलाई यो जुनिभरि टुट्न दिने छैनांै ।
अरु यता >>

'श्रीमती झुक्किएर हैरान'

मैले बिहे गरेर ल्याएपछि मेरो दाइ हेर्न आएछन् । भाइले कस्ती श्रीमती ल्याएछ भनेर कोठामा छिरेको त बुहारीले श्रीमान् सम्झेर बोलाइछ, दाइ लाजले रातोपीरो भएर भागेछन् ।'
मोरपथरी-१ का रामचन्द्र रानाले जम्ल्याहा हुँदाको पीडा र रमाइलो प्रसंग भनिरहँदा बेतना महोत्सव बेलबारीमा भेला भएका हजारौं दर्शकबीच हाँसोको फोहोरा छुट्यो । बेलबारीमा आयोजित बेतना सीमसार महोत्सवको दोस्रो दिन आइतबार 'राष्ट्रिय जुम्ल्याहा-तिम्ल्याहा भेला' गराइएको थियो ।
७७ जोडी जुम्ल्याहा र तीन जोडी तिम्ल्याहा मञ्चबाट दर्शकलाई जुम्ल्याहा-तिम्ल्याहा हुनुको अनुभव सुनाइरहेका थिए । उनीहरूलाई आयोजकले मञ्चमा दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए । धैर जुम्ल्याहा पुरुषको नाम राम/लक्ष्मण र महिलाको गंगा/जमुना थियो । गंगा खतिवडा र जमुना निरौलाले आफूहरूले जुम्ल्याहा भएकामा समाजका सबैबाट माया पाएको अनुभव सुनाए ।
जुम्ल्याहा भएका कारण दिदी-बहिनीमा थप घनिष्टता र आत्मीयता हुने गरेको समेत उनीहरूले बताए । तर रामचन्द्र रानाको झैं उनीहरूका श्रीमान् भने उनीहरूसँग झुक्किएका छैनन् रे । सम्मान कार्यक्रममा एउटाले काम बिगारे अर्काेले सजाय पाउने गरेका रमाइला प्रसंगहरू भनेर जुम्ल्याहाले दर्शकलाई निकै हँसाएका थिए ।
एउटाले काँक्रो चोर्दा अर्काेले कुटाइ खाएको, एउटाको प्रेम पत्र अर्काेले पाएको, शिक्षकले एउटालाई पिट्नुपर्ने झुक्किएर अर्कैलाई पिटेको जस्ता धेरै रमाइला प्रसंग उनीहरूले सुनाए ।
धिमाल जातिको वेशभूषा तथा सांस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो । धिमाल युवायुवतीले परम्परागत पहिरनमा फेसन शोसमेत गरेका थिए ।
साँझ रेश्मा सुनवारले चर्चित गीत 'मै ठूली भै छु रे' गाएर दर्शकलाई उत्तेजित बनाएकी थिइन् । दर्शकको धीत नमरेपछि उनले दोहोर्‍याएर गाउनुपरेको थियो भने लोक गायक महेश बुढाथोकीले 'काफल गेटी कुटुक्कै, भैयो भुतुकै' जस्ता लोकपि्रय गीत गाएर दर्शकलाई लठ्ठ बनाएका थिए ।
बेतना सीमसार संरक्षण समिति बेलबारीको आयोजनामा फागुन १४ देखि नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहेको छ भने संस्कृतिको जानकारीका लागि राई, लिम्बु, धिमाललगायत जातिहरूका परम्परागत पोसाक र उनीहरूले प्रयोग गर्ने सामग्रीको स्टल राखिएको छ ।
बालबालिकाका लागि बाल उद्यान, कम्प्युटर, सवारी, लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य वस्तुसमेत गरी महोत्सवमा ६० स्टल छन् । महोत्सवले ३५ लाख आम्दानी गर्ने लक्ष्य राखेको आयोजकले जनाएका छन् । तेस्रो दिनसम्म ३० हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको प्रचार विभाग संयोजक भोजराज बस्नेतले बताए ।
अरु यता >>
^ Scroll to Top