Thursday, February 10, 2011

अभिभावक रिसाएपछि १२ वर्षीय बालकद्वारा आत्महत्या

दैलेख, माघ २७- लकान्द्र गाविस- ७ का १२ वर्षीय कालो भण्डारीले आत्महत्या गरेका छन्। उनले आफ्नो पढ्ने कोठामा डोरी लगाई आत्महत्या गरेका हुन। गत साउनमा मात्र उनका बाबुको क्यान्सरका कारण मृत्यु भएको थियो।
पतिको मृत्युपछि दुई छोरा र एक छोरीलाई पाल्दै आएकी लक्ष्मी छोराले पनि यसरी बाल्यकालमै आत्महत्या गरेपछि निकै दुखित भएकी छिन्।
कालो कृष्ण उच्च माविका कक्षा ४ मा अध्ययनरत् विद्यार्थी हुन्। दुई दिनको पढाई छाडेर अरु साथीसँग पौडी खेल्न रामघाट खोला गएको भन्दै अभिभावकहरु रिसाएपछि उनले कोठामा भित्रबाट छेस्किनी लगाई भित्ताको काठमा झुण्डिएर मरेको आमा लक्ष्मीले बताइन।
कालोले आफूसँगै रहेकी ७ वर्षिया बहिनी अनितालाई म पिङ खेल्छु, तिमीचाहिँ हेर्नु है भन्दै घरको भित्तामा रहेको काठको किलामा डोरी लगाएर आत्महत्या गरेका थिए।

No comments:

Post a Comment

^ Scroll to Top