Monday, June 13, 2011

सुनका लागि बाग्मतीमा डुबुल्की / हुनेखाने पनि खोज्छन् सुन


पिटर कुँवर (काठमाडौं) टेकु दोभानआसपासका बाग्मती र विष्णुमती नदीभित्र साबेलको सहारामा ३ जना मिलेर केही खोजिरहेका देखिन्थे। उनीहरू केही कुरा पाएझैं आफनो झोलामा टिप्दै-हाल्दै थिए। यस्तो फोहोर नदीमा आखिर के खोजिरहेका होलान् त, त्यो पनि यति धेरै मेहनत गरी - जिज्ञासा जागिहाल्यो।
ँहामी सुन खोज्दै छौं’ -उनीहरूमध्येका एकले जबाफ दिए।
ँसुन पाइन्छ त -’ -अपत्यारिलो प्रश्न उठ्यो।

ँहो, सुनै खोजेका हौं।’ आफनो नाम नखुलाई दिने र्सतमा उनलेे थपे- ँनत्र यस्तो फोहोर नदीमा किन यसरी मेहनत गर्नुपथ्र्यो-’
यस्तो नदीमा सुन पाइने भए १०-१२ हजारको जागिरका लागि किन दौडधुप गर्नुपर्थ्याे- अर्को प्रश्न उठ्यो।
तर जति सुकै मेहनत गरे पनि सधैँ सुन नपाउने उनीहरूको स्वीकारोक्ति थियो।

उनीहरूको भनाइमा आर्थिक अभावका कारण भने ढलैढल मिसिएको नदीमा यसरी मेहनत गरिएको होइन।
तिनीहरूमध्ये एकजना हाँस एवम् कुखुरा पालक, एकजना कवाडी साहू र अर्का होटल मालिक भएको उनीहरुको भनाइ छ।
ँसधैँ आउनुहुन्छ तपाईंहरू-’ प्रश्नको जबाफमा उनीहरूले भने- ँकहिलेकाहीं मात्र आउँछौं’ एकजनाले भने- ँधेरै गर्मी भएको बेला शितल पनि हुने, भाग्य छ भने सुन पनि पाइने। आज त्यहीं भएर आएका।’

आफूलाई कवाडको साहू बताउनेले भने- ँयहाँ यसरी नदीमा सुन खोज्ने धेरै छन्। उनीहरूले धेरैपटक ३०/४० हजारको सुन पाइसकेका छन्। त्यही घटनाबाट लोभिएर हामीले पनि खोज्न थालेको हौं।’

राम्रै आमदानीको स्रोत हुँदाहुँदै पनि सुन पाउने लालसाले फोहोर नदीमा पस्ने यस्ता मानिसहरू सामाजिक लाजको कारण धेरै कुरा खोल्नै चाँहदैनन्। त्यसमाथि आफनो परिचय दिन पनि गाह्रो मान्छन्।

एक वर्षेखि यसरी फोहोर नदीमा सुन खोज्न थालेको भए पनि आफूले भने खासै परिणाममा सुन नपाएको कवाडी साहूले जानकारी दिए। तर सुन नपाए पनि फलामलगायत धातुका सामान पाइरहने हुँदा कुनै दिनको मेहनत पनि खेर नजाने उनको भनाइ छ। दिनमा यस्ता धातुहरु ४-५सय रुपैयाँ सम्मको संकलन हुने बताउँछन् मानिसहरु। अन्य मानिसहरु बोल्नै नचाहे पनि कवाडी साहूले जानकारी दिएअनुसार नदीमा सुन खोज्ने कतिपय मानिसहरू १२-१५ हजारको जागिरमा आँखै लगाउँदैनन्। यसरी टेकु दोभान आसपासमात्रै सुन खोज्ने करिब दर्ुइ दर्जन मानिस छन्।

नदीमा सुन कहाँबाट आउँछ त आखिर- अर्को जिज्ञाशा पनि उठ्यो। उनीहरूका अनुसार कतिपय शव जलाउँदा औंठी, कानका मुन्द्रा, नाकको फूली आदि ननिकाली जलाउँछन्। त्यस्ता शव जलाएको खरानी बागमती र विष्णुमतीमा नै बगाउने हुँदा उनीहरुले त्यही पाउँछन्। त्यस्तै कतिपय पूजाआजामा चढाएका सुनचाँदी पनि नदीमा सेलाउने हुँदा ती पनि पाउने सम्भावना भएको उनीहरू बताउँछन्।

कतिपय मानिसले यसलाई आफनो पुख्र्यौली पेसाको रूपमा पनि अँगालिरहेका छन्। रातो कमिज लगाएका अर्का एकजना पनि नदीको बीचमा सुन खोज्नैमा ध्यानमग्न देखिन्थे। घाम क्षितिज पछाडि नलुकेसम्म उनी निक्लिनै मानिरहेका थिएनन्। टेकुदोभान आसपास हरेकदिन यसरी सुन खोजिरहेको देखिन्छ।

No comments:

Post a Comment

^ Scroll to Top