Thursday, February 10, 2011

वन अधिकृतद्वारा भान्छेकी पत्नीलाई बलात्कार प्रयास

लहान, माघ २६ - जिल्ला वन कार्यालय सिरहाका वन अधिकृत जयमङ्गल प्रसादले आफ्नो निवासमा कार्यरत भान्से विनोद साहका पत्नीलाई हातपात र यौन दुर्व्यहारको प्रयास गरेका छन् । पति जागिर भएपछि भेट्न आएकी भान्से साहका २० वर्षिया पत्नीलाई क्वार्टरमै रहेको अवस्थामा वनअधिकृत जयमंगल प्रसादले हातपात गरी यौन दुर्व्यवहारको प्रयास गरेपछि दुवै जनाले बुधबार सञ्चारकर्मीसमक्ष गुहार मागेका छन् । चार महिनाअगाडि डिएफओको निगाहबाट भान्सेको जागिर लागेका विनोद साहले जागिरे भएपछि डेढ महिनाअगाडि आफ्नी पत्नीलाई आफूकहाँ बोलाएका थिए । 'पत्नी आउनेबित्तिकै डिएफओले आफूलाई श्रीमतीसँग सुत्न दिए जागिर स्थायी गरिदिने र राम्रो रकम दिने प्रलोभन दिंदै आएका थिए', भान्से साहले सञ्चारकर्मीहरुलाई भने- तर मैले नमानेपछि डिएफओले तीन महिनाको रकम रोक्का गरेर मलाई नीजी डेरा खोज्न अप्ठ्यारो गरेको थियो । पीडित गायत्रीदेवी साहले मङ्गलबार साझ डिएफओ प्रसादले खानका लागि पतिसहित आफूलाई बोलाई साहलाई मासु लिन बाहिर पठाएपछि बलात्कार गर्ने प्रयास गरेको जानकारी दिइन् । डिएफओको नियत थाहा पाएपछि भान्से साहकी पत्नी गायत्री चिच्याउँदै त्यहाबाट भागेका थिए । घटना थाहा पाएपछि बाटोमा पर्ने जेएस मुरारका क्याम्पसबाट फर्किदै गरेको विधार्थीको टोली र महिला अधिकारवादीहरुले बुधबार लहानस्थित जिल्ला वन कार्यालय घेरेका थिए । स्थिति तनावग्रस्त हुन थालेपछि वडा प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले डिएफओलाई सुरक्षा प्रदान गरेको छ । महिलामाथि हातपात गर्ने डिएफओलाई कारबाही गर्नुको साटो प्रहरीले सुरक्षा दिएपछि केहीबेर त्यहाँ विधार्थी र प्रहरीबीच भनाभनको स्थिति आएको थियो । घटनाबारे नेबिसङ्घ सिरहाका अध्यक्ष परमेश्वर साहले खेद व्यक्त गरेका छन् । भान्सेकी श्रीमतीमाथि हातपात गरेको आरोप लागेका डिएफओ प्रसादलाई सञ्चारकर्मीहरुले यसबारे राखेको जिज्ञासाको उत्तर दिनुको साटो डिएफओ प्रसादले सञ्चारकर्मीलाई यसबारे केही बोल्दिन, तपाईहरुलाई जे मन लाग्छ त्यही लेख्नुस भन्दै तर्किएका थिए ।

No comments:

Post a Comment

^ Scroll to Top