Thursday, February 3, 2011

धुम-३'मा आमिर खानले खलपात्रको भूमिका निर्वाह गर्ने

आमिर खानले 'धुम-३'मा खलपात्रको भूमिका निर्वाह गर्ने बारे चलेको चर्चालाई निर्माता यश चोपडाले पुष्टि गरेका छन्। 'यशराज फिल्मस्को प्रोडक्सनमा आमिरलाई खेलाउन पाउनु एकदम खुसीको कुरा हो, त्यसमा पनि धुम-३ मा उनी हुनु भनेको अझ विशेष हो, यो फिल्मको स्क्रिप्ट यशराज ब्यानरकै अहिलेसम्मको राम्रो बनाउने प्रयास गरिएको छ,' यश चोपडाले भने।
फिल्ममा आमिर बिल्कुल फरक गेटअपमा प्रस्तुत हुने बताइएको छ। नयाँ गेटअपका लागि आमिर र आदित्य चोपडाले गृहकार्य सुरु गरिसकेका छन्। 'धुम' फिल्मका अघिल्ला दुई शृंखलाका लेखक तथा 'टशन'का निर्देशक भिक्टर आचार्यले 'धुम-३'को निर्देशन गर्दैछन्।
यशराज ब्यानरमा आमिरको यो तेस्रो फिल्म हुनेछ। यसअघि उनले यशराजका 'परम्परा' र 'फना' खेलेका थिए। आमिरले भने, 'यशराजको फिल्ममा फेरि काम गर्न पाउँदा रमाइलो लागेको छ, धुम फिल्म राम्रो प्रोजेक्ट हो, जब म यसको मुख्य धुन सुन्छु, मेरो शरीर झुम्न थाल्छ, धुम-३ को स्क्रिप्टले पनि मेरो मन जितेको छ।'
आदित्य चोपडाले निर्देशन गर्ने 'धुम-३'मा अभिषेक बच्चन र उदय चोपडा दुवैले अघिल्ला फिल्मका भूमिकालाई निरन्तरता दिनेछन्। फिल्म यही वर्षको अन्त्यमा सुटिङ सुरु गरी सन् २०१२ को क्रिसमसमा रिलिज गर्ने योजना निर्माण पक्षको छ।

No comments:

Post a Comment

^ Scroll to Top