Friday, February 11, 2011

कलेज गइरहेका किशोरको रड प्रहार गरी हत्या

विद्यार्थीको एक समूहले वीरगञ्जस्थित नेशनल एकेडेमी कलेजमा अध्ययनरत प्रवीण सिंहको शुक्रबार बिहान रड प्रहार गरी हत्या गरेको छ।
रौतहट गौर ब्रह्मपुरी घर भई हाल वीरगंज १८ भिष्वामा बसोबास गर्ने रामबाबु सिंहका १७ वर्षीय छोरा प्रवीणको बिहान ६ बजेतिर बिहान कलेज गइरहेको समयमा सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययनरत युवाहरुको एक समूहले सिहको रडले हानी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
सिंहलाई ती विद्यार्थीहरुले मुर्लीचौकमै घेरेर उनीमाथि रडले प्रहार गरी मरणासन्न अवस्थामा छाडेर भागेका थिए। घाइते सिहलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गर्ने युवकहरु अहिले फरार छन्। उनीहरुको खोजतलास जारी रहेको पर्सा प्रहरीले जनाएको छ।
मृतक सिंहको शवलाई पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ।

No comments:

Post a Comment

^ Scroll to Top