Monday, February 14, 2011

आमिर खानलाई सय करोड पारिश्रमिक

मुम्बई, फागुन २ (एजेन्सी)– चाँडै निर्माण हुने 'धुम–३'ले सोच अनुसार नाफा कमाएमा आमिर खान बलिउडका सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेता हुनेछन्। निर्माता आदित्य चोपडासँग उनले नाफाको ठूलै हिस्सा पाउने सम्झौता गरेका छन्। 'धुम–३' मा आफ्नो चल्तीको पारिश्रमिक करिब पाँच करोड भारुमै चित्त नबुझेपछि उनले नाफाको हिस्सा मागेका हुन्। 'धुम'को तेस्रो शृंखलाले यसअघिका दुई फिल्मका हाराहारीमा मात्रै कारोबार गरेमा पनि आमिर बलिउडका अरू कुनै पनि खानभन्दा महँगा साबित हुनेछन्।
'धुम–२'ले भारत र विदेश गरी दुई अर्ब भारु नाफा कमाएको थियो। सन् २००६ को उक्त नाफालाई आधार बनाउने हो भने आमिरको भागमा ७० करोड पर्नेछ। तर अहिलेको सुधारिएको बजार अनुसार चाहिँ आमिरले एक अर्ब सजिलै पाउन सक्छन्।
'धुम–३'ले कस्तो व्यापार गर्छ? अहिले नै अनुमान गर्न कठिन छ। तर, अघिल्लो 'धुम'ले भन्दा आधा कम व्यापार गरे पनि आमिरले घरमा एक अर्ब भारु लैजाने निश्चित भएको बताइएको छ। आमिरले नाफाको करिब ३० प्रतिशत हिस्सा दावी गरेको समाचार छ।

No comments:

Post a Comment

^ Scroll to Top