Wednesday, February 9, 2011

आमाले गाली गरेपछि 'सुसाइट नोट' लेखेर बालकद्वारा आत्महत्या

बागलुङ, माघ २५ - पैसा चोरेको भन्दै आफ्नै आमाले गरेको सामान्य गाली खप्न नसकी यहाँका एक १३ बर्षे बालकले नोट लेखेर आत्महत्या गरेका छन् ।
पैयुपाटा ४ का चक्रपाणी र इन्द्रवती अधिकारीका छोरा मिलन अधिकारीले सोमबार राती अत्महत्या गरेका हुन् ।
बाटोमा भेटिएको पैसा लाई छिमेकीको चोरेको भन्दै आमाले गाली गरेपछि उनले अचानक कोठाभित्र झुण्डीएर आत्महत्या गरेको आफन्तले बताए । अधिकारीले आत्महत्या गरेपछि आमा इन्द्रवती बेहोस अवस्थामा छिन् । मेरो छोरा भएको ठाउँमा लगिदेउ मात्र भन्छिन्, मृतककी ठूलीआमा शारदाले भनिन्,'खाने, बोल्ने केही नगरी एकोहोरो रोइरहेकी छिन् ।'
मृतक अधिकारीले 'आमा राम्रो भाइ बहिनी पाउनु ल' भन्दै आफ्नो गल्ती नभएर पनि आत्महत्या गर्नुपरेकोे लेखिएको गरेको नोट घटनास्थालमा भेटिएको छ ।
आफूले पैसा नचोरेको र बाटोमा भेटाएको समेत उनले नोटमा लेखेका छन् । 'मलाई खाना खाने बेलामा पनि गाली गर्नुभयो, मैले पैसा चोरेको होइन, हराएको पैसा भेटाएको हुँ, तर अर्को जुनीमा पनि तपाइकै छोरा हुन पाउँ' भन्ने नोट लेखिएको भेटिएको अनुसन्धनमा खटिएका प्रहरी हवल्दार धनबहादुर थापाले बताए ।
छिमेकीको ५ सय रुपैयाँ हराएको र छोराले गल्ती गरेको हुन सक्ने आशंकामा शारदाले सोमबार साँझ छोरालाई गाली गरेकी थिइन् । पैयुपाटाको त्रिभुवन उमाविमा कक्षा ८ मा अध्ययनरत अधिकारी जेहेन्दार विद्यार्थी थिए ।
मृतक अधिकारीको बागलुङ अस्पतालमा पोष्टमार्टम गरीएको प्रहरीले बतायो । मृतकले आमाको गालीले पिर मानेर आत्महत्या गरेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । मृतक अधिकारीका बाबु चक्रपाणी भारतमा काम गर्दै आएका छन् । उनी अधिकारी दम्पत्तिका एकमात्र छोरा हुन् ।

No comments:

Post a Comment

^ Scroll to Top