Monday, January 10, 2011

नओभाएका आँखा’लाई अन्तराष्ट्रिय सम्मान

नेपालमा घटेको दश वर्ष लामो माओवादी सशस्त्र युद्धको विषयमा तयार पारिएको ‘नओभाएका आँखा’ ले अन्तराष्ट्रिय पुरस्कार हात पारेको छ ।
हरेक वर्ष अमेरिकामा आयोजना हुने न्युयोर्क इन्टरनेशनल फिल्म फेष्टिभलमा वृत्तचित्रले यस वर्षको वेष्ट पोलिटिकल डकुमेन्ट्रीको अवार्ड हात पारेको हो । प्रतिस्पर्धाबाट छानिएर जुलाई २२ देपख २९, २०१०मा न्युयोर्कमा र पुनः नोभेम्वर ११ देखी १८ मा लसएन्जलसमा आयोजना भएको फेष्टिमलमा स्क्रिनिड भएको थियो ।
विभिन्न देशका करिब दुइसय फिल्महरुले विभिन्न विधाका लागि प्रतिश्पर्धा गरेका थिए । अमेरिकाको न्युयोर्कमा आगामी फेव्वरीमा आयोजना हुने एक कार्यक्रममा सो सम्मान प्रदान गरिने निर्देशक भोला आचार्यले वताए ।
वृत्तचित्रले २०५२ सालमा कसरी माओवादी सशस्त्र युद्धको सुरुवात भयो र युद्धले जनताहरुलाई कति पीडा दियो भन्ने कुरालाई वास्तविक चित्रण गरेको छ । युद्धको क्रममा १४ हजार भन्दा वढि नेपालीहरुले ज्यान गुमाएका थिए ।
फेष्टिभलको स्क्रििनीडपछि निर्देशक भोला आचार्य यति खेर अमेरिकाको विभिन्न स्टेटमा वसिरहेका नेपालीहरुमाझ देखाइरहेका छन् । यस क्रममा उनले क्यालिफोर्निया, कोलोराडो, टेक्सास र न्यूयोर्कमा देखाइसकेको र नेपालीहरुको वढि वसोवास गर्ने वाल्टिमोर, भर्जिनिया, डिसी, वोस्टन लगायतका अन्य शहरमा देखाउने योजनामा रहेको वताए ।
नेपालमा जारी शान्ति प्रक्रियालाई सफल वनाउन अन्तराष्ट्रिय सहयोग जुटाउने कुरामा यो सम्मानले सकारात्मक भूमिका खेल्ने विश्वास निर्देशक आचार्य छ । ग्लोवल मिडिया नेटवर्कले दुई वर्षको समय खर्चेर तयार गरेको यो वृत्तचित्र एक घण्टा १९ मिनेटको छ ।

No comments:

Post a Comment

^ Scroll to Top