Monday, February 14, 2011

भ्यालेन्टाइन्स डेमा ओबामाले श्रीमतीलाई गहना उपहार दिएरे

अमेरिकी राष्ट्रपति बाराक ओबामापत्नी मिसेल ओबामाले यस वर्षको पे्रम दिवस अथवा भ्यालेन्टाइन्स डेको अवसरमा जोडीलाई सल्लाह दिएकी छिन् । सफल प्रेम जीवनका लागि दम्पती मिलेर हाँस्नुपर्ने सल्लाह मिसेलले दिएकी छिन् । दम्पती मिलेरसँगै हाँस्नाले राष्ट्रपति ओबामा र आफ्नो सफल वैवाहिक जीवन सफल भएको रहस्य पनि उनले खोलेकी छिन् । बाराक ओबामा र मिसेलले श्रीमान्-श्रीमतीका रूपमा १९ वसन्त काटिसकेका छन् ।
'मेरो विचारमा सफल वैवाहिक जीवनको रहस्य धेरै हाँस्नु हो,' मिसेलले भनिन् ।
ह्वाइटहाउसमा आयोजित लन्च कार्यक्रममा सफल वैवाहिक जीवनको रहस्य सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासा मेट्दै उनले भनिन्, 'हाम्रो घरमा हामी एक-अर्कालाई एकदमै संवेदनशील रूपमा लिँदैनौँ । वैवाहिक जीवन सफल पार्न हाँसो महत्त्वपूर्ण हुन्छ ।
ओबामा धेरै रोमान्टिक भएको पनि मिसेलले बताएकी छिन् । अहिले पनि हामी एक-अर्कासँग रमाइलो गर्ने विभिन्न बाटा खोज्छौँ । रमाइलो गर्ने तरिका कतिपय नितान्त व्यक्तिगत छन् ओबामापत्नीले भनिन् ।
ओबामाले आफनो जन्मदिन, बिहेको एनभर्सरी आदि सम्झने गरेको पनि मिसेलले बताइन् । ह्वाइटहाउसमा पनि आफूहरूको रोमान्स कायमै रहेको पनि मिसेलले बताइन् । यस वर्षको भ्यालेन्टाइनमा श्रीमान् ओबामाले आफूलाई गहना उपहार दिएको पनि उनले सुनाइन् । दम्पतीले भ्यालेन्टाइन्स डेमा विशेष तामझामभन्दा प्रेम र स्नेहमा जोड दिने गरेको उनले बताइन् । ओबामादम्पतीले गत वर्षको भ्यालेन्टाइन्स डे मेरिल्यान्डस्थित क्याम्प डेभिडमा मनाएका थिए ।
ओबामा अमेरिकी राष्ट्रपति भएको पहिलो वर्ष २००९ को भ्यालेन्टाइन्स डे उनीहरूले सिकागोस्थित आफ्नै घरमा मनाएका थिए । भ्यालेन्टाइन्स डेको दिन उनीहरूले आर्ट स्मिथको परम्परागत रेस्टुरेन्टको टेबल नम्बर ५२ मा डिनर खाएका थिए । आर्ट स्मिथ टेलिभिजन कार्यक्रम सञ्चालिका तथा ओबामाकी अनन्य मित्र ओपरा विन्पि|mकको पूर्वसेफ हुन् ।
आफ्नो बर्थ डे १७ जनवरी र त्यसको केही साताअघि क्रिसमस त्यसपछि नयाँ वर्ष मनाउँदा थाकिसकेकाले आफूहरूले भ्यालेन्टाइन्स डे खासै तामझामसहित मनाउने नगरेको पनि टेलिभिजन कार्यक्रममा सुनाइन् । मिसेलको ४७औँ जन्मदिनको अवसरमा ओबामा परिवारले वासिङ्टनस्थित द सोर्समा खाना खाएका थिए । यो सेलिब्रेटी सेफ वुल्फग्याङ पकको रेस्टुरेन्ट हो ।

No comments:

Post a Comment

^ Scroll to Top