Wednesday, February 2, 2011

करिना कपुरले शाहिद कपुरलाइ बिर्सने

बलिउड नायिका करिना कपुरले नायक सैफ अली खानसँग आफ्नो बिहे पक्का भइसकेको बताएकी छन् । बिहे कहिले गर्ने भन्ने सम्बन्धमा उनले स्पष्ट मिति नदिए पनि सन् २०१२ मा सैफसँग आफ्नो बिहे पक्का हुने बताइन् ।
बिहेअघि एकजनालाई बिर्सनु आवश्यक रहेको उनले बताइन् । स्टार वर्ल्ड टेलिभिजन च्यानलमा प्रशारित हुने कार्यक्रम ‘कफी विथ करण’ मा करिनाले सो बताएकी हुन् । कसलाई बिर्सनु छ भन्नेबारे भने उनले स्पष्ट बताइनन् । तर जानकारहरूका अनुसार सैफसँग सम्बन्ध जोड्नुअघि अर्का नायक शाहिद कपुरसँग प्रेम गरेकी करिनाले सम्भवत: शाहिदलाई नै बिनुपर्ने संकेत गरेकी हुन् ।
चलचित्र निर्देशक करण जोहरले सञ्चालन गर्दै आएको सो कार्यक्रममा पाहुनाका रूपमा आएकी करिनाले आफ्नो जीवनमा अब सैफबाहेक अन्य पुरुष नआउने बताइन् ।

No comments:

Post a Comment

^ Scroll to Top