Wednesday, February 2, 2011

बाख्राले बाँदररूपको पाठो जन्माएपछि

महोत्तरी जिल्लाको बेलगाछी–९ का किसान दिलीप महतोको बाख्राले बाँदररूपको पाठो जन्माएपछि अहिले उनको घरमा सो पाठो हेर्नेहरूको धुइरो लागेको छ ।
महतोको बाख्राले पहिलो बेतमै बानररूपको पाठो जन्माएपछि त्यो अस्वाभाविक पाठो हेर्न बेलगाछी, रामनगर, गौशालालगायतका वरिपरिका गाउँबाट मानिसको धुइरो लागेको हो । नाक नभएको र एउटा मात्रै आँखा भएको नवजात पाठोले आमाको दूध चुसिरहेको सो पाठो हेरेर फर्केका गौशाला–२ का अजय साहले बताए ।
यता पशु स्वास्थ्य विज्ञहरूले भने बाख्राले गर्भावस्थामा राम्रो रेखदेख र पोषणयुक्त खानेकुरा नपाएकाले गर्भको बच्चा राम्रोसँग विकास हुन नसक्दा अस्वाभाविक रूपमा जन्मेको प्रतिक्रिया दिएका छन् । (रासस)

No comments:

Post a Comment

^ Scroll to Top