Monday, May 16, 2011

भुवन केसीको आक्रोश अनि गुनासो


नायक भुवन केसी अहिले मिडियाहरू प्रति निकै आक्रोशित भएका छन् । फिल्मीखबर डटकम लगायतका केहि मिडियाहरूमा भुवनले कुटाई खाएको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

शनिबार दिउँसो कोटेश्वर चोक नजिकै भुवनकी गर्लफ्रेण्ड भनिएकी शर्मिला डंगोलका श्रीमानले दिन दहाडै सडकमा कुटेको खबर आएको थियो । तर भुवनले भने सो खबरको खण्डन गर्दै आफूले कुटाई नखाएको दाबी गरेका छन् । तर प्रत्यक्षदर्शीहरूले भने भुवनले कुटाई खाएको बताएका छन् । आफ्नो इज्जत माथि दाग लगाउने गरि मिडियाले समाचार सम्प्रेशण गरेपछि भुवन केहि मिडियाको अफिसमा स्पष्टिकरण माग्न समेत पुगेका थिए तर प्रत्यक्षदर्शी नै साक्षी भएपछि भुवनको पनि के लागोस् ? तर पनि उनी दुई जना बिच मुठभेड भएपनि हात हालाहाल भने नभएको दाबी गर्छन् ।

भुवनले निर्माण गरेको चलचित्र 'साथी म तिम्रो' प्रदर्शनको संघारमा आएको अवस्थामा यस्तो घटना घट्नु उनका लागि पक्कै पनि दुर्भाग्य हुन सक्छ । सायद त्यसैले पनि उनले आफ्नो इज्जत जोगाउन कुटाई नखाएको दाबी गरेको हुन सक्छ । तर सत्य यो हो की उनले शर्मिलालाई आफ्नो गर्लफ्रेन्ड भएको बताउँदै आएका छन् र शर्मिला बिबाहिता नारी हुन् । आफ्नी श्रीमती कुनै पर पुरूषसँग नारिएर हिंडेपछि कुन श्रीमानको मन दुख्दैन र ? रिस कस्लाई उठ्दैन होला र ? त्यसैले रिसको झोंकमा भुवनले कुटाई खानु पनि कुनै नौलो कुरा नहुन सक्छ ।

भुवन जी आफ्नी श्रीमतीसँग डिभोर्स गरेर अर्काकी श्रीमतीलाई लिएर हिंड्दा कुटाई त खाईहालिन्छ नि ! त्यसैले अब देखि यस्तो कुरामा ध्यान पुर्‍याउनु होला है । नत्र हामी फेरि पनि कुटाई खाएको समाचार लेख्न बाध्य हुन्छौं ।


फिल्मीखबर

No comments:

Post a Comment

^ Scroll to Top