Tuesday, February 8, 2011

आज श्रीपञ्चमी

आज वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी पर्व
देशभर विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ ।
सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थी सबैले आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानी पूजाआराधना गर्ने गरिन्छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा, बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्नेसमेत गरिन्छ

No comments:

Post a Comment

^ Scroll to Top