Sunday, February 6, 2011

६ लेनको सडक / दुई हप्तामा १२ जनाको मृत्यु

जापान सरकारको सहयोगमा नमुना सडकको रुपमा निर्माण सम्पन्न हुन लागेको कोटेश्वर-भक्तपुर ६ लेन सडक विस्तार कार्यसँगै विगत दुई हप्ताबीचमा १२ जनाको दुर्घटनामा ज्यान गएको र २१ जना अंगभंग भएपछि चिन्तित बनेका सामाजिक संस्थाका प्रतिनिधिहरुले दुर्घटनासम्बन्धी कडा कानुन कार्यान्वयनमा ल्याउन प्रहरीलाई आग्रह गरेका छन्।
उपभोक्ता माच भक्तपुर र रेडक्रस भक्तपुरले संचालन गरेको सप्ताहव्यापी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक जनचेतना कार्यक्रमको शनिबार समापनमा बोल्दै अधिकांश सरोकारवालाले ६ लेनको फराकिलो सडकमा १५ दिनकै बीचमा यति धेरै दुर्घटना हुनुमा चालकको लापरबाही रहेको औंल्याउँदै दुर्घटनामा संलग्नलाई कडा ऐन लागू गरेर मुद्दा चलाउनुपर्ने आवाज उठाए काठमाडौं जडीबुटीदेखि भक्तपुर हनुमन्ते पुलसम्मको सडकखण्डमा यति थोरै दिनमा धेरै जनधनको क्षति भएको विवरण उपभोक्ता माचका पदाधिकारीले प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआइजी विज्ञानराज शर्माले दुर्घटना न्यूनीकरण गर्न निर्माणाधीन ६ लेनको सडकखण्डमा व्यवस्थित ट्राफिक नीति अपनाइने बताउँदै मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकलाई कडा खालको कारबाहीका लागि मुद्दा दायर गरिने जानकारी दिनुभयो। कार्यक्रममा ट्राफिक प्रहरीका एसएसपी पंकच श्रेष्ठ भक्तपुरका प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र रेडक्रसकर्मीहरुले दुर्घटना न्यूनीकरणमा जेब्राक्रसर आकाशे पुल निर्माण गरी जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।

No comments:

Post a Comment

^ Scroll to Top