Thursday, February 3, 2011

झले प्रधानमन्त्री पक्का

एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुने पक्का भएको छ । संसदको ठूलो दल माओवादीले समर्थन गर्ने निर्णय गरेपछि खनाल प्रधानमन्त्री हुने पक्का भएको हो
संक्षेपमा खनाल
झलनाथ खनालको जन्म बिस २००६ साल चैत ३ गते इलामको साँखेजुङमा भएको हो । पिता पुङ्कनाथ र माता मधुमाता खनालको कोखबाट खनाल सातौं सन्तानकोरुपमा जन्मिएका हुन् ।
खनाल विद्यार्थी जीवनदेखि नै भूमिगत कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । खनाल यसबीचमा तत्कालिन नेकपा मालेको पोलिट्ब्युरो सदस्य हुँदै महासचिव भएका थिए ।
संविधानसभा निर्वाचनमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल दुई ठाउँबाट पराजित भएपछि खनाल महासचिव भएका थिए । २०६६ सालको बुटवल महाधिवेशनमा बरिष्ठ नेता केपी शर्मा ओलीलाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएका थिए ।
खनाल संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट संविधानसभा सदस्य चुनिएका हुन् । उनले राजनीतिशास्त्र र इतिहासमा स्नातक गरेका छन् ।

No comments:

Post a Comment

^ Scroll to Top