Wednesday, January 12, 2011

शितलहरले लियो दुई बृद्धाको ज्यान

गौरीशंकर गाबिस-९ की ६० वर्षिया अनारदेवी पाठक र शंकरपुर गाबिस-९ की ६५ वर्षिया इन्द्रमाया लुंगेलीको जाडोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शितलहरसँगै दिनभरी चल्ने चिसो सिरेठोले यहाँको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । सिमसिमे पानी जस्तै आकासबाट लगातार शित झरीरहेको छ ।
आज समेत चारदिनको अबधिमा यहाँ जाडोले मृत्यु हुनेको संख्या १० पुगेको छ । लगातार जाडो बढ्दै गएपछि जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले जिल्लाभरी आगो ताप्न दाउरा बितरण गरिरहेको छ ।
जाडोका कारण चोक बजार तथा गाउँ घरमा समुह बनाएर आगो ताप्दै गरेको देखिनु सामान्य जस्तै भएको छ । प्रत्येक बजारमा मुढा सल्काएर आगो ताप्दै गर्नेको भिड बढेको छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

^ Scroll to Top