Tuesday, February 1, 2011

एसीसी यु १९ इलाइट कपमा नेपाल विजयी

एसीसी यु १९ इलाइट क्रिकेटको पहिलो खेलमा नेपालले युएईलाई नौ विकेटले पराजित गरेको छ। ८८ रनको सहज लक्ष्य पाएको नेपालले १६.३ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको बैँककबाट नागरिकन्युजकर्मी विनोद पाण्डेले जनाएका छन्।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले एआइटी मैदानमा ८८ रनको लक्ष्य पाएको थियो। ४७. २ ओभरमा नेपालले युएइलाई अल आउट गरेको हो। राहुल विकले तीन र कृष्ण कार्की, अविनाश कर्ण र भुवन कार्कीले दुई दुई विकेट लिएका थिए।
चार पटकको विजेता नेपालको प्रतियोगितामा यो पहिलो खेल हो।

No comments:

Post a Comment

^ Scroll to Top