Wednesday, February 2, 2011

नोबेल पुरस्कारका लागि असान्जेको चर्चा

विकिलिक्स वेबसाइटका संस्थापक जुलियन असान्जे यसवर्षको नोबेल शान्ति पुरस्कारका लागि चर्चामा रहेका छन् । अमेरिकासम्बन्धी हजारौं गोप्य दस्तावेज सार्वजनिक गरेका असान्जेको नाम नोबेल शान्ति पुरस्कारका लागि चर्चामा आउन थालेपछि अरबी तथा पश्चिमी राष्ट्रहरू भने चकित भएका छन् । यद्यपि उनको नाम भने प्रस्तावित भइसकेको छैन । तर नाम प्रस्ताव भएमा उनले पुरस्कार पाउने प्रवल सम्भावना रहेको जनाइएको छ ।
आगामी अक्टोबरमा घोषणा हुने सबै विधाका नोबेल पुरस्कारका लागि फेबु्रअरी १ तारिखसम्म नाम पठाई सक्नुपर्नेछ । विकिलिक्सका संस्थापक तथा पूर्व अस्ट्रेलियाली ह्याकर जुलियान असान्जेले दुई लाख ५० हजारभन्दा बढी गोप्य अमेरिकी कुटनीतिक दस्तावेज सार्वजनिक गरिदिएपछि विश्वभर हलचल मच्चिएको छ ।
उनीमाथि स्वीडेनमा भने यौन दुराचारको आरोप लगाइएको छ । तर उनले आफूमाथि लगाइएको आरोप निराधार रहेको भन्दै आफूमाथि प्रतिशोध साँध्नका लागि अमेरिकाको इशारामा यस्तो आरोप लगाइएको दाबी गर्दै आएका छन् । हाल बेलायतमा रहँदै आएका उनी गत महिना केही दिन बेलायती प्रहरीको नियन्त्रणमा रहेका थिए । तर एक अदालतले उनलाई जमानतमा रिहा गर्न आदेश दिएपछि उनी लन्डनमा बस्दै आएका छन् । (एजेन्सी)

No comments:

Post a Comment

^ Scroll to Top