Friday, February 11, 2011

नायक शाहिद कपुर नांगिन मानेन्

बलिउड नायक शाहिद कपुरले नांगिन नचाहेर एक चलचित्रको प्रस्ताव अस्वीकार गरेको तथ्य प्रकाशमा आएको छ । स्रोतका अनुसार शुक्रबार प्रदर्शन भएको चलचित्र ‘होस्टेल’ का लागि सुरुमा शाहिद कपुरलाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । तर पटकथामा नग्न दृष्य दिनुपर्ने भएकाले शाहिदले त्यस्तो दृष्य आफूले दिन नसक्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।
शाहिदले अस्वीकार गरेपछि चलचित्र निर्माण सम्बद्ध पक्षले श्रेयस तलपडेलाई उक्त प्रस्ताव गरेका भए पनि श्रेयसले समेत सो प्रस्ताव अस्वीकार गरेका थिए ।
‘सरकार’ र ‘दि स्टोनमेन मर्डर्स’ जस्ता चलचित्रका लेखक र निर्देशक मनीष गुप्ताले उक्त चलचित्र बनाएका हुन् । उनी वास्तविक जीवनमा आधारित चलचित्र बनाउन माहिर छन् ।
चलचित्र ‘होस्टेल’ मा उनले नयाँ विद्यार्थीलाई कलेजमा कसरी जोकर बनाएर जिस्क्याइन्छ भन्ने देखाउन खोजेका छन् । यस चलचित्रमा वत्सल सेठले मुख्य भूमिका निर्वाह गरेका छन् ।
मनीषले भने, ‘चलचित्रको कथावस्तु शाहिदलाई खुब मन परेको थियो, तर चलचित्रमा केही यस्ता दृष्य पनि थियो जो उनलाई सहज लागेन ।’ पछि आफूले श्रेयससमक्ष यो प्रस्ताव राखेको र उनले पनि अस्वीकार गरेको मनीषले जानकारी दिए ।
यसैबीच शाहिदले विशाल भारद्वाजद्वारा निर्देशित चलचित्र ‘सात खुन माफ’ मा पनि काम गर्न अस्वीकार गरेको खुलासा भएको छ । विभिन्न सात नायकका साथ नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको सो चलचित्रका लागि भारद्वाजले शाहिदलाई प्रस्ताव राखेका थिए । भारद्वाजका अनुसार शाहिदले आफ्नै पिताको एक चलचित्रमा व्यस्त हुनुपरेको कारण दर्शाउँदै सो चलचित्रमा अभिनय गर्न अस्वीकार गरेका थिए । यो चलचित्र रक्नि बोन्डको ‘सुसानाज सेभेन हस्बेन्ड’ मा आधारित छ । यस चलचित्रमा नसीरुद्दीन शाह, जोन अब्राहम, नील नितिन मुकेश, इरफान खान, अन्नु कपुर र नसीरुद्दीनका छोरा विवान शाहका अतिरिक्त रुसी अभिनेता अलेक्जेन्डरले अभिनय गरेका छन् ।
चलचित्रमा यी सातै पुरुष प्रियंकाको पतिको भूमिकामा छन् । भारद्वाजले भने, ‘यसमा नायिकाको भूमिका महत्गवपूर्ण छ, यसका लागि मेरो पहिलो रोजाइ नै प्रियंका थिइन्, उनले कथावस्तु हेर्नासाथ काम गर्न स्वीकार गरिन् ।’

No comments:

Post a Comment

^ Scroll to Top