Wednesday, February 2, 2011

गर्भपतन गराउँदा मृत्यु

लापरवाहीपुर्वक गर्भपतनको प्रयास गर्दा धनकुटा एक युवति र नवजातको मृत्यु भएको छ । चिकित्सकले आर्थिक प्रलोभनमा परि आठ महिनाको गर्भपतन गराउने प्रयास गर्दा चुङमाङ-१ उत्तरपानीका ३२ वर्षीय लक्ष्मी मोक्तान तामाङ र नवजात शिशुको तीन दिन अघि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा सम्लग्न चिकित्सक हिले बजारस्थित कृष्ण मेडिकल हलका सञ्चालक सत्यनारायण यादव र उनका श्रीमति चौरासीदेवी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
मृत्तकका बुबा विष्णु तामाङले मेडिकल हलले बच्चा तुहाउने औषधि दिएको कारण छोरीको मृत्यु भएको किटानी उजुरी दिए पछि प्रहरीले मेडिकल हल सञ्चालक यादव दम्पत्तिलाई पक्राउ गरेको प्रहरी निरीक्षक भद्रमान मोतेले जानकारी दिनुभयो । पाठेघरमा असावधानी कपडा तथा अवैध औषधी हालेपछि अत्यधिक रक्तश्राव भइ तामाङ्को मृत्यु भएको पीडित परिवारको भनाई छ ।
यादव दम्पत्तिलाई हिरासतमा राखि ज्यान मार्ने उद्योग अन्र्तगत प्रहरीले मुद्दा चलाउने भएको छ ।

No comments:

Post a Comment

^ Scroll to Top