Tuesday, February 1, 2011

प्रचण्डमाथि आक्रमण प्रयास सहिद परिवारलाई बेवास्ता गरेको आरोप

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आइतबार र्सार्वजनिक समारोहमै आक्रमण प्रयास भएको छ । कार्यक्रम आयोजक र माओवादी कार्यकर्ताको चलाखीका कारण दाहालमाथि आक्रमण हुन पाएन । सत्तासीन दल एमालेका अध्यक्ष झलनाथ खनालमाथि इटहरीमा र्सार्वजनिक समारोहमै थप्पड प्रहार भएको घटना सेलाउन नपाउँदै दाहालमाथि आक्रमण प्रयास भएको हो । खनालमाथि ६ माघमा सुनसरी भरौल-१ का देवीप्रसाद रेग्मीले थप्पड हानेका थिए ।
सुनसरीको हाँसपोसा-४, भवानीपुरस्थित सहिद स्मृति आवासीय विद्यालयले निर्माण गरेको छात्रावास भवन उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष दाहालमाथि आक्रमण प्रयास भएको हो । आक्रमणका लागि मञ्चतर्फजाँदै गरेका झापा घैलाडुब्बा घर भएका उनलाई कार्यक्रम आयोजक र माओवादी कार्यकर्ताले बीच बाटैबाट नियन्त्रणमा लिएका थिए । उनी सहिद केशवप्रसाद रिजालका बाबु हुन् । उनको नाम माओवादीले र्सार्वजनिक गर्न चाहेन ।
१० बर्से सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त गरेका पर्ूवाञ्चलका सबै जिल्लाका सहिद परिवारलाई आमन्त्रण गरिएको सो कार्यक्रममा उनी पनि सहभागी थिए । माओवादीसम्बद्ध सहिद प्रतिष्ठानका अध्यक्ष पोष्टबहादुर बोगटीले सहिदका बारेमा गरेको चर्चा सहन नसकी उनी दाहालमाथि आक्रमण गर्न गएका थिए । कार्यक्रमस्थलको पछिल्लो भागमा बसेका उनी 'सहिदका बारेमा नभएका कुरा गर्ने तिमीहरू नै होइनौं -' भन्दै मञ्चतर्फअघि बढेका थिए ।
उनको आक्रोशित अनुहार र हाउभाउ देखेपछि कार्यक्रम आयोजक र माओवादी कार्यकर्ताले मञ्चनजिकैबाट उनलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई कार्यक्रमस्थलनजिकैको एक घरको भान्छाकोठामा थुनिएको थियो । उनलाई सभासद् धर्मशिला चापागाईंको अगुवाइमा भान्छाकोठामा थुनिएको हो । रिजालको व्यवहारका कारण केही समय कार्यक्रम भाँडिएको थियो । सहभागीहरू उनलाई थुनेर राखेको ठाउँमा गएकाले कार्यक्रम सञ्चालनमा अवरोध आएको थियो । सहिद पिता रिजाललाई कार्यक्रम सकिएपछि मात्रै भान्छाकोठाबाट निकालिएको थियो । सभासद् चापागाईंले रिजाललाई देखाउँदै 'यी बूढाको चालामाला ठीक नदेखिएकाले थुन्नुपरेको' जानकारी दिइन् । सो कार्यक्रममा सहभागी अधिकांश सहिद परिवारले सहिद परिवारलाई राहतस्वरूप दिने गरेको १० लाख रुपैयाँ नपाएको गुनासो गरेका थिए ।

No comments:

Post a Comment

^ Scroll to Top