Sunday, February 13, 2011

मुन्नी... र शीला...लाई उछिन्न दिपीका तयार

मुम्बई, माघ २९ - मुन्नी... र शीला...ले यो जाडोमा धेरैलाई तताए। बलिउडमा मलायका अरोरा र कैटरिना कैफको 'हट डान्स' लाई उछिन्ने तयारीमा छिन् हिरोइन दिपीका पादुकोण। दिपीकाको 'आइटम डान्स' तपाँईहरुले दम मारो दम... मा देख्‍न पाउनुहुनेछ। रोहन सिप्पीको दम मारो दममा 'सेक्स' र 'ड्रग' एडिक्सनमा आधारित गीतमा दिपीका देखिनेछिन्। प्रितमले कम्पोज गरेको गीतको ट्र्याकका लागि उनी तयार छिन् सबैलाई तताउन।
यो फिल्ममा अभिषेक बच्चन, विपासा वसु र दक्षिण भारतीय स्टार रानु दुगावत्टीसँग दिपीका पनि देखिनेछिन्।
उनको यो गीतमाथि सिप्पीले दिएको निर्देशनका कारण पनि चर्चा गर्माएको हो। सिप्पीले कोरियोग्राफरलाई बोलाएर यो गीत वर्षको चर्चित 'हट गीत' हुनुपर्ने निर्देशन दिएका छन्। र, यो म्यासेज दिपीकालाई पनि फरवार्ड गरिएको छ। - हिन्दुस्तान टाइम्स

No comments:

Post a Comment

^ Scroll to Top