Friday, June 17, 2011

आमाले चलाएको कारले किचेर छोराको मृत्यु


सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन्

बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् ।

सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन् । सुन्दै पनि कहालीलाग्दो यो घटना जानाजान भएको भने होइन । ती महिलाले कार ब्याक गरिरहेको वेलामा बच्चा कारमुनि किचिन पुगेको थियो । आमाले चलाएको कारले किचिएको सो दुई वषर्ीय बच्चाको तत्कालै मृत्यु भयो ।

घटनाअनुसार ती महिलाको दुई वषर्ीय छोरो हेनरी हैरिंटन घरमा आफ्नी चार वषर्ीया दिदी र काम गर्ने आइमाईका साथ आँगनमा खेलिरहेको थियो । बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । तर, त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् ।

कार ब्याक गर्दै गर्दा उनले बच्चा चिच्याएको आवाज सुनिन् । हत्तपत्त कारबाट झरेर हेर्दा आफ्नै छोरो रगताम्मे हालतमा कारको टायरमुनि किचिएको थियो । सो बीभत्स दृश्य देखेर ती महिला मात्र होइन काम गर्ने आइमाई कहालिँदै चिच्याइन् । उनीहरूले घाइते बच्चालाई कारको टायरमुनिबाट निकालेर हतारहतार केके विमेन्स एन्ड चिल्ड्रेन हस्पिटलमा पुर्‍याए । बच्चा अस्पताल पुर्‍याएको एक घन्टामै डक्टरले बच्चालाई मृत घोषित गरे । कारले किचेर बच्चा मारेकाले सिंगापुर पुलिसले भावविह्वल आमालाई थुनामा राखेको छ । ती आमा आफ्नो बच्चाको यादमा पागलझैं भएकी छिन् ।

Nayapatrika

No comments:

Post a Comment

^ Scroll to Top