Thursday, February 10, 2011

श्रीमतीलाई जिस्क्याएको रिसमा कुटेर हत्या

अर्घाखाँची, माघ २६ - आफ्नी श्रीमतीलाई जिस्क्याएको रिसमा एक युवकले आफनै छिमेकी साथीलाई कुटपिट गरी हत्या गरेका छन् ।
जिल्लाको धनचौर-९ स्थित प्यारे भन्ने गाउँका गोमानसिंह बुढाले आफनी श्रीमतीसँग गफ गर्दै जिस्क्याएको थाहा पाएपछि छिमेकी साथी दधिराम भुसाललाई कुटपिट परी हत्या गरेका हुन् ।
मंगलवार दिउँसो बुढाको घरमा आएको बखत भुसालले उनकी श्रीमतीसँग दिनभर गफ गरेको र पछि अश्लिल शब्द प्रयोग गरेको सुनेपछि रिसको झोकमा कुटपिट गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक बुद्धिराज गुरुङले बताए ।
बुढाको घरबाट आफनो घर र्फकदा अत्यधिक मदिरा सेवन गरेका भुसालले श्रीमतीलाई जिस्काउदै जबरजस्ती गर्न खोजी अश्लिल शब्द प्रयोग गरेकोले कुटेर हत्या गरेको उनले बताए । धनचौरको विकट र जंगलले घेरिएको प्यारे भन्ने ठाउँमा तीन घरपरिवार मात्र बसोबास गर्छन ।
भुसाल र बुढाको घर नजिकै रहेकाले र विवाद भएपछि गोमानसिंह, उनका भाइ शालिकराम र बुवा खडकले सामुहिक रुपमा कुटपिट गर्दै घरको आगनसम्म पुर्‍याउँदा भुसालको ज्यान गएको गाउँलेको भनाई उद्दृत गर्दै प्रहरीले बतायो ।
घर आगाडी भुसालको शवलाई घरपरिवारले राती ११ बजे फेला पारेका थिए । घटनापछि गोमानसिंह सहित उनीहरु फरार रहेको र खोजिकार्य भैरहेको गुरुङ्गले बताए । घटना घटेपछि बुधवार अबेर मात्र गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
भुसालको टाउँको र छातीमा चोट लागेको छ । घटनास्थल सदरमुकाम देखी करिब ४० किलोमिटर दक्षिणी भेगमा पर्छ ।

No comments:

Post a Comment

^ Scroll to Top