Wednesday, October 12, 2011

ह्याप्पी बर्थ डे अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चन ६९ वर्षमा टेकेका छन् । अलाहावादमा आजभन्दा ६९ वर्षअघि बुवा डाक्टर तथा कवी हरिवंश राइ बच्चन तथा आमा तेजी बच्चनको कोखबाट जन्मेका अमिताभ बच्चन अर्थात बिग बी को पहिलाको नाम इलकलाब रहेपनि पछि बुवा हरिवंशले नाम परिवर्तन गरी अमिताभ राखिदिएका थिए । अमिताभको अर्थ कहिल्यै ननिभ्ने ज्योति भन्ने हुन्छ ।

अमिताभले सफल अभिनेतृ जया भदुरीसग बिहे गरे । जया र अमिताभका स्वेता नन्दा तथा अभिशेक बच्चन गरी दुइ जना सन्तान छन् । अभिशेक बच्चन बलिउडकै हिरो हुन् भने स्वेता दिल्लीको एक व्यापारिक घरानाकी बुहारी बनेकी छिन् । अमिताभले बुहारी पनि हिरोइन नै पाए । छोरा अभिषेकले विश्व विश्व सुन्दरी तथा बलिउडकी चर्चित अभिनेतृ ऐश्वर्या रायसाग बिहे गरेका छन् । अमिताभ अब हजुरबुवा हुँदैछन् छिट्टै । अर्को महिना ऐश्वर्याले जुम्ल्याहा सन्तान जन्माउँदैछिन् ।

सात हिन्दुस्तान नामको चलचित्रबाट सन् १९६९ मा बलिउडमा डेब्यु गरेका अमिताभले त्यसपछिका ३ वर्ष ठूलै संघर्ष गर्नुपर्यो र त्यसबीचमा खेलेका १५ वटा फिल्म औषत रहे । तर सन् १९७२ को फिल्म जञ्जिर सुपरहित भएपछि बच्चन एकाएक हिट बने ।

फिल्ममा उत्कृष्ट अभिनेताको रुपमा बच्चनले अहिलेसम्म ४ वटा राष्ट्रिय अवार्ड पाएका छन् । सन् १९६९ मा सात हिन्दुस्तानका लागि उत्कृष्ट नवप्रतिभा अवार्ड , सन् १९९० को अग्नीपथ , २००५ को ब्लाक र २००९ को पा का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड हात पारेका छन् अमिताभले । त्यसका अलवा उनले डन , अमर अकवर एन्थोनी , नमक हराम , हम तथा आनन्द लगायतका फिल्मबाट विभिन्न अवार्ड हात पारेका छन् ।

उमेर चढ्दै गएपनि र बलिउडमा दमदार हिरोको संख्या बढ्दै गएपनि बच्चनको चार्म घटेको छैन । उनले ठूलो पर्दामा जस्तै सानो पर्दामा पनि उस्तै धमाका बच्चाइरहेका छन् । बिग बी का नामले चिनिने अमिताभले चलाउने टेलिभिजन रियालिटी शो कौन बनेगा करोडपति निकै चर्चित छ ।

४० वर्षसम्म बलिउड फिल्म उद्योगमा अनवरत रुपमा लागिरहेका अमिताभ अझैपनि थाकेका छैनन् । चोटका बाबजुत अमिताभ हाल रामगोपाल बर्माको फिल्म डिपार्टमेन्टको सुटिङमा व्यस्त छन् । यो बाहेक अमिताभलाई आसन्न फिल्म स्ट्रगलर , पावर , बुद्ध , हाउसफुल २ , तलिसमान , आाखे २ मा देख्न सकिनेछ । बलिउडमा मात्र सिमित नभएर अब बिग बी हलिउडमा पनि डेब्यु गर्दैछन् । उनको पहिलो हलिउड फिल्मको रुपमा रहेको ग्रेट ग्यास्बीको सुटिङमा उनी केही समयपछि व्यस्त हुनेछन् ।

ऋमिताभको जिवन फिल्म र टेलिभिजन प्रस्तोतामा मात्र सिमित रहेको छैन । उनी सन् १९८४ देखि ८७ सम्म भारतको सांसद समेत बने । यस्ता प्रतिभाशाली अमिताभ दीर्घजीवी होउन् । ह्याप्पी बर्थ डे टु यु , अमिताभ ।

Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top