Sunday, February 6, 2011

कैटरिना र रणवीरले सँगै रात विताए

कैटरिना कैफ र रणबीर कपुरबीचको 'गुपचुप' प्रेम फेरि सार्वजनिक भएको छ। निर्देशक करण जोहरले होटल फोर सिजनमा दिएको पार्टी पछि अलग्गै बाहिरिएकी कैटरिनाको कार पार्टीको भोलिपल्ट बिहान रणवीरको बान्द्रास्थित घरमा भेटिएको थियो। फरक फरक कारमा पार्टी नसकिँदै निस्किएका बलिउडको यो जोडी रणवीरको घरतिर हानिएको थियो। कैटरिना बिहान ७ बजेसम्म रणवीरको घरमा थिइन्।
उनीहरुको गुपचुप भेटको यो पहिलो भने होइन्। एक साता अघिमात्रै मिडियाहरुले रणवीरले कैटरिनाको घरमा रात विताएको समाचार दिएका थिए। सलमान खानसँगको सम्वन्धका कारण चर्चामा रहेकी कैटरिना र रणवीर कपुरबीचको अव उनीहरुले गोप्य राख्न सक्ने स्थिति छैन।

No comments:

Post a Comment

^ Scroll to Top